१४९  म परमेश्‍वरको वचनछेउ शान्त भई बस्छु

म परमेश्‍वरको वचनछेउ शान्त भई बस्छु।

उहाँको वचन प्रार्थनार्थ पढ्छु, आत्मचिन्तन गर्छु।

सत्यताको बुझाइमार्फत, म आफू दरिद्र र दयनीय छु भन्ने देख्छु।

उहाँले मलाई पखाल्न, मुक्ति दिन आफ्नो रगत-पसिना समर्पित गर्नुभएको छ;

मैले आफ्नो कर्तव्य पूरा गरिनँ भने, म उहाँलाई मुख देखाउन सक्दिनँ।

आह … मैले परमेश्‍वरको वचन पढेको छु र सत्यता बुझेको छु,

त्यसोभए म किन त्यो अभ्यास गर्न सक्दिनँ?

मलाई पछुतो महसुस हुन्छ, आफैलाई दोष दिन्छु र रुन्छु।


म परमेश्‍वरको वचनछेउ शान्त भई बस्छु।

तिनमा रहेका सत्यता ध्यानपूर्वक मनन गर्छु।

न्याय र खुलासा भोगेर, म आफू अत्यन्तै भ्रष्ट छु भन्ने देख्छु।

परमेश्‍वरको पवित्रता र धार्मिकताले मेरो प्रशंसा जगाउँछन्।

म व्यग्र महसुस गर्छु—म कहिले बदलिन सक्नेछु?

मैले परमेश्‍वरसित कसरी सहकार्य गर्नुपर्छ, र मैले के मूल्य तिर्नैपर्छ?

म सत्यता बुझ्छु तर त्यो जिउन सक्दिनँ;

म कसरी परमेश्‍वरसामु जिउन लायक छु?


म परमेश्‍वरको वचनछेउ शान्त भई बस्छु।

उहाँको कामबारे र उहाँको सजाय र शोधनमा

कति प्रेम छ भनी सोचेर उहाँसामु शान्त हुन्छु।

परमेश्‍वर मलाई उहाँको मुक्ति प्रस्ताव गर्नुहुन्छ, तर म अत्यन्तै विद्रोही छु।

उहाँलाई गलत बुझ्छु र गुनासो गर्छु, जसले उहाँको कष्ट बढाउँछ।

मैले परमेश्‍वरको अनुग्रह तिर्न सकिनँ, बरु मैले उहाँको हृदयलाई चोट पुर्‍याएको छु।

विवेक नभएपछि, म कसरी मानव कहलिन योग्य हुन्छु?

मलाई ग्लानि हुन्छ, र म यसबारे जति सोच्छु, त्यति नै पीडा हुन्छ।


म परमेश्‍वरको वचनछेउ शान्त भई बस्छु।

उहाँको वचनमा, म आफूलाई चिन्न पुग्छु।

म सत्यता अभ्यास गर्दिनँ, र म अझै शैतानकै रूपमा जिउँछु।

परमेश्‍वरले वर्षौँदेखि गम्भीरतापूर्वक र धैर्यका साथ

मलाई खुवाउनुभएको र मलजल गर्नुभएको छ;

उहाँ म बदलिएको हेर्न, आतुर भई व्यग्रताले जल्नुहुन्छ।

अब मैले परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, म कसरी उहाँलाई निराश पार्न सक्छु?

म सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु

अनि परमेश्‍वरको हृदयलाई सान्त्वना दिन मानव रूपमा जिउन चाहन्छु।

अघिल्लो:  १४८  राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ

अर्को:  १५५  परमेश्‍वरलाई प्रेम गर्ने गीत

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger