५६. आमाको मृत्युको खबर पाएपछि
म एक वर्ष नपुग्दै मेरा बुबा बिरामी परेर बित्नुभो। मेरी आमाले हामी पाँच छोराछोरीलाई हुर्काउन दुईवटा जागिर खानुपर्थ्यो। उहाँ हरेक दिन बिहानदेखि बेलुकासम्म काम गर्नुहुन्थ्यो र हाम्रा लागि उहाँ आमा र बुबा दुवै हुनुहुन्थ्यो। मेरो मन दुख्यो र मैले मनमनै वाचा गरेँ, “म ठूली भएपछि, आमाको राम्रो हेरचाह गर्नेछु ताकि उहाँले चिन्तामुक्त भई जिउन सक्नुहोओस्।” आमाको बोझ कम गर्न, म स्कुलबाट फर्केपछि घरको काममा सघाउँथेँ, तर मेरी आमा मलाई यति धेरै माया गर्नुहुन्थ्यो कि उहाँ त्यो चाहनुहुन्नथ्यो, र मैले राम्ररी पढेको मात्र चाहनुहुन्थ्यो। मैले उहाँलाई भनेँ, “तपाईँ साह्रै थकित हुनुहुन्छ। मैले सघाएँ भने तपाईँलाई अलि सजिलो हुनेछ कि?” मेरी आमा जवाफ दिनुहुन्थ्यो, “म थाके नि केही छैन। जब तिमीहरू ठूला हुन्छौ र मेरो हेरचाह गर्छौ, तब के मैले आरामदायी जीवन जिइरहेकी हुनेछैनँ र? तिम्री कजनलाई हेर त, उसकी आमा चाँडै बितिन् र उसको बुबाले एक्लै उसलाई हुर्काउनुभो। उसले बिहे गरेपछि, आफ्ना बुबाका लागि चाहिने सबै कुरा—खानेकुरा, लुगाफाटा, र अरू सबै आवश्यक कुराको ख्याल गरिन्। के उहाँले आरामदायक जीवन जिइरहनुभएको छैन र?” एकपटक, मेरी कजनले मलाई भनिन्, “कागले आफ्ना आमाबुबालाई खुवाउन जान्दछ। मेरा बुबाले मलाई हुर्काउन अनेक कष्ट सहनुभयो। यदि मैले उहाँको हेरचाह गरिनँ भने, के म जनावरभन्दा खराब हुनेछैनँ र?” त्यसपछि मैले म पनि ठूली भएपछि मेरी कजनजस्तै बन्नेछु र आमाको हेरचाह गर्नेछु भनेर सोचेँ। मैले बिहे गरेपछि, मेरो राम्रो जागिर वा राम्रो आम्दानी नभए पनि, मैले आफ्नी आमालाई भौतिक रूपमा सहयोग गर्न सकेजति गरेँ, र म अक्सर उहाँलाई हेरचाह गर्न आफ्नो घरमा ल्याउँथेँ। मेरा छिमेकीहरू सबैले मेरो प्रशंसा गर्दै भन्थे, “यिनकी छोरी टाढा बसे पनि, आफ्नी आमाको सबैभन्दा धेरै हेरचाह गर्छे।” यो सुनेर मलाई असाध्यै खुसी लाग्थ्यो। मलाई लाग्यो, सन्तान भएको नाताले मैले यस्तै व्यवहार गर्नुपर्छ, र यसो गरेर मात्र म आमाको दयाको ऋण चुकाउन सक्छु।
सन् १९९९ मा, मैले परमेश्वरको नयाँ काम स्वीकार गरेँ। परमेश्वरका वचनहरूबाट, मैले मानिसलाई मुक्ति दिने परमेश्वरको जरुरी अभिप्राय बुझेँ, र म सुसमाचार प्रचारमा आबद्ध भएँ। सन् २००३ को अन्त्यतिर, सुसमाचार प्रचार गर्दा म पक्राउ परेँ। रिहा भएपछि, म घर छोडेर काम गर्न बाध्य भएँ अनि प्रहरीको पिछा र निगरानीबाट बच्न कोठा भाडामा लिएँ। मैले पछि के सुनेँ भने प्रहरी छ महिनामा तीनपटक मेरो गाउँमा मेरो जाँचपड्ताल गर्न गोप्य रूपमा आएछ, र मैले कहाँ कोठा भाडामा लिएकी छु भनेर सोधेछ। त्यसबेलादेखि, म फिरन्तेजस्तै जिएँ, र मैले पहिलेको जस्तो आमालाई आफ्नो घरमा ल्याएर हेरचाह गर्न सकिनँ। मलाई आमाप्रति एकदमै ऋणी महसुस भयो। विशेष गरी उहाँ बिरामी हुँदा भाउजूले दुर्व्यवहार गर्नुभएको थियो भनेर सुन्दा, म मर्माहत र व्याकुल भएँ, र सुसमाचार प्रचार गर्न बाहिर गएकामा मलाई पछुतोसमेत लाग्यो। “यदि मैले सुसमाचार प्रचार नगरेकी भए, म पक्राउ पर्नेथिइनँ, र मैले घर छोड्नुपर्ने थिएन। तब म आमाको छेउमा बसेर उहाँको हेरचाह गर्न सक्नेथिएँ।” मैले आफ्नो स्थिति गलत छ, र सुसमाचार प्रचार गर्नु मेरो जिम्मेवारी र मिसन हो भन्ने बुझेँ। मैले सुसमाचार प्रचार गरेकामा र आफ्नो कर्तव्य गरेकामा पछुतो मान्नु के परमेश्वरलाई धोका दिएको प्रकटीकरण थिएन र? भेलामा, मैले अगुवालाई आफ्नो स्थितिबारे बताएँ, र अगुवाले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड देखाइन्: “मानिसहरू सबै स्नेहका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८)। मैले परमेश्वरका वचनहरू पढेपछि कि म साँच्चै आफ्ना भावनाहरूमा जिइरहेकी थिएँ, मैले सही र गलत छुट्याउन नसकूँ भनेर भावनाहरूले मेरो आँखामा पट्टी दिएका छन् भनेर बुझेँ। म मानिसहरू परमेश्वरसामु आउन र उहाँको मुक्ति स्वीकार गर्न सकून् भनेर सुसमाचार प्रचार गरिरहेकी थिएँ। यो उचित कुरा र मैले गर्नुपर्ने कर्तव्य थियो। प्राचीन कालदेखि नै, के धेरै साँचो विश्वासीहरूले परमेश्वरलाई पछ्याउन र उहाँको लागि समर्पित हुन सबै कुरा त्यागेका छैनन् र? पत्रुसलाई नै लिऊँ। जब प्रभु येशूले उनलाई बोलाउनुभयो, तब उनी तुरुन्तै आफ्नो माछा मार्ने जाल फालेर प्रभुको पछि लागे। यो थाहा पाएर, मैले अझ धेरै विश्वास पाएँ। मैले आफ्नो कर्तव्य राम्ररी गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने सङ्कल्प गरेँ, अनि त्यसैले म फेरि सुसमाचार प्रचार गर्न गएँ।
सन् २०१५ को शरद् ऋतुमा, मण्डलीकी एउटी सिस्टरले मलाई मेरी आमा बित्नुभयो भनेर बताइन्। यो सुनेर म मर्माहत र दुःखी भएँ। मैले नरुने निकै कोसिस गरेँ, र सोचेँ, “मेरी आमा कसरी बित्नुभयो? के म उहाँको छेउमा नभएकीले र उहाँलाई मेरो यादले सताउने र मेरो चिन्ता लाग्ने भएकाले डिप्रेसन भएर बिरामी पर्नुभयो? यदि चिनियाँ कम्युनिष्ट पार्टीको सतावट नभएको भए, म उहाँको छेउमा बसेर अझ धेरै हेरचाह गर्न सक्थेँ, उहाँका अन्तिम वर्षहरूमा उहाँलाई आराम दिन सक्थेँ, र सायद उहाँ अझ केही वर्ष बाँच्नुहुनेथ्यो।” मैले जति धेरै सोचेँ, त्यति नै धेरै म दुःखी भएँ। सिस्टरको घरबाट निस्कँदा मेरो आँखाबाट आँसु बगिरहेको थियो। मेरी आमाले मलाई हुर्काउन धेरै कष्ट भोग्नुभो, तर उहाँ बूढी र बिरामी हुनुहुँदा, म उहाँको हेरचाह गर्न साथमा हुन सकिनँ, र उहाँको अन्तिम क्षणमा समेत म उहाँका साथमा हुन सकिनँ। यो सोच्दा, म भक्कानिएर रोएँ र मलाई धेरै पीडा भयो। मैले आँसु पुछेर आफ्नो साइकल चलाएँ, र साइकल हाँक्दै गर्दा मेरी आमाले मलाई हुर्काउन गरको सङ्घर्षका दृश्यहरू चलचित्रझैँ दिमागमा झलझली आए। मलाई आमाप्रति साह्रै ऋणी महसुस भयो, र मैले असल सन्तान बन्ने मौका पाउनुअघि नै उहाँ बित्नुभो। म उहाँको अन्तिम क्षणमा समेत उहाँका साथमा हुन सकिनँ। के अरूले मलाई खराब छोरी, कृतघ्न नीच व्यक्ति भन्नेछन्? म आफ्नो अतिथिसेवकको घर फर्किंदा यति दुःखी थिएँ कि खानै सकिनँ। अतिथि सेविका सिस्टरले मलाई सान्त्वना दिँदै भनिन्, “सबैको आयु परमेश्वरको हातमा हुन्छ। को कहिले जन्मन्छ र को कहिले मर्छ भन्ने कुरा परमेश्वर निर्धारण गर्नुहुन्छ। धेरै दुःखी नहुनुहोस्। परमेश्वरलाई अझ धेरै प्रार्थना गर्नुहोस्।” उनले त्यसो भनेपछि मलाई त्यति पीडा र दुःख त लागेन, तर आफ्नो कर्तव्य गर्दा मेरो मन अझै शान्त भएन, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र यो नकारात्मक स्थितिबाट बाहिर निस्कन अगुवाइ मागेँ। प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। परिणामस्वरूप, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्वरको निर्धारणभित्र रहन निर्धारित गरिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई हुर्काएर वयस्कतामा पुर्याउँछ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा नै अस्तित्वमा रहिरहेको र हुर्किरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको स्याहारसुसारको अनुग्रहमा हुर्किरहेको हुन्छ र उसको हुर्काइलाई उसैको जीवनको अन्तर्निहित शक्तिले निर्देशन गर्छ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, उसको जीवन कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने मानिसले जान्दैन, जीवनको अन्तर्निहित शक्तिले कसरी आश्चर्यकर्महरू पैदा गर्छ भन्ने कुरा जान्नु त परै जाओस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र उहाँ मानिसलाई जीवन दिनुहुन्छ। बाहिरबाट हेर्दा, मेरी आमाले मलाई हुर्काउनुभएको जस्तो देखिन्थ्यो, तर यदि परमेश्वरको हेरचाह र सुरक्षा नभएको भए, म अहिलेसम्म बाँच्नेथिइनँ। मैले मेरी छोरी पाँच वर्षकी हुँदा उसलाई कसरी घातक बिमार लागेको थियो भनेर सोचेँ। म अत्यन्तै शोकाकुल भएकी थिएँ र उसलाई आफ्नो अङ्गदान गर्न चाहन्थेँ। डाक्टरले भने, “यसको काम छैन। यस बिमारको उपचार गरेर उसको ज्यान बच्नेछैन। उसलाई घातक बिमार लागेको छ र कसैले पनि उसलाई बचाउन सक्दैन।” परमेश्वरले धेरैअघि हाम्रो जीवन र मृत्यु निर्धारण गर्नुभएको थियो, र कसैले पनि यो परिवर्तन गर्न सक्दैन। मेरी आमाको मर्ने समय पनि परमेश्वरकै हातमा थियो र उहाँद्वारा निर्धारित थियो, तर मलाई भने उहाँ मेरो याद र चिन्ताले गर्दा डिप्रेसन र बिमारी भएर बित्नुभयो भन्ने लागेको थियो। मैले परमेश्वरको सार्वभौमिकता बुझिनँ! विशेष गरी मेरा बुबा बित्नुभएपछि मेरी आमाले मलाई हुर्काएर वयस्क बनाउन कसरी सङ्घर्ष गर्नुभयो, र कसरी उहाँ बूढी र बिरामी हुनुभो र मैले उहाँको हेरचाह गर्न सकिनँ भन्नेबारे सोच्दा, मलाई उहाँप्रति ऋणी महसुस भयो, र शान्त हृदयले आफ्नो कर्तव्य गर्न सकिनँ। वास्तवमा, मानिसको जीवन परमेश्वरबाट आउँछ, र मैले उपभोग गर्ने सबै कुरा परमेश्वरले दिनुभएको हो। मैले आफ्नो कर्तव्य राम्ररी नगरेकामा परमेश्वरप्रति ऋणी महसुस गरिनँ, बरु सधैँ आमाप्रति ऋणी महसुस गरेँ, यहाँसम्म कि मैले आफ्नो कर्तव्य गरेकामा पछुतो मानेँ। म साँच्चै मानिस कहलाइन लायक थिइनँ!
पछि, मैले परमेश्वरका वचनहरू पढेँ जसमा उहाँले “तिम्रा आमाबुबा तिम्रा ऋणदाता होइनन्” भन्नेबारे सङ्गति गर्नुभएको थियो, र मेरो दृष्टिकोणमा परिवर्तन आयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। तिनीहरूले तँलाई जन्माऊन् भनेर कसले निर्णय गरेको थियो: तैँले कि तेरा आमाबुबाले? कसले कसलाई रोजेको हो? यदि तैँले यसलाई परमेश्वरको दृष्टिकोणबाट हेरिस् भने, जवाफ यस्तो हुन्छ: कसैले पनि होइन। तँलाई जन्म दिनका लागि न त तैँले निर्णय गरिस्, न त तेरा आमाबुबाले नै। यदि तैँले यस कुराको जडलाई हेरिस् भने, यो परमेश्वरद्वारा निर्धारित गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्नै स्वतन्त्र इच्छाले तँलाई जन्म दिएका हुन्, होइन र? अर्को शब्दमा भन्दा, परमेश्वरको हुकुमलाई पन्छाएर हेर्दा, जब तँलाई जन्म दिने कुरामा तेरा आमाबुबासँग सबै निर्णय गर्ने शक्ति थियो। तिनीहरूले तँलाई जन्माउने छनौट गरे, र तिनीहरूले सबै कुराको निर्णय गरे। तिनीहरूले तँलाई जन्माऊन् भनेर तैँले तिनीहरूका लागि निर्णय गरिनस्, तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्, र तँसँग यस विषयमा कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूले नै तँलाई हुर्काउनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफूलाई हुर्काउने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तँलाई तेरा आमाबुबाले रोजेको तरिकाले हुर्काइयो, यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तँ त्यो राम्रो खानपान गर्थिस्। यदि तेरा आमाबुबाले तँलाई भूस र जङ्गली सागसब्जी खाएर बाँच्ने वातावरण दिएका भए, तँ भूस र जङ्गली सागसब्जी नै खाएर बाँच्थिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरूले फूलको हेरचाह गर्न चाहने हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, मानिसहरूका सन्दर्भमा भन्दा, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, जे भए पनि तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तिनीहरूले तँलाई जुन कारणले हुर्काए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई मायाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी पूरा गर्ने कार्यलाई तेरा आमाबुबाको मायाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो मायाका रूपमा गणना हुन्छ? (हुँदैन।) त्यो त झन् माया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो फस्टाउँदैनन्, तर ती जहाँ भए पनि, बाँचिरहेका त हुन्छन् नि, होइन र? ती जहाँ भए पनि, यो कुरा परमेश्वरले नै निर्धारित गर्नुभएको हुन्छ। तँ जीवित व्यक्ति होस्, र परमेश्वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, यसलाई बाँच्न सक्ने तुल्याउनुहुन्छ, र सृष्टि गरिएका सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। तर एक व्यक्तिका रूपमा, तँ आफ्ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिउँछस्, त्यसैले तँ त्यही वातावरणमा हुर्कनुपर्छ र रहनुपर्छ। तँ धेरै हदसम्म परमेश्वरको निर्धारणका कारण त्यस परिवेशमा जिउँछस्; केही हदसम्म, तेरा आमाबुबाले तँलाई हुर्काएको कारणले त्यसो हुन्छ, होइन र? जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्न मिल्दैन। यदि यसलाई दया-माया भन्न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। … तँलाई हुर्काउनु तेरा आमाबुबाको जिम्मेवारी हो। तिनीहरूले तँलाई जन्माउने निर्णय गरे, त्यसैले तँलाई हुर्काउने जिम्मेवारी र दायित्व तिनीहरूकै हो। तँलाई हुर्काएर वयस्क बनाएर तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँमाथि तिनीहरूको कुनै ऋण छैन, त्यसैले तैँले तिनीहरूलाई भरपाई गर्नुपर्दैन। तैँले तिनीहरूलाई भरपाई गर्नु पर्दैन—तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, र तैँले तिनीहरूको दया-मायाको बदलामा तिनीहरूका लागि केही गर्नु आवश्यक छैन भन्ने कुरालाई यसले स्पष्ट रूपमा देखाउँछ। यदि तेरो परिस्थितिले तँलाई तिनीहरूप्रतिको आफ्ना केही जिम्मेवारी पूरा गर्न अनुमति दिन्छ भने, त्यसै गर्। यदि तेरो परिवेश र वस्तुगत परिस्थितिहरूले तँलाई तिनीहरूप्रतिको आफ्नो दायित्व पूरा गर्न अनुमति दिँदैन भने, तैँले त्यसबारे धेरै सोच्नु पर्दैन, र तैँले तिनीहरूप्रति ऋणी छु भनेर सोच्नु हुँदैन, किनभने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मदत गरे भने परमेश्वर यस संसारमा आउने हरेक व्यक्तिमाथि सार्वभौमिकता राख्नुहुन्छ र उसको बन्दोबस्त मिलाउनुहुन्छ। म यस परिवारमा जन्मिनु पनि परमेश्वरले नै निर्धारण गर्नुभएको थियो। मेरी आमाले मलाई हुर्काउन जति नै कष्ट भोग्नुभए पनि, यो उहाँको जिम्मेवारी थियो, र मैले त्यसलाई दया ठान्नु हुँदैन। ठ्याक्कै परमेश्वरले भन्नुभए जस्तै: “तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो।” तर मैले सत्यता बुझिनँ र परमेश्वरका वचनअनुसार कामकुरालाई हेरिनँ। मलाई सधैँ मेरा बुबा बितेपछि, मेरी आमा आमा र बुबा दुवै बन्नुभयो, उहाँ म स्कुल जान सकूँ भनेर मितव्ययी भई जिउनुभयो, उहाँले मलाई हुर्काएर वयस्क बनाउन सङ्घर्ष गर्नुभयो, र मेरी आमाको ध्यानपूर्वक हेरचाह र पालनपोषणविना, म आजको व्यक्ति हुनेथिइनँ भन्ने लाग्थ्यो। मैले मेरी आमाको हेरचाहलाई दया ठानेँ र सधैँ यो पालनपोषण गर्ने दयाको ऋण चुकाउन चाहेँ। उहाँ बित्नुभएको खबर सुनेको क्षण, मलाई साह्रै दुःख लाग्यो, र मैले उहाँको राम्रो हेरचाह गरेकी थिइनँ भन्ने लाग्यो। म उहाँको अन्तिम क्षणहरूमा समेत उहाँका साथमा हुन सकिनँ र त्यसैले मलाई आफू खराब छोरी हुँ भन्ने लाग्यो। मलाई उहाँप्रति ऋणी मात्र महसुस भयो र आफ्नो कर्तव्य गर्ने कुनै मुड थिएन। यदि म आफ्नी आमाप्रति यसरी ऋणी भएर जिइरहेँ र मैले आफ्नो कर्तव्य गर्न नसकेकी भए, म साँच्चै विवेक वा मानवताविहीन हुनेथिएँ। जब मैले आफ्नी आमाको मृत्युबारे सोचेँ, म अन्त्यमा उहाँका साथमा हुन सकेकी भए पनि, मैले उहाँको ज्यान बचाउन सक्नेथिइनँ। अरूले मलाई असल छोरी भनेर प्रशंसा गरेका भए तापनि, त्यसको के अर्थ हुन्थ्यो र?
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सधाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूको परम्परागत धारणाहरूमा आफ्ना आमाबुबाप्रति भक्तिभाव हुनुपर्छ भन्ने विश्वास गर्छन्। जसले आमाबुबालाई श्रद्धा गर्दैन त्यो सन्तानको गुण नै नभएको मानिस हो। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएको हुन्छ, र लगभग हरेक परिवारमा, साथै हरेक स्कूल र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छ। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘आमाबुबाप्रतिको भक्ति कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि मैले यस कुराको पालना गरिनँ भने, म असल व्यक्ति बन्नेछैन—म सन्तानीय गुण नभएको व्यक्ति हुनेछु, अनि मलाई समाजले निन्दा गर्नेछ। म विवेक नभएको व्यक्ति हुनेछु,’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के परमेश्वरले व्यक्तिले आफ्ना आमाबुबाप्रति भक्तिभाव देखाउनुपर्छ भनेर माग भन्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरूबारे मात्रै सङ्गति गर्नुभएको छ। परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। … शैतानले यस प्रकारका परम्परागत संस्कृति र नैतिकताका धारणाहरू प्रयोग गरी तेरो सोचविचार, तेरो दिमाग, र तेरो हृदयलाई बन्धनमा पार्छ, अनि तँ परमेश्वरका वचनहरू स्वीकार गर्न नसक्ने अवस्थामा पुग्छस्; तँ शैतानका यी कुराहरूको अधीनमा परेको छस्, र तँलाई परमेश्वरका वचनहरू स्विकार्न नसक्ने तुल्याइएको छ। तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न चाहँदा, यी कुराहरूले तँभित्र बाधा पैदा गर्छन्, र तँलाई सत्यता र परमेश्वरको मापदण्डको विरोध गर्ने र आफैलाई यो परम्परागत संस्कृतिको बन्धनबाट छुटाउन नसक्ने बनाउँछन्। केही समयसम्म संघर्ष गरिसकेपछि, तैँले सम्झौता गर्छस्: तैँले नैतिकताका परम्परागत धारणाहरू सही र सत्यताअनुरूप छन् भनी विश्वास गर्न रुचाउँछस्, त्यसकारण तैँले परमेश्वरका वचनहरूलाई इन्कार गर्छस् वा त्याग्छस्। तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र तैँले मुक्ति पाउने बारेमा केही पनि सोच्दैनस्, किनभने तैँले अझै पनि यो संसारमा जिउनु छ, र यी कुराहरूमा भर परेर मात्र बाँच्न सकिन्छ भन्ने सोचिरहेको हुन्छस्। समाजको दोषारोपण सहन नसकेर, तँ सत्यता र परमेश्वरका वचनहरू त्याग्न रुचाउँछस्, र यसरी परमेश्वरलाई चिढ्याउन र सत्यता अभ्यास नगर्न रुचाउँदै, तैँले आफैलाई नैतिकताका परम्परागत धारणाहरू र शैतानको प्रभावमा होमिदिन्छस्। मलाई भन् त, के मानिस दयनीय छैन र? के तिनीहरूलाई परमेश्वरको मुक्तिको खाँचो छैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। “गैरविश्वासीहरूको संसारमा एउटा भनाइ छ: ‘कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ।’ यो भनाइ पनि छ: ‘आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।’ यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त जीवित प्राणीहरूको जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्वरले विभिन्न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्वरले सृष्टि गर्नुभएको हो भन्ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। … कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्ने तथ्यले जीवित प्राणीहरूको जगतले यस प्रकारको नियम पालना गर्छ भन्ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरू पढेपछि, मैले यो कुरा बुझेँ: म यति धेरै पीडामा हुनुको कारण के थियो भने म “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” र “बुढेसकालको सहारा हुन्छ भनेर छोराछोरी हुर्काऊ” भन्नेजस्ता विचार र दृष्टिकोणहरूद्वारा प्रभावित भएकी थिएँ। मैले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु एकदमै स्वाभाविक र न्यायसङ्गत छ, र यसो नगर्नु त विश्वासघात हो र यसले व्यक्तिलाई पशुभन्दा गिरेको बनाउँछ भन्ने ठानेकी थिएँ। म भागी हिँडेकी थिएँ र मैले घरमा आमाको हेरचाह गर्न सकेकी थिइनँ, त्यसैले मेरो विवेकमा घोचेको थियो र म उहाँप्रति ऋणी महसुस गर्थेँ। मलाई मानिसहरूले विवेकहीन र खराब छोरी भन्लान् भन्ने डर पनि थियो, त्यसैले मलाई त्यस्तो पीडा हुन्थ्यो, र आफ्नो कर्तव्य शान्तपूर्वक गर्न सकेकी थिइनँ, र पछि आमा बित्नुभएको खबर सुन्दा म टुटेँ। मैले ममा परम्परागत संस्कृतिका यी विचारहरू घुसाइएका देखेँ र आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुलाई सृजित प्राणीको कर्तव्य गर्नुभन्दा महत्त्वपूर्ण ठानेँ, र सुसमाचार प्रचार र आफ्नो कर्तव्य गरेकामा पछुतोसमेत मानेकी थिएँ—के यो परमेश्वरलाई धोका दिएको प्रकटीकरण भइसकेको थिएन र? सुसमाचार प्रचार गरेकामा प्रहरीले मलाई पक्राउ गरेकाले, म घर फर्कन सकिनँ। तर मैले चिनियाँ कम्युनिष्ट पार्टीलाई घृणा गर्नुको सट्टा, परमेश्वरलाई दोष दिएँ, यो सुसमाचार प्रचारले गर्दा भएको हो भन्ने ठानेँ। मैले साँच्चै सबै कुरा उल्टो बुझेकी थिएँ र कुन सही र कुन गलत हो भनी छुट्याउन सकेकी थिइनँ! मसँग भएको सबै कुरा परमेश्वरबाट आएको हो। उहाँले मलाई यत्तिका वर्ष हेरचाह र सुरक्षा गरिरहनुभएको थियो, ताकि मैले सुसमाचार प्रचार गर्ने र आफ्नो कर्तव्य गर्ने, सत्यता पछ्याउने र परमेश्वरद्वारा मुक्ति पाउने मौका पाऊँ। म परमेश्वरप्रति कृतज्ञ नभएकी मात्र होइन, तर मैले उहाँलाई गलत बुझेकी र दोष पनि दिएकी थिएँ, र आफ्नो कर्तव्य गरेकोमा पछुतोसमेत मानेँ। म साँच्चै विवेकहीन भएकी थिएँ! त्यसपछि मात्र मैले “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” र “बुढेसकालको सहारा हुन्छ भनेर छोराछोरी हुर्काऊ” भन्नेजस्ता विचार र दृष्टिकोणहरू भ्रामक हुन्, र ती शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट पार्ने तरिका हुन् भनेर बुझेँ। म अब शैतानका विचार र दृष्टिकोणहरूद्वारा जिउन चाहन्नथेँ, बरु परमेश्वरका वचनअनुसार मानिसहरू र कामकुरालाई हेर्न अनि आफूलाई आचरणमा ढाल्न र कार्य गर्न चाहन्थेँ।
पछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “सर्वप्रथम, धेरैजसो मानिसहरू कर्तव्य निभाउनलाई घर छोड्न रोज्नुको कारण भनेको केही हदसम्म त्यो व्यापक वस्तुगत परिस्थिति हो, जसले तिनीहरूलाई आफ्ना आमाबुबालाई छाडेर जान बाध्य तुल्याउँछ; तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको छेउमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन; यो त वस्तुगत कारण हो। अर्को कुरा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ तेरा कर्तव्यहरू निभाउन बाहिर जानुको कारण तैँले आफ्ना आमाबुबालाई छोड्न र जिम्मेवारीहरूबाट भाग्न चाहेर होइन, त्यो परमेश्वरको बोलावटले गर्दा हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृष्टि गरिएको प्राणीका कर्तव्यहरू निभाउनको निम्ति, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छाड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र तेरा कर्तव्यहरू निभाउन तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आमाबुबाका लागि भावनात्मक सम्बन्ध र सोचहरू हुन्छन्; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निभाउँदै तिनीहरूको छेउमा रहन सक्छस् भने, तँ तिनीहरूको छेउमा बस्न इच्छुक हुनेथिस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिस्। तर वस्तुगत परिस्थितिका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ; तँ तिनीहरूको छेउमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो अनुत्तरदायी हुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो अनुत्तरदायी हुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारसँग सम्पर्कमा रहन सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू अझै स्वस्थ छन् र तिनीहरूको गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ अनुत्तरदायी होइनस्; तँ आफ्ना आमाबुबाबारे चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छैनस्। विविध वस्तुगत कारणहरूले गर्दा नै तैँले यो निर्णय गर्नुपरेको हो, त्यसैले तँ अनुत्तरदायी होइनस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। “सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्ने कुरा बुझ्नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्बन्ध छैन। आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। परमेश्वरका वचनहरूबाट, मैले छोराछोरीले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने बुझेँ। मेरी आमा मेरी ऋणदाता हुनुहुन्नथ्यो। म यस संसारमा मिसन पूरा गर्न आएकी थिएँ, जुन सृजित प्राणीको कर्तव्य गर्नु हो। यदि परिस्थिति र अवस्थाहरूले दिएको भए, मैले आमाको हेरचाह गर्न र उहाँप्रति छोरीको धर्म अनि सन्तानको जिम्मेवारी र दायित्व निभाउन सक्थेँ। यदि परिस्थितिले नदिएको भए, मैले त्यसमा जिद्दी गर्नु आवश्यक थिएन। साथै, मैले आमाप्रति छोरीको धर्म निभाउन नचाहेकी होइन, मलाई सीसीपीले सताएको र खेदे गरेको कारण म उहाँको हेरचाह गर्न घर जान सकिनँ। मैले छोरीको धर्म ननिभाएकी होइन, र मैले अरू जोकोहीले मलाई के सोच्छ भनेर वास्ता गर्नु आवश्यक थिएन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले परमेश्वरको सार्वभौमिकतामा र बन्दोबस्तहरूमा समर्पित भएर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्थ्यो। यो बुझेपछि, मलाई बाँधिएको महसुस हुन छोड्यो, र मैले आफ्नो कर्तव्यमा हृदय लगाउन सकेँ। परमेश्वरका वचनहरूको न्याय र खुलासाले नै मलाई मेरा केही भ्रामक दृष्टिकोणहरू बुझ्न, आफ्नी आमाप्रति सत्यता सिद्धान्तअनुरूप कस्तो दृष्टिकोण राख्ने भनेर बोध गर्न, र अबउप्रान्त आमाप्रति ऋणी महसुस गर्दै नजिउन अनि आफ्नो हृदय शान्त पार्न र आफ्नो कर्तव्य गर्न सक्षम बनाए।