३९. मूल्य चुकाउनुपछाडिको लेनदेन
सन् २०१९ को अन्त्यतिर एक दिन, मेरी नातिनीले अचानक खुट्टा दुख्यो भनिन्। मैले एक्स-रे गराउन उनलाई अस्पताल लगेँ, तर केही नदेखिएकाले त्यसलाई गम्भीर ठानिनँ। भोलिपल्ट पनि उनले खुट्टा अझै दुखिरहेको छ भनिन्। उनी पीडाले रोइरहेको देखेर मलाई पनि रुन आयो। रातिसम्म पनि उनको खुट्टा बारम्बार दुखिरहेको थियो र उनी निदाउनै सकिनन्। मैले उनको खुट्टा मालिस गर्दै परमेश्वरलाई प्रार्थना गरिरहेँ, र उनको बिमारी उहाँलाई सुम्पेँ। तेस्रो दिन बिहान, छोरा र बुहारीले नातिनीलाई जिल्ला अस्पताल लगे।
अस्पताल भर्ना भएपछि उनलाई उच्च ज्वरो आइरह्यो। ज्वरो १०४ डिग्री थियो, घट्दै घटेन। शल्य चिकित्सा विभाग र आन्तरिक चिकित्सा विभागमा उनको जाँच गरियो, तर केही पत्ता लागेन, र डाक्टरसँग त्यसको कुनै उपचार थिएन। असहाय भएर मेरो छोराले उनलाई प्रान्तीय अस्पताल लगे। विशेषज्ञहरूसँग परामर्श गर्दा पहिले लुपस र त्यसपछि फेरि सेप्सिस पनि भएको निदान भयो। मेरी बुहारीका आमाबुबाले अस्पतालबाट फर्केर मलाई नातिनीको अवस्थाबारे बताउँदा, म एकदमै चिन्तित भएँ। लुपस र सेप्सिस दुवै घातक रोग थिए। निदानलाई छोडेर हेर्दा पनि, नातिनीलाई अझै १०४ ज्वरो थियो, जुन निकै लामो समयसम्म आइरह्यो भने उनका स्वास्थ्यमा ठुलो क्षति पुग्न सक्थ्यो। उनको अवस्था राम्रो देखिइरहेको थिएन। यसबारे जति सोच्थेँ, त्यति नै निराश हुन्थेँ। नातिनीलाई मैले नै हुर्काएकी थिएँ, र उनलाई केही भएको म हेर्न सक्दिनथेँ। मैले यस्तो सोच्दै बारम्बार आफूलाई सान्त्वना दिने प्रयास गरेँ: “उनी ठिक हुनेछिन्। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ। उहाँले मेरी नातिनीको रक्षा गर्नुहुनेछ।” उहाँले उनलाई मर्न दिनुहुनेछैन। नातिनीको बिमारीबारे सम्झँदा म सधैँ पीडाले रुन्थेँ। सानै उमेरमा उनले यस्तो पीडा भोग्नुपऱ्यो। मैले मलाई नै यो बिमारी लागोस्, ताकि उनको साटो म नै पीडा भोग्न सकूँ भन्ने कामना गरेँ। मलाई “म परमेश्वरमा विश्वास गर्छु, तर मेरै परिवारलाई यस्तो किन भइरहेको छ?” भन्ने सोचाइ पनि आयो। तर त्यसपछि फेरि सोचेँ, “वास्तवमा यो अवस्था परमेश्वरकै अनुमतिले आएको हुनुपर्छ। सायद परमेश्वरले मेरो आस्थाको परीक्षा लिँदै हुनुहुन्छ। मैले परमेश्वरलाई दोष दिन मिल्दैन। मैसे आफ्नो कर्तव्य निर्वाह गरिरहेँ भने, मेरी नातिनीको बिमारी निको हुनेछ।” त्यसपछि, मैले सदाझैँ परमेश्वरका वचन खाएँ-पिएँ, र आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको अतिथि सत्कार गर्दा, आफूले गर्न सक्ने सबै गरेँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई मद्दत गर्न चाहन्थे, तर मैले मानिनँ। सोचेँ, यदि मैले सक्दो कर्तव्य निर्वाह गरेँ भने, परमेश्वरले मप्रति अनुग्रह देखाउनुहुनेछ, र मेरी नातिनी निको हुँदै जानेछिन्।
करिब छ महिनापछि, छोराले मलाई फोन गरेर नातिनीलाई सेप्सिस नै भएको, उच्च ज्वरो आउने-जाने भइरहेको, मुटुवरिपरिका झिल्लीमा ट्युमर पलाएको, जुन घातक हुन सक्ने बताए। यो खबर सुनेपछि मेरो मुटुको धड्कन रोकिएझैँ लाग्यो। मैले यो कुरा स्विकार्नै सकिनँ, त्यसैले परमेश्वरसँग माग गरेँ, “मेरी नातिनी बिमार छिन्, तर म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु, त्यसैले उनी निको हुनुपर्ने हो! तर अहिले, उनका रोगमा सुधार नआएको मात्र होइन, झनै खराब भएको छ। के साँच्चै उनको रोग निको पार्न असम्भव छ?” एक दिन, मेरो श्रीमान् रुँदै मनेर आएर भन्नुभो, “हाम्री नातिनी बाँच्दैनन् होला। अस्पताल उनलाई घातक रोग लागेको छ भन्छ, र डाक्टरहरू पनि केही गर्न सक्दैनौँ, उनलाई घर लैजानु भन्छन्।” मेरो श्रीमानका कुरा अप्रत्याशित झट्काजस्तै थिए। मैले त्यो पत्याउनै सकिनँ; मैले त्यो स्विकार्नै सकिनँ। मेरो दिमाग नातिनीसँगको मेरा जीवन चित्रहरूले भरिए। उनीो कति प्यारी छिन् भनेर सम्झँदा आँसु नै थाम्न सकिनँ। बारम्बार, मैले रुँदै मेरो हृदयको रक्षा गर्न र मलाई समर्पित हुन अगुवाइ गर्नुहोस् भनी परमेश्वरलाई पुकारेँ। मेरा फोनमा उनको फोटो हेर्दा पूरै अनुहार सुनिएको थियो, र मैले अघि बढ्ने सारा इच्छा गुमाएँ। मलाई परमेश्वरको वचन पढ्न मन लागेन र कर्तव्य निर्वाह गर्ने कुनै उत्प्रेरणा आएन। मलाई केवल नातिनीको बिमारीको मात्र वास्ता भयो। पछि, मेरो ज्वाइँले नातिनीको रिपोर्ट सङ्घाईको ठुलो अस्पतालमा देखाउन लग्नुभयो, तर त्यहाँका विशेषज्ञहरूले पनि केही गर्न नसकिने भन्दै आशा मारेको कुरामा पैसा खर्च नगर्न सुझाए। यसले मलाई अत्यन्तै दुःखी बनायो, “मैले यतिका वर्षदेखि परमेश्वरमा विश्वास गरेकी छु, कर्तव्य निर्वाह गर्न कहिल्यै छोडिनँ, र मण्डलीले दिएको कुनै पनि काम गर्न सधैँ सक्दो प्रयास गरेँ। नातिनी बिरामी हुँदासमेत, कर्तव्य निभाउन छोडिनँ। ब्रदर-सिस्टरहरूको अतिथि सत्कार गरिरहेँ। यत्रो मूल्य चुकाउँदा पनि, मेरी नातिनीलाई यो भयानक रोग किन लाग्यो?” यसबारे जति सोचेँ, त्यति दुःखी भएँ। म नरोई बस्नै सकिनँ। पीडामा मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मेरी नातिनी मर्दै छिन्। म दुःखी र कमजोर छु। के गर्ने भनेर मलाई थाहा छैन, र अझै पनि तपाईँसँग मेरो गुनासो छ। बिन्ती, तपाईँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।”
पीडामा, मैले परमेश्वरको वचन सम्झेँ:
४. तैँले मेरो लागि खर्च गरेपछि यदि मैले तेरा एक-दुईवटा माग पूरा गरिनँ भने, के तँ मसँग निरुत्साहित र निराश हुनेछस् वा अझ क्रोधित भएर गाली गर्नेछस्?
५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ निष्ठावान् रहिआएको छस्, तथापि तैँले बिरामी, आर्थिक दबाब र तेरा मित्र तथा आफन्तहरूबाट त्यागिएको पीडाको कष्ट भोग्छस् वा तैँले जीवनमा अन्य दुर्गतिहरू सहिस् भने, के मप्रतिको तेरो निष्ठा र प्रेम अझ पनि निरन्तर रहनेछ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
परमेश्वरका यी प्रश्नहरूले म साह्रै लज्जित भएँ। मेरी नातिनीको बिमारी मेरा लागि म परमेश्वरप्रति निष्ठावान् र समर्पित छु कि छैनँ भनी हेर्ने वास्तविक परीक्षा थियो। विगतमा, म सधैँ सोच्थेँ, म परमेश्वरका लागि प्रयास र कर्तव्य निर्वाह गरिरहेकी छु, र यो म परमेश्वरप्रति बफादार रहनु हो। तर, जब मेरी नातिनीलाई सेप्सिस भयो, उनको अवस्था बिग्रँदै गयो, म नकारात्मक भएँ र गुनासो गरेँ। तब म नकारात्मक भएँ र गुनासो गरेँ। मलाई परमेश्वरको वचन पढ्ने इच्छा हुन छोड्यो र कर्तव्यमा उत्प्रेरणा भएन। मैले आफूलाई परमेश्वरप्रति वास्तवमा समर्पित वा बफादार नरहेको पाएँ। मेरी नातिनीको बिमारीको मामिलाबाट पाठ सिक्न र साँचो रूपमा समर्पित हुन मार्गदर्शन मागेँ। मैले परमेश्वरको वचन सम्झेँ: “तैँले खोजी गर्ने कुरा भनेको परमेश्वरमा विश्वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्वरको अङ्गालोमा बस्न पाइयोस्, आरामदायी निवासमा बस्न पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्? … तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्वरको सामना गर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो आफ्नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरको वचनले मेरो स्थितिलाई देखायो। परमेश्वरमा विश्वास थालेदेखि नै, म सोच्थेँ, परमेश्वरका लागि प्रयास र आफ्नो कर्तव्य निर्वाह गरेँ भने, उहाँले मेरो परिवारलाई शान्ति र समृद्धिको आशिष् दिनुहुनेछ, सबै जना रोग र विपत्तिबाट मुक्त रहनेछन्। त्यसैले, परमेश्वरमा विश्वास गर्न थालेदेखि नै, म सधैँ कर्तव्य निर्वाहमा उत्साहित रहन्थेँ। परमेश्वर मप्रति एकदमै अनुग्रही हुनुहुन्थ्यो। थाहै नपाई मेरा कतिपय रोग निको भए र मेरो पछ्याइ झन् मजबुत भयो। कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरे पनि, छुटेपछि मैले कर्तव्य निर्वाहलाई जारी राखेँ। तर जब मेरी नातिनीलाई यो भयानक रोग लाग्यो, तब मैले मनमनै परमेश्वरले उनलाई रक्षा नगर्नुभएको गुनासो गरेँ। मैले कर्तव्य निर्वाह जारी राखेकी भए पनि, परमेश्वरले मेरी नातिनीको बिमार निको पारेर उनको रक्षा गर्नुभएको मात्र चाहेँ। मैले आफ्नो बाहिरी प्रयास र बलिदानलाई परमेश्वरको आशिषसँग साट्न चाहेँ। जब मेरी नातिनीका बिमारीमा सुधार आएन, उनको जीवन खतरामा पर्यो, र अस्पतालले उपचार गर्न छाड्यो, तब म पूर्ण रूपमा टुटेँ। मैले परमेश्वरलाई गलत बुझेँ, उहाँसँग गुनासो गरेँ, परमेश्वर अधर्मी हुनुहुन्छ भन्ने सोचेँ, र उहाँप्रति नकारात्मक र प्रतिरोधी बनेँ। मैले अनुग्रह र आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गरेकी रहेछु, मैले सत्यताको साटो जीवनमा सहजता, र शारीरिक सुरक्षालाई पछ्याएकी रहेछु, र मेरा त्याग र प्रयास परमेश्वरप्रति साँचो समर्पण होइन रहेछ, बरु अत्य़धिक चाहना र परमेश्वरसँगको मागले भरिएका रहेछन् भन्ने देखेँ। यो त परमेश्वरलाई धोका दिनु र उहाँसँग लेनदेन गर्ने प्रयास गर्नु थियो। पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “परमेश्वरले आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्वरको नजरमा भ्रष्ट र परमेश्वरको विरोध गर्न सक्ने व्यक्ति बेकम्मा हो; परमेश्वरले तिनीहरूलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्ने आँट गर्दैनौ, होइन त? परमेश्वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंको बुद्धि र कार्यहरूका लागि म तपाईंको प्रशंसा नगरी बस्न कसरी सक्छु र?’ … परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले परमेश्वरको धार्मिकता बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तिनीहरूलाई उहाँ धर्मी हुनुहुन्न भन्ने बनाउँछ भने, तिनीहरू सबैभन्दा अविवेकी भइरहेका हुन्छन्। तैँले देख्छस् कि पत्रुसले बुझ्न नसकिने केही कुरा भेट्टाए, तर तिनमा परमेश्वरको बुद्धि उपस्थित छ र ती कुरामा उहाँको असल इच्छा छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्न नसक्ने कुरा धेरै छन्। यसैले, परमेश्वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचन मनन गरेपछि, मैले बुझेँ, परमेश्वरको धार्मिकता मैले कल्पना गरेजस्तो होइन रहेछ। मैले यो त निश्चित मात्रामा काम गर्नु र त्यस बराबरको मूल्य पाउनु, वा प्रयास गर्नु र बदलामा इनाम पाउनु हो भनेर कल्पना गरेकी थिएँ। यो मेरा आफ्नै धारणा र कल्पना थियो। परमेश्वर सत्यता हुनुहुन्छ र उहाँको सार धर्मी छ। परमेश्वरले जे गर्नुभए पनि, त्यो मानव धारणाअनुरूप भए पनि नभए पनि, परमेश्वरले गर्ने कार्य धर्मी हुन्छ। मैले लेनदेन वा सौदा गर्ने दृष्टिकोणबाट परमेश्वरको धार्मिकतालाई मूल्याङ्कन गरेँ। म ठान्थेँ, मैले प्रयास र धेरै त्याग गरेँ भने परमेश्वरको आशिष् पाउनेछु। म सोच्थेँ, यदि मैले कर्तव्य निर्वाह गर्न मेहनत गरेँ भने परमेश्वरले मेरो परिवारको रक्षा गर्नुपर्छ, अनि मेरी नातिनीलाई बिमारी र विपत्तिबाट बचाउनुपर्छ। त्यसैले, उनी सिकिस्त बिमार हुँदा, मैले परमेश्वरसँग तर्क गरेँ, उहाँसँग गुनासो गरेँ, र परमेश्वर अधर्मी हुनुहुन्छ भन्ने ठानेँ। मेरो विचार हास्यास्पद थियो। म अन्धो थिएँ, मैले परमेश्वरलाई बिलकुलै चिनिनँ। म सृजित प्राणी हुँ, त्यसैले कर्तव्य निर्वाह गर्नु र परमेश्वरको प्रेमको मूल्य चुकाउनु स्वाभाविक र सही हो, यो मेरो कर्तव्य र जिम्मेवारी हो। मैले परमेश्वरसँग सौदाबाजी गर्ने कोसिस गर्नु हुँदैनथ्यो। जसरी छोराछोरीले आमाबुबाप्रतिको धर्म निभाउनुपर्छ, त्यसरी नै म पनि नि:शर्त उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ, चाहे उहाँले मलाई अनुग्रह र आशिष् दिनुहोओस् वा विपत्ति भोग्न लगाउनुहोओस्, किनभने परमेश्वर धर्मी हुनुहुन्छ। अन्यथा, म मानव कहलाउन योग्य हुने छैन। परमेश्वरमा विश्वास नगर्ने मानिसहरूले जन्म, बुढ्यौली, बिमारी, मृत्यु, विपत्ति, आशिष् र दुर्भाग्य भोग्छन्, र परमेश्वरमा विश्वास गर्नेहरूले पनि यसबाट छुट पाउँदैनन्। विश्वासीहरू सधैँ सुरक्षित रहन्छन् भनेर परमेश्वरले कहिल्यै दाबी भन्नुभएन। बरु, हामीमाथि जे परिस्थिति आए पनि, परमेश्वर हामीले साँचो आस्था राखेको र समर्पण गरेको, अनि सृजित प्राणीको कर्तव्य पूरा गरेको माग गर्नुहुन्छ। तर मैले आशिष् माग्न मात्र परमेश्वरमा विश्वास गरेँ। मैले परमेश्वरसँग मेरो परिवारलाई सुरक्षित, अनि बिमारी र विपत्तिबाट मुक्त राख्न माग गरेँ, तर सत्यता खोजिनँ, उहाँप्रति समर्पित भइनँ। मेरो केवल धार्मिक विश्वास थियो, जसलाई म पेट भर्न मात्र खोजी गर्थेँ। परमेश्वरे यस्तो विश्वासलाई मान्यता दिनुहुन्न। यी तथ्यहरूको प्रकटीकरणविना, मैले आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्ने आफ्नो गलत विचारलाई कहिल्यै चिन्ने थिइनँ। त्यसरी मैले कहिल्यै साँचो विश्वास प्राप्त गर्ने थिइनँ, बरु परमेश्वरबाट हटाइने मात्र थिएँ। परमेश्वरले उहाँप्रतिको विश्वासमा आशिष् पाउने मेरो चाहनालाई शुद्ध पार्न, मेरो दूषितपन र भ्रष्टता धुन, अनि मलाई बदल्न र मुक्ति दिन परमेश्वरले ममाथि मेरा धारणाअनुरूप नभएको परिस्थिति आउन दिनुभयो। यो परमेश्वरको प्रेम थियो! यो सोचेपछि मलाई अलि राहत भयो।
त्यसपछि, मैले कुन प्रकृतिले निर्देशित भएर लेनदेन गर्न परमेश्वरमा विश्वास गरेँ भनेर चिन्तन गरिरहेँ। मैले परमेश्वरको वचन पढेँ: “सबै भ्रष्ट मानव आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरूले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्न कुराहरू त्याग्छन् र आफैलाई परमेश्वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो अझै पनि इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्वरको घरमा तिनीहरू आशिष्हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्न र धेरै कठिनाइ सहन सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्वर मानिसहरूले उहाँलाई परमेश्वरको रूपमा व्यवहार गरून् भन्ने माग गर्नुहुन्छ, किनभने मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएका छन् र मानिसहरू उहाँलाई परमेश्वरको रूपमा नभई व्यक्तिको रूपमा व्यवहार गर्छन्। मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र सबै कुरा आफ्नै देहको रक्षा गर्न र आफ्नै सम्भावनाको खातिर योजना बुन्ने गर्छन्। तिनीहरू सबै परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका हुन्—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, ‘यो मानव प्रकृति हो,’ जुन सही कुरा हो! यसबाहेक, मानिसहरूले परमेश्वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। मैले परमेश्वरको वचन मनन गरेर, के बुझेँ भने, “अरूको होइन आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनु” भन्ने जस्ता सैतानी विषहरूले म नियन्त्रित भएकाले आशिष् र लाभ खोज्न परमेश्वरमा विश्वास गरेकी रहेछु। यी सैतानी विषअनुसार जिउँदा म विशेष गरी स्वार्थी र छली बनेँ। मैले केवल लाभ खोजेँ, कर्तव्य निर्वाहमा परमेश्वरसँग लेनदेन गर्ने कोसिस गरेँ। परमेश्वरप्रति यति वर्षका विश्वासमा मैले धेरै प्रयास गरेकी र मूल्य चुकाएकी भए पनि, यो सब आशिष् र लाभ पाउन गरेकी थिएँ। मैले परमेश्वरका महान् आशिषसँग आफूले चुकाएको सानो मूल्य साट्न चाहेँ। म परमेश्वरप्रति समर्पित र बफादार भइरहेकी थिइनँ। परिणामस्वरूप, जब मेरी नातिनी सिकिस्त बिमार भइन् र आशिष् पाउने मेरो महत्त्वाकाङ्क्षा चकनाचूर भयो, तब म दुःखी भएँ र परमेश्वरविरुद्ध गुनासो गरेँ, र कर्तव्य निर्वाह गर्न उत्प्रेरणा जागेन। मैले आफूले गरेको सानो प्रयास र चुकाएको मूल्यलाई परमेश्वरसँग तर्क गर्न र उहाँको विरोध गर्न पुँजीका रूपमा प्रयोग गरेँ। मैले देखेँ, कर्तव्य निर्वाहमा मैले परमेश्वरलाई धोका दिइरहेकी थिएँ, उहाँसँग माग गरिरहेकी र उहाँसँग सौदा गर्ने प्रयास गरिरहेकी थिएँ। म सैतानद्वारा अति गहन रूपमा भ्रष्ट पारिएकी थिएँ, अनि म एकदमै स्वार्थी र छली थिएँ। मैले पावललाई सम्झेँ, जसले प्रचार, काम, त्याग र प्रयास गरे, धेरै कष्ट भोगे, यहाँसम्म कि सहिद भए। तर, उनले सत्यता पछ्याएनन् वा प्रभु येशूका वचन अभ्यास गरेनन्। उनले सारा त्याग र प्रयास इनाम र मुकुट पाउन गरेका थिए। उनी आफूले लडाइँ लडेको छु र आफ्नो मार्ग पूरा गरेको छु, र आफ्ना लागि मुकुट राखिएको छ भन्थे। उनको भनाइको अर्थ परमेश्वरले उनलाई इनाम र मुकुट दिएमा मात्र उहाँ धर्मी हुनुहुन्छ, र इनाम वा मुकुट दिनुभएन भने धर्मी हुनुहुन्न भन्ने थियो। यसबाट हामी के देख्न सक्छौँ भने, पावलले परमेश्वरमाथिको विश्वासमा भोगका कष्ट र गरेका प्रयास सबै उहाँसँग लेनदेनका लागि थिए। अन्त्यमा, उनले परमेश्वरको स्वभावलाई चिढ्याए र उहाँद्वारा दण्डित भए। म पनि त्यस्तै थिएँ। मैले अनुग्रह र आशिष् पाउन मात्र परमेश्वरमा विश्वास गरेँ, अनि आफ्नो त्याग र प्रयासलाई आशिष् पाउने विधि र पुँजी ठानेँ। यदि मैले पछ्याइको आफ्नो गलत दृष्टिकोण नबदलेकी भए, जति प्रयास गरेकी भए पनि, परमेश्वरको अनुमोदन कहिल्यै पाउने थिइनँ। म पावलजस्तै परमेश्वरबाट खुलासा भएर हटाइने थिएँ। त्यसपछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ: “सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्वरको वचन पढेपछि आफू सृजित प्राणी हुँ, परमेश्वरले दिएको खानेकुरा, पानी र प्रचुर जीवनको आनन्द उठाउँछु भनेर बुझेँ। मैले सत्यता पछ्याउनुपर्छ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ अनि परमेश्वरप्रति समर्पण र प्रेम पछ्याउनुपर्छ। यो नै सृजित प्राणीमा हुनुपर्ने विवेक र समझ हो। मैले कसरी परमेश्वरले मानवजातिलाई मुक्ति दिन दुईपटक देहधारण गर्नुभयो, कसरी संसारको उपहास, निन्दा र इन्कार, साथै कम्युनिस्ट पार्टी र धार्मिक जगतको सतावट र निन्दा भोग्नुभयो भनेर सम्झेँ। यस्तो हुँदा पनि, उहाँले हामीलाई मलजल र भरणपोषण गर्न चुपचाप सत्यता व्यक्त गर्नुभयो। उहाँले हाम्रो भ्रष्टता प्रकट गर्न, हामीलाई शुद्ध पार्न र बदल्न विभिन्न परिस्थिति पनि मिलाउनुभयो। ममा अझै पनि निकै विद्रोहीपन र भ्रष्टता भए पनि, आफूले भनजस्तो नहुँदा मैले परमेश्वरलाई गलत बुझ्न र उहाँविरुद्ध गुनासो गर्न सक्ने भए पनि, परमेश्वरले मलाई मुक्ति दिन कहिल्यै छोड्नुभएन। उहाँले मलाई न्याय र खुलासा गर्न, सम्झाउन, अर्ती, सान्त्वना र प्रोत्साहन दिन आफ्ना वचन प्रयोग गर्नुभयो, त्यससँगसँगै मैले आफ्नो बाटो सुधार्छु भनेर पर्खनुभयो। परमेश्वरको प्रेम असाध्यै निस्वार्थ छ, उहाँ असाध्यै प्रेमिलो हुनुहुन्छ! तर, मैले आशिष् र लाभ पाउन मात्रै परमेश्वरमा विश्वास गरेकी थिएँ। मैले परमेश्वरप्रतिको प्रेम र समर्पणलाई पछ्याइनँ। मसँग वास्तवमै विवेक वा समझ थिएन। यो बुझेपछि मलाई साह्रै ग्लानि र पछुतो भयो, मलाई परमेश्वरप्रति अत्यन्त ऋणी महसुस भयो।
केही दिनपछि, अस्पतालले मेरी नातिनी एकदमै सिकिस्त बिमार छ भनेर अर्को सूचना पठायो, अन्य बिरामीका लागि बेड खाली गर्न उनलाई डिस्चार्ज गर्यो। यो कुरा सुनेपछि, मलाई साह्रै दुःख लाग्यो, त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, तपाईँले मेरी नातिनीलाई सास दिनुभयो। तपाईँले जे काम वा व्यवस्था गर्नुहुन्छ, त्यो उचित र धर्मी हुन्छ। उनको मृत्यु भए पनि, म गुनासो गर्नेछैनँ। अझै पनि तपाईंमा विश्वास गर्ने छु, तपाईँलाई पछ्याउने छु।” त्यसपछि, मेरो छोराले उनलाई उपचारका लागि प्रान्तीय राजधानीको अर्का अस्पतालमा लगे। डाक्टरले मेरी नातिनीको मेडिकल रेकर्ड हेरेर यो बिमारी निको पार्न नसकिने भएकाले उनलाई उपचार गर्न मानेन्, त्यसैले छोरा उनलाई अस्पताल भर्ना नगरी फर्किए। यो समय, मैले सोचेँ, “यदि परमेश्वरले मेरी नातिनीको मृत्यु लेख्नुभएको छ भने कसैले बचाउन सक्दैन। यदि परमेश्वर उनको मृत्यु चाहनुहुन्न भने, एक मुठी सास रहेसम्म, उनलाई केही हुँदैन। सबै कुरा परमेश्वरका हातमा छ। म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनेछु।” यसबारे मैले यसरी सोचेपछि, मलाई पहिलेजस्तो नराम्रो महसुस भएन। केही दिनपछि, म नातिनीलाई हेर्न जाँदा, मैले उनलाई पीडामा छटपटाइरहेको देखेँ। उनको अनुहार यति दुब्लो थियो कि चिन्नै गाह्रो भो। मेरो मन भक्कानियो, र आँशु थाम्नै सकिनँ। मेरी नातिनी मर्नेछिन् भन्ने सोचले म अझै पनि दुःखी थिएँ, यसबारे सोच्न चाहन्नथेँ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म एक्लै यो परिस्थितिबाट निस्कन सक्दिनँ। कृपया मेरो हृदयको रक्षा गर्नुहोस् र तपाईंप्रति समर्पित हुन मलाई मार्गदर्शन गर्नुहोस्।” यो बेला, मैले अब्राहमले इसहाकलाई अर्पित गर्दाको अनुभव सम्झेँ। परमेश्वरले अब्राहमलाई होमबलिका रूपमा छोरा अर्पित गर्ने माग गर्नुभयो। त्यो बेला, अब्राहम पनि धेरै दुःखी थिए, तर पनि उनले इसहाकलाई परमेश्वरको मागअनुसार वेदीमा राखे। जब छोरालाई मार्न उनले चक्कु उठाए, तब परमेश्वरले अब्राहमको इमानदारी र समर्पण देख्नुभयो, र उनलाई रोक्नुभयो। अब्राहममा परमेश्वरप्रति साँचो आस्था र समर्पण थियो, उनी परीक्षासामु मेश्वरप्रतिको गवाहीमा दृढ रहे, त्यसका लागि उनले परमेश्वरको अनुमोदन र आशिष् पाए। अब्राहमको अनुभवले मलाई प्रोत्साहित गर्यो। आफैबारे सोचेँ, मेरी नातिनी मृत्युका मुखमा हुँदा, मैले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुने छु भनेर भनेँ, तर अझै त्यो स्थितिलाई त्याग्न सकिनँ। उनलाई पीडामा देख्दा, मैले अझै पनि त्यसबारे सोच्न चाहिनँ। म अझै पनि परमेश्वरले मेरी नातिनीलाई निको पारेर खुसी जीवन जिउन दिनुहुन्छ भन्ने चमत्कारको आसमा थिएँ। मैले आफ्ना हृदयमा बारम्बार परमेश्वरसँग माग गरेँ, र ममा कुनै समझ वा समर्पण नै थिएन। मैले परमेश्वरको वचन सम्झेँ: “सर्वशक्तिमान्को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ११)। हो, मानिसको जीवन र मृत्यु, सौभाग्य र दुर्भाग्य सबै परमेश्वरका हातमा हुन्छन्। मानिस कहिले जन्मन्छन् र कहिले मर्छन् भन्ने कुरा परमेश्वरद्वारा पूर्वनिर्धारित छ। मानिससँग यस मामिलामा कुनै विकल्प छैन। मेरी नातिनीको बिमारी निको हुने नहुने, उनी कहिलेसम्म बाँच्ने यी सबै परमेश्वरका हातमा थिए। यसमा कुनै मानव प्रभाव हुने थिएन। यो सोचेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ। मेरी नातिनीको बिमार निको भए पनि नभए पनि, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन तयार थिएँ।
एक दिन, एक जना सिस्टरले घरेलु उपचारबारे बताइन्। सिस्टरले बताएको विधिअनुसार मैले नातिनीका लागि औषधि तयार गरेँ। यसले उनलाई निको पार्छ पार्दैन भन्ने थाहा थिएन, तर कोसिस गरेर केही बिग्रँदैन भन्ने लाग्यो। अप्रत्याशित रूपमा, नातिनीका बिमारीमा दिनदिनै सुधार आउन थाल्यो, ज्वरो घट्दै गयो, र छिटै खतराबाट बाहिर भइन्। चाँडै, हामीले अर्को उपचार भेट्टायौँ, केही समय प्रयोग गरेपछि, मेरी नातिनीको खुट्टा दुख्न छोड्यो! म परमेश्वरप्रति एकदमै कृतज्ञ भएँ। केही महिनापछि, मेरी नातिनी सहाराका लागि केही समातेर केही पाइला हिँड्न सकिन् र उनका बिमारीमा बिस्तारै सुधार आयो। एक वर्षपछि, उनी सामान्य तरिकाले जिउन र हिँड्न सक्षम भइन्, उनको मुटुको समस्या निको भयो। पछि, प्रान्तीय राजधानीस्थित अस्पतालले मेरी नातिनी नमरेकी मात्र होइन तर पूरै निको भएकी थाहा पाउँदा तिनीहरूले विश्वास नै गर्न सकेनन्। हामीले त्यस अस्पतालमा उनको रोगका उपचारमा धेरै पैसा खर्च गरेका थियौँ, तर तिनीहरूले उनलाई निको पार्न सकेनन्। कैयौँ ठुला अस्पतालहरूले मेरी नातिनीलाई माया मारेका थिए, तर जब मैले आशिष् पाउने चाहना छोडेँ, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पण हुन इच्छुक भएँ, र नातिनीलाई परमेश्वरका हातमा सुम्पेँ, तब केही सस्तो घरेलु उपचारले नै उनको बिमारी अप्रत्याशित रूपमा ठिक भयो। मैले साँच्चै परमेश्वरको सर्वशक्तिमानता र सार्वभौमिकता देखेँ। अहिले हल्का खोच्याउनु र मुटुको धडकन अलि छिटो हुनुबाहेक मेरी नातिनीलाई कुनै समस्या छैन। उनको रोग थाहा पाउनेहरूले उनी निको हुनु चमत्कार हो भन्छन्।
परमेश्वरका वचनले भन्छन्: “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा खोजी गर्ने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्ध पारिएको छैन र तिमीहरूले भ्रष्टता प्रकट गर्छौ, तिनै पक्षहरूमा तिमीहरू शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्नो मनसायहरू र चाहनाहरू त्याग्न, अनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुनका लागि मर्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्वरका अभिप्रायहरूलाई बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्वरका अभिप्रायहरूलाई बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यस अनुभवमार्फत मैले आशिष् पाउने चाहना र परमेश्वरप्रतिको आफ्ना विश्वासमा रहेको अशुद्धताबारे केही बुझ्न पाएँ। आस्थाप्रतिको मेरो दृष्टिकोण बदलियो, र मैले परमेश्वरको सर्वशक्तिमान् सार्वभौमिकता र धर्मी स्वभावबारे वास्तविक बुझाइ पाएकी छु। मलाई लाग्यो यी कठिनाइहरू अनुभव गर्नु राम्रो कुरा हो, र यो परमेश्वरले मलाई धुनु र मुक्ति दिनु हो।