७७. अन्धो प्रेम एउटा डरलाग्दो कुरा हो
सन् १९९८ मा, मेरा तीन दिदीबहिनी र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यौँ। हामी अक्सर सँगै परमेश्वरका वचनहरूको सङ्गति गर्थ्यौँ, भजन गाउँथ्यौँ र परमेश्वरको प्रशंसा गर्थ्यौँ, अनि एक-अर्कालाई लगनशीलतासाथ सत्यता खोज्न र मुक्ति खोज्न प्रोत्साहन दिन्थ्यौँ। पछि हामी सबैले मण्डलीमा कर्तव्यहरू निर्वाह गर्न थाल्यौँ, र हाम्रो भेट हुँदा, हामी आफ्ना हालका परिस्थितिहरू, र कर्तव्यहरूमा आफूले के सिक्यौँ भन्नेबारे कुराकानी गर्थ्यौँ। तर मेरी कान्छी बहिनी, स्याओजी, आफ्नो कर्तव्यका कठिनाइहरूबारे गुनासो नगरे पनि, प्रायजसो अरू मानिसहरूसँग सम्बन्धित समस्याहरूबारे कुरा गर्थिन्। एक पटक, स्याओजीले उनले मलजल गर्ने टोली अगुवाका रूपमा काम सुरु गर्दा धेरै समस्याहरूको सामना गरेकी, तर मण्डली अगुवाले उनलाई कुनै मदत नदिएको कुरा बताइन्। उनले ब्रदर-सिस्टरहरू आफ्ना कर्तव्यहरूमा सिद्धान्तहरू नबुझ्ने, अगुवा यस मामिलालाई सङ्गति गरेर समाधान गर्न नसक्ने, र ती अगुवा वास्तविक काम गर्न सक्षम नभएको पनि गुनासो गरिन्। तर, म उनको मण्डली अगुवासँग परिचित थिएँ र उनी वास्तवमा वास्तविक काम गर्न सक्षम थिए। मेरी बहिनीले आफ्नो अनुभवबाट सिक्ने कोसिस नगरिरहेकी बरू त्यसको सट्टा आफ्नो अगुवाका गल्तीहरू मात्र कोट्याइरहेकी देखेर, मैले उनमा अनुभवको कमी छ र उनले अझै आफैलाई चिनेकी छैनन् भन्ने सोचेँ, त्यसैले म प्राय: उनलाई मदत गर्थेँ र उनीसँग परमेश्वरका वचनहरू सङ्गति गर्थेँ। म उनलाई उनले अरू मानिसहरूमा केन्द्रित हुन छोडेर, आफ्नै जीवन प्रवेशमा केन्द्रित हुन सुरु गर्नुपर्छ र आफूले सामना गर्ने कुनै पनि कठिनाइबाट सिक्ने कोसिस गर्नुपर्छ भन्थेँ। समय बित्दै जाँदा, हामी दुवै निकै व्यस्त भएकाले हामीले त्यति भेटघाट गर्न पाएनौँ।
सन् २०१८ को अगस्ट महिनाको एक दिन, मैले एउटा अगुवाले सिस्टर सियाङ युसुनलाई लेखेको एउटा पत्र देखेँ, जसमा निष्कासित गरिन लागेको एक दुष्ट व्यक्तिको फाइलमा थप विवरणहरू प्रदान गर्न भनिएको थियो। मेरो आश्चर्यको कुरा, त्यो दुष्ट व्यक्ति मेरी कान्छी बहिनी, स्याओजी थिइन्। त्यसबेला, मैले आफूले देखेको कुरा विश्वासै गर्न सकिनँ। मेरी बहिनीलाई निष्कासित गरिनेछ भनेर मैले सपनामा पनि सोचेकी थिइनँ। मैले युसुनको लेखाइलाई नजिकबाट हेरेँ र के देखेँ भने स्याओजी मलजल गर्ने कामको सुपरिवेक्षक भएको समयमा, उनी प्राय: आफ्नो पदको प्रयोग अरूमाथि भाषण छाँट्न र दबाउनका लागि गर्थिन्। एउटी सिस्टरले उनका कमजोरीहरू औँल्याउँदा, स्याओजीले आलोचना स्वीकार गर्न सकिनन् र बरु ती सिस्टरको खिल्ली उडाउँदै कटु आलोचना गरिन्। अन्ततः, ती सिस्टरले यति धेरै बाँधिएको र दुःखी महसुस गरिन् कि उनले आफ्नो कर्तव्य नै निर्वाह गर्न चाहिनन्। अरू ब्रदर-सिस्टरहरूले पनि स्याओजीद्वारा कुनै न् कुनै रूपमा बाँधिएको महसुस गरे, र तिनीहरू आफै पनि निराश थिए। आफूले यो जानकारी देखेपछि, स्याओजी यस्ता दुष्ट कार्यहरू गर्छिन् भनेर मैले विश्वासै गर्न सकिनँ र मैले युसुनको बारेमा समेत केही धारणाहरू बनाउँदै सोचेँ: “के तपाईंलाई मेरी बहिनीप्रति कुनै प्रकारको पूर्वाग्रह छ? उनको जीवन प्रवेश महान् नहोला, तर उनी दुष्ट व्यक्ति होइनन्। के मामिला बढाइचढाइ गर्दै हुनुहुन्छ?” मैले जति धेरै यसबारे सोचेँ, म त्यति नै दुःखी भएँ। त्यो रात म सुत्न सकिनँ। मैले कसरी मेरी बहिनीले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र आफ्नो जागिर छोडेकी थिइन् र यति धेरै वर्षसम्म यात्रा गर्दा उनलाई कति कठिन भएको थियो भन्नेबारे सोचेँ। मैले कसरी एक पटक सुसमाचार प्रचार गर्दा एउटा दुष्ट व्यक्तिले उनको बारेमा रिपोर्ट गरिदियो, र उनी पक्राउबाट बच्न एउटा जीर्ण घरमा एक रात लुक्न बाध्य भइन् भन्ने सम्झिएँ। सुसमाचार प्रचार गर्दाका वर्षहरूमा, उनले धार्मिक मानिसहरूद्वारा कुटाइ खाएकी र गालीगलौज सहेकी थिइन्, परालको टौवा र सुँगुरको खोरमा सुतेकी थिइन्, र प्रायजसो खानाविना नै बस्थिन्। धेरै वर्षको विश्वासी भएर उनले धेरै देखाउन नसके पनि, उनले कडा परिश्रम गरेकी थिइन्। उनलाई अहिले कसरी एक दुष्ट व्यक्तिको रूपमा निष्कासित गर्न सकिन्छ? तथापि, त्यसपछि मैले विचार गरेँ मण्डलीले सिद्धान्तअनुसार काम गर्छ, र निष्कासन गर्ने कार्य सधैँ व्यक्तिको व्यवहारको ढाँचा र उसको प्रकृति सारमा आधारित हुन्छ। मण्डलीले मानिसहरूलाई कहिल्यै गलत आरोप लगाउँदैन। के स्याओजी वास्तवमै एक दुष्ट व्यक्ति थिइन्? यो कुरा सोच्दा मात्रै पनि मलाई दुःख लाग्थ्यो। यदि उनलाई साँच्चै निष्कासित गरियो भने, उनले मुक्ति पाउने थिइनन् र उनले सहेका सबै कठिनाइहरू व्यर्थ हुने थिए। त्यसपछिका दिनहरूमा जब-जब म यसबारे सोच्थेँ, मलाई साह्रै नराम्रो लाग्थ्यो, मेरो छातीमा ढुङ्गाले थिचिरहेको जस्तो हुन्थ्यो।
केही दिनपछि, मैले मेरी अर्की दिदी/बहिनी, स्याओयुएबाट एउटा पत्र पाएँ, जसमा हाम्री कान्छी बहिनी धेरै बिरामी भएकी र उनको शल्यक्रिया गर्नुपर्ने कुरा उल्लेख थियो। पत्र पढेर मैले सोचेँ: “यदि स्याओजीले बिमारीको यो समयलाई आत्मचिन्तन गर्न र परमेश्वरसामु पश्चात्ताप गर्न प्रयोग गर्न सकिन् भने, सायद उनी निष्कासित हुनबाट बच्न सक्लिन् कि?” मैले स्याओजीलाई परमेश्वरको धर्मी स्वभावबारे बताउन, परमेश्वरका वचनहरू प्रयोग गर्दै तुरुन्तै उनलाई एउटा पत्र लेखेँ। मैले उनलाई बाहिरी कारणहरू खोज्नुको सट्टा उनले आफ्नो बिमारीलाई आत्म-चिन्तन र पश्चात्तापको अवसरका रूपमा प्रयोग गर्नु जरूरी छ भन्ने कुरा गरेँ। तर स्याओजीको समस्या मैले सोचेजस्तो सरल थिएन। जब म दुई महिनापछि घर गएँ, स्याओयुएले मलाई हाम्री बहिनीको व्यवहारबारे बताइन्। स्याओजीको स्वभाव धेरै अहङ्कारी थियो; मलजल गर्ने काम सम्हालेपछि, उनले सबै कुरा आफ्नै तरिकाले हुनुपर्छ भनी जिद्दी गरेकी थिइन्। जब उनीसँग सहकार्य गर्ने एउटी सिस्टर कामको विषयमा उनीसँग असहमत भइन् र उनको विचार मानिनन्, तब उनी क्रुद्ध भएकी र ती सिस्टरलाई आलोचना र बहिष्कार गर्नतिर लागेकी थिइन्। उनले अरूबीच ती सिस्टरप्रति पूर्वाग्रह फैलाउँदै अरूलाई पनि उनीविरुद्ध उक्साउने प्रयास गरेकी थिइन् जसले गर्दा तिनीहरू भ्रमित भए र उनीसँगै मिलेर ती सिस्टरको न्याय गरे। पछि, जब ती सिस्टर राम्रो स्थितिमा भइनन्, स्याओजीले उनलाई मदत नगर्नुका साथै, ती सिस्टर खराब स्थितिमा भएकीले, आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भन्दै र अरूलाई उनको मदत गर्नबाट रोक्दै उनी र अरूबीच फाटो ल्याइन्। यसले गर्दा ती सिस्टर अझ नकारात्मक हुन पुगिन्, अन्तमा उनी आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने भइन् र बर्खास्त भइन्। जब अर्की सिस्टरले आफूले स्याओजीबाट नियन्त्रित भएको महसुस गरेको बताइन्, स्याओजी साह्रै क्रोधित भइन् र ती सिस्टरसँग बदला लिन र उनलाई आक्रमण गर्न हरेक अवसरको प्रयोग गरिन्। उनी अरू ब्रदर-सिस्टरहरूका अगाडि ती सिस्टरको न्याय गर्ने र निन्दा गर्ने पनि गर्थिन्। जब ती सिस्टर दमित भएका कारण दुःखी र नकारात्मक भइन्, स्याओजीले अगुवा र अरूलाई ती सिस्टरले पवित्र आत्माको काम गुमाएकी र आफ्नो कर्तव्यका लागि योग्य नभएको कुरा बताउने मौका छोप्दै उनलाई बर्खास्त गर्न चाहेको बताइन्। स्याओजीको निरन्तरको दमन र यातना, र उनको ब्रदर-सिस्टरहरूहरूलाई बहिष्कार गर्ने र होच्याउने तरिकाले गर्दा, उनीहरू नकारात्मक रूपमा प्रभावित भइरहेका थिए र फलस्वरूप उनीहरूले आफ्नो काममा प्रगति गर्न सकेनन्। मण्डलीको मलजल गर्ने काम गम्भीर रूपमा अवरुद्ध भइरहेको थियो। उनका अगुवाले उनका समस्याहरू औँल्याइदिए र उनलाई धेरै पटक मदत गर्ने प्रयास गरे, तर उनले आलोचना स्वीकार नगर्नुको साथै निरन्तर तर्क गरिरहिन्। आफू बर्खास्त हुने बेलासम्म पनि उनले कुनै आत्म-ज्ञान देखाइनन् र अटेरी बनिरहिन्। उनले अगुवाका कमजोरीहरू कोट्याउने र उनको पिठ्युँ पछाडि उनको आलोचना गर्ने काम समेत गरिन्। स्याओयुएले उनका समस्याहरू औँल्याउने प्रयास गर्दा, उनले स्याओयुएले आफूलाई नबुझेकी र आफ्नो पक्षमा कुरा नगरेकी भन्दै गुनासो गरिन्। उनले यस्तो दाबी समेत गरिन्: “कोहीपनि मण्डलीमा इमानदारीपूर्वक बोल्न सक्दैन। मैले मनमा लागेको कुरा खुलेर बोलेकोले नै मलाई बर्खास्त गरियो।” यो सुनेर म तिनछक परेँ। मैले मेरी कान्छी बहिनीको दिमाग हैसियतले यति धेरै भरिएको, उनी यस्तो दुर्भावनापूर्ण प्रकृति भएकी, र आफूसँग असहमत हुनेहरूलाई आक्रमण र बहिष्कार गर्न अनि यातना दिन सक्षम छिन् भन्ने महसुस गरेकी थिइनँ। यो साधारण भ्रष्टताको प्रकटीकरण थिएन; यो त उनको प्रकृतिमै भएको समस्या थियो! पछि, जब मैले उनीसँग भेटेँ, मैले तुरुन्तै उनीसँग सङ्गति गरेँ र उनलाई आफ्ना दुष्ट कार्यहरूमाथि मनन गर्न सल्लाह दिएँ। मैले यदि उनले पश्चात्ताप गरिनन् भने, उनलाई निष्कासित गरिनेछ र उनले मुक्तिको मौका गुमाउनेछिन् भनेर बताएँ। मेरो आश्चर्यको कुरा, मेरो सल्लाह मान्नुको सट्टा, उनले क्रुद्ध हुँदै जवाफ दिइन्: “के भएको हो भन्ने तपाईंलाई थाहा छैन र म यसबारे थप केही भन्न चाहन्नँ। यदि मैले अरू केही भनेँ भने तपाईंहरू सबैले म आफ्नो बचाउमा तर्क गर्न खोजिरहेकी छु भन्नुहुनेछ।” उनी यति असन्तुष्ट भएको देखेर म अचम्मित भएँ। उनी यति हठी छिन् र सत्यतालाई पटक्कै स्वीकार गर्दिनन् भन्ने मलाई थाहा थिएन। के उनी मुक्ति पाउन नसक्ने भइसकेकी थिइन्? यति सोच्दा, मेरो मन खस्कियो। मलाई याद आयो, जब हामी सँगै हुन्थ्यौँ, उनी सधैँ अरू मानिसहरूको आलोचना गर्ने, न्याय गर्ने गरिरहेकी हुन्थिन् र कहिल्यै आत्मचिन्तन गर्ने गरेकी थिइनन्। उनी सधैँ अगुवाका गल्तीहरू पनि कोट्याइरहेकी हुन्थिन्। मैले परमेश्वरका वचनहरू सम्झेँ, जसमा यसो भनिएको छ: “जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अराजकता फैलाउँछन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभावहरू मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई सफाइ गर्नैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरका वचनहरूमार्फत्, मैले मेरी कान्छी बहिनीको व्यवहार भ्रष्ट स्वभावको क्षणिक प्रकटीकरण मात्र नभएर, बरु उनको गहिरो दुर्भावनापूर्ण प्रकृतिको प्रतिबिम्ब हो भन्ने जानेँ। उनी अरूलाई यातना दिने र बदला लिने गर्थिन् र उनीसँग असहमत हुने वा उनको हितमा बाधा पुऱ्याउने जो कोहीलाई बहिष्कार र आलोचना गर्ने गर्थिन्। उनी अरूको न्याय र निन्दा गर्न तथ्यहरू बङ्ग्याउँदै उनीहरूलाई नकारात्मकताको स्थितिसम्म पुऱ्याथिन्। अगुवा र अरूले उनको व्यवहारबारे धेरै पटक उनलाई काँटछाँट गरेर सहयोग गरे, तर उनले कहिल्यै आफ्नो गल्ती स्वीकार गरिनन्, उनी सधैँ प्रतिरोधी बन्दै तर्क गर्थिन्। उनमा कुनै पछुतो वा आत्म-चिन्तन थिएन, र उनी अगुवालाई घृणा र आलोचना समेत गर्थिन्। स्याओयुए र मैले उनीसँग धेरै पटक सङ्गति गरेर उनलाई सहयोग गर्यौँ, तर उनले हामीले भनेको कुरा स्वीकार गरिनन् बरू हामी उनलाई अप्ठ्यारोमा पार्दैछौँ भन्ने सोच्दै हामीप्रति असन्तुष्ट र प्रतिरोधी भइन्। बर्खास्त भएपछि, उनले आत्मचिन्तन गर्न सकिनन् बरू मण्डलीमा कसैले पनि इमानदारीपूर्वक बोल्न पाउँदैन, उनले आफ्नो मनमा लागेको कुरा बोलेकोले मात्र उनलाई बर्खास्त गरिएको हो भन्दै तथ्यहरू बङ्ग्याइन्। के त्यो सत्यता उल्ट्याउँदै अरूलाई भ्रमित पार्नु थिएन र? के उनले परमेश्वरको धार्मिकता, र परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरालाई इन्कार गरिरहेकी थिइनन् र? विगतमा, म उनमा जीवन प्रवेशको कमी छ, र उनका दुष्ट व्यवहारहरू केवल भ्रष्टताको क्षणिक प्रकटीकरण हुन् भन्ने सोच्थेँ, त्यसैले मैले उनलाई मदत र समर्थन गरिरहेँ। तर अब मैले यो अपर्याप्त जीवन अनुभव वा भ्रष्टताको क्षणिक प्रकटीकरणको कुरा होइन रहेछ भन्ने महसुस गरेँ। उनी सत्यताप्रति वितृष्ण थिइन् र यसलाई घृणा गर्थिन्, अनि उनको सार एक दुष्ट व्यक्ति जस्तो थियो।
विगतमा, मैले सोचेकी थिएँ मेरी कान्छी बहिनीले त्याग गरेकीले, आफूलाई समर्पित गरेकीले, आफ्नो कर्तव्यमा धेरै दुःख भोगेकीले र कडा परिश्रम गरेकीले, उनले कुनै महत्त्वपूर्ण कुरा हासिल नगरेता पनि, र उनले सत्यता नपछ्याए पनि परमेश्वरले त्यो कुरा याद गर्नुहुनेछ। तथापि, पछि, परमेश्वरका वचनहरू पढेर, मैले यो बुझाइ विकृत रहेछ भन्ने महसुस गरेँ। परमेश्वरका वचनहरूले भन्छन्: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरूले मलाई के सिकाए भने परमेश्वर हरेक व्यक्तिको गन्तव्य ज्येष्ठताको आधारमा, वा उसले कति दुःख भोगेकाे, वा त्याग र समर्पण गरेकाे छ भन्ने आधारमा होइन, बरु उसले स्वभावमा रूपान्तरण हासिल गरेकाे छ कि छैन र सत्यता प्राप्त गरेकाे छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। सत्यता स्वीकार गर्ने, सत्यता अभ्यास गर्ने र अन्ततः स्वभावमा रूपान्तरण हासिल गर्ने सबैले मुक्ति पाउन सक्छन्। जहाँसम्म सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने ती दुष्ट मानिसहरू, अविश्वासीहरू र ख्रीष्टविरोधीहरूको कुरा छ, उनीहरूले जति नै दुःख भोगे पनि, उनीहरू अन्ततः हटाइनेछन् र मुक्ति पाउन असफल हुनेछन् किनभने उनीहरू सबै प्रकारका दुष्ट कामहरू गर्छन् र अलिकति पनि रूपान्तरण हासिल गर्दैनन्। मैले मेरी कान्छी बहिनीले कसरी धेरै वर्षदेखि आस्था पछ्याएकी थिइन्, र तैपनि, बाहिरी रूपमा त्याग गर्ने, आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्यको लागि दुःख भोग्ने गर्नुका बावजुद, उनले कुनै पनि तरिकाले सत्यता खोजिनन्, आफूलाई चिनिनन् र मण्डलीको काममा यति धेरै अवरोध ल्याएकोमा कुनै पछुतो वा पश्चात्ताप महसुस गरिनन् भन्नेबारे सोचेँ। निष्कासनसम्मको यो अवस्थामा पुग्नुमा उनी आफैलाई मात्र दोष दिन सक्थिन्। यो परमेश्वरको धार्मिकता थियो। मैले सधैँ उनको त्याग गर्ने, आफूलाई समर्पित गर्ने र आफ्नो कर्तव्यमा दुःख भोग्ने क्षमताको अर्थ उनी एक साँचो विश्वासी हुन् भन्ने विश्वास गरेकी थिएँ, तर अहिले मात्र मैले उनले यो सब ख्याति, प्राप्ति र हैसियतका लागि गरेकी रहिछन्, सत्यता खोज्न र स्वभावमा रूपान्तरण हासिल गर्नका लागि होइन रहेछ भन्ने महसुस गरेँ। उनले जति लामो समयसम्म आस्था राखेकी भए पनि वा दुःख भोगेकी भए पनि, उनले सत्यतालाई अलिकति पनि स्वीकार गरेकी, साँचो रूपमा पश्चात्ताप गरेकी र रूपान्तरण भएकी थिइनन्, र अन्तमा अनिवार्य रूपमा हटाइने नै थिइन्। मैले कसरी पावलले बाहिरी रूपमा त्याग गरे, आफूलाई समर्पित गरे र आफ्नो कर्तव्यमा कडा परिश्रम गरे, प्रभुको सुसमाचार प्रचार गर्दै आधा युरोप यात्रा गरे, अनि कसरी उनले स्वभाव रूपान्तरणमा ध्यान नदिएको र एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न खोजी नगरेको कारणले— बरु आफूलाई मुकुट र स्वर्गको राज्यको आशिष्को खोजीमा समर्पित गरेकोले— उनी निम्न कुरा भन्न सक्षम रहे भन्नेबारे सोचेँ: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले निर्लज्ज भई परमेश्वरसँग मुकुटको माग गरे र उनले गरेका त्यागहरूमा परमेश्वरप्रति कुनै इमानदारी वा समर्पण थिएन— यो सबै महत्त्वाकाङ्क्षा र चाहनाद्वारा संचालित, लेनदेनयुक्त थियो। उनी परमेश्वरको प्रतिरोधको मार्गमा हिँडे, अन्ततः परमेश्वरको स्वभावलाई उल्लङ्घन गरे र अनन्त दण्डमा परे। मैले यदि कसैले सत्यता पछ्याउँदैन र यसलाई स्वीकार गर्दैन बरू त्यसको सट्टा बाहिरी त्याग र दुःखमा ध्यान केन्द्रित गर्छ भने आस्थाबाट केही पनि हासिल हुँदैन भन्ने महसुस गरेँ। यस प्रकारले अघि बढ्दा, सबै प्रकारका दुष्ट कामहरू गर्न सक्ने सम्भावना भएकाले, अन्ततः दण्डको भागीदार बन्न सकिन्छ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ जसले मलाई अभ्यासको मार्ग दियो। परमेश्वरका वचनहरूले भन्छन्: “यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरू पढेपछि मलाई गहिरोरूपमा दोषी महसुस भयो। परमेश्वर हामीबाट उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गरौँ र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गरौँ भन्ने माग गर्नुहुन्छ। सत्यता स्वीकार नगर्ने र यसलाई अझ घृणा गर्नेहरू दुष्ट मानिसहरू हुन्; तिनीहरू दियाबलस शैतानका हुन् र ती हाम्रो घृणाको विषय बन्नुपर्छ। मेरी कान्छी बहिनीले सबै प्रकारका दुष्ट कामहरू गरिन्, पश्चात्ताप गरिनन् र एक दुष्ट व्यक्तिको रूपमा प्रकटित भइन्, तर मैले परमेश्वरका वचनहरूअनुसार उनको साँचो यथार्थता खुट्ट्याइनँ, बरू उनले आफ्नो कर्तव्यमा धेरै दुःख भोगेकी, धेरै त्याग गरेकी र थोरै मात्र देखाउन सके पनि कडा परिश्रम गरेकी हुनाले उनी अन्यायमा परिरहेकी छिन् भनी निरन्तर दाबी गरिरहेँ। के म शैतानसँग राम्रो बनिरहेकी थिइनँ र परमेश्वरको प्रतिरोधमा उसको पक्षमा खडा भइरहेकी थिइनँ र? मैले धेरै वर्षदेखि विश्वासी बन्दै परमेश्वरका धेरै वचनहरू खाएकी र पिएकी थिएँ, तर म उहाँका वचनहरूको ज्योतिमा मानिसहरू र परिस्थितिहरूलाई विचार गर्न असमर्थ थिएँ। बरु, मैले आफ्नो स्नेहलाई आफ्नाा वचनहरू नियन्त्रण गर्ने अनुमति दिएँ, असललाई खराबबाट छुट्ट्याउन असमर्थ भएँ र अलिकति पनि सिद्धान्त बुझिनँ। म अलमल्ल र भ्रमित थिएँ, र परमेश्वरले मलाई घृणा र तिरस्कार गर्नुभयो। त्यो महसुस गरेपछि, म मेरी कान्छी बहिनीप्रतिको मेरो केही स्नेहलाई त्याग्न र उनको निष्कासनलाई सही दृष्टिकोणबाट हेर्न सक्षम भएँ।
जब तीन महिनापछि, एक दिन, मैले संयोगवश आफूले सहकार्य गर्ने सिस्टरले मेरी कान्छी बहिनीको निष्कासनका लागि आवश्यक सबै जानकारीहरू क्रमबद्ध गरिसकिएको भनेकी सुनेँ, मेरो मनमा चस्स दुःख्यो। मैले “अब उसको लागि मुक्तिको कुनै पनि आशा हरायो,” भन्ने सोचेँ। मैले जति धेरै यसबारे सोचेँ, मलाई मेरी कान्छी बहिनीप्रति त्यति नै दया लाग्यो। मैले सायद निष्कासनको लागि जम्मा गरिएको जानकारी अपर्याप्त हुनेछ र उनले मण्डलीमा श्रम गरिरहन सक्छिन् भन्ने आशा समेत राखेँ। तर त्यसपछि मैले मेरो दृष्टिकोण गलत रहेछ भन्ने महसुस गरेँ। मलाई मेरी कान्छी बहिनी सारमा एक दुष्ट व्यक्ति हुन् र परमेश्वरको मुक्ति ग्रहणयोग्य हुने छैनन् भन्ने स्पष्ट रूपमा थाहा थियो, तर मैले अझै पनि उनलाई मण्डलीमा राख्ने आशा राख्दै उनीप्रति सहानुभूति र दया देखाएँ। के म एक दियाबलसप्रति सहानुभूति देखाइरहेकी र परमेश्वरको विरोधमा खडा भइरहेकी थिइनँ र? त्यसैले, मैले हतार-हतार परमेश्वरलाई प्रार्थना गर्दै, उहाँलाई मेरो स्नेहको बन्धनबाट पार पाउन मार्गदर्शन गर्न अनुरोध गरेँ। प्रार्थनापछि, मैले परमेश्वरका वचनहरूका निम्न खण्डहरू सम्झेँ: “मानवजाति अनुभूतिहरूको स्थितिमा जिउँछ— र त्यसकारण परमेश्वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय २८)। “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म देहगत भावना विहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट वाक्क हुन्छ; मानिसहरूका स्नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८)। परमेश्वरका वचनहरूको व्याख्याद्वारा, मैले हाम्रो स्नेह सत्यता अभ्यास गर्ने सबैभन्दा ठूलो बाधा हो भन्ने कुरा सिकेँ। हामी आफ्नो स्नेहद्वारा जिउँदा सत्यता सिद्धान्तहरूअनुसार मानिसहरू र परिस्थितिहरू विचार गर्न असमर्थ हुन्छौँ। जब मैले मेरी कान्छी बहिनीलाई मण्डलीबाट निष्कासित गरिँदैछ भन्ने थाहा पाएँ, मैले उनको मामिलाले निष्कासनको मापदण्ड पूरा नगर्ला र उनी मण्डलीमै रहन सक्लिन् कि भन्ने आशा समेत राख्दै उनीप्रति सहानुभूति र दया देखाएँ। यो सबै मेरो उनीप्रतिको अत्यधिक स्नेहका कारणले थियो। आफू “मानिस निर्जीव छैन; ऊ संवेदनाबाट कसरी मुक्त हुन सक्छ र?” र “आफन्तको पक्ष लिइन्छ,” जस्ता शैतानी विषहरूद्वारा जिएका कारण म असललाई खराबबाट छुट्ट्याउन र केलाई प्रेम गर्नुपर्छ र केलाई घृणा गर्नुपर्छ भन्ने खुट्याउन असमर्थ भएँ। युसुनले मेरी कान्छी बहिनीको बारेमा जानकारी पेश गरेपछि, आफ्नो स्नेहका कारणले मैले परिस्थितिजन्य तथ्यहरूलाई नबुझीकन अन्याय भइरहेको छ भन्ने सोचेर आफ्नी बहिनीको पक्ष लिएँ। मैले युसुनले आफ्नो रिपोर्टमा मामिला बढाइचढाइ गरेकी छिन् भन्ने सोचेँ, र मैले उनले मेरी बहिनीलाई मदत नगरेकोमा गुनासो गरेँ। वास्तवमा, ब्रदर-सिस्टरहरूले उनीसँग धेरै पटक सङ्गति गर्दै उनलाई मदत गरेका थिए, तर उनले तिनीहरूको मदत स्वीकार गरेकी थिइनन् बरू उनीहरूको पिठ्युँ पछाडि उनीहरूको आलोचना गर्नतिर लागिन्। म साँच्चै परिस्थितिलाई बङ्ग्याइरहेकी थिएँ र शैतानको पक्षमा बोलिरहेकी थिएँ। मेरी बहिनीले यति धेरै दुष्ट कामहरू गरेकी भए पनि, मैले उनलाई घृणा गरिनँ र उनी मण्डलीमा रहिरहुन् भन्ने कामना समेत गरेँ; मैले मेरो स्नेहलाई आफूमाथि हावी हुन दिएँ। त्यस्ती दुष्ट व्यक्तिलाई एक दिन मण्डलीमा रहन दिनु भनेको दुष्टता गरिएको एक दिन सरह हुनेथियो, जसले ब्रदर-सिस्टरहरू र मण्डलीको काममा अझ बढी हानि पुऱ्याउने थियो। के म स्याओजी मण्डलीमा रहिरहुन् भन्ने चाहँदै र उनलाई मण्डलीको काममा निरन्तर बाधा पुऱ्याउन दिँदै उनको दुष्ट कार्यलाई प्रश्रय दिइरहेकी थिइनँ र? मैले एक दुष्ट व्यक्तिको कुकर्ममा भूमिका खेलेकी रहेछु! त्यसबेला नै मैले अन्ततः परमेश्वरका वचनहरूमा भनिएको यो कथनको अर्थ बुझेँ: “भावना उहाँको शत्रु हो।” मैले यदि आफूले सत्यता खोजिनँ र समस्याहरूको सामना गर्दा आफ्नो स्नेहलाई आफ्नो आचरण निर्धारण गर्न दिएँ भने, म कुनै पनि बेला दुष्ट काम गर्न र परमेश्वरको प्रतिरोध गर्न सक्छु भन्ने महसुस गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ, जसमा यसो भनिएको छ: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यिनीहरू हामीले पनि प्रेम गर्नुपर्ने मानिस हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्वरमा विश्वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्याउँछ भन्ने राम्ररी थाहा छ, र तिनीहरू अग्रहणशील मात्र नभई तिनीहरूले परमेश्वरका विश्वासीहरूलाई दोष लगाउने र निन्दा पनि गर्ने गर्छन् भने, तिनीहरू निस्सन्देह सत्यताप्रति वितृष्णा राख्ने र त्यसलाई घृणा गर्ने मानिस हुन्, र तिनीहरू निस्सन्देह परमेश्वरलाई प्रतिरोध र घृणा गर्ने मानिस हुन्—र परमेश्वरले अवश्यै उनीहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई तिरस्कार गर्न सक्छस्? उनीहरूले परमेश्वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्चित रूपमा उनीहरू पिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै व्यावहारिक सवालहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? तैँले परमेश्वरको मागलाई पालना गर्नुपर्छ: परमेश्वरले प्रेम गर्ने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूद्वारा, मैले उहाँको धार्मिकता बोध गरेँ। परमेश्वर मानिसहरूसँग सिद्धान्तअनुसार व्यवहार गर्नुहुन्छ र हामीलाई पनि त्यस्तै गर्न माग गर्नुहुन्छ। सत्यता पछ्याउने, इमानदारीसाथ परमेश्वरमा विश्वास गर्ने र बफादारीसाथ आफ्नो कर्तव्यहरू पूरा गर्नेहरूलाई, हामीले प्रेम गर्नुपर्छ जबकि ब्रदर-सिस्टरहरूलाई यातना दिँदै र दबाउँदै निरन्तर मण्डलीमा बाधा पुऱ्याउने, सत्यता र परमेश्वरलाई घृणा गर्नेहरू, सबै, हामीले तिरस्कार र घृणा गर्नुपर्ने दुष्ट मानिसहरू हुन्। तिनीहरू आफ्नै आफन्त भए पनि, हामीले परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्दै र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्दै तिनीहरूलाई परमेश्वरका वचनहरूअनुसार हेर्नुपर्छ, तर म सत्यताविहीन थिएँ। मैले हरेक कुरालाई आफ्नो स्नेहको दृष्टिकोणबाट हेरेँ। ममा सिद्धान्त र खुट्ट्याइको अभाव थियो, मैले एक दुष्ट व्यक्ति, स्पष्ट रूपमा प्रकट भएको एक दियाबलसप्रति प्रेम र सहानुभूति देखाएँ। यो अन्धो प्रेम थियो! जब मैले यो महसुस गरेँ, मैले परमेश्वरको धार्मिकताको प्रशंसा गरेँ र आफैले परमेश्वरको घरमा सत्यता र धार्मिकताले यसरी शासन गर्छ कि कुनै पनि दुष्ट व्यक्तिले त्यहाँ पकड जमाउन सक्दैन भन्ने देखेँ। अब, परमेश्वरका वचनहरूको सहायताले, म स्नेहको बन्धनबाट आफूलाई मुक्त गर्न र आफूलाई केही हदसम्म बुझ्न सक्षम भएँ। परमेश्वरलाई धन्यवाद!