५२. परिवारमा पनि सिद्धान्तहरू लागू हुन्छन्
सन् २००४ को अक्टोबरमा, मेरी श्रीमती र मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्यौँ, र हाम्रा दुई छोराछोरीले पनि हामीसँगै परमेश्वरमा विश्वास गर्न थाले। म निकै खुसी थिएँ, र मैले सोचेँ, “हाम्रो पूरै परिवार परमेश्वरमा विश्वास गर्छ। यदि हामी सबैले मुक्ति पाउन र राज्यमा प्रवेश गर्न सक्यौँ भने, त्यो कति अद्भुत कुरा हुनेछ!” त्यसपछि, मेरी श्रीमती र म दुवैले आ-आफ्नो कर्तव्य निर्वाह गर्यौँ। मेरी श्रीमती मभन्दा बढी उत्साही थिइन्, र मलाई सधैँ उनी मभन्दा बढी सत्यता पछ्याउँछिन् भन्ने लाग्थ्यो।
सन् २०१३ मा, मेरी श्रीमतीले समूह अगुवाका रूपमा सेवा गरिरहेको बेला, एउटा भेलामा मण्डली अगुवा वाङ जिङले उनले कर्तव्य निर्वाहमा रहेका विचलन र समस्याहरू औँल्याउनुभयो। पछि, मेरी श्रीमतीले वाङ जिङको भ्रष्टताको प्रकटीकरणलाई समातेर, जथाभावी आलोचना गरिन् र ती कुरा फैलाइन्, जसले गर्दा ब्रदर-सिस्टरहरूमा वाङ जिङप्रति पूर्वाग्रह पैदा भयो, जसको नतिजास्वरूप धेरै कार्य कार्यान्वयन हुन पाएनन् र मण्डली जीवनमा गम्भीर बाधा पुग्यो। अगुवा र डिकनले उनीसँग धेरै पटक सङ्गति गर्नुभयो, तर उनी विद्रोही र असन्तुष्ट रहिन्, उनले वादविवाद र कुतर्क समेत गरिन्, र उनले आफ्ना बारेमा अलिकति पनि ज्ञान राखिनन्। नतिजास्वरूप, मण्डलीले उनलाई पदबाट बर्खास्त गर्यो। बर्खास्त भएपछि पनि, उनले पश्चात्तापको कुनै सङ्केत देखाइनन् र उल्टै वाङ जिङको गल्ती खोज्दै जताततै आलोचना गर्ने र कुरा काट्ने गर्न थालिन्। मण्डली जीवनमा निरन्तर अवरोध र बाधा पुऱ्याएकाले, केही ब्रदर-सिस्टरले उनलाई खुलासा गरी उनको बारेमा रिपोर्ट गरे। पछि, मण्डलीका ८०% सदस्यले मतदानबाट पारित गरेर, मेरी श्रीमतीलाई दुष्ट व्यक्तिका रूपमा चित्रित निष्कासित गरियो। त्यतिबेला, यो घटना हुँदा, मलाई निकै पीडा महसुस भयो। मेरी श्रीमतीले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै कसरी आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो घर र करियर त्यागेकी थिइन्, यतिका वर्षसम्म हरप्रकारका कठिनाइहरू हिम्मतका साथ सामना गरेकी थिइन् भन्ने कुरा सोच्दा, अहिले उनी निष्कासित हुनुको अर्थ उनका लागि सबै कुरा सकियो भन्ने होइन र? अब त मुक्ति पाउने कुनै आशा बाँकी थिएन। तर, मेरी श्रीमतीले यसको कत्ति पनि वास्ता गरिनन् र भनिन्, “म परमेश्वरमा विश्वास गर्छु। उनीहरूले मलाई निष्कासित गर्नुको कुनै अर्थ छैन। निष्कासित भएपछि पनि म परमेश्वरमा विश्वास गरिरहनेछु।” उनले त्यति धेरै दुष्टता गरेकी र अझै पनि आफूलाई नचिनेकी, अनि मण्डलीको निर्णयप्रति उनी असहमत र अप्रसन्न भएको देख्दा, मण्डलीले उनलाई निष्कासित गर्नु कुनै ज्यादती थिएन भन्ने मलाई लाग्यो। उनी निष्कासित भएपछि, हाम्रो घरमा आउने धेरै ब्रदर-सिस्टरले उनीसँग सङ्गति गर्थे र उनलाई आत्मचिन्तन गरेर आफैलाई चिन्न आग्रह गर्थे, तर उनले त्यसलाई पटक्कै स्वीकार गरिनन्, बरु उल्टै तर्कहीन वादविवाद गर्दै, अगुवा र कामदारहरू आफूविरुद्ध लागेर आफूलाई निष्कासित गरेको दाबी गरिन्। अझ भन्नुपर्दा, उनले वाङ जिङप्रति निरन्तर रूपमा रिस पालिरहिन्।
पछि, परमेश्वरको घरले सबै मण्डलीलाई पहिले निकालिएका वा निष्कासित गरिएका सदस्यहरूको समीक्षा गरी कसैले साँचो रूपमा पश्चात्ताप गरेका छन् र उनीहरूलाई फेरि स्वीकार गर्न सकिन्छ कि भनेर हेर्न माग गर्यो। मैले सोचेँ, “के मेरी श्रीमती फेरि स्वीकार गरिन योग्य छिन् त? निष्कासित भएदेखि, उनले आफ्ना कार्यहरूबारे चिन्तन गरेर ज्ञान प्राप्त गरेकी छैनन्, र वाङ जिङविरुद्ध पूर्वाग्रह राख्ने र उनको पिठ्युँपछाडि आलोचना गर्ने काम जारी राखेकी छिन्। उनले पश्चात्तापको कुनै सङ्केत देखाएकी छैनन्, त्यसैले सिद्धान्तअनुसार, उनलाई फेरि स्वीकार गरिनु हुँदैन।” तर फेरि मैले सोचेँ, “निष्कासित भएदेखि, उनी अझै पनि समय-समयमा परमेश्वरका वचन पढ्छिन्, र हामीलाई हाम्रो कर्तव्य निर्वाह गर्न सहयोग गर्छिन्, अनि उनले यो घर पनि सम्हालेकी छिन्, र पक्षाघात भएर ओछ्यान परेकी मेरी आमाको हेरचाह गर्छिन्। के उनलाई अर्को मौका दिन सकिँदैन र?” त्यतिबेला, म निष्कासित गरिएका र निकालिएका सदस्यहरूका विवरण मिलाउन अगुवाहरूलाई सघाउँदै थिएँ। मेरी छोरीले मलाई उसकी आमालाई मण्डलीमा फेरि स्वीकार गर्न सकिन्छ कि भनेर सोधी, र मेरी श्रीमतीले पनि आफूलाई फेरि स्वीकार गर्न सकिन्छ कि भनेर बारम्बार सोधिरहिन्। मैले सकिन्छ भनेर एक पटक पनि नभनेको देखेपछि, मेरी श्रीमतीले मलाई निर्दयी भएको आरोप लगाइन्। यो सुनेर मलाई नराम्रो लाग्यो। मैले सोचेँ, “‘विवाहपछि श्रीमान् र श्रीमतीबीचको मायाको बन्धन गहिरो हुन्छ।’ यदि मैले मेरी श्रीमतीलाई फेरि स्वीकार गराउन मद्दत गरिनँ भने, मेरो विवेकले शान्ति पाउने छैन, र मेरी श्रीमती र छोरी दुवैले मेरा बारेमा गुनासो गर्नेछन्।” यही सोचेर, मैले अगुवाहरूसँग कुरा गर्दै भनेँ, “निष्कासित भएदेखि नै, मेरी श्रीमतीले दृढताका साथ परमेश्वरमा विश्वास गरिरहेकी छिन्। के उनलाई मण्डलीमा फेरि स्वीकार गर्न सकिन्छ?” अगुवाहरूले मसँग सङ्गति गर्दै भन्नुभयो, “मानिसहरूलाई फेरि स्वीकार गर्ने सम्बन्धमा मण्डलीका सिद्धान्तहरू छन्। निष्कासित भएपछि वा निकालिएपछि पनि निरन्तर सुसमाचार प्रचार गरेका र साँचो पश्चात्ताप देखाएकाहरूलाई मात्र फेरि स्वीकार गर्न सकिन्छ। फेरि स्वीकार गरिएकाहरूले मण्डलीमा कुनै पनि हालतमा फेरि बाधा पुर्याउनु हुँदैन। यी सिद्धान्तअनुसार मापन गर्दा, निष्कासित भएदेखि तिम्री श्रीमतीले तिम्रो विश्वासको विरोध नगरेकी र केही राम्रो व्यवहार देखाएकी भए तापनि, उनले मण्डली जीवनमा बाधा पुर्याउने गरी आफूले गरेका दुष्ट कार्यहरूबारे कहिल्यै चिन्तन गरेकी वा तिनलाई स्विकारेकी छैनन् र आफ्नो निष्कासनप्रति उनी अझै पनि असहमत र असन्तुष्ट छिन्। उनी फेरि स्वीकार गरिन योग्य व्यक्ति होइनन्।” अगुवाहरूको सङ्गति सुनेपछि, मलाई लज्जित महसुस भयो। मलाई स्पष्ट रूपमा थाहा थियो, निष्कासित भएदेखि, मेरी श्रीमतीले आफ्ना विगतका दुष्ट कार्यहरूलाई पटक्कै स्वीकार गरेकी छैनन्, र उनलाई निष्कासित गर्ने अगुवाप्रति निरन्तर रिससमेत पालिरहेकी छिन्, अरूले उनीसँग सङ्गति गर्दा पनि अवस्था सुधार्न उनले कहिल्यै आत्मचिन्तन गरेकी छैनन्, अनि उनी सधैँ आफ्नै विकृत तर्कद्वारा वादविवाद गर्छिन्। यतिका वर्ष उनीसँग बसेको हुनाले, उनी कस्ती मान्छे हुन् भन्ने मलाई राम्ररी थाहा थियो। उनी एकदमै अहङ्कारी, अभिमानी, हठी र असमझदार थिइन्। हाम्रो विवाह भएदेखि, जेसुकै भए पनि, उनले एक पटक पनि आफ्नो गल्ती स्वीकार गरेकी थिइनन्। मैले उनीसँग मीठो कुरा गर्दा मात्र उनी शान्त हुन्थिन्। मैले आफ्नो मनलाई शान्त पारेँ र आत्मचिन्तन गर्दै सोचेँ, “मलाई स्पष्ट थाहा छ, मेरी श्रीमती फेरि स्वीकार गरिने सर्तहरूभित्र पर्दिनन्, तर म किन अझै पनि उनको बचाउ गर्दै उनको पक्षमा बोल्छु?”
पछि, मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनका दुईवटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, र आफूलाई जेसुकै आइपरे पनि, तिनीहरूले आफ्नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई सबैभन्दा अगाडि राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। भावनाहरूको सार के हो? त्यो दैहिक भावनाहरूलाई सबैभन्दा अगाडि राख्नु र सत्यता सिद्धान्तहरूलाई पाखा लगाउनु हो। भावनाहरूका प्रकटीकरणहरूलाई कैयौँ शब्द र वाक्यांशहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, दैहिक सम्बन्धहरू कायम राख्नु, र निष्पक्षताको अभाव। भावनाहरू यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्ने हो। यहाँ ‘तिनीहरूले गर्ने कामकुरा’ मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वतः समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ आफूसँग मिल्ने वा आफूलाई पहिला मद्दत गरेका मानिसहरूप्रति भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुर्याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति भावनाहरू राख्छस्? के तँसँग तिनीहरूका क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिइस्?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। परमेश्वरका वचनले समस्याको जडलाई स्पष्ट र कडा रूपमा खुलासा गरिदिए। म आफ्नै भावनाहरूले बाँधिएको थिएँ। मलाई स्पष्ट थाहा थियो, मेरी श्रीमतीले मण्डली जीवनमा अवरोध र बाधा पुर्याएकी छिन् र अगुवाको आलोचना गरेकी छिन्, र निष्कासित भएपछि पनि उनले कहिल्यै साँचो पश्चात्ताप गरेकी छैनन्, जसले गर्दा उनी मण्डलीद्वारा फेरि स्वीकार गरिन अयोग्य छिन्, तर मेरी श्रीमती र छोरीले मलाई निर्दयी भन्लान् भन्ने डर, र हाम्रो वैवाहिक सम्बन्ध बिग्रिएला भन्ने चिन्ताले गर्दा, म उनको बचाउ गर्न सिद्धान्तविपरीत गएँ। उनलाई मण्डलीमा फेरि स्वीकार गराउने आशामा मैले आफ्नो कर्तव्यको फाइदा उठाएर उनको पक्षमा बोलेँ। मेरा भावनाहरू धेरै बलिया थिए! परमेश्वरको घरले निकालिएपछि वा निष्कासित भएपछि साँचो पश्चात्ताप गरेकाहरूलाई फेरि स्वीकार गर्न हामीसँग माग गरेको थियो। यो परमेश्वरको सहनशीलता र कृपा थियो, जसले मानिसहरूलाई सकेसम्म पश्चात्ताप गर्ने मौका दिएको थियो। यदि यी मानिसहरूले आफ्ना कार्यहरूलाई घृणा गर्न र पछुतो मान्न, अनि वास्तविक कार्यहरूमार्फत आफ्ना अपराधहरूको परिपूर्ति गर्न सके भने, यसले उनीहरूले आफ्नो मानवता र समझ पूर्ण रूपमा गुमाइसकेका छैनन् र कम्तीमा पनि, परमेश्वरमाथिको उनीहरूको विश्वास साँचो छ भन्ने देखाउँथ्यो। तर, सत्यता पटक्कै स्वीकार नगर्ने र धेरै दुष्ट कार्यहरू गर्ने मानिसहरू यस्ता व्यक्तिहरू थिए जसको प्रकृति सार सत्यताप्रति वितृष्ण हुनु र सत्यतालाई घृणा गर्नु थियो र उनीहरूले कहिल्यै पश्चात्ताप गर्नेथिएनन्। यस्ता मानिसहरूलाई हटाइनेथियो। मैले सिद्धान्तविपरीत, आफ्नै भावनामा भर परेर, एक दुष्ट व्यक्तिलाई मण्डलीमा फेरि स्वीकार गराउन चाहेको थिएँ, जसले उनलाई मण्डली जीवनमा बाधा दिने काम गरिरहन छुट दिने थियो। यसो गरेर, मैले मण्डलीको काममा बाधा पुर्याइरहेको थिइनँ र? यो महसुस भएपछि, मलाई निकै पछुतो लाग्यो र म उप्रान्त आफ्ना भावनाहरूअनुसार जिउन चाहन्नथेँ।
पछि, मैले परमेश्वरका यी वचन पढेँ: “परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्वर मानिसबाट यही माग गर्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तैँले बुझ्न सकेसम्म ऊ दुष्ट व्यक्ति जस्तो देखिँदैन र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, तैँले त्यो व्यक्तिलाई घृणा गर्न सक्दैनस्, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध बदलिँदैन। परमेश्वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तँलाई पितृभक्ति नराख्ने, विवेक नभएको, र मानवसमेत बन्न नसकेको भनी दोषी ठहराउनेछ भन्ने सोच्छस्। तँलाई आफूले ईश्वरीय दोषी ठहराइ र दण्ड भोग्नेछु भन्ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको संस्कारद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र आफ्ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्ने गलत विश्वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो आस्थामा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो रोकावट र बाधा पैदा गर्छ, र तँ परमेश्वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने परमेश्वरले हामीलाई परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्ने, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्ने सिद्धान्तअनुसार मानिसहरूसँग व्यवहार गर्न माग गर्नुहुन्छ। सत्यतालाई प्रेम गर्ने र मण्डलीको कामलाई कायम राख्नेहरूलाई हामीले प्रेमका साथ व्यवहार गर्नुपर्छ, र सत्यतालाई घृणा गर्ने, परमेश्वरको प्रतिरोध गर्ने र परमेश्वरको काममा बाधा दिने दुष्ट मानिसहरूलाई हामीले घृणा र इन्कार गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्र परमेश्वरको अभिप्रायअनुरूप हुन्छ। तर, म आफ्नै भावनाहरूले बाँधिएको थिएँ र परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ भएको थिएँ। मेरी श्रीमतीले मण्डली जीवनमा बाधा पुर्याउन दुष्टता गरेकी छिन् र उनले सत्यतालाई ठाडै अस्वीकार गरेकी छिन्, अनि उनको सार सत्यतालाई घृणा गर्ने दुष्ट व्यक्तिको सार हो, र उनलाई निष्कासित गरेर हटाउनुपर्छ भन्ने जान्दाजान्दै पनि, मैले सिद्धान्तविपरीत गएर उनलाई मण्डलीमा फेरि स्वीकार गराउने कोसिस गरेँ। मेरा भावनाहरू धेरै बलिया थिए! मैले “विवाहपछि श्रीमान् र श्रीमतीबीचको मायाको बन्धन गहिरो हुन्छ,” “आत्मीयताले पक्षपात निम्त्याउँछ,” र “मानिस निर्जीव छैन; ऊ संवेदनाबाट कसरी मुक्त हुन सक्छ र?” जस्ता भनाइहरूमा विश्वास गर्थेँ। यी शैतानी विषहरूअनुसार जिएर, म असल र खराब, अनि सही र गलतबीचको भिन्नता छुट्याउन असमर्थ भएको थिएँ। हरेक कुरामा, म कुनै सिद्धान्तविना आफ्नै भावनाहरूअनुसार जिएको थिएँ। निष्कासित भएपछि पनि मेरी श्रीमतीले मलाई र हाम्रा छोराछोरीलाई हाम्रो कर्तव्य निर्वाह गर्न निरन्तर सहयोग गरिरहेकी, घरको कामकाज सम्हालिरहेकी, र पक्षाघात भएर ओछ्यान परेकी मेरी आमाको हेरचाह गरिरहेकी देख्दा, मलाई उनीप्रति ऋणी रहेको महसुस भएको थियो। यदि म उनको पक्षमा बोलिनँ भने, मेरा छोराछोरी मसित रिसाउलान् र मलाई घृणा गर्लान् भन्ने मलाई डर थियो। मेरो दैहिक भावनात्मक सम्बन्ध अनि एउटा असल श्रीमान् र बुबाको छवि जोगाउनका लागि, म उनको पक्षमा उभिएको थिएँ र उनको पक्षमा बोल्दै, उनलाई मण्डलीमा फेरि स्वीकार गराउने कोसिस गर्दै थिएँ। यसो गर्नु भनेको उनलाई मण्डली जीवन र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुर्याउन छुट दिइरहनु थियो। यो एउटा दुष्ट कार्य थियो र साँच्चै विवेक र मानवताविहीन कुरा थियो। परमेश्वरले हामीलाई दुष्ट मानिसहरूप्रति विवेक देखाउन कहिल्यै भन्नुहुन्न, न त उहाँ शैतानका पक्षमा भएका आफन्तहरूलाई इन्कार गर्नु भनेको निर्दयी वा अमानवीय हुनु हो भनेर नै भन्नुहुन्छ। बरु, उहाँ हामीसँग उहाँले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्ने र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्ने माग गर्नुहुन्छ। यो महसुस गरेपछि, मेरो दिमागमा धेरै स्पष्टता छायो, र म सिद्धान्तअनुसार काम गर्न तत्पर भएँ, उप्रान्त मेरी श्रीमतीको बचाउ नगर्ने वा भावनाका आधारमा कार्य नगर्ने निर्णय गरेँ।
यी कुराहरू अनुभव गरेपछि, मैले भावनाहरूको सारबारे केही अन्तर्ज्ञान पाएको छु भन्ने मलाई लागेको थियो। तर, पछि मैले मेरी जेठी छोरीको निष्कासनको सामना गर्नुपर्यो। सन् २०२० को डिसेम्बरमा, म घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्दै थिएँ। एक दिन, मैले अचानक घरबाट एउटा पत्र पाएँ जसमा मेरी जेठी छोरी दुष्ट व्यक्तिको रूपमा प्रकट भएकी, अनि मण्डलीको काममा अवरोध र बाधा पुर्याएकी, धेरै दुष्ट कार्यहरू गरेकी, तर पश्चात्ताप नगरेकी हुनाले उनलाई मण्डलीबाट निष्कासित गरिएको कुरा लेखिएको थियो। त्यो बेला म छाँगाबाट खसेजस्तै भएँ र मलाई गहिरो पीडा भयो, अनि म गुनासो नगरी बस्नै सकिनँ, “मेरी जेठी छोरीलाई पनि किन निष्कासित गरियो? त्यसबेला, उसले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो पढाइ नै छाडेकी थिई। झरी-बादल, हुरी-बतास केही नभनी, उसले एक पटक पनि आफ्ना कर्तव्यमा ढिलाइ गरिन। अब ऊ निष्कासित भएकी छे; यसको अर्थ उसको मुक्तिको कुनै आशा बाँकी छैन भन्ने होइन र?” जब म आँखा बन्द गर्थेँ, विगतका दृश्यहरू मेरो दिमागमा झल्झल्ती आउँथे। पहिले, हामी चारै जनाको परिवारले परमेश्वरमा विश्वास गर्थ्यौँ। हामी प्रायः सँगै बसेर परमेश्वरका वचन पढ्थ्यौँ, भजन गाउँथ्यौँ, र सत्यताको बारेमा सङ्गति गर्थ्यौँ। अब मेरी कान्छी छोरी र म मात्र बाँकी थियौँ। यो सोच्दा, मलाई असाध्यै पीडा भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! मेरी जेठी छोरी निष्कासित भई। मलाई थाहा छ यो तपाईँको धार्मिकता हो। तर मैले यो कुरा स्वीकार गर्नै सकिरहेको छैन; मैले आफ्ना भावनाहरूलाई त्याग्न सकिरहेको छैन। तपाईँको अभिप्राय बुझ्न मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” त्यतिबेला, हामी दुष्ट व्यक्तिलाई निष्कासित गर्ने लडाइँ भन्ने रङ्गमञ्च-नाटक छायाङ्कन गरिरहेका थियौँ। त्यस नाटकको मुख्य पात्र, जो आफ्नो बुबाको निष्कासनका कारण पीडा र नकारात्मकतामा थिई, मेरो जस्तै स्थितिमा थिई। त्यो मुख्य पात्रले आफ्ना भावनाहरूको बन्धनलाई जित्न परमेश्वरका वचनमा भर परेको देखेर, म गहिरो रूपमा प्रभावित भएँ। मैले सोचेँ, “म पनि परमेश्वरमा भर पर्नुपर्छ, सत्यता अभ्यास गर्नुपर्छ, र मेरो गवाहीमा दृढ रहनुपर्छ। आज, मेरी छोरी निष्कासित भएको कुरा थाहा पाउँदा, मलाई दुःख त लागेको छ, तर मलाई विश्वास छ परमेश्वर धर्मी हुनुहुन्छ। मण्डलीले कसैलाई निकाल्नु वा निष्कासित गर्नु भनेको उसको सारमा आधारित हुन्छ, र कसैलाई पनि अन्याय गरिँदैन। म समर्पित हुनुपर्छ र मैले परमेश्वरप्रति गुनासो गर्न र उहाँको प्रतिरोध गर्न छोड्नुपर्छ।”
पछि, मैले मेरी जेठी छोरीको निरन्तरको व्यवहारबारे चिन्तन गर्न आफूलाई शान्त पारेँ र उसको निष्कासनको सूचनालाई फेरि ध्यान दिएर पढेँ, र त्यसबाट के पुष्टि भयो भने ऊ साँच्चै नै धेरै दुष्ट कार्यहरू गर्ने एउटा दुष्ट व्यक्ति थिई। बाहिरबाट हेर्दा, उनी विवेकी देखिन्थी र धेरै बोल्दिनथी, तर जब उसको स्वार्थको कुरा आउँथ्यो, तब उसको वास्तविक रूप प्रकट हुन्थ्यो। त्यसबेला, जब मेरी श्रीमतीलाई बर्खास्त गरी चिन्तनका लागि अलग्गै राखिएको थियो, अगुवा वाङ जिङले ऊसँग मेरी श्रीमतीका दुष्ट कार्यहरूबारे सङ्गति गर्नुभएको थियो। उसले त्यो कुरा सुन्नुको सट्टा उल्टै आमाको बचाउ गर्दै भनी, “मैले यी व्यवहारहरू देखेकी छैन। मेरी आमाले मण्डली जीवनमा बाधा पुर्याउनुभयो भन्ने कुरा म पत्याउँदिनँ।” अगुवाले जति नै सङ्गति गरे पनि, उसले त्यसलाई स्वीकार गरिन र उल्टै अगुवाले आफ्नी आमालाई दबाएको र अन्याय गरेको दाबी गर्दै मण्डली जीवनमा निरन्तर बाधा पुर्याई। उसको व्यवहारका कारण, मण्डलीले उसलाई बर्खास्त गर्यो। त्यसबेलादेखि उसले वाङ जिङप्रति मनमा रिस पालेर राखी। पछि, बाहिरबाट हेर्दा उसले त्यो रिस छोडेको र ऊ सुध्रिएको जस्तो देखिई। केही समयपछि, ऊ मण्डली अगुवाको रूपमा चुनिई। त्यसैबेला, वाङ जिङलाई वास्तविक काम गर्न नसकेको भन्दै लेखन-पठनको काममा सरुवा गरिएको थियो, मेरी छोरीले यही मौका छोपेर वाङ जिङसँग बदला लिई। उसले वाङ जिङलाई लेखन-पठनको कामबाट बर्खास्त मात्र गरिनँ, उनलाई मण्डलीबाटै निष्कासित गराउन सामग्रीहरू पनि तयार गरी। मैले त्यसबेला उसलाई भनेको थिएँ, “मण्डलीलाई सफा गर्ने काम सिद्धान्तहरूमा आधारित हुनुपर्छ। यदि कसैलाई अन्यायपूर्ण तरिकाले निष्कासित गरिन्छ भने, त्यो दुष्टता गर्नु हो; यो एउटा गम्भीर अपराध हो। वाङ जिङ कुनै वास्तविक काम गर्न नसक्ने झूटो अगुवा मात्र हुन्, तर उनी दुष्ट व्यक्ति होइनन् र निष्कासनको मापदण्डमा पर्दिनन्।” मैले ऊसँग धेरै पटक सङ्गति गरेँ, तर उसले सुन्दै सुनिन, र वाङ जिङ निष्कासनयोग्य दुष्ट व्यक्ति र ख्रीष्टविरोधी हो भन्दै जिद्दी गरिरही। पछि, वाङ जिङको विरुद्धमा उसले जुटाएका प्रमाण अपर्याप्त देखिए, अनि अगुवा, कामदार र ब्रदर-सिस्टरहरूले अनुमोदन गर्नुभएन। उसले हार मानिन र वाङ जिङलाई मण्डलीबाट निष्कासित गरिछाड्ने अठोटका साथ, पर्दा पछाडिबाट जानकारी सङ्कलन गरिरही। उसले वाङ जिङलाई निष्कासित गर्न चाहेकी मात्र नभई, वाङ जिङका श्रीमान् र बच्चालाई सास्ती दिने र दबाउने काम पनि गरी, उसले ब्रदर-सिस्टरहरूलाई भ्रममा पारेर वाङ जिङका श्रीमान्लाई इन्कार र बहिष्कार गर्न उक्साई, र उनलाई बर्खास्त गर्ने धम्कीसमेत दिई, जसले गर्दा वाङ जिङको परिवारमा ठूलो पीडा र नकारात्मकता उत्पन्न गरायो। मेरी जेठी छोरीको बर्खास्तीको समयमा, म मण्डली डिकनको रूपमा त्यहाँ उपस्थित थिएँ, र मैले उसको बचाउ नगरेको हुनाले, उसले मप्रति रिस पालेर राखी। पछि, मूल्याङ्कनहरू लेख्ने क्रममा, उसले मलाई अमानवीय, अत्यन्त स्वार्थी, भावनाहीन र पशुजस्तो निर्दयी भनेर वर्णन गरी, र मलाई धेरै खराब मूल्याङ्कन अङ्क दिई।
मेरी छोरीको व्यवहारबारे चिन्तन गर्दै, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूमा स्वीकार र आज्ञापालनको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू त्यसप्रति प्रतिरोधी र वितृष्ण हुन्छन्, र त्यसले घृणा पैदा गर्छ। तिनीहरूलाई काटछाँट गर्ने, तिनीहरूको लुकेका रहस्यहरू खुलासा गर्ने र तिनीहरूको वास्तविक परिस्थिति खुलासा गर्ने हरेकलाई तिनीहरूले आफ्नो हृदयको गहिराइमा घृणा गर्छन्। तिनीहरूले तँलाई कति हदसम्म घृणा गर्छन्? तिनीहरू घृणाले दाँत किट्छन्, तँ तिनीहरूको नजरबाट हराइजा भन्ने कामना गर्छन्, र तिमीहरू दुई जना सहअस्तित्वमा रहन नसक्ने महसुस गर्छन्। यदि ख्रीष्टविरोधीहरू मानिसहरूसँग यस्तो व्यवहार गर्छन् भने, के तिनीहरूले आफ्नो खुलासा र निन्दा गर्ने परमेश्वरका वचनहरू स्विकार्न सक्छन् त? अहँ, सक्दैनन्। जसले तिनीहरूको खुलासा गर्छ, उसलाई तिनीहरूले त्यस्तो खुलासा गरेको र तिनीहरूप्रति प्रतिकूल व्यवहार गरेकै कारण घृणा गर्नेछन् र प्रतिकार गर्नेछन्। तिनीहरू आफूलाई काटछाँट गर्ने व्यक्तिलाई आफ्नो नजरबाट हटाउन सकूँ भन्ने कामना गर्छन्। तिनीहरू यो व्यक्तिले राम्रो गरिरहेको देखिसहँदैनन्। यदि यो व्यक्तिको मृत्यु भयो वा ऊ विपत्तिमा पर्यो भने, तिनीहरू खुसी हुन्छन्; यो व्यक्ति जीवित छ भने र उसले अझै पनि परमेश्वरका घरमा कर्तव्य निर्वाह गरिरहेको छ, र सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ भने, तिनीहरूले हृदयमा कष्ट, असहजता, र झिजो महसुस गर्छन्। जब तिनीहरूसँग कसैविरुद्ध प्रतिकार गर्ने उपाय हुँदैन, तब तिनीहरूले गुप्त रूपमा उसलाई श्राप दिन्छन्, वा त्यो व्यक्तिमाथि दण्ड र प्रतिशोध बर्साइदिनुहोस्, र तिनीहरूका गुनासाहरू समाधान गरिदिनुहोस् भनेर परमेश्वरलाई प्रार्थनासमेत गर्छन्। ख्रीष्टविरोधीहरूमा यो घृणा पैदा भएपछि, यसले श्रृङ्खलाबद्ध कार्यहरू पैदा गराउँछ। यी कार्यहरूमा प्रतिकार र श्रापहरू, र अवश्य नै अरूलाई फसाउने, निन्दा गर्ने र दोषी ठहराउने जस्ता घृणाबाट पैदा हुने अरू केही कार्यहरू पनि पर्छन्। यदि कसैले तिनीहरूलाई काटछाँट गर्यो भने, तिनीहरूले त्यो व्यक्तिलाई पिठ्यूँपछाडि खुट्टो काट्छन्। त्यो व्यक्तिले कुनै कुरा सही हो भनेर भन्दा तिनीहरूले त्यो गलत हो भनेर भन्छन्। तिनीहरूले त्यो व्यक्तिले गरेका सबै सकारात्मक कुरालाई विकृत पार्नेछन् र नकारात्मक रूप दिनेछन्, र यसरी उसको पिठ्यूँपछाडि झुटहरू फैलाउँछन् र बाधाहरू ल्याउँछन्। तिनीहरूले अरू अज्ञानी र वास्तविक कुरा देख्न नसक्ने वा खुट्ट्याउन नसक्ने मानिसहरूलाई उक्साउनेछन् र आफ्नो पक्षमा पार्नेछन्, ताकि ती मानिसहरूले तिनीहरूको पक्ष लिई तिनीहरूलाई साथ दिन सकून्। स्पष्ट रूपमा नै तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिले केही नराम्रो काम गरेको हुँदैन, तर तिनीहरू अझै पनि त्यो व्यक्तिमा केही गलत कार्यको दोष लगाउन चाहन्छन्, ताकि उसले यस्तो काम गर्छ भनेर सबैले गलत विश्वास गरून्, र त्यसपछि त्यो व्यक्तिलाई इन्कार्न लाउन सबैलाई भेला गराउँछन्। ख्रीष्टविरोधीहरूले यसरी मण्डली जीवनमा बाधा दिन्छन् र मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा दिन्छन्। तिनीहरूको लक्ष्य के हो? तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिलाई समस्यामा पार्नु र सबैलाई यो व्यक्तिलाई त्याग्न लगाउनु हो। कति ख्रीष्टविरोधीहरू त यसो पनि भन्छन्: ‘तैँले मलाई काटछाँट गरिस् र कष्ट दिइस्, त्यसकारण म तँलाई सजिलै छोड्दिनँ। काटछाँटमा पर्नु र त्यागिनु पर्दा कस्तो हुन्छ भनेर म तँलाई चखाउनेछु। तैँले मसँग जस्तो व्यवहार गरिस्, म पनि तँसँग त्यस्तै व्यवहार गर्नेछु। यदि तैँले मलाई सहजता दिइनस् भने, तँलाई पनि सहजता मिल्नेछ भन्ने नसोच्!’” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्वरका वचनबाट, मैले के देखेँ भने ख्रीष्टविरोधीहरू विशेष गरी क्रूर र दुर्भावपूर्ण हुन्छन्, र खासगरी आफूलाई खुलासा गर्ने वा चिढ्याउनेहरूलाई घृणा गर्छन्, अनि उनीहरूलाई तल खसालेर बर्बाद नपारेसम्म हार मान्दैनन्। यसलाई मेरी जेठी छोरीको व्यवहारसँग दाँज्दा, मैले उनका बारेमा केही कुरा खुट्याउन सकेँ। आफ्नी आमाको पक्षमा उभिएर मण्डली जीवनमा बाधा पुर्याएका कारण उसलाई बर्खास्त गरिएको थियो, अनि उसले अगुवा वाङ जिङप्रति रिस पालेर बसी र बदला लिने मौका कुरिरही। पद प्राप्त गरेपछि, उसले वाङ जिङ र उनको परिवारलाई फसाउन र सास्ती दिन आफ्नो शक्तिको सक्दो प्रयोग गरी। वाङ जिङ निकाल्ने वा निष्कासन गर्ने मापदण्डभित्र पर्दिनन् भनेर सबैले ऊसँग जति नै सङ्गति गरे पनि, उसले पटक्कै सुनिन, बरु वाङ जिङलाई मण्डलीबाट निष्कासित गर्ने कुरामै जिद्दी गरिरही। मैले मेरी छोरीको स्वभाव अत्यन्तै कपटी र दुर्भावपूर्ण छ, ऊ सधैँ दुष्ट व्यक्तिलाई संरक्षण गर्छे, आफूसँग असहमत हुनेहरूसँग बदला लिन्छे, र अरूलाई बर्बाद नपारेसम्म रोकिन मान्दिन भन्ने देखेँ। मलाई ऊ एउटा दियाबलस हो र उसलाई साँच्चै नै निष्कासित गरिनुपर्छ भन्ने महसुस भयो। यदि ऊ मण्डलीमा रहिरहेमा, उसले निरन्तर अवरोध र बाधा मात्र पुर्याइरहन्थी, र मण्डलीका लागि एउटा अभिशाप बन्ने थिई।
पछि, मैले परमेश्वरका यी वचन पढेँ: “आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्वरमा विश्वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्वरमा विश्वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरको परिवारमा, ख्रीष्टको सत्ता छ, र सत्यताको शासन चल्छ। मण्डलीले मेरी छोरीलाई उसको सारका आधारमा, निष्कासनका सिद्धान्तहरू पालन गरेर निष्कासित गरेको थियो। तर जब मैले यसको सामना गरेँ, तब मैले परमेश्वरको अभिप्राय खोजिनँ। म मेरी छोरीको दुष्ट सारलाई बुझ्न असमर्थ भएँ, त्यसैले मैले उनीप्रति सहानुभूति देखाएँ र दया गरेँ। मैले सोचेँ, उसले बाल्यकालदेखि नै परमेश्वरमा विश्वास गरेकी छ, र उसले आफ्नो पढाइ छाडी, कष्ट भोगी र अहिलेसम्म मूल्य चुकाई; उसलाई कसरी निष्कासित गर्न सकिन्छ? त्यसैले मैले मेरो हृदयमा परमेश्वरप्रति गुनासो गरेँ, उहाँसँग तर्क गरेँ। यो ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएको “शैतानप्रति शुभेच्छा बढाइरहेको” र “भूतहरूसँग साँठगाँठ गरिरहेको” जस्तै थिएन र? के मैले परमेश्वरको विरोध र प्रतिरोध गरिरहेको थिइनँ र? मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको थिएँ, उहाँका धेरै वचन खाएको-पिएको थिएँ, र म अरूलाई प्रायः भन्ने गर्थेँ “कसैलाई निकाल्ने वा निष्कासित गर्ने कुरा सिद्धान्तहरूमा आधारित हुनुपर्छ, भावनाहरूमा होइन, चाहे ती आफ्नै आमाबुबा नै किन नहोऊन्,” तर जब मेरी श्रीमती र छोरीलाई निष्कासित गरियो, मैले जानीजानी नियमहरू तोडेँ, भावनाहरूमा बहकिएर उनीहरूलाई मण्डलीमै राख्न चाहेँ, के मैले दुष्ट मानिसहरूलाई मण्डलीको काममा बाधा पुर्याउन छुट दिइरहेको थिइनँ र? यो त दुष्ट मानिसहरूको पक्षमा उभिनु र परमेश्वरको प्रतिरोध गर्नु थियो! यो महसुस भएपछि, मेरो हृदयमा अलि डर लाग्यो, त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसामु पश्चात्ताप गर्दै भावनाहरूको बन्धनबाट मुक्त हुन म तत्पर भएँ।
त्यसपछि मैले परमेश्वरका यी वचन पढेँ: “हरेकको परिणामलाई उसका कार्यहरूको सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काका पापहरू वहन गर्न सक्दैन; झन्, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। … धार्मिकता गर्नेहरू अन्ततः धार्मिकता गर्नेहरू नै हुन् र दुष्कर्मीहरू अन्ततः दुष्कर्मीहरू नै हुन्। धार्मिकता गर्नेहरू अन्ततः बाँच्न सक्नेछन्, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्र नै हुन्; उनीहरू फोहोरी होइनन्। फोहोरीहरू फोहोरी नै हुन्, र उनीहरूको एक अंश पनि पवित्र छैन। दुष्कर्मीहरूका छोराछोरीहरू धर्मी कार्य गर्नेहरू नै भए पनि, र धर्मीहरूका आमाबुबा दुष्ट कार्य गर्नेहरू नै भए पनि—नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू सबै धर्मीहरू हुन्। विश्वासी पति र गैरविश्वासी पत्नीबीच वस्तुतः कुनै सम्बन्ध हुँदैन, र विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। कर्तव्य पूरा गर्नेहरू कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। … अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्वासी र गैरविश्वासीहरू अन्तर्निहित रूपमै मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नेछन्, र परमेश्वरको अधीनमा रहनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्वास र अविश्वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। परमेश्वरले कुनै पनि दैहिक भावनामा नबहकी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ, र सबैसँग निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्नुहुन्छ। व्यक्तिको परिणामबारे निर्णय गर्न उसले कति त्याग गरेको वा आफूलाई समर्पित देखिन्छ भन्ने आधारमा नभई, उसको सार र कार्यहरूको आधारमा परमेश्वरले न्याय गर्नुहुन्छ, र दुष्ट मानिसहरू अन्ततः हटाइनु निश्चित छ। मैले परमेश्वरको धार्मिकता बुझेको थिइनँ, त्यसैले, जब मैले मेरी छोरी निष्कासित भई भन्ने सुनेँ, तब मैले सत्यता खोज्ने वा ऊ साँच्चै कस्ती मान्छे हो भनेर हेर्न उसको प्रकृति सारबारे विचार गर्ने काम गरिनँ, बरु म भावनाअनुसार जिएँ, ऊप्रति सहानुभूति र दया देखाएँ। अब मैले प्रस्टसँग के देखेँ भने मेरी छोरीले आफ्नो पढाइ छाडेर आफ्नो कर्तव्य निर्वाह गरे तापनि, कष्ट भोग्न र मूल्य चुकाउन सके तापनि, उसका सबै प्रयासहरू हैसियत र प्रतिष्ठा प्राप्त गर्नका लागि थिए। जब उसले आफ्नो पद गुमाई, र उसको स्वार्थमा धक्का लाग्यो, तब उसको क्रूर प्रकृति पूर्ण रूपमा उदाङ्गो भयो। मलाई सोच्ने गर्थेँ, हाम्रो पूरै परिवारले परमेश्वरमा विश्वास गर्छ, त्यसैले हामी सबैले मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ, तर अहिले आएर मैले यो मेरो आफ्नै धारणा र कल्पना मात्र रहेछ भन्ने देखेँ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन वा सत्यतालाई घृणासमेत गर्छ, र वर्षौँसम्म परमेश्वरमा विश्वास गर्दा पनि उसको शैतानी स्वभाव अलिकति पनि परिवर्तन हुँदैन भने, उनीहरूले कसरी मुक्ति पाउन सक्छन्? मेरी छोरी र श्रीमती निष्कासित भएको अनुभवमार्फत, मैले के देखेँ भने, सुरुमा हाम्रो पूरै परिवारले परमेश्वरमा विश्वास गरे पनि, परमेश्वरका वचनको आपूर्ति प्राप्त गरे पनि, र आ-आफ्नो कर्तव्य निर्वाह गरे पनि, केही वर्षपछि, सबैको सार र हामीले हिँडेको मार्ग बिस्तारै प्रकट भयो। मेरी श्रीमती र जेठी छोरीले धेरै दुष्ट कार्यहरू गरे र उनीहरू दुष्ट व्यक्तिको रूपमा प्रकट भए; हामी दुई पूर्ण रूपमा नमिल्ने प्रकारका मानिसहरू हौँ, र कसैले पनि एकअर्कालाई मद्दत गर्न वा बचाउन सक्दैन। मैले परमेश्वरका यी वचन सम्झेँ: “भविष्यमा, जब मानवजाति सुन्दर क्षेत्रमा प्रवेश गर्छ, त्यहाँ मानिसहरूले पाउनेछु भनी कल्पना गरेका पति र पत्नीबीच, बुबा र छोरीबीच, वा आमा र छोराबीच कुनै सम्बन्ध हुनेछैन। त्यस बेला, हरेक मानवलाई उसको प्रकारअनुसार छुट्याइनेछ र परिवारहरू पहिले नै चकनाचूर पारिएका हुनेछन्। पूर्ण रूपमा असफल भएपछि शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र त्यसउप्रान्त मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती विद्रोही मानिसहरू पहिले नै नष्ट पारिएका हुनेछन्, र समर्पित हुने मानिसहरू मात्र रहनेछन्। यसरी, अति थोरै परिवार मात्र जस्ताका तस्तै बाँचिरहनेछन्, त्यसकारण दैहिक सम्बन्धहरू कसरी रहिरहन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। मैले परमेश्वरको कामलाई बुझेको थिइनँ, र आफ्नै भावनाका कारण, मैले मेरी श्रीमती र छोरीको संरक्षण गरेँ, हाम्रो दैहिक पारिवारिक सम्बन्धलाई जोगाउन चाहन्थेँ, जसले गर्दा मैले झन्डै परमेश्वरविरुद्ध प्रतिरोध गर्ने कार्यहरू गरेँ। म कति मूर्ख र अन्धो थिएँ! मैले सोचेँ, “म अब उप्रान्त भावनाहरूले बाँधिनु हुँदैन। म भावनाहरूको बन्धनबाट मुक्त हुनुपर्छ र यस परिस्थितिप्रति समर्पित हुनुपर्छ।” बिस्तारै, मेरो स्थितिमा सुधार आयो, र मलाई पहिलेजस्तो पीडा हुन छाड्यो।
यी सबै अनुभव गरेपछि, म आफ्नो परिवारका बारेमा अझ राम्ररी खुट्याउन सक्ने भएँ। मैले मेरो हृदयको गहिराइबाटै उनीहरूप्रतिको आफ्नो भावनाहरूलाई त्यागेँ। साथसाथै, मैले के कुरा पनि स्पष्ट रूपमा देखेँ भने भावनाअनुसार जिउँदा व्यक्ति असल र खराब, अनि सही र गलतबीचको भिन्नता छुट्याउन असमर्थ हुन्छ, र ऊ सत्यता सिद्धान्तहरूको विरुद्धमा जाने, परमेश्वरको प्रतिरोध गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने कार्यहरू गर्नेसमेत हुन सक्छ। भावनाहरू वास्तवमै परमेश्वरका शत्रु हुन्। भावनाअनुसार जिउनाले सत्यता अभ्यास गर्न असम्भव बनाउँछ। मैले आफ्नो कद धेरै सानो रहेछ, मेरा भावनाहरू धेरै बलिया छन्, ममा परमेश्वरप्रति साँचो समर्पणको कमी छ, र आफ्नो भ्रष्ट स्वभावलाई रूपान्तरण गर्न मैले परमेश्वरको न्याय र सजाय अनुभव गर्न आवश्यक छ भन्ने पनि देखेँ।