हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

भ्रष्ट मानवजातिले ख्याति र हैसियतलाई प्रेम गर्छ। तिनीहरू सबै नै शक्तिको पछि लाग्छन्। तिमीहरू, जो अहिले अगुवा र कामदार हौ, के तिमीहरूलाई आफ्नो पद वा दर्जाद्वारा आफूले आफ्ना कार्यहरूमा प्रभाव पारेको अनुभूति हुँदैन? सबै ख्रीष्टविरोधी र झूटा अगुवाजस्तै तिमीहरू पनि सबैजना आफू परमेश्‍वरको घरका अधिकारी भएको, आफू अरूभन्दा माथिल्लो स्तरको र वरिष्ठ भएको ठान्छौ। यदि तिमीहरूसँग आधिकारिक पद र दर्जाहरू थिएनन् भने, आफ्नो कर्तव्य निर्वाह गर्नमा तिमीहरूले कुनै बोझ लिनेथिएनौ, र तिमीहरू आफ्नो काममा गम्भीरताका साथ लाग्‍नेथिएनौ। अगुवा वा कामदार हुनुलाई सबैले अधिकारी हुनुसरह मान्छन्, र सबैजना आफ्नो कार्यमा आफ्नो पदको प्रभाव प्रयोग गर्न इच्छुक हुन्छन्। सकारात्मक तरिकाले देखाउँदा, हामी यसलाई जीवनवृत्ति पछ्याउनु भन्छौँ—तर नकारात्मक तरिकाले देखाउँदा, यसलाई आफ्नै उद्यममा संलग्‍न हुनु भनिन्छ। यसो गर्नु भनेको व्यक्तिको आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि एउटा स्वतन्त्र राज्य खडा गर्नु हो। अन्त्यमा, हैसियत हुनु राम्रो कुरा हो कि नराम्रो? मानिसको नजरमा, यो राम्रो कुरा हो। तैँले कुनै आधिकारिक पदमा रहेर बोल्दा र काम गर्दा परिस्थितिहरू फरक हुन्छन्। तेरा शब्दहरूमा शक्ति हुन्छ, र मानिसहरू तेरो कुरामा ध्यान दिन्छन्। मानिसहरू तँलाई खुसामद गर्नेछन्, तेरो जयजयकार गर्दै तेरो अघि-अघि लाग्नेछन् र पछाडिबाट तँलाई ढाडस दिनेछन्। तर तँसँग हैसियत र पद छैन भने, अरूले तेरो कुरा सुनेर पनि नसुनेझैँ गर्नेछन्। तैँले बोलेको कुरा साँचो, समझदारीपूर्ण, र मानिसहरूका लागि लाभदायक रहेछ भने पनि तँप्रति कसैले पनि ध्यान दिनेछैन। यसले के देखाउँछ? सबै मानिस हैसियतलाई पूज्छन्। तिनीहरू सबैमा महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्। तिनीहरू सबै आफूलाई अरूले आराधना गरेको मन पराउँछन् र हैसियतको स्थानमा रहेर मामिलाहरू सम्हाल्न रुचाउँछन्। तर के तिनीहरू हैसियतको स्थानबाट राम्रोसँग कामकुरा गर्न सक्छन्? के तिनीहरू अरूका लागि लाभदायक हुने कामकुरा गर्न सक्छन्? त्यो कुरा निश्‍चित छैन। त्यो कुरा तैँले कुन मार्ग लिन्छस् र हैसियतलाई कुन रूपमा हेर्छस् भन्‍नेमा भर पर्छ। यदि तँ सत्यता पछ्याउँदैनस्, तर सधैँ मानिसहरूको मन जित्न चाहन्छस्, र आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न, र हैसियतको आफ्‍नै तृष्णा मेटाउन चाहन्छस् भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेको छस्। यदि कोही ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छ भने, के उसको पछ्याइ र कर्तव्य निर्वाह सत्यताअनुरूप हुन सक्छ? कदापि सक्दैन। यस्तो किन हुन्छ भने व्यक्तिले रोज्ने मार्गले नै सबथोक निर्धारित गर्छ। यदि कसैले गलत मार्ग रोज्छ भने, उसको प्रयास, उसको कर्तव्य निर्वाह, र उसको पछ्याइ सबै कुनै पनि हालतमा सत्यताअनुरूप हुँदैनन्। ती कुराहरू कुन हिसाबले सत्यताअनुरूप हुँदैनन्? तिनीहरू आफ्ना कार्यहरूमा के कुराको पछि लागिरहेका हुन्छन्? (हैसियत।) हैसियतका खातिर कामकुरा गर्ने मानिसहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन्? कतिपयले भन्‍छन्, “तिनीहरू सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, तिनीहरू कहिल्यै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्दैनन्, तिनीहरू सधैँ रबाफ देखाउँछन् र आफ्नै साक्षी दिन्छन्, तिनीहरू कहिल्यै पनि परमेश्‍वरलाई उच्च पार्ने वा परमेश्‍वरको साक्षी दिने गर्दैनन्। जो मान्छेमा यस्ता कुराहरू प्रकट हुन्छन् तिनीहरू हैसियतको खातिर काम गर्छन्।” के यो सही हो? (हो।) तिनीहरूले किन शब्दहरू र धर्मसिद्धान्तहरू बोल्छन् र रबाफ देखाउँछन्? तिनीहरू किन परमेश्‍वरलाई उच्च पार्ने र परमेश्‍वरको साक्षी दिने गर्दैनन्? किनभने तिनीहरूका हृदयमा हैसियत अनि तिनीहरूको ख्याति र प्राप्ति मात्रै हुन्छ—परमेश्‍वर त हुँदै हुनुहुन्‍न। त्यस्ता मानिसहरू हैसियत र अख्‍तियारलाई विशेष पूजा गर्छन्, तिनीहरूलाई आफ्नो ख्याति र प्राप्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तिनीहरूको ख्याति, प्राप्ति र हैसियत तिनीहरूको जीवन बनेको हुन्छ। तिनीहरूका हृदयमा परमेश्‍वरको उपस्थिति हुँदैन, तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने कुरा त परै जाओस्; तिनीहरूले गर्ने भनेको आफैलाई उच्च पार्ने, आफ्नै साक्षी दिने, र अरूबाट सम्‍मान पाउन आफ्‍नो प्रदर्शन गर्ने मात्र हो। त्यसैले, तिनीहरू अक्सर आफ्नै बारेमा, तिनीहरूले केके गरे, तिनीहरूले कति कष्ट भोगे, तिनीहरूले परमेश्‍वरलाई कति सन्तुष्ट पारे, र काटछाँट गरिँदा तिनीहरू कति सहनशील थिए भन्‍ने बारेमा धाक लगाउँछन्, र मानिसहरूको सहानुभूति र आदर कमाउन नै यो सबै गर्छन्। यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू जस्तै प्रकारका मानिस हुन्, तिनीहरू पावलको मार्गमा हिँड्छन्। अनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू ख्रीष्टविरोधी बन्छन् र हटाइन्छन्।) के यी मानिसहरूलाई यस्तो परिणाम आउँदै छ भन्‍ने थाहा हुन्छ? (थाहा हुन्छ।) थाहा हुन्छ? यदि तिनीहरूलाई थाहा हुन्छ भने, तिनीहरू किन त्यसो गरिरहन्छन्? खासमा, तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्ना कार्यहरू राम्रा र सही छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूले गर्ने कुन कुराहरू परमेश्‍वरको प्रतिरोधी छन् वा परमेश्‍वरका लागि अप्रिय छन्, वा तिनीहरूले गर्ने कुन कुराहरूमा आफ्नो अभिप्राय लुकेको छ, वा आफू कुन मार्ग हिँडिरहेको छु भनेर पत्ता लगाउन आफैलाई जाँच्दैनन्। यी कुराहरू तिनीहरूका जाँचमा कहिल्यै पर्दैनन्।

अगुवा र सेवकहरूका रूपमा, के तिमीहरूले यी प्रश्‍नहरूबारे कहिल्यै विचार गरेका छौ: परमेश्‍वरले मलाई सुम्पेको आज्ञा एउटा विशेष आज्ञा हो, यो कुनै सामान्य अनुयायीको सामान्य कर्तव्य होइन। यस कर्तव्यमा विशेष जिम्मेवारी पर्छ र यसको विशेष महत्त्व छ। त्यसैले, यो विशेष कर्तव्य निर्वाह गर्दा र यो जिम्मेवारी बोक्दा, परमेश्‍वरका अभिप्रायहरूबमोजिम हुन, वा कम्तीमा परमेश्‍वरको तिरस्कारबाट जोगिन मैले कुन मार्ग लिनुपर्छ? ख्रीष्टविरोधीहरूका मार्ग हिँडेपछि परमेश्‍वरद्वारा सिद्ध पारिन र ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नबाट जोगिएर हटाइनका लागि मैले कसरी खोजी गर्नुपर्छ? के तिमीहरूले यी प्रश्‍नहरूबारे कहिल्यै विचार गरेका छौ? (मैले अगुवाका रूपमा पहिलोपटक सेवा गर्दैखेरि परमेश्‍वरले मलाई उच्च पार्नुभएजस्तो अनुभूति भयो। मैले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ भन्‍ने कुरा थाहा पाएको भए पनि, मेरो अहङ्कारी प्रकृतिको कारण, मैले कहिल्यै पनि ख्याति र हैसियत नपछ्याई बस्‍न सकिनँ। यो कुरा थाहा पाएपछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्न र समाधान पत्ता लगाउनका लागि उहाँका वचनहरूका सान्दर्भिक खण्डहरू भेट्टाउन सकेँ। त्यसबेला मैले आफ्नो व्यवहारलाई केही हदसम्म सुल्ट्याउन सकेँ, तर यो अवस्था भविष्यमा बारम्बार आउनेवाला थियो, र मैले हृदयमा आफूलाई घृणा गरे पनि, यो समस्या पूर्णतया हटाउन कठिन थियो।) तँ आफ्नो सोच र विचारहरू नियन्त्रण गर्न सक्दैनस्, र त्यसै गरी प्रतिष्ठा र हैसियत पछ्याउने तेरो महत्त्वाकाङ्क्षा र चाहना पनि तेरो नियन्त्रणबाहिर छ। भ्रष्ट स्वभावले तेरो हृदयमा जरा गाडेको छ भन्‍ने प्रमाण यही हो। यो क्षणिक मनस्थिति वा पलभरको भावना होइन, न त यो अरूले तँमाथि थोपरेको कुरा नै हो। यो कुरा तँलाई अरू कसैले सिकाउनै पर्दैन; यो त तेरो सोचको स्वाभाविक झुकाव र तेरो कार्यको स्वाभाविक दिशा हो। यो तेरो प्रकृति हो। व्यक्तिका प्रकृतिमा अन्तर्निहित रहेका कुराहरू नै परिवर्तन गर्न सबैभन्दा कम सम्भव हुने कुराहरू हुन्। त्यसकारण, आफ्नो शैतानी स्वभावमार्फत हैसियत प्राप्त गरेपछि, मानिसहरू खतरामा हुन्छन्। त्यसोभए, के गरिनुपर्छ? के तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन? त्यस्तो खतरनाक परिस्थितिमा परिसकेपछि, के तिनीहरूका लागि फर्कने कुनै उपाय हुँदैन? मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यताको पछि लाग्दैनन् भने, तिनीहरू निश्‍चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही मानिसहरू नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्‍नेहरू सबै ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्य स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र बरु बाङ्गो मार्ग हिँड्न दृढ हुन्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र? हटाइएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, “अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुहुनेछ! तिनीहरू प्रकट भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष्‌ पाउनेछैनन्।” त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रा अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्‍वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्‍वरको बारेमा गनगन गर्ने र परमेश्‍वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्‍चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ! जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरू सधैँ आफ्‍नो धारणा र कल्‍पनाअनुसार जिउँछन्, र बारम्बार परमेश्‍वरलाई गलत अर्थ्याउँछन्, अनि तिनीहरूले परमेश्‍वरका कार्यहरू तिनीहरूका धारणाविपरीत रहेको अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्; मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकाले यस्तो हुने गर्छ। तिनीहरूको विश्‍वास अत्यन्तै सानो, तिनीहरूको कद अत्यन्तै कमजोर हुने भएकाले, र तिनीहरूले अत्यन्तै कम सत्यता बुझेका हुनाले तिनीहरूले नकारात्मक कुरा भन्छन् र गुनासो गर्छन्, तर ती सबै कुरा क्षमायोग्य हुन्छन्, र परमेश्‍वरले ती स्मरण गर्नुहुन्‍न। तैपनि, सही मार्गमा नहिँड्ने, र खास गरी परमेश्‍वरलाई छल्‍ने, विरोध गर्ने, धोका दिने, र उहाँसँग लड्ने मार्गमा हिँड्ने मानिसहरू पनि छन्। परमेश्‍वरले यी मानिसहरूलाई आखिरमा दण्ड र श्राप दिनुहुन्छ, र अनन्त विनाश र विध्वंशमा पार्नुहुन्छ। तिनीहरू कसरी यस्तो अवस्थामा पुग्छन्? तिनीहरूले आफ्‍नो बारेमा कहिल्यै मनन नगरेका र आफूलाई नचिनेका हुनाले, तिनीहरूले सत्यता पटक्‍कै स्वीकार नगरेका हुनाले, र तिनीहरू लापरवाह र स्वेच्‍छाचारी हुने हुनाले, अनि तिनीहरूलाई प्रकट गरेर हटाइएपछि परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्दै जिद्दी गर्दै पश्‍चात्ताप गर्न इन्कार गर्ने, र परमेश्‍वरका विरुद्धमा गुनासोसमेत गर्ने हुनाले यस्तो हुन्छ। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। त्यसकारण, प्रकट भएर हटाइएका व्यक्तिहरू सबै नै मुक्तिको पहुँचभन्दा बाहिर हुन्छन् भन्‍ने कुरा साँचो हो? तिनीहरू छुटकाराको पहुँचभन्दा पूरै बाहिर हुन्छन् भनेर भन्‍न मिल्दैन। कतिपय मानिसहरूले अत्यन्तै थोरै सत्यता बुझेका हुन्छन्, र तिनीहरू जवान र अनुभवहीन हुन्छन्—र तिनीहरू अगुवा वा सेवक बनेर हैसियत पाउनेबित्तिकै आफ्‍नो भ्रष्ट स्वभावबाट निर्देशित हुन्छन्, र हैसियतको पछि लाग्छन्, र हैसियतकै आनन्द लिन्छन्, र यसरी प्राकृतिक तवरबाटै तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्छन्। यदि खुलासा र न्याय गरिएपछि, तिनीहरूले आफ्‍ना बारेमा मनन गरेर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्, निनवेका मानिसहरूले जस्तै दुष्टतालाई त्याग्छन्, त्यसउप्रान्त तिनीहरू पहिलेजस्तो दुष्टताको मार्ग पछ्याउन छोड्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने मौका पाउँछन्। तर त्यस्तो अवसरका सर्तहरू के-के हुन्? तिनीहरू पश्‍चात्ताप गर्ने र सत्यता स्विकार्न सक्‍ने हुनुपर्छ। यदि तिनीहरू त्यसो गर्न सक्छन् भने, तिनीहरूसँग अझै पनि केही आशा हुन्छ। यदि तिनीहरूले आफ्‍ना बारेमा मनन गर्न सक्दैनन्, सत्यता बिलकुलै स्विकार्दैनन् र साँचो रूपमा पश्‍चात्ताप गर्ने अभिप्राय राख्दैनन् भने, तिनीहरूलाई पूर्ण रूपमा हटाइनेछ।

“हैसियत” शब्द आफैमा न त कुनै जाँच न त कुनै परीक्षा हो। यो कुरा मान्छेले कसरी हैसियत सम्हाल्छ भन्‍ने कुरामा भर पर्छ। यदि तँ अगुवाइको कामलाई कर्तव्यका रूपमा, अर्थात तैँले गर्नैपर्ने जिम्मेवारीका रूपमा लिन्छस् भने, तँ हैसियतद्वारा नियन्त्रित हुनेछैनस्। यदि तँ त्यसलाई आधिकारिक पद वा स्थानको रूपमा स्विकार्छस् भने, तँ समस्यामा पर्नेछस् र अवश्यै तेरो पतन हुनेछ। त्यसोभए, मण्डलीको अगुवा वा कामदार बनेपछि व्यक्तिले कस्तो मानसिकता अँगाल्नुपर्छ? तेरो पछ्याइ कहाँ केन्द्रित हुनुपर्छ? तँसँग एउटा मार्ग हुनैपर्छ! यदि तँ सत्यता खोज्दैनस् र तँसँग अभ्यासको मार्ग छैन भने, तेरो यो हैसियत तेरै जाल बन्‍नेछ, र तँ पछारिनेछस्। कतिपय मानिस हैसियत प्राप्त गरेपछि फरक हुन्छन्, र तिनीहरूको मानसिकता परिवर्तन हुन्छ। तिनीहरूलाई कस्तो पहिरन लगाउने, आफूलाई अरूसमक्ष कसरी प्रस्तुत गर्ने, तिनीहरूसँग कसरी बोल्ने, कस्तो लबज प्रयोग गर्ने, वा कस्तो हाउभाउ देखाउने भन्‍ने नै थाहा हुँदैन। फलस्वरूप, तिनीहरूले आफ्नो छवि बनाउन थाल्छन्। के यो विकृति होइन र? कतिपय मानिस गैरविश्‍वासीहरूको कपाल, तिनीहरूले लाउने कपडा, र तिनीहरूको बोली र चालढालको गुण हेर्छन्। तिनीहरू गैरविश्‍वासीहरूको नक्कल गर्छन् र यस मार्गमा गैरविश्‍वासीहरूकै दिशामा हिँड्छन्। के यो सकारात्मक कुरा हो र? (होइन।) त्यसोभए यो के हो त? यो बाहिरी अभ्यास जस्तो देखिए पनि, वास्तवमा यो एक प्रकारको पछ्याइ हो। यो अनुकरण हो। यो सच्चा मार्ग होइन। अब, तिमीहरू यी स्पष्ट देखावटी रूप र भेषहरू सही हुन् कि गलत हुन् भनेर छुट्याउन सक्छौ, तर के तिमीहरू यी गलत कुराहरूलाई अस्वीकार गर्न र यिनका विरुद्धमा विद्रोह गर्न सक्छौ? (हो, तीबारे सचेत हुँदा सक्छौँ।) यो नै तिमीहरूको वर्तमान कद हो। यी विचारहरू तिमीहरूको हृदयमा ताजा हुँदा, तिमीहरू तिनलाई खुट्ट्याउन र पहिचान गर्न सक्छौ। यदि तँ हैसियत पछ्याउन उत्प्रेरित छस् भने, तँ यो चाहनालाई आफैले कम गर्न सक्छस्, ताकि तँ समझ गुमाएको पशुझैँ आफ्नो आराध्य व्यक्तिको पछि लाग्ने उन्मत्त शुभचिन्तकजस्तो नभएस्। व्यक्तिपरक रूपमा, तँ ती विचारहरू पहिचान गर्न सक्छस्। तँलाई प्रलोभनमा नपारिँदा र मानिसहरू तेरो वरिपरि नघुम्दा, तँ देहविरुद्ध विद्रोह गर्न सक्छस्। तर यदि मानिसहरूले तँलाई पछ्याउने, तँवरपर घुम्ने, तेरा दैनिक आवश्यकताहरूको ख्याल गर्ने, तँलाई गाँस र कपासको व्यवस्था गरिदिने, र तेरो हरेक आवश्यकता पूर्ति गरिदिने हो भने, के हुन्थ्यो? तेरो हृदयमा कस्ता भावनाहरू चल्थे? के तँ हैसियतका लाभहरूमा रमाइरहेको हुँदैनथिस्? के तँ त्यतिबेला पनि देहको विरुद्धमा विद्रोह गर्न सक्षम हुनेथिइस्? जब धेरै मानिस तेरो वरिपरि झुम्मिन्छन्, जब तँ चर्चित व्यक्तित्व भएझैँ तिनीहरू तेरो वरिपरि घुम्छन्, त्यसबेला तँ आफ्नो हैसियतलाई कसरी सम्हाल्छस्? तेरो चेत भित्रका कुराहरू, मतलब तेरा सोच र विचारहरूमाझका ती कुराहरू—हैसियतको कदर, हैसियतको उपभोग, र हैसियतको लोभ वा मोहसमेत—के तैँले यी कुराहरू पत्ता लगाउन आफ्नो हृदय जाँच्‍न सक्छस्? के तैँले ती कुराहरू चिन्‍न सक्छस्? यदि तैँले आफ्नो हृदय जाँचेर त्यसभित्रका यी कुराहरू चिन्‍न सक्थिस् भने, के तैँले त्यस्तो अवस्थामा देहका विरुद्धमा विद्रोह गर्न सक्थिस्? यदि तँसँग सत्यता अभ्यास गर्ने सङ्कल्प छैन भने, तैँले यी कुराहरूको विरुद्धमा विद्रोह गर्नेछैनस्। तँ ती कुराहरूमा रमाउनेछस् र मग्न हुनेछस्, अनि निकै आत्मसन्तुष्ट भएर यसो भन्‍नेछस्: “परमेश्‍वरको विश्‍वासीका रूपमा हैसियत हुनु साँच्चिकै गजब कुरा हो। अगुवा भएको नाताले, मैले जे भन्छु सबैले त्यही गर्छन्। कस्तो गज्जबको अनुभूति! यी मानिसहरूलाई मैले नै अगुवाइ र मलजल गर्छु। अहिले तिनीहरू मप्रति आज्ञाकारी छन्। मैले पूर्व जा भन्दा, कोही पनि पश्‍चिम जाँदैन। मैले प्रार्थना गर् भन्दा, कसैले गाउने आँट गर्दैन। यो एउटा उपलब्धि हो।” त्यसबेला तँ हैसियतका लाभहरूमा रमाउन थालिसकेको हुनेछस्। त्यतिबेला तेरो लागि हैसियत के हुनेछ? (नसा।) तर त्यो नसा नै भए पनि, तैँले त्यसको डर मान्‍नुपर्दैन। तँसँग सही पछ्याइ र सही अभ्यास विधिहरू हुनुपर्ने ठ्याक्कै यस्तै अवस्थामा हो। प्रायजसो, जब मानिसहरूसँग हैसियत हुन्छ, तर तिनीहरूको कामले अझै प्रतिफल दिएको हुँदैन, तब तिनीहरू यसो भन्छन्, “म हैसियतमा रमाउँदिनँ, र हैसियतले दिने सबैथोकको आनन्द पनि लिँदिनँ।” तर जब तिनीहरूको कामले केही सफलता देखाउँछ, र जब तिनीहरूले आफ्नो हैसियत सुरक्षित भएको अनुभूति गर्छन्, तब तिनीहरूले आफ्नो समझ गुमाउँछन् र हैसियतका लाभहरूमा रमाउँछन्। त्यसोभए, के तँ हैसियतका प्रलोभनहरूबारे सचेत हुन सक्छस् भन्दैमा, तँ देहको विरुद्धमा विद्रोह गर्न सक्छस् भन्‍ने विश्‍वास गर्छस्? के तँसँग साँच्चै त्यो कद छ? तथ्य के हो भने तँसँग त्यो छैन। यस सम्बन्धमा तेरो सचेतना र विद्रोह भनेको मानव विवेकको मानक, र परमेश्‍वरमा विश्‍वास गरेपछि तैँले प्राप्त गर्ने अलिकति चेतना मात्रै हो, जसले तँलाई कुनै निश्चित तरिकाले काम नगर्न प्रेरित गर्छ, र तँलाई गलत मार्गमा नहिँड्न आग्रह गर्छ। तर कस्ता परिस्थितिहरूमा तेरा विवेक र चेतनाले तँलाई रोक्न सक्छन्? जब तँ हैसियतलाई प्रेम गर्छस् तर तैँले त्यसलाई अझै प्राप्त गरेको हुँदैनस्, ठीक त्यही बेला तँसँग भएको त्यो थोरै विवेक र समझले अझै पनि त्यसको रोक्ने प्रभाव प्रयोग गर्न सक्छ, र जसले तँलाई हैसियतको आनन्द लिनु राम्रो होइन र यो सत्यताअनुरूप हुँदैन, त्यो सच्चा मार्ग होइन, र त्यसो गर्नु परमेश्‍वरको प्रतिरोध गर्नु हो, र यो उहाँलाई अप्रसन्न पार्ने कुरा हो भन्‍ने कुरामा सचेत हुन मद्दत गर्छ। त्यसपछि तँ सचेत रूपमा देहको विरुद्धमा विद्रोह गर्न र हैसियतको आनन्द लिन छोड्न सक्छस्। तँसँग देखाउनका लागि कुनै उपलब्धि वा योगदान नहुँदा तँ देहको विरुद्धमा विद्रोह गर्न सक्छस्, तर एकपटक तैँले योगदानको काम गरेपछि, के तेरो लज्जाबोध, तेरो विवेक, तेरो चेतना, र तेरा नैतिक अवधारणाहरूले तँलाई रोक्नेछन्? तँसँग भएको विवेकको सानो मानक परमेश्‍वरको डर मान्‍ने हृदय हुनुको नजिक पनि पुग्दैन, र तेरो सानो विश्‍वासले कुनै काम गर्नेछैन। त्यसोभए, के अहिले तँसँग भएको अलिकति विवेकबाट आउने त्यो प्रभाव सत्यता वास्तविकताको बराबर हो त? पक्कै पनि होइन। अनि यो सत्यता वास्तविकता नभएको हुनाले, तैँले अहिले हैसियतको आनन्द लिनबाट आफूलाई रोक्न सक्नु भनेको तँ तेरो विवेक र समझद्वारा संयमित भएकोले मात्रै सम्भव भएको हो। तिमीहरूसँग अहिले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनका रूपमा लिने वास्तविकता नभएको हुनाले, एकपटक तिमीहरूले हैसियत र आधिकारिक पदहरू पाएपछि तिमीहरूको अवस्था कस्तो हुनेछ? के तिमीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेछौ? (त्यो अनिश्‍चित छ।) यो सबैभन्दा ठूलो खतराको समय हो। के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्‍न सक्छौ? ल भन त, के अगुवा वा कामदार हुनु खतरनाक हो? (हो।) खतरा थाहा पाएर पनि, के तिमीहरू अझै यो कर्तव्य निर्वाह गर्न इच्छुक छौ? (छौँ।) आफ्नो कर्तव्य निर्वाह गर्ने यो इच्छा मानव सङ्कल्प हो, र यो सकारात्मक कुरा हो। तर, के यो सकारात्मक कुराले मात्रै तिमीहरूलाई सत्यतालाई व्यवहारमा लागू गर्न सक्षम तुल्याउनेछ त? के तिमीहरू देहलाई आनन्द हुने कुराको विरुद्धमा विद्रोह गर्न सक्नेछौ? मानवका असल अभिप्रायहरू र मानव इच्छामा भर परेर, र मानव चाहना र आकाङ्क्षाहरूमा भर परेर, के तँ आफ्नो सङ्कल्प पूरा गर्न सक्नेछस्? (सक्नेछैन।) त्यसोभए तिमीहरूले आफ्ना चाहनाहरू, आफ्ना आकाङ्क्षाहरू, र आफ्ना सङ्कल्पहरूलाई आफ्नो वास्तविकता र आफ्नो साँचो कदमा परिणत गर्न के गर्नुपर्छ भनेर मनन गर्नुपर्छ। वास्तवमा, त्यो त्यति ठूलो समस्या होइन। साँचो समस्या के हो भने तिमीहरूको वर्तमान स्थिति र कदलाई हेर्दा, र तिमीहरूको चरित्रलाई हेर्दा, तिमीहरू परमेश्‍वरको अनुमोदनका सर्तहरू पूरा गर्नबाट धेरै टाढा छौ। तिमीहरूको चरित्रमा अलिकति विवेक र समझभन्दा बढी अरू केही छैन, त्यसमा सत्यता पछ्याउने कुनै सङ्कल्प नै छैन। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिमीहरू झाराटारुवा बन्‍न पनि चाहँदैनौ, परमेश्‍वरलाई छल्‍ने प्रयास गर्न पनि चाहँदैनौ, तर गर्नचाहिँ त्यसै गर्नेछौ। तिमीहरूको वर्तमान साँचो स्थिति र कदलाई हेर्दा, तिमीहरू पहिल्यै खतरामा छौ। के तिमीहरू अझै पनि हैसियत हुनु खतरनाक हो, तर हैसियत नहुनु आफू सुरक्षित हुनु हो भनेर भन्छौ? खासमा, हैसियत नहुनु पनि खतरनाक कुरा हो। जबसम्म तिमीहरू भ्रष्ट स्वभावमा जिउँछौ, तबसम्‍म तिमीहरू खतरामै हुन्छौ। अब, के अगुवा हुनु मात्र खतरनाक कुरा हो, अनि जो अगुवा होइनन् तिनीहरू सुरक्षित हुन्छन् त? (होइन।) यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् र तँसँग अलिकति पनि सत्यता वास्तविकता छैन भने, तँ अगुवा भए पनि नभए पनि खतरामै हुन्छस्। त्यसो भए, यस खतराबाट उम्कन तैँले सत्यता कसरी पछ्याउनुपर्छ? के तिमीहरूले यो प्रश्‍नबारे विचार गरेका छौ? यदि तँसँग एउटा सानो इच्छा मात्र छ र तँ केही प्रावधान मात्र पालना गर्छस् भने, के यसले काम गर्ला त? के तँ यसरी साँच्चै खतराबाट उम्कन सक्छस्? यसले छोटो अवधिका लागि त काम गर्ला, तर दीर्घकालमा के हुन्छ, भन्‍न गाह्रो छ। त्यसोभए, के गर्नुपर्छ? कतिपय मानिसले सत्यता पछ्याउनु नै सबैभन्दा सही मार्ग हो भनेर दाबी गर्न सक्छन्। यो एकदम सही छ, तर सत्यता वास्तविकतामा प्रवेश गर्नका निम्ति र व्यक्तिको जीवन वृद्धि हुनका निम्ति उसले कुन तरिकाले सत्यता पछ्याउनैपर्छ? यीमध्ये कुनै पनि साधारण कुरा होइन। पहिला, तैँले सत्यता बुझ्‍नुपर्छ, र त्यसपछि यसलाई व्यवहारमा लागु गर्नुपर्छ। मान्छेले सत्यता बुझ्छ भने, यीमध्ये आधा समस्या त पहिल्यै समाधान भइसकेका हुन्छन्। तिनीहरू आफ्नै स्थितिबारे चिन्तन गर्न र यसलाई स्पष्ट देख्न सक्षम हुनेछन्। तिनीहरू आफू कस्तो खतरामा जिइरहेको छु भन्ने कुरा महसुस गर्नेछन्। अनि, तिनीहरू पूर्वसक्रिय भई सत्यता व्यवहारमा लागू गर्न सक्षम हुनेछन्। यस्तो अभ्यासले व्यक्तिलाई स्वाभाविक रूपमा परमेश्‍वरप्रतिको समर्पणतर्फ डोर्‍याउँछ। के परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति खतरामुक्त हुन्छ? के तँलाई साँच्चिकै यसको जवाफ चाहिन्छ? परमेश्‍वरमा साँच्चिकै समर्पित हुनेहरूले अबउप्रान्त उहाँविरुद्ध विद्रोह वा प्रतिरोधसमेत गर्नेछैनन्, उहाँमाथि विश्‍वासघातै गर्ने त कुरै नगरौँ। तिनीहरूको मुक्ति सुनिश्‍चित छ। के त्यस्तो व्यक्ति पूर्ण रूपमा खतरामुक्त हुँदैन र? त्यसकारण, समस्याहरू समाधान गर्ने सर्वोत्तम उपाय भनेको सत्यतामा गम्भीरतापूर्वक लाग्‍नु र सत्यतामा आफ्नो प्रयास लगाउनु हो। मानिसहरूले साँच्चिकै सत्यता बुझेपछि, सबै समस्या समाधान हुनेछन्।

तिमीहरूका लागि, अगुवा र कामदार हुनुको विशेषता के हो? (थप जिम्मेवारी लिनु।) जिम्मेवारी यसको पाटो हो। यो तिमीहरू सबैलाई थाहा भएको कुरा हो, तर तिमीहरू आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्न सक्छौ? तिमीहरू कहाँबाट सुरु गर्छौ? यो जिम्मेवारी पूरा गर्नु भनेको, वास्तवमा, आफ्नो कर्तव्य पूरा गर्नु हो। “जिम्मेवारी” अलि विशेष शब्द हो, तर अन्ततः, यो व्यक्तिको कर्तव्य नै हो। तिमीहरूका लागि, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु कुनै सजिलो कुरा होइन, किनभने तिमीहरूको अगाडि त्यस्ता धेरै कुरा हुन्छन् जसले तिमीहरूलाई त्यसो गर्नमा अवरोध गर्छन्, जस्तै हैसियतको बाधा, जसलाई तोड्न तिमीहरूलाई सबैभन्दा गाह्रो हुन्छ। यदि तँसँग कुनै हैसियत छैन र तँ एक साधारण विश्‍वासी मात्रै होस् भने, तैँले कम प्रलोभनको सामना गर्नुपर्ने हुन सक्छ र तँलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न अलि सजिलो हुनेछ। तँ एक साधारण व्यक्तिजस्तै भएर हरेक दिन आत्मिक जीवन जिउन, परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यतामाथि सङ्गति गर्न, र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छस्। यति नै पर्याप्त हुन्छ। तर, एकपटक तँसँग हैसियत भएपछि, तँलाई भित्रभित्रै यसबाट नियन्त्रित भएको महसुस हुनेछ, त्यसैले यदि तँ आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने तैँले सुरुमा हैसियतले दिने बाधालाई तोड्नुपर्छ। तँ यो बाधालाई कसरी तोड्न सक्छस्? साधारण मानिसहरूका लागि यो सजिलो छैन, किनभने भ्रष्ट स्वभावहरू मानिसमा गहिरो रूपमा जरा गाडेर बसेका हुन्छन्। सबै मानिस आफ्ना भ्रष्ट स्वभावहरूमा जिउँछन् र अन्तर्निहित रूपमा ख्याति, प्राप्ति, र हैसियतको पछ्याइमा आनन्द लिन्छन्। अन्त्यमा त्यति कठिनाइसाथ हैसियत प्राप्त गरेपछि, त्यसको पूरा फाइदा कसले पो लिन्थेन र? यदि तेरो हृदयमा सत्यताप्रति प्रेम छ र तँसँग परमेश्‍वरको अलि डर मान्‍ने हृदय छ भने, तैँले आफ्नो हैसियत होसियारपूर्वक र सचेत तरिकाले सम्हाल्नेछस्, साथसाथै तँ आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न पनि सक्षम हुनेछस्। यस तरिकाले ख्याति, प्राप्ति र हैसियतले तेरो हृदयमा ठाउँ पाउनेछैन, न त ती कुराहरूले तेरो कर्तव्य निर्वाहमा असर नै पार्नेछन्। यदि तँ अत्यन्तै सानो कदको छस् भने, तैँले बारम्बार प्रार्थना गर्नुपर्छ, परमेश्‍वरका वचनहरूद्वारा आफूलाई संयम पार्नुपर्छ। निश्‍चित कामकुराहरू गर्न वा सचेत रूपले केही वातावरण र केही परीक्षाहरूबाट जोगिन तैँले उपाय लगाउनुपर्नेछ। उदाहरणका लागि, मानौँ तँ एक अगुवा होस्। जब तँ केही सामान्य ब्रदर-सिस्टरहरूको साथमा हुन्छस्, के तिनीहरूले तँलाई तिनीहरूभन्दा अलि वरिष्ठ ठान्‍नेछैनन् र? भ्रष्ट मानवजातिले यसरी नै हेर्छन्, र यो तेरो लागि प्रलोभन हो। यो जाँच होइन, प्रलोभन हो! यदि तैँले आफूलाई तिनीहरूभन्दा वरिष्ठ ठान्छस् भने, यो धेरै खतरनाक कुरा हो, तर यदि तैँले तिनीहरूलाई पनि तँ बराबर ठान्छस् भने, तेरो मानसिकता सामान्य छ र तँलाई भ्रष्ट स्वभावहरूले बाधा दिनेछैनन्। यदि तिनीहरू अगुवाको रूपमा तेरो हैसियत तिनीहरूको भन्दा ठूलो छ भन्‍ने सोच्छन् भने, तिनीहरू तँलाई कसरी व्यवहार गर्नेछन्? (उच्च आदरका साथ।) के तिनीहरूले तँलाई उच्च आदरका साथ व्यवहार गर्ने र तेरो प्रशंसा गर्ने मात्रै हो, अरू केही गर्नेछैनन्? होइन। तिनीहरूले केही कुराहरू पनि भन्‍नेछन् र गर्नेछन्। उदाहरणका लागि, यदि तँलाई रुघा लाग्यो र कुनै साधारण दाजुभाइ वा दिदीबहिनीलाई पनि रुघा लाग्यो भने, तिनीहरूले सबैभन्दा पहिले कसको हेरचाह गर्नेछन्? (अगुवाको।) के त्यो तँलाई विशेष हेरचाह दिनु होइन र? के यो हैसियतका लाभहरूमध्ये एक होइन र? यदि तँ कुनै दाजुभाइ वा दिदीबहिनीसँग विवादमा परिस्, र समस्या स्पष्ट रूपमा तँमै छ भने पनि, तँसँग हैसियत भएको कारणले गर्दा, के तिनीहरू विवादलाई निष्पक्ष रूपमा सम्हाल्न सक्नेछन् त? के तिनीहरू तेरो समस्या खुलासा गर्न सत्यताको पक्षमा खडा हुनेछन् त? (हुनेछैनन्।) यी कुराहरू तैँले सामना गर्ने प्रलोभनहरू हुन्। के तँ तीबाट जोगिन सक्छस्? तैँले तिनलाई कसरी सम्हाल्नुपर्छ? यदि कसैले तँलाई खराब व्यवहार गर्छ भने, तँ उसलाई मन पराउँदैनस् र कसरी उसलाई बहिष्कार गर्ने, आक्रमण गर्ने, र ऊसँग बदला लिने भनेर ख्याल गर्छस्, जबकि वास्तवमा, त्यो व्यक्तिमा कुनै समस्या हुँदैन। अर्कोतर्फ, कतिपय मानिस तँलाई चापलुसी गर्छन्, र तैँले तिनीहरूको चापलुसीलाई अस्वीकार नगर्ने र तिनीहरूलाई खुलासा नगर्ने मात्र होइन, तँ त चापलुसी गरिएको अनुभूतिमा पनि रमाउँछस्। के त्यो समस्याजनक कुरा होइन र? के तँ त्यसपछि तेरो चाटुकार तेरो विश्‍वासपात्र बनोस् र तेरो इसारामा चलोस् भनेर उसलाई बढुवा दिन र संवर्धन गर्न थाल्नेछैनस् र? यदि त्यसो गर्थिस् भने, तँ कुन मार्गमा हुन्थिस्? (ख्रीष्टविरोधीहरूका मार्गमा।) यदि तँ यी प्रलोभनहरूमा पर्छस् भने, तँ खतरामा हुन्छस्। के दिनभरि नै तेरो वरिपरि मानिसहरू हुनु राम्रो कुरा हो? मैले कतिपय मानिस अगुवा बनेपछि आफ्नो काम गर्ने वा वास्तविक समस्याहरू सुल्झाउने गर्दैनन् भन्ने सुनेको छु। यसको साटो, तिनीहरू देहको आनन्दबारे मात्र सोच्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नै लागि मात्र बनाइएको खानासमेत खान्छन्, जबकि अरूलाई तिनीहरूका मैला कपडाहरू धुन लगाउँछन्। केही समयपछि, तिनीहरू प्रकट हुन्छन् र हटाइन्छन्। तिमीहरूले यस्तै केही सामना गर्नुपर्‍यो भने, के गर्नुपर्छ? हैसियत हुँदा, मानिसहरू तँलाई चापलुसी र विशेष व्यवहार गर्नेछन्। मानिसहरूले तँलाई जस्तोसुकै व्यवहार गरे पनि, यदि तँ यी प्रलोभनहरूलाई जित्न र अस्वीकार गर्न सक्छस् र निरन्तर मानिसहरूलाई निष्पक्ष व्यवहार गरिरहन्छस् भने, यसले तँ सच्चा व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। यदि तँसँग हैसियत छ भने, कतिपय मानिसहरूले तँलाई आदर गर्नेछन्। तिनीहरू सधैँ तेरो वरिपरि हुनेछन्, र तँलाई चापलुसी गर्नेछन्। के तँ यसबाट मुक्त हुन सक्छस्? तिमीहरू यस्ता प्रलोभनहरूलाई कसरी सम्हाल्छौ? जब तिमीहरूलाई देखभाल गरिनुपर्ने जरुरी नै नभएको बेला, कुनै व्यक्तिले “सहयोगको हात” फैलाउँदै तिमीहरूलाई खुसी पार्छ, तब तिमीहरू हैसियतले तिमीहरूलाई फरक बनाउँछ, र तिमीहरूले विशेष व्यवहार मात्र पाउँछौ भन्ने सोचेर मनमनै खुसी हुन्छौ। के यस्ता घटनाहरू घट्दैनन् र? के यो वास्तविक समस्या होइन र? जब तँलाई यस्ता कुराहरू आइपर्छन्, तब के तेरो हृदयले तँलाई धिक्कार्छ? के तँ दिगदिगी र तिरस्कार महसुस गर्छस्? यदि कसैले दिगदिगी र तिरस्कार महसुस गर्दैन, र यी कुराहरू अस्वीकार गर्दैन भने, र उसको हृदयले कुनै आरोप र दोष महसुस गर्दैन, बरु यी कुराहरूमा रमाउन रुचाउँछ, र हैसियत हुनु राम्रो कुरा हो भन्‍ने अनुभूति गर्छ भने, के त्यस्तो व्यक्तिमा विवेक हुन्छ? के उसमा चेतना हुन्छ? के यो सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) यो कस्तो प्रकटीकरण हो? यो त हैसियतको फाइदाप्रति लिप्त हुनु हो। तँलाई ख्रीष्टविरोधीका रूपमा चित्रण नगरिए पनि, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न थालिसकेको छस्। जब तँलाई आफूले पाउने विशेष व्यवहारमा रमाउने बानी पर्छ, यदि कुनै दिन तैँले त्यस्तो विशेष व्यवहार पाउन छोडिस् भने, के तँलाई रिस उठ्नेछैन र? यदि केही ब्रदर-सिस्टरहरू गरिब छन् र तिनीहरूसँग तँलाई अतिथिसत्कार गराउने पैसा छैन भने, के तैँले तिनीहरूलाई निष्पक्ष व्यवहार गर्नेछस्? जब तिनीहरू तँलाई कुनै सत्य कुरा भन्छन् र त्यसले तँलाई बेखुसी पार्छ, तब के तँ तिनीहरूविरुद्ध आफ्नो शक्ति प्रयोग गर्नेछस् र तिनीहरूलाई कसरी सास्ती दिने भनेर सोच्नेछस्? के तँ तिनीहरूलाई देख्दा बेखुसी भएर तिनीहरूलाई पाठ सिकाउन चाहनेछस्? जब तँमा यी सोचहरू पलाउँछन्, तँ दुष्ट काम गर्नबाट त्यति टाढा हुँदैनस्, कि हुन्छस्? के मानिसहरूलाई ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न सजिलो छ? के ख्रीष्टविरोधी बन्‍न सजिलो छ? (छ।) यो एकदमै झिँजोलाग्दो छ! अगुवा र कामदारका रूपमा, यदि तिमीहरू सबै कुरामा सत्यता खोज्दैनौ भने, तिमीहरू ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेका छौ।

कतिपय मानिस परमेश्‍वरको कामै बुझ्दैनन्, अनि तिनीहरूलाई परमेश्‍वर कसरी र कसलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा थाहा हुँदैन। तिनीहरू सबै मानिसमा ख्रीष्टविरोधी स्वभाव हुने र ख्रीष्टविरोधी मार्गमा हिँड्न सक्ने देख्छन्, त्यसैले तिनीहरूलाई मानिसहरूमा मुक्तिको कुनै आशा हुँदैन भन्‍ने लाग्छ। अन्त्यमा, तिनीहरू सबै जनालाई ख्रीष्टविरोधीका रूपमा चित्रित गरिनेछ। तिनीहरूलाई मुक्ति दिन सकिँदैन र सबै जना नष्ट हुनैपर्छ। के यस्ता सोच र दृष्टिकोण सही हुन्? (होइनन्।) त्यसोभए, यो समस्या कसरी समाधान गर्नुपर्छ? पहिला, तैँले परमेश्‍वरको काम बुझ्नैपर्छ। परमेश्‍वरले मुक्ति दिने भनेको भ्रष्ट मानवजातिलाई हो। भ्रष्ट मानवजाति ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ। त्यसकारण, उसलाई परमेश्‍वरको मुक्ति आवश्यक हुन्छ। त्यसोभए, तँ कसरी ख्रीष्टविरोधी मार्गमा हिँड्नुभन्दा सृजित प्राणीका रूपमा परमेश्‍वरलाई पछ्याउन र तेरो कर्तव्य पूरा गर्न सक्छस्? तैँले सत्यता बुझ्न, आत्मचिन्तन गरेर आफूलाई चिन्न, आफ्नो भ्रष्ट स्वभाव थाहा पाउन, र आफ्नो शैतानी प्रकृति थाहा पाउन जरुरी हुन्छ। त्यसपछि, तैँले सत्यता खोजी गरेर आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्नैपर्छ। यसरी मात्र तैँले आफू ख्रीष्टविरोधी मार्गमा नहिँड्ने, ख्रीष्टविरोधी नबन्‍ने, र परमेश्‍वरले तिरस्कार गर्ने व्यक्ति नबन्‍ने सुनिश्चित गर्न सक्छस्। परमेश्‍वर अलौकिक तरिकाले काम गर्नुहुन्‍न। बरु, उहाँ मानिसहरूको हृदयको गहिराइमा छानबिन गर्नुहुन्छ। यदि तँ सधैँ हैसियतका लाभहरू लिन्छस् भने, परमेश्‍वरले तँलाई केवल धिक्कार्नुहुनेछ र एउटा सचेतना प्रदान गर्नुहुनेछ, जसले तँलाई आत्मचिन्तन गर्न र यो कुरा सत्यतासँग मिलेको छैन र परमेश्‍वरलाई मन पर्दैन भनेर थाहा पाउन मद्दत गर्नेछ। यदि तैँले यो बुझ्न सकिस्, अनि आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न सकिस् भने, तँलाई यो समस्या समाधान गर्न कठिन हुनेछैन। तर यदि तँ यस्तो स्थितिमा लामो समयसम्म जिउँछस्, सधैँ हैसियतका लाभहरूमा लिप्त हुन्छस्, परमेश्‍वरलाई प्रार्थना गर्दैनस् वा आत्मचिन्तन गर्दैनस्, र सत्यता खोज्दैनस् भने, तबदेखि परमेश्‍वरले तँमाथि काम गर्नुहुनेछैन। उहाँले तँलाई त्याग्‍नुहुनेछ, ताकि तँलाई उहाँ तँसँग हुनुभएको अनुभूति नहोस्। परमेश्‍वरले तँलाई यदि तँ यस्तै रहिरहने हो भने अवश्य पनि परमेश्‍वरले घिनाउने व्यक्ति बन्‍नेछस् भनेर बुझ्न लगाउनुहुनेछ। परमेश्‍वरले तँलाई यो मार्ग गलत छ, तेरो जिउने तरिका गलत छ भनेर बुझ्ने तुल्याउनुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई यस्तो चेतना दिनुको उद्देश्य तिनीहरूलाई सही र गलत कार्यहरूबारे थाहा दिनु, र सही निर्णय गर्न लगाउनु हो। तर, व्यक्तिले हिँड्नलाई सही मार्ग रोज्न सक्नु वा नसक्नुको मुख्य कुरा उसको विश्‍वास र सहकार्यमा भर पर्छ। जब परमेश्‍वर यी कामकुरा गरिरहनुभएको हुन्छ, तब उहाँ तँलाई सत्यता बुझ्न मार्गदर्शन गर्नुहुन्छ, तर त्यो भन्दा बाहिर, उहाँ रोज्ने अधिकार तँलाई नै दिनुहुन्छ, र उहाँले तँ सही मार्गमा हिँडिरहेको छस् कि छैनस् भन्‍ने कुरा हेर्नुहुन्छ। उहाँ तँमाथि कहिल्यै कुनै कुरा थोपर्नुहुन्‍न। उहाँ तँलाई कहिल्यै जबरजस्ती नियन्त्रण गर्नुहुन्‍न वा यो गर् त्यो गर् भन्दै कहिल्यै कुनै कुरा गर्न आदेश दिनुहुन्‍न। परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुन्‍न। उहाँ तँलाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुहुन्छ। यस्तो बेला, व्यक्तिले के गर्नुपर्छ? जब तँ आफूले गरिरहेको काम गलत छ, अभ्यास गर्ने यो तरिका गलत छ भनेर थाहा पाउँछस्, तब के तँ तुरुन्तै सही मार्गअनुसार अभ्यास गर्नतिर लाग्न सक्छस्? त्यो निकै गाह्रो हुनेछ। तँभित्र एउटा युद्ध चलिरहेको हुन्छ, किनभने तैँले प्रेम गर्ने कुराहरू शैतानका दर्शन र तर्क हुन्, जुन सत्यताका प्रतिकूल हुन्छन्। कहिलेकाहीँ, तँलाई के गर्दा सही हुन्छ र के गर्दा गलत हुन्छ भन्‍ने कुरा राम्ररी थाहा हुन्छ, तर तँ शैतानका ती कुराहरूलाई त्याग्‍न सक्दैनस्, र त्यसले तेरो हृदयमा एउटा युद्ध निम्त्याउँछ। त्यस्तो युद्धको दौरान, तैँले बारम्बार प्रार्थना गर्नुपर्छ, परमेश्‍वरलाई तँलाई मार्गदर्शन गर्न दिनुपर्छ, र परमेश्‍वरलाई तँलाई हप्काउन दिनुपर्छ, ताकि तँ तैँले गर्न नहुने कुराहरूबारे सचेत बनेस्। त्यसपछि, त्यस्ता प्रलोभनहरूका विरुद्धमा सक्रिय रूपमा विद्रोह गर्नुपर्छ, तीबाट अलग बस्नुपर्छ, र जोगिनुपर्छ। यसमा तेरो सहकार्य चाहिन्छ। युद्धको दौरान, तँ आफ्नो हृदयमा सही दिशा त रोज्न सक्छस्, तर यो आवश्यक छैन कि तैँले सही मार्ग नै लिनेछस्; तैँले बाटो बिराउनेछस्, र सजिलै गलत मार्ग लिन सक्नेछस्। के परिस्थितिहरू वास्तवमा यस्तै नै हुँदैनन् र? एक क्षणको असावधानीले, तैँले गलत मार्ग लिनेछस्। यहाँ “एक क्षणको असावधानी” भन्‍नुको अर्थ के हो? यसको अर्थ प्रलोभन अत्यन्तै ठूलो छ भन्‍ने हुन्छ। तेरा लागि, यो कहिलेकाहीँ तेरो इज्जतको कारणले हुन सक्छ, वा कहिलेकाहीँ तेरो मुडको कारणले हुन सक्छ, वा कहिलेकाहीँ कुनै विशेष प्रसङ्ग वा विशेष वातावरणको कारणले हुन सक्छ। सबैभन्दा गम्भीर कारक त, वास्तवमा, तेरो भ्रष्ट स्वभाव हो, जसले तँमाथि प्रभुत्व जमाउँछ र तँलाई नियन्त्रण गर्छ। तँलाई सही मार्ग पछ्याउन गाह्रो पार्ने यसैले हो। तँसँग अलिकति विश्‍वास त होला, तर परिस्थितिहरूको सामना गर्नुपर्दा तँ अझै पनि धरमराउँछस्। विशेष गरी, अरूद्वारा बाधा दिइँदा र भ्रममा पारिँदा, तैँले दुष्टता गर्ने र गलत मार्ग समात्ने सम्भावना हुन्छ। तँलाई काटछाँट नगरेसम्म, तँलाई ताडना नदिएसम्म र अनुशासनमा नराखेसम्म, तेरो मार्ग अवरोधहरूले भरिएर तँ अगाडि बढ्ने मार्ग नदेख्ने अवस्थामा नपुगेसम्म, तैँले ख्याति, प्राप्ति र हैसियतको पछ्याइ सच्चा मार्ग होइन, बरु परमेश्‍वरद्वारा तिरस्कृत र श्रापित कुरा हो, परमेश्‍वरले माग गर्नुभएको सत्यता पछ्याउने मार्गमा हिँड्नु मात्रै जीवनको सही मार्ग हो, र यदि तँसँग सत्यता पछ्याउने मार्गमा हिँड्ने सङ्कल्प छैन भने, तँ पूर्ण रूपमा हटाइनेछस् भन्‍ने कुरा थाहा पाउनेछैनस्। मानिसहरू आफ्नो चिहान नदेखेसम्म आँसु झार्दैनन्! तर, यस युद्धको क्रममा, यदि कुनै व्यक्तिसँग ठूलो विश्‍वास, सहकार्य गर्ने बलियो सङ्कल्प, र सत्यता पछ्याउने सङ्कल्प छ भने, उसलाई यी प्रलोभनहरूलाई जित्न अझ सजिलो हुनेछ। यदि तेरो घातक कमजोरी भनेको तैँले विशेष गरी आफ्नो इज्जत र हैसियतलाई अनमोल ठान्नु, र तैँले ख्याति, प्राप्ति, र देहसुखको लालसा गर्नु, र यी कुराहरूलाई अत्यधिक महत्त्व दिनु हो भने, तँलाई देहलाई जित्‍न गाह्रो हुनेछ। तँ सधैँ दैहिक रुचिहरूद्वारा नियन्त्रित हुन्छस् भन्‍नुको अर्थ के हो? यसको अर्थ तँलाई सत्यता पछ्याउने मार्ग रोज्न गाह्रो हुनेछ, र यसको सट्टा तँ गलत मार्ग रोज्छस्, जसले गर्दा परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र त्याग्‍नुहुनेछ। तर, यदि तँ सधैँ होसियार र सावधान हुन्छस्, र यदि तँ हप्की खान र ताडना पाउन बारम्बार परमेश्‍वरसामु आउन सक्छस्, अनि यदि तँ हैसियतका लाभहरूमा रमाउँदैनस्, न त ख्याति, प्राप्ति, वा देहसुखको लोभ नै गर्छस्, र तँमा त्यस्ता सोचहरू आउँदा, यदि तँ ती सोच कार्यमा परिणत हुनुअघि नै परमेश्‍वरमा भर परी सारा शक्तिले तीविरुद्ध विद्रोह गर्छस् अनि परमेश्‍वरलाई प्रार्थना गर्छस् र सत्यता खोज्छस्, र जे भए पनि, तँ अन्त्यमा सत्यता अभ्यास गर्ने मार्गमा हिँड्न र त्यस वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छस् भने, त्यसपछि ठूलो प्रलोभन आइपर्दा के तैँले सही दिशा रोज्ने सम्भावना बढी हुनेछैन र? (हुनेछ।) यो तँ सामान्यतया के पछ्याउँछस् भन्‍ने कुरामा निर्भर हुन्छ। ल भन्: यदि कसैले ठूलो प्रलोभनको सामना गर्नुपर्‍यो भने, के ऊ आफ्नो वर्तमान कदमा, आफ्नो सङ्कल्पमा, वा उसले सामान्यतया बुझ्ने त्यो अलिकति धर्मसिद्धान्तमा मात्रै भर परेर आफ्नो गवाहीमा दृढ रहन र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्नेछ? (सक्नेछैन।) के ऊ आंशिक रूपमा यो हासिल गर्न सक्नेछ? (सक्नेछ।) ऊ आंशिक रूपमा यो हासिल गर्न सक्छ, तर जब उसलाई परमेश्‍वरका मागहरू पूरा गर्न गाह्रो हुन्छ, तब परमेश्‍वरको हस्तक्षेप आवश्यक हुनेछ। यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, सत्यताबारे मानव बुझाइ र मानव इच्छामा मात्र भर परेर तेरो पूर्ण सुरक्षा हुन सक्दैन, न त तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न र दुष्टताबाट पूर्णतया अलग बस्न नै सक्छस्। मुख्य कुरा के हो भने, मान्छेमा सहकार्य गर्ने सङ्कल्प हुनैपर्छ। मान्छेले बाँकी कुराका लागि परमेश्‍वरको काममाथि भर पर्नैपर्छ। मानौँ तँ यसो भन्छस्, “यसका लागि मैले ठूलो प्रयास गरेको छु र सकेजति सबै गरेको छु। भविष्यमा मलाई जस्तोसुकै प्रलोभन वा परिस्थिति आइपरे पनि, मेरो कद यत्रो मात्र छ, र म यत्रो काम मात्र गर्न सक्छु।” तैँले यस्तो व्यवहार गरेको देख्दा, परमेश्‍वरले के गर्नुहुनेछ? परमेश्‍वरले तँलाई यी प्रलोभनहरूबाट जोगाउनुहुनेछ। जब परमेश्‍वरले तँलाई यी प्रलोभनहरूबाट सुरक्षा दिनुहुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस्, तेरो विश्‍वास झन्-झन् दृढ बन्दै जानेछ, र तेरो कद बिस्तारै बढ्दै जानेछ।

भ्रष्ट मानवजाति हैसियत पछ्याउन र त्यसका लाभहरू लिन रुचाउँछ। चाहे अहिले तँमा हैसियत होस् वा नहोस्, यो कुनै पनि व्यक्तिमा लागू हुन्छ: हैसियत त्याग्‍न र त्यसका प्रलोभनहरूबाट मुक्त हुन अत्यन्तै गाह्रो हुन्छ। यसका लागि मान्छेले बढी सहकार्य गर्नुपर्छ। यस्तो सहकार्यमा के कुरा पर्छ? मुख्यतः सत्यता खोज्ने, सत्यता स्विकार्ने, परमेश्‍वरका अभिप्रायहरू बुझ्ने, र समस्याहरूको सार प्रस्टसित छिचोल्ने कुरा पर्छ। यी कुराहरू गरेपछि, व्यक्तिमा हैसियतको प्रलोभनलाई जित्ने विश्‍वास हुन्छ। त्यसबाहेक, तैँले देहलाई जित्ने, प्रलोभनबाट मुक्त हुने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने प्रभावकारी तरिकाहरू सोच्नैपर्छ। तँसँग अभ्यासका मार्गहरू हुनैपर्छ। यसले तँलाई सही मार्गमा राखिराख्नेछ। अभ्यासका मार्गविना, तँ प्रायः प्रलोभनमा पर्नेछस्। तैँले सही मार्ग समात्न चाहने भए पनि, चाहे तैँले जति नै प्रयास गर्, अन्त्यमा तैँले न्यूनतम नतिजा प्राप्त गर्नेछस्, र तँ आफ्नो गवाहीमा दृढ रहन असफल हुन पनि सक्छस्। त्यसोभए, तिमीहरूले बारम्बार सामना गर्ने प्रलोभनहरू के-के हुन्? (जब म आफ्नो कर्तव्य निर्वाहमा केही सफलता हासिल गर्छु अनि दाजुभाइ-दिदीबहिनीहरूबाट उच्च सम्मान पाउँछु, तब म आत्मसन्तुष्ट हुन्छु र यस अनुभूतिमा ज्यादै रमाउँछु। कहिलेकाहीँ म त्यो महसुस गर्दिनँ; कहिलेकाहीँ म यो स्थिति गलत हो भन्‍ने महसुस गर्छु, तर पनि म त्यसविरुद्ध विद्रोह गर्न सक्दिनँ।) त्यो एउटा प्रलोभन हो। अरू कसले बताउनेछ? (म अगुवा भएकाले, कहिलेकाहीँ मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई विशेष व्यवहार गर्छन्।) त्यो पनि एउटा प्रलोभन नै हो। यदि तँ आफूले सामना गर्ने प्रलोभनहरूबारे सचेत छैनस्, तिनलाई कमजोर रूपमा सम्हाल्छस्, र सही निर्णयहरू लिन सक्दैनस् भने, यी प्रलोभनहरूले तँलाई दुःख र कष्ट दिनेछन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरू तँलाई गाँस, बास, र कपास, अनि दैनिक रूपमा आवश्यक कुराहरूलगायत विशेष भौतिक व्यवहार दिन्छन्। यदि तैँले सामान्यतया प्रयोग गर्ने चिज तिनीहरूले तँलाई दिने चिजभन्दा राम्रो छ, र तँ तिनीहरूले दिएको चिजलाई तुच्छ ठान्छस् भने, तैँले तिनीहरूका उपहारहरू नस्विकार्न सक्छस्। तर, यदि तैँले कुनै धनी मान्छे भेटिस् र उसले तँलाई आफूले नलगाउने भन्दै एउटा राम्रो सुट दिएको भए, के तँ यस्तो प्रलोभनसामु अडिग रहन सक्थिस्? हुन सक्छ तैँले त्यस परिस्थितिबारे सोच्छस्, मनमनै यसो भन्छस्, “ऊ धनी छ, र यी कपडाहरू उसका लागि केही पनि होइन। उसले यी कपडाहरू लगाउने पनि होइन। यदि उसले ती मलाई दिएन भने, त्यो कतै पोका पारेर राखिनेछ। त्यसैले, म नै राख्नेछु।” त्यस निर्णयबारे तँ के भन्छस्? (हामी हैसियतका लाभहरू लिइरहेकै छौँ।) यो किन हैसियतका लाभहरू लिनु हो? (किनकि हामीले राम्रा कुराहरू स्वीकार गर्‍यौँ।) के तँलाई दिइएका राम्रा कुराहरू स्वीकार गर्न नै हैसियतका लाभहरू लिनु हो? यदि तँलाई कुनै सामान्य कुरा दिइयो, तर त्यो तँलाई चाहिएकै चीज हो र तैँले त्यो स्विकार्छस् भने, के त्यसलाई पनि हैसियतका लाभहरू लिएको मान्‍ने हो? (हो। हामी आफ्ना स्वार्थी चाहनाहरू पूरा गर्न अरूबाट चिजहरू स्विकार्छौँ भने, त्यसलाई हैसियतका लाभहरू लिएको मानिन्छ।) तँ यसमा प्रस्ट छैनस् जस्तो देखिन्छ। के तैँले यसबारे कहिल्यै सोचेको छस्: यदि तँ अगुवा थिइनस् र तँसँग हैसियत थिएन भने पनि, के उसले तँलाई यो उपहार दिनेथियो? (दिनेथिएन।) उसले अवश्यै दिनेथिएन। तँ अगुवा भएकाले उसले तँलाई यो उपहार दिन्छ। यो कुराको प्रकृति परिवर्तन भएको छ। यो सामान्य पुण्यकर्म होइन, र यसमा समस्या छ। यदि तैँले उसलाई “यदि म कुनै अगुवा नभएर एक सामान्य दाजुभाइ वा दिदीबहिनी भएको भए, के तिमीले मलाई यस्तो उपहार दिनेथ्यौ? यदि यो चीज कुनै दाजुभाइ वा दिदीबहिनीलाई चाहिएको भए, के तिमीले त्यो उनलाई दिनेथ्यौ?” भनेर सोधेमा, उसले यसो भन्‍नेथ्यो, “म सक्दिनथेँ। म सोचविचार नगरी जोकोहीलाई चिजबिज दिन सक्दिनँ। मैले त्यो तपाईँलाई दिएँ किनभने तपाईँ मेरो अगुवा हुनुहुन्छ। यदि तपाईँसँग यो विशेष हैसियत नभएको भए, म तपाईँलाई त्यस्तो उपहार किन दिन्थेँ र?” अब हेर् त, तैँले कसरी परिस्थिति बुझ्न सकेको छैनस्। उसले त्यो राम्रो सुट आफूलाई नचाहिने भन्दा तैँले उसलाई विश्‍वास गरिस्, तर ऊ तँलाई छल गरिरहेको थियो। उसको उद्देश्य तँलाई उसको उपहार स्विकार्न लगाउनु थियो ताकि भविष्यमा तैँले उसलाई राम्रो व्यवहार गरेस् र उसलाई फरक तरिकाले हेरेस्। उसले उपहार दिन पछाडिको अभिप्राय यही हो। वास्तविकता के हो भने यदि तँसँग हैसियत नभएको भए उसले तँलाई त्यस्तो उपहार कहिल्यै दिने थिएन भन्‍ने कुरा तँलाई हृदयमा थाहा छ, तर पनि तँ त्यो स्वीकार गर्छस्। मुखले त तँ “परमेश्‍वरलाई धन्यवाद होस्। मैले परमेश्‍वरबाटको यो उपहार स्विकारेको छु, त्यो मप्रति परमेश्‍वरको उपकार हो” भन्छस्। तैँले हैसियतका लाभहरू लिने मात्र होइन, तँ त परमेश्‍वरका चुनिएका मानिसहरूका चिजबिजमा पनि आनन्द लिन्छस्, मानौँ ती तेरै हुन्। के यो निर्लज्ज कुरा होइन? यदि मान्छेको विवेक चल्दैन र उसमा कुनै लाज छैन भने, समस्या त्यही हो। के यो व्यवहारको कुरा मात्र हो र? के अरूबाट चीजहरू स्वीकार गर्नु मात्र गलत र अस्वीकार गर्नुचाहिँ सही हो र? यस्तो अवस्थाको सामना गर्नुपर्दा तैँले के गर्नुपर्छ? तैँले उपहार दिने यस व्यक्तिलाई ऊ जे गरिरहेको छ त्यो सिद्धान्तहरूअनुरूप छ कि छैन भनेर सोध्नैपर्छ। उसलाई यसो भन्, “तिमीले गरिरहेको कुरा सिद्धान्तहरूअनुरूप छ कि छैन भनेर हेर्न परमेश्‍वरको वचन वा मण्डलीका प्रशासनिक आदेशहरूलाई हेरौँ। यदि छैन भने, म यस्तो उपहार स्विकार्न सक्दिनँ।” यदि छानबिन गरेपछि उसलाई आफ्नो कार्यले सिद्धान्तहरू उल्लङ्घन गर्छ भन्‍ने थाहा हुन्छ, तर ऊ अझै पनि तँलाई उपहार दिन चाहन्छ भने, तैँले के गर्नुपर्छ? तैँले सिद्धान्तहरूअनुसार नै कार्य गर्नुपर्छ। धेरैजसो मानिस यसलाई जित्‍न सक्दैनन्। तिनीहरू अरूद्वारा अझै धेरै दिइयोस्, र अझै धेरै विशेष व्यवहार पाइयोस् भनेर मरिहत्ते गर्छन्। यदि तँ सच्चा व्यक्ति होस् भने, यस्तो अवस्थाको सामना गर्नुपर्दा तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज म जे सामना गरिरहेको छु त्यसमा पक्कै पनि तपाईँका असल अभिप्रायहरू रहेका छन्। यो तपाईँले मेरो लागि खडा गर्नुभएको पाठ हो। म सत्यता खोज्न र सिद्धान्तहरूअनुसार अभ्यास गर्न इच्छुक छु।” हैसियत भएकाहरूले सामना गरिरहेका प्रलोभनहरू अत्यन्तै ठूला छन्, र एकपटक प्रलोभन आएपछि, यसलाई जित्‍न साँच्चै गाह्रो हुन्छ। तँलाई परमेश्‍वरको मद्दत चाहिन्छ, र त्यसपछि मात्रै तँलाई परमेश्‍वरद्वारा सुरक्षा दिन सकिन्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, र तैँले सत्यता पनि खोज्नैपर्छ, बारम्बार आत्मचिन्तन गर्नुपर्छ, र प्रलोभनहरूलाई अस्वीकार गर्न सक्नुपर्छ। यसरी, तैँले शान्ति र स्थिरता महसुस गर्नेछस्। तर, यदि तँ परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई दिएका कुराहरू स्वीकार गरेपछि मात्रै प्रार्थना गर्छस् भने, के तैँले अझै पनि शान्ति र स्थिरताको बोध महसुस गर्नेछस्? (गर्नेछैनँ।) त्यसपछि परमेश्‍वर तेरो बारेमा के सोच्नुहुनेछ? के परमेश्‍वर तेरा कार्यहरूसँग प्रसन्न हुनुहुनेछ, कि उहाँ तिनलाई धिक्कार्नुहुनेछ? उहाँ तेरा कार्यहरूलाई धिक्कार्नुहुनेछ, जुन हैसियतका लाभहरूमा लिप्त हुनु बराबर हो। के समस्या तैँले कुनै कुरा स्विकार्छस् कि स्विकार्दैनस् भन्‍ने मात्रै हो? (होइन।) त्यसोभए, समस्या कहाँनेर छ? तैँले त्यस्तो परिस्थिति सामना गर्दा अपनाउने विचार र मनोवृतिमा नै समस्या छ। के तँ आफै निर्णय गर्छस् कि सत्यता खोज्छस्? के तँसँग कुनै स्तरको विवेक छ? के तँमा अलिकति पनि परमेश्‍वरको डर मान्ने हृदय छ? के तैँले त्यस्तो अवस्था सामना गर्नुपर्दा तँ परमेश्‍वरलाई प्रार्थना गर्छस्? के तँ पहिला आफ्नै चाहनाहरू पूरा गर्न खोज्छस्, कि पहिला प्रार्थना गरेर परमेश्‍वरका अभिप्रायहरू खोज्छस्? यो एउटै मामिलाले मानिसहरूलाई प्रकट गर्न सक्छ। तैँले त्यस्तो परिस्थिति कसरी सम्हाल्नुपर्छ? तँसँग अभ्यासका सिद्धान्तहरू हुनैपर्छ। पहिला, बाहिरी रूपमा, तैँले यी विशेष भौतिक सुखसुविधाहरू, यी प्रलोभनहरू अस्वीकार गर्नैपर्छ। तँलाई विशेष रूपमा मन पर्ने चिज वा ठ्याक्कै तँलाई चाहिने चिज नै दिइए पनि, तैँले त्यसलाई त्यसरी नै अस्वीकार गर्नैपर्छ। भौतिक कुरा भन्‍नाले के बुझिन्छ? त्यसमा गाँस, बास, र कपास, अनि दैनिक प्रयोगका कुराहरू सबै पर्छन्। यी विशेष भौतिक सुखसुविधाहरू अस्वीकार गर्नैपर्छ। तैँले ती कुरा किन अस्वीकार गर्नैपर्छ? के त्यसो गर्नु तेरो कार्यशैलीको कुरा मात्र हो र? होइन, त्यो तेरो सहयोगी मनोवृतिको कुरा हो। यदि तँ सत्यता अभ्यास गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, र प्रलोभनबाट अलग बस्न चाहन्छस् भने, पहिला तँसँग यो सहयोगी मनोवृत्ति हुनैपर्छ। यस्तो मनोवृत्तिले तँ प्रलोभनबाट अलग बस्न सक्नेछस्, र तेरो विवेक शान्त हुनेछ। यदि तँलाई आफूलाई मन पर्ने कुनै कुरा दिइयो र तैँले त्यो स्वीकार गरिस् भने, तेरो हृदयले केही हदसम्म तेरो विवेकले धिक्कारेको महसुस गर्नेछ। तर, तेरा बहाना र आत्म-औचित्यका कारण तैँले तँलाई यो कुरा दिइनु नै पर्छ, यो तैँले पाउनुपर्ने कुरा नै हो भनेर भन्‍नेछस्, र यतिबेला तेरो विवेकको बोध अस्पष्ट र सूक्ष्म हुनेछ। कहिलेकाहीँ, निश्‍चित कारण र बहानाहरू वा सोचाइ र दृष्टिकोणहरूले तेरो विवेकलाई प्रभाव पार्न सक्छन्, त्यतिबेला तेरो विवेकको बोध बुझ्न गाह्रो हुन्छ। त्यसोभए, के तेरो विवेक एक भरपर्दो मानक हो? होइन। यो मानिसहरूलाई चेतावनी दिने खतराको घण्टी हो। यसले कस्तो खालको चेतावनी दिन्छ? विवेकले भनेकोमा मात्र भर पर्दा सुरक्षा हुँदैन भन्‍ने चेतावनी दिन्छ; व्यक्तिले सत्यता सिद्धान्तहरू पनि खोज्नैपर्छ। भरपर्दो कुरा त्यही हो। मानिसहरूलाई रोक्ने सत्यता छैन भने, तिनीहरू अझै पनि प्रलोभनमा पर्न सक्छन्, र हैसियतका लाभहरूमा लिप्त हुने विभिन्‍न कारण र बहानाहरू दिन्छन्। त्यसकारण, अगुवा भएको नाताले तँ हृदयबाट यो एउटै सिद्धान्तमा अडिग रहनुपर्छ: म एकनासले कुनै पनि विशेष व्यवहारबाट अलग बस्छु र त्यसलाई अस्वीकार गर्छु; म त्यसलाई पूर्ण रूपमा इन्कार गर्छु। पूर्ण इन्कार भनेको दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त हो। यदि तँसँग दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त छ भने, तँ पहिल्यै केही हदसम्म परमेश्‍वरका सुरक्षामा छस्। र यदि तँसँग अभ्यासका त्यस्ता सिद्धान्तहरू छन्, र तँ त्यसप्रति अडिग छस् भने, तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको छस्। तँ सही मार्गमा हिँड्न थालिसकेको छस्। जब तँ सही मार्गमा हिँडिरहेको र पहिल्यै परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको हुन्छस्, तब के तँलाई अझै आफ्नो विवेकको जाँच आवश्यक पर्छ र? सिद्धान्तहरू अनुसार कार्य गर्नु र सत्यता अभ्यास गर्नु विवेकको स्तरभन्दा ठूलो हो। यदि व्यक्तिमा सहकार्य गर्ने सङ्कल्प छ र ऊ सिद्धान्तअनुसार कार्य गर्न सक्षम छ भने, उसले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको हुन्छ। परमेश्‍वरले मान्छेबाट माग गर्ने मानक यही हो।

परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्तिको क्षमता धेरै हदसम्म उसको सहकार्यमा भर पर्छ। सहकार्य अत्यन्तै महत्त्वपूर्ण छ। अय्यूबले परमेश्‍वरको भय मान्यो र ऊ दुष्टताबाट अलग बस्यो, उसले आफूमा भएको कद र वास्तविकताले गर्दा कुनै प्रलोभनमा पर्ने डर पक्कै मानेको थिएन। यदि ऊ कुनै भोजभतेरमा भएको भए, उसले कुनै शब्द वा कामले परमेश्‍वरलाई सजिलै चिढ्याएको हुनेथिएन। त्यसोभए, यति हुँदाहुँदै पनि उसले किन त्यस्ता भोजभतेरमा उपस्थित हुन अस्वीकार गरे? (उसलाई ती मन परेन।) उसलाई त्यस्ता कार्यक्रम मन परेन। यो वस्तुगत कारण हो, तर सायद तिमीहरूले विचार नगरेको एउटा व्यावहारिक मामिला पनि छ। अय्यूबले परमेश्‍वरको भय मान्यो र ऊ दुष्टताबाट अलग बस्यो। उसले कदम चाल्यो र अभ्यासहरू अवलम्बन गऱ्यो, यसो गर्दा उसले परमेश्‍वरको सुरक्षा पाउनेथ्यो, ऊ पाप गर्न वा परमेश्‍वरलाई चिढ्याउनबाट जोगिनेथ्यो। उसले सहकार्यका मानव विधिहरू अपनायो। यो त्यो मामिलाको एउटा पाटो हो। त्यसबाहेक, कतिपय परिस्थितिमा मान्छेले आफ्नो भ्रष्ट प्रकृति आफै नियन्त्रण गर्न सक्दैन, त्यसकारण अय्यूब आफू प्रलोभनमा परिने कार्यक्रमहरूमा उपस्थित हुनेथिएन। यसरी, उसले प्रलोभनलाई पन्छायो। के अहिले तिमीहरूले अय्यूब त्यस्ता भोजभतेरमा उपस्थित नहुनुको कारण बुझ्यौ? किनकि त्यस्तो कार्यक्रम जोकोहीका लागि अत्यन्तै ठूलो प्रलोभन हुनेथियो। कुनै कुरा अत्यन्तै ठूलो प्रलोभन हुनुको अर्थ के हो? मानिसहरू कुनै पनि बेला, तिनीहरू जहाँसुकै भए पनि, पाप गर्न र परमेश्‍वरलाई चिढ्याउन सक्छन्। परमेश्‍वरको भय मान्‍ने तेरो हृदय, अनि परमेश्‍वरप्रतिको तेरो आस्था र तेरो सङ्कल्प मात्र तँलाई प्रलोभनबाट मुक्त तुल्याउन पर्याप्त हुँदैन। प्रलोभन आइपर्दा त्यसले तँलाई परमेश्‍वरलाई चिढ्याउनबाट जोगाउन सक्दैन। बुझिस्? अरू मानिसले तँलाई गर्ने विशेष व्यवहार तैँले पूर्ण रूपमा अस्वीकार गर्नैपर्छ। तैँले हरेकपटक अस्वीकार गर्नैपर्छ। कामकुराहरू गर्ने यो कस्तो तरिका हो? त्यस्ता सिद्धान्त र नियमाहरू मान्छेका समस्याहरूको कुन क्षेत्रमा लक्षित हुन्छन्? (ती कुरा मान्छेको लोभी प्रकृतिप्रति लक्षित हुन्छन्।) मान्छेको भ्रष्ट स्वभावका कारण, ऊ प्रलोभनमा पर्ने खतरा हुन्छ। त्यसकारण, तैँले त्यस्ता प्रलोभनहरू पन्छाउन तैँले निश्चित सिद्धान्त र विधिहरू अपनाउनुपर्छ ताकि तैँले परमेश्‍वरलाई चिढ्याउन नपरेस्। सहकार्य गर्ने यो शक्तिशाली र प्रभावकारी तरिका हो। यदि तँ यसो गर्न सक्दैनस्, यदि तँ परिस्थितिलाई मूल्याङ्कन गरेर कहिले विशेष व्यवहार स्वीकार गर्छस् त कहिले अस्वीकार गर्छस् भने, के तैँले त्यो मामिला राम्ररी बुझेको छस्? (छैनँ।) त्यसबारे तेरो बुझाइ किन कमजोर छ? (किनकि मान्छेमा शैतानी प्रकृति हुन्छ र ऊ आफूलाई नियन्त्रण गर्न सक्दैन।) यस्ता परिस्थिति आइपर्दा, परमेश्‍वरको भय मान्‍ने हृदय नभएकाहरूसँग सिद्धान्तहरू हुँदैनन्। तिनीहरू सबथोक स्विकार्छन् र कहिल्यै कुनै कुरा अस्वीकार गर्दैनन्। यदि कसैले तिनीहरूलाई त्यो त भेटी हो, परमेश्‍वरमा समर्पित चीज हो भने पनि तिनीहरू डर मान्दैनन्। तिनीहरू त्यो चीज आफ्नो पोल्टामा हालिहाल्छन्। तिनीहरू त्यस्ता भेटी हिनामिना गर्ने र तीमाथि आफ्नै दाबी प्रस्तुत गर्ने आँट गर्छन्, तिनीहरूलाई अलिकति पनि आत्मग्लानि हुँदैन। प्रस्ट छ, तिनीहरू परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिस हुन्, तिनीहरू स्वाभाविक रूपमै त्यस्ता अवस्थाहरूमा पर्छन्। के तिनीहरू परमेश्‍वरका विश्‍वासीहरू नै हुन्? आराम र सहजतामा लिप्त हुँदा अनि हैसियतका लाभहरूको आनन्द उठाउँदाको परिणाम यही हो। यदि तँ बारम्बार प्रलोभनमा पर्छस् र त्यसबाट अलग बस्दैनस् भने, तँ अवश्य पनि थाहै नपाइकन यो मार्गमा डोरिनेछस्। मान्छेको भ्रष्ट स्वभावले उसलाई गलत मार्गमा डोऱ्याउँछ। के यो समस्या समाधान नगरीकन कामकुरा राम्रा हुन सक्छन्? त्यसकारण, तैँले सामना गर्ने समस्याहरूको बाबजुद, तैँले विशेष समस्याहरू सामना गर्न विशेष तरिकाहरू अपनाउँदै सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ। नियमहरू कडाइका साथ पालना गर्नु सही तरिका होइन। जुन तरिकाहरूले तँलाई प्रलोभनलाई जित्न मदत गर्छन्, ती सबै स्वीकार्य हुन्।

भौतिक प्रलोभनहरूबाट पार पाउन सजिलो हुन्छ। यदि तँसँग खानलाई खाना, ओड्नलाई कपडा, र सन्तुष्ट हृदय छ भने, तैँले त्यो गर्न सक्छस्। त्यसपछि, यस्ता प्रलोभनहरू सजिलै परास्त हुन्छन्। तर ख्याति, प्राप्ति, र हैसियतका प्रलोभनहरूबाट पार पाउन सबैभन्दा कठिन हुन्छ। उदाहरणका लागि, जब दुई जना मानिस सँगै काम गरिरहेका हुन्छन्, तब यदि अर्को व्यक्तिको हैसियत तेरो भन्दा कम छ, यदि उसको भन्दा तेरो हैसियत उच्च छ भने, तँलाई आनन्द लाग्‍नेछ। तर यदि तेरो हैसियत उसको भन्दा कम छ भने, तँलाई दुःख लाग्‍नेछ। तेरो हृदयमा बेचैनी छाउनेछ, तँलाई नियन्त्रित, नकारात्मक, र कमजोर महसुस हुनेछ, र तैँले प्रार्थना गर्नेछैनस्। के यो समस्या समाधान गर्न सजिलो छ? यसलाई समाधान गर्न सजिलो छैन। मानिसले भौतिक प्रलोभनहरू अस्वीकार गर्न र त्यसबाट अलग बस्न, त्यसको प्रदूषण पन्छाउन सक्छ, तर हैसियत, ख्याति, प्राप्ति, अहम्, र यशबाट पार पाउन सबैभन्दा कठिन हुन्छ। सजिलो नभए पनि, खासमा त्यसको समाधान छ। यदि तैँले सत्यता खोज्न, परमेश्‍वरलाई प्रार्थना गर्न, र ख्याति, प्राप्ति, र हैसियतका सारमा पुग्‍न त्यसको खोक्रोपन जान्‍न सकिस् भने, तँमा ख्याति, प्राप्ति, र हैसियत त्याग्‍ने आत्मविश्‍वास हुनेछ। यसरी, तँ ती कुराहरूको प्रलोभनमा पर्नेछैनस्। मानिसहरूमा भ्रष्ट प्रकृति हुन्छ, जसले गर्दा तिनीहरू थुप्रै भ्रष्ट स्वभाव प्रकट गर्छन् र त्यसमा जिउँछन्। यसले तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने तुल्याउँछ। तिनीहरू जिउने कुरा अमानवीय हुन्छ र सत्यतासँग मेल खाँदैन। मानिसहरू सत्यतासामु झुक्न नमान्‍ने मानव अहङ्कारी होऊन् र पाखण्डी होऊन्, वा धूर्त अभिप्रायले कार्य गर्ने छली, वा लोभी, महत्त्वाकाङ्क्षा, र चाहना भएको होस्, यी सबै दुर्गुणहरू केले उत्पन्‍न गर्छ? (शैतानको भ्रष्ट स्वभावले।) ती शैतानको भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन् र मान्छेलाई नियन्त्रण गर्ने शैतानी प्रकृतिद्वारा निर्मित हुन्छन्। हैसियतका लागि होडबाजी गर्नु यसको एउटा प्रकटीकरण मात्र हो। मान्छेको अहङ्कारी स्वभाव जस्तै, परमेश्‍वरविरुद्ध उसको विद्रोह र प्रतिरोध जस्तै, यो प्रकटीकरण उसको शैतानी प्रकृतिबाट उत्पन्‍न हुन्छ। यसलाई समाधान गर्न कस्तो विधि प्रयोग गर्न सकिन्छ? तैँले अझै पनि सबैभन्दा आधारभूत विधि नै प्रयोग गर्नुपर्छ। यदि तँ परमेश्‍वरको मार्ग पछ्याउँछस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, यी सबै समस्या समाधान गर्न सकिन्छ। जब तँसँग कुनै हैसियत हुँदैन, तब तैँले आफूलाई बारम्बार चिरफार गरेर आफूलाई चिन्‍न सक्छस्, जसले गर्दा अरूले तेरो सङ्गतिबाट लाभ लिन्छन्। जब तँसँग हैसियत भएर पनि तँ बारम्बार आफूलाई चिरफार गर्न र चिन्न सक्छस्, जसले गर्दा मानिसहरूले तँसँग सबलताहरू छन्, तँ सत्यता बुझ्छस्, तँमा व्यावहारिक अनुभव छ, र तँ साँच्चै परिवर्तन हुन्छस् भन्‍ने देख्छन्, तब के अरूले अझै पनि यसबाट लाभ लिन सक्दैनन् र? तँसँग हैसियत होस् या नहोस्, तैँले सत्यता अभ्यास गर्न सकिस् र तँमा सच्चा अनुभवात्मक गवाही छ, मानिसहरूलाई आफ्नो अनुभवद्वारा परमेश्‍वरका अभिप्रायहरू र सत्यता बुझ्ने तुल्याउन सकिस् भने, के यसले मानिसलाई लाभ पुऱ्याउँदैन र? त्यसोभए, तेरा लागि हैसियतको अर्थ के हो त? वास्तवमा, हैसियत एउटा कपडा वा टोपीजस्तै थप, अतिरिक्त कुरा मात्र हो। यो एउटा गहना मात्र हो। यसको खास उपयोगिता छैन, र यो हुनुले कुनै प्रभाव पार्दैन। तँसँग हैसियत भए पनि नभए पनि, तँ उही व्यक्ति होस्। तैँले हैसियत प्राप्त गरेको कारणले मात्रै सत्यता वास्तविकता प्राप्त गर्नेछैनस्। मानिसहरूले सत्यता बुझ्न र सत्यता र जीवन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हैसियतसँग कुनै सरोकार छैन। जबसम्म तैँले हैसियतलाई ठूलो कुरा मान्दैनस्, तबसम्म यसले तँलाई बाँध्न सक्दैन। तर, यदि तैँले हैसियतलाई प्रेम गरिस् र त्यसमा विशेष गरी ध्यान केन्द्रित गरिस्, सधैँ त्यसलाई महत्त्वपूर्ण कुराका रूपमा लिइस् भने, त्यसले तँलाई आफ्नो नियन्त्रणमा राख्नेछ, र तैँले सधैँ आफ्नो हैसियत र मानिसहरूको मनमा रहेको आफ्नो छविको रक्षा गर्न चाहनेछस्। तँ खुलेर कुरा गर्न र आफूलाई उदाङ्गो पार्न, वा आत्म-ज्ञान प्राप्त गर्न इच्छुक हुनेछैनस्, र तँ आफ्ना कार्य, बोली, अरूसँगको अन्तरक्रिया, र आफ्नो कर्तव्य निर्वाहमा एक अगुवाको रूपमा आफ्नो पहिचान र हैसियतलाई पन्छाउन इच्छुक हुनेछैनस्। यो कस्तो प्रकारको समस्या हो? के यो हैसियतका बन्धनमा पर्ने कुरा होइन? तँ हैसियतको स्थानबाट बोल्ने र कार्य गर्ने अनि ठालु पल्टन छोड्न नसक्ने भएकाले यस्तो हुन्छ। के तँ यसो गरेर आफैलाई सास्ती दिइरहेको छैनस् र? यदि तँ साँच्चै सत्यता बुझ्छस्, र यदि तँ हैसियत भएर पनि हैसियत नभएको जस्तो व्यवहार गर्न सक्छस्, बरु आफूले निर्वाह गर्नुपर्ने सबै कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्न सक्छस्, र यदि तैँले आफूलाई एक साधारण दाजुभाइ वा दिदीबहिनीका रूपमा हेर्छस् भने, तँ हैसियतद्वारा बाँधिनेछैनस्, बाँधिनेछस् र? जब तँ हैसियतको बन्धनमा हुँदैनस् र तेरो सामान्य जीवन प्रवेश हुन्छ, तब के तैँले अझै पनि आफूलाई अरूसँग तुलना गर्नेछस्? अरूले उच्च हैसियत ओगट्दा तैँले कति असहज महसुस गर्नेथिस्? तैँले सत्यता खोज्नैपर्छ अनि हैसियतका बन्धनहरू र अन्य सबै मानिस, घटना र कामकुराको बन्धनबाट आफूलाई मुक्त पार्नैपर्छ। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुभन्दा महत्त्वपूर्ण कुरा केही छैन। त्यसपछि मात्र तँ सत्यता वास्तविकता भएको व्यक्ति हुनेछस्।

भ्रष्ट मानिसहरू सबैमा एउटा साझा कमजोरी हुन्छ: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले अरूसँग अन्तरक्रिया गर्दा वा बोल्दा स्वाङ पार्दैनन् वा कुनै निश्चित शैली अपनाउँदैनन्। तिनीहरूको बोलीमा कुनै बनावटी स्वर हुँदैन र त्यो साधारण र सामान्य हुन्छ। तिनीहरूको देखावटी रूप हुँदैन, वा तिनीहरू अरूले तिनीहरूका बारेमा के सोच्छन् भनी चिन्ता गर्दैनन्। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाब महसुस गर्दैनन्, र अरू मानिसहरूसँग खुलेर कुरा गर्न र सङ्गति र अन्तरङ्ग कुराकानीमा संलग्न हुन सक्षम हुन्छन्। अरूले तिनीहरू मित्रवत् र सजिलै नजिकिन सकिने स्वभावका भएको महसुस गर्छन्, र तिनीहरू निकै राम्रा छन् भनी सोच्छन्। तिनीहरूले हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू उच्‍च र शक्तिशाली बन्छन्, तिनीहरू साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि नजिक हुन सक्दैन; तिनीहरू आफू कुलीन भएको, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गका भएको ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरू अगुवाहरूको एउटा निश्‍चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा उच्‍च हुनुपर्छ, उनीहरूसँग अरूको भन्दा ठूलो कद र सहनशक्ति हुनुपर्छ भन्ने सोच्छन्; तिनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन थेग्न सक्‍नुपर्छ। तिनीहरूका आमाबुबा वा परिवारका अन्य सदस्यहरूको मृत्यु भए पनि, तिनीहरूलाई आफूसँग नरुनका लागि आत्म-नियन्त्रण हुनुपर्छ, वा तिनीहरूले अरूका अगाडि भन्दा पनि गोप्य रूपमा, नदेखिने गरी रुनुपर्छ भन्‍ने लाग्छ। तिनीहरूले कसैलाई पनि आफ्ना कमजोरी वा त्रुटि वा आफ्ना कुनै पनि दुर्बलताहरू देख्न दिनु हुँदैन, र तिनीहरूले आफू नकारात्मक भएको कुरा समेत कसैलाई थाहा दिनु हुँदैन; बरु, त्यस्ता सबै कुराहरू लुकाउनुपर्छ भन्ने सोच्छन्। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जब तिनीहरू आफूलाई यो हदसम्म दबाउँछन्, तब के हैसियत नै तिनीहरूको परमेश्‍वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्, जब तिनीहरूले आफूलाई सीमित दायरामा राख्छन्, र यस प्रकारको नाटक गर्छन्, तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र? जब अरू कोही तिनीहरूभन्दा बलियो र असल हुन्छ, तब यसले तिनीहरूको घातक कमजोरीलाई छुन्छ। के तिनीहरू देहलाई जित्‍न सक्छन्? के तिनीहरू अर्को व्यक्तिलाई उचित व्यवहार गर्न सक्छन्? पक्कै सक्दैनन्। तँमाथि हैसियतको जुन नियन्त्रण छ त्यसबाट आफूलाई मुक्त गर्न, तैँले सुरुमा के गर्नुपर्छ? तैँले सुरुमा तेरा अभिप्रायहरू अनि तेरा गलत विचार र दृष्टिकोणहरूलाई हृदयबाट निमिट्यान्न पार्नुपर्छ। यो कसरी हासिल गरिन्छ? पहिले, तँसँग हैसियत नहुँदा, तँ आफूलाई अप्रिय लागेका मानिसहरूलाई बेवास्ता गर्थिस्। अब तँसँग हैसियत भएकोले, यदि तैँले आफूलाई अप्रिय लाग्ने र समस्याहरू भएको कसैलाई देखिस् भने, तैँले उसलाई मद्दत गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र उसका वास्तविक समस्याहरू समाधान गर्न ऊसँग सत्यतामाथि अझ बढी सङ्गति गर्नुपर्छ। अनि तैँले यसरी अभ्यास गर्दा तेरो हृदयमा कस्तो अनुभूति हुन्छ? यो आनन्द र शान्तिको अनुभूति हो। त्यसैगरी, जब तँ आफूलाई कठिनाइमा पाउँछस् वा असफलता अनुभव गर्छस्, तब तैँले मानिसहरूसँग मनको कुरा खोल्नुपर्छ र तिनीहरूसामु अझ बढी खुल्नुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ, तेरा कठिनाइ र कमजोरीहरू के-के हुन्, तैँले कसरी परमेश्‍वरका विरुद्धमा विद्रोह गरिस्, र पछि यी स्थितिहरूबाट बाहिर निस्कन तैँले कसरी सत्यता खोजिस् र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सकिस् भन्‍नेबारे सङ्गति गर्नुपर्छ। अनि यसरी तिनीहरूसँग मनको कुरा खोल्नुको परिणाम के हुन्छ? यो पक्कै पनि निकै राम्रो हुन्छ। कसैले पनि तँलाई हेला गर्नेछैन—र तिनीहरूले यी अनुभवहरूबाट गुज्रने तेरो क्षमता देखेर डाहा गर्नेछन्। कतिपय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसँग हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ र बनावटी तरिकाले बोल्नुपर्छ ताकि तिनीहरूलाई गम्भीर रूपमा लिइयोस् र उच्च आदर गरियोस्। के यो सोच्ने तरिका सही हो? यदि तँ अब यो सोच्ने तरिका गलत भएको महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र देहको विरुद्धमा विद्रोह गर्नुपर्छ। स्वाङ नपार्, अनि पाखण्डी मार्गमा नहिँड्। तँमा यस्तो सोच आउनेबित्तिकै, तैँले सत्यता खोजेर यसलाई समाधान गरिहाल्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, जब यो विचार, यो दृष्टिकोणले तेरो हृदयमा आकार लिन्छ र जरा गाड्छ, तब यसले तँमाथि प्रभुत्व जमाउनेछ। तैँले आफ्नो भेष बदल्नेछस् र आफ्नो लागि एउटा छवि निर्माण गर्नेछस्, आफूलाई यति पूर्ण रूपमा सुरक्षित घेरामा राख्नेछस् कि कसैले पनि तँलाई छर्लङ्गै देख्‍न वा तेरा सोचहरू बुझ्न सक्नेछैन। तँ अरूसँग झूटो मुकुण्डो पछाडिबाट बोल्नेछस्, र तिनीहरूले तेरो हृदय देख्‍न सक्नेछैनन्। तैँले अरूलाई तेरो हृदय देखाउन सिक्नुपर्छ, साथै अरूसामु आफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नुपर्छ। तैँले तेरो देहका रुचिहरूका विरुद्धमा विद्रोह गर्नैपर्छ र परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्नुपर्छ। यसरी, तेरो हृदयले शान्ति महसुस गर्नेछ र आनन्द अनुभव गर्नेछ। तैँले जेसुकै सामना गरे पनि, सुरुमा तेरो मनमा के-कस्ता समस्याहरू छन् भनेर चिन्तन गर्। यदि तँ अझै पनि आफ्नो लागि एउटा छवि निर्माण गर्न र आफ्नो भेष बदल्न चाहन्छस् भने, तैँले तुरुन्तै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म फेरि छद्मभेष धारण गर्न चाहन्छु। म फेरि एकपटक छली रूपमा षड्यन्त्र रच्दै छु। म साँच्चै दियाबलस हुँ! म पक्कै पनि तपाईँको नजरमा घृणास्पद हुनुपर्छ! म अब आफैदेखि पूर्ण रूपमा वाक्क भएको छु। मलाई हप्काउन, ताडना दिन, र दण्ड दिन म तपाईँलाई बिन्ती गर्छु।” तैँले अनिवार्य रूपमा प्रार्थना गर्नुपर्छ, र देहको विरुद्धमा विद्रोह गर्ने सङ्कल्प गर्नुपर्छ, र परमेश्‍वरमाथि भर परेर तेरा भ्रष्ट स्वभावहरूलाई खुलासा र चिरफार गर्नुपर्छ, ताकि तिनलाई छर्लङ्गै देख्न र घृणा गर्न सकियोस्। यदि तैँले यसरी तेरा भ्रष्ट स्वभावहरूलाई चिरफार गरिस् र चिनिस् भने, तँ हैसियतको बन्धनलाई त्याग्‍न सक्षम हुनेछस्, र तैँले अरूसामु आफ्नो हृदय खोल्न सिक्नेछस्। यतिबेला, तँलाई भित्री रूपमा कस्तो अनुभूति हुनेछ? कम्तीमा पनि, तैँले केही छुटकारा महसुस गर्नेछस्। तेरो हृदय आनन्दित र शान्त हुनेछ। तेरो पीडा कम हुनेछ, र तैँले शोधनबाट दुःख पाउनेछैनस्। बढीमा, कहिलेकाहीँ तैँले क्षणभरका लागि केही गुमाएको महसुस गर्नेछस् र मनमनै सोच्नेछस्, “म अगुवा हुँ, हैसियत र प्रतिष्ठा भएको व्यक्ति हुँ, मैले कसरी सर्वसाधारण मानिसहरूसँग हृदयदेखि, शुद्ध, र खुला रूपमा कुराकानी गर्न मिल्छ र? यो त आफूलाई ज्यादै गिराउने कार्य हुनेछ!” तैँले देखेजस्तै, यो अलिकति समस्याजनक छ। मानिसको भ्रष्ट स्वभावलाई एकैपटक पूर्ण रूपमा फाल्न सकिँदैन, न त यसलाई छोटो समयमा पूर्ण रूपमा समाधान गर्न नै सकिन्छ। तँ तेरो भ्रष्ट स्वभावलाई समाधान गर्नु यति सरल हुनेछ, यो मानिसहरूले कल्पना गरेजस्तै हुनेछ—एकपटक तिनीहरूले सत्यतामाथि स्पष्ट रूपमा सङ्गति गर्नुका साथै आफ्नो भ्रष्ट स्वभावलाई चिनेपछि तिनीहरूले यसलाई तुरुन्तै फाल्न सक्षम हुनेछन् भन्ने सोच्थिस्। यो त्यति सरल कुरा होइन। मानिसले सत्यता अभ्यास गर्ने प्रक्रिया भनेको उसको भ्रष्ट स्वभावको विरुद्धमा लड्ने प्रक्रिया हो। मानिसका व्यक्तिगत इच्छा, कल्पना, र फजुल चाहनाहरू तिनका विरुद्धमा विद्रोह गरेर र तिनलाई जितेर एकै झट्कामा प्रार्थनामार्फत पूर्ण रूपमा समाधान हुँदैनन्। बरु, ती त बारम्बारको कैयौँ लडाइँपछि मात्र बल्ल त्याग्‍न सकिन्छ। व्यक्तिले सत्यता अभ्यास गर्न सकेपछि मात्र यो प्रक्रियाले साँच्चै प्रतिफल दिनेछ। विशेष गरी ठूला मामिलाहरूमा, तेरो हृदयको लडाइँ झन् तीव्र हुनेछ, लगातरको अनिदो रातहरू कहिलेकाहीँ एक-दुई महिना, कहिलेकाहीँ छ महिना वा एक वर्षसम्म निरन्तर लम्बिन सक्छन्। मान्छेको भ्रष्ट स्वभाव अलिक हठी हुन्छ। सत्यतामा एक-दुई पटक सङ्गति गरेर कुनै खालको पनि भ्रष्ट स्वभाव हटाउन सकिँदैन। त्यसले तँविरुद्ध बारम्बार लड्नेछ, र तैँले प्रस्टसित सत्यता नबुझिन्जेल, आफ्नो भ्रष्ट स्वभाव पूर्ण रूपले नचिनुन्जेल, अनि देह र शैतानलाई घृणा गर्न नथालिन्जेल निरन्तर सत्यता खोजी गर्नैपर्छ। त्यसपछि, सत्यता अभ्यास तेरा लागि सामान्य कुरा, स्वाभाविक र सहज कुरा बन्‍नेछ। देहलाई जित्नु र शैतानमाथि विजय प्राप्त गर्नु भनेको यही हो। लडाइँको क्रममा, मानिसहरूले सधैँ परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र परमेश्‍वरका वचन पढ्नमा अझ बढी समय खर्चनैपर्छ। तिनीहरू मार्ग पत्ता लगाउन कहिल्यै गैरविश्‍वासीहरू वा शैतान र दियाबलसहरूकहाँ जानै हुँदैन। तिनीहरूले परमेश्‍वरमा भर पर्नैपर्छ र उहाँलाई सम्मान गर्नैपर्छ। तिनीहरू सत्यता खोजेर परमेश्‍वरका वचनबमोजिम सत्यताका सङ्गतिमा संलग्‍न हुनैपर्छ। तिनीहरूले साँच्चै सत्यता बुझेमा मात्र देह र शैतानलाई जित्न सक्छन्। परमेश्‍वर यसलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वर तेरो हृदय हेर्नुहुन्छ। उहाँ तँ सत्यतालाई प्रेम गर्छस्, परमेश्‍वरको भय मान्छस्, र तँ अधर्मीपन त्याग्‍न र दुष्टताबाट अलग बस्न इच्छुक छस् भन् कुरा देख्नुहुन्छ। तेरो भ्रष्ट स्वभावले तँमा सोच, विचार, र अभिप्रायहरू सिर्जना गरेको भए पनि, यी सोच र अभिप्रायहरूले तेरो व्यवहारलाई नियन्त्रण गर्दैनन्, र तेरो सङ्कल्पलाई ढाल्नेछैनन् वा कुल्चनेछैनन्। अन्त्यमा, तँ ती कुरालाई परास्त गर्न सक्षम हुन्छस्, र परमेश्‍वरले तँलाई सम्झनुहुनेछ। यदि तैँले यो कुरालाई बारम्बार अभ्यास गरिस् भने, तेरो भित्री अवस्थामा सुधार हुनेछ। कुन अर्थमा तैँले आफ्नो भ्रष्ट स्वभावको यस पक्षलाई पूरै जितेको छस्, आफ्नो भ्रष्ट स्वभावको यो पक्षमा तँ परिवर्तन भएको छस् र सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भनेर भन्‍न सकिन्छ? मतलब, खराब सोच र विचार अझै पनि कहिलेकाहीँ तेरा दिमागमा प्रवेश गर्न सक्ला, र ती कुराले केही अभिप्राय र चाहना सिर्जना गर्लान्, तैपनि तिनले अबउसो तेरो हृदयलाई प्रभाव पार्दैन। तँलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्‍ने पहिल्यै महसुस् हुन्छ, र तँ ती उत्पन्‍न हुनेबित्तिकै चिन्‍न सक्छस्। तैँले ती कुरालाई बनावटी रूपमा रोक्न र तीविरुद्ध जान पर्दैन, र तैँले जानीजानी परमेश्‍वरलाई जाँचिमाग्‍नु, अनुशासनमा राखिम्ग्नु, र दण्ड मग्‍नु पर्दैन। त्यस्ता विधि तँलाई आवश्यक छैन। तैँले त्यसलाई सजिलै जित्न र त्याग्‍न सक्छस्। तेरो हृदय बेचैन हुँदैन र तँलाई क्षति भएको महसुस हुँदैन। यो राम्रो हो। अब तँसँग कद र परिवर्तित स्वभाव छ। के अब तिमीहरूले केही हदसम्म प्रवेश प्राप्त गरेका छौ? के तिमीहरू केही परिवर्तन भएका छौ? (अहँ।) त्यसोभए तेरो कद साँच्चै अति सानो छ, र तैँले सत्यता पछ्याउन अनि परमेश्‍वरका वचन खान र पिउन अझै कडा परिश्रम गर्नुपर्छ। त्यसपछि, तँलाई फेरि यी कुरा आइपर्दा, तैँले अभ्यास गर्ने र सिद्धान्तअनुसार कार्य गर्ने तरिका जान्‍नेछस्। तँलाई आफूले आफ्नो गवाहीमा दृढ रहन के गर्नैपर्छ भनेर थाहा हुनेछ। त्यसपछि, तँमा साँच्चै कद हुनेछ। सत्यता अभ्यास गर्न र आफ्नो साक्षीमा अडिग रहन सक्नेहरू मात्र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। तिमीहरू अहिले त्यसको योग्य भएका छैनौ। तिमीहरू अझै छामछुम गर्ने चरणमै छौ। यी वास्तविक अवस्थाहरूबारे भन्‍नुपर्दा, तिमीहरूलाई आफूसँग यी सबै समस्या छन् भन्‍ने लाग्छ, तर पनि तिमीहरू ती समाधान गर्न कहिल्यै सत्यता खोजेका छैनौ। के यसको अर्थ तेरो कद अत्यन्तै सानो छ भन्‍ने हो? यदि तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस् भने, के तँसित जीवन हुन सक्छ? तैँले अझै सत्यता प्राप्त गरेको छैनस् र अझै पनि तँसँग जीवन छैन। यदि तँ दैहिकताको जीवन मात्र जिउँछस् र आफ्नो शैतानी स्वभावअनुसार मात्र जिउँछस् भने, तँ शैतानको प्रभुत्वमा जिउने व्यक्ति होस्। तैँले अझै परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस्। मुक्ति मानिसहरूले कल्पना गरेजस्तो सरल हुँदैन, तिनीहरू यदि वचन र धर्मसिद्धान्तहरू फलाक्न र केही नियमहरू पालना गर्न सकियो भने मुक्ति प्राप्त हुन्छ भन्ठान्छन्। तैँले आफूलाई साँच्चै चिन्‍नैपर्छ, तँ केही भ्रष्ट स्वभावहरूबाट मुक्त हुन, यश र हैसियतको सारलाई बुझ्न, हैसियत त्याग्‍न, र परमेश्‍वरप्रति साँचो अर्थमा समर्पित हुन सक्षम हुनैपर्छ। यस तरिकाले मात्र मुक्ति प्राप्त हुन्छ।

खासमा, हैसियतसम्बन्धी समस्याको समाधान अन्य समस्याको समाधान जस्तै हो। यी सबै समस्याहरू भ्रष्ट स्वभावका प्रकटीकरण र खुलासाहरू हुन्। यी सबै मानव रुचि र पछ्याइ हुन्। यसमा मैले भन्‍न खोजेको कुरा के हो? यदि तँ आफ्नो भ्रष्ट स्वभावबाट मुक्त भइस् भने, हैसियत तेरा लागि समस्या हुनेछैन। मानिसहरू हैसियतका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्छन्, र यसो भन्छन्, “आज तिमी मभन्दा माथि हौला, तर भोलि म तिमीभन्दा माथि हुनेछु।” यसमा के समस्या छ? के यो हैसियतकै कारण मात्र उत्पन्‍न हुन्छ? (होइन।) यो केले उत्पन्‍न गरायो? (मान्छेको भ्रष्ट स्वभावले।) सही भनिस्। यो समस्या मान्छेको भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छ। यो भ्रष्ट स्वभाव हटाइएपछि, यी सबै समस्या सुल्झिनेछन्। अन्त्यमा, सत्यता पछ्याइको मार्ग रोज्न चाहनेहरूले आत्मचिन्तनमा र सबै कुरामा आफूलाई चिन्‍नमा ध्यान केन्द्रित गर्नैपर्छ। तिनीहरूले सत्यता पछ्याइको मार्गमा हिँड्न सक्नअघि आफ्ना भ्रष्ट स्वभावहरू हटाउनैपर्छ। यदि तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव हटाउन सकेनन् भने, धेरै कठिनाइ र अवरोध खडा हुनेछन्। तिनीहरूले आफ्ना कर्तव्यहरू निभाए पनि, झारा मात्र टार्नेछन् तर नतिजा हासिल गर्नेछैनन्। तैँले यी समस्याहरू समाधान गर्नका लागि सत्यता पछ्यान, आफ्नो भ्रष्ट स्वभाव चिन्‍न, र समस्याहरू सुल्झाउन हर प्रयास लगाउनैपर्छ। “सत्यता पछ्याउ अझ बढी प्रार्थना गर्नु, र परमेश्‍वरको वचन अझ बढी पढ्नु पर्याप्त हुन्छ” मात्र नभन्। यो अत्यन्तै अस्पष्ट छ। अभ्यासको मार्गविना, यसले काम गर्दैन। निर्दिष्ट समस्याहरूलाई निर्द्धिष्ट तरिकाले नै सुल्झाउनुपर्छ। रटेर मात्र नियमहरू लागू नगर्। सत्यता जीवित र व्यावहारिक हुन्छ, र नियमहरू जथाभावी लागू गर्नु कुनै तरिका होइन। तैँले व्यावहारिक समस्याहरू सत्यता सिद्धान्तअनुसार समाधान गर्नुपर्छ। यदि कुनै व्यक्तिले सत्यता प्रयोग गरेर व्यावहारिक समस्याहरू समाधान गर्न सक्दैन भने, त्यस्तो व्यक्ति अगुवा वा कामदारका रूपमा मानकअनुरूपको हुँदैन। सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न नसक्ने जोकोही पनि सत्यता बुझ्ने व्यक्ति होइन। ऊ अगुवा र सेवक बन्‍न सक्ला, तैपनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्दैन, उसमा सत्यता हुनेछैन, र उसलाई सिद्धान्तअनुसार कार्य गर्न असम्भव हुनेछ। त्यस्तो अगुवा र सेवकमा सत्यता वास्तविकता बिलकुलै हुँदैन।

फेब्रुअरी १६, २०१७

अघिल्लो:  परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ

अर्को:  सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger