४६. बुद्धिमती कन्याहरूले प्रभुलाई कसरी स्वागत गरे

अनिक, फ्रान्स

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वर जहाँसुकै देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरको देखा पराइ देख्‍नका लागि योग्य हुन्छन्। तेरा धारणालाई छोडिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्‍वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई ज्योति दिनुहुनेछ। तिमीहरूका ‘असम्भवता’का तर्कलाई छोडिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्‍वरले मानिसका सोचाइ र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरूद्वारा जति कल्पना गर्न सक्दैन, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्रायहरू समावेश हुन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ)। परमेश्‍वर हरेकपटक मानवजातिमाझ काम गर्न देखा पर्नुहुँदा, वचन व्यक्त गर्नुहुन्छ, र आफ्ना धारणा त्याग्न र सत्यता स्विकार्न सक्नेले मात्र परमेश्‍वरको देखापराइलाई देख्न सक्नेछ। त्यसैले, प्रभुलाई स्वागत गर्ने मुख्य कुरा परमेश्‍वरको आवाज सुन्न ध्यान दिनु हो, र त्यसका आधारमा प्रभुलाई चिन्नु र स्वागत गर्नु हो। सर्वशक्तिमान् परमेश्‍वरका वचनमा परमेश्‍वरको आवाज चिन्नेहरू परमेश्‍वरको सिंहासनसामु उठाइ लगिन्छन् र उहाँसँगै प्रभुको भोजमा सहभागी हुन्छन्। तिनीहरू सबैभन्दा आशिषित् बुद्धिमती कन्या हुन्। प्रभुमा मेरो अघिल्लो विश्‍वासमा, म खालि बाइबलका शाब्दिक वचनमा मात्र टाँसिएँ, अनि आफ्ना धारणा र कल्पनाका आधारमा प्रभु बादलमा आएर मलाई स्वर्गको राज्यमा लैजानुहुने तृष्णा गरेँ। जब मैले प्रभु फर्कनुभएको छ भन्‍ने सुनेँ, तब यसबारे खोजी वा अनुसन्धान गरिनँ, न त परमेश्‍वरको आवाज नै सुनेँ। म झन्डै मूर्ख कन्या बनेर प्रभुको पुनरागमनलाई स्वागत गर्ने मौका गुमाइरहेकी थिएँ। धन्न, परमेश्‍वरको मार्गदर्शनले मैले परमेश्‍वरको आवाज सुनेँ र थुमाको विवाह भोजमा सरिक भएँ।

सन् २०१८, अप्रिलको एक दिन, प्रभुमा विश्‍वासी एक सिस्टरले मेरो मिल्ने साथी मिरेललाई “मेरो घर कहाँ छ” भन्‍ने चलचित्र एकदमै राम्रो र यथार्थपरक छ भनेर पठाइन्। मिरेइल सँगै हेरौँ भनेर मकहाँ आइन्। मुख्य पात्र पीडा र निराशामा हुँदा उनले मोटो पुस्तक खोलेकी र त्यसका पानाहरूमा फेरि जीवनको आशा भेटेकी मैले देखेँ। तर, उनले पढिरहेको किताब बाइबल थिएन, र यसको विषयवस्तु हाम्रा लागि बिलकुलै नयाँ थियो। अचम्म मानेर हामी हेर्दै गयौँ। पछि, मुख्य पात्र सङ्कटमा हुँदा, उनको मण्डलीका ब्रदर-सिस्टरहरू उनलाई मद्दत गर्न आए। तिनीहरूले एकअर्कालाई प्रोत्साहित र मद्दत गर्दै यो पुस्तक सँगै पढे। कथा खुल्दै जाँदा मैले आँसु थाम्न सकिनँ। चलचित्रका मानिसहरू हाम्रो अँध्यारो समाजका स्वार्थी मानिसहरूभन्दा फरक थिए, र मलाई उनीहरूले पढेको कुरा विशेषजस्तो लाग्यो। हामीलाई यो पुस्तकमा के छ भनेर जान्ने एकदमै चाहना भयो, त्यसैले, हामीले भिडियोको तल दिइएको जानकारी पढ्यौँ। तर, जब यसले प्रभु येशू देखा परिसक्नुभएको छ भनेको देखेँ, तब मैले यो विश्‍वास नै गर्न सकिनँ, र सोचेँ, “यो हुनै सक्दैन! प्रेरित १:११ मा भनिएको छ: ‘ए गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूबाट स्वर्गमा उठाइएका यही येशू, जसरी उहाँ स्वर्ग जानुभएको तिमीहरूले देख्यौ त्यसरी नै आउनुहुनेछ।’ प्रभु येशू बादलमा जानुभएको थियो, र उहाँ आखिरी दिनहरूमा फर्कँदा ठुलो महिमाका साथ फेरि बादलमा नै आउनुपर्छ। अहिले, यस्तो भएको छैन, तर यसले यहाँ प्रभु देखा पर्नुभएको छ भन्छ। यो बाइबलसँग मिल्दैन।” मैले मिरेललाई आफूले सोचिरहेको कुरा बताएँ र उनी मसँग सहमत भइन्। त्यसपछि, हामीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीबारे थप जाँचपड्ताल गरेनौँ, तर त्यो चलचित्र अझ केहीपटक हेर्‍यौँ।

केही समयसम्म, प्रभुको पुनरागमनको खबर मेरो दिमागमा घुमिरह्यो, र फेरि केही महिनापछि मिरेल र मबीच यसबारे कुरा भयो। हामीले त्यस चलचित्रमा उनीहरूले पढेका वचनले उनीहरूलाई कसरी आस्था र आशा दिएका थिए, र कसरी ती वचन जोकोहीले यतिकै बोल्न सक्ने कुराजस्तो लाग्दैनथ्यो भन्‍नेबारे कुरा गर्‍यौँ। सम्पूर्ण धार्मिक संसारमा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले मात्रै प्रभुको पुनरागमनको गवाही दिइरहेको थियो, त्यसैले कुरा सायद यति सरल थिएन। तर, फेरि मैले प्रभु बादलमा फर्कनुहुनेछ भनेर बाइबलले प्रस्टसँग भनेको र पास्टर र एल्डरहरूले पनि यही भनेको कुरा सम्झेँ। त्यसोभए, किन यस मण्डलीले प्रभु फर्किसक्नुभएको छ भन्दैथ्यो? यो सब के थियो? हामीले यसबारे खोजी र अनुसन्धान गर्नुपर्छ कि पर्दैन? मलाई एकदमै दोधार भयो, त्यसैले मिरेल र मैले सँगै प्रार्थना गर्‍यौँ, सही छनोट गर्न प्रभुलाई मार्गदर्शन माग्यौँ। पछि, मैले सोचेँ, “परमेश्‍वर सबथोकको सार्वभौम हुनुहुन्छ र उहाँसँग आफूले चाहेअनुसार गर्न सक्ने शक्ति छ। हामी कसरी उहाँको कामलाई आफ्नो सोच र धारणामा सीमित गर्न सक्छौँ र? यदि सर्वशक्तिमान् परमेश्‍वर साँच्चै नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ र मैले खोजी वा अनुसन्धान गरिनँ, अनि प्रभुलाई स्वागत गर्ने मौका गुमाएँ भने बाँकी जीवनभर मलाई यसको पछुतो हुनेछैन र?” त्यसैले, हामीले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम अनुसन्धान गर्ने निर्णय लियौँ। हामीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको वेबसाइटमार्फत सिस्टर एन्नासँग सम्पर्क गर्‍यौँ। उनले हामीलाई ब्रदर पियरसँग परिचय गराइन्, र हामी प्रभुको पुनरागमनका विषयमा चर्चा गर्न भेला भयौँ।

भेलामा, मैले आफ्नो दोधारबारे यसरी बताएँ, “प्रेरित १:११ ले प्रभु जसरी जानुभयो त्यसरी नै फर्कनुहुनेछ भन्छ। उहाँ सेतो बादलमा जानुभएकाले, पक्कै पनि उहाँ आखिरी दिनहरूमा फर्कनुहुँदा सेतो बादलमा नै फर्कनुपर्छ। मण्डलीका हाम्रा पाष्टर र एल्डरहरू सधैँ यही भन्छन्, र हामीलाई पनि यही लाग्छ। हामीले अहिलेसम्म प्रभु सेतो बादलमा आउनुभएको देखेका छैनौँ, त्यसोभए तपाईँ कसरी उहाँ फर्किसक्नुभयो भन्न सक्नुहुन्छ?” ब्रदर पियरले भने, “प्रभु बादलमा आउने अगमवाणी अवश्य पूरा हुनेछ, तर हामी त्यो एउटा अगमवाणीलाई मात्र हेरेर प्रभु फर्कने तरिकालाई सीमित गर्न सक्दैनौँ। बाइबलमा प्रभु बादलमा आउनेबारे मात्र अगमवाणीहरू छैनन्, उहाँ गुप्त रूपमा आउने अगमवाणीहरू पनि छन्। जस्तै, प्रकाश ३:३: ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ।’ प्रकाश १६:१५: ‘हेर, म चोरजस्तै आउँछु।’ मत्ती २५:६: ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ।’ र मार्क १३:३२, जसले भन्छ: ‘तर त्यो दिन र त्यस समयको बारेमा कुनै मानिसलाई थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रले, तर पिताले।’ यी अगमवाणीले प्रभु ‘चोरजस्तै’ आउनुहुनेछ भन्छ। र ‘त्यो दिन र त्यस समयको बारेमा कुनै मानिसलाई थाहा छैन’ जसको अर्थ प्रभु चुपचाप, गुप्त रूपमा, कसैले थाहा नपाउने गरी आउनुहुनेछ र उहाँलाई देख्दा कसैले चिन्नेछैन। यी अगमवाणीहरूको अर्थ प्रभु गुप्त रूपमा आउनुहुनेछ। प्रभु मानिसको पुत्रका रूपमा आउनेबारे बाइबलमा धेरै अगमवाणी छन्, जस्तै, लुका १२:४०: ‘यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ,’ र १७:२४-२५: ‘किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ यहाँ ‘टमानिसको पुत्र’ भन्नाले सामान्य मानवतामा मानिसबाट जन्मेको भन्‍ने अर्थ हुन्छ। परमेश्‍वरको आत्मा वा आत्मिक शरीरलाई मानिसको पुत्र भन्न मिल्दैन। यहोवा परमेश्‍वर आत्मा हुनुहुन्छ, त्यसैले उहाँलाई मानिसको पुत्र भन्न मिल्दैन। प्रभु येशूलाई ‘मानिसको पुत्र’ र ‘ख्रीष्ट’ भनिन्छ, किनभने उहाँ देहमा परमेश्‍वरको आत्मा हुनुहुन्थ्यो। तसर्थ, प्रभुले मानिसको पुत्र आउने उल्लेख गर्नुको अर्थ, परमेश्‍वर आखिरी दिनहरूमा फर्कनुहुँदा मानिसको पुत्रका रूपमा देहधारी हुनुहुनेछ भन्‍ने हो। विशेष गरी, एउटा पदले भन्छ, ‘तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ।’ यो प्रभु देहमा फर्की आउनुहुनेछ भन्‍ने थप प्रमाण हो। प्रभु देहमा नआएर आत्मिक रूपमा देखा पर्नुभयो भने सबै जना धेरै डराउनेथिए, कसैले पनि उहाँको प्रतिरोध वा निन्दा गर्ने आँट गर्नेथिएन। उहाँले कष्ट भोग्नुपर्ने थिएन, न त यस पुस्ताद्वारा इन्कार नै हुनुपर्ने थियो। त्यसैले, परमेश्‍वर मानिसको पुत्रका रूपमा देहधारी हुनु र गुप्तमा आउनु आखिरी दिनहरूमा प्रभु आउने अर्को तरिका हो।” यो बेला, मैले सोचेँ, “यो त अविश्‍वसनीय कुरा हो, मैले कल्पना गरेभन्दा परको कुरा! तर ब्रदर पियरले प्रमाणद्वारा आफ्नो सङ्गतिको समर्थन गरे, र उनले भनेका सबै कुरा बाइबल र प्रभु येशूका अगमवाणीसँग पूर्ण रूपमा मेल खान्थे, जुन एकदमै विश्‍वस्त पार्ने थियो।” मैले यी पदहरू धेरैपटक पढेकी थिएँ, तर ती प्रभु गुप्त रूपमा देहधारी हुनेबारे हुन् भनेर कहिल्यै बुझेकी थिइनँ। मेरा पुराना विचारहरू पूरै गलत साबित भए। मिरेलले पनि सोच्नमग्न भई टाउको हल्लाउँदै भनिन्, “हो त, तपाईँले भनेको कुरा प्रभुका वचनअनुरूप छन्।” तर म अझै पनि एउटा कुरामा दोधारमा थिएँ, त्यसैले मैले उनलाई सोधेँ, “यदि प्रभु मानिसको पुत्रका रूपमा देहधारी भई गुप्तमा आउनुहुन्छ भने उहाँ बादलमा आउने अगमवाणी चाहिँ कसरी पूरा हुन्छ? यो विरोधाभास छ, हैन र?” ब्रदर पियरले यसो भन्दै उत्तर दिए, “यी दुई प्रकारका अगमवाणीबीच कुनै विरोधाभास छैन, किनभने प्रभुका वचन कहिल्यै निष्फल हुन सक्दैनन्। उहाँका अगमवाणीहरू सधैँ पूरा हुनेछन्। यति मात्र हो, ती परमेश्‍वरको कामका चरणअनुरूप क्रमिक रूपमा पूरा हुन्छन्। फर्कनुभएको प्रभुको देखापराइ र काममा, पहिले उहाँ मानिसको पुत्रका रूपमा देहधारण गर्नुहुन्छ, गुप्त रूपमा मानवजातिमाझ काम गर्न देखा पर्नुहुन्छ, अनि त्यसपछि उहाँ खुला रूपमा देखा परी बादलमा आउनुहुन्छ।” दोधार हुँदै मैले सोधेँ, “पहिले उहाँ गुप्तमा आउनुहुन्छ र त्यसपछि खुला रूपमा देखा पर्नुहुन्छ? यसबारे थप बताइदिनुहुन्छ कि, ब्रदर?”

ब्रदर पियर भन्दै गए, “आखिरी दिनहरूमा परमेश्‍वर सत्यता व्यक्त गर्न, परमेश्‍वरको घरबाट सुरु गरी न्यायको काम गर्न र विपत्तिअघु विजेताहरूको समूह बनाउन पहिले देह धारण गरी गुप्तमा आउनुहुन्छ। त्यसपछि, परमेश्‍वरले विपत्ति ल्याउनुहुनेछ र असललाई इनाम, अनि दुष्टलाई दण्ड दिनुहुनेछ। विपत्तिपछि, परमेश्‍वर बादलमा आई सबै राष्ट्र र मानिससामु खुला रूपमा देखा पर्नुहुनेछ। परमेश्‍वरले देहमा गुप्त रूपमा काम गर्नुहुँदा, उहाँको देखापराइको तृष्णा गर्ने सबै साँचो विश्‍वासीहरूले उहाँको आवाज सुन्छन् र सर्वशक्तिमान् परमेश्‍वरतर्फ फर्कन्छन्। यी सबै बुद्धिमती कन्या हुन्; यदि तिनीहरू परमेश्‍वरका वचनद्वारा न्याय गरिइएर र धोइएर विजेता बनाइए भने, तिनीहरू विपत्तिबाट बच्नेछन्। सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम नस्विकार्ने, अनि यसको प्रतिरोध र निन्दासमेत गर्नेहरूको हकमा भने, परमेश्‍वर बादलमा आई खुला रूपमा देखा पर्नुहुँदा, तिनीहरूले आफूले प्रतिरोध र निन्दा गरेको सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर देख्नेछन्, अनि तिनीहरूले आफ्नो छाती पिट्नेछन्, रुँदै दाँत किट्नेछन्। यसले प्रभु बादलमा आउने यो अगमवाणी पूरा गर्नेछ: ‘अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्(मत्ती २४:३०)। ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब सगोत्रीले विलाप गर्नेछन्(प्रकाश १:७)।” त्यसपछि, ब्रदर पियरले हामीलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाए: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइ हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुन सक्छ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने समय पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्गलाई छोड्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। … सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। त्यसपछि मैले बुझेँ। यसबाट के थाहा हुन्छ भने, प्रभु फर्कनुहुँदा, पहिले गुप्तमा आउनुहुन्छ र विजेताहरूको समूह बनाउनुहुन्छ, अनि उहाँले ठुला विपत्तिहरूको वर्षा गर्नुहुन्छ, असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ। त्यसपछि, उहाँ ठुलो महिमाका साथ बादलमा आई सबै राष्ट्र र मानिसहरूसामु खुला रूपमा देखा पर्नुहुन्छ। यी दुई प्रकारका अगमवाणीहरूबीच कुनै विरोधाभास थिएन। म साह्रै अन्धी थिएँ! प्रभु आउनु ठुलो कुरा हो, तर म आफ्नै धारणा र कल्पनाअनुसार हिँडिरहेँ, प्रभु बादलमा आउनेसम्बन्धी पदमा टाँसिरहेँ, र परमेश्‍वरको आवाज सुनिनँ। मैले झन्डै मूर्ख कन्या बनेर प्रभुको आगमन स्वागत गर्ने मौका गुमाएकी थिएँ। मुस्किलले बचेँ!

त्यसैले मैले ब्रदर पियरलाई सोधेँ, “तपाईँ परमेश्‍वर देह रूपमा फर्कनुभएको छ भनी गवाही दिनुहुन्छ, तर यो देहधारण के हो?” उनले त्यसपछि सर्वशक्तिमान् परमेश्‍वरका वचनको एक-दुइटा खण्ड पढेर सुनाए: “‘देहधारण’ भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्‍वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। “सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा साकार हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य समझ र मानव विचार छ। ‘साकार हुनु’ भनेको परमेश्‍वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—साकार हुनु वा देहधारी हुनुको अर्थ यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। उनले भन्दै गए, “देहधारी परमेश्‍वर देह धारण गर्नुभएको परमेश्‍वरको आत्मा हुनुहुन्छ, जो हामीलाई मुक्ति दिनका लागि मानवजातिमाझ काम गर्न र बोल्न मानिसको पुत्र बन्नुहुने स्वर्गका परमेश्‍वर हुनुहुन्छ। देहधारी परमेश्‍वर पूरै साधारण देखिनुहुन्छ, शक्तिशाली वा असाधारण देखिनुहुन्न। उहाँमा सामान्य मानवता छ, उहाँ मानिसको वास्तविक सम्पर्कमा आउनुहुन्छ, हामीमाझ जिउनुहुन्छ। कसैले पनि उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भन्न सक्दैन। तर ख्रीष्ट परमेश्‍वरको आत्माको मूर्तरूप हुनुहुन्छ र उहाँमा पूर्ण ईश्‍वरत्व छ। उहाँ सत्यता व्यक्त गर्न, परमेश्‍वरको काम गर्न, अनि परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो व्यक्त गर्न सक्नुहुन्छ। उहाँ मानिसलाई सत्यता, बाटो र जीवन दिनुहुन्छ, अनि भ्रष्ट मानिसलाई सधैँका लागि धोएर मुक्ति दिन सक्नुहुन्छ। कुनै मानव प्राणीमा यी गुण छैनन् न त उनीहरले यी प्राप्त गर्न नै सक्छन्। यो देहधारी प्रभु येशू साधारण व्यक्ति देखिनु, तर सारमा देहमा साकार हुनुभएको परमेश्‍वरको आत्मा हुनुजस्तै हो। उहाँ मानिसलाई मलजल र भरणपोषण गर्न कुनै पनि बेला सत्यता व्यक्त गर्न सक्नुहुन्थ्यो। उहाँ परमेश्‍वर स्वयमको काम गर्न र मानवजातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्थ्यो। तसर्थ, देहधारी परमेश्‍वर कुनै पनि सृजित व्यक्तिभन्दा भिन्न हुनुहुन्छ, र उहाँको सार स्वयम् परमेश्‍वरको सार हो।” यस क्षणमा, मैले बल्ल के बुझेँ भने देहधारण भनेको परमेश्‍वर यस संसारमा बोल्न र काम गर्न आउने मानिसको छोरा बन्नु हो। य देहसँग सामान्य मानवता र पूर्ण ईश्‍वरत्व हुन्छ। उहाँ साधारण देखिए पनि, सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन परमेश्‍वरको काम गर्न सक्नुहुन्छ। यो ख्रीष्ट हो! म सधैँ “येशू ख्रीष्ट” नाम जप्थेँ, तर ख्रीष्ट के हो भनेर कहिल्यै जानेकी थिइनँ। म कति अज्ञानी थिएँ!

ब्रदर पियरले त्यसपछि सर्वशक्तिमान् परमेश्‍वरका वचनको अर्को खण्ड पढेर हामीलाई सुनाए: “परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको प्रयोगबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्‍नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ हुनेथियो। यदि परमेश्‍वरले सृजित मानिसको बाहिरी रूप धारण नगर्नुभएको भए, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छँदै छैन। केवल एक सृजित प्राणी बनेर, अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको देहको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचन मिसाउन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई सुन्न र देख्न सक्दछ, र त्यसबाहेक, उहाँको वचन प्राप्त गर्न सक्दछ, र यसरी उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो मुक्ति प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्‍वरको सम्पर्कमा आउने उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपले पक्रेर लैजानेथ्यो। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको देहको शरीरद्वारा छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण उप्रान्त पापबलिका रूपमा सेवा गर्नका लागि होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो कि, पाप क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन हासिल गरून् र यसरी शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। उनले त्यसपछि यो सङ्गति गरे: “प्रभु येशूको छुटकाराको कामको अर्थ हाम्रो पाप क्षमा भए पनि, हाम्रो शैतानी प्रकृति यथावतै छ। हामी अझै पनि अहङ्कार र छलजस्ता शैतानी स्वभावअनुसार जिउँछौँ। हामी आफ्ना हितका लागि झुट बोल्छौँ र जालझेल गर्छौँ, प्रतिष्ठा र लाभका लागि अरूसँग होड गर्छौँ, र एकअर्काविरुद्ध षड्यन्त्र रच्छौँ। हामी पाप र परमेश्‍वरको प्रतिरोध नगरी रहन सक्दैनौँ। हामीले त्याग गरिरहेको, आफूलाई समर्पित गरिरहेको र कष्ट भोगिरहेको जस्तो देखिए पनि, वास्तवमा यसको बदलमा राज्यका आशिष् पाउने आस लिएर परमेश्‍वरसँग सौदाबाजी गरिरहेका हुन्छौँ। हामी परमेश्‍वरको इच्छालाई बिलकुलै पछ्याउँदैनौँ। परमेश्‍वर पवित्र हुनुहुन्छ, र हामीजस्तो फोहोरी र भ्रष्ट मानिस परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य नै छैनौँ। परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिन, हामीलाई पापमुक्त बनाउन र धुन फेरि देहधारण गर्नुभएको छ। उहाँ हामीलाई भरणपोषण र गोठालो गर्न सत्यता व्यक्त गर्नुहुन्छ, अनि उहाँ हाम्रो भ्रष्ट स्वभाव र शैतानी प्रकृतिको खुलासा र न्याय गर्नुहुन्छ। उहाँ हामीलाई हाम्रो स्वभाव परिवर्तन गर्ने मार्ग पनि देखाउनुहुन्छ अनि हामीलाई सामान्य मानवतामा कसरी जिउने र उहाँलाई प्रसन्न बनाउने इमानदार मानिस कसरी बन्ने भनेर बताउनुहुन्छ। हामी परमेश्‍वरका वचनको न्याय र सजाय अनुभव गरेर वास्तवमै आफ्नो भ्रष्ट स्वभाव र शैतानी प्रकृतिलाई चिनेर घृणा गर्न थाल्नेछौँ, र पश्चात्ताप गरी उहाँको वचनअनुसार जिउन चाहन्छौँ। हामी क्रमिक रूपमा केही भ्रष्ट स्वभाव फाल्छौँ र केही मानव स्वरूपमा जिउन थाल्नेछौँ। देहधारी परमेश्‍वरले मात्रै आफ्नो काममा यो कुरा हासिल गर्न सक्नुहुन्छ। यदि परमेश्‍वर आखिरी दिनहरूमा यहोवा परमेश्‍वरजस्तैआत्माका स्वरूपमा बोल्न र काम गर्न आउनुभयो भने उहाँले मानिसलाई धुन र मुक्ति दिन सक्नुहुन्थेन। किनभने मानिसहरूले परमेश्‍वरको आत्मालाई देख्न वा छुन सक्दैनन्, र उहाँले उनीहरूसँग सिधै बोल्नुभयो भने उहाँको कुरा बुझ्न सक्नेछैनन्। त्योभन्दा पनि, भ्रष्ट मानवजाति परमेश्‍वरको आत्मा नजिक जान सक्दैनन्, बरु फोहोरी र भ्रष्ट भएको कारणले नष्ट गरिन्छन्। पुरानो करारमा भनिएको छ, यहोवा परमेश्‍वर सिनै पर्वतमा चट्याङको गडगडाहटसाथ देखा पर्नुभयो। इस्राएलीहरूले पर्वतमाथि धुवाँ र बिजुली देखे, अनि चट्याङ र नरसिङ्गाको आवाज सुने। तिनीहरू टाढै उभिएर मोसालाई भने, ‘तपाईं हामीसँग बोल्नुहोस् र हामी सुन्‍नेछौँ: तर परमेश्‍वरलाई हामीसँग बोल्‍न नलगाउनुहोस्, नत्र हामी मर्छौँ’ (प्रस्थान २०:१९)। आखिरी दिनहरूमा मानवजाति शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्। यदि परमेश्‍वर आत्मामा काम गर्न आउनुभएको भए, कोही पनि बाँच्नेथिएनन्। हामी सबै फोहोरी र भ्रष्ट भएका कारण परमेश्‍वरद्वारा मारिनेथ्यौँ। त्यसैले, परमेश्‍वरले हामीलाई मुक्ति दिने सबभन्दा लाभकारी मार्ग चुन्नुभएको छ—उहाँ देहधारी बन्नुहुन्छ, सत्यता व्यक्त गर्नुहुन्छ अनि भ्रष्ट मानवजातिलाई न्याय गर्नुहुन्छ र धुनुहुन्छ। यो मानिसका लागि परमेश्‍वरको सबभन्दा ठुलो प्रेम र मुक्ति हो!” यो बेला, म धेरै प्रभावित भएँ, र मैले उत्साहपूर्वक भनेँ, “परमेश्‍वरले आखिरी दिनहरूमा काम गर्न मानिसको पुत्रका रूपमा देहधारण गर्नु हामीलाई साँच्चै खाँचो छ। यो भ्रष्ट मानवजातिका लागि सबभन्दा ठुलो मुक्ति हो! परमेश्‍वरले काम गरेका तरिका पहिले मलाई कहिल्यै थाहा थिएन। मैले उहाँको आवाज सुनिनँ, अनि उहाँको आवाजअनुसार उहाँलाई चिन्न र स्वागत गर्न सकिनँ। मैले खालि मूर्खतापूर्वक परमेश्‍वर बादलमा आउनुहुनेछ र हामीलाई स्वर्गमा उठाइलैजानुहुनेछ भनेर कुरिरहेँ। म कति मूर्ख थिएँ!”

पछि, हामीले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचन पढ्यौँ, र बुद्धिमती कन्या भनेको के हो, मूर्ख कन्या भनेको के हो, परमेश्‍वर कसरी देखा पर्नुहुन्छ, र परमेश्‍वरको नामका रहस्य, उहाँको देहधारण र उहाँका आखिरी दिनहरूको न्यायको काम पत्ता लगायौँ। हामीले के बुझ्यौँ भने परमेश्‍वर मानिसलाई मुक्ति दिन तीन चरणमा अर्थात् व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगमा काम गर्नुहुन्छ। कामका यी तीन चरणले मात्र मानिसलाई शैतानको शक्तिबाट पूर्ण रूपमा मुक्ति दिन सक्छन्। यहोवा परमेश्‍वर, प्रभु येशू र सर्वशक्तिमान् परमेश्‍वर सबै एकै परमेश्‍वर हुनुहुन्छ। हामीलाई सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ भन्‍ने यकिन भयो र उहाँलाई स्विकार्‍यौँ। हामीले अन्ततः प्रभुलाई स्वागत गरेका छौँ! सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो:  ४५. ख्रीष्टविरोधीहरूको खुलासा गर्नु मेरो जिम्‍मेवारी हो

अर्को:  ४७. हैसियतको तृष्णाबारे मनन

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger