१६. जीवनका साना कुराहरू पनि सिकाइका अवसर हुन्

किन सिन, चीन

केही समयसम्म, चिनियाँ कम्युनिस्ट पार्टीको खेदोबाट बचेर, आफ्नो कर्तव्य निर्वाह गर्नका लागि म एक अतिथि घरमा लुक्नुपर्‍यो। एक दिन, सुपरभाइजर भेलाबाट फर्किएपछि, उनले मानिसहरूलाई खुट्याउनेबारे केही सत्यता सिद्धान्तहरूमा सङ्गति गरे। मेरो हृदयमा ईर्ष्या नगरी म रहन सकिनँ, सोचेँ, “बाहिर गएर कर्तव्य निर्वाह गर्न सक्नु अझै राम्रो हो। यसरी, धेरै भेलाहरूमा सहभागी हुन, थप सत्यता प्राप्त गर्न, र सत्यतामा छिटो प्रवेश गर्न सकिन्छ, म जस्तो होइन, जो बाहिर नगई दिनभरि लेखसम्बन्धी कर्तव्य निर्वाह गर्छ। मेरा कार्यहरू बाहेक, म आतिथेय परिवारका दम्पती र उनीहरूको कुकुरसँग मात्र कुराकानी गर्छु। मैले सङ्गत गर्ने मानिस पनि थोरै छन् र म खासै भेटघाट पनि गर्दिनँ। मैले आफ्नो भ्रष्टता प्रकट गर्न सक्ने कुनै अवस्थासमेत छैन। म आफूलाई कसरी चिन्न सक्छु? म अझ बढी सत्यता कसरी प्राप्त गर्न सक्छु?” त्यो क्षणमा, मैले सोचेँ, “परमेश्‍वरले सत्यता प्राप्तिका आधारमा मानिसहरूको परिणाम तय गर्नुहुन्छ। यदि मैले सत्यता प्राप्त गर्न सकिनँ र मेरो स्वभाव परिवर्तन भएन भने, के मैले अझैपनि मुक्ति पाउन सक्छु?” यसबारे सोच्दा, मलाई आफ्नो लेखसम्बन्धी कर्तव्य निर्वाह गर्नै मन लागेन। म सुपरभाइजरलाई बढी मानिसहरूसँग अन्तर्क्रिया र धेरै भेला हुने कर्तव्य दिन अनुरोध गर्न चाहन्थेँ। पछि, मलाई यो समझदार लागेन। मानिसहरूलाई तोकिएका कर्तव्य उनीहरूको क्षमता र शक्तिको विस्तृत मूल्याङ्कनमा आधारित थियो। कुन कर्तव्य निर्वाह गर्ने भनेर छनौट गरेर, म आज्ञाकारी भइरहेकी थिइनँ। मैले कम्प्युटरमा एकटकले हेरिरहेँ, एकपछि अर्को तरिकामा सोचेँ तर मेरो हृदय शान्त पार्न सकिनँ।

भोलिपल्ट दिउँसो, जब मैले सुपरभाइजरलाई अर्को बैठकका लागि बाहिर जान लागेको देखेँ, मलाई गरी ईर्ष्या लाग्यो, सोचेँ, “सुपरभाइजर हुनु त कत्ति राम्रो! उनीहरू अगुवाहरूसँग प्रायः भेटघाट गर्न र धेरै सत्यता बुझ्न पाउँछन्, साथै, उनीहरूले विभिन्न समूहहरूमा सत्यताका साथ समस्याहरू समाधान गर्ने अभ्यास पनि गर्छन्। हरेक दिन उनीहरूले केही न केही प्राप्त गर्छन्, र उनीहरूको जीवन द्रुत रूपमा अघि बढ्छ! मेरो कर्तव्यले मलाई घर भित्रै राख्छ, जुन सुरक्षित छ, तर भेलाहरूमा कम सहभागी हुँदा, म कसरी सत्यता प्राप्त गर्न सक्छु?” मैले आफूलाई गुनासो गर्नबाट रोक्न सकिनँ र यो कर्तव्य गर्न चाहिनँ। तर त्यसपछि, सुपरभाइजरले लेखसम्बन्धी कर्मचारी पाउन कठिन छ भनेर भनेको सम्झिएँ। यदि मैले यो कर्तव्य गर्न चाहन्नँ भनेर भनेँ भने, के त्यसले मण्डलीका लागि समस्या सिर्जना गर्ने थिएन र? त्यसैले, म यसमा मात्र टिक्न सकेँ। मैले काम गरिरहे पनि, मेरो हृदयमा जिम्मेवारीको कुनै अनुभूति थिएन। अर्को दुई दिन, मेरो कम्प्युटर बारम्बार बन्द भइरह्यो, साथै, मेरो कर्तव्यप्रतिको समर्पणको अभावका कारण, काममा ढिलाइ भयो। सुपरभाइजरले मलाई बाह्य कारण मात्र नहेरी मेरो आफ्नै स्थिति चिन्तन गर्न सम्झाए। यसकारण, मैले हालसालै प्रकट गरेको कुरा सुपरभाइजरलाई बताएँ। सुपरभाइजरले सोधे, “के तपाईंले आफ्नो स्थिति समाधान गर्न सत्यताको खोजी गर्नुभयो? तपाईंले आफ्नो प्रकट भएको भ्रष्टता समाधान गर्न सत्यता खोज्नुभएको छैन। तपाईंले आफ्नै अगाडि रहेका पाठहरू सिक्नुभएको छैन। के तपाईंलाई आफ्नो कर्तव्य परिवर्तन गर्नाले ती कुराहरू सिक्न मद्दत गर्छ जस्तो लाग्छ?” सुपरभाइजरको शब्दले मलाई स्तब्ध बनायो। उनले भनेका कुरा साँच्चै सही थियो। मैले हालका मामिलाहरूबाट पाठ सिक्ने र मेरो भ्रष्टता समाधान गर्न सत्यता खोज्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरका वचनहरूभित्र, मानिसले धारण गर्नुपर्ने सत्यताहरू हुन्छन्, मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुने कुराहरू हुन्छन्, तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हुन्छन्, मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्ने कुराहरू हुन्छन् र मानिस सुसज्जित हुनुपर्ने सत्यताहरू हुन्छन्। तिमीहरू जति बढी परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक क्षेत्रका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्‍वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले यसो गरेर तिनीहरूले कसरी ‘परमेश्‍वरको वचन जीवन हो’ भन्‍ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छन्? परमेश्‍वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्‍वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्‍वरको वचनलाई बुझ्नु आवश्यक छ भन्‍ने तेरो विश्‍वास हो भने तेरो बुझाइ त्रुटिपूर्ण छ। साँचो प्रकारले परमेश्‍वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि ‘सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ’। आज परमेश्‍वरको वचन पढेर तैँले परमेश्‍वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन्, व्यक्तिले सत्यता अभ्यास गर्न सक्नुअघि पहिले यसलाई बुझ्नैपर्छ, तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्‍ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ)। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने सत्यतालाई साँच्चै बुझ्नका लागि त्यसलाई वास्तविक जीवनमा अभ्यास गर्न र त्यसमा प्रवेश गर्न आवश्यक छ, र अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूले मात्र सत्यताको सार बुझ्न सक्छन्। परमेश्‍वरका वचन पढेर वा अरूको सङ्गति सुनेर मात्र अभ्यास वा तिनमा प्रवेश गर्ने कुरामा ध्यान केन्द्रित नगर्दा, धर्मसिद्धान्त मात्र बुझ्न सकिन्छ, सत्यतालाई साँचो रूपमा बुझ्न सकिन्न। मैले पहिले चिनेका दुई अगुवाहरूबारे सोचेँ। तिनीहरू बिहानदेखि साँझसम्म काम गर्थे, प्रत्येक स्थानमा ब्रदर-सिस्टरहरूसँग भेला र सङ्गति गर्थे। तिनीहरूले परमेश्‍वरका धेरै वचनहरू पढे र उच्चस्तरीय अगुवाहरूसँग थुप्रै भेलामा सहभागी भए। तिनीहरूले धेरै वचन र धर्मसिद्धान्तहरू बुझे तापनि, आफ्नै प्रकटित भ्रष्टताको जाँच गर्ने वा परमेश्‍वरको वचन अभ्यास गर्ने कुरामा ध्यान केन्द्रित गरेनन्। ती मध्ये एक अगुवाले ब्रदर-सिस्टरहरूलाई आफूअगाडि ल्याएर, सधैँ आफ्नो गुणगान गर्थे र आफ्नो बारेमा गवाही दिन्थे, र अन्ततः ख्रीष्टविरोधी बने। अर्का अगुवा हैसियतप्रति आशक्त थिए, र उनमा समर्पण नहुने वा उनलाई सल्लाह नदिने जो कोहीलाई सताउँथे, र अन्ततः धेरै दुष्ट कार्यहरू गरेपछि उनलाई मण्डलीबाट निष्कासन गरियो। केही ब्रदर-सिस्टरहरूको उनीहरूलाई चर्चामा नल्याउने र अरूसँग सीमित सम्पर्क हुने कर्तव्यहरू भए तापनि, उनीहरूले आत्मचिन्तन र परमेश्‍वरका वचनअनुसार आफूलाई चिन्ने कुरामा ध्यान केन्द्रित गरे, र समयसँगै उनीहरूको जीवनमा वृद्धि हुँदै गयो। कतिपयले त अनुभवजन्य गवाही लेखहरू पनि लेखे। मैले अनुग्रहको युगका पत्रुसबारे पनि सोचेँ। उनी प्रभु येशूबाट धेरै उपदेशहरू सुन्थे, तर सुनेर मात्र सन्तुष्ट हुन्थेनन्। उनी प्रायः प्रभुका वचनहरू मनन गर्थे र दैनिक जीवनमा तिनलाई अभ्यास गर्नमा ध्यान दिन्थे। सत्यताको अभ्यास गरेर, उनले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गरे, र यसरी क्रमशः अनुभव गर्दै, सत्यता उनको जीवन बन्यो, र उनले परमेश्‍वरमा समर्पण, परमेश्‍वरको डर र परमेश्‍वरलाई माया गर्ने वास्तविकता प्राप्त गरे। त्यसैगरी, अहिलेसम्म मैले परमेश्‍वरका धेरै वचनहरू, र जीवन प्रवेशबारे धेरै उपदेश र सङ्गतिहरू सुनेकी थिएँ, तर मैले सत्यता पछ्याएकी थिइनँ, वा कुनै कुरा हुँदा आफैँमा चिन्तन गर्न ध्यान दिएकी थिइनँ, र कुनै कार्य गर्दा मैले सत्यताको खोजी विरलै गरेकी थिए, त्यसैले मेरो प्राप्ति न्यून थियो। यसबाट मैले के देखेँ भने, धर्मसिद्धान्तहरूले आफूलाई सुसज्जित पार्नमा मात्र ध्यान दिनु, जतिसुकै बुझे पनि, सत्यता बुझेको हुन्छ भन्‍ने हुँदैन। मैले सोचेँ, पहिले परमेश्‍वरमा समर्पित हुने सत्यताबारे कत्ति पटक पढेकी थिएँ, र हरेक परिस्थितिमा, म आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र परमेश्‍वरको योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुनुपर्छ भन्‍ने कुरा बुझेकी थिएँ, तर जब परमेश्‍वरद्वारा तय गरिएको वातावरण मेरो धारणासँग मेल खाएन, तब मैले आफूमा समर्पणको वास्तविकता नरहेको देखेँ। यो कर्तव्य मेरो इच्छाअनुरूप छैन भन्‍ने सोचेर, त्यसप्रति प्रतिरोध महसुस गरेकी थिएँ र समर्पण गर्न इच्छुक भइरहेकी थिइनँ। मैले के देखेँ भने जतिसुकै सङ्गतिहरू सुनेको भए पनि, यसको अर्थ मैले सत्यता बुझेको वा प्राप्त गरेको भन्‍ने थिएन। मैले बुझेका कुरा केवल शब्द र धर्मसिद्धान्तहरू थिए, र मैले सत्यताको अभ्यासमा ध्यान नदिए, म अझै पनि यसलाई साँचो रूपमा प्राप्त गर्न सक्दिनथेँ, न त मेरो जीवन स्वभाव पनि परिवर्तन हुन सक्थ्यो।

मैले मेरो स्थितिका आधारमा खोजी जारी राखेँ र परमेश्‍वरका वचनहरूको एक खण्ड भेट्टाएँ, जसमा भनिएको छ: “भ्रष्ट स्वभाव रातारात परिवर्तन हुँदैन। सबै मामिलामा आफूलाई निरन्तर आत्मचिन्तन र जाँच गर्नैपर्छ। परमेश्‍वरको वचनका प्रकाशमा आफ्ना कार्य र व्यवहारहरू जाँच्नैपर्छ, आफैलाई बुझ्ने प्रयास गर्नैपर्छ, र सत्यता अभ्यास गर्ने बाटो खोज्नैपर्छ। भ्रष्ट स्वभाव हटाउने तरिका यही हो। दैनिक जीवनमा प्रकट हुने भ्रष्ट स्वभावबारे चिन्तन र खोजबिन गर्न, सत्यता बुझाइको आधारमा चिरफार गर्न र खुट्ट्याउन, अनि क्रमिक रूपमा सफलता हासिल गर्न जरुरी छ, जसले गर्दा सत्यता अभ्यास गर्न र आफ्ना सबै कार्यलाई सत्यताअनुरूप बनाउन सकिन्छ। यस्तो पछ्याइ, अभ्यास र स्वबुझाइद्वारा, भ्रष्टताका यी प्रकाशहरू कम हुन थाल्छन्, र अन्ततः स्वभाव परिवर्तन हुने छ भन्‍ने आशा पलाउँछ। यो नै मार्ग हो। स्वभाव परिवर्तन जीवन वृद्धिको कुरा हो। व्यक्तिले सत्यता बुझेर यसको अभ्यास गर्नैपर्छ। सत्यता अभ्यास गरेर मात्र भ्रष्ट स्वभावको समस्या हल गर्न सकिन्छ। यदि कुनै भ्रष्ट स्वभाव निरन्तर प्रकट भइरहन्छ, हरेक कार्य र बोलीमा समेत प्रकट भइरहन्छ भने, यसको अर्थ स्वभाव परिवर्तन भएको छैन। भ्रष्ट स्वभावसँग सम्बन्धित कुनै पनि मामिलालाई गम्भीरतापूर्वक विश्लेषण र खोजबिन गर्नुपर्छ। भ्रष्ट स्वभावको मूल कारण पत्ता लगाएर समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्ने एकमात्र तरिका यही हो। तैँले यो मार्ग फेला पारिसकेपछि तेरो स्वभाव परिवर्तन हुने आशा पलाउँछ। यी खोक्रा कुरा होइनन्; ती त वास्तविक जीवनसँग सान्दर्भिक छन्। मुख्य कुरा भनेको व्यक्तिविशेषहरू सत्यता वास्तविकताहरूमा पूर्ण हृदयले र लगनशील भई चल्न सक्छन् कि सक्दैनन् र सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् भने, बिस्तारै आफ्नो भ्रष्ट स्वभाव फाल्न थाल्न सक्छन्। त्यसपछि तिनीहरू परमेश्‍वरको मापदण्ड र आफ्नो स्थानअनुसार चल्न सक्छन्—अर्का शब्दमा भन्नुपर्दा, तिनीहरू आफूलाई आफ्नो स्थानअनुसार आचरणमा ढाल्न सक्छन्। तिनीहरूले आफ्नो ठाउँ पत्ता लगाएर, सृष्टि गरिएको प्राणीका रूपमा आफ्ना भूमिकामा दृढ बनेर, अनि साँच्चै परमेश्‍वरको आराधना गर्ने र उहाँप्रति समर्पित हुने व्यक्ति बनेर, परमेश्‍वरबाट अनुमोदन पाउनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू हरेक दिन प्रकट हुन्छन् भनी निकै प्रस्टसँग भनेका छन्। हरेक मामिलामा र बोलिने हरेक शब्दमा, भ्रष्ट स्वभाव, अनि गलत विचार र दृष्टिकोण मिसिएको हुन सक्छ। मानिसहरूले यी समस्याहरूलाई चिन्न र समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। अन्ततः, कसैले सत्यता प्राप्त गर्न र स्वभावमा परिवर्तन ल्याउन सक्छ-सक्दैन भन्‍ने कुरा उसले सत्यता पछ्याउने र अभ्यास गर्ने गर्छ-गर्दैन भन्‍नेमा निर्भर हुन्छ। जति धेरै मानिससँग अन्तरक्रिया गरिन्छ, त्यति धेरै भ्रष्टता प्रकट हुन्छ भन्‍ने हुँदैन, वा बाहिर नगएमा र थोरै मानिससँग मात्र अन्तरक्रिया गरेमा, कम भ्रष्टता प्रकट हुन्छ भन्‍ने पनि हुँदैन। यो मेरो आफ्नै धारणा र कल्पना थियो। वास्तविकतामा, यदि कसैको कर्तव्यमा अरूसँग थोरै अन्तरक्रिया हुन्छ भने पनि, जबसम्म उनीहरूले आफ्नै जीवन प्रवेशका लागि भार वहन गर्छन्, हरेक मामिलामा प्रकट भएका आफ्ना दृष्टिकोण र विचारहरूमा ध्यान दिन्छन्, तिनलाई ध्यानपूर्वक जाँच्छन्, र पत्ता लागेका कुनै पनि भ्रष्टतालाई समाधान गर्न समयमै सत्यता खोज्छन् भने, उनीहरूले अझै पनि सत्यता प्राप्त गर्न र परिवर्तन अनुभव गर्न सक्छन्। आफ्नो बारेमा सोच्दा, मेरो वर्तमान कर्तव्यमा मानिसहरूसँग थोरै अन्तरक्रिया भए तापनि, मैले मेरो काममा धेरै भ्रष्टता प्रकट गरेकी थिएँ। कहिलेकाहीँ, काम व्यस्त भएर राति अबेरसम्म जाग्नुपर्दा, आँखाको सानो समस्याका कारण म आँखाको अत्यधिक प्रयोग हुनेबारे चिन्तित भएकी थिएँ, यदि मेरो आँखा खराब भएमा म मेरो कर्तव्य पालना गर्न र मुक्ति पाउन सक्दिनँ भनेर डराएकी थिएँ, त्यसैले म अल्छी भएर काममा ढिलासुस्ती गरेकी थिएँ। अन्य समयमा, आफ्नो कामका विवरणहरू जाँच नगरी म मेरो कर्तव्यमा लापरवाह भएकी थिएँ, जसका कारण काम पुनः गर्नुपर्ने भई कामको प्रगतिमा ढिलाइ भएको थियो। मैले मेरो घृणित प्रकृति गम्भीर भएको देखेँ। मैले के पनि सम्झेँ भने, पहिले, जब म मानिसहरूसँग दैनिक भेटघाट गर्नुपर्ने र बैठकहरूमा उपस्थित हुनुपर्ने कर्तव्य निर्वाह गर्थें, तब मैले धेरै भ्रष्टता प्रकट गरे तापनि, मैले कर्तव्यहरूमा व्यस्त रहनुलाई आत्मचिन्तन छल्ने बहाना बनाएकी थिएँ, आफ्नो भ्रष्टता समाधान गर्न सत्यता विरलै खोजेकी थिएँ। मैले थुप्रै अनुभवहरू प्राप्त गरेकी थिएँ र धेरै भ्रष्टता प्रकट गरेकी थिएँ, तर मैले धेरै सत्यता प्राप्त गरेकी थिइनँ। अहिले, लेखसम्बन्धी कर्तव्य गर्दै, म हरेक दिन कामहरू सम्पन्न गर्नमा मात्र व्यस्त थिएँ, आफ्नो भ्रष्टताबारे चिन्तन गर्न परमेश्‍वरका सामु विरलै आउँथेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा बाहेक, मेरो मन प्रायः शून्यताको स्थितिमा हुन्थ्यो, वा म शारीरिक सुख, पारिवारिक माया, प्रसिद्धि र हैसियतका बारे सोच्दथेँ—यी सबै सत्यतासँग सम्बन्धित नभएका कुरा थिए। मेरो जीवन प्रवेशमा कुनै प्रगति थिएन। मैले सत्यता प्राप्ति कुनै व्यक्तिको कर्तव्यमा निर्भर हुँदैन भन्‍ने देखेँ। मुख्य कुरा भनेको उनीहरूले आत्मचिन्तनमा ध्यान दिए कि दिएनन्, र उनीहरूले आफ्नो प्रकटित भ्रष्टता समाधान गर्न गम्भीरतापूर्वक प्रयास गरे कि गरेनन् भन्‍ने थियो। यदि उनीहरूले सत्यताको खोजी गरेनन् र आत्मचिन्तन गरेनन् भने, सुपरभाइजर बने पनि, सत्यता प्राप्त गर्न र मुक्ति पाउन सक्ने थिएनन्। यी तथ्यहरूको सामना गर्दा, मैले मेरा दृष्टिकोणहरू कति अनुपयुक्त र गलत थिए भन्‍ने देखेँ! मैले सत्यतालाई बुझ्न सकेकी थिइनँ, त्यसैले मैले सबै कुरा गलत दृष्टिकोणबाट हेरेकी थिएँ, सधैँ यो कर्तव्य छोड्न र परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पण नगर्न चाहन्थेँ। मैले आफ्नो कर्तव्य हृदयदेखि गरेकी थिइनँ, र यदि मैले यसरी नै निरन्तरता दिएँ भने, यसले केवल काममा ढिलाइ गर्न सक्थ्यो र परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुन्थ्यो। मैले सत्यता पछ्याउँदा सही सोच र दृष्टिकोण राख्नु कति महत्त्वपूर्ण हुन्छ भनेर बुझेँ। यो कुरा बुझेर, म आफ्नो कर्तव्यबारे छानुवा हुन छाडेँ, बरु मेरो कर्तव्य निर्वाह गर्ने वर्तमान अवसरलाई सदुपयोग गर्न, कुनै कुरा घटित हुँदा आफ्ना विचार र दृष्टिकोणमा ध्यान दिन, र ती कुरालाई चाँडो समाधान गर्नका लागि सत्यता खोज्न इच्छुक भएँ।

चिन्तन गरेर, मैले के बुझेँ भने वर्तमान कर्तव्य निर्वाह गर्ने मेरो असमर्थता मेरा गलत विचारहरूका कारणले मात्र नभई आशिष् प्राप्त गर्ने मेरो इच्छाका कारणले पनि थियो। मैले यो कर्तव्य निर्वाह गर्दा म कम सत्यता प्राप्त गर्नेछु भनेर सोचेकी थिएँ, जसको मतलब मैले आशिष् मौका न्यून थियो, त्यसैले मैले यो कर्तव्य गर्न चाहेकी थिइनँ। मैले परमेश्‍वरमाथिको विश्‍वास र कर्तव्यहरूप्रतिको मेरो अभिप्राय गलत भएको देखेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका वचनहरूले मेरो स्थिति खुलासा गरे। परमेश्‍वरमा विश्‍वास गर्नु, चिजबिज त्याग्नु, आफूलाई समर्पित गर्नु र परिश्रम गर्नुमा, मेरो उद्देश्य केवल आशिष् प्राप्त गर्नु थियो। यदि मैले आशिष् प्राप्त गर्न सकिनँ भने, मैले मेरो कर्तव्य गर्नका लागि प्रेरणा गुमाउने थिएँ, र ममा सबै कुराका लागि उत्साहको कमी हुने थियो। मैले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि नै, म सधैँ मेरो कर्तव्य निर्वाह गर्न उत्साही थिएँ, मेरो जागिर र विवाह त्यागेर आफ्नो कर्तव्यमा कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक थिएँ। जब मलाई यो लेखसम्बन्धी कर्तव्य दिइयो, तब मैले यो कर्तव्यमा बाहिरी भेलाहरू कम हुने र सत्यता प्राप्त गर्ने अवसरहरू थोरै हुने भन्‍ने सोचेँ, जसले मेरो मुक्तिलाई अवरुद्ध गर्ने थियो। त्यसैले मैले सुपरभाइजरले मलाई अन्य कर्तव्य दिऊन् भनी चाहेँ, र मलाई दिइएको कर्तव्य अनुपयुक्त भएको गुनासो गरेँ। म मेरो कर्तव्य निर्वाहमा झारा टारुवा हुन थालेँ, काममा सुस्ताएँ र ढिलाइ गरेँ। मैले आफ्ना कर्तव्यमा गरेका बलिदान र प्रयास आशिष् पाउने चाहनाबाट प्रेरित छन् भन्‍ने देखेँ। मेरो आस्थामा, मैले आफ्नो स्वार्थबारे मात्र विचार गरेँ, आफ्नो कर्तव्यलाई आशिष् पाउने एउटा माध्यमका रूपमा लिएँ। यदि कुनै कर्तव्य मलाई आशिष् पाउन लाभदायक लाग्थ्यो भने, म त्यो गर्न उत्सुक हुन्थेँ; यदि त्यसो नभए, म नकारात्मक हुन्थेँ र त्यसप्रति प्रतिरोधी महसुस गर्थेँ। म परमेश्‍वरप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने गरी पछ्याइरहेकी थिइनँ, न त सृजित प्राणीका रूपमा परमेश्‍वरप्रति इमानदारीपूर्वक आफ्नो कर्तव्य नै गर्दै थिएँ। यसरी पछ्याउनाले परमेश्‍वरको घृणा मात्र निम्त्याउने थियो र अन्ततः उहाँद्वारा हटाइने थियो। मैले मण्डलीको प्रबन्ध पालना गर्नुपर्थ्यो, मेरा कर्तव्यहरू लगन र विवेकनिष्ठ भएर निर्वाह गर्नुपर्थ्यो, पाठ सिक्नका लागि सबै कुरामा आत्मचिन्तन गर्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो, र स्वभावमा परिवर्तन पछ्याउनुपर्थ्यो।

त्यसपछिका दिनहरूमा, मैले सामना गरेका कुराहरूबाट पाठ सिक्नमा ध्यान केन्द्रित गरेँ। आथितेय घरका ब्रदर आफ्नो कर्तव्य निर्वाह गर्न उत्साहित थिए तर जीवन प्रवेशमा त्यति ध्यान दिँदैनथे। विगतमा, मैले उनलाई राम्रो अभिप्रायले मद्दत गर्थेँ, सधैँ उनलाई भएका घटनाहरूमार्फत आफ्नो बारेमा जान्न लगाउने प्रयास गर्थेँ, तर यसले उनमा प्रतिरोध र वितृष्णाको भावना उत्पन्न हुन पुग्यो। यसबाट मलाई अन्याय भएको महसुस भयो, मेरा असल अभिप्रायको किन कदर गरिएन भनेर सोचेँ। चिन्तनद्वारा मैले के बुझेँ भने ममा अहङ्कारी स्वभाव थियो र म अरूलाई मेरो कुरा सुन्न बाध्य पारिरहेकी थिएँ। साथै, अरुलाई मद्दत गर्दा ममा सिद्धान्तको कमी थियो। पछि मैले “अरुलाई मायालुपूर्वक मद्दत गर्ने सिद्धान्तहरू” पढेँ, र के बुझेँ भने अरूलाई मद्दत गर्दा कम्तीमा उनीहरूलाई ठेस लाग्नु हुँदैन, बरु फाइदा पुग्नु पर्छ, र मैले अरूलाई उनीहरूको कदअनुसार व्यवहार गर्नुपर्छ, उनीहरूलाई मेरो दृष्टिकोण स्वीकार गर्न बाध्य नगरी धैर्यता र दयासहित मार्गदर्शन गर्नुपर्छ। यसबाहेक, केही समयअघि, धेरै ब्रदर-सिस्टरहरू सुसमाचार प्रचार गर्न सहरबाहिर गएका थिए। म केही कारणले जान सकिनँ, र मैले धेरै नकारात्मक र निराश महसूस गरेँ, र परमेश्‍वरले मसँग यसो हुन किन दिनुभयो भन्दै गुनासो गरेँ। पछि, मैले सत्यता खोज्नमा ध्यान दिएँ, अनि परमेश्‍वरका वचन पढेर र आत्मचिन्तन गरेर, मैले आफ्ना गलत दृष्टिकोण र आशिष् प्राप्त गर्ने मेरो अभिप्रायलाई पहिचान गरेँ। म सोच्थेँ, कर्तव्यहरू गर्न सहर बाहिर जाँदा अभ्यास गर्ने थप अवसरहरू मिल्छन्, अनि यसरी सत्यता र मुक्ति प्राप्त गर्ने आशा धेरै हुन्छ। यो लक्ष्य पूरा नहुँदा म नकारात्मक भएँ र गुनासो गरेँ। मैले के बुझेँ भने एक सृजितका प्राणीका रूपमा, मैले सृष्टिकर्ताको योजनाबद्ध कार्य र प्रबन्धअनुसार समर्पण गर्नुपर्छ, र कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा, उसले सत्यताका लागि प्रयास गर्छ-गर्दैन र यसको मूल्य चुकाउँछ-चुकाउँदैन भन्‍नेमा भर पर्छ, कर्तव्य कहाँ गर्छ भन्‍ने कुरामा गर्दैन। म आफ्नो कर्तव्यमा अडिग रहनुपर्छ, सत्यतालाई पछ्याउनुपर्छ र मेरो वर्तमान वातावरणमा पाठ सिक्नुपर्छ, अनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यसैलाई नै मैले पछ्याउनुपर्छ।

यस समयका मेरा अनुभवहरूमाथि चिन्तन गर्दा, मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गर्दा, कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा, उसले कुन कर्तव्य गर्छ भन्‍ने कुरामा निर्भर हुँदैन, बरु उसले सत्यतालाई माया र यसको अभ्यास गर्छ-गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि कोही दैनिक मामिलाहरूमा गम्भीर हुन्छ, आफ्नो भ्रष्टताबारे चिन्तन गर्ने र त्यसको समाधानको लागि सत्यता खोज्न ध्यान दिन्छ, आफ्नो स्वभावमा परिवर्तन ल्याउन प्रयास गर्छ भने, उसले प्रत्येक दिन केही प्रगति गर्छ। अहिले, म यस लेखसम्बन्धी कर्तव्य निर्वाह गर्न नकारात्मक महसुस गर्दिनँ र म समर्पण गर्न सक्छु। म यो कर्तव्यलाई कदर गर्न र सत्यताको पछ्याइमा प्रयास गर्न इच्छुक छु।

अघिल्लो:  १५. रोगको बीचमा परमेश्‍वरको प्रेमको गवाही दिएको

अर्को:  १९. मेरो हीनताबोध हट्यो

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger