६०. ढोँगीपनको बोझ

सन् २०२० को अगस्टमा, मलाई मेरो नेतृत्वको पदबाट बर्खास्त गरियो किनकि मैले ओहोदालाई पछ्याउँदै र लटरपटर काम मात्र गर्दै आइरहेकी थिएँ। मलाई ज्यादै नरमाइलो लाग्यो र मैले निकै अफसोस् मानेँ, त्यसपछि मैले पश्‍चात्तापगर्न र राम्रोसित कर्तव्य पालन गर्न चाहेँ। तब मण्डलीले मलाई अरू सिस्टरहरूसित भिडियो निर्माण समूहमा राखिदियो।

एकदिन मैले तिनीहरूसित बर्खास्त गरिसकिएपछि ममा आएका सोचहरूबारे कुराकानी गरेँ, तिनीहरूमध्ये एउटी, सिस्टर याङले त्यो तिनको लागि साँच्‍चै नै सहयोगी भएको मलाई बताइन्। त्यसपछि, तिनले मलाई भिन्‍नै तरिकाले हेरेको देखेँ। मैले भेलाहरूमा बोल्दा, तिनले साँच्‍चै नै ध्यान दिएर सुनिरहेकी र मुन्टो हल्लाइरहेकी हुन्थिन्, अनि प्रायः मेरा विचारहरूसित तिनी सहमत हुन्थिन्। तिनले दिनप्रतिदिन मलाई धेरै वास्ता गरिरहेकी जस्तो पनि लाग्थ्यो। मैले जे कुरा सिकेकी थिएँ सोही बोलेकी थिएँ, र म पश्‍चाताप गर्दै गरेकी देखिन्थेँ त्यसैले तिनले मलाई आदरको साथ हेरेकी हो जस्तो देखिन्थ्यो, त्यही भएर मैले केही ठोस कुरा गर्नुपर्छ भन्‍ने सोचिरहेकी थिएँ। यदि तिनीहरूले ममा केही परिवर्तन देखेनन् भने के सोच्लान्? के तिनीहरूले म गफ हाँक्‍ने तर सत्यता अभ्यास नगर्ने व्यक्ति हुँ भनेर सोच्लान्? म यसबारे अलि चिन्तित भएँ। म भिडियो बनाउन सधैँ कम्युटरको अगाडि बसिरहन्थेँ अनि मेरो ढाड दुख्थ्यो र म विश्राम लिन चाहन्थेँ, तर अरूले मलाई अल्छी भइरहेको, आफ्नो कर्तव्य राम्रोसित गर्नेबारे कुरा गर्ने तर साँच्‍चै परिवर्तन हुनेबारे केही नगर्ने रहेछु भन्लान् भनेर म डराउँथेँ। त्यसैले, आफ्नो कर्तव्यबारे म गम्भीर छैन भनेर अरूले सोच्लान् भन्‍ने डरले गर्दा, म थकित हुँदा पनि विश्राम लिँदैनथेँ। मलाई निद्रा लाग्दा पनि म चाँडै सुत्‍न जाँदिनथेँ। मैले आफ्नो काम सिध्याए पनि, आफूलाई राति ११:३० वा १२ बजेसम्म काम गरिरहन बाध्य पार्थेँ। कहिलेकाहीँ म रातभरि जागै रहन्थेँ र बिहान मुस्किलले उठ्न सक्थेँ, तर म अरूसित जबरजस्ती उठ्थेँ। मलाई अरूमा नराम्रो छवि छोड्छु भन्‍ने डर थियो। एकपल्ट, सिस्टर याङले एकाध भिडियोहरूमा काम गर्नुपरेको मैले देखेँ। मेरो तिनलाई सहायता गर्ने योजना थिएन किनकि ती कठिन र जटिल थिए, र म त्यो समस्या हल गर्न चाहँदिनथेँ। तर मलाई आफूसित कुनै परियोजना नभएको थाहा थियो। त्यसैले, यदि मैले सहायता गरिँनँ भने मैले आफ्नो काम राम्रोसित गर्न खोजिरहेको जस्तो देखिनेथिएन र सिस्टरहरूले म सत्यतालाई पछ्याउने नभई गफ हाँक्‍ने मात्र हो भनी सोच्नेथिए। त्यसैले, मैले गएर सिस्टर याङलाई म त्यसमा उनलाई सहायता गर्न सक्छु भनेर भनेँ।

मैले आफ्नो कर्तव्यमा हाम्फालेको जस्तो देखिन्थ्यो तर यो मेरो छविलाई जोगाउनु थियो भन्‍ने कुरा मलाई थाहा थियो। मैले अस्थिर महसुस गरेँ र मेरा उत्प्रेरणाहरूको बारेमा अरूसित खुलस्त हुन चाहेँ, तर, तिनीहरूले पहिलेदेखि नै मेरा अभिप्रायहरू गुप्त थिए भनी थाहा पाउलान्, र मैले पश्‍चाताप र सत्यताको अभ्यास गरेको छैन भनी सोच्लान् भनेर म डराएँ। तिनीहरूले सायद मलाई पाखण्डीको रूपमा हेर्लान् र मेरो बर्खास्तपछि मैले सिकेका भनेर भनेका सबै कुरालाई अमान्य गर्लान्। यो विचारले मलाई आफैलाई उदाङ्गो पार्न अनिच्छुक बनायो, त्यसैले, भेलाहरूमा मैले सबैले कुरा गर्ने गरेको भ्रष्टता र सकारात्मक अनुभवहरूबारे कुरा गरिरहेँ, तर आफ्ना घिनलाग्दा विचारहरूलाई चाहिँ मभित्रै लुकाइरहेँ। मैले सकारात्मक कुराहरूलाई मात्र बाँडिरहेको कारणले, एउटा भेलामा सिस्टर याङले सत्यतालाई अभ्यास गरिरहेको र राम्रो सङ्गति दिइरहेको भनेर मेरो प्रशंसा गरिन्। पछि, मैले साँच्‍चै नै सत्यतालाई पछ्याएको र आफ्नो भ्रष्टता बारे स्पष्ट रूपले खुलस्त भएको र म सक्रिय रूपले आफ्नो कर्तव्यमा लागेको भनी दुई सिस्टरहरूले बताएको मैले सुनेँ। मैले केही हदसम्म खुसीको अनुभव त गरेँ तर त्यसभन्दा बढी, लाजको अनुभूति गरेँ किनकि तिनीहरूले जे भनिरहेका थिए, त्यो मेरो वास्तविकतासित मेल खाँदैनथ्यो। म कहिँकतै स्पष्टवादी थिइनँ मैले आफूभित्रको घिनलाग्दो भ्रष्टताबारे कहिल्यै खुलस्त भई कुरा गरिनँ। आफ्नो कर्तव्यमा जोस देखाउनुको पछाडि मेरा भित्री आशयहरू थिए। मलाई त्यो एकदमै भद्दा लाग्यो। सबैजना मेरो कपटीपनको धोकामा परेका थिए—म के गर्न सक्थेँ? मैले साँच्‍चै नै दोषी अनुभव गरेँ र तिनीहरूलाई धोका दिने काम बन्द गर्न म तिनीहरूसित खुलस्त हुन चाहेँ, तर यदि मैले त्यसो गरेँ भने, सबैजनाले मेरा घिनलाग्दा विचारहरूको बारेमा थाहा पाउलान् भनेर म डराएँ। यदि तिनीहरूले मेरो पश्‍चात्ताप केवल ढोँगीपन र बनावटीपन भएको थाहा पाए भने तिनीहरूले मेरो वास्तविकता देख्‍नेछन् अनि म एउटा धूर्त, दुष्ट व्यक्ति हो भनी चिन्‍नेछन्। मेरो राम्रो छवि ध्वस्त हुनेछ र कसैले पनि मलाई उच्‍च नजरले हेर्नेछैन। त्यसपछि, मैले अरूसित मेरो हृदय खोल्ने साहस गुमाएँ।

मैले त्यसबारे सोचिरहेकी र आत्म-समीक्षा गरिरहेकी थिएँ, र मैले परमेश्‍वरका केही वचनहरू पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “वास्तवमा फरिसीहरू को हुन् भन्ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? ‘फरिसीहरू’ भन्‍ने पदवीको परिभाषा के हो? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफू असल, दयालु, र सकारात्मक भएको बहाना गर्दै आफूले गर्ने हरेक काममा नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार तिनीहरूको हृदयभित्र लुकेको हुन्छ; यसलाई देख्‍न सकिँदैन। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, र यदि तिनीहरूले सत्यतालाई बुझ्दैनन् भने, तिनीहरूले प्राप्त गरेका यी सिद्धान्तहरू के बन्छन् त? के ती मानिसहरूले प्रायजसो उल्‍लेख गर्ने अक्षर र धर्मसिद्धान्तहरू बन्दैनन् र? मानिसहरूले छदम् भेष धारण गरी आफूलाई राम्रोसित प्रस्तुत गर्नका लागि यी तथाकथित सही धर्मसिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले कुराकानी गर्ने विषयवस्तुहरू, तिनीहरूले भन्‍ने कुराहरू, र तिनीहरूका बाहिरी आनीबानी सबै अरूका निम्ति सही र असल देखिन्छन्; तिनीहरू सबै मानव धारणा र रुचिसँग मिल्दो हुन्छन्। अरूका नजरमा, तिनीहरू भक्त र विनम्र दुवै हुन्छन्, धैर्यता र सहनशीलता प्रस्तुत गर्न सक्‍ने, र अरूलाई प्रेम गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने हुन्छन्। तैपनि, वास्तवमा यी सबै झूट हुन्छन्; यी सबै बहाना मात्र हुन्छन् र तिनीहरूले आफूलाई आकर्षक रूपमा प्रस्तुत गर्ने तरिका मात्रै हुन्छन्। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफ्‍ना परिवार र जागिर छोडेका छन्, तिनीहरू कठिन परिश्रम गर्ने र आफैलाई समर्पित गर्ने मानिसहरू हुन् भन्‍ने देखिन्छ; तैपनि वास्तविकतामा, तिनीहरूले गोप्य रूपमा मण्डलीबाट लाभ लिँदै र भेटी चोर्दै आफ्‍नै काम-काज अघि बढाइरहेका हुन्छन्। तिनीहरूले बाहिरी रूपमा प्रकट गर्ने हरेक कुरा—तिनीहरूका सबै बानीबेहोरा—झूट हुन्छ। ढोङ्गी फरिसीको अर्थ यही हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। यसले मलाई धर्मनिष्ठ, विनम्र र प्रेमिलो देखिने फरिसीहरूको बारेमा सोच्न लगायो। तिनीहरू सधैँ सडकमा उभिएर प्रार्थना गरिरहेका र धर्मशास्‍त्रको व्याख्या गरिरहेका हुन्थे, तर तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू पछ्याइरहेका थिएनन्। तिनीहरू छली आवरण पहिरेर मानिसहरूलाई मूर्ख बनाउन, मानिसहरूमा गलत छाप छोड्न आफैलाई राम्रो देखाउँथे ताकि आफूलाई सराहना मिलोस्। के म ठ्याक्‍कै ती ढोँगी फरिसीहरूजस्तै भइरहेकी थिइनँ र? पछाडि फर्केर हेर्दा, बर्खास्त गरिएपछि मैले जे सिकेकी थिएँ, त्यसबारे कुरा गर्दा, जब मैले साँचो पश्‍चातापको खाँचोबारे कुरा गरेँ, तब सिस्टरहरूले मलाई अलिअलि सराहना गरे। यदि म आफ्नो कर्तव्यमा जोसिलो भइनँ भने, यसले तिनीहरूमा परेको मेरो छापलाई नष्ट गर्नेछ भनी म डराएकी थिएँ, त्यसैले आफ्नो साँचो व्यक्तित्व लुकाउन र आफ्नो भेष बदल्न मैले नाटक गरेँ। म थकित हुँदा आराम गर्ने साहस गर्न सक्दिनथेँ, राति थकित हुँदा सुत्‍ने साहस गर्न सक्दिनथेँ र अनिदोमै ओछ्यानबाट जबरजस्ती उठ्थेँ म सिस्टर याङलाई त्यो भिडियो बनाउन सहयोग गर्न चाहँदिनथेँ, तर म उनले मेरो ज्यादै सराहना गरेको चाहन्थेँ, त्यसैले, म सहयोग गर्न खुसी छु भन्‍ने बहाना गरेँ। मेरो कर्तव्यमा मेरो मनसाय गलत थियो जसलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न, म अरूसित खुलस्त हुनुपर्छ भनेर मलाई थाहा थियो। तर, मेरो छविलाई बचाउन, मैले ती अवाञ्छनीय आशयहरूलाई लुकाएँ र कसैलाई त्यसबारे बताइनँ। त्यसपछि, सिस्टरहरूले मलाई केही हदसम्म प्रशंसा गरे र सामान्यतया मलाई बढी वास्ता गरे। त्यो मेरो छलीपन थियो। मैले आफूलाई साँच्‍चै नै धूर्त र ती कपटी फरिसीहरूकै मार्गमा भएको देखेँ। मैले पूरै समय ढोँग गरिरहेकी थिएँ। यो थकानपूर्ण थियो र यसले मलाई दोषी अनुभव गरायो, साथै परमेश्‍वरले पनि अनुमोदन गर्नुभएन। यो अति गम्भीर समस्या हो भनी बुझेपछि, मैले मेरा भित्री आशय र कपटीपनको बारेमा सिस्टरहरूसित खुलस्त हुन एउटा भेलामा साहस बटुलेँ। त्यसपछि, मैले ठूलो चैन महसुस गरेँ। तर, मैले आफ्ना आशयहरूलाई सच्याउन साँच्‍चै नै गाह्रो हुँदो रहेछ भन्‍ने पनि महसुस गरेँ, त्यसैले, मैले आफ्नो कर्तव्य शुद्ध र इमानदार हृदयले गर्न सकूँ भनेर याचना गर्दै प्रार्थनामा परमेश्‍वर सामु आएँ।

त्यसपछि, मैले कसैको अनुभव बारे एउटा भिडियो हेरेँ जसमा परमेश्‍वरका यी वचनहरू पाठ गरिएका थिए। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। त्यो मेरो लागि साँच्‍चै नै मर्मभेदी र कठिन थियो। म अन्धकार र दुष्टताले हृदय भरिएकी, छलले खचाखच भरिएकी धूर्त व्यक्ति थिएँ। म सत्यताबारे वा मेरो कर्तव्यबारे होइन, केवल प्रशंसा पाउनेबारेमा, कसरी अरूमाथि राम्रो छाप पार्ने भन्‍ने बारेमा सोचिरहेकी थिएँ। सुत्दासमेत म चिन्ता गर्दै त्यसैमाथि घोत्लिरहेकी हुन्थेँ। परमेश्‍वरले इमानदार र स्पष्टवादी मानिसहरू मन पराउनुहुन्छ र इमानदार मानिसहरूले मात्रै उहाँको स्वीकृति र उहाँको मुक्ति हासिल गर्न सक्छ। तर मेरो आशय र सुरुवाती बिन्दु सधैँ धूर्त र दुष्ट थियो। मैले जतिसुकै राम्रो कपडा लगाए पनि र हरेकको प्रशंसा हासिल गरे पनि, मैले कहिल्यै परमेश्‍वरको स्वीकृति पाउँदिनथेँ, अन्त्यमा, म ती कपटी फरिसीहरूजस्तै घृणित र श्रापित हुनेथेँ। म आफैमा अति हताश थिएँ। विश्‍वास गरेको ती थुप्रै वर्षहरूमा मैले इमानदारिताजस्तो आधारभूत सत्यताको वास्तविकताभित्र प्रवेश गरेकी थिइनँ, म पहिलेजस्तै सदा धूर्त थिएँ। म साँच्‍चै नै परमेश्‍वरको मापदण्डबाट टाढा थिएँ अनि व्यक्तिको रूपमा पूर्णतया असफल थिएँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबाट अर्को खण्ड पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “सबै विषयहरूमा, तँ परमेश्‍वरप्रति खुला हुनुपर्छ र तँ खुला हृदयको हुनुपर्छ—यो एक मात्र सर्त र अवस्था हो जुन परमेश्‍वरको अगाडि कायम राखिनुपर्छ। तँ खुला नभएको बेलामा पनि तँ परमेश्‍वरको अगाडि खुला हुनुपर्छ। तँ खुला छस् कि छैनस् भन्ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ। यदि तैँले त्यसलाई देख्‍न सक्दैनस् भने के तँ मूर्ख छैनस् र? त्यसो भए, तँ कसरी बुद्धिमान् हुन सक्छस् त? तँलाई थाहा छ, परमेश्‍वरले सबै कुरालाई सुक्ष्म तरिकाले जाँच्‍नुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ, त्यसैले उहाँले जान्‍नुहुन्‍न होला भन्‍ने नसोच्; परमेश्‍वरले गोप्य रूपमा मानिसहरूको मनमस्तिष्कमा हेर्नुहुने हुनाले मानिसहरू अझ खुला हृदयका, केही बढी शुद्ध र इमानदार हुन सक्नु बुद्धमानी कुरा हो—यसो गर्नु चलाख भई काम गर्नु पनि हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। यो पढ्दा आफू निकै मूर्ख भएको महसुस गरेँ। परमेश्‍वरले हाम्रो हृदय र मनभित्र हेर्नुहुन्छ, त्यसैले, उहाँले मेरा आफ्नै आशयहरू र म कस्तो प्रकारको व्यक्ति हुँ भन्‍ने कुरा अरूले भन्दा राम्रोसित जान्‍नुहुन्छ। मैले ती सिस्टरहरूसित आफ्नो भ्रष्टता जतिसुकै लुकाए पनि परमेश्‍वरले जान्‍नुहुन्थ्यो। विश्‍वासीको हैसियतमा परमेश्‍वरको सूक्ष्म छानबिनलाई स्वीकार गर्न नचाहनु, के त्यसले मलाई अविश्‍वासी बनाउँदैन र? मैले दयनीय महसुस गरेँ। प्रशंसा हासिल गर्नको निम्ति आफू सत्यतालाई पछ्याएको र साँच्‍चै नै पश्‍चाताप गरेको व्यक्ति हुँ भनेर बहाना गर्ने मेरा प्रयासहरूले वास्तवमै मलाई निमोठ्दै थिए। थकित हुँदा वा निद्रा लाग्दा हामीलाई विश्राम चाहिन्छ। यो मानिसहरूको निम्ति प्राकृतिक कुरा हो। साथै, विश्राम पुनर्ताजगीपूर्ण हुन्छ र त्यसपछि म आफ्नो कर्तव्य राम्रोसित पालना गर्न सक्छु, अनि कसैले मलाई अल्छी वा आत्मलीन भनेर भत्सर्ना गर्नेछैन। तर, म मानिसहरूलाई कसरी मेरो सराहना गर्न लगाउने भन्‍ने कुरा मात्रै सोची मानव खाँचोहरूको सबैभन्दा आधारभूत कुरालाई इन्कार गर्ने कोसिस गरिरहेकी थिएँ। यो थकानपूर्ण थियो। बुद्धिमान् मानिसहरूले स्पष्टवादी र निष्कपट हुन र परमेश्‍वरको सूक्ष्म छानबिनलाई स्वीकार गर्न र इमानदार हुन सिक्‍नुपर्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ। त्यही नै जिउने स्वतन्त्र तरिका हो। त्यस समयपछि, अबउप्रान्त म कुनै बहाना गर्न चाहँदिनथेँ। म थकित हुँदा आराम गर्थेँ, निद्रा आउँदा म राति ओछ्यानमा जान्थेँ। म आफ्नो वास्तविक स्थितिबारे भेलाहरूमा खुलस्त हुन्थेँ कर्तव्यमा आफ्ना जिम्मेवारीहरूलाई सक्रिय भएर पूरा गर्थेँ। जब कामकुरा कठिन हुन्थे, यो मेरो कर्तव्य हो, कसैले देख्‍नको निम्ति होइन भनी आफैलाई भन्थेँ। जब मलाई नाटक गर्ने इच्छा जाग्थ्यो, तब परमेश्‍वरका यी वचनहरूबारे सोच्थेँ। “सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। त्यसले मलाई अझ खुलस्त हुन र परमेश्‍वरको सूक्ष्म छानबिन स्वीकार गर्न तयार हुन सहायता गर्थ्यो।

केही समयपछि, सिस्टर याङलाई केही कुरा सिकाउँदा सिस्टर चेन अलि चिढिएको र अधैर्य भएको देखेँ। सिस्टर याङले विरोध जनाइन् र सिक्‍न चाहिनन् अनि सिस्टर चेनविरुद्ध पूर्वाग्रह राख्‍न थालिन्। उनलाई तालिममा सहयोग गर्न सक्छु जस्तो मलाई लाग्यो, ताकि म प्रेमिलो, धैर्यवान् व्यक्ति हुँ भनेर तिनीहरूले देखून् र मलाई अझ मन पराऊन्। मैले अन्त्यमा त्यही गरिछाडेँ। म साँच्‍चै नै धैर्यवान् थिएँ र उनीसित सुरुमा दयालु भएर कुरा गरेँ, तर उनले ढिलो गरी सिक्छिन् र धेरै गल्ती गर्छिन् भनेर देखेपछि, म रिसाउन थालेँ। मैले उनी त्यति तेजिलो नभएको महसुस गरेँ र उनलाई तुच्छ नजरले हेर्न थालेँ, तर मैले संयमता अपनाउँदै अघि बढ्दै गएँ। मैले संयम गुमाउँदै छु भनी मलाई थाहा थियो, तर मैले भेलाहरूमा मेरा साँचो भावनाहरूबारे खुलस्त पारिनँ किनकि यदि मैले केही बोलेँ भने, म सिस्टर चेनजस्तै अन्यायपूर्ण छु, र ममा प्रेम र धैर्यको कमी छ भनी सिस्टरहरूले सोच्नेछन् र त्यसले मेरो छवि नष्ट गर्नेछ भनेर म चिन्तित थिएँ। साथै हाम्रा सामान्य अन्तरक्रियाहरूमा अरूले भ्रष्टता देखाइरहेको वा नकारात्मक भइरहेको देख्दा, मैले तिनीहरूप्रति घृणा महसुस गरेँ तर मैले आफू अरूको वास्ता गर्ने र समझदार भएको बहाना गरेँ। ममा दयाको कमी छ र म मिलनसार छैन भनेर तिनीहरूले भन्लान् भन्‍ने डरले मैले कहिल्यै यो सबै कुरा बताउने योजना बनाएकी थिइनँ।

नोभेम्बरको एक दिन, मैले अगुवाको पत्र पाएँ जसमा अर्को दिन मैले कुनै अर्को ठाउँमा कर्तव्य सम्भाल्नुपर्छ भनेर बताइएको थियो। म प्रस्थान गर्दा दुःख लागेको कुरा सबै सिस्टरहरूले बताए। सिस्टर लीले भनिन् कि मेरो सङ्गति उनको लागि निकै सुधारात्मक र सहयोगी थियो, म अरूसित साँच्‍चै नै निष्पक्ष थिएँ, मैले कहिल्यै नाक खुम्च्याइनँ, र सत्यतालाई बुझ्ने र पछ्याउने सबैलाई जहाँ पनि स्वागत हुन्छ। तिनीबाट त्यस्तो उच्‍च प्रशंसा सुनेर मैले असहज अनुभव गरेँ। अरूलाई अति धेरै प्रशंसा गर्नु र उच्‍च पार्नु हुँदैन, तिनीहरूको निम्ति त्यो राम्रो हुँदैन भनी मैले उनलाई बताएँ। त्यसपछि, सिस्टर याङसित मेरो कुरा भयो। उनले मलाई सीधै प्रशंसा गरिरहेकी थिइनन्, तर उनले पनि सिस्टर लीले जस्तै गरी मलाई हेर्थिन् भन्‍ने कुरा उनको आवाजबाट मैले थाहा पाउन सक्थेँ। मैले मेरो हृदयमा बोझ भएको अनुभव गरेँ, मैले तिनीहरूलाई गलत प्रकारले डोर्‍याएको छु र मसित समस्या छ भनेर म चिन्तित भएँ। यसलाई अर्को प्रकारले हेर्दा मसित भ्रष्ट स्वभाव छ र म आत्म-समीक्षा गर्ने कोसिस गरिरहेको छु र सायद म त्यस कुरामा तिनीहरूभन्दा उत्तम छु, त्यसैले, तिनीहरूले मेरो उच्‍च सराहना गरे भनेर सोचेँ। यो सोचसँगै, मैले मेरो मनबाट ती चिन्ताहरूलाई हटाइदिएँ र त्यसबारे फेरि सोचिनँ।

मैले गवाहीको एउटा भिडियो हेरेँ, एक ढोङ्गीको पश्‍चात्ताप, जसमा एउटी सिस्टरले तिनको सङ्गतिमा सकारात्मक कुराहरू मात्रै बाँडचुँड गरेकी, र अरू सबैले तिनलाई सराहना गरेको कुरा गरेकी छन्। तिनलाई बर्खास्त गरियो तर तिनले फेरि त्यो कर्तव्य सम्हाल्न सकून् भनेर ब्रदर र सिस्टरहरूले तिनलाई सर्वसम्मतले फेरि चुने किनकि तिनीविना काम गर्न नसक्‍नेजस्तो उनीहरूले महसुस गरे। केहीले तिनलाई यति सराहना गरे कि तिनलाई परमेश्‍वरजस्तै व्यवहार गरे। यसले मलाई साँच्‍चै नै ब्युँझायोः यो गम्भीर समस्या थियो। पछिल्लो समयमा, अरूले मलाई कति आदर र प्रशंसा गरेका थिए भनेर मैले सोचेँ सायद म पनि केवल सकारात्मक प्रवेशको बारेमा कुरा गर्ने त्यही सिस्टर जस्तो हुन सक्छु र मैले समीक्षा गर्न आवश्यक हुन सक्छ भनी सोचेँ। अनि मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अरूको अगाडि, ख्रीष्ट विरोधीहरूले आफू धेरै सहनशील, धैर्य, नम्र र दयालु भएको नाटक गर्छन्। सबैका लागि तिनीहरू उदार र परोपकारी देखिन्छन्। तिनीहरूलाई एउटा समस्या र केही अधिकार दे, र तिनीहरूले हरेक कुरामा यसलाई तेरो-मेरो नगरी सम्हालेर तिनीहरू कति महान् छन् भनेर देखाउँछन्। के यी ख्रीष्ट विरोधीहरूमा साँच्चै त्यस्ता तत्वहरू हुन्छन्? तिनीहरूको दया, सहिष्णुता, र सावधानीको पछाडिको कुन उद्देश्य हुन्छ? यदि तिनीहरूले आफैलाई मानिसहरूको कृपा-पात्र नबनाउने भए र तिनीहरूलाई नजित्ने भए के तिनीहरूले त्यस्ता कामहरू गर्थे? के यो तिनीहरूको वास्तविक अनुहार हो? के तिनीहरूको सार, स्वभाव र मानवता बाहिरबाट देखिएजस्तै नम्र, सहनशील, सहिष्णु र वास्तविक प्रेम सहित सहायता गर्न सक्‍ने हुन्छ? कदापि हुँदैन। धेरै मानिसहरूको ध्यान आकर्षित गर्न, धेरै मानिसहरूलाई जित्न, तिनीहरूकहाँ आफ्नै स्थान बनाउन, तिनीहरूलाई समस्या पर्दा सबैभन्दा पहिले ख्रीष्ट विरोधीलाई सम्झने बनाउन, र तिनीहरूलाई सहायताको आवश्यकता पर्दा तिनीहरूले खोज्ने व्यक्ति आफूलाई बनाउन—यी उद्देश्यहरू प्राप्त गर्न, ख्रीष्ट विरोधीहरूले सबै सही वचनहरू बोल्दै र सबै सही कुराहरू गर्दै जानाजानी स्वीकृति पाउनलाई त्यस्तो व्यवहार गर्छन्। तिनीहरूका मुखबाट कुराहरू निस्कनु अघि, तिनीहरूले त्यो आफ्नो हृदयमा, तिनीहरूका मनमा कति पटक त्यो जाँचेको र सुधारेको हुन्छ, कसले जान्दछ। तिनीहरूले ठूलो गणना र सोचविचारका साथ, शब्दहरू, वाक्यांशहरू, र स्वरको उतारचढाउ, यहाँसम्म कि तिनीहरूको अनुहारको भाव र ती उच्चारण गर्दा तिनीहरूको सोर कस्तो हुनुपर्ने त्यो पनि विचार गर्छन्, र तिनीहरूले यी कुराहरू कसलाई भनिरहेका छन्, तिनीहरू कति वर्षका छन्, तिनीहरू साना छन् कि ठूला छन्, तिनीहरूले उनीहरूका बारेमा के सोच्छन्, तिनीहरूप्रति कुनै व्यक्तिगत असन्तुष्टि छ कि छैन, तिनीहरूका व्यक्तित्वहरू मेल खाने किसिमका छन् कि छैनन्, तिनीहरू मण्डलीमा र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा कस्तो किसिमको पदमा छन्, तिनीहरूले कस्तो कर्तव्य पूरा गर्छन्—विभिन्न मानिसहरूप्रति कस्तो व्यवहार गर्ने भन्ने युक्तिहरू बनाउनुभन्दा अघि यो सबै कुरालाई तिनीहरूले होसियारीसाथ हेर्छन् र सोचविचार गर्छन्। अनि ती रणनीतिहरू जे भए तापनि, त्यो जो-सुकै वा जुनसुकै किसिमको व्यक्तिप्रति लक्षित भए पनि ख्रीष्ट विरोधीको प्रायजसो एउटै उद्देश्य हुन्छ: त्यस व्यक्तिलाई तिनीहरूको बारेमा उच्च विचार गर्न लाउनु, तिनीहरूलाई तुच्छ ठान्न नदिनु, तिनीहरूलाई एक समान रूपमा हेर्न लाउनु, तिनीहरूलाई उच्‍च ठान्‍न लाउनु, तिनीहरूले बोल्दा मानिसहरूलाई ध्यान लाएर सुन्ने बनाउनु, र तिनीहरूलाई बोल्ने समय र मौका दिनु, तिनीहरूले काम गर्दा धेरै मानिसहरूको सहमति प्राप्त गर्नु, तिनीहरूले गल्तीहरू गर्दा धेरै मानिसहरूबाट निर्दोष ठहरिनु, अनि धेरै मानिसहरूलाई तिनीहरूसित टाँस्सिएर बस्ने बनाउनु, तिनीहरूको पक्षमा बोल्ने बनाउनु, र तिनीहरू वास्तवमा को हुन् भन्ने कुरा प्रकट हुँदा, परमेश्‍वरको घरबाट त्यागिँदा र मण्डलीबाट निकालिँदा परमेश्‍वरको विरोध गर्न र उहाँसित तर्क गर्न लाउनु। यसले के सङ्केत गर्छ भने, तिनीहरूले जानाजानी जुन स्थिति र प्रभाव बनाएका हुन्छन्, त्यो मण्डलीमा गहिरो रूपमा जोडिएको हुन्छ; स्पष्ट रूपमा, तिनीहरू तल खसालिएपछि धेरै मानिसहरूले तिनीहरूलाई सहयोग, एक्यबद्धता र सुरक्षा प्रदान गर्नु भनेको तिनीहरूको प्रयास व्यर्थ भएको छैन भन्‍ने हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। परमेश्‍वरका वचनहरूले देखाउँछन् कि ख्रीष्टविरोधीहरू अरूको प्रशंसा पाउन महान् व्यक्ति भएको अभिनय गर्छन् र यसरी अरूलाई पथभ्रष्ट पार्छन्। म पनि ख्रीष्टविरोधी जस्तै ढोँग गरिरहेकी थिएँ। म प्रशंसा चाहन्थेँ, त्यसैले, मैले सिस्टर याङलाई तालिम दिँदा, मलाई दिक्‍क लागिसकेको भए पनि, अनुहारमा आफू धैर्यवान् भएको भाव झल्काएँ। र मैले सिस्टरहरूमा भ्रष्टता देख्दा, तिनीहरूलाई तुच्छ नजरले हेरेँ तर मैले अझै ढोँग गरेँ, वास्तविक रूपमा तिनीहरू कोहीसित कहिल्यै खुलस्त भइनँ। यसले तिनीहरूमा बसेको मेरो छवि नष्ट गर्ला भनी म डराएँ त्यसले तिनीहरूको आँखामा पर्दा हालेको थियो र तिनीहरूले मेरो प्रशंसा गरिरहे। मैले आफू साँच्‍चै नै धूर्त भएको देखेँ।

मैले किन ढोँग गर्नबाट आफूलाई रोक्‍न सकिनँ भनी सोच्न थालेँ यो कस्तो स्वभाव हो? मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, परमेश्‍वर भन्नुहुन्छ, “छल प्रायजसो बाह्य रूपमा प्रकट हुन्छ। जब कुनै व्यक्ति उसका वचनहरूमा अत्यन्तै कुटिल र चनाखो हुन्छ, त्यो छल हो। अनि दुष्टताको मुख्य विशेषता केहो त? दुष्टता भनेको त्यस्तो अवस्था हो, जुन अवस्थामा मानिसहरूले बताउने कुरा विशेष गरी सुन्दा राम्रो सुनिन्छ, जसरी हेरे पनि सबै कुरा ठीक-ठाक, र दोषरहित, र असल देखिन्छ, तर तिनीहरूका कार्यहरू विशेष गरी दुष्ट, अनि अत्यन्तै गुप्त हुन्छन्, र तिनलाई सहजै देख्न-चिन्न सकिँदैन। तिनीहरूले मानिसहरूको आँखा छल्‍न प्रायजसो केही ठीक शब्‍दहरू र राम्रो सुनिने वाक्यांशहरूको प्रयोग गर्छन्, र मानिसहरूको भावनाहरूसँग मिल्‍ने निश्‍चित धर्मसिद्धान्त, तर्क, र तरिकाहरूको प्रयोग गर्छन्; आफ्‍ना गुप्त उद्देश्यहरूलाई हासिल गर्नको लागि तिनीहरूले एकातिर जाने बहाना बनाउँछन् तर अर्कोतिर जान्छन्। दुष्टता यही नै हो। सामान्यतया मानिसहरूले यसलाई नै छल हो भन्‍ने ठान्छन्। तिनीहरूसँग दुष्टताको बारेमा थोरै ज्ञान हुन्छ, र यसलाई विश्‍लेषण पनि कम नै गर्छन्; दुष्टतालाई पहिचान गर्नु वास्तवमा छलभन्दा कठिन हुन्छ; यो अझै बढी गुप्त हुन्छ, र यससँग सम्‍बन्धित विधि र तरिकाहरू अझै बढी परिष्कृत हुन्छन्। जब मानिसहरूभित्र छली स्वभाव हुन्छ, तिनीहरू छली छन्, वा तिनीहरूका कार्य र तिनीहरूले भन्‍ने कुराहरूले छली स्वभावलाई प्रकट गर्छ भन्‍ने कुरा अरूले पत्ता लगाउन सामान्यतया दुई-तीन दिन मात्र लाग्छ। तर जब कुनै व्यक्ति दुष्ट छ भनेर भनिन्छ, यो एक-दुई दिनमा पत्ता लगाउन सकिने कुरा होइन। किनभने अल्पकालीन रूपमा कुनै महत्त्वपूर्ण वा विशिष्ट घटना घटेन भने, र तैँले तिनीहरूका वचनहरू मात्रै सुनिस् भने, तिनीहरू वास्तवमा को हुन् भन्‍ने कुरा बताउन तँलाई कठिन हुनेछ। तिनीहरूले सही वचनहरू बोल्छन् र सही कामहरू गर्छन्, र एकपछि अर्को धर्मसिद्धान्त बताउन सक्छन्। त्यस्तो व्यक्तिसँग दुई-तीन दिन बिताइसकेपछि, तैँले तिनीहरूलाई असल व्यक्ति, विभिन्‍न कुराहरूलाई त्याग्‍न र आफूलाई समर्पित गर्ने, आत्मिक कुराहरू बुझ्‍न सक्‍ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय भएको, विवेक र चेतनाद्वारा काम गर्न सक्‍ने व्यक्तिको रूपमा ठान्छस्। तर जब तैँले तिनीहरूलाई काम सुम्पन थाल्छस्, अनि तुरुन्तै तिनीहरू इमानदार मानिस होइनन्, तिनीहरू छली मानिसहरूभन्दा पनि घातक छन्—तिनीहरू दुष्ट छन् भन्‍ने पत्ता लगाउँछस्। तिनीहरूले मानिसहरूसँग कुराकानी गर्न, अनि एक हिसाबले आफैलाई स्थापित गर्न, अनि अर्को हिसाबमाअरूलाई धोका दिन र मानिसहरूका बीचमा हैसियत र प्रतिष्ठा प्राप्त गर्न सकूँ भनेर प्रायजसो ठीक शब्‍दहरू, सत्यतासँग मिल्‍ने, मानिसहरूका भावनाहरू र मानवतासँग मिल्‍ने शब्‍दहरू, राम्रो सुनिने शब्‍दहरू, अनि मोहक सुनिने शब्‍दहरूको प्रयोग गर्छन्, जुन कुराले अज्ञानीहरूलाई, सत्यतालाई सतही रूपमा बुझेकाहरूलाई, आत्मिक कुराहरू नबुझ्‍नेहरूलाई, र परमेश्‍वरमाथिको विश्‍वासमा जग नभएकाहरूलाई सहजै मोहनी लगाउँछ। दुष्ट स्वभाव भएका मानिसहरूले यस्तै गर्छन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”)। यसले मलाई देखायो कि यो सबैको पछाडि, एउटा दुष्ट स्वभावले मलाई नियन्त्रण गरिरहेको छ जसलाई बुझ्न धूर्ततालाई बुझ्नुभन्दा पनि कठिन छ। मैले आफ्नै गुप्त मनसायहरूको निम्ति मानिसहरूलाई पथभ्रष्ट गर्ने र तिनीहरूको हृदय जित्‍ने कोसिस गरिरहेकी थिएँ त्यसैले, मैले असल देखिने र सत्यतासित मेल खानेजस्तो देखिने कामकुराहरू गरेँ, र अरूहरू छलमा परे। म त्यस्तै नै थिएँ। सत्यतालाई पछ्याउने र प्रेमिलो मानिसहरूलाई सबैले मन पराउँछन् र तिनीहरू परमेश्‍वरको घरमा प्रतिष्ठित हुन्छन् भन्‍ने कुरा मलाई थाहा थियो, त्यसैले मैले त्यस्तो प्रकारको व्यक्ति भएको बहाना गरेँ। म कष्ट भोग्‍न, मूल्य चुकाउन, कर्तव्य पालन गर्न र प्रेमिलो हुन तत्पर देखिन्थेँ, अनि मैले सत्यताअनुरूप चलेकोजस्तै ढोँग गरेँ तर, मेरो लक्ष्य सत्यता पालन गर्नु थिएन। प्रशंसा पाउनु थियो। म अरूको हृदयलाई कब्जा गर्न तिनीहरूको नजरमा राम्रो देखिन चाहन्थेँ। म साँच्‍चै नै दुष्ट र घिनलाग्दो थिएँ। यदि परमेश्‍वरका वचनहरूको न्याय नहुँदो हो त, म आफूलाई लुकाउनु धूर्तता मात्रै हो भनी सोच्थेँ तर यो एक प्रकारको खराब स्वभाव हो भनी बुझ्न सक्दिनथेँ। यो परमेश्‍वरविरुद्धको बाटो हो। हो त नि। म यति गहिरो प्रकारले शैतानद्वारा भ्रष्ट भएकी थिएँ तर म सधैँ प्रशंसा पाउन र अरूको हृदयमा ठाउँ पाउन चाहन्थेँ। कति निर्लज्‍ज! परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभयो, त्यसैले हामीले उहाँलाई स्वभाविक तवरले आराधना गर्नुपर्छ। केवल परमेश्‍वर हाम्रो हृदयमा हुनुपर्छ। तर म परमेश्‍वरको ठाउँको निम्ति लड्दै मानिसहरूको हृदय ओगट्न चाहन्थेँ। मैले प्रधान स्वर्गदूतजस्तै व्यवहार गरिरहेकी थिएँ। परमेश्‍वरको धर्मी स्वभावलाई चिढ्याउन सकिँदैन, त्यसैले मैले पश्‍चात्ताप नगरेकी भएँ, म फरिसीहरूजस्तै श्रापित हुनेछु भनी मलाई थाहा थियो। यसले मलाई त्रसित तुल्यायो। त्यसरी नै अघि बढ्दै गएँ भने म जटिल परिस्थितिमा हुनेछु भन्‍ने कुरा मलाई थाहा थियो। मैले देहलाई परित्याग गरी सरल र इमानदार व्यक्ति हुन्छु भनेर संकल्प गरेँ।

त्यसपछि, मैले आफैलाई इन्कार गर्न काम गरेँ, र भेलाहरूमा खुलस्त हुन थालेँ। एकपल्ट, एउटा भिडियोको काममा म अलि सुस्त भएँ, त्यसमा धेरै समस्याहरू थिए। त्यसलाई दोहोर्‍याएर गर्दा हाम्रो काममा धेरै ढिलाइ भयो। एउटी सिस्टरले म अनुत्तरदायी भएको र मेरो भर पर्न सकिँदैन भनेर बताउँदा, मैले मनमनै त्यस कुराको विरोध गरेँ र मनमै उनीविरुद्ध विवाद गरेँ। एउटा अगुवाले पछि मलाई मेरो अवस्थाबारे सोधे, अनि मैले सोचेँ, यदि मैले साँच्‍चै नै सबै कुरा बताएँ भने ब्रदर र सिस्टरहरूले मैले सत्यतालाई स्वीकार गर्न सक्दिनँ र आफ्नै प्रतिरक्षा मात्र गरिरहन्छु भनेर विचार गर्नेछन्। अनि, सबैले मेरो बारेमा के सोच्लान्? त्यसपछि, मैले आफूले फेरि ढोँग गरिरहेको छु भनेर स्पष्ट रूपले बुझेँ, त्यसैले मैले प्रार्थना गरेँ, अनि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। परमेश्‍वर भन्नुहुन्छ, “तैँले हरेकपटक कुनै काम सकेपछि, सही गरेको छु भनी तैँले सोचेको भागलाई छानबिनको लागि प्रस्तुत गर्नुपर्छ—यसको साथै, तैँले गलत गरेको छु भनी तैँले सोचेको भागलाई पनि छानबिनको लाग प्रस्तुत गर्नुपर्छ। यसको लागि दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्दै, खोजी गर्दै, र एकअर्कालाई सहयोग गर्दै थप समय बिताउनुपर्छ। हामीले जति धेरै सङ्गति गर्छौं, हाम्रो हृदयमा त्यति नै बढी ज्योति प्रवेश गर्छ; त्यसपछि परमेश्‍वरले हामीलाई हाम्रा सबै समस्याहरूको निम्ति अन्तर्दृष्टि दिनुहुनेछ। यदि हामीमध्ये कोही पनि बोलेनौं, र अरूको नजरमा राम्रो देखिने र हामीलाई अरूले उच्‍च नजरले हेरून् र हाम्रो खिल्‍ली नउडाऊन् भन्‍ने उद्देश्यले हामी सबैले आफूलाई राम्रो आवरणले ढाक्छौं भने, हामीसँग वृद्धि हुने कुनै माध्यम हुनेछैन। यदि तैँले आफूलाई सधैँ राम्रो आवरणले ढाक्छस् भने, तँ वृद्धि हुनेछैनस्, र तँ सदासर्वदा अन्धकारमै जिउनेछस्। तैँले आफूलाई रूपान्तरण गर्न पनि सक्‍नेछैनस्। यदि तँ परिवर्तन हुन चाहन्छस् भने, तैँले मूल्य चुकाउनुपर्छ, आफूलाई उदाङ्गो पार्नुपर्छ, र अरूको निम्ति आफ्‍नो हृदय खुला गर्नुपर्छ, त्यसो गरेर, तैँले आफूलाई र अरू मानिसहरूलाई पनि फाइदा पुर्‍याउनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। यसले मलाई अभ्यासको बाटो दियो। मैले परमेश्‍वरको सूक्ष्म छानबिनलाई स्वीकार गर्नुपर्थ्यो, अरू मानिसहरूले जे सोचे पनि, मैले खुलस्त हुनुपर्थ्यो र सत्यतालाई अभ्यास गर्नुपर्थ्यो। त्यस बिन्दुमा, मेरो अवस्थाबारे खुलस्त हुन र आफ्नो भ्रष्टता खुलासा गर्न मैले साहस बटुलेँ। त्यसो गरिसकेपछि मैले अझ स्वतन्त्र भएको महसुस गरेँ, अरूसितको सङ्गतिले मलाई आफ्नो समस्या बुझ्न सहयोग गर्‍यो।

त्यस अवधिमा जे खुलासा भयो त्यसले मसित धूर्त, दुष्ट स्वभाव छ भनी देखायो। अरूद्वारा प्रशंसित हुन म सधैँ बहाना गरिरहेकी हुन्थेँ। यदि परमेश्‍वरले त्यस्तो परिस्थिति नमिलाउनुभएको भए, मैले कहिल्यै म परमेश्‍वरविरुद्धको बाटोमा छु, परमेश्‍वरको विरुद्धमा गइरहेको छु र अन्त्यमा म नष्ट हुनेछु भनी बुझ्नेथिइनँ। कामकुराहरू गर्दा हाम्रा मनसायहरू कति महत्वपूर्ण छन् भनेर पनि बुझेँ र मैले परमेश्‍वरको सूक्ष्म छानबिनलाई स्वीकार गर्न र मेरा मनसायहरू सच्याउन, साँच्‍चै नै खुलस्त हुन र इमानदार हुन सिकेँ। परमेश्‍वरको अनुमोदन हासिल गर्ने र उहाँलाई आनन्दित तुल्याउने एउटै उपाय यही हो।

अघिल्लो:  ५९. आफ्‍नो कर्तव्यमा सही आचरण राख्‍नुको महत्त्व

अर्को:  ६१. दुनियाँ रिझाउँदाको परिणाम

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

Connect with us on Messenger
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू