६०. कर्तव्यहरूमाझ कुनै दर्जा वा भेद हुँदैन

ली मिन, चीन

फेब्रुअरी २०१९ मा, मैले वास्तविक काम गर्नुको सट्टा प्रतिष्ठा र हैसियत पछ्याएकाले मलाई मेरो अगुवाइको कर्तव्यबाट बर्खास्त गरियो। म बर्खास्त भएको भोलिपल्ट, मेरो अतिथिसेवा गर्ने परिवारकी सिस्टरका श्रीमान् दुर्घटनामा घाइते भए, र श्रीमानको हेरचाह गर्न उनी घर फर्कनुपऱ्यो। सुपरिवेक्षकले मलाई अस्थायी रूपमा उनको अतिथिसेवाको जिम्मेवारी लिने बन्दोबस्त मिलाए। मैले मनमनै सोचेँ, “यदि ब्रदर-सिस्टरहरूले म बर्खास्त भएपछि अहिले अतिथिसेवा, खाना पकाउने, दैनिक कामकुरा गर्ने, र सन्देशहरू पुऱ्याउने कर्तव्य मात्र निर्वाह गर्दैछु भन्‍ने थाहा पाए भने, मलाई के सोच्नेछन्? अवश्य नै मलाई तुच्छ ठान्नेछन्। मैले कसरी इज्जत बचाउने होला?” तर मैले यस कर्तव्यलाई अस्थायी मात्र ठानेकीले, अहिलेलाई म यसै गर्न राजी भएँ। तर, निकै हप्तापछि पनि मेरो ठाउँमा उपयुक्त व्यक्ति नभेटिँदा, सुपरिवेक्षकले मसँग सङ्गति गरे र मलाई अतिथिसेवाको कर्तव्य जारी राख्न अनुरोध गरे। यो सुन्दा, मेरो मन हुँडलियो, र सोचेँ, “किन यसरी कामकुरा मिलाउनु? यदि मलाई चिन्ने ब्रदर-सिस्टरहरूले म लामो समय अतिथिसेवाको कर्तव्य पूरा गर्नेछु भन्‍ने थाहा पाए भने मलाई अवश्य नै तुच्छ ठान्नेछन्। के उनीहरूले म सत्यता पछ्याउने व्यक्ति होइन, र म केवल शारीरिक परिश्रम र अतिथिसेवाको कर्तव्य बाहेक अरू कुनै कुराका लागि पनि काम लाग्दिनँ नभन्लान् र? मैले कसरी इज्जत बचाउन सकूँला? त्यसबाहेक, म बर्खास्त हुनुअघि, मैले केही सिस्टरसँग हाम्रो कर्तव्य पूरा गर्न सहकार्य गरेकी थिएँ। अनि अब, म यहाँ केवल खाना पकाउँदै छु। कस्तो फरक! यो एकदमै अपमानजनक कुरा हो!” यो सोचेर, म अतिथिसेवाको कर्तव्य पूरा गर्न अनिच्छुक भएँ। सुपरिवेक्षकले मलाई खराब स्थितिमा देखेर आफू बर्खास्त भएको आफ्नै अनुभवमा सङ्गति दिइन्। मैले हरेक कर्तव्य परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूबाट उत्पन्न हुन्छ भन्‍ने बुझेँ, त्यसैले म समर्पित भएँ। तर त्यो रात, म निदाउन नसकेर ओछ्यानमा कोल्टे फेरिरहेँ। मैले मनमनै सोचेँ, “मैले परमेश्‍वरलाई भेट्टाएदेखि, मेरा धेरैजसो कर्तव्य अगुवा वा कामदारका रूपमा नै रहेका छन्। आफूले अन्ततः केवल चानचुने कामहरू गर्नेछु र खाना पकाउनेछु भन्‍ने मैले कहिल्यै सोचेकी थिइनँ। मलाई चिन्ने ब्रदर-सिस्टरहरूले थाहा पाए भने मबारे के सोच्नेछन्? त्यो त एकदमै अपमानजनक कुरा हुनेछ!” म सिस्टरहरूले कामबारे सँगै छलफल गरिरहेका देख्थेँ, र मैले आफू अगुवा छँदा, म उनीहरूसँग यस्ता छलफलहरूमा काम गर्थेँ भनेर सम्झेँ। तर अहिले म यहाँ, भाँडा माझ्दै, खाना पकाउँदै र सरसफाइसमेत गर्दै दिन बिताउँदै थिएँ। कस्तो फरक! म गलत स्थितिमा जिइरहेकी थिएँ, र मैले जति धेरै त्यसबारे सोचेँ, त्यो त्यति नै पीडादायी बन्दै गयो। पछि, यी फोहोरी कामहरू गर्दैपिच्छे, सिस्टरहरूले मलाई तुच्छ ठान्नेछन् भनेर म डराउँथेँ, त्यसैले तिनीहरू वरपर नभएको बेला म हतारपतार ती काम गर्थेँ। मलाई यस्तो फोहोरी काम गर्नु अपमानजनक हो भन्‍ने लाग्थ्यो। मेरो हृदय पीडा र कष्टले भरियो, अनि अनायासै आँसु झरेर अनुहारमा बग्यो।

एक दिन, सुपरिवेक्षकले मलाई म बाहिर जाँदा फोहोर फाल्न आग्रह गरिन्। यो सुन्दा, मलाई एकदमै प्रतिरोध महसुस भयो, सोचेँ, “तिमी मलाई के ठान्छौ? हामी सँगै सहकार्य गर्थ्यौँ, तर अब तिमी मलाई यसरी आदेश दिँदै छौ।” मैले जति धेरै त्यसबारे सोचेँ, मलाई त्यति नै नराम्रो लाग्यो। म भित्रभित्रै एकदमै दुःखी भएँ। मैले परमेश्‍वरसामु आएर प्रार्थना गरेँ, अनि आफूलाई चिन्न र उहाँका अभिप्रायहरू बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन मागेँ। पछि, मैले परमेश्‍वरका वचनका यी वचनहरू पढेँ: “तेरो मनोवृत्तिलाई सही र परमेश्‍वरका अभिप्रायअनुरूपको भनेर भन्‍न मिल्नको लागि तँमा आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, त्यो कोद्वारा प्रबन्ध गरिएको हो, यो कुन स्तरका अगुवाहरूद्वारा खटाइएको हो भनी तैँले विश्लेषण गर्नु हुँदैन—तैँले त्यसलाई परमेश्‍वरबाट पाएको भनी स्वीकार गर्नुपर्छ। तैँले यसलाई विश्‍लेषण गर्न सक्दैनस्, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। यो एउटा सर्त हो। यसबाहेक, तेरो कर्तव्य जेसुकै भए पनि, तिनलाई ठूलो र सानो भनेर नछुट्या। मानौँ तैँले यसो भन्छस्, ‘यो काम परमेश्‍वरबाट आएको आज्ञा र परमेश्‍वरको घरको काम भए पनि, यदि मैले यो काम गरेँ भने, मानिसहरूले मलाई तुच्‍छ नजरले हेर्न सक्छन्। अन्य व्यक्तिहरूले भने आफूलाई अरूभन्दा उच्‍च देखाउने काम गर्न पाउँछन्। मलाई भने अरूभन्दा माथि देखिन नदिने, बरु पर्दापछाडि मेहनत गर्न लगाउने काम दिइएको छ, यो त अन्याय भो! म यो कर्तव्य निर्वाह गर्दिनँ। मेरो कर्तव्य त्यस्तो हुनुपर्छ जसले मलाई अरूभन्दा माथि देखाउँछ र मलाई मेरो नाम राख्‍न दिन्छ—र मैले मेरो आफ्‍नै नाम नराखे पनि वा मलाई माथि नदेखाए पनि, मैले यसबाट लाभ प्राप्त गर्नुपर्छ र शारीरिक रूपमा सहजताको अनुभूति गर्नुपर्छ।’ के यो स्वीकार्य मनोवृत्ति हो त? रोजीछानी गर्नु परमेश्‍वरबाट आउने कुरालाई स्वीकार गर्नु होइन; यो त तेरा आफ्‍नै रुचिहरूअनुसार छनौट गर्नु हो। यो तेरो कर्तव्यलाई स्वीकार गर्नु होइन; यो तेरो कर्तव्यलाई इन्कार गर्नु हो, परमेश्‍वरविरुद्धको तेरो विद्रोहीपनको प्रकटीकरण हो। त्यस्तो छनौट गर्ने कार्यमा तेरा व्यक्तिगत रुचि र चाहनाहरू मिसिएका हुन्छन्। जब तँ तेरा आफ्‍नै लाभहरू, तेरो प्रतिष्ठा, आदि इत्यादि कुरालाई ध्यान दिइरहेको हुन्छस्, तब कर्तव्यप्रतिको तेरो मनोवृत्ति समर्पित हुँदैन। तँसँग कर्तव्यप्रतिको कस्तो मनोवृत्ति हुनुपर्छ? पहिलो, तैँले यसलाई विश्‍लेषण गर्नु हुँदैन, र कसले तँलाई यो कर्तव्य कसले दिएको हो भनी पत्ता लगाउने प्रयास गर्नु हुँदैन; बरु, तैँले यसलाई परमेश्‍वरबाट आएको, परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यको रूपमा स्वीकार गर्नुपर्छ, र तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्नुपर्छ, र परमेश्‍वरबाट आएको कर्तव्यलाई स्वीकार गर्नुपर्छ। दोस्रो, ठूलो र सानो भनेर छुट्याउनु हुँदैन, र यसले तँलाई अरूभन्दा राम्रो देखाए पनि नदेखाए पनि, यसलाई सबैले देख्‍ने गरी गरिए पनि वा पर्दापछाडि गरिए पनि, तैँले यसको प्रकृतिको बारेमा चिन्ता गर्नु हुँदैन। यी कुराहरूको बारेमा विचार नगर्। अर्को मनोवृत्ति पनि छ: र त्यो समर्पण र सक्रिय सहकार्य हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “आफ्नो कर्तव्य निर्वाह गर्दा कठिनाइ सहन सक्‍नु सजिलो कार्य होइन। विशेष प्रकारको काम राम्ररी गर्नु पनि सजिलो छैन। यी काम गर्न सक्ने मानिसहरूमा निश्‍चय नै परमेश्‍वरका वचनहरू र सत्यताले काम गरिरहेका हुन्छन्। तिनीहरू कठिनाइ र थकानको डरबिना जन्मेका होइनन्। त्यस्तो व्यक्ति त कहाँ भेट्न सकिएला र? यी सबै मानिसहरूमा केही न केही उत्प्रेरणा हुन्छ, र तिनीहरूसँग जगको रूपमा परमेश्‍वरका वचनहरूको केही सत्यता हुन्छ। जब तिनीहरूले आफ्ना कर्तव्यहरू स्विकार्छन्, तिनीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन हुन्छन्—अनि तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सजिलो हुन्छ र देहका केही कठिनाइ र थकान सहनु मामुली कुरा लाग्न थाल्छ। तर जो सत्यता बुझ्दैनन् र कामकुरासम्बन्धी जसका विचारहरू परिवर्तन भएका हुँदैनन्, तिनीहरू मानव विचार, धारणा, स्वार्थी चाहना र व्यक्तिगत अभिरुचिहरूअनुसार जिउँछन्, त्यसैले तिनीहरू आफ्नो कर्तव्य निभाउन हिच्किचाउँछन् र अनिच्छुक बन्छन्। उदाहरणको लागि, फोहोरी र थकाइलाग्दो काम गर्ने सम्बन्धमा, कतिपय मानिसहरू यसो भन्छन्, ‘म परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्नेछु। मण्डलीले मेरो लागि जे कर्तव्य बन्दोबस्त गरे पनि, म त्यो गर्नेछु, चाहे त्यो फोहोरी होस् वा थकाइलाग्दो, र चाहे त्यो भव्य होस् वा साधारण। मसँग कुनै मागहरू छैनन्, म त्यसलाई आफ्नो कर्तव्यको रूपमा स्विकार्नेछु। यो परमेश्‍वरले मलाई दिनुभएको आज्ञा हो, र यो थोरै मैला र थकान मैले सहनुपर्ने कठिनाइहरू हुन्।’ यसको फलस्वरूप, तिनीहरू आफ्ना काममा संलग्न हुँदा कुनै कठिनाइ सहिरहेको छु भन्‍ने अनुभूति बिलकुलै गर्दैनन्। अरूलाई त्यो फोहोरी र थकाइलाग्दो लागे पनि, तिनीहरूलाई त्यो सजिलो लाग्छ, किनभने तिनीहरूको हृदय शान्त र अविचलित हुन्छ। त्यो तिनीहरूले परमेश्‍वरको लागि गरिरहेकोले तिनीहरूलाई त्यो कठिन भएजस्तो लाग्दैन। कतिपय मानिसहरू फोहोरी, थकाइलाग्दो, वा सामान्य काम गर्नुलाई तिनीहरूको हैसियत र चरित्रको अपमानको रूपमा लिन्छन्। तिनीहरू त्यसलाई अरूले तिनीहरूलाई सम्मान नगरेको, हेपेको, र तुच्छ नजरले हेरेको रूपमा लिन्छन्। फलस्वरूप, उही काम र कार्यभार सामना गर्नुपर्दा पनि, तिनीहरूलाई त्यो मुस्किल लाग्छ। तिनीहरूले जे गरे पनि, तिनीहरू हृदयमा आक्रोशको भावना बोकेर हिँड्छन्, र परिस्थिति आफूले चाहेजस्तो वा सन्तोषजनक नभएको अनुभूति गर्छन्। भित्री रूपमा, तिनीहरू नकारात्मकता र प्रतिरोधले भरिएका हुन्छन्। तिनीहरू किन नकारात्मक र प्रतिरोधी हुन्छन्? त्यसको जड के हो? धेरैजसो यस्तो किन हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गरेर तिनीहरूलाई तलब प्राप्त हुँदैन; सित्तैमा काम गर्नुपरेजस्तो लाग्छ। यदि इनामहरू हुँदो हो त, तिनीहरूलाई यो स्वीकार्य हुन सक्थ्यो, तर तिनीहरूले इनाम पाउँछन् कि पाउँदैनन् भनेर तिनीहरूलाई थाहै हुँदैन। त्यसकारण, मानिसहरूलाई कर्तव्य निभाउनु सार्थक छैन, त्यो व्यर्थमा काम गर्नुसरह हो भन्‍ने लाग्छ, र त्यसैले तिनीहरू कर्तव्य निभाउने सवालमा प्रायः नकारात्मक र प्रतिरोधी बन्छन्। यस्तै हुन्छ होइन र? स्पष्ट रूपमा भन्नुपर्दा, यस्ता मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर कतिपय मानिसले केही कर्तव्य पाउँदा, ती परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्न सक्दैनन्, बरु आफ्नै रुचिका आधारमा आफ्नो कर्तव्य छनौट गर्छन् भनेर खुलासा गर्नुहुन्छ। तिनीहरू आफूलाई विशिष्ट देखाउन सक्षम पार्ने कर्तव्यहरू स्विकार्छन्, तर आफूलाई पहिचान नदिने कर्तव्यहरूप्रति प्रतिरोध महसुस गर्छन् र ती अस्वीकार गर्छन्। तिनीहरूसँग आफ्ना कर्तव्यमा समर्पण गर्ने कुनै मनोवृत्ति हुँदैन। परमेश्‍वरले खुलासा गरेको कुरा नै ठ्याक्कै मेरो स्थिति थियो। मलाई अगुवा हुनु भनेको बोल्ने अधिकार पाउनु हो, र म जहाँ गए पनि, मेरा ब्रदर-सिस्टरहरूले मलाई मान गर्नेछन् भन्‍ने लाग्थ्यो, त्यसैले म त्यो कर्तव्य पूरा गर्न इच्छुक भएँ। तर, मलाई अतिथिसेवाको कर्तव्य सबैभन्दा निम्नस्तरको मध्ये एक हो, र यसमा केवल शारीरिक श्रम छ भन्‍ने लाग्थ्यो, त्यसैले मैले आफूलाई त्यसमा समर्पित गराउन सकिनँ। मैले यस कर्तव्यले आफूलाई अपमानित गरेको, र आफूमाथि अन्याय भएको महसुस गरेँ। सुपरिवेक्षकले मलाई आँगन सफा गर्न र फोहोर फाल्न अह्राउँदा, मलाई त्यो स्विकार्न गाह्रो भयो। उनले मलाई आदेश दिएर मेरो अनादर गरिरहेकी छिन् भन्‍ने मलाई लाग्यो, र त्यसले मलाई दुःखी बनायो। मैले हैसियतलाई कुनै व्यक्तिमा मर्यादा छ कि छैन मापनका रूपमा प्रयोग गरेँ। मैले अगुवाको कर्तव्य पूरा गर्नु भनेको कुनै कम्पनीको हाकिम वा प्रबन्धक हुनुजस्तै हो, र त्यो हैसियत र पदसँगै आउँछ, र यी मानिसहरू जहाँ गए पनि सम्मान पाउँछन् भन्‍ने सोचेँ, अनि मैले त्यस्ता मानिसहरूको ईर्ष्या गरेँ। जब मैले अतिथिसेवाको कर्तव्यबारे सुनेँ, तब मलाई यो केवल घरको कामधन्धा गर्नु र खाना पकाउनुजस्तै, तल्लो दर्जाको कामसरह लाग्यो, अनि मलाई यो कर्तव्य निभाउने मानिसहरू निम्न स्तरका हुन्छन् र जहाँ गए पनि तिनीहरूलाई तुच्छ ठानिन्छ भन्‍ने लाग्यो। मैले यो कर्तव्य अपमानजनक पाएँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएकी थिएँ, तैपनि म अझै गैरविश्‍वासीहरूको जस्तै दृष्टिकोण राख्थेँ। मेरा यी दृष्टिकोणहरू साँच्चै हास्यास्पद थिए! परमेश्‍वरको घरमा, सबै जना आफ्ना कर्तव्यमा समान छन्। कर्तव्यमा उँचो वा निचो, उच्च दर्जाको वा निम्न दर्जाको, ठूलो वा सानो भन्‍ने हिसाबले कुनै भेद हुँदैन। चाहे त्यो नेतृत्वको कर्तव्य होस् वा अतिथिसेवाको कर्तव्य, ती सबै परमेश्‍वरबाट आउँछन्। तिनले केवल फरक-फरक कार्यहरू गर्छन्, र सृजित प्राणीका रूपमा, हामीले ती स्विकार्नुपर्छ र तीप्रति हामी समर्पित हुनुपर्छ। तर मैले आफ्नो कर्तव्यमा, आफ्नै हित र आत्मसम्मानलाई मात्र विचार गरेँ। मैले आफ्ना कर्तव्यहरूलाई परमेश्‍वरबाट आएको आज्ञाका रूपमा लिइनँ। अतिथिसेवाको कर्तव्यले मलाई खास देखिन सक्षम नबनाएकाले, मलाई त्यसप्रति प्रतिरोध महसुस भयो। ममा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी बोध थिएन र म केवल झारा टार्दै कामकुरा गर्थेँ। मैले म साँच्चै स्वार्थी र घृणित छु, र ममा विवेक वा समझ छैन भन्‍ने देखेँ!

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्‍च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्‍ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्‍याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्‍वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्दको पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्‍वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्‍ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। परमेश्‍वरका वचनहरूले म उहाँप्रति समर्पित हुन नसक्नुको मूल कारण खुलासा गरे। म सानै उमेरदेखि “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” भन्‍नेजस्ता शैतानी विषहरूद्वारा प्रभावित भएकी थिएँ। र ती विष मैले आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने मापदण्ड बनेका थिए। म मानिसहरू आफ्नो आत्मसम्मानका लागि नै जिउनैपर्छ, र जहाँ गए पनि सम्मान पाउन सक्नु व्यक्ति मर्यादासहित जिउन सक्ने तरिका हो भन्‍ने विश्‍वास गर्थेँ। म आफूलाई विशिष्ट देखाउन र अरूबाट आदर पाउन सक्षम बनाउने काम गर्न पनि चाहन्थेँ। अनि मैले यो नै मर्यादा र मूल्यसहित जिउने तरिका हो भन्‍ने सोचेँ। तर मलाई, फोहोरी वा अनदेखा गरिने काम गर्नु निम्न र तुच्छ लाग्यो, त्यसैले म त्यो स्विकार्न अनिच्छुक भएँ। परमेश्‍वरलाई भेट्टाउनअघि, म यी दृष्टिकोणअनुसार जिउँथेँ, सधैँ अरूभन्दा राम्ररी जिउन चाहन्थेँ। म कडा परिश्रम गरेर पैसा कमाउने किसान र मजदुरहरूलाई तुच्छ ठान्थेँ, अनि मलाई शारीरिक श्रमभन्दा त कपडा व्यवसाय चलाउनु नै बढी सम्मानजनक हो, र त्यसले मलाई अरूको अगाडि शिर उच्च राख्न समक्ष पार्न सक्छ, र मेरा साथीसँगी र आफन्तहरूलाई मप्रति नयाँ दृष्टिकोण राख्ने समेत बनाउन सक्छ भन्‍ने लाग्यो। परमेश्‍वर भेट्टाएपछि पनि म अझै मण्डलीमा आफ्ना कर्तव्यहरू गर्दा यी शैतानी विषहरूद्वारा जिएँ। नेतृत्वको कर्तव्य निर्वाहले मेरो अहम् र घमण्डलाई सन्तुष्ट पाऱ्यो र त्यसले मलाई मेरा ब्रदर-सिस्टरहरूबाट सम्मान पाउन सक्षम बनायो, अनि त्यसले मलाई खुसी तुल्यायो। म यसका लागि केही कठिनाइ र थकान सहनसमेत इच्छुक भएँ। तर अगुवाइको कर्तव्य पूरा गरेपछि, मैले अरूबाट सम्मान खोजिरहेँ, सधैँ आफ्नो अहम् र हैसियतको रक्षा गर्ने प्रयास गरेँ। मैले कुनै वास्तविक काम गरिनँ, र त्यसैले मलाई बर्खास्त गरियो। मलाई फेरि कर्तव्य दिँइदा, मैले त्यसको कदर गर्न जानिनँ। मैले आफू असफल हुनका कारणहरूबारे चिन्तन नगरेकी मात्र होइन, तर अझै पनि आफ्नो अहम् र हैसियतबारे सोचिरहेँ। मैले अतिथिसेवाको कर्तव्य पूरा गर्नु लाजमर्दो कुरा हो भन्‍ने सोचेँ, अनि मैले मन नलागी-नलागी त्यो स्विकारे पनि, प्रतिरोध महसुस गर्दै त्यसलाई झारा टार्ने तरिकाले पूरा गरेँ। ममा विवेक वा समझ पटक्कै थिएन। मैले आफ्नो अहम् र हैसियतलाई अरू सबै कुराभन्दा माथि राखेँ, र मैले आफूलाई अरू कसैले अतिथिसेवाको कर्तव्य लिन सक्दैन भन्‍ने थाहा हुँदासमेत, अझै त्यो अस्विकार गर्न र त्यसबाट पछि हट्न चाहेँ। मैले मण्डलीका हितलाई फिटिक्कै विचार गरिनँ, न त आफ्ना कर्तव्य र जिम्मेवारीहरूबारे नै सोचेँ। म अत्यन्तै स्वार्थी थिएँ! यदि मैले पश्चात्ताप नगरेकी भए, मलाई अन्ततः परमेश्‍वरले घृणा गर्नुहुनेथ्यो र हटाउनुहुनेथ्यो। मैले अहम् र हैसियतलाई पछ्याउनुका हानिकारक परिणाम महसुस गरेँ, र म आफ्नो घमण्ड र हैसियत त्याग्न, अनि अतिथिसेवाको कर्तव्य राम्ररी पूरा गरेर परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन र उहाँसामु पश्चात्ताप गर्न तयार भएँ।

त्यसपछि, अतिथिसेवाको कर्तव्य पूरा गर्दा मलाई त्यस्तो प्रतिरोध महसुस हुन छोड्यो। कहिलेकाहीँ, म सिस्टरहरूसँग खुलस्त हुन र सङ्गति गर्नसमेत सक्षम हुन्थेँ, अनि मैले अझ धेरै स्वतन्त्र र मुक्त महसुस गर्थेँ। मैले मेरा सिस्टरहरूले मलाई अतिथिसेवाको कर्तव्य पूरा गरिरहेको कारण तुच्छ नठानेको देखेँ, अनि मैले परमेश्‍वरको घरमा, उच्च वा निम्न कर्तव्यको कुनै भेद हुँदैन भन्‍ने बुझेँ। कार्यहरू केवल फरक-फरक हुन्छन्। पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “परमेश्‍वरको घरमा, जब तँलाई कुनै काम गर्न दिइन्छ, तब चाहे यो कठिन वा थकाइलाग्दो भए पनि, र तँलाई यो मन परे पनि नपरे पनि, यो तेरो कर्तव्य हो। यदि तैँले यसलाई परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र जिम्‍मेवारीको रूपमा हेर्न सक्छस् भने, तँ मानिसलाई मुक्ति दिने उहाँको कामको लागि सान्दर्भिक छस्। अनि यदि तैँले गर्ने काम र तैँले निभाउने कर्तव्य मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको निम्ति सान्दर्भिक छ, र परमेश्‍वरले तँलाई दिनुभएको कामलाई तैँले निष्कपट र इमानदारीसाथ स्विकार्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई आफ्‍नो परिवारको सदस्यको रूपमा हेर्नुहुनेछ। त्यो आशिष्‌ हो कि श्राप? (आशिष्‌।) यो महान्‌ आशिष्‌ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “सृष्टि गरिएका प्राणीहरूको रूपमा तिमीहरूको कार्य के हो? यो व्यक्तिको अभ्यास र कर्तव्यसँग सम्बन्धित हुन्छ। तँ सृष्टि गरिएको प्राणी होस्, र यदि परमेश्‍वरले तँलाई गीतको वरदान दिनुभयो, अनि परमेश्‍वरको घरले तँलाई गाउने व्यवस्था मिलायो भने, तैँले राम्ररी गाउनुपर्छ। यदि तँसँग सुसमाचार प्रचार गर्ने प्रतिभा छ, र परमेश्‍वरको घरले तँलाई सुसमाचार प्रचार गर्ने व्यवस्था मिलायो भने, तैँले त्यो राम्ररी गर्नुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई अगुवाको रूपमा चुन्छन् भने, तैँले नेतृत्वको जिम्‍मेवारी स्विकार्नुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यता सङ्गति गर्न, र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउनुपर्छ। त्यसो गर्दा, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेको हुनेछस्। परमेश्‍वरले मान्छेलाई दिनुहुने आज्ञा अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ! अनि, तैँले यो आज्ञालाई कसरी पालना गर्नुपर्छ र कसरी आफ्नो कार्य पूरा गर्नुपर्छ? यो तैँले सामना गर्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एक हो, र तैँले एउटा रोज्नैपर्छ। यसलाई अति महत्त्वपूर्ण क्षण भनेर पनि भन्न सकिन्छ, जसले तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्‍वरद्बारा तँलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्‍ने कुराको निर्क्यौल गर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ)। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेट्टाएँ, अनि मैले सृजित प्राणीहरूले परमेश्‍वरसामु लिनुपर्ने अडान, साथै हामीमा हुनुपर्ने उचित समझलाई बुझेँ। मण्डलीले जेजस्तो कर्तव्य बन्दोबस्त गरे पनि, चाहे त्यो अतिथिसेवाको कर्तव्य होस् वा अन्य कुनै कर्तव्य, हामी निःसर्त परमेश्‍वरप्रति समर्पित हुनुपर्छ। हामीमा हुनुपर्ने उचित समझ यही हो। कर्तव्य जत्रो भए पनि, यदि हामी त्यसप्रति समर्पित हुन र हामीले त्यसलाई परमेश्‍वरद्वारा दिइएको जिम्मेवारीका रूपमा लिन, परमेश्‍वरमा भर पर्न अनि त्यो पूरा गर्न सक्दो प्रयास गर्न सक्छौँ भने, हामीले लाभ उठाउनेछौँ। उदाहरणका लागि, कतिपय ब्रदर-सिस्टरले कम देखिने कर्तव्यहरू पूरा गर्लान्, तर उनीहरू खास देखिन खोज्दैनन्। उनीहरू सिद्धान्तअनुसार सत्यता खोज्न र आफ्ना कर्तव्य पूरा गर्न ध्यान दिन्छन्, अनि उनीहरूले अझै प्रगति गर्छन्। यदि कसैले सत्यता पछ्याउँदैन वा आफ्नो कर्तव्य पूरा गर्दा समर्पण गर्दैन भने, उसको कर्तव्य जति नै प्रभावशाली देखिए पनि, यदि उसले सत्यता हासिल गर्दैन वा आफ्नो स्वभावमा परिवर्तन अनुभव गर्दैन भने, ऊ अझै परमेश्‍वरको विरोधी हो, र उसलाई अन्त्यमा परमेश्‍वरले हटाउनुहुनेछ। परमेश्‍वरको घरमा सबै कर्तव्य महत्त्वपूर्ण र अपरिहार्य छ। ठिक त्यसरी नै, जसरी कुनै मेसिनको एउटै पुर्जा हरायो भने त्यसले काम गर्न सक्दैन। अतिथिसेवाको कर्तव्य महत्त्वहीन देखिएला, त त्यो कसैले पूरा नगरी, ब्रदर-सिस्टरहरूले भेला हुने र आफ्ना कर्तव्य पूरा गर्ने शान्त वातावरण पाउनेछैनन्। यो बुझेर, मैले मेरो अतिथिसेवाको कर्तव्यलाई हृदय भित्रैदेखि कदर गर्न थालेँ, र म उचित रूपमा सहकार्य गर्न इच्छुक भएँ।

त्यहाँदेखि, मसँग आफ्ना कर्तव्यमा गलत अभिप्रायहरू हुँदैपिच्छे, म आफैविरुद्ध विद्रोह गर्न परेश्‍वरलाई सचेत रूपमा प्रार्थना गर्थेँ। हरेक दिन आफ्नो कर्तव्य पूरा गरेपछि, म आफूलाई शान्त पार्थेँ, परमेश्‍वरका वचन पढ्थेँ, र भक्तिका नोटहरू लेख्थेँ। मलाई परमेश्‍वरको नजिक हुन अझ धेरै समय मिल्यो। बिस्तारै, मेरो स्थिति सुध्रियो, र मलाई यो कर्तव्य निकै राम्रो छ भन्‍ने लाग्न थाल्यो। मैले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू साँच्चै अनुभव गरेँ, किनभने परमश्‍वरले बनाउने जुनसुकै योजनाबद्ध कार्य र बन्दोबस्तहरू हामीलाई धुन र रूपान्तरित गर्नका लागि हुन्। परमेश्‍वर कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्न, अनि व्यक्तिले जे कर्तव्य पूरा गरे पनि, यदि उसले त्यो परमेश्‍वरबाट आएको हो भनेर स्विकार्छ र ऊ समर्पित हुन र सत्यता पछ्याउन इच्छुक हुन्छ भने, उसले लाभ उठाउनेछ।

यस अनुभवबारे चिन्तन गरेर, मैले परमेश्‍वरलाई हृदयमा चुपचाप धन्यवाद दिएँ। परमेश्‍वरले मलाई अतिथिसेवाको कर्तव्य पूरा गर्न यो वातावरण बन्दोबस्त गर्नुभयो, मैले आत्मसम्मान र हैसियतको चाहना गरेकाले मलाई काटछाँट गर्नुभयो, अनि आफ्नो कर्तव्यलाई कसरी लिने भन्‍नेबारे मेरो भ्रमित दृष्टिकोणलाई सच्च्याउनुभयो। यो मेरो जीवनलाई चाहिएको कुरा थियो, र त्यो परमेश्‍वरको प्रेम थियो। मैले के पनि बुझ्न थालेँ भने, कर्तव्यहरूलाई महत्त्व वा मूल्यका आधारमा वर्गीकरण गरिँदैन, अनि हामीले जुनै प्रकारको कर्तव्य पूरा गरे पनि, ती सृजित प्राणीहरूले गर्नुपर्ने कार्य हुन्। हामीले आफ्ना कर्तव्य व्यक्तिगत रुचिका आधारमा पूरा गर्नु हुँदैन, न त छानी-छानी नै पूरा गर्नु हुन्छ। हामी परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, किनभने मानवता र समझ हुनु भनेको यही हो। यसमा मैले प्राप्त गरेको बुझाइ र रूपान्तरण सबै परमेश्‍वरका वचनको मार्गदर्शनको परिणामस्वरूप आएका हुन्।

अघिल्लो:  ५९. सङ्कटका बीच अघि बढ्दा

अर्को:  ६२. मैले बल्ल केही आत्मचेतना प्राप्त गरेको छु

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger