७. परमेश्वरको वचनका आधारमा अरूलाई हेर्नु अत्यन्तै महत्त्वपूर्ण छ
मैले शीलालाई ३ वर्षभन्दा बढी समयदेखि चिनेकी थिएँ, र म उनलाई राम्ररी जान्दथेँ। उनी हाम्रो भेट भएपिच्छे मसँग आफ्नो हालको स्थितिबारे कुराकानी गर्थिन्। उनी आफू सधैँ अरूप्रति शङ्कालु रहने र अरूले उनका बारेमा के सोच्छन् भन्ने कुरामा धेरै पर्बाह गर्ने गरेको भन्थिन्। उनी आफूले झिनामसिना कुरामा एकदमै ध्यान दिने र मानिसहरूले के भन्न खोजेका हुन् भनेर सधैँ अड्कलबाजी गरिरहने गरेको पनि भन्थिन्। उनी कसैको अनुहारको अत्यन्तै सानो भाव, तिनीहरूको बोल्ने लबज, वा त्यत्तिकै भनिएको टिप्पणीले समेत दुःखी हुन सक्थिन्। उनी त्यस्तो हुन चाहन्नथिइन्, तर आफूलाई रोक्नै सक्दिनथिइन्। उनी आफू अत्यन्तै भ्रष्ट र छली भएको, आफूमा मानवताको कमी रहेको, आफूले प्रतिष्ठा र हैसियतलाई यति धेरै महत्त्व दिएको देख्दा आफैप्रति घृणा लाग्ने गरेको भन्ने गर्थिन्, र कुरा गर्दागर्दै रुन्थिन्। उनलाई आफूप्रति एकदमै पछुतो र घृणा मानेको देखेर, मलाई उनी साँच्चिकै बदलिन चाहन्छिन् जस्तो लाग्यो। सायद यो भ्रष्ट स्वभाव अलि बढी गम्भीर र उनको सबैभन्दा कमजोर पक्ष थियो, त्यसैले परिवर्तन सजिलै आउनेवाला थिएन, र यसका लागि समय लाग्ने थियो। त्यसैले मलाई म उनीप्रति विचारशील हुनुपर्छ भन्ने लाग्यो। म आफ्नो कर्तव्यमा जतिसुकै व्यस्त भए पनि, उनले कुरा गर्न चाहेमा, म आफ्नो काम थाती राखेर उनको मनको बह सुन्थेँ, अनि उनलाई प्रायः प्रोत्साहन, सान्त्वना दिन्थेँ र उनीसँग सङ्गति गर्थेँ। तर मैले बुझ्न नसकेको कुरा के थियो भने, शीलाले आफ्नो सङ्गतिमा स्पष्ट र तार्किक ढङ्गले बोलेकी र आफूलाई राम्ररी चिनेकी जस्तो देखिए पनि, अरूले उनका समस्याहरू औँल्याउँदा, उनी आफूलाई तिनीहरूले तुच्छ ठानेका हुन् भन्ने सोच्थिन् र नकारात्मक बन्थिन्। यस्तो पटक-पटक भइरह्यो र यसमा कहिल्यै परिवर्तन आएन। त्यसमाथि, उनले यस स्थितिका बारेमा धेरै मानिससँग कुरा गरेकी थिइन्, धेरै पटक खुलेर कुरा गरेकी थिइन् र उनीसँग धेरै मानिसले सङ्गति गरेका थिए। तर केही वर्ष बितिसक्दा पनि, उनले सुधारको अलिकति पनि सङ्केत देखाएकी छैनन्।
मलाई एक पटकको कुरा सम्झना छ, एक जना सुपरिवेक्षकले नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा हामीले भोगेको एउटा समस्यामाथि समीक्षा गर्दै हुनुहुन्थ्यो; उहाँले हामीलाई हामीले नयाँ विश्वासीहरूलाई पर्याप्त रूपमा ध्यान दिएका छैनौँ र उनीहरूप्रति धैर्यवान् भएका छैनौँ, अनि तिनीहरू भेलामा सहभागी नहुँदा हामीले तिनीहरूसँग तुरुन्तै सङ्गति गर्दैनौँ र तिनीहरूलाई सहायता गर्दैनौँ, जुन गैरजिम्मेवार हुनु हो भन्नुभयो। सुपरिवेक्षकले यो कुरा मलजल गर्ने सबैलाई भन्दै हुनुहुन्थ्यो, कुनै एक जनालाई मात्र तोकेर भनिरहनुभएको थिएन। तर शीलाले भने सुपरिवेक्षकले उनकै खुलासा र बेइज्जत गर्दै हुनुहुन्छ भनिन्, त्यसैले उनी भेलाको अवधिभर बोल्न चाहिनन्। अर्को पटक, एक जना ब्रदरले आफ्नो वर्तमान स्थितिका बारेमा सङ्गति गर्दै हुनुहुन्थ्यो, उहाँले कहिलेकाहीँ अलि कमजोर क्षमता भएका ब्रदर-सिस्टरहरूलाई भेट्दा आफूले तिनीहरूसँग निष्पक्ष व्यवहार गर्न नसकेको कुरा बताउनुभयो। त्यसपछि उहाँले आफ्नो अनुभवात्मक ज्ञान र आफूमा कसरी परिवर्तन आयो अनि कसरी प्रवेश प्राप्त भयो भन्ने बारेमा सङ्गति गर्दै जानुभयो। तर जब शीलाले यो कुरा सुनिन्, तब उनलाई ब्रदरले उनकै बारेमा कुरा गरिरहनुभएको हो, र उनको क्षमतालाई कम आँकिरहनुभएको छ र उनलाई हेपिरहनुभएको छ भन्ने लाग्यो। त्यसपछिका धेरै दिनसम्म उनी नकारात्मक भइन्, उनमा ब्रदरप्रति पूर्वाग्रह पैदा भयो, अनि उहाँबाट टाढा रहिन् र उहाँलाई बेवास्ता गरिन्। अर्को पटक, कामका बारेमा छलफल गर्ने क्रममा, सुपरिवेक्षकले नयाँ विश्वासीहरूलाई मलजल गर्ने शीलाको तरिकामा एउटा सानो समस्या औँल्याउनुभयो, अनि उनी अचानक रुन थालिन् र बाहिर दौडिइन्; उनी धेरै बेरपछि मात्र फर्किन्। उनी एकातिर चुपचाप बसिन्, उनको अनुहारमा आँसु बगिरहेको थियो, मानौँ उनीमाथि ठूलो अन्याय भएको थियो। उनको अनुहारको त्यो भाव देख्दा, मैले आफ्नो हृदयलाई शान्त राख्न सकिनँ र भेलामा बाधा पुग्यो। अन्ततः सुपरिवेक्षकसँग उनलाई सान्त्वना र प्रोत्साहन दिनुको कुनै विकल्प थिएन, त्यसपछि उनी बल्ल शान्त भइन्। पछि, अगुवाले उनीसँग सङ्गति गर्दै उनी प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिन्छिन्, र आफ्नो कर्तव्य निर्वाह गर्न सबैको चासो र ध्यानको केन्द्रमा रहनैपर्छ भन्ने कुरा औँल्याउनुभयो। उनी यस कुरालाई झनै स्वीकार गर्न तयार थिइनन्: एकातिर, उनले सुपरिवेक्षकको आलोचना पूर्वाग्रही र अन्यायपूर्ण भएको बताइन्, अर्कोतिर, आफ्नो प्रकृति नै जटिल रहेको, र आफू परिवर्तन हुन चाहेको तर त्यसो गर्न नसकेको भनिन्। उनले यसो पनि भनिन्, “मैले मुक्ति पाउने कुनै उपाय छैन। ममा यस प्रकारको प्रकृति कसरी भयो? अरू सबै मभन्दा किन असल अनि कम जटिल विचारहरूले आशिषित छन्? परमेश्वरले मलाई किन राम्रो प्रकृति दिनुभएन?” उनले यो सब भनेकी सुन्दा, मैले सोचेँ, “उनी कत्ति जानाजानी कष्टदायी हुने खालकी र असमझदार रहेछिन्! उनी कसरी परमेश्वरबारे गुनासो गर्न सक्छिन्?” तर फेरि मैले सोचेँ, सायद हालसालै उनी खराब स्थितिबाट गुज्रेकी छिन्, र आफ्नो प्रतिष्ठा र हैसियत खतरामा परेकाले मात्र उनले यी कुराहरू भनेकी हुन्। सम्भवतः उनको स्थितिमा सुधार आएपछि उनी त्यस्तो हुन छोड्नेछिन्।
पछि, मैले के बुझेँ भने शीला जोसुकैसँग भए पनि, उनी तिनीहरूको अनुहारको भावमा धेरै ध्यान दिन्छिन्—यदि उनलाई कसैले आफूप्रति चिसो व्यवहार गरिरहेको छ भन्ने लाग्यो वा उसको बोल्ने लबज वा मनोवृत्ति मन परेन भने, उनी आफूविरुद्ध त्यस व्यक्तिले द्वेष पालेको निष्कर्ष निकाल्थिन्। म उनीसँगको कुराकानीमा अत्यन्त सावधान हुन्थेँ, कतै मेरा बोलीले उनलाई चिढ्याउने पो हो कि, उनलाई नकारात्मक पो बनाउने हो कि र उनको कर्तव्यमा ढिलाइ पो गराउने हो कि भनेर सधैँ चिन्ता गर्थेँ। शीलासँग कुराकानी गर्न खोज्नु निकै उकुसमुकुसपूर्ण थियो र म प्रायः उनीबाट टाढा रहन चाहन्थेँ। तर फेरि मैले सोचेँ, म पनि त भ्रष्ट छु, र मैले उनलाई सधैँ आलोचनात्मक दृष्टिले हेर्नु हुँदैन। मैले उनको सङ्घर्षहरूलाई ख्याल गर्नुपर्छ र बुझिदिनुपर्छ, अनि उनीप्रति सहनशील र करुणामयी बन्नुपर्छ। त्यसैले मैले आफैलाई उनीसँग सामान्य रूपमा व्यवहार गर्न बाध्य बनाएँ र उनको अभिमानमा चोट नपुर्याउन सक्दो प्रयास गरेँ।
पछि, शीलाले सत्यता पटक्कै स्वीकार नगरेकी, असमझदार भएकी, र मण्डलीमा सकारात्मक भूमिका नखेलिरहेकी कारणले, अगुवाले उनलाई बर्खास्त गर्नुभयो र उनलाई चिन्तन गर्नका लागि अलग्गै राख्ने बन्दोबस्त मिलाउनुभयो। यो खबर सुन्दा म निकै अचम्ममा परेँ, किनभने शीला प्रतिष्ठा र हैसियतप्रति बढी चिन्तित रहने र प्रायः अरूप्रति शङ्कालु हुने भए पनि, उनी आफ्नो मन खोल्न र सङ्गति गर्न अझै पनि निकै इच्छुक थिइन्, र सत्यता पछ्याइरहेकी जस्तो देखिन्थिन्। त्यसोभए उनलाई किन अलग्गै राखेर चिन्तन गर्ने बन्दोबस्त गरियो त? पछि एउटा भेलाको दौरान, अगुवाहरूले शीलाबारे ब्रदर-सिस्टरहरूको मूल्याङ्कन पढेर सुनाउँदा र उनको व्यवहारलाई चिरफार गर्न परमेश्वरका वचनहरू प्रयोग गर्दा मात्र, मैले उनका बारेमा केही खुट्याउने क्षमता प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “अव्यावहारिक र जानी-जानी कष्टदायी हुने मानिसहरूले कार्य गर्दा आफ्नै स्वार्थहरूबारे मात्र सोच्छन्, र आफूलाई जे कुराले खुसी दिन्छ त्यही गर्छन्। तिनीहरूका शब्दहरू समझहीन तर्क र विधर्म बाहेक केही होइनन्, र तिनीहरूमा समझ छिर्दैन। तिनीहरूको क्रूर स्वभाव भरिभराउ हुन्छ। तिनीहरूसँग उठबस गर्न कसैले आँट गर्दैन, र आफूमाथि विपत्ति आउने डरले तिनीहरूसित सत्यता सङ्गति गर्न कोही इच्छुक हुँदैन। तिनीहरूलाई मन नपर्ने वा तिनीहरूको इच्छासँग नमिल्ने एउटा शब्द बोले पनि तिनीहरूले यसैलाई आधार मानेर आफूमाथि घोर आरोपहरू लगाउनेछन् भन्ने डरले अरू मानिसहरू तिनीहरूलाई मनको कुरा बताउँदा आकुलव्याकुल हुन्छन्। के त्यस्ता मानिसहरू दुष्ट होइनन् र? के तिनीहरू जीवित पिशाच होइनन् र? क्रूर स्वभाव र खराब समझ भएका मानिसहरू सबै जीवित पिशाच हुन्। अनि जब कसैले जीवित पिशाचसँग अन्तरक्रिया गर्छ, उसले क्षणिक लापरवाही गर्दा नै आफैमाथि विपत्ति ल्याउन सक्छ। के त्यस्ता जीवित पिशाचहरू मण्डलीमा भए भने यसले ठूलो समस्या ल्याउँदैन र? (ल्याउँछ।) यी जीवित पिशाचहरूले आवेग र रिस पोखाएपछि, केही समयसम्म मानवजस्तै बोलेर माफी माग्न सक्छन्, तर पछि तिनीहरू परिवर्तन हुनेछैनन्। कुन बेला मुड खराब भएर तिनीहरूले फेरि रिसको झोँक देखाउँछन् र समझहीन तर्कहरू फलाक्छन्, कसलाई के थाहा। तिनीहरूको रिस र आक्रोशको निसाना हरेकपटक फरक हुन्छ, तिनीहरूको आवेगको स्रोत र पृष्ठभूमि पनि फरक नै हुन्छ। भन्नुको मतलब, कुनै पनि कुराले तिनीहरूलाई विष्फोट गराउन सक्छ, कुनै पनि कुराले तिनीहरूलाई असन्तुष्ट तुल्याउन सक्छ, र कुनै पनि कुराले तिनीहरूलाई रिसको झोँक र अराजक व्यवहारद्वारा प्रतिक्रिया दिने तुल्याउन सक्छ। कस्तो भयानक कुरो! कस्तो कष्टदायी कुरो! यी पागल दुष्ट मानिसहरूले कुनै पनि बेला आफ्नो होस गुमाउन सक्छन्, तिनीहरूले के गर्न सक्छन् कसैलाई थाहा हुँदैन। मलाई त्यस्ता मानिसहरूप्रति सबैभन्दा बढी घृणा लाग्छ। तिनीहरू प्रत्येकलाई सफाइ गर्नुपर्छ—तिनीहरू सबैलाई निकाल्नैपर्छ। म तिनीहरूसँग उठबस गर्न चाहन्नँ। तिनीहरूको सोच अलमल्ल र स्वभाव पाश्विक हुन्छन्, तिनीहरू समझहीन तर्क र दुष्ट शब्दहरूले भरिएका हुन्छन्, र आफूलाई केही आइपर्दा, तिनीहरूले आवेगपूर्ण गुनासो पोख्छन्। … आफ्ना अनेकौँ समस्याहरूबारे प्रस्ट रूपले सचेत हुँदाहुँदै पनि, तिनीहरूले तिनलाई समाधान गर्न कहिल्यै सत्यता खोज्दैनन्, न त अरूसँगको सङ्गतिमा आफूलाई चिन्नेबारे छलफल नै गर्छन्। तिनीहरूका आफ्नै समस्याहरू उल्लेख हुँदा, तिनीहरू पन्छिन्छन्, र झूटो प्रत्यारोप लगाउँछन्, सारा समस्या र जिम्मेवारीहरूलाई अरूमाथि थोपर्छन्, साथै अरूले तिनीहरूलाई दुर्व्यवहार गरेकाले नै आफ्नो व्यवहार यस्तो भएको भनेर गुनासो समेत गर्छन्। यस्तो लाग्छ, मानौँ तिनीहरूका झर्कोफर्को र निरर्थक झमेलाको कारण अरू नै हुन्, मानौँ अरू सबै जना दोषी छन्, तिनीहरूसित यस्तो व्यवहार गर्नुको विकल्प नै छैन, र तिनीहरूले वैधानिक रूपमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्। जबजब तिनीहरू असन्तुष्ट हुन्छन्, तब तिनीहरूले आफ्नो रिसईबी पोख्न र बकवाद ओकल्न थाल्छन्, अरू सबै गलत भएझैँ गरी आफ्ना समझहीन तर्कहरूमा जिद कस्छन्, मानौँ तिनीहरू मात्रै राम्रा मानिस हुन् र अरू सबै खलपात्र हुन्। तिनीहरूले जतिसुकै झर्कोफर्को गरे पनि वा समझहीन तर्कहरू ओकले पनि, आफूबारे राम्रो बोलियोस् भन्ने माग गर्छन्। तिनीहरूले गल्ती गर्दा समेत, अरूलाई तिनीहरूको खुलासा वा आलोचना गर्नबाट निषेध गर्छन्। यदि तैँले तिनीहरूको सानो समस्या औँल्याइस् भने, तिनीहरूले तँलाई अनन्त विवादहरूमा अल्झाउनेछन्, अनि त्यसपछि तैँले शान्तिपूर्वक जिउने कुरा बिर्से हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो अव्यावहारिक र जानी-जानी कष्टदायी हुने व्यक्ति हो, र यसो गर्नेहरू दुष्ट मानिसहरू हुन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२६))। परमेश्वरका वचनहरूले असमझदार र कष्टदायी मानिसहरूका व्यवहारहरू खुलासा गर्छन्। कसैले तिनीहरूका हितलाई खतरामा पार्ने गरी केही बोल्ने वा गर्नेबित्तिकै, तिनीहरू अव्यावहारिक ढङ्गमा बोल्छन् र तमासा खडा गर्छन्। तिनीहरूले क्रूर स्वभाव प्रकट गर्छन्, जसले गर्दा अरूहरू तिनीहरूलाई चिढ्याउन र तिनीहरूको सामना गर्न डराउँछन्। तिनीहरूले ब्रदर-सिस्टरहरू र मण्डली जीवनलाई गम्भीर रूपमा बाधा दिन्छन्। शीला सुरुदेखि नै त्यस्तै थिइन्। अरूले उनका समस्याहरू औँल्याइदिँदा, उनी तिनीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर विचार र चिन्तन गर्दिनथिइन्, त्यसको सट्टा तिनीहरूको बोल्ने लबज र मनोवृत्तिमा ध्यान केन्द्रित गर्थिन्। यदि उनलाई ती कुराहरू मन परेनन् भने उनी आफ्नो नियन्त्रण गुमाउँथिन्, र या त तिनीहरूप्रति प्रतिरोध महसुस गर्थिन् र तिनीहरूबारे खराब राय बनाउँथिन्, तिनीहरूले उनीविरुद्ध द्वेष पालेका छन् र उनलाई तुच्छ ठान्छन् भन्ने सोच्थिन्, या त रोएर आफ्नो असन्तुष्टि पोख्थिन्। यसले अरू मानिसहरूलाई बन्धनमा पाऱ्यो, जो सधैँ या त उनीबाट टाढै बस्नुपर्थ्यो या त उनको अनुकूल हुनुपर्थ्यो। हाम्रो सुपरिवेक्षकले हाम्रा विचलनहरू सुधार्न र हाम्रा कर्तव्यहरू अझ राम्ररी निर्वाह गर्न मद्दत पुगोस् भनी हाम्रो मलजलको काममा रहेका समस्याहरूउपर समीक्षा गर्नुभएको थियो, तर शीलाले सुपरिवेक्षकले उनैलाई सङ्केत गरिरहनुभएको र उनका विगतका गल्तीहरू कोट्याइरहनुभएको छ भन्ने सोचिन्, त्यसैले उनले सुपरिवेक्षकप्रति पूर्वाग्रह राखिन्। एक जना ब्रदरले आफ्नो स्थितिबारे सङ्गति गर्दै, आफूले मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न र आफूलाई चिन्नका लागि चिन्तन गर्न नसकेको कुरा बताइरहँदा, शीलाले उहाँले उनलाई नै कम आँक्दै हुनुहुन्छ र तुच्छ ठान्दै हुनुहुन्छ भन्ने ठानिन्, त्यसैले उनले उहाँलाई बेवास्ता गरिन्। सुपरिवेक्षकले उनको कर्तव्यमा भएका समस्याहरू औँल्याउँदा, उनी आफ्ना गुनासाहरू पोख्न रोइकराइ गर्न थालिन्। त्यसैले मानिसहरू उनको सामना गर्ने वा उनलाई चिढ्याउने आँट गर्दैनथे, उनीसँग निकै होसियारीपूर्वक कुरा गर्थे, उनलाई फकाउँथे र उनकै कुरामा हो मा हो मिलाउँथे। त्यसपछि मात्र उनी आफ्नो कर्तव्य निर्वाह गर्थिन्। शीलाले वर्षौँदेखि त्यस्तै व्यवहार गर्दै आएकी थिइन्। उनी आफ्नो प्रतिष्ठालाई हानि गर्ने वा आफ्ना हितहरूलाई खतरामा पार्ने जोसुकैबारे खराब राय बनाउँथिन्। उनी आफूप्रति अरू मानिसहरूले खराब मनोवृत्ति राखेकाले नै आफू नकारात्मक भएको समेत भन्थिन्, जुन सत्यतालाई पूर्ण रूपमा तर्कहीन ढङ्गले तोडमरोड गर्नु थियो। के उनी परमेश्वरले खुलासा गरेका असमझदार मानिसहरूमध्येकै एक थिइनन् र? यो कुरा बुझेपछि मात्र मैले के देखेँ भने अरूमाथि शङ्का गर्नु र प्रतिष्ठाप्रति बढी चिन्तित हुनु मात्र शीलाका समस्याहरू थिएनन्; उनी सत्यता पटक्कै स्वीकार गर्दिनथिइन्, अनि कष्टदायी र असमझदार व्यक्ति थिइन्। त्यसपछि मैले, शीलाले प्रायः आफ्नो स्थितिका बारेमा छलफल गरेको, आफ्नो भ्रष्टताका बारेमा खुलस्त भएर सङ्गति गरेको, भेलाहरूमा आफैलाई चिरफार गरेको, र आफ्नो भ्रष्टताका बारेमा छलफल गर्दा रुँदै पछुतोसमेत गरेको देख्दा म कसरी उनमा आफूबारे वास्तविक ज्ञान छ र उनी सत्यता पछ्याउने व्यक्ति हुन् भनी सोच्थेँ भन्ने कुरामा चिन्तन गरेँ। मेरो बुझाइमा के गलत थियो?
पछि, आफ्ना ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनहरूबारे सङ्गति गरेपछि, मैले बल्ल उनको तथाकथित “आत्मज्ञान” बारे केही खुट्याउने क्षमता प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसले आफ्नो आत्मज्ञानबारे सङ्गति गर्दा, तिनीहरू फ्याट्टै भन्छन्, ‘म दियाबलस हुँ, जीवित शैतान हुँ, परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति हुँ। म उहाँको विरुद्धमा विद्रोह गर्छु र उहाँलाई धोका दिन्छु; म विषालु सर्प हुँ, दुष्ट व्यक्ति हुँ। म श्रापित हुन लायक छु।’ के यो साँचो आत्मज्ञान हो? तिनीहरू सामान्य अर्थमा मात्र बोल्छन्। तिनीहरू किन उदाहरणहरू दिँदैनन्? तिनीहरू किन आफूले गरेका लाजमर्दा कुराहरूलाई प्रकट गर्दैनन् र तिनलाई चिरफार गरेर उदाङ्गो पार्दैनन्? कतिपय अविवेकी मानिस तिनीहरूको कुरा सुनेर यस्तो सोच्छन्, ‘साँचो आत्मज्ञान भनेको यही त हो! तिनीहरूलाई आफू दियाबलस भएको पनि थाहा छ, र तिनीहरू आफैलाई श्राप दिन्छन्। तिनीहरू त कति उचाइमा पुगेका रहेछन्!’ धेरै मानिस, विशेष गरी नयाँ विश्वासीहरू, यी शब्दहरूद्वारा भ्रमित पारिने जोखिम हुन्छ। तिनीहरू बोल्ने व्यक्ति शुद्ध छ र उसमा आत्मिक बुझाइ छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, र ऊ अगुवा बन्न सक्छ भन्ने सोच्छन्। तर, ऊसँग केहीबेर अन्तरक्रिया गरेपछि, तिनीहरूले त्यो व्यक्ति आफूले कल्पना गरेजस्तो होइन रहेछ, ऊ त असाधारण रूपमा झूटो र छली, भेष बदल्न र ढोँग गर्न सिपालु रहेछ भन्ने थाहा पाउँछन्, जसले ठूलो निराशा ल्याउँछ। मानिसहरूले आफूलाई साँच्चिकै चिनेका छन् भनेर कुन आधारमा मान्न सकिन्छ? तिनीहरूले के भन्छन् भन्ने कुरालाई मात्र ख्याल गरेर हुँदैन—मुख्य कुरा भनेको तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् कि छैनन्, र तिनीहरूले यसलाई बुझेपछि व्यवहारमा लागू गर्न सक्छन् कि सक्दैनन् भनी हेर्नु हो। जो साँच्चिकै सत्यता बुझ्छन्, तिनीहरूले आफ्ना बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्ने मात्र होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्। तिनीहरूले आफ्नो साँचो बुझाइबारे बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सुसङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा राम्रो र समझयुक्त सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्ने मानिसहरू हुँदै होइनन्। सत्यताबारे सङ्गति गर्दा धेरै मानिस निकै समझयुक्त सुनिन्छन्, तर आफूले भ्रष्ट स्वभावहरू प्रकट गरेको पत्तो पाउँदैनन्। के यी मानिसहरू आफूलाई चिन्ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्ने मानिसहरू हुन्? आफूलाई नचिन्ने मानिसहरू सत्यता नबुझ्ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्दहरू बोल्ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। कतिपय मानिसले शब्द र धर्मसिद्धान्तहरू बोल्दा अत्यन्तै समझयुक्त सुनिन्छन्, तर तिनीहरूको आत्माभित्रको स्थितिको कुरा गर्नुपर्दा, तिनीहरू भावशून्य र मन्द बुद्धिका हुन्छन्, तिनीहरू कुरा बुझ्दैनन्, र कुनै पनि समस्याको प्रतिक्रिया दिँदैनन्। तिनीहरू भावशून्य हुन्छन् भनेर भन्न सकिएला, तर कहिलेकाहीँ तिनीहरूको आत्मा निकै प्रखर छ जस्तो सुनिन्छ। उदाहरणका लागि, कुनै घटना घट्नेबित्तिकै, तिनीहरू आफूलाई तुरुन्तै चिन्न सक्छन्, र यसो भन्छन्: ‘अहिले भर्खरै मभित्र एउटा विचार प्रकट भयो। यसबारे विचार गर्दा, मलाई महसुस भयो कि यो त छली कार्य रहेछ, र मैले परमेश्वरलाई धोका दिइरहेको रहेछु।’ तिनीहरूले यसो भनेको सुन्दा कतिपय अविवेकी मानिसहरूले डाहा गर्दै भन्छन्: ‘आफूमा भ्रष्टताको प्रकटीकरण हुँदा यो व्यक्तिले तुरुन्तै महसुस गर्न सक्दो रहेछ र यसबारे खुलेर सङ्गति गर्न सक्दो रहेछ। ऊ प्रतिक्रिया दिन छिटो रहेछ, उसको आत्मा प्रखर रहेछ, र ऊ हामीभन्दा राम्रो रहेछ। ऊ पक्कै पनि सत्यता पछ्याउने व्यक्ति हो।’ के यो मानिसहरूलाई मापन गर्ने सही तरिका हो त? (होइन।) त्यसो भए, मानिसहरूले आफूलाई साँच्चिकै चिन्छन् कि चिन्दैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हुनुपर्छ? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ। यसको सबैभन्दा सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् भने, यसले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्ने प्रमाणित गर्छ, किनभने जो साँचो रूपमा आफूलाई चिन्छन् तिनीहरू पश्चात्ताप प्रकट गर्छन्, र मानिसहरूले पश्चात्ताप प्रकट गरेपछि मात्र तिनीहरू आफूलाई साँचो रूपमा चिन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याउनका लागि आत्मज्ञान अत्यावश्यक हुन्छ)। परमेश्वरका वचनहरू पढेर मैले के सिकेँ भने, आफूलाई साँचो रूपमा चिन्नेहरूले सत्यता स्वीकार गर्न, भ्रष्टता प्रकट भएपछि लज्जित महसुस गर्न, र पछि साँचो रूपमा पश्चात्ताप गरी रूपान्तरित हुन सक्छन्। यसको विपरीत, अरूहरू चाहिँ आफूसँग गहिरो आत्मज्ञान भए झैँ गरी आफैलाई पिशाच र शैतानहरू भन्दै पूर्ण रूपमा सही शब्दहरू प्रयोग गरेर गफ छाँट्छन्, तर काँटछाँटको सामना गर्दा, तिनीहरू यसलाई पटक्कै स्वीकार गर्दैनन् र चिन्तन पनि गर्दैनन्, अझ बारम्बार आफ्नो बचाउ गर्ने र मिथ्या कुतर्क गर्ने समेत गर्छन्। बाहिरी रूपमा तिनीहरूका शब्दहरू जतिसुकै राम्रा लागे पनि वा तिनीहरूसँग जति नै धेरै आत्मज्ञान भएजस्तो देखिए पनि, त्यो सबै नक्कली हो। मैले शीला कसरी सधैँ मानिसहरूसँग आफ्नो स्थितिका बारेमा कुरा गर्थिन्, आफू इज्जतलाई लिएर अत्यन्तै चिन्तित भएकी अनि मानिसहरूको बोल्ने लबज र मनोवृत्तिद्वारा बाँधिएकी छु भनेर भन्थिन् भन्ने कुरा सम्झेँ। उनले आफू छली भएको र अरूमाथि शङ्का गर्ने गरेको कुरा पनि भन्थिन्। बाहिरी रूपमा, उनी निकै सिधा र स्पष्टवादी, आफ्नै भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन र आत्मचिन्तन गर्न सक्ने जस्ती देखिन्थिन्, कहिलेकाहीँ बोल्दै गर्दा रुनेसमेत गर्थिन्। उनी साँच्चै पछुतो मान्छिन् र आफूलाई घृणा गर्छिन् जस्तो देखिन्थ्यो। त्यसैले मलाई उनी सत्यता पछ्याउने व्यक्ति हुन् भन्ने लाग्यो। तर उनले वर्षौँदेखि यी व्यवहारहरूबारे कुरा गर्दै आएकी थिइन्, र पनि उनी कहिल्यै परिवर्तन भएकी देखिएन। परमेश्वरका वचनहरूको प्रकटीकरणमार्फत मात्र मैले के देखेँ भने, शीलाको तथाकथित आत्मज्ञान नाटक मात्रै थियो; उनले साँच्चै सत्यता स्वीकार गर्दिनथिन् वा आफ्नो भ्रष्टताबारे चिन्तन गर्दिनथिन्। उनी प्रायः गहन लाग्ने तर खोक्रा कथनहरू आफूमा लागू गर्थिन्, आफूमा कमजोर मानवता रहेको, आफू छली, दुर्भावपूर्ण, ख्रीष्टविरोधी भएको र आफूलाई नरकमा पठाइनुपर्छ भनेर भन्थिन्। उनीसँग गहिरो आत्मज्ञान भए जस्तो देखिन्थ्यो, तर अरूले उनका समस्याहरू औँल्याउँदा वा उनलाई काँटछाँट गर्दा, उनी अलिकति पनि स्वीकार गर्दिनथिइन्, अनि प्रतिरोधी र रुष्टसमेत हुन्थिन्। उनी आँसु झार्दै रुनेसमेत गर्थिन्, कष्टदायी र असमझदार बन्थिन्, अनि सही र गलतबारे बहस गर्थिन्, अनि अरूलाई यस हदसम्म बाधा दिन्थिन् कि उनीहरू सामान्य रूपमा भेला हुन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनथे। उनले मण्डली जीवन र मण्डलीको काममा गम्भीर रूपले बाधा पुर्याइन्। विगतमा, मैले सत्यता बुझेकी थिइनँ र मसँग खुट्याउने क्षमताको कमी थियो, त्यसैले उनको बाहिरी व्यवहारद्वारा म भ्रमित भएँ, र मैले उनी सत्यता पछ्याउने व्यक्ति हुन् भन्नेसमेत सोचेँ। म कति अलमलिएकी र मूर्ख रहेछु! पछि मात्र मैले के बुझेँ भने, शीलाले आफ्ना समस्याहरू समाधान गर्न र आफ्नो स्थितिलाई सच्याउनका लागि सत्यताको खोजी गर्ने चाहना भएर अरूसँग आफ्नो स्थितिका बारेमा कुरा गरिरहेकी थिइनन्, बरु आफ्ना गुनासाहरू पोख्नका लागि कोही भेटियोस्, उनलाई सान्त्वना दिन र उनको कष्ट कम गर्न सहायता गर्ने कोही होस् भन्ने चाहेर त्यसो गरिरहेकी थिइन्। उनले कसैसँग आफ्नो स्थितिबारे खुलस्त रूपमा कुरा गर्दा, उनी केवल बाधक बन्थिन्। यदि उनलाई बर्खास्त नगरिएको र उनको व्यवहारलाई चिरफार नगरिएको भए, मैले उनीबारे खुट्याउने क्षमता प्राप्त गर्ने थिइनँ। मैले उनलाई सहनशीलता र धैर्य भएकी सिस्टरकै रूपमा व्यवहार गर्ने थिएँ, र सायद थाहै नपाई उनीबाट भ्रम र छलमा समेत परेकी हुने थिएँ। त्यतिबेला मैले परमेश्वरका वचनहरूअनुसार मानिसहरूलाई हेर्नु कति महत्त्वपूर्ण रहेछ भन्ने बुझेँ!
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई शीलाका मनसायहरू र मानिसहरूलाई भ्रममा पार्न उनले प्रयोग गर्ने दाउपेचहरूबारे केही खुट्याइ प्रदान गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर कसरी छुट्याउन सकिन्छ? एक हिसाबमा, यस व्यक्तिले आफूलाई परमेश्वरको वचनका आधारमा चिन्न सक्छ कि सक्दैन, उसले आफ्ना बारेमा मनन गर्न र साँचो ग्लानि महसुस गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ; अर्का हिसाबमा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्वरको कामप्रति समर्पित हुने व्यक्ति हो। यदि यस्ता व्यक्तिहरूले सत्यतालाई केवल पहिचान गर्छन्, तर स्विकार्ने वा अभ्यास गर्ने कहिल्यै गर्दैनन् अर्थात्, ‘म सबै सत्यता बुझ्छु, अभ्यास गर्नचाहिँ सक्दिनँ’ भन्नेले जस्तै व्यवहार गर्छन् भने, तिनीहरू सत्यलाई प्रेम गर्ने मानिसहरू होइनन्। कतिपय मानिसहरूले परमेश्वरको वचन सत्यता हो र आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्छन्, र तिनीहरू पश्चात्ताप गर्न र आफूलाई बदलेर नयाँ पार्न तयार छौँ पनि भन्छन्, तर त्यसपछि तिनीहरूमा कुनै परिवर्तन आउँदैन। तिनीहरूको बोली र व्यवहार पहिलेको जस्तै हुन्छ। जब तिनीहरूले आफूलाई चिन्नेबारेमा कुरा गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले चुट्किला सुनाइरहेका वा नारा फलाकिरहेका छन्। तिनीहरूले हृदयदेखि मनन गर्ने वा आफूलाई चिन्ने प्रयास बिलकुलै गर्दैनन्; मुख्य समस्या त तिनीहरूमा पछुताउने मनोवृत्ति नै हुँदैन। तिनीहरूले साँचो रूपमा आत्मचिन्तन गर्न आफ्नो भ्रष्टताबारे जस्ताको तस्तै खुलाउने काम त झनै कम गरिरहेका हुन्छन्। बरु, तिनीहरूले विधि पूरा गरेजस्तो गर्दै अनि झारा टार्दै आफूलाई चिनेको बहाना बनाइरहेका हुन्छन्। तिनीहरू आफूलाई साँचो रूपमा चिन्ने वा सत्यता स्विकार्ने मानिसहरू होइनन्। जब त्यस्ता मानिसहरूले आफूलाई चिनेका बारेमा कुरा गर्छन्, तिनीहरूले केवल झारा टारिरहेका हुन्छन्; तिनीहरू नाटक गर्न र छल्न अनि झूटो आत्मिकता देखाउनमा लागिरहेका हुन्छन्। कतिपय मानिस छली हुन्छन्, र जब तिनीहरूले अरूले आफ्नो आत्मज्ञान सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, ‘अरू सबैले आफ्नो छलको बारेमा खुलेर चिरफार गर्छन्। यदि मैले केही भनिनँ भने त मैले आफूलाई चिनेकै छैन भनेर सबैले सोच्लान्। यस्तोमा मैले पनि केही बोलेजस्तो त गर्नैपर्ने भो!’ त्यसपछि, तिनीहरूले आफ्नो छललाई अत्यन्तै गम्भीर भन्छन्, यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्छन्, र हेर्दा खेरि तिनीहरूको आत्मज्ञान निकै गहनजस्तो लाग्छ। तिनीहरूको कुरा सुन्ने हरेकले तिनीहरूले साँच्चै आफूलाई चिनेका रहेछन् भन्ने सोच्छन्, र तिनीहरूलाई डाहाको नजरले हेर्छन्, अनि तिनीहरू महिमावान् भएको, तिनीहरूका शिरमा तेजस्वी ज्योति छाएको जस्तो महसुस गर्छन्। आत्मज्ञान पाएजस्तो नाटक गर्ने तिनीहरूको यो शैली, साथै देखावटी व्यवहार र छलले अरूलाई भ्रममा पार्छ। यसो गर्दा के तिनीहरूको विवेक शान्त हुन्छ त? के यो केवल भद्दा छल होइन र? यदि मानिसहरूले आफूलाई जान्नेबारे खोक्रा कुरा मात्र गर्छन्, त्यो ज्ञान जति नै उच्च र असल हुन सक्ने भए पनि, र त्यसपछि पनि तिनीहरू पहिलेजस्तै भ्रष्ट स्वभाव प्रकट गरिरहन्छन्, र बिलकुलै परिवर्तन हुँदैनन् भने, त्यो साँचो आत्मज्ञान होइन। यदि मानिसहरूले यसरी जानीजानी नाटक गरेर धोका दिन सक्छन् भने, यसले तिनीहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्, र तिनीहरू गैरविश्वासीहरूजस्तै छन् भन्ने प्रमाणित गर्छ। आफ्नो आत्मज्ञानको बारेमा यस्तो शैलीमा कुरा गरेर, तिनीहरूले प्रचलनलाई मात्र पछ्याइरहेका हुन्छन् र अरू सबैलाई जे मन पर्छ त्यही मात्र बोलिरहेका हुन्छन्। के तिनीहरूको आफूबारे तिनीहरूको ज्ञान र चिरफार भ्रामक हुँदैन र? के यो साँचो आत्मज्ञान हो त? अवश्य नै होइन। किनभने तिनीहरूले खुलेर हृदयबाट आफ्नो चिरफार गरिरहेका हुँदैनन्, केवल झारा टार्नका लागि आफूलाई जानेको छु भनेर झूटो र छली तरिकाले थोरै कुरा बोलिरहेका हुन्छन्। अझै गम्भीर कुरा त के हुन्छ भने अरूलाई तिनीहरूको श्रद्धा र डाहा गर्ने तुल्याउन, आत्मज्ञानको बारेमा कुरा गर्दा आफ्ना समस्याहरूलाई अझै गम्भीर देखाउन जानीजानी बढाइचढाइ गर्छन्, र त्यसमा व्यक्तिगत अभिप्राय र लक्ष्यहरू मिसाउँछन्। तिनीहरूले यसो गर्दा, आभारी महसुस गर्दैनन्, तिनीहरूले देखावटी रूप धारण गर्दै र छली काम गर्दै परमेश्वर विरुद्ध विद्रोह र धोकाको काम गर्दा पनि तिनीहरूले आफ्नो विवेकलाई धिक्कार्दैनन् र तिनीहरूले आफ्नो गल्ती स्विकार्न परमेश्वरलाई प्रार्थना गर्दैनन्। के यस्ता मानिसहरू हठी होइनन् र? यदि तिनीहरूलाई आभारी महसुस हुँदैन भने, के तिनीहरूलाई कहिल्यै अफसोस हुन्छ त? के सच्चा अफसोस नहुने व्यक्तिले देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्छ? के सच्चा अफसोस नहुने व्यक्तिले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ? अवश्य नै सक्दैन। यदि तिनीहरूलाई अफसोस समेत हुँदैन भने, के आत्मज्ञानबारे कुरा गर्नु हास्यास्पद हुँदैन र? के यो नाटक र छल मात्रै हुँदैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याउनका लागि आत्मज्ञान अत्यावश्यक हुन्छ)। परमेश्वरका वचनहरू पढ्दै गर्दा, मैले शीलाको व्यवहारलाई सम्झिएँ। उनी अरूसँग आफ्नो स्थितिका बारेमा कुरा गर्न मन पराउँथिन् र भेलाहरूमा आत्मचिन्तन गरी आफूलाई चिन्न परमेश्वरका वचनहरू प्रयोग गर्थिन्। उनी आफूलाई सबैभन्दा गम्भीर शब्दहरूमा वर्णन गर्थिन्। बाहिरी रूपमा, उनी गहिरो आत्मज्ञान भएकी, र अत्यन्तै पछुताएकी अनि आफैलाई घृणा गर्ने देखिन्थिन्, तर यो सब अरूलाई झुक्काएर उनले सत्यता स्वीकार गरेकी छिन् र उनीसँग आत्मज्ञान छ भनेर सोच्न लगाउन उनले खेलेको नाटक मात्र थियो। यो तथाकथित आत्मज्ञान अरूलाई भ्रममा पार्ने र आँखामा छारो हाल्ने, तिनीहरूलाई उनी हिम्मतका साथ आफैलाई उदाङ्गो पार्दै छिन् भनेर सोच्ने बनाउने उनको एउटा तरिका थियो, ताकि तिनीहरूले उनलाई खुट्याउन नसकून्, अनि उनीप्रति गहिरो प्रशंसाको भाव पनि राखून्। साथै, शीलाले प्रत्येक पटक भ्रष्टता प्रकट गर्दा, आफ्नो वर्णन गर्न परमेश्वरले ख्रीष्टविरोधीहरूबारे गरेको खुलासा उल्लेख गर्थिन्; आफूले प्रतिष्ठा र हैसियत खोजेको, आफू ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको, हैसियतको चाहना आफ्नो जीवनमा हाबी भएको र आफूले पश्चात्ताप नगरे, यस चाहनाले आफूलाई मार्नेछ भनेर भन्थिन्। तर कुनै परिस्थितिले उनको प्रतिष्ठा र हैसियतलाई खतरामा पार्नेबित्तिकै उनी आफ्नै पुरानो बानीमा फर्किन्थिन्, र वर्षौँसम्म आफ्नो स्थितिका बारेमा सङ्गति गरे तापनि, उनले कुनै रूपान्तरण हासिल गरेकी थिइनन्। अगुवाहरूले उनका समस्याहरू औँल्याएर उनीसँग धेरै पटक सङ्गति गर्नुभएको थियो, तर उनी ती कुरा स्वीकार गर्दिनथिइन्। उनी उल्टै प्रतिरोधी बन्थिन्, निरन्तर विवाद गर्थिन् र मिथ्या तर्कहरू गर्थिन्। के स्पष्ट थियो भने, बाहिरी रूपमा उनले आफैलाई जतिसुकै नकारात्मक दृष्टिले हेरेको जस्तो देखिए पनि, वा उनी जतिसुकै पछुताएकी वा रोएकी देखिए तापनि, त्यो सबै मानिसहरूलाई छल्ने नाटक मात्र थियो, र उनको एकमात्र उद्देश्य आफ्नो हैसियत र छविको रक्षा गर्नु थियो। अरूले आफ्नो अहम् एकातिर पन्छाएर सत्यताको खोजी गर्न सकेको देख्दा पनि, उनी तिनीहरूका सबल पक्षहरूबाट सिक्दिनथिइन्, बरु तिनीहरू त जन्मँदै राम्रो प्रकृति लिएर आएका हुन्, आफूले सत्यता अभ्यास गर्न नसकेको र सधैँ मानिसहरूलाई शङ्का गर्ने गरेको त परमेश्वरले उनलाई राम्रो प्रकृति नदिनुभएकाले गर्दा नै हो भन्ने सोच्थिन्। उनी आफ्नो शैतानी स्वभावलाई घृणा गर्दिनथिइन्, बरु परमेश्वरबारे गुनासो गर्थिन्, उहाँप्रति रुष्ट हुन्थिन् र उहाँ धर्मी हुनुहुन्न भनेर भन्थिन्। यसले शीलाको सार पिशाचको भएको र त्यो सार अत्यन्तै बेतुके र समझहीन छ भन्ने देखाउँथ्यो। यदि परमेश्वरका वचनहरूले खुलासा नगरेका भए, म उनलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा व्यवहार गर्नेथिएँ।
एउटा भेलाको दौरान, मैले परमेश्वरका वचनहरूको यो खण्ड देखेँ: “सत्यतालाई प्रेम गर्नेहरू मात्रै परमेश्वरको घरका हुन्छन्; तिनीहरू मात्रै वास्तविक दाजुभाइ-दिदीबहिनीहरू हुन्। तँलाई के लाग्छ, के परमेश्वरको घरको सभामा प्रायः सहभागी भइरहनेहरू सबैजना दाजुभाइ-दिदीबहिनीहरू हुन्? हुन् नै भन्ने जरुरी छैन। कस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्? (सत्यताप्रति वितृष्ण रहने, र सत्यता स्वीकार नगर्नेहरू।) सत्यता स्वीकार नगर्ने र सत्यताप्रति वितृष्ण रहने मानिसहरू सबै दुष्ट मानिसहरू हुन्। तिनीहरू सबै विवेक वा समझ नभएका मानिसहरू हुन्। तिनीहरूमध्ये कसैलाई पनि परमेश्वरले मुक्ति दिनुहुन्न। ती मानिसहरू मानवताहीन हुन्छन्, तिनीहरू उचित काममा ध्यान दिँदैनन् र नराम्रो काम गर्दै बेकाबु भई हिँड्छन्। तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन् र धूर्त युक्तिहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रयोग गर्छन्, फुस्ल्याउँछन्, र ठग्छन्। तिनीहरूले अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरू आशिष् पाउनलाई मात्रै परमेश्वरको घरमा घुसपैठ भएका हुन्छन्। किन हामी तिनीहरूलाई अविश्वासीहरू भन्छौँ? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण रहन्छन्, र सत्यता स्वीकार गर्दैनन्। सत्यता सङ्गति गर्नेबित्तिकै, तिनीहरूको रुचि हट्छ, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, सत्यता सुन्नै सक्दैनन्, सत्यता अल्छीलाग्दो भएको महुसुस गर्छन् र सुन्न बसिरहन सक्दैनन्। यस्ता मानिसहरू स्पष्टतः अविश्वासी र गैरविश्वासीहरू हुन्। तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू मान्नै हुँदैन। … यदि सत्यताप्रति चासो नै राख्दैनन् भने, तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? त्यसो भए, तिनीहरू केअनुसार जिउँछन् त? निस्सन्देह नै, तिनीहरू शैतानका दर्शनहरूअनुसार जिउँछन्, र तिनीहरू सधैँ कुटिल र धूर्त हुन्छन्, र तिनीहरूमा सामान्य मानवताको जीवन हुँदैन। तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, बरु मानव छल, युक्ति र दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू प्रयोग गरेर सबै कुरा सम्हाल्छन्—जसले गर्दा तिनीहरूको अस्तित्व थकाइलाग्दो र पीडादायी हुन्छ। … सत्यतालाई प्रेम नगर्नेहरूले वास्तवमै परमेश्वरमा विश्वास गर्दैनन्। सत्यता स्विकार्न सक्दै नसक्ने मानिसहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरू भनेर भन्न सकिँदैन। सत्यतालाई प्रेम गर्ने र सत्यता स्विकार्न सक्ने मानिसहरू मात्रै विश्वासी दाजुभाइ-दिदीबहिनीहरू हुन्। अब, सत्यतालाई प्रेम नगर्नेहरू को हुन् त? तिनीहरू सबै गैरविश्वासीहरू हुन्। सत्यता पटक्कै नस्विकार्नेहरू सत्यताप्रति वितृष्ण हुन्छन् र सत्यता इन्कार्छन्। अझै स्पष्ट रूपमा भन्दा, तिनीहरू सबै मण्डलीमा घुसपैठ भएका गैरविश्वासीहरू हुन्। यदि तिनीहरूले हरकिसिमका दुष्कर्महरू गर्न र मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउन सक्छन् भने, तिनीहरू शैतानका दासहरू हुन्। तिनीहरूलाई हटाइनु र निष्कासित गरिनुपर्छ। तिनीहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा व्यवहार गर्न बिलकुलै सकिँदैन। तिनीहरूलाई प्रेम गर्ने सबै मानिसहरू अत्यन्तै मूर्ख र अज्ञानी हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूमार्फत, मैले के बुझेँ भने सत्यतालाई प्रेम गर्ने र सत्यता स्वीकार गर्न सक्नेहरू नै साँचो ब्रदर-सिस्टरहरू हुन्। तिनीहरू साँच्चिकै परमेश्वरप्रति आफूलाई समर्पित गर्छन् र तिनीहरूसँग सत्यता अभ्यासका गवाहीहरू हुन्छन्। सायद तिनीहरूले गहन आत्मज्ञानका कुराहरू भन्न सक्दैनन् होला, तर तिनीहरू सत्यतालाई प्रेम गर्छन् र आफूले बुझ्न सकेजति परमेश्वरका वचनहरू अभ्यास गर्छन्। कहिलेकाहीँ तिनीहरूले अपराधहरू गर्न, भ्रष्टता प्रकट गर्न र नकारात्मक बन्न सक्ने भए तापनि, तिनीहरू सत्यता पछ्याउने हुनाले, काँटछाँट गरिँदा वा रोकावट र असफलताहरू सामना गर्दा, त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न, सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्छन्। आफ्ना समस्याहरू पहिचान गरेपछि, तिनलाई बिस्तारै सच्याउन र सुधार गर्न सक्छन्। यस्ता मानिसहरू मात्र साँचो ब्रदर-सिस्टरहरू हुन्। जहाँसम्म सत्यता स्वीकार नगर्ने र सत्यताप्रति वितृष्ण हुनेहरूको सवाल छ, तिनीहरूलाई ब्रदर-सिस्टरहरू भन्न मिल्दैन। यदि तिनीहरूसँग कमजोर मानवता छ र तिनीहरू मण्डलीको काममा अवरोध पुऱ्याउने र बाधा दिने हरप्रकारका दुष्टताहरू गर्छन् भने, तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधीहरू हुन्, र ब्रदर वा सिस्टर कहलिन झनै कम योग्य हुन्छन्। तिनीहरू मण्डलीमै रहे पनि, तिनीहरू परमेश्वरको घरमा घुसपैठ गरेका झूट्टा विश्वासीहरू मात्र हुन्। तिनीहरूले जतिसुकै लामो समयसम्म विश्वास गरे तापनि, अन्ततः तिनीहरू परमेश्वरद्वारा प्रकट गरिनेछन् र हटाइनेछन्। बाहिरी रूपमा, शीलाले कुनै ठूलो दुष्टता गरेकी छिन् जस्तो देखिँदैनथ्यो, तर उनले गरेको हरकुराले मानिसहरूको सोचलाई बाधा दिन्थ्यो र तिनीहरूका कर्तव्यहरूमा अड्चन ल्याउँथ्यो, र उनले यो सुरुदेखि नै गर्दै आएकी थिइन्। अरूले उनीसँग जसरी सङ्गति गरे पनि र उनलाई जसरी साथ दिए पनि, उनमा कहिल्यै अलिकति पनि परिवर्तन आएन, र उनी तर्क, बहस र असमझदार ढङ्गले व्यवहार गर्नेसमेत गर्थिन्। यसले शीला सत्यता पटक्कै स्विकार्दिनन् र प्रकृतिले नै सत्यताप्रति वितृष्णा राख्छिन् भन्ने देखायो। उनी दियाबलसहरूकी हुन् र हाम्री सिस्टर होइनन्। विगतमा, मैले सत्यताको यो पक्ष बुझेकी थिइनँ र ममा खुट्याउने क्षमताको कमी थियो। मलाई लाग्थ्यो, जबसम्म कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्छ र उहाँको नाम स्वीकार गर्छ, ऊ ब्रदर वा सिस्टर हो। म उसलाई ब्रदर वा सिस्टरका रूपमा व्यवहार गर्थेँ, र ऊप्रति आँखा चिम्लेर सहानुभूति देखाउँथेँ र सहनशीलता अपनाउँथेँ; उसलाई नखुट्याइकन नै मूर्खतापूर्ण ढङ्गले दया देखाउँथेँ र सहयोग गर्थेँ। फलस्वरूप, मेरा धेरैजसो प्रयास व्यर्थ भए। म कति मूर्ख र अलमलिएकी रहेछु! अहिले शीलालाई बर्खास्त गरेर अलग्गै राखिएपछि, मैले परमेश्वर कति धर्मी हुनुहुन्छ भन्ने देखेकी छु। सत्यता नपछ्याउने र असमझदार ढङ्गले व्यवहार गर्नेहरूले मण्डलीमा स्थान पाउन सक्दैनन्, र अन्ततः परमेश्वरद्वारा प्रकट गरिनेछन्। मैले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू पनि बुझ्न पाएँ: परमेश्वरले मलाई पाठहरू सिक्न दिन परिस्थितिहरू बन्दोबस्त गर्नुभएको हो। मैले ती सदुपयोग गर्न सुरु गर्नुपर्छ। उप्रान्त, मैले सत्यतामा अझ बढी समय र ऊर्जा लगाउनैपर्छ, अनि परमेश्वरका वचनहरूको दृष्टिकोणबाट मानिस र कामकुराहरूलाई हेर्नैपर्छ, आफूलाई आचरणमा ढाल्नैपर्छ र कामकुराहरू गर्नैपर्छ।