२७. मैले सुपरिवेक्षण अस्वीकार गर्नुको कारण

पार्फे, बेनिन

मैले मण्डलीमा एक वर्षभन्दा बढी समयदेखि नयाँ व्यक्तिहरूलाई मलजल गर्दै आएको थिएँ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले बिस्तारै केही सिद्धान्तमा पकड जमाएँ, र नयाँ विश्वासीहरूलाई मलजल गर्ने मेरो काममा पनि सुधार आयो। मलाई यो कर्तव्य निर्वाह गर्नमा केही अनुभव प्राप्त भएको छ, र मद्दत नलिईकन पनि म नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्न सक्छु। नयाँ विश्वासीहरूले समस्या र कठिनाइहरू भोग्दा, म सत्यता खोजेर तिनको समाधानका लागि मद्दत गर्न सक्थेँ, त्यसैले, मैले आफ्नो कर्तव्य राम्रोसँग कसरी निर्वाह गर्ने भनेर मलाई थाहा भइसक्यो भन्ने सोचेँ। मलाई कसैको मार्गदर्शन आवश्यक छैन, र अरूले मेरो कामको सुपरिवेक्षण र अनुगमन गरिरहनु जरुरी छैन भन्‍ने लाग्यो। त्यसैले, मैले मेरा ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण र सल्लाह स्वीकार गरिनँ, अनि आफूले मलजल गरेका नयाँ विश्वासीहरूको विशष अवस्थाबारे धेरै पृष्ठपोषण पनि दिइनँ। मैले त आफ्नै हिसाबले मात्र काम गरेँ।

एक दिन, सुपरिवेक्षक फियोलीले मलाई केही नयाँ विश्वासीबारे सोध्नुभयो, साथै केही विस्तृत प्रश्न पनि गर्नुभयो। जस्तै, म नयाँ विश्वासीहरूलाई भेलाहरूबारे कसरी खबर गर्थेँ? फलानी सिस्टर वा फलानो ब्रदर किन भेलाहरूमा उपस्थित भएनन्? के म नयाँ विश्वासीहरूका स्थिति वा कठिनाइहरू बुझ्न उनीहरूसँग बारम्बार कुरा गर्ने गर्थेँ? यी प्रश्नहरू सुन्दा, म एकदमै प्रतिरोधी भएँ। मैले सोचेँ, “के उहाँलाई म आफ्नो कर्तव्य गैरजिम्मेवारपूर्ण तरिकाले गर्दै छु जस्तो लाग्छ? के उहाँलाई ममाथि भरोसा छैन?” म एकदमै अवज्ञाकारी भएँ, र उहाँलाई बेवास्ता गर्न खोजेँ। उहाँले मलाई नयाँ विश्वासीहरू भेलामा आउन रुचि राख्छन् कि राख्दैनन् भनेर सोध्नुभयो, मैले झाराटारुवा तरिकाले “छन्” भनेँ र कुनै कुरा पनि विस्तारमा बताइनँ। उहाँले मलाई नयाँ विश्वासीहरूलाई भेलाबारे कसरी खबर गर्नुहुन्छ भनेर सोध्नुभयो, र मैले मेसेज पठाउँछु भनेर बताएँ, तर मैले उनीहरूलाई कसरी खबर गरेँ, उनीहरूले कस्ता कठिनाइहरू भोगे भन्ने जस्ता कुनै विवरण बताइनँ। त्यसपछि उहाँले मलाई नयाँ विश्वासीहरूसँग सत्यताका के-कस्ता पक्षहरूबारे सङ्गति गर्नुभयो भनेर सोध्नुभयो, र मैले अधीर हुँदै मलाई नयाँ विश्वासीहरूसँग कसरी कुरा गर्ने भन्ने थाहा छ भनेर भनेँ, तर मैले आफूले के भनेँ, उनीहरूले कस्तो प्रतिक्रिया दिए, वा उनीहरूका समस्याहरू के थिए भन्‍नेबारे कुनै विवरणहरू दिइनँ। उहाँ मेरो जवाफले सन्तुष्ट हुनुभएन, र मैले ती नयाँ व्यक्तिहरूलाई सहयोग र मद्दत गरिरहेको छु कि छैन भनेर अझै जान्न चाहनुभयो। मलाई लाग्यो, उहाँले मलाई कम आँकिरहनुभएको छ, मानौँ मलाई आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भन्‍ने थाहै छैन, र यसले मलाई निकै असहज बनायो। एक पटक, उहाँलाई म नयाँ विश्वासीहरूसँग बोल्दा उनीहरूको भावनालाई ख्याल गर्दिनँ भन्‍ने थाहा भएछ, त्यसैले उहाँले मलाई भन्नुभयो, “तपाईँले नयाँ विश्वासीहरूको दृष्टिकोणबाट सोच्नुपर्छ। यदि तपाईँ नयाँ विश्वासी हुनुभएको भए, के तपाईँ यस्ता शब्दहरूले खुसी हुनुहुन्थ्यो? के तपाईँ उनीहरूलाई जवाफ दिन चाहनुहुन्थ्यो?” उहाँका शब्दहरू मेरो मनमा बिझायो। मैले “बुझेँ” त भनेँ, तर वास्तवमा त्यो कुरा स्वीकार गरिनँ। मलाई नयाँ विश्वासीहरूसँग बोल्ने मेरो तरिकामा कुनै समस्या छ भन्ने लाग्दैनथ्यो। म सोच्थेँ, यी नयाँ विश्वासीहरूलाई कसरी सङ्गति गर्ने भन्‍ने मलाई थाहा छ, त्यसैले मैले अझै आफ्नै तरिकाले त्यो गर्ने निर्णय गरेँ। अर्को पटक, उहाँले मलाई सामान्यतया नयाँ विश्वासीहरूसँग कसरी सङ्गति गर्नुहुन्छ भनेर सोध्नुभयो, र मैले भनेँ, “मेसेज पठाएर।” उहाँले मलाई नयाँ विश्वासीहरूलाई फुर्सद भएको बेला फोन गर्न सुझाव दिनुभयो। फोन गर्दा प्रत्यक्ष संवाद हुन्छ, अनि उनीहरूका समस्याहरू बुझ्न र मद्दत गर्न सजिलो हुन्छ भनेर भन्नुभयो। तर मैले त्यो स्वीकार गरिनँ, र मेरै तरिका राम्रो छ भन्ने सोचेँ। म उहाँका कुरा सुन्‍न वा उहाँसँग थप कुरा गर्न चाहन्नथेँ, त्यसैले मैले उहाँका प्रश्नहरूको छोटो जवाफ मात्र दिएँ र धेरैजसो समय मौन नै बसेँ। मैले के थाहा पाएँ भने यदि कसैले मसँग नयाँ विश्वासीहरूलाई मलजल गर्ने मेरो कामबारे छलफल गर्न चाह्यो भने, म एकदमै निष्क्रिय र व्याकुल बन्थेँ। किनभने मलाई लाग्थ्यो, तिनीहरूले मलाई खिसी गरिरहेका छन्, मलाई होच्याइरहेका छन्, अनि मलाई आफ्नो कर्तव्य निर्वाह गर्न नजान्ने वा भरोसा गर्न अयोग्य व्यक्ति ठान्छन्। मलाई लाग्थ्यो, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको छु, नयाँ विश्वासीहरूलाई कसरी मलजल गर्ने भनी जान्दछु, मसँग आफ्नै तरिकाहरू छन्, र म सुपरिवेक्षकभन्दा बढी प्रतिभाशाली छु, त्यसैले मैले उहाँको सल्लाह लिनै सकिनँ। मैले मुखले हुन्छ भने तापनि, उहाँको सल्लाहअनुसार बिरलै अभ्यास गरेँ, र मैले आफ्नै हिसाबले नयाँ विश्वासीहरूलाई मलजल गर्ने र उनीहरूसँग कुरा गर्ने गरिरहेँ।

एउटा भेलाको दौरान, मैले परमेश्‍वरका वचनहरू पढेँ र अन्ततः आफ्ना बारेमा केही बुझाइ हासिल गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिस कार्य गर्दा प्रायः सिद्धान्तहरू उल्लङ्घन गर्छन् र काँटछाँट स्वीकार गर्दैनन्। तिनीहरूलाई अरूले भनेका कुराहरू सत्यताअनुरूप छन् भन्‍ने हृदयमा स्पष्ट रूपमा थाहा हुन्छ, तर तिनीहरू ती स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुन्छन्! म किन तिनीहरू अहङ्कारी हुन्छन् भनेर भन्छु? तिनीहरू काँटछाँट स्वीकार गर्न इन्कार गर्दा, अवज्ञाकारी हुन्छन्, अनि के अवज्ञा अहङ्कार होइन र? तिनीहरू आफूले राम्रो गरिरहेको छु भन्‍ने सोच्छन् र तिनीहरू आफूले कुनै गल्ती गर्छु भन्‍ने सोच्दैनन्, जसको अर्थ हो, तिनीहरू आफूलाई चिन्दैनन् र तिनीहरू अहङ्कारी छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको उसको प्रतिरोधको जड हो)। “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूका सबलताहरूलाई आफ्नो सबलतालाई उछिन्न नदिनु र आफ्नो सबलतामाथि हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्‍न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्‍नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्‍न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ। यदि तिमीहरू अलि-अलि गर्दै यी सबै विवरण अझै गहिरो गरी खोतल्न, प्रगतिको अवरोध पार गर्न, र ती कुरा बुझ्न सक्छौ भने; र यदि त्यसपछि तिमीहरू बिस्तारै यी सोचहरूविरुद्ध विद्रोह गर्न, यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूविरुद्ध विद्रोह गर्न सक्छौ, र तिमीहरू तिनका बन्धनमा पर्न छाड्छौ भने; र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, यदि तिमीहरू आफ्नो उचित स्थान भेट्टाउन, सिद्धान्तहरूअनुसार कार्य गर्न, र आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्छौ भने; जति बढी तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्छौ, तिमीहरू त्यसमा त्यति नै राम्रो बन्नेछौ। यसरी, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका हुनेछौ। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् भने, तँमा मानव रूप भएजस्तो देखिनेछ, र मानिसहरूले भन्‍नेछन्, ‘यो व्यक्तिले आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्छ, र उसले व्यवहार्य तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेको छ। ऊ आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, गरम मिजासीपन, वा आफ्नो शैतानी भ्रष्ट स्वभावमा भर पर्दैन। उसले आफूलाई रोक्ने गर्छ, र उसमा परमेश्‍वरको डर मान्ने हृदय छ। उसमा सत्यतालाई प्रेम गर्ने तत्त्वहरू छन्, र उसले आफ्नै देह र प्राथमिकताहरूविरुद्ध विद्रोह गर्ने प्रकटीकरण र प्रकाश देखाउँछ।’ यसरी आफूलाई आचरणमा ढाल्नु कति राम्रो कुरा हो! अरूले तेरा कमीकमजोरीहरूको कुरा उठाउँदा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमीकमजोरी र समस्याहरूलाई स्थिरताका साथ सामना गर्छस्। तेरो मनस्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, गरम मिजासीपनबाट मुक्त हुन्छ। के मानव रूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र समझ हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। विगतमा, म आफू अहङ्कारी छैनँ भन्ने सोच्थेँ, तर परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले आफूलाई एकदमै अहङ्कारी देखेँ। सुपरिवेक्षकले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने केही राम्रा तरिका बताउनुभयो, तैपनि मैले ती पटक्कै स्वीकार गरिनँ। उहाँले मलाई नयाँ विश्वासीहरूलाई कसरी मलजल गर्नुहुन्छ भनेर सोध्दा, म केवल मौन बस्थेँ वा छोटो जवाफ दिन्थेँ, किनभने म इज्जत गुमाउन वा नयाँ विश्वासीहरूलाई मलजल गर्नमा रहेका कमीहरू अरूले देखून् भन्‍ने चाहन्नथेँ। म अरूले ममा सबै कुरा ठिक छन्, मेरो कर्तव्यमा कुनै खराबी छैन, र अरूको सुपरिवेक्षण वा मद्दतविनै म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छु भनेर देखून् भन्‍ने चाहन्थेँ। म साँच्चै अत्यन्तै अहङ्कारी थिएँ। मलाई के पनि लाग्थ्यो भने मेरो कामको रेखदेख गर्ने सिस्टरभन्दा म बढी प्रतिभाशाली छु, म नयाँ विश्वासीहरूलाई कसरी मलजल गर्ने भनी जान्दछु, मसँग आफ्नै तरिकाहरू छन्, र ती प्रभावकारी छन्, त्यसैले म उहाँका सुझावहरू स्विकार्न इच्छुक भइनँ। म केसमेत विश्वास गर्थेँ भने यदि मैले उहाँको सल्लाह स्विकारेँ भने, त्यसको अर्थ मेरो कार्य सामर्थ्य उहाँको भन्दा कम स्तरको छ भन्‍ने हुन्छ। त्यो त लाजमर्दो कुरा हुनेथ्यो। अरूले मेरा बारेमा के सोच्थे होलान् र? त्यसैले मैले बाहिरी रूपमा उहाँका सुझावहरू मानेँ, तर ती बिरलै अभ्यास गरेँ। मेरो अहङ्कारी स्वभावले मलाई आफ्नै दृष्टिकोणमा अडिग रहन लगायो र सत्यता स्वीकार गर्नबाट रोक्यो। यो परमेश्‍वरविरुद्धको विद्रोह थियो। त्यसपछि म शान्त भएँ र मेरी सिस्टरको सुझावबारे सोचेँ। उहाँको कुरा सही छ र यो प्रयास गर्न लायक छ भन्‍ने मलाई लाग्यो। त्यसपछि, मैले नयाँ विश्वासीहरूलाई फोन गर्रेँ। फोनमा कुरा गर्दा उनीहरूका समस्याहरू बुझ्न र उनीहरूलाई तुरुन्तै मद्दत गर्न सजिलो हुँदो रहेछ भन्‍ने मैले थाहा पाएँ। जब मैले उहाँको सल्लाह व्यवहारमा उतारेँ, तब मलजल गर्ने मेरो काम अझ प्रभावकारी बन्यो, र मलाई एकदमै लाज लाग्यो। यस मामलामा, मैले के देखेँ भने म केही हदसम्म प्रतिभाशाली भए तापनि, ममा अझै धेरै कमजोरी छन्। मेरी सिस्टरको मद्दत र मार्गदर्शनविना, मेरो कामका नतिजाहरूमा सुधार आउनेथिएन। मैले के पनि बुझेँ भने म अरूभन्दा उत्तम छैनँ र आफैँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ।

एक दिन, सुपरिवेक्षकले मलाई एक जना नयाँ विश्वासी किन केही दिनदेखि भेलाहरूमा आएको छैन भनेर सोध्नुभयो। मैले बताएपछि, उहाँले म आफ्नो कर्तव्य कसरी पूरा गर्दै छु भन्‍नेबारे थप विवरणहरू जान्न चाहँदै अन्य केही प्रश्न गर्नुभयो। मलाई अप्ठ्यारो लाग्यो, र म एकदमै प्रतिरोधी भएँ। म उहाँका कुनै पनि प्रश्नहरूको जवाफ दिन चाहन्नथेँ, किनभने म उहाँको सुपरिवेक्षण र सोधपुछ स्विकार्न चाहन्नथेँ। मैले म फेरि आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दै छु भन्‍ने बुझेँ, त्यसैले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनका लागि मनमनै उहाँलाई प्रार्थना गरेँ ताकि मैले यस्ता वातावरणहरूप्रति समर्पित हुन, आफ्नो भ्रष्टता चिन्न, अनि अरूको सुपरिवेक्षण र मार्गदर्शन स्विकार्न सिक्न सकूँ। त्यसपछि मैले परमेश्‍वरका केही वचन पढेँ: “ख्रीष्टविरोधीहरू आफूले गर्ने कुनै पनि काममा अरू कसैको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षणलाई निषेध गर्छन्, र यो निषेध विभिन्‍न तरिकाले प्रकट भएको हुन्छ। एउटा चाहिँ इन्कार हो, जुन स्पष्ट र सरल हुन्छ। ‘मैले काम गर्दा हस्तक्षेप गर्न, सोधपुछ गर्न, र सुपरिवेक्षण गर्न छोड। मैले गर्ने जुनसुकै काम मेरो जिम्‍मेवारीमा हुन्छ, यो काम कसरी गर्ने मलाई थाहा छ र मलाई कसैले रेखदेख गरिरहनु पर्दैन!’ यो सिधै गरिने इन्कार हो। अर्को प्रकटीकरण भनेको स्विकार्ने व्यक्तिजस्तो बन्‍नु हो, ‘हुन्छ, सङ्गति गरौँ र काम कसरी गर्ने हेरौँ न’ भनी भन्‍नु, तर जब अरूले साँच्‍चै सोधपुछ गर्न थाल्छन् र आफ्‍नो काम बारे थप कुरा जान्‍न वा केही समस्या औँल्याउन र केही सुझाव दिन थाल्छन्, तब तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (तिनीहरू ग्रहणशील हुँदैनन्।) ठिक भन्यौ—तिनीहरू स्वीकार गर्न मान्दैनन्, अरूका सुझावहरू इन्कार गर्न तिनीहरू निहुँ र बहाना बनाउँछन्, तिनीहरू गलतलाई सही र सहीलाई गलत अर्थ्याउँछन्, तर वास्तवमा, तिनीहरूलाई हृदयमा आफूले जबरजस्ती तर्क गर्दै छु, अलङ्कृत शब्दहरू बोल्दै छु, आफूले भनेको कुरा सैद्धान्तिक मात्र हो, आफूले बोलेका शब्‍दहरू अरूले भन्‍ने कुराजति व्यावहारिक छैनन् भन्ने थाहा हुन्छ। तैपनि तिनीहरू आफ्‍नो हैसियत जोगाउन—अनि आफू गलत छु र अरू मानिस सही छन् भन्‍ने पूर्ण रूपमा जानेर पनि—अरूको सही कुरालाई गलत बनाउँछन्, र आफ्ना गलत कुरालाई सही बनाउँछन्, अनि यही कार्यलाई निरन्तरता दिइरहन्छन्, अनि यसरी सही र सत्यताअनुरूपका कामकुरा आफू भएको स्थानमा प्रस्तुत वा लागू गर्न दिँदैनन्। … तिनीहरूको लक्ष्य के हुन्छ? अरू मानिसहरूको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षण स्वीकार नगर्नु, अनि आफ्नो अहिलेको काम गर्ने शैली उचित, सही, र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूअनुरूप छन्, र कार्यका सिद्धान्तहरूसँग मिल्दो छन्, त्यसकारण अगुवाका रूपमा तिनीहरूले सिद्धान्तहरूअनुरूप व्यवहार गरिरहेका छन् भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई सोच्न लगाउनु। वास्तवमा मण्डलीका थोरै मानिसले मात्रै सत्यता बुझेका हुन्छन्; धेरैजसो मानिस निस्सन्देह सही र गलत छुट्याउन सक्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको वास्तविकतालाई देख्‍न सक्दैनन्, जसले गर्दा स्वाभाविक रूपमै तिनीहरू ती ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। “जब शैतानले काम गर्छ, तब यसले कसैलाई पनि हस्तक्षेप गर्न दिँदैन, यसले गर्ने सबै कुरामा हैकम जमाउन र सबै कुरालाई आफ्नो नियन्त्रणमा राख्‍न चाहन्छ, र कसैले पनि सुपरिवेक्षण वा सोधपुछ गर्न सक्दैन। यदि कसैले हस्तक्षेप गर्‍यो वा कोही बीचमा आयो भने, त्यो त झन् स्वीकार्य हुँदै हुँदैन। ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्छ; तिनीहरूले जे गरे पनि, कसैलाई सोध्‍ने अनुमति हुँदैन, र तिनीहरूले पर्दापछाडि जसरी काम गरे पनि, हस्तक्षेप गर्ने अनुमति कसैलाई हुँदैन। ख्रीष्टविरोधीको व्यवहार यस्तै हुन्छ। एक हिसाबमा तिनीहरूमा अत्यन्तै अहङ्कारी स्वभाव भएकाले र अर्को हिसाबमा तिनीहरूमा समझको कमी भएकाले तिनीहरू यस्तो व्यवहार गर्छन्। तिनीहरूमा समर्पणको पूर्ण अभाव हुन्छ, र तिनीहरू कसैलाई पनि तिनीहरूको सुपरिवेक्षण वा तिनीहरूको कामको निरीक्षण गर्न दिँदैनन्। यी कार्यहरू साँच्‍चै नै दुष्टका काम हुन्, जुन सामान्य व्यक्तिको कामभन्दा पूर्ण रूपमा फरक हुन्छन्। काम गर्ने जोकोहीलाई अरूसँगको सहकार्य चाहिन्छ, उसलाई मानिसहरूको सहयोग, सुझाव, र सहकार्यको आवश्यक पर्छ, र यदि कसैले सुपरिवेक्षण वा नियाल्छ भने पनि त्यो नराम्रो कुरा होइन, त्यो आवश्यक कुरा हो। कामको एउटा भागमा गल्तीहरू भए, र नियाल्‍ने मानिसहरूले ती पत्ता लगाए, अनि तिनलाई तुरुन्तै समाधान गरियो, र काममा भएका घाटाहरू पूर्ति गरियो भने, के यो ठूलो सहयोग हुँदैन र? त्यसकारण, जब बाठा मानिसहरू काम गर्छन्, तब तिनीहरूलाई अरू मानिसहरूले सुपरिवेक्षण, अवलोकन, र सोधपुछ गरेको मन पर्छ। यदि संयोगले गल्ती भयो, र यी मानिसहरूले यो गल्ती औँल्याइदिन सके, अनि गल्तीलाई तुरुन्तै सुधार गरियो भने, के यो निकै चाहिएको परिणाम होइन र? यस संसारमा अरूको सहयोग नचाहिने कोही पनि छैन। अटिजम वा डिप्रेसनमा परेका मानिसहरू मात्रै एकलै बस्‍न र अरू मानिसहरूसँग सम्पर्कमा वा सञ्‍चारमा नबसी रहन मन पराउँछन्। जब मानिसहरूलाई अटिजम वा डिप्रेसन भएको हुन्छ, तब तिनीहरू सामान्य हुँदैनन्। तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। यदि मानिसहरूको मन र समझ सामान्य छ, र तिनीहरू अरूसँग कुराकानी गर्न चाहँदैनन् र तिनीहरू आफूले गर्ने कुनै पनि कुरा अरूले थाहा नपाऊन् भन्छन्, तिनीहरू विभिन्‍न कुरा लुकेर, गुप्त रूपमा, पर्दापछाडि गर्न चाहन्छन् भने, र अरूको कुरा पटक्‍कै सुन्दैनन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, होइनन् र? तिनीहरू ख्रीष्टविरोधी हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। मलाई मैले परमेश्‍वरले खुलासा गरेको जस्तै व्यवहार गरिरहेको छु भन्‍ने थाहा भयो। मलाई आफ्नो कर्तव्यमा अरूको सल्लाह र सुपरिवेक्षण स्वीकार गर्न एकदमै गाह्रो भयो। आफूमा कठिनाइहरू हुँदासमेत, म कहिल्यै ती खुलासा गर्दिनथेँ वा अरूलाई थाहा हुन दिँदिनथेँ, किनभने मलाई लाग्थ्यो, यो काम मलाई दिइएको हुनाले, म जिम्मेवार छु, मेरो हैकम चल्छ, र म यो आफ्नै ढङ्गले गर्न सक्छु। मलाई लाग्थ्यो, म आफ्नो कर्तव्य राम्ररी कसरी निर्वाह गर्ने भनेर जान्दछु, र मलाई सुपरिवेक्षक चाहिँदैन, न त मेरो अनुगमन गर्ने वा मलाई सल्लाह दिने व्यक्ति नै चाहिन्छ। म अरूको सल्लाहलाई मेरा कमीहरूको खुलासा वा मेरो क्षमतामा प्रश्न उठाएको ठान्थेँ, त्यसैले म त्यो सुन्‍न चाहन्नथेँ। अब मैले यो त अहङ्कार र मूर्खता पो रहेछ भनेर बुझेँ। यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने समझ थिएन। मेरो अहङ्कारी प्रकृतिले मलाई कसैको आज्ञा नमान्ने, अनि अरूको सुपरिवेक्षण र सल्लाह कहिल्यै नस्विकार्ने बनायो। म सधैँ हैकम चलाउन र आफ्नै इच्छाअनुसार नयाँ विश्वासीहरूलाई मलजल गर्न चाहन्थेँ। विगतमा, म नयाँ विश्वासीहरूसँग आफ्नै तरिकाले कुरा गर्थेँ, जुन मेसेजहरू पठाउने र नयाँ विश्वासीहरूलाई बिरलै फोन गर्ने मात्र थियो। जब केही नयाँ विश्वासीले मलाई केही दिनसम्म जवाफ दिँदैनथे, तब म उनीहरूलाई पन्छाउँथेँ, र मसँग कुरा गर्न चाहने नयाँ विश्वासीहरूसँग भेला हुन जारी राख्थेँ, र परिणामस्वरूप, केही नयाँ विश्वासीलाई समयमै मलजल गर्न सकिएन, र उनीहरूमध्ये केहीले भेला समूह नै छोडे। के मेरा कार्यहरू ख्रीष्टविरोधीको जस्तै थिएनन् र? ख्रीष्टविरोधीहरू सुपरिवेक्षण गरिन मन पराउँदैनन्। तिनीहरू सबै कुरा आफैँ नियन्त्रण गर्न, कामकुराहरू आफ्नै तरिकाले वा आफ्नै रायअनुसार गर्न चाहन्छन्, तिनीहरू कहिल्यै कसैको आज्ञापालन गर्दैनन् वा अरूको सल्लाह लिँदैनन्, अनि तिनीहरू आफ्नो काम राम्ररी निर्वाह गर्न अरूसँग सहकार्य गर्दैनन्। म ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेको छु भन्‍ने मैले देखेँ, अनि त्यसपछि मात्र म डराएँ। मैले परमेश्‍वरका वचनहरूबाट के पनि सिकेँ भने हरेकका आफ्नै कमजोरी र कमीहरू हुन्छन्, त्यसैले हामीलाई अरूको सल्लाह र मद्दत चाहिन्छ। हामीले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न मानिसहरूसँग सहकार्य गर्नुपर्छ। सुपरिवेक्षकले मेरो कामको अनुगमन गरेर र मलाई सुझावहरू दिएर मलाई मद्दत गरिरहनुभएको थियो। साथै, यो कामका लागि लाभदायक थियो, तर म त्यो स्वीकार गर्न चाहन्नथेँ। परिणामस्वरूप, मैले मण्डलीको कामलाई हानि गरेँ। यो एकदमै गम्भीर मामला थियो।

त्यसपछि मैले परमेश्‍वरका केही वचन पढेँ: “जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै तँलाई थोरै सुपरिवेक्षण गर्छ वा नियालेर हेर्छ, वा तँलाई गहिराइमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरको कामप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले कुनै नकारात्मक विचारहरू बोक्नु हुँदैन, र नकारात्मक भावनाले प्रतिक्रिया दिनु हुँदैन। यदि अरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यसलाई स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको छानबिनलाई स्विकार्छस् भन्‍ने हुन्छ। यदि मानिसहरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यो स्विकार्दैनस्, र तैँले यी सबैको विरोध समेत गर्छस् भने, के तँ परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको छानबिन मानिसहरूले तँलाई बुझ्ने प्रयास गरेको भन्दा विस्तृत, गहन र सही हुन्छ; परमेश्‍वरका मागहरू ज्यादा निश्‍चित, कठोर, र गहन हुन्छन्। यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा गरिने सुपरिवेक्षण समेत स्विकार्न सक्दैनस् भने, तैँले परमेश्‍वरको छानबिन स्विकार्छु भनेर गरेको दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको छानबिन र जाँचलाई स्वीकार गर्न सक्षम हुनका निम्ति, सर्वप्रथम तैँले परमेश्‍वरको घर, अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूद्वारा गरिएको सुपरिवेक्षणलाई स्विकार्नैपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७))। “यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ गरम मिजास राख्छस्, यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण गर्ने र सम्हालनेसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्‍ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै घटिया कार्य होइन र? यो र दियाबलसको राजाबीच के फरक छ र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? यदि तँ डराइस् भने यसले तेरो हृदयमा केही लुकेको छ भन्‍ने देखाउँछ। यदि तँमा समस्या छ भन्‍ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो समझदार कुरा हो। यदि तँमा समस्या छ भन्‍ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै असमझदार व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्‍भीर हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ दुष्ट व्यक्ति वा अविश्‍वासी होस् भनी खुट्ट्याएमा, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले तेरो तरिका गलत छ वा तैँले भ्रष्ट स्वभाव प्रकट गर्छस् भनेर पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, यसले तेरो वरिपरिका मानिसहरूलाई तेरो सुपरिवेक्षण गर्न मद्दत गर्नेछ। सुपरिवेक्षण स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु, उहाँमा भरोसा गर्नु, र निरन्तर आत्मजाँच गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले स्वेच्छाचारी र तानासाही शैलीमा काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र सचेत गराउँछ, तब तैँले त्यो कुरा स्वीकार गर्नैपर्छ र तुरुन्तै आत्मचिन्तन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूका मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र सचेत गराइरहेको छ भने, के तैँले थाहै नपाई सुरक्षा पाइरहेको हुँदैनस् र? तेरो लागि, यो एक प्रकारको सुरक्षा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूले हामीलाई अरूको सुपरिवेक्षण स्वीकार गर्नुको महत्त्व र फाइदाहरू स्पष्ट रूपमा बताउँछन्। पहिले, मैले सुपरिवेक्षण गरिनुका फाइदाहरू साँच्चै बुझेको थिइनँ, जसले गर्दा म सुपरिवेक्षण गर्नेहरूको प्रतिरोध गर्थेँ। म सोच्थेँ, उनीहरूले मलाई नियन्त्रण गर्न खोजिरहेका छन् वा मप्रति घृणा देखाइरहेका छन्। यदि कोही कामबारे बुझ्न मकहाँ आयो भने मलाई मनमा यस्तो हुन्थ्यो मानौँ ऊ म गैरजिम्मेवार, अग्रसरता नभएको, र काम गर्न असक्षम छु, अनि आफ्नो कर्तव्य राम्ररी वा अरूले जत्ति गर्न सक्दिनँ भन्ने ठान्छ। त्यसैले अरूले मलाई गर्ने सुपरिवेक्षणप्रति म एकदमै प्रतिरोधी भएँ। तर मैले परमेश्‍वरका वचनहरूबाट मेरो राय गलत छ र यो सत्यताअनुरूप छैन भन्‍ने देखेँ। सबैको आफ्नो काममा कमजोरीहरू हुन्छन्, र सुधार गर्न अन्य ब्रदर-सिस्टरहरूको मद्दत आवश्यक पर्छ। तर मैले सुपरिवेक्षण स्वीकार गर्न मानिनँ। के म यसरी आफ्नो काममा भएका गल्तीहरू सुधार्न र आफ्नो काम अझ राम्ररी गर्न सक्थेँ? मेरा ब्रदर-सिस्टरहरूले मेरो कामको सुपरिवेक्षण गर्नु निकै महत्त्वपूर्ण थियो, किनभने उनीहरूले कामका लागि बोझ बोकिरहेका र आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए। मैले उनीहरूको सुपरिवेक्षणप्रति मौन बस्ने र अस्वीकार गर्ने मनोवृत्ति राख्नु हुँदैनथ्यो। मैले खुलस्त भएर उनीहरूलाई आफ्नो कामका कठिनाइहरू र वास्तविक अवस्था बताउनुपर्थ्यो। त्यो मण्डलीको कामका लागि अझ राम्रो हुनेथ्यो। सुपरिवेक्षण स्वीकार गरेर, म आफ्ना कमीहरू देख्न र म सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छु कि गर्दिनँ भनेर चिन्तन गर्न सक्छु। अब मैले परमेश्‍वरको अभिप्राय बुझेँ। अरूले बारम्बार मेरो कामको सुपरिवेक्षण र जाँच गर्नुले मलाई आफ्नै इच्छाले कार्य गर्नबाट अनि यसरी बाधा र अवरोध पुर्‍याउने कामकुराहरू गर्नबाट रोक्न सक्छ। यो वास्तवमा मेरो लागि परमेश्‍वरको सुरक्षा हो।

मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “मलाई भन्, के कोही सिद्ध छ? कोही व्यक्ति धेरै बलियो भए पनि, र ऊ सक्षम र प्रतिभाशाली भए पनि, ऊ अझै पनि सिद्ध हुँदैन। यो एक तथ्य हो। मानिसहरूमा यो बुझाइ हुनैपर्छ, र मानिसहरूमा आफ्नै सबल पक्ष र गुणहरू अनि आफ्नै कमजोरीहरूप्रति हुनुपर्ने सही मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने चेतना हो। यदि तँसँग यो चेतना छ भने, तँ आफ्नै सबल पक्ष र कमजोरीहरूलाई, साथै अरूकालाई पनि सही तरिकाले लिन सक्छस्, र यसरी तँ अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्षम हुनेछस्। यदि तँ सत्यताको यो पक्ष बुझ्छस् र सत्यता वास्तविकताको यस पक्षमा प्रवेश गर्न सक्छस् भने, तँ दाजुभाइ तथा दिदीबहिनीहरूसँग मित्रवत् रूपमा रहन सक्छस्, र आफ्ना कमजोरीहरू हटाउन तिनीहरूका सबल पक्षहरूबाट सिक्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ त्यसमा झन्-झन् राम्रो हुँदै जानेछस् र तँसँग परमेश्‍वरको आशिष्‌ हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनमार्फत मैले के बुझेँ भने हरेकका आफ्नै सबलता र कमजोरीहरू हुन्छन्, र यस संसारमा कोही पनि सिद्ध छैनन्। मानिसहरू जतिसुकै बलिया भए तापनि, उनीहरूमा अझै कमजोरीहरू हुन्छन् र उनीहरूलाई अरूको मद्दत चाहिन्छ। हामीले मण्डलीमा जुनसुकै कर्तव्य निर्वाह गरे तापनि, त्यो अरूको मद्दत र सहकार्यबाट अलग हुन सक्दैन। हामी शैतानद्वारा यति गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ कि हामी सधैँ आफ्ना भ्रष्ट स्वभावहरूद्वारा व्यवहार गर्छौँ, त्यसैले सिद्धान्तहरूबाट विचलित हुनबाट जोगिन र आफ्ना गल्तीहरू कम गर्न हामीलाई आफ्ना ब्रदर-सिस्टरहरूको सम्झौटो र सुपरिवेक्षण चाहिन्छ। अरू मेरो कामका समस्याहरू बुझ्न मकहाँ आउँदा, मैले त्यसलाई आफूलाई सुधार्ने मौकाका रूपमा प्रयोग गर्नुपर्थ्यो, र आफ्ना कमजोरीहरूको परिपूर्ति गर्न उनीहरूका सबलताहरूबाट सिक्नुपर्थ्यो। त्यसो गर्दा मलाई र मण्डलीको कामलाई मद्दत पुग्नेथ्यो। मैले के पनि बुझेँ भने मेरो कामको रेखदेख गर्ने सिस्टरलगायत अरू कोहीभन्दा म उत्तम छैनँ। मैले अरूको मार्गदर्शन र सल्लाह स्वीकार गर्नुपर्छ, आफ्ना विचलन र गल्तीहरू सुधार्नुपर्छ, र आफ्ना कमजोरीहरू प्रकट गर्ने र अरूबाट मद्दत खोज्ने हिम्मत गर्नुपर्छ। यो नै सामान्य समझ र मानवता भएको व्यक्ति हुनु हो। त्यसपछि मैले मेरी सिस्टरको सल्लाह स्वीकार गर्न थालेँ, र उहाँले प्रश्नहरू सोध्दा वा नयाँ विश्वासीहरूको अवस्थाको कुनै पनि पक्षबारे जान्न चाहँदा, मैले खुला रूपमा छलफल गरेँ र उहाँलाई विस्तृत रूपमा बताएँ। यसरी अभ्यास गर्दा, म आफ्नो कर्तव्यमा अझ प्रभावकारी बनेँ।

एक दिन, मेरी सिस्टरले मलाई नयाँ विश्वासीहरूको अवस्थाका बारेमा सोध्नुभयो। मैले निसङ्कोच भएर उहाँका प्रश्नहरूको जवाफ दिएँ र केही नयाँ विश्वासी नियमित रूपमा उपस्थित नहुनुका कारणहरूबारे विवरणहरू बताएँ। उहाँले मलाई केही मुख्य बुँदाहरू सम्झाउनुभयो, अनि मैले ती लेखेँ र सबै व्यवहारमा उतारेँ। मैले अरूको सल्लाह लिनु एकदमै राम्रो कुरा हो, जुन मेरा लागि र मण्डलीको काम दुवैका लागि लाभदायक छ भन्‍ने देखेँ। भविष्यमा म अरूको सुपरिवेक्षण स्वीकार गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न इच्छुक छु।

अघिल्लो:  २६. कोभिड सङ्क्रमण भएपछिको चिन्तन

अर्को:  २८. पाका उमेरकाहरूले पनि परमेश्‍वरको गवाही दिन सक्छन्

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger