५५. जेलबाट पाएको जागरण
म कम्युनिस्ट पार्टीको वरिष्ठ पूर्वसदस्य हुँ। हामी पहिले गरिब किसान परिवार थियौँ, तर सरकारले हामीलाई जग्गा र नयाँ घर दियो, त्यसैले मलाई म कम्युनिस्ट पार्टीप्रति कृतज्ञ हुनुपर्छ भन्ने लाग्थ्यो। कम्युनिस्ट पार्टीको मतप्रचारबाट गहिरो रूपमा प्रभावित भएकाले, मैले पार्टीलाई पुज्न थालेँ र तीस वर्षभन्दा बढी समयसम्म गाउँ कार्यकर्ता भएर काम गरेँ। त्यो अवधिमा, मैले विना कुनै गुनासो लगनशीलतापूर्वक काम गरेँ, अनि म व्यस्त हुँदा, परिवारको खेतीपातीको कामलाई प्रायजसो बेवास्ता गर्नुपर्ने हुन्थ्यो। मेरो मिहिनेतले जनस्तरबाट प्रशंसा पायो, र म “उत्कृष्ट कार्यकर्ता” र “उत्कृष्ट पार्टी सदस्य” बनेँ। यी सम्मानहरू पाएपछि, म पार्टीप्रति अझ बढी बफादार भएँ। परमेश्वरमा विश्वास गर्न थालेपछि, मलाई लाग्थ्यो म आफ्नो आस्थाप्रति निष्ठावान् हुनुका साथै मैले पार्टीभित्रका मेरा सबै काम पनि राम्ररी गरिरहनुपर्छ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुई पटक पक्राउ परी सतावट भोगेेर अन्ततः त्यसैको नतिजास्वरूप जीवनभरका लागि लङ्गडो भएपछि मात्र, म, पार्टीको वरिष्ठ पूर्वसदस्यको बल्ल आँखा खुल्यो।
मैले परमेश्वरमा विश्वास गरेको एक वर्ष मात्र भएको थियो जब, सन् २००४ को अप्रिलमा ब्रदर-सिस्टरहरूसँग भेला आयोजना गरेको कारण मलाई प्रहरीले पक्राउ गर्यो। दुई जना प्रहरीले मलाई गाउँपालिकाको सरकारी कार्यालयमा लगे र तुरुन्तै मेरो खानतलासी गर्न थाले। तीमध्ये एक जनाले भन्यो, “तैँले इमानदारीपूर्वक सबै कुरा बताएको बेस। तैँले सर्वशक्तिमान् परमेश्वरमाथिको आफ्नो आस्थाका बारेमा सबै कुरा बताइस् भने, तँ कार्यकर्ता भएर काम गरिरहन सक्छस्। बताइनस् भने, हामीले तँमाथि सख्ती अपनाएमा हामीलाई दोष नदे!” मैले मनमनै सोचेँ, “मैले त एउटा भेला आयोजना गरेको र परमेश्वरका वचन पढेको मात्र हुँ, कानुन विरुद्ध हुने गरी त केही गरेको छैन। त्यसमाथि, मैले वर्षौंदेखि कार्यकर्ता भएर काम गर्दै आएको छु, पार्टीका लागि जीउज्यान दिएर काम गरेको छु, र सधैँ जस नपाए पनि निरन्तर परिश्रम गरेको छु। ती सबै कुरालाई विचार गर्दा, मलाई पक्का छ तिनीहरूले मलाई केही गर्नेछैनन्।” त्यसैले मैले यसो भन्दै जवाफ दिएँ, “परमेश्वरमा विश्वास गर्नु कानुन विरुद्ध छैन। कार्यकर्ता भएर काम गरिरहन पाऊँ वा नपाऊँ, मलाई त्यसको कुनै परवाह छैन।” एक जना प्रहरीले दाँत किट्दै क्रूरतापूर्वक भन्यो, “यस्तै जिद्दी भइराख्, अनि थाहा पाउलास् हामी तँलाई कसरी तह लाउँछौँ!” त्यसपछि, तिनीहरूले मेरो घरमा छापा मारेको मात्र नभई गम्भीर बिरामी रहेकी मेरी श्रीमतीलाई समेत लिएर गए। तिनीहरूले मेरो “उत्कृष्ट पार्टी सदस्य” प्रमाणपत्रहरू भुइँमा राखे र भने, “तैँले कम्युनिस्ट पार्टीको विशिष्ट सदस्य भएर पनि कसरी परमेश्वरमा विश्वास गर्न सकिस्? यो त सीधै कम्युनिस्ट पार्टीको विरोधी हुनु हो!” त्यस दिन दिउँसो, प्रहरीले मलाई र मेरी श्रीमतीलाई छुट्टाछुट्टै राखेर सोधपुछ गरे। राष्ट्रिय सुरक्षा ब्रिगेडको सोधपुछ कक्षमा, क्याप्टेन आक्रामक हुँदै गर्जियो, “तेरो मण्डलीको अगुवा को हो? तँ को-कोसँग सम्पर्कमा छस्?” मैले जबाफ दिन नपाउँदै, उसले मेरो कपाल समातेर टाउको कुर्सीमा बजारिदियो। म भुइँमा लडेँ, मलाई रिँगटा लाग्यो र मेरा आँखा अगाडि अँध्यारो छायो। चिनियाँ कम्युनिस्ट पार्टीले प्रहरीलाई दण्डित हुने अवस्थाबाट पूर्ण उन्मुक्ति दिँदै मानिसहरूलाई कुटपिट गर्ने अख्तियार दिएको छ भन्ने कुरा थाहा पाएपछि, मलाई अलिक डर लाग्यो र तिनीहरूले मलाई कसरी सास्ती दिनेछन् भनी चिन्ता लाग्यो। मैले परमेश्वरलाई पुकारेँ, र म आफ्नो गवाहीमा दृढ रहन सकूँ भनेर मेरो सुरक्षा गर्न उहाँसँग अनुरोध गरेँ। प्रार्थनापछि, मलाई परमेश्वरका वचनको एउटा खण्ड याद आयो: “म तेरो टेको र ढाल हुँ, र सबै कुरा मेरो हातमा छ। त्यसोभए, तँ केसँग डराउँछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९)। वास्तवमै, प्रहरीहरू जति नै निर्दयी भए पनि, तिनीहरू सबै परमेश्वरका हातमा थिए। परमेश्वर मेरो ढाल हुनुहुन्थ्यो, त्यसैले म डराउनुपर्ने कुनै कुरा थिएन। म इमानदार भई परमेश्वरमा भर परेसम्म, त्यस्तो कुनै अग्निपरीक्षा थिएन, जसबाट मैले पार पाउन नसकूँ। परमेश्वरका वचनले मलाई आस्था र शक्ति दिए अनि मेरो पीडा कम भयो। मेरो फोन जाँच्ने क्रममा अन्य प्रान्तका क्षेत्रीय कोड भएका ब्रदर-सिस्टरहरूका फोन नम्बरहरू भेट्टाएपछि, प्रहरीले भन्यो, “यसकै आधारमा मात्र पनि, तँलाई आठदेखि दस वर्षसम्मको जेल सजाय हुन सक्छ।” मैले मनमनै सोचेँ, “परमेश्वरमा विश्वास गरेर मैले कुनै गल्ती गरिरहेको छैनँ र कुनै पनि कानुन तोडेको छैनँ। कुन कानुनको आधारमा मलाई आठदेखि दस वर्षसम्मको सजाय हुनुपर्ने? तिमीहरूले मलाई जस्तोसुकै सजाय दिए पनि, म मेरा ब्रदर-सिस्टरहरूमाथि कहिल्यै घात गर्नेछैनँ।” मैले केही पनि नभन्ने देखेपछि, प्रहरीले मलाई बन्दीगृहमा लगे।
बन्दीगृहमा पुगेपछि, प्रहरीले मलाई निरन्तर सोधपुछ गरिरहे र मेरा ब्रदर-सिस्टरहरूमाथि घात गर्न दबाब दिए, तर म कहिल्यै झुकिनँ। सन् २००४ को मे महिनामा, एक जना प्रहरीले मलाई श्रम पुनर्शिक्षाको सूचना हातमा दिएर त्यसमा हस्ताक्षर गर्न भन्यो। तिनीहरूले “सामाजिक शान्ति भङ्ग गरेको” झूटो आरोप लगाएर मलाई साढे दुई वर्षको श्रम पुनर्शिक्षाको सजाय सुनाएका थिए। मलाई साह्रो रिस उठ्यो र प्रहरीलाई जोडदार रूपमा सोधेँ, “परमेश्वरमा विश्वास गरेर मैले कुन कानुन तोडेको छु? मलाई किन पक्राउ गरियो? अनि किन यति भारी सजाय?” तर ऊ मेरो पीडामा रमाएको देखिन्थ्यो, र उसले भन्यो, “तँ अझै पनि आफ्नो अपराध स्वीकार गर्दैनस्? त्यसो भए तँलाई दिएको सजाय कम पो भएछ। भेला आयोजना गर्नु भनेको अपराधीहरूलाई आश्रय दिनु सरह हो र यो सीधै चिनियाँ कम्युनिस्ट पार्टीको विरोधी हुनु हो। त्यसैले तँ राजनीतिक अपराधी होस्।” त्यस रात, मैले परमेश्वरमा विश्वास गरेकै कारण मलाई किन यति भारी सजाय दिइयो भनी सोचिरहेँ। सरकारले कम्युनिस्ट पार्टीका सदस्यहरूलाई धर्म मान्न रोक लगाएको भए पनि, मैले यतिका वर्षसम्म कार्यकर्ता भएर काम गरेकाले र उत्कृष्ट सदस्यको सम्मान पाएको हुनाले, मेरा हकमा केही छुट हुनुपर्ने होइन र? यो महसुस भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीदेखि निकै निराश भएँ र विगतमा त्यति निष्ठापूर्वक तिनीहरूका लागि काम गरेकोमा पछुतो लाग्यो। मसँगै पक्राउ परेका दुई जना ब्रदरलाई त झन् भारी सजाय दिइएको थियो। मलाई साह्रै रिस उठ्यो र चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरमा विश्वास गर्नेहरूलाई किन यति धेरै घृणा गर्छ भनेर मैले बुझ्नै सकिनँ। चीनमा आफ्नो आस्थाको अभ्यास गर्नु एकदमै गाह्रो थियो—त्यसैले त परमेश्वरले यसो भन्नुभएको रहेछ: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। जब सत्यतथ्य मेरो अगाडि छर्लङ्ग भयो, तब मात्र मेरा आँखा खुल्न थाले। चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरलाई गहिरो घृणा गर्छ र उन्मत्त भई उहाँको प्रतिरोध गर्छ भन्ने कुरा मैले देखेँ। तपाईँले पार्टीका लागि जति नै काम र त्याग गरे पनि, जबसम्म तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ, तिनीहरूले तपाईँलाई सजिलै छाड्दैनन्। तिनीहरू साँच्चै नै परमेश्वरको प्रतिरोध गर्ने पिशाचहरू हुन्! त्यतिबेला, प्रहरी नभएको मौका छोपेर एक जना ब्रदरले सुस्तरी मसँग सङ्गति गर्दै भने, “हामी पक्राउ परेको परमेश्वरको अनुमतिले हो। यो भयानक अग्निपरीक्षाले हाम्रो विश्वासलाई अझ राम्ररी सिद्ध पार्न सक्छ। हाम्रो गवाहीमा दृढ रहन हामीले परमेश्वरमा भर पर्नुपर्छ।” तब मात्र मलाई महसुस भयो, मैले श्रम पुनर्शिक्षाको सजाय पाउनुमा परमेश्वरको अनुमति रहेछ। मेरो आस्थालाई सिद्ध पार्न परमेश्वरले यस अग्निपरीक्षाको प्रयोग गरिरहनुभएको थियो। परमेश्वरको अभिप्राय बुझेपछि, मैले आफूभित्र नयाँ सङ्कल्प महसुस गरेँ र मलाई उप्रान्त मेरो सजायका बारेमा कुनै चिन्ता लागेन। यदि मैले साढे दुई वर्षको सजाय काट्नैपर्छ भने, ठिकै छ नि त! म परमेश्वरमा भर परेँ र उहाँले मलाई दृढ रहन शक्ति दिनुहुनेछ भन्ने कुरामा विश्वस्त भएँ।
श्रम शिविरमा, हामीलाई मेसिन जस्तै काम गराइइन्थ्यो। त्यहाँ पुगेको केही समयपछि नै, एक जना प्रहरीले हामीलाई हकार्दै भन्यो, “नियमअनुसार, तिमीहरूसँग मानव अधिकार छ, तर वास्तविकतामा, तिमीहरूसँग कुनै मानव अधिकार छैन। आदेशको पालना गर र भनेको मान! यहाँ, तर्क वा सम्झौताका लागि कुनै ठाउँ छैन र तिमीहरूले कुनै माग वा अनुरोध गर्न पाउनेछैनौ! म सहमत छैनँ, मलाई भारी सजाय दिइयो, वा म यहाँ हुनुहुँदैनथ्यो भनेर भन्न पाइनेछैन। अनि ‘यहाँ कुनै स्वतन्त्रता छैन’, ‘यहाँको जीवन कठिन छ’, वा ‘शारीरिक श्रम थकाउने खालको छ’ भन्ने जस्ता कुरा गर्ने आँट नगर्नू! माथिका कुनै पनि कुरा भन्न पाइनेछैन। आदेशको पालना गर!” श्रम शिविरमा कुनै स्वतन्त्रता थिएन। शिविरमा मेरो पहिलो महिना बितेपछि, मलाई इँटा कारखानाको काममा लगाइयो। इँटाभट्टाभित्रको तापक्रम लगभग ५० डिग्री सेल्सियस हुन्थ्यो। भट्टाबाट भर्खरै निकालिएका इँटाहरू छुँदा पोल्ने गरी तातो हुन्थे र आफूलाई चोटपटक नलगाई इँटा नजिक पुग्ने कुनै उपाय थिएन। शिविरका प्रहरीहरूले हामीलाई जबरजस्ती काम गर्न लगाउँथे र सुरक्षाको नाममा निथ्रुक्क भिजेका च्यातिएका सुतीका लुगाहरू लगाउन बाध्य पार्थे। इँटा कारखानामा इँटा पोल्न कोइला प्रयोग गरिन्थ्यो र सिङ्गो कारखाना धुवाँले भरिएको हुन्थ्यो। जसले गर्दा, हामी सधैँ फोहोरी, गन्हाउने र टाउकोदेखि खुट्टासम्म कालो मोसोले ढाकिएका हुन्थ्यौँ। तिनीहरू परमेश्वरमा विश्वास गर्नेहरूप्रति एकदमै कठोर थिए। हरेक दिन, हामीलाई लगातार दस घण्टाभन्दा बढी समय कडा र फोहोर काम गर्न बाध्य पारिन्थ्यो। हाम्रो कामको गति सुस्त भएमा, “छिटो काम गर, छिटो काम गर!” भन्दै प्रहरीहरू कराउँथे दिनको अन्त्यतिर, म यति थकित हुन्थेँ र मेरो ढाड यति दुख्थ्यो कि म भुइँमा पल्टिनु बाहेक केही गर्न सक्दिनँथेँ, मलाई हलचल गर्न मन लाग्दैनथ्यो। त्यसमाथि, हामीले कहिल्यै पेटभरि खान पाउँदैनथ्यौँ, त्यसैले म झन्झन् कमजोर हुँदै गएँ, मेरो शरीरमा बल नभएको महसुस हुन्थ्यो, र मलाई प्रायजसो रिँगटा लाग्थ्यो। राति ओछ्यानमा पल्टिएर सोच्थेँ, “ठूलो रातो अजिङ्गरले हामीलाई मानिसको जस्तो व्यवहार गर्दैन, यस्तो कडा श्रम गर्न लगाउँछ। म पचास वर्ष कटिसकेँ, र यस्तै चलिरह्यो भने, म यो साढे दुई वर्षको जेल जीवन कटाउन सक्छु कि सक्दिनँ मलाई थाहा छैन!” यस्तो सोच्दा, म अलिक दिक्दार हुन्थेँ र सुस्तरी परमेश्वरलाई पुकार्दै भन्थेँ, “हे परमेश्वर! यहाँको जीवन धेरै गाह्रो छ। म यहाँको जीवन सहन सक्दिनँ कि भन्नेमा चिन्तित छु। हे परमेश्वर! मलाई शक्ति र आस्था दिनुहोस् ताकि म जेलको यो लामो समय पार गर्न सकूँ।” प्रार्थनापछि, मलाई के महसुस भयो भने परमेश्वरका वचन नै मेरो जीवनका आधार हुन्, र टिकिरहनका लागि म परमेश्वरका वचनमा भर पर्नैपर्छ। मसँग पढ्नका लागि परमेश्वरका कुनै वचन थिएनन् र मलाई केही भजन मात्र याद थिए, त्यसैले मैले तिनलाई नबिर्सने पक्का गर्नुपर्थ्यो। राति, म टाउकोसम्म कम्बल ओढ्थेँ र मनमनै परमेश्वरका भजन गाउँथेँ, अनि मलाई याद भएका भजन औँलामा गन्थेँ। हरेक पटक भजन गाउँदा, मलाई ठूलो प्रोत्साहनबोध हुन्थ्यो। एउटा भजनमा यसो भनिएको छ: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। मलाई के महसुस भयो भने, परमेश्वरले हाम्रो आस्थालाई सिद्ध पार्न यो अग्निपरीक्षाको प्रयोग गरिरहनुभएको थियो। परमेश्वर मेरा साथमा हुनुभएकाले, मैले जित्न नसक्ने कुनै कठिनाइ छैन भन्ने मलाई लाग्यो। मैले यो भजन पनि गाएँ: “परमेश्वरले मानिसका कष्टहरू भोग्नुहुन्छ, र तिनीहरूका सजायमा तिनीहरूको साथमा उभिनुहुन्छ। उहाँले सधैँ मानिसको जीवनको बारेमा विचार गर्नुहुन्छ। परमेश्वर मात्रै सबैभन्दा विचारशील हुनुहुन्छ। उहाँले मौनतामा इन्कारको पीडा सहनुहुन्छ, अनि संकष्टको बेला मानिसलाई साथ दिनुहुन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ, यो कति महान् कुरा!)। यो भजन धेरै प्रोत्साहनदायी र मन छुने थियो। म जेलमा भए पनि, परमेश्वर मेरा साथमा हुनुहुन्थ्यो, त्यसैले मसँग त्यो साढे दुई वर्षको जेल जीवन डटेर सामना गर्ने आस्था र शक्ति थियो। जीवन जति नै गाह्रो वा थकाउने भए पनि, मैले अघि बढ्नका लागि परमेश्वरमा भर पर्नुपर्थ्यो। आफ्नो सजाय पूरा गरेपछि, म घर गएर परमेश्वरका वचन अझै धेरै पढ्नुपर्छ र आफ्नो आस्था राम्ररी अभ्यास गर्नुपर्छ भन्ने मलाई थाहा थियो।
सन् २००४ को जुन महिनामा, मौसम अत्यधिक तातो भयो। एक दिन, मलाई अलिक तिर्मिर र रिँगटा लागिरहेको थियो, मेरो हातखुट्टाको बल सकिएको थियो, र म तीन फिटभन्दा अग्लो इँटाको चाङबाट तल ओर्लँदै गर्दा, अचानक मेरो सन्तुलन बिग्रियो र म इँटाहरूसँगै तल खसेँ, र फुटेका इँटाहरूको थुप्रोमा उत्तानो परेर बजारिएँ। भुइँमा बज्रिने बित्तिकै, मेरो नितम्ब र देब्रे तिघ्रामा कडा पीडा भयो। पीडा यति तीव्र थियो कि मलाई चिसो पसिना आयो, मेरो मुटुको धड्कन बढ्न थाल्यो र म डल्लो परेर बसेँ, उठ्नै सकिनँ। जब एउटा प्रहरीले मलाई त्यहाँ पल्टिरहेको देख्यो, तब उसले मलाई केही भएको छ कि भनेर हेर्नेसम्म वास्ता गरेन र सीधै कराउँदै भन्यो, “उठ् र काम जारी राख्!” मलाई यति धेरै पीडा भइरहेको थियो कि म हलचल नै गर्न सकिनँ अनि म राम्ररी सास फेर्न सक्ने अवस्थामा नआउन्जेल अरू दुई मिनेटसम्म भुइँमै पल्टिरहेँ। कुटाइ खानेछु भन्ने डरले गर्दा मैले त्यो सहन नसकिने पीडालाई दबाउँदै कामलाई निरन्तरता दिन बिस्तारै भुइँबाट उठेँ। त्यस रात, म ओछ्यानमा कुक्रुक्क परेर सुतेँ, र आफ्नो देब्रे खुट्टालाई अलिकति पनि हलचल गर्ने आँट गरिनँ, किनभने अलिकति चलाउँदा मात्र पनि हड्डी भाँचिएजस्तो चर्को पीडा हुन्थ्यो। यति धेरै दुख्यो कि म रातभर सुत्नै सक्दिनथेँ। त्यतिबेला कसैले पनि मेरो वास्ता गरेन र म एक्लोपनको भावनाले विह्वल भएँ। मलाई के पनि चिन्ता लाग्यो भने, “यो गम्भीर चोट हो—यदि मलाई साँच्चै पक्षाघात भयो भने, भविष्यमा मैले परिवारलाई कसरी पाल्ने? …” मैले यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो, अनि मैले आँखाभरि आँसु पारेर परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर! म अब खडा हुन सक्छु कि सक्दिनँ थाहा छैन। मैले भर गर्ने तपाईँ मात्रै हुनुहुन्छ, कृपया मलाई आस्था र शक्ति दिनुहोस्।” प्रार्थनापछि, मलाई परमेश्वरका यी वचन याद आए: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। वास्तवमै, हाम्रो भाग्य परमेश्वरका हातमा छ। मलाई पक्षाघातग्रस्त हुनेछु कि हुनेछैनँ भन्ने कुरा परमेश्वरकै हातमा थियो, त्यसैले यसका बारेमा चिन्ता लिनुको कुनै अर्थ थिएन किनकि यसले मलाई झन् दुःखी मात्र बनाउनेथ्यो। म जेसुकै भए पनि र म साँच्चै पक्षाघातग्रस्त नै भए पनि, म अन्तसम्मै परमेश्वरलाई पछ्याउनेछु भन्दै आफूलाई परमेश्वरका हातमा सुम्पन तयार भएँ! पछि, मैले प्रहरीसमक्ष बिरामी बिदाका लागि निवेदन दिएँ, तर तिनीहरूले मेरो निवेदन अस्वीकार गरे, त्यसैले त्यो असह्य पीडा सहँदै, आफ्नो देब्रे हातले देब्रे तिघ्रालाई थिचेर खल्च्याङ्गिँदै कारखानासम्म जानु बाहेक मसँग अरू कुनै विकल्प थिएन। जब कारखानामा एक जना प्रहरीले मेरो अवस्था देख्यो, उसले क्रूरतापूर्वक कराउँदै भन्यो, “काम ठग्न तँ चोट लागेको नाटक मात्र गर्दैछस्! परमेश्वरमा विश्वास गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको विरोधी हुनु हो र त्यसैले तँ राजनीतिक अपराधी होस्। यो चोरी गर्नुभन्दा पनि ठूलो अपराध हो। तँ यस्तै सास्ती पाउन लायक छस्!” मलाई साह्रै रिस उठ्यो—तिनीहरूले मलाई परमेश्वरमा विश्वास गरेकै कारण सास्ती दिइरहेका र दुर्व्यवहार गरिरहेका थिए। तिनीहरू साँच्चै नै घृणित थिए। मलाई परमेश्वरका वचनको निम्न खण्ड याद आयो: “के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। … परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। “समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वरका वचनमार्फत, मैले परमेश्वरप्रति चिनियाँ कम्युनिस्ट पार्टीको शत्रुताको पैशाचिक सारलाई चिन्न सकेँ। चिनियाँ कम्युनिस्ट पार्टीले आफूलाई महान्, गौरवशाली र कहिल्यै गल्ती नगर्ने पार्टी भनी दाबी गर्छ, यसले धार्मिक स्वतन्त्रता तथा वैध अधिकार र हितहरूलाई समर्थन गर्ने दाबी गर्छ, तर ती सबै भ्रामक र दुष्ट शब्दहरू हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र सतावटलाई व्यक्तिगत रूपमा अनुभव गरेपछि, तिनीहरूले मानिसहरूलाई कसरी धोका दिन्छन् र क्रूरतापूर्ण व्यवहार गर्छन् भन्ने मैले देखेँ। चिनियाँ कम्युनिस्ट पार्टी अन्धकार र दुष्टताले भरिएको छ—साँच्चै भन्नुपर्दा तिनीहरू साक्षात पिशाचहरू हुन्। परमेश्वरका वचनले यी सबै कुरालाई एकदमै सटीक र व्यावहारिक रूपमा खुलासा गरे! चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्वरका विश्वासीहरूलाई यसरी उन्मत्त भई पक्राउ गर्नु र क्रूरतापूर्ण व्यवहार गर्नुको कारण के हो भने तिनीहरू विश्वासीहरूलाई परमेश्वरलाई इन्कार गर्न र उहाँलाई धोका दिन बाध्य पार्न चाहन्छन्, तर म तिनीहरूको अगाडि कहिल्यै झुक्ने थिइनँ। म यसरी पूर्ण रूपमा धोकामा परेको, अनि चिनियाँ कम्युनिस्ट पार्टीलाई कुनै महान् हितकारी मानेर अन्धो रूपमा पुजेको र तिनीहरूले मलाई अलिकति जमिन दिएकै कारण तिनीहरूप्रति कृतज्ञ भएकोमा मलाई आफैदेखि घृणा लाग्यो। सबै कुरा परमेश्वरले नै सृष्टि गर्नुभएको हो र यो जमिन पनि परमेश्वरकै हो। मैले कसरी परमेश्वरको अनुग्रहलाई गल्तीले दियाबलस शैतानबाट आएको मानेँ? मैले तब मात्र के बुझेँ भने मैले सधैँ पुज्दै र कृतज्ञ हुँदै आएको पार्टी त परमेश्वरको प्रतिरोध गर्ने र मलाई सक्रिय रूपमा नरकमा तान्न खोजिरहेको एउटा पिशाच पो रहेछ!
नौ दिनपछि मात्रै जेलको एउटा डाक्टरले मेरो जाँच गर्यो र मलाई तिघ्राको हड्डी सड्ने रोग भएको पत्ता लगायो। यो कुरा सुन्ने बित्तिकै मैले सोचेँ, “यति गम्भीर? यदि म साँच्चै पक्षाघातग्रस्त भएँ भने, के म पूर्ण रूपमा बेकम्मा हुन्न र? त्यसो भयो भने त मेरो जीवन नै सकिन्छ!” डाक्टरले मलाई केही दिनको औषधिको पुर्जी मात्र दियो, तर त्यो पूर्ण रूपमा प्रभावहीन मात्र साबित भएन, मलाई झन् धेरै दुखाइ महसुस भयो। त्यतिबेलासम्म, म हिँड्न नसक्ने भइसकेको थिएँ—बाथरूम जानुपर्दा, मैले कम्मर बाङ्गो बनाउँदै भित्तामा समातेर, र साना-साना पाइला चाल्दै बिस्तारै घिस्रिनुपर्थ्यो। पहिले केही मिनेट मात्र लाग्ने बाटो काट्न अब आधा घण्टाभन्दा बढी समय लाग्थ्यो। मलाई खाना ल्याइदिन अरू कैदीहरूको भर पर्नुपर्थ्यो, र तिनीहरूले बिर्सिएको बेला भोकभोकै बस्नुपर्थ्यो वा अलिकति पानी पिएर भोक मेट्नुपर्थ्यो। म आफ्नो ओछ्यानमा पल्टिरहन्थेँ, समय एकदमै ढिलो बितिरहेको जस्तो लाग्थ्यो र म पीडामा डुबिरहन्थेँ। म सोच्थेँ, “औषधिले काम गरिरहेको छैन र मेरो अवस्था यति गम्भीर हुँदा पनि तिनीहरू मलाई अस्पताल जान दिँदैनन्। सायद म यहीँ मर्नेछु होला…।” म जति धेरै सोच्थेँ, मलाई त्यति नै नराम्रो लाग्थ्यो र मेरा आँखाबाट आँसु बग्थ्यो। मैले त यो सबबाट छुटकारा पाउन आफ्नो जीवन नै अन्त्य गर्ने बारेमा समेत सोचेँ। त्यसपछि मलाई अचानक के याद आयो भने हरेक कुरा परमेश्वरका हातमा छ र म परमेश्वरमा भर पर्नुपर्छ! मैले निरन्तर परमेश्वरलाई पुकारेँ र त्यसपछि परमेश्वरका वचनको “रोगको सुरुवात परमेश्वरको प्रेम हो” शीर्षकको भजन सम्झिएँ: “रोग सामना गर्दा निराश नबन्, बारम्बार खोजी गर् अनि हरेस नखा, अनि परमेश्वरले तँलाई ज्योति र अन्तर्दृष्टि दिनुहुनेछ। अय्यूबको आस्था कस्तो थियो? सर्वशक्तिमान् परमेश्वर सर्व-शक्तिशाली वैद्य हुनुहुन्छ! बिमारीमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा बास गर्नु भनेको स्वस्थ हुनु हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचन मनन गर्दा, मेरो हृदय शक्तिले भरियो। हो, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र मैले उहाँमा आस्था राखेँ भने मात्र म उहाँका कार्यहरू देख्न सक्नेथिएँ। तर मेरो पीडाका बीचमा, म आफ्नो जीवन अन्त्य गर्ने चाह गरेँ—ममा परमेश्वरप्रति साँचो आस्था थिएन र म शैतानको हाँसोको पात्र भएँ। मेरो कद साँच्चै सानो थियो। त्यसपछिका केही दिनसम्म, मैले प्रायजसो परमेश्वरलाई प्रार्थना गरेँ, भजनहरू गुनगुनाएँ, र प्रोत्साहन र प्रेरणा महसुस गरेँ। बिस्तारै, मेरो शरीरलाई सताइरहेको त्यो भयानक पीडा कम हुँदै गएजस्तो लाग्यो। बाह्रौं दिनमा, मलाई थप परीक्षणका लागि बल्ल अस्पताल लगियो। मेरो अवस्था गम्भीर भएकाले, तिनीहरूले मलाई चिकित्सा उपचारका लागि जमानीमा अस्थायी रूपमा रिहा गर्ने प्रक्रिया अघि बढाए। मसँगै आएको प्रहरीले एउटा झूटो बयान बुझायो, जसमा म एउटा कक्षाकोठामा टिभी हेर्दै गर्दा पुरानो कुर्सीबाट लडेको भनी दाबी गरिएको थियो। जब मैले इँटा कारखानामा काम गर्दागर्दै खसेको हुँ भनेर स्पष्ट पार्न खोजेँ, त्यो प्रहरीले निधार खुम्च्याउँदै भन्यो, “तैँले त्यही कुरा भन्न जिद्दी गरिरहिस् भने तँलाई उपचारका लागि रिहा गरिनेछैन। तैँले जेलमै अझै कष्ट भोगिरहनुपर्नेछ!” मलाई उपचारमा अझै ढिलाइ गरेँ भने म पक्षाघातग्रस्त हुनेछु भन्ने चिन्ता लाग्यो, त्यसैले त्यो झूटो बयानमा हस्ताक्षर गर्नु बाहेक मसँग अरू कुनै विकल्प थिएन। घर फर्केपछि, मैले शल्यक्रिया गराएँ, तर उपचारमा धेरै ढिलाइ भएको कारण, म जीवनभरका लागि लङ्गडो भएँ।
अस्पतालबाट पहिलो पटक घर आउँदा, म ओछ्यानबाट उठ्न र हलचल गर्न सक्दिनँथेँ अनि मलाई श्रीमतीले नै चम्चाले खाना र औषधि खुवाइदिनुपर्थ्यो। घर फर्केको करिब दुई हप्तापछि, गाउँपालिकाका पार्टीको उपसचिव हाम्रो घर आए र मलाई दुईवटा कागज दिँदै रुखो स्वरमा भने, “तपाईँको पार्टी सदस्यता खारेज गरिएको छ, यहाँ हस्ताक्षर गर्नुहोस्।” मैले मनमनै सोचेँ, “ठिकै छ, मेरो सदस्यता खारेज गर! म अब पार्टीका लागि पक्कै पनि आफ्नो जीवन बलिदान दिन चाहन्नँ!” यति सोचेर, मैले दृढतापूर्वक ती खारेजीका कागजातमा हस्ताक्षर गरेँ। मैले गाउँ कार्यकर्ता भएर काम गरेका मेरा तीस वर्षभन्दा बढीको समयलाई फर्केर हेरेँ। मैले पार्टीको गुणगान गाएको थिएँ, बफादार भई आफ्ना सबथोक दिएको थिएँ, र विभिन्न छल-कपटमार्फत जनताले दुःख गरेर कमाएको सम्पत्ति हडपेको थिएँ। म यति धेरै काम गर्थेँ कि मसँग आफ्नै परिवारको खेतीपातीको काम हेर्ने समय समेत हुँदैनथ्यो, र त्यसकै नतिजास्वरूप, मेरी श्रीमतीले अत्यधिक काम गर्नुपर्यो र उनी बिरामी परिन्। पहिले, पार्टीको सदस्य हुँदा, मलाई पार्टीप्रति बफादार बन्नुपर्छ भन्ने लाग्थ्यो। यदि मैले पक्राउ, सतावट, पार्टीबाट निष्कासन र कार्यकर्ताको पद खारेजीको अनुभव नगरेको भए, म अझै पनि पार्टीका लागि आफ्नो सबथोक दिइरहनेथिएँ। मैले केही कष्ट भोगेको र मेरो देब्रे खुट्टा लङ्गडो भएको भए तापनि, मैले चिनियाँ कम्युनिस्ट पार्टीको परमेश्वर-प्रतिरोधी शैतानी सार छर्लङ्ग देखेको थिएँ र म उप्रान्त तिनीहरूद्वारा भ्रमित भइनँ वा धोकामा परिनँ। मैले आफ्नो पूर्ण हृदयले चिनियाँ कम्युनिस्ट पार्टीलाई घृणा गरेँ र त्यागेँ अनि आफूलाई पूर्ण रूपमा परमेश्वरमा अर्पित गरेँ। यो सबै परमेश्वरको प्रेम र मुक्तिको नतिजा थियो! त्यस रात, जब मैले श्रीमतीलाई आफूले बुझेका र सिकेका सबै कुरा बताएँ र उनले म कसरी परिवर्तन भएको छु भनी देखिन्, तब उनी हाँसिन् र भनिन्, “पहिले तपाईँ परमेश्वरलाई पछ्याउने र पार्टीप्रति बफादार रहने दुवै गर्न खोज्नुहुन्थ्यो। अब त तपाईँ चिनियाँ कम्युनिस्ट पार्टीको हिस्सा नभएपछि, हामी हाम्रा सारा ऊर्जा सत्यता पछ्याउन र हाम्रा कर्तव्यहरू निर्वाह गर्नमा लगाउन सक्छौँ।”
त्यस अवधिमा, मेरी श्रीमती हाम्रो घरको सारा कामको बोझ उठाउन बाध्य थिइन्। उनलाई पहिले नै पेटको गम्भीर बिमार थियो, र त्यसमाथि, अब उनमा घरको सारा काम गर्नु सँगसँगै मेरो हेरचाह गर्ने थप जिम्मेवारी थपिएको थियो। कहिलेकाहीँ उनी यति थकित हुन्थिन् कि उनले मलाई खाना दिइरहेको बेला, म उनका हातहरू काँपिरहेको देख्थेँ। मेरी श्रीमतीलाई त्यस्तो अवस्थामा देख्दा मेरो मन दुख्थ्यो र प्रायजसो मेरा आँखा भरिएर आइहाल्थे। चार महिनापछि पनि, मेरो खुट्टामा कुनै चाल थिएन र मैले म जीवनभरका लागि पक्षाघातग्रस्त हुने पो हो कि भनेर सोच्न थालेँ। “यदि म साँच्चै पक्षाघातग्रस्त भएँ भने, यो जिन्दगी कसरी अगाडि बढ्ला? के मेरो जीवन वास्तवमै समाप्त हुनेछैन र?” म पहिले हाम्रो घरको मियो थिएँ, तर म पूर्ण रूपमा बेकम्मा भएँ र बाथरूम जान समेत श्रीमतीको मद्दत चाहिने भयो। मलाई मेरी श्रीमतीप्रति धेरै टिठ लाग्यो र म उनका लागि बोझ मात्र बनेको थिएँ—यी सोचहरूले मलाई आफ्नो जीवन नै अन्त्य गरिदिऊँ कि भन्ने बनाउँथ्यो। श्रीमतीले खाना खुवाउन खोज्दा मलाई निल्न समेत मन लाग्दैनथ्यो, बरु भोकै बसेर ज्यान फाल्नेछु भनी सोच्थेँ। मेरो सबैभन्दा निराशाजनक क्षणमा, मैले आँखामा आँसु लिएर बारम्बार परमेश्वरलाई पुकारेँ र भनेँ, “हे परमेश्वर! म अहिले निकै कष्ट भोगिरहेको छु। कृपया मेरा लागि मार्ग खोलिदिनुहोस्, कृपया मलाई मुक्ति दिनुहोस्…।” प्रार्थनापछि, मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्वरको निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचनले मलाई आस्था र शक्ति दिए अनि मलाई लज्जित र शर्मिन्दा पनि महसुस गराए। अलिकति कष्ट भोग्ने बित्तिकै मैले आफ्नो जीवन अन्त्य गर्न चाहेँ—त्यो कस्तो खालको गवाही थियो? मैले अय्यूबले सामना गरेको त्यो विशाल परीक्षा सम्झेँ, जतिबेला उनले आफ्ना सबै सन्तान र सम्पत्ति गुमाएका थिए अनि उनको शरीर खटिराले भरिएको थियो। त्यस्तो चरम कष्टको बाबजुद पनि, उनले परमेश्वरको नामको प्रशंसा गरे र एक महिमामय गवाही दिए। तर, म भने रोगको कारण अलिकति कष्ट भोग्नेबित्तिकै नकारात्मक भएको थिएँ। मैले परमेश्वरको अभिप्राय खोजिनँ; बरु, मैले आफ्नो जीवन नै अन्त्य गर्ने चाहना गरेँ। यदि परमेश्वरले मलाई ठीक समयमा अन्तर्दृष्टि नदिनुभएको भए, म शैतानको षड्यन्त्रमा फसेको हुनेथिएँ। यो कुरा बुझेपछि, आफ्नो जीवन अन्त्य गर्ने मेरो चाहना हरायो र मैले आफ्नो अन्तिम सास रहुन्जेल परमेश्वरलाई पछ्याउने र उहाँका लागि गवाही दिने सङ्कल्प गरेँ! एक महिनापछि, म अचानक आफ्नो देब्रे खुट्टा फेरि उठाउन सक्ने भएँ। म यति खुसी र उत्साहित भएँ कि मेरा आँखाबाट आँसु बग्न थाले र मैले निरन्तर परमेश्वरलाई धन्यवाद दिएँ। समय बित्दै जाँदा, म बिस्तारै हिँडडुल गर्न सक्ने हुँदै गएँ। मैले आफू फेरि उभिन सक्छु भनेर कहिल्यै कल्पना गरेको थिइनँ। यो सबै साँच्चै परमेश्वरकै कृपा थियो!
सन् २००८ मा, “बेइजिङ ओलम्पिकको तयारीका लागि सामाजिक स्थिरता कायम राख्ने” बहानामा, चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीलाई दबाउन र पहिले सजाय पाएका ब्रदर-सिस्टरहरूलाई पक्राउ गर्न थाल्यो। ओलम्पिकको अघिल्लो दिन, श्रम शिविरका दुई जना प्रहरी मेरो घर आए र मैले श्रम शिविरबाट रिहाइको फारम नभरेको भन्दै आवश्यक कागजातहरू पूरा गर्न तिनीहरूसँगै जानुपर्ने बताए। तिनीहरूले यो सम्पूर्ण प्रक्रियामा तीन दिनभन्दा बढी लाग्दैन भनेकाले, मैले तिनीहरूको कुरा पत्याएँ र तिनीहरूसँग जान तयार भएँ। तर अचम्मको कुरा, तीन दिनमै सकिएला भनेको त, मलाई त चार महिनासम्म हिरासतमा पो राखियो। हिरासतको समयमा, प्रहरीहरूले मलाई मधुरो प्रकाश भएको कारखानामा हरेक दिन १२ घण्टा शारीरिक श्रम गर्न बाध्य पारे। मैले आफ्नो काम समयमै नसक्दा, मलाई दण्ड दिइन्थ्यो। मेरो देब्रे खुट्टा अझै पनि चोटिल रहेको कारणले, म एक पटकमा लगभग २० मिनेट मात्र बस्न सक्थेँ र त्यसपछि उठ्नैपर्थ्यो, नत्र मेरो खुट्टा निदाउन थाल्थ्यो। पीडा कम गर्न मैले निरन्तर आफ्नो बसाइको आसन बदलिरहनुपर्थ्यो। साथै, त्यो मधुरो प्रकाश भएको वातावरणमा लामो समयसम्म काम गर्नुपरेकाले, मेरो आँखाको ज्योति निकै कमजोर हुन थाल्यो। चार महिनापछि, र मेरी छोरीले आफ्ना चिनजानका सबैतिर भनसुन गरेपछि मात्रै, मलाई बल्ल रिहा गरियो र घर फर्कन दिइयो। म घर फर्केपछि, एक जना प्रहरी हाम्रो घर आयो र धम्क्याउँदै भन्यो, “हामीले तँमाथि कडा निगरानी राखिरहेका छौँ। यदि तैँले फेरि परमेश्वरमा विश्वास गरेको पायौँ भने, तँलाई पक्राउ गरिनेछ र भारी सजाय दिइनेछ!” मैले मनमनै सोचेँ, “तिमीहरू श्रापित पिशाचहरू हो। तिमीहरूले मेरो शरीरलाई नियन्त्रण गर्न सक्छौ, तर मेरो हृदयलाई नियन्त्रण गर्न सक्दैनौ। मलाई फेरि पक्राउ गरे पनि, म परमेश्वरमा विश्वास गरिरहनेछु!”
विगतलाई फर्केर हेर्दा मैले सोचेँ, आफ्नो आधाभन्दा बढी जीवन पार्टीको लागि हाड घोटेर काम गरे तापनि, तिनीहरूले मलाई जीवनभरका लागि चोट दिए र धेरै पटक आफ्नो जीवन अन्त्य गर्न चाहने अवस्थामा पुर्याए। ती परमेश्वरका वचन नै थिए जसले मलाई आस्था र शक्ति दिएर, मृत्युको मुखबाट एक-एक कदम गर्दै फिर्ता ल्याए, ठूलो रातो अजिङ्गरको दुष्ट सारलाई खुट्याउन सक्ने बनाए, र परमेश्वर नै मानिसको जीवनको स्रोत हुनुहुन्छ, केवल परमेश्वरका वचन मात्र मानिसको जीवन बन्न सक्छन्, र परमेश्वरमा विश्वास गर्नु र उहाँलाई पछ्याउनु नै सबैभन्दा अर्थपूर्ण कुरा हो भन्ने साँच्चै महसुस गराए। परमेश्वरका वचनले यो कुरा राम्ररी बताएका छन्: “तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। यदि तँ परमेश्वरको आराधना गर्दैनस् बरु आफ्नै फोहोर देहभित्रै जिउँछस् भने, के तँ मानव वस्त्र धारण गरेको पशु मात्र होइनस् र? तँ मानव भएकाले तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले दियाबलसको वस्त्र लगाउँछ, दियाबलसबाट खानेकुरा लिएर खान्छ, र दियाबलसकै अधीनमा रही काम र सेवा गर्दछ, अनि ऊ फोहोरले ढाकिने हदसम्म त्यसको कुल्चीमिल्चीमा पर्छ। उसले जीवनको अर्थ बुझेको वा साँचो मार्ग प्राप्त गरेको छैन—यसरी जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२))।