१९. मेरो हीनताबोध हट्यो

डिंग सिनद्वारा, चीन

म एउटा साधारण किसान परिवारमा जन्मेकी थिएँ। म अन्तर्मुखी स्वभावकी र कम बोल्ने भएकीले, बाल्यकालदेखि नै मेरा परिवार र आफन्तहरूले प्रायः भन्थे कि म राम्रो बोल्न सक्दिनँ र मेरी बहिनीजस्तो मनपर्दो छैनँ। बाहिर काम गर्दा, म मानिसहरूसँग अन्तरक्रिया गर्न वा मेरा हाकिमहरूलाई खुसी पार्न सिपालु थिइनँ, त्यसैले फोहोरी र थकाइलाग्दो काम प्रायः सधैँ मलाई नै दिइन्थ्यो, र मेरा सहकर्मीहरूले प्रायः मलाई सुस्तबुद्धि र परिस्थितिअनुसार चल्न नजान्ने भनेर गिज्याउँथे। हृदयमा, मैले आफूमा सुस्तबुद्धि भएको र त्यति तेज नभएको, अनि आफू मानिसहरूसँग अन्तरक्रिया गर्न सिपालु नभएको मूल्याङ्कन स्वीकार गरेँ, र त्यसैले म झन् बढी अन्तर्मुखी भएँ। म अक्सर आफ्नो बोलीको अनाडीपनले दुःखी हुन्थेँ; विशेष गरी जब म वाक्पटु र तेज दिमाग भएका मानिसहरूलाई देख्थेँ, मलाई उनीहरूको डाह लाग्थ्यो, यस्ता मानिसहरू जहाँ गए पनि मन पराइन्छन् जस्तो लाग्थ्यो। परमेश्‍वरमा विश्‍वास गरेपछि, सुरु-सुरुमा भेलाहरूमा जाँदा म धेरै सङ्कोच पनि मान्थेँ, मेरो अनाडी सङ्गतिले ब्रदर-सिस्टरहरूमाझ म हाँसोको पात्र बन्छु कि भनेर मलाई चिन्ता लाग्थ्यो, तर ब्रदर-सिस्टरहरू मलाई अक्सर अझ धेरै सङ्गति गर्न प्रोत्साहन दिन्थे। मैले देखेँ कि ब्रदर-सिस्टरहरू आफ्ना स्थिति र समस्याहरू सरल र खुला रूपमा बाँड्थे, जसमा केही कमी हुन्थ्यो उसलाई कसैले होच्याउने वा हेला गर्ने गर्दैनथ्यो। यसले मलाई धेरै स्वतन्त्र महसुस गरायो। बिस्तारै, म झन्-झन् धेरै बोल्न थालेँ। मलाई यस्तो प्रकारको मण्डली जीवन साँच्चै मन पर्थ्यो।

२०२३ को फेब्रुअरीमा, म मलजल गर्ने डिकन बनेँ। मैले मलजल गर्ने सिस्टर रुइजिङको क्षमता राम्रो थियो। केही पटक म उनीसँग भेलामा उपस्थित भएँ, र मैले देखेँ कि उनको सङ्गति धेरै स्पष्ट हुन्थ्यो, र समस्याहरूमा उनको अन्तर्दृष्टि मेरोभन्दा कम थिएन, त्यसैले जब म फेरि रुइजिङसँग भेलामा उपस्थित भएँ, मलाई केही नियन्त्रित महसुस भयो, उनको दिमाग मेरोभन्दा तिखो र उनको क्षमता मेरोभन्दा राम्रो छ भन्‍ने लाग्यो। मलाई लाग्यो कि उनलाई मलजल गर्ने प्रयास गर्नु मेरो क्षमताभन्दा बाहिरको कुरा हो, त्यसैले जब उनको कुनै खराब स्थिति हुन्थ्यो, म उनीसँग यसबारे संक्षिप्त रूपमा कुरा गरेर विषय परिवर्तन गर्थेँ, किनकी मलाई मेरो सतही सङ्गतिका कारण उनले मलाई हेला गर्छिन् कि भन्‍ने चिन्ता लाग्थ्यो। एक पटक, मैले रुइजिङमा गम्भीर अहङ्कारी स्वभाव छ र उनी आफ्ना कुराले मानिसहरूलाई नियन्त्रण गर्ने गर्छिन् भन्‍ने थाहा पाएँ, त्यसैले म उनलाई यो समस्या औँल्याउन चाहन्थेँ। तर उनको क्षमता राम्रो छ, उनी वाक्पटु छिन्, र आफ्नो कर्तव्यमा प्रभावकारी छिन् भन्‍ने सोच्दा, थोरै अहङ्कार सामान्य लाग्यो। यसबाहेक, मेरो क्षमता कमजोर थियो, र मेरो अभिव्यक्ति क्षमता राम्रो थिएन। यदि मैले उनीसँग स्पष्ट रूपमा सङ्गति गर्न र उनका समस्याहरू समाधान गर्न सकिनँ भने, उनले मलाई गिल्ला गर्नेछिन्। त्यसैले, मैले उनको अहङ्कारबारे छोटकरीमा मात्र उल्लेख गरेर कुरा टुङ्ग्याएँ। अर्को पटक, एउटा भेलाको समयमा, रुइजिङले उनको परिवारले परमेश्‍वरमाथिको उनको विश्‍वासको विरोध गरेको र यसले गर्दा उनी केही बन्धनमा परेको कुरा गरिन्। मसँग पनि यस्तै अनुभवहरू थिए र मलाई उनीसँग यसबारे सङ्गति गर्न सक्छु भन्‍ने लाग्यो, तर मैले केही शब्द बोल्नेबित्तिकै, रुइजिङले आफू पारिवारिक स्नेहबाट प्रभावित नभएको बताइन्। तर सत्य कुरा के थियो भने, उनको भावनात्मक बन्धनले उनको कर्तव्यलाई पहिल्यै असर पारिरहेको थियो, र मलाई थाहा थियो कि मैले उनीसँग यसबारे जतिसक्दो चाँडो सङ्गति गर्नुपर्छ। तर उनको यस्तो कुरा सुनेपछि, मैले सङ्गति जारी राख्ने आँट गरिनँ, मैले सोचेँ, “मैले सङ्गति गरिरहेँ भने, के रुइजिङले मैले उनलाई किचकिच गरिरहेको र भित्री कुरा बुझ्न नसकेको ठान्नेछिन्? अब फेरि लज्जित हुने काम नगरौँ, रुइजिङको क्षमता राम्रो छ र उनीसँग मैले सङ्गति गर्नुपर्दैन। उनी आफैले सत्यता खोजेर यो समाधान गर्न सक्छिन्।” त्यसैले, मैले सङ्गति जारी राखिनँ। तर पछि, रुइजिङको स्थितिमा सुधार आएन, र उनको कर्तव्यमा असर पर्‍यो।

त्यसपछि, हरेक पटक भेलामा रुइजिङ उपस्थित हुँदा, मलाई धेरै नियन्त्रित महसुस हुन्थ्यो, मेरो कमजोर सङ्गतिले गर्दा उनले मलाई हेला गर्छिन् कि भन्‍ने चिन्ता लाग्थ्यो। मलाई धेरै पीडा र नकारात्मक महसुस हुन्थ्यो, किनकि मैले दिनुपर्ने सङ्गति दिन सकिरहेकी थिइनँ, र मैले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सकिरहेकी थिइनँ। मलाई लाग्यो कि म दयनीय जीवन जिइरहेकी छु। मैले आफैलाई सोधिरहेँ, “म किन यति थकित भएर जिइरहेकी छु?” यहाँसम्म कि परमेश्‍वरले मलाई राम्रो क्षमता दिनुभएन भनेर म उहाँलाई दोष दिइरहेकी थिएँ, यो अवस्थाबाट भागेर आफ्नो कर्तव्य बदल्न चाहिरहेकी थिएँ। मलाई मेरो अवस्था राम्रो छैन भन्‍ने थाहा थियो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अहिले मेरो कर्तव्यमा धेरै नियन्त्रित छु, मलाई धेरै थकित र तीतो महसुस भइरहेको छ, र मलाई यो स्थिति कसरी समाधान गर्ने भन्‍ने थाहा छैन। तपाईँले मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि मैले आफूलाई चिन्न सकूँ र म यो गलत स्थितिबाट बाहिर निस्कन सकूँ।” प्रार्थना गरेपछि, मैले पढ्नका लागि परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “बच्‍चामा कतिपय मानिसहरू सामान्य देखिने, स्पष्ट बोल्‍न नसक्‍ने, र चतुर व्यवहार गर्न नजान्‍ने हुन्छन्, जसले गर्दा परिवार र समाजले तिनीहरूको नकारात्मक मूल्याङ्कन गर्छन्, र यस्तो भन्छन्: ‘यो बच्‍चा मन्दबुद्धिको, सुस्त, र बोल्न नजान्‍ने छ। अरूका छोराछोरीलाई हेर त, तिनीहरूले अरूलाई औँलामा नचाउँछन्। यो बच्‍चाचाहिँ दिनभरि ओठ लेब्र्याउँदै बस्छ। मान्छेलाई भेट्दा के भन्‍ने, कुनै गल्ती गरेपछि कसरी स्पष्टीकरण दिने वा आफ्‍नो बचाउ गर्ने, यसलाई थाहै छैन, र यसले मान्छेहरूलाई खुसी पार्न सक्दैन। यो बच्‍चा मूर्ख छ।’ आमाबुबाले यसै भन्छन्, आफन्त र साथीहरूले यसै भन्छन्, र तिनीहरूका शिक्षकहरूले पनि यसै भन्छन्। त्यस्ता व्यक्तिहरूमा यस्तो वातावरणले केही निश्‍चित र अदृश्य दबाब दिन्छ। यी वातावरणहरू अनुभव गरेर, तिनीहरूले अचेतन रूपमै निश्‍चित मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूले आफू राम्रो छैनँ, आफूलाई अरूले मन पराउँदैनन्, र आफूलाई देख्दा अरू खुसी हुँदैनन् भन्‍ने सोच्छन्। तिनीहरूले आफू पढ्नमा सिपालु छैनँ, र सुस्त छु भन्‍ने सोच्छन्, र अरूको छेउमा मुख खोलेर बोल्‍न सधैँ धकाउँछन्। मानिसहरूले तिनीहरूलाई केही कुरा दिँदा लाजले धन्यवाद पनि भन्दैनन्, र मनमनै सोच्छन्, ‘किन मेरो मुख सधैँ बन्द हुन्छ? अरू मानिसहरू किन यति मीठो बोल्‍न सक्छन्? म त मूर्खै हुँ!’ अवचेतन रूपमा, तिनीहरूले आफूलाई बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा सधैँ आफैलाई सोध्छन्, ‘के म साँच्‍चै त्यति मूर्ख छु? के म साँच्‍चै त्यति अप्रिय छु?’ तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि कहिलेकहीँ तिनीहरूको परिवारका सदस्यहरू, आफन्तहरू र साथीहरूले तिनीहरूबारे यसो भन्छन्, ‘त्यो होचो छ, आँखा-नाक पनि सानो छ, र त्यस्तो रूपले त, ठूलो भएपछि त्यो सफल हुँदैन।’ त्यसकारण, जब तिनीहरूले ऐना हेर्छन्, आफ्‍नो आँखा साँच्‍चै सानो देख्छन्। यस्तो अवस्थामा, तिनीहरूको हृदयको गहिराइमा लुकेर रहेको प्रतिरोध, असन्तुष्टि, अनिच्छा, र अस्वीकार क्रमिक रूपमा आफ्‍नो कमीकमजोरी, त्रुटि, र समस्याहरूको स्वीकार र अङ्गीकारमा परिणत हुन्छ। तर तिनीहरूले यो वास्तविकता स्विकार्न सके पनि, तिनीहरूको हृदयमा एउटा अटुट संवेग पैदा भइरहन्छ। यो संवेग के हो? यो संवेग हीनताबोध हो। आफूलाई अरूभन्दा कमजोर ठान्‍ने मानिसहरूलाई आफ्‍नो सबल पक्ष के हो भन्‍ने नै थाहा हुँदैन। तिनीहरूले सधैँ आफूलाई कसैले मन पराउँदैन भन्‍ने सोच्छन्, आफू मूर्ख भएको महसुस गर्छन्, र परिस्थितिहरू सामना कसरी गर्ने, तिनीहरूलाई थाहै हुँदैन। छोटकरीमा भन्दा, तिनीहरूले म केही गर्न सक्दिनँ, म कुरूप छु, म चलाख छैनँ, र म प्रतिक्रिया दिन सुस्त छु भन्‍ने महसुस गर्छन्। अरूको तुलनामा तिनीहरू अनुल्‍लेखनीय हुन्छन् र पढाइमा राम्रो अङ्क ल्याउँदैनन्। त्यस्तो वातावरणमा हुर्केपछि, हीनताबोधको यो मानसिकताले क्रमिक रूपमा स्थान लिन्छ। यो तेरो हृदयमा गाँजिएको र दिमागमा खाँदिएको एक अटुट संवेगमा परिणत हुन्छ। तँ पहिले नै वयस्क भएर, संसारमा सङ्घर्ष गर्न थालेको, विवाह गरिसकेको र करियरमा अघि बढिसकेको भए पनि नभए पनि, र तेरो सामाजिक हैसियत जे-जस्तो भए पनि, तँ तेरो वातावरणमा हुर्कँदै गर्दा तँभित्र रोपिएको हीनताबोधको यो भावना हटाउनु असम्‍भव हुन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गरेर मण्डलीमा आबद्ध भएपछि पनि, तैँले अझै पनि आफ्नो रूप त्यति राम्रो छैन, बौद्धिक क्षमता कमजोर छ, स्पष्ट रूपमा बोल्‍न आउँदैन, र केही पनि गर्न सक्दिनँ भन्‍ने लाग्छ। तैँले यस्तो सोच्छस्, ‘म जे सक्छु त्यही गर्छु। मैले अगुवा बन्‍ने आकाङ्क्षा बोक्‍नु हुँदैन, गहन सत्यताहरू खोजिरहनुपर्दैन, म सबैभन्दा सानो बनेर नै सन्तुष्ट हुनेछु, र अरूलाई जसरी मन लाग्छ त्यसरी नै मप्रति व्यवहार गर्न दिनेछु।’ … हीनताबोधको भावना सायद तँमा जन्‍मजात आएको हुँदैन, तर अर्को तहमा गएर, तेरो परिवारको र तँ हुर्केको वातावरणको कारण, तँ सानातिना घोचपेच वा अनुचित आलोचनाहरूको सिकार बनिस्, जसले गर्दा तँमा हीनताबोधको भावना पैदा भयो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि म प्रायः दबिएको र निराश अवस्थामा जिउनुको मुख्य कारण मैले हीनताको नकारात्मक भावना बोकेर जिउनु थियो। बाल्यकालदेखि नै म कुरा गर्न सिपालु थिइनँ; चाहे घरमा होस् वा बाहिर काम गर्दा, मेरा आफन्त र सहकर्मीहरू सबैले मलाई बोलीमा कमजोर र मानिसहरूलाई खुसी पार्न नसक्ने भन्थे, त्यसैले मलाई आफू बोलीमा अनाडी, तेज दिमाग नभएको, र हरेक रूपमा अरूभन्दा कमजोर छु जस्तो लाग्थ्यो। बिस्तारै, मलाई झन्-झन् हीन महसुस भयो। परमेश्‍वरमा विश्‍वास गरेपछि पनि अवस्था त्यस्तै रह्यो। विशेष गरी जब म आफूभन्दा राम्रा ब्रदर-सिस्टरहरूलाई देख्थेँ, मलाई हीन महसुस हुन्थ्यो, र म प्रायः नकारात्मक संवेगहरूमा जिउँथेँ। रुइजिङसँग कुराकानी गर्दा, मैले उनीसँग तेजिलो दिमाग र वाक्पटुता भएको देखेँ, र मलाई आफ्नो कुरा व्यक्त गर्ने मेरो सक्षमता र मेरो क्षमता उनको भन्दा कम भएको महसुस भयो, त्यसैले उनीसँग भेला हुँदा, मलाई नियन्त्रित गरिएको र स्वतन्त्र महसुस गर्न नसकेको महसुस हुन्थ्यो। उनलाई खराब स्थितिमा देख्दा पनि, मैले उनीसँग सङ्गति गर्ने आँट गरिनँ। म सधैँ हीनताको नकारात्मक भावनामा जिइरहेकी हुन्थेँ। परमेश्‍वरका घरमा उच्च र निचोको कुनै भेद हुँदैन भन्‍ने मलाई राम्ररी थाहा थियो, तैपनि म प्रतिभाशाली र राम्रो क्षमता भएका मानिसहरूलाई आदरभावले नहेरी बस्नै सक्दिनथेँ, र म आफ्नै कमीकमजोरीहरूलाई सही रूपमा हेर्न सक्दिनथेँ। यसले मलाई मेरो कर्तव्यमा प्रायः नियन्त्रित गर्थ्यो, जसले मलाई पवित्र आत्माको काम र मार्गदर्शन प्राप्त गर्नबाट रोक्थ्यो। यसरी अघि बढ्नु खतरनाक छ भन्‍ने मलाई थाहा थियो र म यो स्थितिलाई चाँडो उल्टाउन चाहन्थेँ।

मैले परमेश्‍वरका वचनहरू अझ बढी पढेँ: “डरपोकहरूलाई जेसुकै भए पनि, तिनीहरूलाई कुनै कठिनाइ आइपर्दा, तिनीहरू लुरुक्‍क परेर पछि हट्छन्। किन तिनीहरूले यसो गर्छन्? यसको एउटा कारण के हो भने, यो तिनीहरूको हीनताबोधको भावनाले पैदा भएको हुन्छ। तिनीहरूलाई हीनताबोध हुने हुनाले, तिनीहरू मानिसहरूको अघि जाने आँट गर्दैनन्, र तिनीहरूले न त आफूले लिनुपर्ने दायित्व र जिम्‍मेवारी लिन सक्छन्, न त आफ्‍नो क्षमता र सामर्थ्यको क्षेत्रभित्र, र आफ्नो मानवताको अनुभवको क्षेत्रभित्र हासिल गर्न सक्‍ने कुराहरू पनि जिम्‍मा लिन नै सक्छन्। यो हीनताबोधको भावनाले तिनीहरूको मानवताको हरेक पक्षलाई प्रभाव पार्छ, यसले तिनीहरूको व्यक्तित्वलाई प्रभाव पार्छ, र अवश्यै यसले तिनीहरूको चरित्रलाई पनि प्रभाव पार्छ। … तेरो हृदय यो हीनताबोधको भावनाले भरिएको हुन्छ र यो भावना लामो समयदेखि रहेको हुन्छ, र यो कुनै क्षणिक भावना हुँदैन। बरु, यसले तेरो अन्तरात्माको गहिराइबाट तेरा विचारहरूमाथि कडा नियन्त्रण गर्छ, तेरो मुख पूरै बन्द गरिदिन्छ, र तेरो बुझाइ जति सही भए पनि, वा मानिसहरू, घटनाहरू, र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण र विचार जे-जस्तो भए पनि, तैँले यसबारेमा सोच्‍ने र हृदयमा मनन गर्ने आँट मात्रै गर्छस्, अरूले सुन्‍ने गरी बोल्ने कहिल्यै आँट गर्दैनस्। अरूले तैँले भनेको कुरा अनुमोदन गरे पनि वा तेरो कुरा सच्याए पनि र तँलाई आलोचना गरे पनि, तँ त्यस्तो परिणाम सामना गर्ने वा देख्‍ने आँट गर्दैनस्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने तँभित्र रहेको हीनताबोधको भावनाले तँलाई यसो भनिरहेको हुन्छ, ‘त्यसो नगर्, तँ त्यसो गर्न लायक छैनस्। तँमा त्यस्तो क्षमता छैन, तँमा त्यसप्रकारको वास्तविकता छैन, त्यसकारण तैँले त्यसो गर्नु हुँदैन, र तँ त्यस्तो व्यक्ति हुँदै होइनस्। अहिले केही नगर् वा केही नसोच्। हीनताबोधमा बाँचेर मात्रै तँ आफ्‍नो वास्तविकमा जिइरहेको हुनेछस्। तँ सत्यता पछ्याउन वा आफ्‍नो हृदयको कुरा खोल्‍न र अरू मानिसहरूले जस्तै चाहेको कुरा बोल्दै अरूसँग जोडिन योग्य छैनस्। किनभने तँ गतिलो छैनस्, र तिनीहरूजत्तिको सिपालु छैनस्।’ यो हीनताबोधको भावनाले मानिसहरूको दिमागभित्रको सोचलाई निर्देशित गर्छ; यसले तिनीहरूलाई सामान्य व्यक्तिले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट र तिनीहरूले जिउनुपर्ने सामान्य मानवताको जीवन जिउनबाट रोक्छ, र यस क्रममा यसले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने तिनीहरूको तौरतरिका र माध्यम, अनि दिशा र उद्देश्यलाई पनि निर्देशित गर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरूबाट मैले देखेँ कि जब मानिसहरू हीनताबोधको भावनामा जिउँछन्, तब मानिस र कामकुराप्रतिको उनीहरूको दृष्टिकोण, साथै उनीहरूको आचरण र कार्यहरू परमेश्‍वरका वचनहरूमा आधारित हुँदैनन्, उनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुन्छन्, र उनीहरूको अन्तर्निहित क्षमताको उपयोग हुन सक्दैन। यसरी निरन्तरता दिँदा उनीहरूको आफ्नो जीवन प्रवेशमा बाधा पुग्ने मात्र होइन, गम्भीर अवस्थामा यसले उनीहरूको कर्तव्यमा असर पार्न र मण्डलीको काममा बाधा पुऱ्याउन पनि सक्छ। फर्केर सोच्दा, मैले बाल्यकालदेखि नै आफूबारे बाहिरी मूल्याङ्कनहरू स्वीकार गरेँ, र हीनताबोधको भावनामा जिएँ। म सधैँ अरूभन्दा हीन महसुस गर्थेँ, समस्या देख्दा पनि औँल्याउने वा छलफल गर्ने आँट गर्दिनथेँ। रुइजिङसँग कुराकानी गर्दा, मैले उनको गम्भीर अहङ्कारी स्वभाव देखेँ, र उनको बोली र व्यवहारले ब्रदर-सिस्टरहरूलाई नियन्त्रित गरेको देखेँ, त्यसैले मैले उनीसँग सङ्गति गरेर यो कुरा औँल्याउनुपर्थ्यो, तर मलाई मेरो क्षमता उनको जस्तो राम्रो छैन भन्‍ने लाग्यो, जसले गर्दा मलाई उनीसँग सङ्गति गर्न हिचकिचाहट भयो किनकि मलाई यो धृष्टता हो भन्‍ने लाग्यो। मैले उनको कर्तव्य निर्वाहलाई उनको स्नेहले असर पारिरहेको देखेँ, र यस क्षेत्रमा मेरो केही अनुभव भए तापनि, मलाई मेरो क्षमता कमजोर छ भन्‍ने लाग्यो, त्यसैले मैले सङ्गति गर्ने आँट गरिनँ। मैले देखेँ कि म पूर्ण रूपमा हीनताबोधको भावनाद्वारा बाँधिएकी थिएँ, मेरो मुखमा टेप लगाएजस्तो भयो, मैले भन्नुपर्ने कुरा भन्न सकिरहेकी थिइनँ। रुइजिङ भ्रष्ट स्वभावमा जिइरहेको मैले हेरिरहेँ तर उनीसँग सङ्गति गर्ने आँट गरिनँ, मण्डलीको कामको रक्षा गर्ने मेरो कर्तव्य पूरा गर्न सकिनँ। म पीडादायी र नकारात्मक स्थितिमा जिएँ, मैले कुनै छुटकारा पाउन सकिनँ। यो अरू र आफू दुवैका लागि साँच्चिकै हानिकारक थियो! मैले परमेश्‍वरका वचनहरू पढेँ: “तेरो यो संवेग नकारात्मक मात्रै छैन, तर अझै ठीक तरिकाले भन्दा, यो परमेश्‍वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्‍ने लाग्छ होला, तर परमेश्‍वरको नजरमा, यो संवेगको सामान्य कुरो मात्रै होइन, यो त परमेश्‍वरको विरोध गर्ने तरिकासमेत हो। यो नकारात्मक संवेगहरूले भरिएको एक तरिका हो जुन मानिसहरूले परमेश्‍वर, परमेश्‍वरका वचनहरू र सत्यताको विरोध गर्न प्रयोग गर्ने गर्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। अहिलेसम्मको मेरो यात्रालाई फर्केर हेर्दा, म अक्सर हीनताबोधको भावनामा जिएकीले, मैले सत्यता थाहा पाएकी थिएँ तर त्यो अभ्यास गरेकी थिइनँ, यहाँसम्म कि परमेश्‍वरले मलाई राम्रो क्षमता नदिनुभएकोमा म उहाँलाई दोष लगाउँथेँ। म मेरो कर्तव्यमा नकारात्मक र निष्क्रिय थिएँ, र यसलाई त्याग्नसमेत चाहन्थेँ। यी व्यवहारहरू परमेश्‍वरविरुद्धको एक प्रकारको निष्क्रिय प्रतिरोध थिए। मलाई आफू ठूलो खतरामा छु भन्‍ने महसुस भयो, र म आफ्ना नकारात्मक संवेगहरू त्याग्न र अभ्यास तथा जीवन प्रवेशको मार्ग खोज्नका लागि परमेश्‍वरमा भर पर्न इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरू अझ धेरै पढेँ: “त्यसोभए, तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्‍न सक्छस्, र तँ कसरी हीनताबोधको भावनाबाट मुक्त हुन सक्छस्? तैँले आफ्‍नो बारे ज्ञान पाउने, आफ्‍नो मानवता, क्षमता, र प्रतिभाबारे जान्‍ने, साथै आफूमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई लिनुपर्छ। उदाहरणको लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्‍न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण अहिले तँलाई राम्ररी गाउन आउँदैन भन्‍ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक जन, ती भ्रमित र औसत मानिसहरूले तेरो बारे गलत मूल्याङ्कन र आलोचना गरेका हुनाले, तेरो मानवताले पाउनुपर्ने अधिकारहरूबाट तँ वञ्चित भइस्, र तेरो प्रतिभा दबियो। परिणामस्वरूप, तँलाई गीत गाउनेसमेत आँट आउँदैन, र कोही नभएको बेला एकलै हुँदा मात्रै तँलाई खुलेर गाउने आँट आउँछ। तँलाई आफूमाथि भयानक दमन गरिएको छ भन्‍ने सामान्य रूपमै महसुस हुने हुनाले, तँ एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ र तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदै रमाइलो गर्छस्, अनि त्यो कति सुन्दर र स्वतन्त्र समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्‍ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू के-केमा छन् त्यो पत्ता लगाएर आफूले गर्न सक्‍ने कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमीकमजोरी र त्रुटिहरूको हकमा, तैँले मनन गरेर तिनलाई चिन्‍नुपर्छ, र तैँले तेरो क्षमता कस्तो छ, र त्यो असल छ कि खराब छ भनेर सही रूपमा मूल्याङ्कन गर्नु र जान्‍नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ कि हीनताबोधको नकारात्मक संवेगबाट छुटकारा पाउन, मैले पहिले परमेश्‍वरका वचनहरूका आधारमा आफूलाई सही रूपमा मूल्याङ्कन र मापन गर्नैपर्छ। परमेश्‍वरका वचनहरू सत्यता हुन्, र मानिस, घटना, र कामकुराहरूलाई मापन गर्न तिनको प्रयोग गर्नु सबैभन्दा सही हुन्छ। पहिले, गैरविश्‍वासीहरूले गरेको मेरो मूल्याङ्कनका आधारमा मैले आफूलाई मापन गरेकी थिएँ, जसले गर्दा मैले अन्धकार र निराशाजनक संवेगहरूमा जिउनुपर्‍यो, र आफूलाई त्यसबाट बाहिर निकाल्न सकिनँ। अब मैले सत्यता खोज्नु र परमेश्‍वरका वचनहरूका आधारमा आफूलाई सही रूपमा हेर्नु आवश्यक थियो। त्यसैले मैले आफैलाई सोधेँ, “मलाई सधैँ मेरो क्षमता कमजोर छ भन्‍ने महसुस हुन्छ। त्यसोभए, कमजोर र राम्रो क्षमताको मूल्याङ्कन गर्ने परमेश्‍वरको मानक के हो?” मैले परमेश्‍वरका वचनहरू पढेँ: “हामी मानिसहरूको क्षमता कसरी मापन गर्छौँ? सत्यताप्रति उनीहरूको मनोवृत्ति कस्तो छ र उनीहरूले सत्यता बुझ्न सक्छन् कि सक्दैनन् भनी हेर्नु नै यसो गर्ने उचित तरिका हो। कतिपय मानिसहरु अति चाँडो केही विशेषज्ञता हासिल गर्छन्, तर जब तिनीहरू सत्यता सुन्छन्, अन्योलमा पर्छन् र उँघ्‍न थाल्छन्। तिनीहरूका हृदयमा अन्योल छाउँछ, तिनीहरू आफूले सुनेको कुनै पनि कुरा सम्झँदैनन्, न त आफूले सुनेका कुरा नै बुझ्‍छन्—कमजोर क्षमता भनेको यही हो। कतिपय मानिसलाई यदि तैँले तिनीहरू कमजोर क्षमताका छन् भनेर भनिस् भने तिनीहरू असहमत हुन्छन्। तिनीहरूले आफू उच्च शिक्षित हुनु र जानकार हुनुको अर्थ असल क्षमताका हुनु हो भन्‍ने सोच्छन्। के असल शिक्षाले उच्च क्षमताको प्रदर्शन गर्छ त? गर्दैन। मानिसहरूको क्षमता कसरी मापन गर्नुपर्छ? यसलाई तिनीहरूले कुन हदसम्म परमेश्‍वरका वचन र सत्यता बुझ्छन् त्यसको आधारमा मापन गर्नुपर्छ। यो नै क्षमता मापन गर्ने सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तिक्ष्ण बुद्धिका, र अरू मानिसलाई सम्हाल्न अत्यन्तै सिपालु हुन्छन्—तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब कहिल्यै केही पनि बुझ्न सक्दैनन्, र तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दा ती बुझ्दैनन्। तिनीहरू आफ्ना अनुभवात्मक गवाहीबारे कुरा गर्दा, सधैँ वचन र धर्मसिद्धान्तहरू बोल्छन्, जसले गर्दा तिनीहरू जाबो अनुभवहीन देखिन्छन्, र अरूलाई तिनीहरूमा आत्मिक बुझाइ रहेनछ भन्‍ने भान हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्‍वरका वचनहरूले बताउँछन् कि कुनै व्यक्तिको क्षमता मापन गर्ने मानक उसले परमेश्‍वरका वचनहरू कत्तिको राम्ररी बुझ्दछ भन्‍ने कुरामा आधारित हुन्छ। कतिपय मानिसहरू धेरै वरदानहरू भएका, तेज दिमाग भएका, र राम्रो बोल्ने सीप भएका देखिन सक्छन्, तर यदि उनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न सक्दैनन् वा परमेश्‍वरले सङ्गति गर्नुभएको सत्यता बुझ्न सक्दैनन् भने, त्यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्। जबकि केही मानिसहरूको शिक्षा औसत हुन सक्छ र उनीहरूमा खासै राम्रो बोल्ने सीप नहुन सक्छ, तर यदि उनीहरूले परमेश्‍वरका वचनहरूबाट उहाँका अभिप्रायहरू बुझ्न र अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्छन् भने, त्यस्ता मानिसहरू राम्रो क्षमताका हुन्छन्। पावलकै उदाहरण लिऊँ। उनीसँग वरदान, ज्ञान, वाक्पटुता भएको, र उनले युरोपको अधिकांश भागमा सुसमाचार फैलाएका भए पनि, परमेश्‍वरका वचनहरू सुन्दा उनले ती बुझेनन्, र अन्तमा, उनले प्रभु येशूलाई चिनेनन्, र येशूप्रतिको आफ्नो प्रतिरोधको सारलाई कहिल्यै स्वीकार गरेनन्। उनको लगनशील काम एउटा मुकुट र इनामहरू प्राप्त गर्नका लागि थियो, र उनले घमण्डसाथ यो दाबीसमेत गरे कि, उनका निम्ति, जिउनु नै ख्रीष्ट थियो। यसले देखायो कि पावलले परमेश्‍वरका वचनहरू साँचो रूपमा बुझ्न वा सत्यता बुझ्न सकेनन्। पावल कमजोर क्षमताका व्यक्ति थिए। यसको विपरीत, पत्रुसले परमेश्‍वरका वचनहरूबाट उहाँका अभिप्रायहरू बुझ्न र अभ्यासको मार्ग भेट्टाउन सके। उनले परमेश्‍वरका मागहरूअनुसार सही रूपमा अभ्यास गर्न सक्थे, र उनले मृत्युसम्म परमेश्‍वरप्रति समर्पित हुने र परमेश्‍वरलाई सबैभन्दा बढी प्रेम गर्ने गवाही दिए। यसर्थ, पत्रुस राम्रो क्षमताका व्यक्ति थिए। आत्मचिन्तन गर्दा, मैले मानिस वा कामकुरालाई परमेश्‍वरका वचनहरूअनुसार हेरिनँ। मैले सधैँ राम्रो बोल्ने सीप र तेज दिमागलाई राम्रो क्षमताको मानक मानेँ, र जब मसँग यी अन्तर्निहित अवस्थाहरू थिएनन्, म हीनता र नकारात्मकताको भावनामा जिएँ, र आफ्नो कर्तव्यमा निष्क्रिय भएँ र सुस्ताएँ। यसले मेरो आफ्नो जीवन प्रवेशमा बाधा पुऱ्याउने मात्र होइन, मण्डलीको काममा पनि घाटा पुऱ्यायो। अझ चिन्तन गर्दा, मेरो बोल्ने सीप त्यति राम्रो नभए पनि, मैले परमेश्‍वरका वचनहरू पढ्दा केही बुझ्न सक्थेँ र सत्यताको सङ्गति गरेर केही समस्याहरू समाधान गर्न सक्थेँ, र ब्रदर-सिस्टरहरूले मेरो क्षमता औसत भएको मूल्याङ्कन गरे। मैले परमेश्‍वरका वचनहरू र ब्रदर-सिस्टरहरूको मूल्याङ्कनका आधारमा आफूलाई सही रूपमा हेर्नुपर्थ्यो, र धारणाहरूका आधारमा आफैँमाथि निर्णय गर्नु हुँदैनथ्यो। यो कुरा बुझेपछि, हृदयमा मलाई धेरै हल्का महसुस भयो। पछि, रुइजिङसँग मेरो भेट भयो, मैले उनमा भएका समस्याहरू एक-एक गरी औँल्याएँ, र परमेश्‍वरका सान्दर्भिक वचनहरू प्रयोग गरेर उनीसँग सङ्गति गरेँ। रुइजिङले इसारा र मद्दत स्वीकार गर्न सकिन्, र उनी सत्यता खोज्न, पश्चात्ताप गर्न, र परिवर्तन हुन इच्छुक भइन्। यसरी अभ्यास गरेपछि, मलाई धेरै सहज र शान्ति महसुस भयो।

पछि, मैले फेरि चिन्तन गरेँ, र मेरो लगातार हीन भावनाको पछाडि अरू कुन भ्रष्ट स्वभाव हुन सक्छ भनेर आफैँलाई सोधेँ। एक दिन, मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै परको हदसम्म जान्छ, र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले देखेँ कि ख्रीष्टविरोधीहरू विशेष गरी ख्याति र हैसियतमा रमाउँछन्, र तिनीहरू ख्याति र हैसियतलाई जीवन जत्तिकै महत्त्वपूर्ण ठान्छन्। मैले मेरो व्यवहार पनि ख्रीष्टविरोधीहरूको जस्तै रहेछ भन्‍ने थाहा पाएँ। मेरा सोच र विचारहरू सत्यता पछ्याउनमा केन्द्रित छैनन्, बरु म सधैँ आफ्नो ख्याति र हैसियतको बारेमा चिन्तित हुन्छु, र नाफा-नोक्सानबारे चिन्ता गर्छु। बाल्यकालदेखि नै, म अरूले मबारे के सोच्छन् भन्‍ने कुरामा धेरै ध्यान दिन्थेँ, र जब मेरा आफन्त, साथीभाइ, र सहकर्मीहरूले मलाई बोलीमा कमजोर भन्थे, म अरूसँग कम बोल्थेँ र अरूबाट टाढा रहन्थेँ ताकि कम्तीमा मैले आफ्नो आत्मसम्मानमा पुग्ने चोटलाई कम गर्न सकूँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, मैले ब्रदर-सिस्टरहरू एकअर्कासँग खुला र इमानदार हुन्छन्, र हाम्रा कमीकमजोरीहरू कसैले अरू कसैलाई गिल्ला नगरी खुला रूपमा प्रकाश गर्न सकिन्छ भनेर थाहा पाए पनि, ममा ख्याति र हैसियतबारे घोर चिन्ता थियो, र मेरोभन्दा राम्रो क्षमता र बोल्ने सीप भएका मानिसहरूसँगको भेलामा बोलीमा कमजोर भएकोमा ब्रदर-सिस्टरहरूले मलाई हेला गर्न सक्छन् भनेर मलाई चिन्ता लाग्थ्यो, त्यसैले म आफ्ना कमीकमजोरीहरू लुकाउन र आफ्नो ख्याति र हैसियत कायम राख्न सकेसम्म कम बोल्ने प्रयास गर्थेँ। मलजल गर्ने डिकनको नाताले, सबैका कर्तव्य र जीवन प्रवेशसँग सम्बन्धित समस्याहरू समाधान गर्नु मेरो जिम्मेवारी थियो, तर मलाई मेरो बोलीलाई महत्त्वहीन र वाचाल ठानिएला, र ब्रदर-सिस्टरहरूले मलाई हेला गर्लान् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसैले मआफ्नै गर्व र हैसियत जोगाउन आफ्नो कर्तव्यलाई पन्छाउन रुचाउँथेँ। “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” भन्‍ने शैतानी विषहरू मेरो जियाइको नियम बनेका थिए। मैले गर्व र हैसियतलाई अरू सबै कुराभन्दा माथि राखेँ, मेरा सबैभन्दा आधारभूत जिम्मेवारीहरूलाई समेत बेवास्ता गरेँ। म अति स्वार्थी र घृणित भएकी थिएँ। मैले कुन तरिकाले आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ र? म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले यसलाई जारी राखेँ र पश्चात्ताप गरिनँ भने, म पवित्र आत्माको काम प्राप्त गर्न असफल हुने मात्र होइन, परमेश्‍वरद्वारा हटाइने पनि थिएँ। त्यसपश्चात, म परमेश्‍वरसामु पश्चात्ताप गर्न र यी नकारात्मक संवेगहरूको बन्धनबाट आफूलाई मुक्त गर्न तयार भएँ।

नवप्रवेशीहरूसँगको एउटा भेलाको दौरान, सिस्टर यियीले परमेश्‍वरका वचनहरू प्रस्ट रूपमा र धाराप्रवाह अभिव्यक्तिसाथ सङ्गति गरिरहेको मैले देखेँ। उनले भनेका कुरामा ब्रदर-सिस्टरहरू सबैले सहमतिमा टाउको हल्लाए, र मलाई फेरि हीनताबोध महसुस भयो। मैले मनमनै सोचेँ, “हेर त, यियीले कति राम्ररी आफ्नो कुरा व्यक्त गर्छिन् र उनको सङ्गति कति ज्योतिर्मय छ। म आफ्नो कुरा व्यक्त गर्नमा अति कमजोर छु, के यति लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेर पनि नवप्रवेशीले जस्तो ज्योतिर्मय सङ्गति दिन नसकेको भनेर ब्रदर-सिस्टरहरूले मेरो गिल्ला गर्नेछन्?” त्यसैले म सङ्गति गर्न हिचकिचाएँ। जब ममा यस्ता विचारहरू आए, मलाई आफू फेरि ख्याति र हैसियतको चिन्तामा फसेको महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, यो गलत अवस्थाबाट छुटकारा पाउन मलाई मार्गदर्शन गर्न उहाँलाई अनुरोध गरेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब फेरि विभिन्‍न नकारात्मक संवेगहरू पैदा हुन्छन्, तब तँसँग चेतना र समझशक्ति हुनेछ, तँलाई तिनले गर्ने हानिको बारेमा थाहा हुनेछ र अवश्यै, तैँले तिनलाई क्रमिक रूपमा त्याग्‍नु पनि पर्छ। जब यी संवेगहरू पैदा हुन्छन्, तैँले संयमता अपनाउन र बुद्धि प्रयोग गर्न सक्‍नेछस्, र तैँले तिनलाई त्याग्‍न सक्‍नेछस् वा तिनलाई समाधान गर्न र सम्‍हाल्‍न सत्यता खोजी गर्न सक्‍नेछस्। जुनसुकै अवस्था भए पनि, तिनले तँलाई मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने क्रममा सही तरिका, सही मनोवृत्ति, र सही दृष्टिकोण अपनाउनमा असर गर्नु हुँदैन। यस तरिकाले, सत्यता पछ्याउने तेरो मार्गमा आउने बाधा र अवरोधहरू झन्झन् कम हुँदै जानेछन्, परमेश्‍वरले तोक्‍नुभएअनुरूप नै तैँले सामान्य मानवताको दायरामा रही, बिना कुनै बाधा, वा पहिलेभन्दा कम बाधा सहँदै सत्यता खोजी गर्न सक्‍नेछस्, र तँ हरकिसिमका परिस्थितिहरूमा आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव समाधान गर्न सक्षम हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग प्रदान गरे। जब नकारात्मक संवेगहरू फेरि उत्पन्न हुन्छन्, मैले तिनलाई सचेत रूपमा खुट्ट्याउनुपर्छ र त्यसपछि तिनलाई त्याग्नुपर्छ। नकारात्मक भावनाहरूमा जिएको, र निरन्तर आफ्नै गर्व र हैसियतलाई ख्याल गरेको यो अवधि साँच्चै पीडादायी थियो। सिस्टर यियीसँगको भेलामा, परमेश्‍वरको अभिप्राय मलाई प्रकाश गर्नु वा मलाई नराम्रो देखाउनु थिएन, बरु उनको सङ्गतिबाट आएको ज्योति प्रयोग गरेर मेरा कमीकमजोरीहरू पूर्ति गर्नु, र मलाई अझ धेरै कुरा प्राप्त गर्न मद्दत गर्नु थियो। यो कुरा बुझेपछि, मलाई कम नियन्त्रित महसुस भयो, र म उनको सङ्गति सुन्न शान्त भएँ। उनको सङ्गतिमा, मैले केही थप ज्योति बुझेँ, र उनको सङ्गतिपछि, मैले आफ्नो बुझाइ पनि बाँडेँ। भेलाबाट सबैलाई फाइदा भयो, र परिणामहरू निकै राम्रा थिए। यस अनुभवमार्फत, मैले देखेँ कि परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्, र मैले यो स्वाद पाएँ कि परमेश्‍वरका वचनहरूअनुसार मानिस र मामिलाहरूलाई हेरेर, आचरण प्रस्तुत गरेर, र कामहरू गरेर मात्र व्यक्तिले साँच्चै स्वतन्त्र र मुक्त जीवन जिउन सक्छ।

अघिल्लो:  १६. जीवनका साना कुराहरू पनि सिकाइका अवसर हुन्

अर्को:  २०. प्रसिद्धि र हैसियतले अब बाँधिएकी छैन

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger