२०. मैले परमेश्वरको आवाज सुनेको छु
मेरो नाम म्याथ्यु हो, र मेरो जन्म फ्रान्सको लियोन सहरको एउटा क्याथोलिक परिवारमा भएको थियो। मैले दुई वर्षभन्दा अगाडि सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। साँचो कुरा भन्नुपर्दा, मैले धार्मिक समुदायमा विश्वासीको रूपमा बिताएका करिब दस वर्षमा भन्दा धेरै कुरा प्राप्त गरेको छु। बाल्यकालमा मेरो हुर्काइ एउटा परम्परागत क्याथोलिक माहोलमा भयो, जहाँ बप्तिस्मा लिने, मिस्सामा सहभागी हुने, हात राख्ने संस्कार ग्रहण गर्ने र तीर्थयात्रामा जाने गर्थेँ। ठूलो भइसकेपछि, मैले के महसुस गरेँ भने, क्याथोलिक धर्मगुरुहरू कुनै नयाँ कुराविना सधैँ तिनै पुराना धर्मसिद्धान्तहरू मात्र प्रचार गर्थे। त्यहाँको माहोल चिसो थियो, अनि धेरै विश्वासीको आस्था सेलाएर गइसकेको थियो। मलाई त्यहाँ पवित्र आत्माको काम नभएको र त्यहाँ मैले जीवन प्राप्त गर्न सक्दिनँ भन्ने लाग्यो। त्यो मेरा लागि निरुत्साहजनक थियो। ममा पवित्र आत्माको काम भएको र प्रभुको उपस्थिति महसुस गर्न सकिने मण्डली भेटाउने तीव्र चाहना थियो। मैले त्यस्तो मण्डलीको खोजी गर्न क्याथोलिक धर्म छोड्ने निधो गरेँ। त्यसपछि म जेनेभा पुगेँ, जहाँ म विश्वविद्यालय गएँ र त्यहीँको एउटा स्थानीय इभान्जेलिकल इसाई मण्डलीमा सामेल भएँ। तर मैले त्यहाँका केवल पाष्टरले बाइबलीय शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, केही नारा लगाउने, अनि वास्तविकतासँग कुनै सम्बन्ध नै नभएका आत्मिक वरदान र ईश्वरशास्त्रीय सिद्धान्तहरूबारे कुरा गर्ने गरेको पाएँ। त्यहाँ मलाई छुने वा प्रभुलाई चिन्न मद्दत गर्ने कुनै कुरा थिएन। मैले याद गरेको अर्को कुराले त मलाई झनै स्तब्ध बनायो, त्यो थियो मूर्तिपूजा। मञ्चको छेउमै प्रधान पाष्टरको अर्ध कदको तस्बिर राखिएको हुन्थ्यो, अनि मण्डलीमा कोही नयाँ विश्वासी आउँदा, स्थानीय पाष्टरले तिनीहरूलाई प्रधान पाष्टरको अर्ध कदको तस्बिरलाई सलाम गर्न लगाउँथे। ती पाष्टरले हरेक दिन विश्वासीहरूलाई धर्मशास्त्रबारे आफ्नै व्याख्या पठाउँथे र ब्रदर-सिस्टरहरूले तिनलाई आफ्नो दैनिक भोजन सम्झेर ग्रहण गर्थे, मानौँ तिनीहरूले परमेश्वरकै वचनहरू पढिरहेका थिए। तिनीहरू त्यसलाई परमेश्वरकै वचनहरू मानेर अभ्याससमेत गर्थे। यसले मलाई साँच्चै असहज बनायो। मलाई यो कुरा सही लागेन। म त्यस मण्डलीमा प्रभु हुनुहुन्न भन्ने कुरा देख्न सक्थेँ, त्यसैले मैले त्यो मण्डली पनि छोडिदिएँ। मैले आफैलाई सोधेँ, “वास्तवमा, प्रभु कहाँ हुनुहुन्छ त?” मैले आत्मिक रूपमा एकदमै रित्तोपन महसुस गरेँ अनि कतै प्रभुले मलाई त्याग्नुभएको त होइन भनेर सोचेँ। त्यसबेलादेखि, मैले घरमै आफै बाइबल पढेँ। मैले प्रकाशको पुस्तकको तेस्रो अध्याय धेरै पढेँ, र फिलाडेल्फियाको मण्डलीका बारेमा कुरा गरिएको खण्डले मेरो हृदयमा विशेष गरी गहिरो छाप छोड्यो। “तिमीहरूले मेरो धैर्यको मार्गलाई पालना गरेका हुनाले, म तिमीहरूलाई त्यो परीक्षाको घडीदेखि पनि बचाउनेछु, जुन परीक्षा सारा संसारमा आउनेछ र संसारमा बस्नेहरूलाई जाँच्नेछ हेर, म चाँडै आउँछु: आफूसँग जे छ त्यसलाई दह्रिलो गरी पक्रिराख, ताकि तिमीहरूको मुकुट कसैले नलियोस्। जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन” (प्रकाश ३:१०-१२)। यी पदहरूले मलाई धेरै खुसी बनाए किनभने ती रहस्य र प्रतिज्ञाहरूले भरिपूर्ण थिए। प्रभुले परमेश्वरद्वारा अनुमोदित एउटा मण्डली हुनेछ भनेर स्पष्ट रूपमा भन्नुभएको कुरा मैले देखेँ, जुन फिलाडेल्फियाको मण्डली हो। मलाई प्रभुले “म यही मण्डलीमा छु” भनिरहनुभएको जस्तो लाग्यो। यसले मेरो मनमा एउटा प्रश्न उब्जायो: यो मण्डली कहाँ छ त? अगाडि पढ्दै जाँदा, मैले यो कुरा देखेँ: “हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)। प्रभुले स्पष्ट रूपमा आफूले ढोका ढकढक्याउनेछु भनेको कुरा पढ्दा म एकदमै उत्साहित भएँ। मैले कौतुहल हुँदै सोचेँ, उहाँले कसरी ढकढक्याउनु हुनेछ होला र यसको अर्थ उहाँ छिट्टै फर्कनुहुनेछ भन्ने पो हो कि। यो मेरा निम्ति अचम्म रूपमा अन्तर्दृष्टि दिने कुरा थियो, र यसले निरन्तर खोजी गरिरहने मेरो चाहनालाई अझै बढायो।
सन् २०१८ मे १ को साँझ, मैले फेरि आफ्नो सम्पूर्ण हृदय र प्राणले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्। मलाई थाहा छ तपाईँ छिट्टै आउँदै हुनुहुन्छ। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न दिनुहोस्।” अर्को दिन, म सधैँझैँ काममा गएँ। खाजा खाने समयमा म जेनेभा तालको किनारमा गएँ र एउटा बेन्चमा बसेँ। तब मैले केही पर एक जना व्यक्तिलाई देखेँ, त्यसैले सुसमाचार प्रचार गर्ने अभिप्रायले म सिधै उनी नजिक गएँ। अचम्म, उनले मलाई भने, “ब्रदर, के तपाईँलाई थाहा छ? प्रभु फर्किसक्नुभएको छ र उहाँले लाखौँ वचन व्यक्त गर्नुभएको छ।” यो सुनेर म स्तब्ध भएँ र छक्क पर्दै सोचेँ, “यी ब्रदरले किन त्यसो भनेका होलान्? के प्रभु साँच्चै फर्किसक्नुभएको हो त?” हाम्रो सङ्गति जारी रहँदा, मेरो मनमा एकपछि अर्को गर्दै प्रश्नहरू उब्जिए, “के प्रभु फर्किसक्नुभएको छ? प्रभु कसरी फर्कनुभएको छ?” उनले मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीको वेबसाइटको ठेगाना दिए र भने, “तपाईँले यसबारे यहाँ थप खोजी गर्न सक्नुहुन्छ।”
अफिस फर्कनासाथ मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको वेबसाइट खोलेँ। मैले सबैभन्दा पहिले देखेको कुरा यो थियो: “आखिरी दिनहरूका ख्रीष्ट चीनमा देखा पर्नुभएको छ।” यस खबरले मलाई स्तब्ध बनायो, अनि अझै अचम्मको कुरा त के थियो भने वेबसाइटमा सबै प्रकारका पुस्तकहरू थिए, जसमा दुईवटा पुस्तकले मेरो मनमा साँच्चै छाप छोडे: “वचन देहमा देखा पर्नुहुन्छ” र “आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू”। म साँच्चै यो के हो भनेर बुझ्न चाहन्थेँ, त्यसैले मैले पहिलो पुस्तक “वचन देहमा देखा पर्नुहुन्छ” मा क्लिक गरेँ र एउटा खण्ड पढेँ: “मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति तिमीहरूको बफादारी शुद्ध र सम्पूर्ण हृदयको थियो? के मेरो बारेमा तिमीहरूको ज्ञान सत्य थियो? तिमीहरूको हृदयमा मैले कति ठाउँ ओगट्थें? के मैले तिमीहरूको हृदय पूर्ण रूपमा भरेको थिएँ? मेरा कति वटा वचनहरू तिमीहरूभित्र पूरा भए? मलाई मूर्ख बनाउने प्रयास नगर्! यी कुराहरू मेरा निम्ति पूरा स्पष्ट छन्! आज, मेरो उद्धारको आवाज निस्कने क्रममा, के मप्रतिको तिमीहरूको प्रेममा केही वृद्धि भएको छ? के मप्रतिको तिमीहरूको वफादारीताको अंश शुद्ध भएको छ? के मबारे तिमीहरूको ज्ञान गहिरो भएको छ? के विगतमा चढाइएको प्रशंसाले आज तिमीहरूको ज्ञानका लागि एक ठोस आधार बसालेको छ? तिमीहरू कतिसम्म मेरो आत्माद्वारा ओगटिएका छौ? मेरो स्वरूपले तिमीहरूभित्र कति स्थान ओगट्छ? के मेरा भनाइहरूले तिमीहरूको केन्द्रमै प्रहार गरेको छ? के तिमीहरूलाई साँच्चै तिमीहरूका सर्म लुकाउने ठाउँ कहीँ पनि छैन भन्ने लाग्छ? के तिमीहरू मेरा मानिसहरू हुन अयोग्य छौ भन्ने साँच्चै विश्वास गर्छौ? यदि तिमीहरू माथिका प्रश्नहरूबारे पूर्ण रूपमा अनजान छौ भने, त्यसले तिमीहरू धमिलो पानीमा माछा मार्दैछौ, तिमीहरू केवल सङ्ख्या थप्न मात्र उपस्थित छौ भन्ने देखाउँछ, र त्यस बेला मद्वारा पूर्वनिर्धारित भएर तिमीहरू निश्चय नै हटाइनेछौ र दोस्रो चोटि अतल कुण्डमा फालिनेछौ। यी मेरा चेतावनीका वचनहरू हुन्, र यसलाई हल्का रूपमा लिने जो-कोहीलाई पनि मेरो न्यायद्वारा प्रहार गरिनेछ, र तोकिएको समयमा विनाशको सामना गराइनेछ। के यो यस्तै होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ४)। यी वचनहरू मलाई यति अख्तियारपूर्ण लागे, मानौँ परमेश्वर स्वयम्ले मलाई आमनेसामने भएर सोधिरहनुभएको थियो, “के तँसित मेरा लागि साँचो प्रेम छ? के मप्रतिको तेरो समर्पणता साँचो छ?” मलाई अलि असहज महसुस भयो किनभने मैले परमेश्वरको सेवा एउटा काम पूरा गर्नका लागि मात्र गरेको थिएँ, प्रेमका कारण होइन। मेरा प्रार्थनाहरूमा, म निरन्तर प्रभुसँग कुराहरू मागिरहन्थेँ र भन्थेँ, “हे परमेश्वर, मलाई यस्तो कार चाहिन्छ, मलाई यस्तो घर चाहिन्छ, मलाई उस्तो जागिर चाहिन्छ, मलाई यस्ती श्रीमती चाहिन्छ…।” मलाई यी सबै कुरा अविवेकी हुन् भन्ने महसुस भयो। अझ खराब कुरा त, यदि प्रभुले मेरा अचाक्ली चाहनाहरू पूरा गर्नुभएन भने, म उहाँबारे गुनासो गर्थेँ। यस खुलासाको अगाडि म यति लज्जित भएँ कि मलाई कतै लुक्ने ठाउँ खोजौँ जस्तो भयो, ठिक त्यसरी नै जसरी एउटा बच्चा खराब व्यवहारका कारण आमाबुबाको गालीबाट बच्न लुक्छ। तर म निकै खुसी पनि थिएँ, किनभने मलाई परमेश्वरले मसँग आमनेसामने कुरा गरिरहनुभएको छ जस्तो लाग्यो। मलाई यो परमेश्वरको आवाज हो भन्ने लाग्यो, किनभने परमेश्वरले मात्र मानिसको हृदयभित्र हेर्न सक्नुहुन्छ। यी वचनहरूले मेरो वास्तविक रूपको खुलासा गरिरहेका थिए, र मलाई निःशब्द बनाइदिए। म नपढी बस्नै सकिनँ। मैले परमेश्वरका वचनका धेरै खण्ड पढेँ। मलाई तीमध्ये एउटा खण्ड याद छ जसले मेरो मनमा साँच्चिकै छाप छोड्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “म सबै कुरालाई उच्च स्थानबाट तुच्छ नजरले हेर्छु, र सबै कुरामाथि उच्च स्थानबाट प्रभुत्व चलाउँछु। यसै गरी मैले यस पृथ्वीमा मेरो मुक्तिको काम गरेको छु। मानिसको हरेक चाल र उनीहरूले भन्ने र गर्ने सबै कुरा मेरो गोप्य स्थलबाट मैले नहेर्ने त्यस्तो कुनै क्षण छैन। मानिसहरू मेरा लागि खुला किताब हुन्: उनीहरू प्रत्येकलाई र सबैलाई म हेर्छु र चिन्छु। गोप्य स्थल मेरो निवास हो, र समग्र आकाश-मण्डल नै म ढल्कने स्थान हो। म प्रताप, धार्मिकता, र न्यायद्वारा परिपूर्ण भएकाले शैतानका शक्तिहरूले मलाई भेट्टाउन सक्दैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ५)। मलाई यी वचनहरू परमेश्वरको अख्तियारले भरिपूर्ण छन् जस्तो लाग्यो। परमेश्वरबाहेक अरू कसले हाम्रो हृदयभित्र हेर्न सक्छ र? परमेश्वरबाहेक अरू कसले यस्तो शक्ति र अख्तियारका साथ हामीसँग प्रत्यक्ष कुरा गर्न सक्छ र? परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभयो र परमेश्वरले मात्र हामीले आफ्नो हृदयको गहिराइमा लुकाएका कुराहरू देख्न सक्नुहुन्छ। यी परमेश्वरबाट आएका वचनहरू हुन् भन्नेमा म निश्चित भएँ र मलाई एकदमै उत्साह जाग्यो। यो मैले पहिले कहिल्यै महसुस नगरेको अनुभूति थियो। त्यसदिन मैले धेरै पढेँ र सधैँभन्दा तीन घण्टा ढिलो घर फर्केँ। मलाई यी वचनहरू साँच्चै विशेष लागे। घर फर्किंदा बाटामा, मैले बारम्बार भनिरहेको थिएँ, “हे परमेश्वर, म तपाईँलाई साँच्चै धन्यवाद दिन्छु! मैले तपाईँको आवाज चिनेको छु र मलाई थाहा छ तपाईँ फर्किसक्नुभएको छ। म तपाईँको अख्तियारको साक्षी भएको छु। सारा महिमा तपाईँलाई होस्!” म एकदमै उत्साहित थिएँ। मैले अघिल्लो रात परमेश्वरलाई गरेको प्रार्थना सम्झेँ, जसमा मैले उहाँलाई आफ्नो पुनरागमनबारेको अभिप्राय बुझ्न मद्दत गर्नुहोस् भनी बिन्ती गरेको थिएँ। मलाई परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको र त्यसको उत्तर दिनुभएको महसुस भयो। यो साँच्चै नै अविश्वसनीय कुरा थियो! तर त्यही समयमा, म प्रश्नहरूले पनि भरिएको थिएँ, जस्तै: प्रभु कसरी आउनुभएको छ? उहाँले के काम गरिरहनुभएको छ? यी प्रश्नहरूको उत्तर पाउन, मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूसँग सम्पर्क गरेँ।
त्यसपछि तिनीहरूले मलाई प्रभु मानिसको पुत्रका रूपमा देह बन्नुभएको छ, र उहाँ गुप्तमा आउनुभएको छ भनी बताए। तिनीहरूले मलाई उहाँले सत्यताहरू व्यक्त गर्नुभएको छ र नयाँ काम, अर्थात्, बाइबलमा अगमवाणी गरिएझैँ मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिन, परमेश्वरको घरबाट सुरु हुने आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भने। तिनीहरूले मसँग बाइबलका केही पदबारे सङ्गति पनि गरे, जुन निकै अन्तर्दृष्टिपूर्ण थियो, जस्तै प्रकाश १६:१५, “हेर, म चोरजस्तै आउँछु।” मत्ती २४:४४ पनि थियो, “तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउनुहुनेछ।” “मानिसको पुत्र” ले स्पष्ट रूपमा परमेश्वरका आत्मा वा उहाँको आत्मिक शरीरलाई नजनाएर, मानिसबाट जन्मेको, सामान्य मानवता र परमेश्वरको सार भएको व्यक्तिलाई जनाउँछ। त्यो ठिक दुई हजार वर्षअघिका प्रभु येशूजस्तै हो। उहाँ बाहिरबाट हेर्दा साधारण मानिसजस्तो देखिनुहुन्थ्यो, तर सारमा उहाँ परमेश्वर हुनुहुन्थ्यो। त्यसपछि, तिनीहरूले प्रकाश ३:२० बारे पनि सङ्गति गरे, जसमा प्रभुले ढोका ढकढक्याउने कुरा उल्लेख छ। मैले के थाहा पाएँ भने “ढकढक्याउनु” भन्नाले प्रभुले आखिरी दिनहरूमा नयाँ वचनहरू व्यक्त गरेर मानिसहरूको हृदयको ढोका ढकढक्याउने कुरालाई बुझाउँछ। जब साँचो विश्वासीहरूले प्रभुका वचनहरू सुन्छन्, तिनीहरूले ती वचनहरू परमेश्वरको आवाज हो भनेर चिन्न सक्छन्, र तिनीहरू नै बुद्धिमती कन्याहरू हुन् जो परमेश्वरको अगाडि माथि उचालिन्छन् र जसले प्रभुको पुनरागमनलाई स्वागत गर्छन्। यसले प्रभु येशूको यो अगमवाणी पनि पूरा गर्छ: “मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)।
म निकै प्रभावित भएँ। मैले सोचेँ, परमेश्वर देहमा पृथ्वीमा काम गर्न आउनुभएको यो दोस्रो पटक हो र यो ठिक त्यही समयमा भएको छ जब म यस संसारमा जीवित छु, उही हावा फेरिरहेको छु, र उहाँ दुरुस्तै कुनै साधारण मानिसजस्तै देखिनुहुन्छ। म चकित भएँ, यो अविश्वसनीय थियो! किनभने मैले सधैँ परमेश्वर माथि आकाशमा हुनुपर्छ भन्ने सोचेको थिएँ, र आखिरी दिनहरूमा, परमेश्वर बोल्न र काम गर्न देहमा पृथ्वीमा आउनुहुनेछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ। त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरको देहधारणबारे परमेश्वरका वचनका दुईवटा खण्ड पढेर सुनाए: “‘देहधारण’ भनेको देहमा परमेश्वरको देखापराइ हो; परमेश्वरले सृजित मानवजातिका बीचमा देहको स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत पूर्वसर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र देहमै काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, एक व्यक्ति बन्नुहुन्छ भन्ने हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार)। “देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र ख्रीष्ट परमेश्वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि मानिसको देहभन्दा फरक छ। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्वरत्वले परमेश्वर स्वयम्को काम गर्दछ। चाहे उहाँको मानवता होस् वा ईश्वरत्व, यी दुवै नै स्वर्गमा हुनुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, अर्थात् ईश्वरत्व हो। त्यसकारण, उहाँको सार परमेश्वर स्वयम्को सार हो; यो सारले उहाँको आफ्नै कार्यमा अवरोध गर्दैन, र उहाँको आफ्नै कामलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छाविरुद्ध जाने कुनै पनि वचन नै उहाँले कहिल्यै बोल्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो)। परमेश्वरका वचनका यी खण्डहरूबाट, मैले के देखेँ भने देहधारी परमेश्वर भनेको परमेश्वरका आत्माले देह धारण गर्नु र मानवजातिलाई मुक्ति दिन बोल्न र काम गर्न पृथ्वीमा आउनु हो। ख्रीष्ट बाहिरबाट साधारण व्यक्तिजस्तै देखिनुहुन्छ, अरूले जस्तै खानुहुन्छ, लगाउनुहुन्छ, जिउनुहुन्छ र सुत्नुहुन्छ, तर उहाँसँग ईश्वरीय सार छ। उहाँले परमेश्वरको पहिचान र हैसियतमा सम्पूर्ण मानवजातिसँग बोल्न सक्नुहुन्छ र उहाँले सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ जुन कुनै मानिसले कहिल्यै गर्न सक्दैन। उहाँले परमेश्वर स्वयम्को काम गर्न सक्नुहुन्छ र परमेश्वरको इच्छालाई पूरा गर्न सक्नुहुन्छ। बाहिरबाट हेर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनेर हामी थाहा पाउन सक्दैनौँ, तर जब हामी उहाँको आवाज सुन्छौँ, तब हामी उहाँका वचनहरू यस संसारका होइनन् भन्ने पाउँछौँ। उहाँले ती सत्यता र रहस्यहरू खोल्न सक्नुहुन्छ जुन कसैले कहिल्यै देखेको वा सुनेको छैन। उहाँले मानवजातिको भित्र लुकेको भ्रष्टतालाई प्रकट गर्न सक्नुहुन्छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो परमेश्वर स्वयम्ले व्यक्त गर्ने कुरा हो। त्यसैले त उहाँ परमेश्वर हुनुहुन्छ भनी हामी विश्वास गर्छौं। ठिक त्यस्तै, त्यो बेला प्रभु येशू काम गर्न आउनुहुँदा, उहाँ बाहिरबाट साधारण मानिसजस्तो देखिनुहुन्थ्यो, तर उहाँ हामीलाई पापहरूबाट छुटकारा दिन सम्पूर्ण मानवजातिका लागि पापबलि बन्न सक्षम हुनुहुन्थ्यो। उहाँले हामीलाई शान्ति र आनन्द, र प्रशस्त अनुग्रह दिन सक्नुहुन्थ्यो। उहाँबाहेक अरू कसैले यस्तो काम गर्न सक्दैनथ्यो किनभने मानिसहरू केवल मानिस हुन्, र तिनीहरूसँग परमेश्वरको सार हुँदैन।
ब्रदर-सिस्टरहरूले के पनि सङ्गति गरे भने सर्वशक्तिमान् परमेश्वर ठिक प्रभु येशूजस्तै हुनुहुन्छ। उहाँ बाहिरबाट हेर्दा साधारण मानिसजस्तो देखिनुहुन्छ, तर उहाँको सार परमेश्वरको हो। उहाँले परमेश्वरको घरबाट सुरु हुने न्यायको काम गरिरहनुभएको छ, मानवजातिलाई शुद्ध गर्ने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र कुनै मानिसले कहिल्यै खोल्न नसक्ने रहस्यहरू खोलिरहनुभएको छ। विशेष गरी परमेश्वरको छ हजार-वर्षे व्यवस्थापनको योजनाका रहस्यहरू, परमेश्वरको कामको तीन चरणका रहस्यहरू, शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्वरले कसरी मानवजातिलाई चरणबद्ध रूपमा मुक्ति दिनुहुन्छ, कसले मुक्ति पाउनेछ र स्वर्गको राज्यमा प्रवेश गर्नेछ, कसलाई हटाइनेछ र दण्ड दिइनेछ भन्ने कुराहरू, र साथै मानिसहरूको शैतानी प्रकृतिको उहाँको खुलासा—परमेश्वरबाहेक अरू कसैले यी सत्यताहरू व्यक्त गर्न सक्दैनथ्यो। कुनै मानिसले त्यसो गर्न सक्दैनथ्यो। यसले के प्रमाणित गर्छ भने सर्वशक्तिमान् परमेश्वरसँग ईश्वरीय सार छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। यी सबै कुरा सुन्दा मलाई देहधारणका केही सत्यता बुझ्न मद्दत मिल्यो, र मैले ख्रीष्टसँग सामान्य मानवता र ईश्वरीय सार दुवै छ भन्ने देखेँ। परमेश्वरप्रतिका मेरा केही अस्पष्ट कल्पना र धारणा हटे। देहधारी परमेश्वरलाई देख्न र छुन सकिन्छ, र उहाँले मानिसहरूसँग आमनेसामने कुरा गर्न सक्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्वर देह बन्ने र सम्पूर्ण मानवजातिलाई मुक्ति दिन वचनहरू व्यक्त गर्न स्वयम् पृथ्वीमा आउने कुरा सोच्दा म साँच्चै उत्साहित र भावुक भएँ। तर जब मैले परमेश्वर न्यायको काम गर्न दोस्रो पटक देहधारी हुनुभएको छ भनी सुनेँ, म अलि चिन्तित भएँ, र अलि डराएँ। म अझै पनि पापमा जिइरहेकाले, मैले सन्देह राख्दै सोचेँ, जब प्रभु मानवजातिको न्याय गर्न फर्कनुहुन्छ, कतै म दोषी ठहरिने र दण्डित हुने त हैन। तथापि, ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेपछि, मैले के थाहा पाएँ भने परमेश्वरको न्यायको काम हामीलाई दोषी ठहराउन र दण्ड दिनका लागि होइन, बरु हामीलाई शुद्ध पार्न र मुक्ति दिनका निम्ति हो। वास्तवमा, प्रभु येशूले मुक्तिको कामको एउटा भाग मात्र गर्नुभयो। उहाँले हाम्रा पापहरू मात्र क्षमा गर्नुभयो। तर हाम्रा पापी प्रकृतिहरू अझै पनि विद्यमान छन्। हामीले परमेश्वरप्रति आफूलाई समर्पित र बाहिरबाट हेर्दा केही असल कार्य गरे पनि हाम्रो प्रकृति अहङ्कार, छलीपन र हठीपन जस्ता शैतानी स्वभावले भरिएको छ। हामी प्रायः अरूको ईर्ष्या गर्छौं र हामी जे गर्छौं त्यो आफ्नै लागि गर्छौं। हामी असाध्यै स्वार्थी छौँ। हामी पूर्ण रूपमा आफ्ना शैतानी स्वभावहरूद्वारा नियन्त्रित र बाँधिएका छौँ, र पापको बन्धनबाट कसरी उम्कने भन्ने हामीलाई थाहै छैन। यो हामीले हरेक दिन देख्न सक्ने तथ्य हो। परमेश्वरले भन्नुभयो: “त्यसकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु” (लेवी ११:४५)। यस पदले स्पष्ट रूपमा हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छैनौँ भन्ने देखाउँछ। त्यसैले परमेश्वरले आखिरी दिनहरूमा हामीलाई शुद्ध गर्न र मुक्ति दिन न्यायको काम गर्नुहुन्छ, ताकि हामी पापको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन र परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने मानिसहरू बन्न सकौँ, जसले उप्रान्त पाप गर्दैनन् र परमेश्वरको प्रतिरोध गर्दैनन्। परमेश्वरको न्यायको कामको लक्ष्य यही हो, जसले प्रभु येशूका अगमवाणीहरू पूरा गर्छ: “तपाईँको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईँको मार्ग सत्यता हो” (यूहन्ना १७:१७)। “तिमीहरूले सत्य जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ” (यूहन्ना ८:३२)।
त्यसपछि हामीले अरू दुईवटा खण्ड पढ्यौँ। परमेश्वरका वचनहरूले भन्छन्: “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। “आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। त्यसपछि एक जना ब्रदरले सङ्गति गरे, “आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले मानवजातिको न्याय गर्न र तिनीहरूलाई शुद्ध पार्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। परमेश्वरका वचनहरूले हाम्रो शैतानी प्रकृतिका साथै हाम्रो भ्रष्टताको वास्तविकताको खुलासा गर्दछन् र न्याय गर्दछन्, अनि उहाँले परीक्षाहरू र शोधनमार्फत हाम्रा भ्रष्ट स्वभावहरू र पापी प्रकृतिहरूलाई समाधान गर्नुहुन्छ ताकि शैतानले मानवजातिलाई कति गहिरोसँग भ्रष्ट तुल्याएको छ भनेर हामीले स्पष्ट रूपमा देख्न सकौँ, र हाम्रो प्रकृतिमा रहेको अहङ्कार, कुटिलपन र छलीपनलाई देख्न सकौँ। सबैभन्दा दुःखलाग्दो कुरा के हो भने यद्यपि हामी परमेश्वरमा विश्वास गर्न सक्छौँ र उहाँप्रति आफूलाई समर्पित गर्न गर्छौं, र बाहिरी रूपमा केही असल कार्य गर्न सक्छौँ, तर यी कुराहरू परमेश्वरप्रतिको प्रेम वा समर्पणताका कारण गरिएका हुँदैनन्, ती त आशिष् र इनाम पाउनका लागि गरिएका हुन्छन्, र परमेश्वरसँग लेनदेन गर्न मात्र गरिएका हुन्छन्। जुन क्षण परमेश्वरको काम हाम्रो सोच र धारणाहरूसँग मिल्ने हुँदैन, त्यस क्षण हामी फरिसीहरूले जस्तै परमेश्वरलाई इन्कार र अस्वीकार गर्छौं। परीक्षाहरू र सङ्कष्टको सामना गर्दा हामी परमेश्वरका बारेमा गुनासो गर्छौं। यी सबैले के देखाउँछन् भने हामी अझै पनि भ्रष्ट शैतानी स्वभावहरूमा जिइरहेका छौँ, र हामी अझै पनि शैतानकै हौँ। त्यस्तो व्यक्ति कसरी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ र? परमेश्वरका वचनहरूमा भएको न्याय र खुलासाले नै हामीलाई हाम्रो भ्रष्टताको वास्तविकता देखाउँछ, हामी परमेश्वरको इच्छा पालन गर्न असमर्थ छौँ र हाम्रा कुनै पनि कार्य वा व्यवहारहरूले उहाँलाई सन्तुष्ट पार्दैनन् भन्ने कुरा बुझाउँछ। त्यसपछि हामी पछुतोले भरिन्छौँ, परमेश्वरसामु पश्चात्ताप गर्छौं, र परमेश्वरका वचनहरूअनुसार आफूलाई आचरणमा ढाल्न र कामकुराहरू गर्न तत्पर हुन्छौँ। परमेश्वरको न्याय र सजाय भोगेर, हामी के देख्छौँ भने परमेश्वरको स्वभाव प्रेम र कृपाले मात्र बनेको छैन, तर त्यसमा धार्मिकता, प्रताप, क्रोध र श्राप पनि छ। हामीमा थोरै भए पनि परमेश्वरको डर मान्ने हृदय हुन थाल्छ र हामी सचेत रूपमा देहविरुद्ध विद्रोह गर्न र परमेश्वरका वचनहरू अभ्यास गर्न सक्षम हुन्छौँ। हामीमा परमेश्वरप्रति केही समर्पणता विकास हुन्छ र हाम्रो जीवन स्वभाव परिवर्तन हुन थाल्छ। तब मात्र हामीले परमेश्वरको न्याय, सजाय, परीक्षाहरू र शोधन नै हाम्रा लागि उहाँको सबैभन्दा ठूलो मुक्ति र सबैभन्दा ठूलो प्रेम हो भन्ने साँचो रूपमा अनुभव गर्छौं।”
ब्रदरबाट यो कुरा सुनेर, आखिरी दिनहरूमा परमेश्वरको न्यायको काम कति गहिरो रूपमा अर्थपूर्ण छ भन्ने कुरा मैले महसुस गर्न सकेँ। परमेश्वरको आखिरी दिनहरूको न्याय अनुभव नगरीकन, हामीले कहिले पनि आफ्नो भ्रष्टताको वास्तविकता बुझ्न सक्दैनौँ वा साँचो पश्चात्ताप प्राप्त गर्न सक्दैनौँ। ठिक मजस्तै, म हरेक दिन प्रभुलाई प्रार्थना गर्थेँ र पाप स्वीकार गर्थेँ, तर फेरि तिनै पापहरू दोहोर्याउँथेँ। म पूर्ण रूपमा मेरो भ्रष्ट प्रकृतिद्वारा नियन्त्रित थिएँ, र त्यस्तो स्थितिमा, म कसरी स्वर्गको राज्यमा प्रवेश गर्न र परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्थेँ र? पहिले मलाई सधैँ के लाग्थ्यो भने, बाहिरबाट हेर्दा मैले राम्रो व्यवहार गरेसम्म, परमेश्वरले मलाई अनुमोदन गर्नुहुनेछ। तर अहिले आएर मैले परमेश्वर हामीभित्र रहेका शैतानी कुराहरू परिवर्तन भएको चाहनुहुन्छ भन्ने महसुस गरेँ। त्यतिखेरै मैले हाम्रा लागि न्यायको काम कति महत्त्वपूर्ण छ, र कामको यो चरणविना कसैले मुक्ति पाउन सक्दैन भन्ने कुरा बुझेँ। परमेश्वरले हाम्रा भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्नका निम्ति आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, ताकि हामी परमेश्वरसँग मिल्ने हुन सकौँ र उहाँको राज्यमा प्रवेश गर्न सकौँ। परमेश्वरको प्रेम कति साँचो र कति वास्तविक छ!
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, म पूर्ण रूपमा निश्चित भएँ कि सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँ आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। यसमा शङ्का गर्ने कुनै ठाउँ छैन। त्यसबेलादेखि, म मण्डलीको जीवनमा सहभागी भएँ, हरेक दिन ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ, र परमेश्वरलाई चिन्न सिकेँ। मैले पहिले जस्तो आफ्नो कल्पनाको अस्पष्ट परमेश्वरमा विश्वास गरिनँ, तर देहमा हुनुहुने व्यावहारिक परमेश्वरमा विश्वास गरेँ, जो मानिसहरूको बीचमा हिँड्नुहुन्छ र काम गर्नुहुन्छ, जसले जुनसुकै समय र जुनसुकै ठाउँमा सत्यता व्यक्त गर्न सक्नुहुन्छ। मैले परमेश्वरको आवाज सुनेको छु, उहाँका वचनहरूको प्रशस्त मलजल र आपूर्तिको आनन्द लिएको छु, र पवित्र आत्माको कामको स्वाद चाखेको छु। म साँच्चै प्रभुको साथमा आएको छु। उहाँको मुक्तिका लागि सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद!