६५. ढाँट्ने समस्या समाधानको उपाय खोज्दा

आन रन, चीन

म धेरै मण्डलीहरूको मलजल गर्ने कामका लागि जिम्मेवार थिएँ। मलाई के थाहा थियो भने यो जिम्मेवारी निर्वाह गर्न सक्षम हुनु भनेको परमेश्वरले दिनुहुने उत्थान र अनुग्रह हो, र, म परमेश्वरको प्रेमको ऋण चुक्ता गर्न यो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्थेँ। तर, मैले कुनै भार वहन नगर्दा, काममा ढिलाइ भयो। त्यसपछि, मैले आत्मचिन्तन गरिनँ र आफ्नो प्रतिष्ठा तथा हैसियत जोगाउन झूट बोलेँ। तथ्यका आधारमा, मैले आफू छलकपट गर्ने र भरपर्दाे नभएकी देखेँ।

केही समयअघि वातावरण निकै गम्भीर थियो, र धेरै ब्रदर-सिस्टरहरू पक्राउ परे। माथिल्लो अगुवाले मलाई पत्र लेखेर नयाँ आगन्तुकहरूलाई दर्शनको सत्यतामा बढी सङ्गति गर्न आग्रह गरे, ताकि उनीहरू परमेश्वरको काम बुझ्न र यस भयानक वातावरणमा दृढ रहन सकून्। यो पत्र पाएपछि, मैले तुरुन्तै मलजल गर्ने व्यक्तिहरूसँग कार्यको कार्यान्वयनबारे सङ्गति गरेँ, तर, पछि मैले यस कामको विवरणबारे थप अनुगमन गरिनँ। मैले के सोचेँ भने मैले मलजल गर्नेहरूसँग सङ्गति गरिसकेकीले, तिनीहरूले नयाँ आगन्तुकहरूसँग सङ्गति गर्नेछन्, साथै म जिम्मेवार रहेको मण्डलीहरूबाट कोही पनि पक्राउ नपरेकाले, कुनै ठूलो समस्या नआउला। तर, अनपेक्षित रूपमा, यसपछि चाँडै नै, म जिम्मेवार रहेका तीनवटा मण्डलीहरूमा व्यापक रूपमा धरपकड गरियो। अगुवाले मलाई फेरि पत्र लेखे, प्रत्येक मण्डलीमा कति नयाँ आगन्तुकहरू नियमित रूपमा भेलामा सहभागी हुँदै छन्, कति जनाले भयानक वातावरणका कारण नियमित रूपमा भेलामा सहभागी हुन सकेका छैनन्, कति नयाँ आगन्तुकहरू पक्राउ परेका छन् र कति जनासँग उनीहरूलाई मलजल गर्ने कोही छैनन् भनी सोधे, र मलाई यी विवरणहरूसहित तुरुन्तै जवाफ दिन आग्रह गरे। यो पत्र प्राप्त गरेपछि मैले बुझेँ, “मैले यो कार्य लागू गरे तापनि यसका विवरणहरूमा थप अनुगमन गरिनँ, मलाई अगुवाले सोधेका विवरणहरूबारे केही जानकारी छैन, म कसरी जवाफ दिन सक्छु र? मैले उनलाई सत्यता बताएँ भने, उनले मेराबारे के सोच्लान्? उनले म वास्तविक काम गर्दिनँ भन्लान् कि? उनले मलाई काटछाँट गरे भने, मैले कसरी मुख देखाउने होला? होइन, मैले सत्यता बताउनु हुँदैन।” म कम्प्युटरको अगाडि बसेँ, के जवाफ दिने थाहा नपाएर विकल्पहरूबारे सोचेँ, अन्ततः मलाई एउटा विचार आयो। मैले अगुवालाई पत्रमा भनेँ, “दर्शनको सत्यतामा नयाँ विश्वासीहरूलाई मलजल गर्ने कार्य लागू गरिएको छ र यसको अनुगमन भइरहेको छ।” यसपछि, म तुरुन्तै कामको अनुगमन गर्न हतारिएँ, सोचेँ, “जब अगुवाले फेरि सोध्नेछन्, म उनलाई मैले हालै अनुगमन गरेको अवस्थाबारे रिपोर्ट दिनेछु। यसरी, उनलाई म गैरजिम्मेवार भएको र कामको अनुगमन नगरेको थाहा हुने छैन।” जब म वास्तवमा परिस्थितिका विवरणहरू थाहा पाउन मलजल गर्नेहरूकहाँ गएँ, मैले थाहा पाएँ, तिनीहरूले नयाँ विश्वासीहरूसँग सङ्गति गरेपनि केही नतिजै प्राप्त गर्न सकेका थिएनन्, र उनीहरूसमेत नयाँ विश्वासीहरूको अवस्थाबारे स्पष्ट थिएनन्। यी सबै कुरा थाहा पाएपछि, अन्ततः मैले के बुझेँ भने, यो सबै मैले भार वहन नगरेकीले र कामको वास्तविक अनुगमन नगरेकीले भएको, अनि नयाँ विश्वासीहरूको जीवन प्रवेशमा ढिलाइ भएको रहेछ। तर, मैले अझै पनि सत्यताको खोजी वा आत्मचिन्तन गरिनँ, त्यसकारण, अवस्था उस्तै रहिरह्यो।

धेरै समय नबित्दै, मलजलका कामका विवरणहरू, प्रत्येक मलजल गर्ने व्यक्तिको जिम्मेवारीमा कति जना नयाँ विश्वासीहरू थिए, तिनीहरूले नयाँ आगन्तुकहरूको कठिनाइ र धारणाहरू कसरी समाधान गरे, तिनीहरू नयाँ आगन्तुकहरूको पालनपोषणमा ध्यान दिन्थे कि दिँदैनथे, र यस्तै अन्य कुराबारे जान्नका लागि माथिल्लो अगुवाले हामीसँग एउटा भेलाको आयोजना गरे। त्यसपछि म चिन्तित भएँ, सोचेँ, “अगुवाले सुरूमै मलाई प्रश्न गर्दैनन् भन्ने आशा छ, केही कामहरू छन् जुन मैले पूर्ण रूपमा कार्यान्वयन गरेकी छैन, र केही विवरणहरू छन् जुन मैले व्याख्या गर्न नसक्दा निकै लाजमर्दो हुनेछ!” तर कुराहरू त्यस्तै भयो जस्तो मलाई डर थियो, र अगुवाले मलाई नै सुरुमा प्रश्न गरे। अन्य कुनै विकल्प नभएकाले, मैले शान्त रहेको देखाउनुपर्‍यो, तर भित्रभित्रै, म भाग्न चाहन्थेँ। मैले मनमनै सोचेँ, “यदि उनले मैले व्याख्या गर्न नसक्ने धेरै विवरणहरू सोधे के होला, के मैले कुनै वास्तविक काम नगरेको जस्तो देखिनेछैन र? त्यो त अत्यन्तै लाजमर्दो पो हुनेछ! के अगुवा र अन्य सहकर्मीहरूले मलाई हेयका नजरले हेर्लान्?” अगुवाले केही प्रश्न सोध्न सुरु गरे, जुन मैले एकएक गरी मुश्किलले जवाफ दिन सकेँ, तर जब अगुवाले सिस्टर याङ्ग फानले नयाँ विश्वासीहरूलाई गरेको मलजलबारे सोधे, म आत्तिएँ, सोचेँ, “मलाई याङ्ग फानको नयाँ आगन्तुकहरूसँगको कामका बारेमा थाहा छैन, म त सक्किएँ, मैले के भन्ने होला? मैले अगुवासँग इमानदार भएर मलाई थाहा छैन भनेँ भने, के उनले, ‘तिमी लामो समयदेखि मलजल गर्ने कामको जिम्मेवारीमा छ्यौ तर यति साधारण विवरण पनि तिमीलाई थाहा छैन, तिमी आफ्नो काम कसरी गर्दैछ्यौ’ भन्लान्? के यसले अगुवालाई निराश पार्ने अनि उनले मलाई हेयका नजरले हेर्ने बनाउँदैन होला र?” यी कुराहरूलाई ध्यानमा राख्दै, मैले खालि याङ्ग फानका अघिल्ला केही मलजल गर्ने कामबारे अगुवालाई रिपोर्ट गरेँ। यसो भनेपछिको अपराधबोध र चिन्ताले मेरो मुटुको ढुकढुकी बढायो, र मेरो अनुहार तातो भयो। म झुक्याएर अघि बढ्न र आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन सफल भए तापनि, आरोपबोध र असह्य पीडाले भरिएँ, “के म केवल झुठो बोलिरहेकी छैन र? म यस्ती पाखण्डी छु!” त्यस रात, म आफूले बोलेका झुटका कारण पश्चातापले भरिएर निदाउन नसकी कोल्टे फेर्दै ओछ्यानमा पल्टिरहेँ। तर जे भनिएको थियो, त्यो त भनिसकिएको थियो, र पोखिएको पानी जस्तै, यसलाई फिर्ता गर्न सकिँदैनथ्यो, र अब खुल्न अनि आफूलाई उदाङ्गो पार्न ढिला भइसकेको थियो। यदि अगुवाले थाहा पाए भने, के उनले मलाई कपटी व्यक्ति भन्लान्? यी विचारहरू मेरो दिमागमा घुमिरहे, र मैले खुल्ने साहस जुटाउनै सकिनँ। मलाई ममा निष्ठा र मर्यादा छैन, र म साँच्चै पाखण्डी जस्तै छु भन्ने लाग्यो। पेटमा पुतलीहरू भएजस्तै गरी, मेरो मुटु चिन्ताले बेसरी धड्कियो र मैले निरन्तर आफूलाई सोधिरहेँ, “मैले किन अगुवालाई सत्यता भन्न सकिनँ? यो बेइमानीको अर्थ के हो?” मैले यसबारे जति धेरै सोचेँ, उति धेरै दोषी महसुस गरेँ, त्यसैले मैले हृदयमा परमेश्वरसँग प्रार्थना गरेँ, “हे परमेश्वर! आज जब अगुवाले कामका विवरणहरूबारे सोधे, मलाई स्पष्ट रूपमा थाहा थिएन, तर मैले मान्छेहरूले मलाई हेयका नजरले हेर्छन् अनि इज्जत गुमाउँछु भन्ने डरले अगुवालाई झुक्याउनका लागि झूट बोलेँ। हे परमेश्वर! म निकै छली छु, कृपया मलाई साहस दिनुहोस्, ताकि म शुद्ध र खुला रहन सकूँ र एक इमानदार व्यक्तिका रूपमा जिउँन सकूँ।”

एक दिन, मैले “झूट बोल्नुको पीडा” नामक एक अनुभवजन्य गवाही भिडियो हेरेँ, यस भिडियोमा परमेश्वरका वचनहरूको एक खण्ड थियो जसले मलाई निकै भावुक बनायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले आफ्नो दैनिक जीवनमा प्राय सधैँ व्यर्थका कुराहरू, झूटहरू अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुराहरू आफ्नै आडम्बर र घमण्डको खातिर र आफ्नै अहम्‌ सन्तुष्ट पार्न गरिन्छ। यस्ता गलत कुराहरू बोल्दा तिनीहरूका भ्रष्ट स्वभावहरू प्रकाश हुन्छन्। … तेरा झूटहरू अनगिन्ती भइसकेका छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र बेइमानीपूर्ण छ, तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। यदि तैँले झूट बोल्दा इज्‍जत गुमाएजस्तो अनुभूति गर्दैनस् नै भने पनि, भित्र तेरो गहिराइमा तँ आफू कलङ्कित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई दोष दिन्छ, र तैँले आफ्नो बारेमा राम्रो विचार राख्दैनस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तैँले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो घमण्ड र आडम्बर कायम गरिरहने विकल्प रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्, र त्यो तेरो स्व-सिर्जित अवस्था हो। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्‍वरको उपस्थितिमै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस्, र झूट बोलिसकेपछि, तैँले त्यो झूट कसरी ढाकछोप गर्ने भनेर सोच्‍नुपर्छ। अनि जब तैँले त्यो झूट राम्रोसित ढाकछोप गर्दैनस् र त्यो खुलासा भइदिन्छ, तब तैँले आफ्नो दिमाग खियाएर विरोधाभासहरू हटाउन र आफ्नो कुरा पत्यारिलो बनाउन जोर लगाउनुपर्ने हुन्छ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक छ? अहँ, यो सार्थक छैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, ‘यसको के अर्थ छ? झूट बोल्‍नु र त्यसपछि ढाकछोप गर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।’ तँ इमानदार व्यक्ति बन्‍ने इच्छा गर्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। त्यसकारण, तैँले यी कुराहरू कायमै राखिराख्‍न झूटको सहारा लिन मात्र सक्छस्। यदि तँ सत्यता प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नको निम्ति विभिन्‍न कठिनाइहरू सहनेछस्। तैँले यदि यसको लागि आफ्नो प्रतिष्ठा र हैसियत त्याग्‍नुपर्‍यो भने पनि र अरूको गिल्ला र अपमान सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्—जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी नै हुनेछ। सत्यता प्रेम गर्ने मानिसहरूले सत्यता अभ्यास गर्न र इमानदार हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? उसले आफ्नो प्रतिष्ठा, हैसियत, इज्जत र चरित्र कायम राखिराख्‍नको लागि झूट प्रयोग गर्न रोज्छ। यसको लागि बरु तिनीहरू छली हुन र परमेश्‍वरद्वारा तिरस्कार र इन्कार गरिन रुचाउँछन्। त्यस्ता मानिसहरूले सत्यता र परमेश्‍वरलाई अस्वीकार गर्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि ठगेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो प्रतिरक्षा गर्न दिमाग खियाउने पीडापूर्ण जीवन जिउन मात्र सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राखिराख्‍न मदत गर्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो इज्जत र चरित्र कायम राखिराख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि गम्भीर कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउनेछस्। यदि तँ त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राखिराख्‍न सक्षम भइस् भने पनि, तैँले सत्यता त्याग गरेको र परमेश्‍वरलाई धोका दिएको हुनेछस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुनेछस्, र त्यो सबैभन्दा ठूलो क्षति र जीवनभरको अफसोस हो। यो कुरा छली मानिसहरूले कहिल्यै बुझ्नेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरे। मेरो अहङ्कार र गरिमालाई बचाउन र मान्छेहरूले मलाई हेयका नजरले हेर्नबाट रोक्नका लागि, मैले झूट बोल्न र उनीहरूलाई धोखा दिन रुचाएँ, सत्यता बोल्नुको सट्टा आफ्नो निष्ठा र गौरवको बलि दिएँ। पछिल्लो पटक भएको व्यापक धरपकड सम्बन्धमा अगुवाले म जिम्मेवार रहेको क्षेत्रमा कति नयाँ विश्वासीहरू नियमित रूपमा भेला हुन्छन् र कति हुँदैनन्, अनि नयाँ आगन्तुकहरूको मलजल र समर्थनका हालका परिणामहरूबारे सोध्नका लागि पत्र लेखेँ। मैले स्पष्ट रूपमा यी कार्यहरूको अनुगमन गरेकी थिइनँ, र म अगुवासँगको रिपोर्टमा इमानदार हुनुपर्ने थियो, तर आफ्नो आडम्बर र हैसियत जोगाउनका लागि, मैले झूट बोलेँ र मैले यसको पहिल्यैदेखि अनुगमन गरिरहेकी छु भनेँ। बैठकका क्रममा, अगुवाले मलाई याङ्ग फानले नयाँ आगन्तुकहरूलाई गरेको मलजलका बारेमा सोधे, तर मलाई विवरण थाहै थिएन, त्यसैले त्यसबाट बाहिर निस्कने प्रयासमा मैले, पुरानो जानकारीलाई नयाँ जसरी रिपोर्ट गर्दै बिलकुल झूट बोलेँ। मलाई आफूले झूट बोलिरहेकी र दोषी महसुस गरेको थाहा भएपनि, मैले अझै पनि खुलेर बोल्न चाहिनँ। अरूले मलाई हेयका नजरले हेर्नबाट रोक्नका लागि, मैले बारम्बार झूट बोलेँ, म असाध्यै चतुर र छली भएकी थिएँ! मैले आफैँलाई सोध्नबाट रोक्न सकिनँ “तँ एक विश्वासी होइनस्?” एक साँचो विश्वासी सत्यता बोल्न, इमानदार हुन, र निष्ठा तथा गरिमा कायम राख्न सक्षम हुन्छ, र जुनसुकै परिस्थितिमा पनि, उनीहरूमा सत्यताको सामना गर्ने, अनि यथार्थ कुरा गर्ने साहस हुन्छ, साथै यसरी अभ्यास गर्नाले अरूलाई आफ्ना कमीकमजोरी र असमर्थता देख्न सक्ने त बनाउला तर, सत्यता अभ्यास गर्ने र खुलेर जिउने कार्यले परमेश्वरलाई खुशी पार्दछ र अरूहरूलाई उनीहरूमाथि विश्वास गर्न सक्ने बनाउँछ। तर मैले आफ्नो प्रतिष्ठा र हैसियत बचाउन झूट बोलेकी थिएँ, सम्पूर्ण निष्ठा र गरिमा गुमाएकी थिएँ, र मानव आचरणका न्यूनतम मापदण्ड समेत पूरा गर्न असफल भएकी थिएँ। परमेश्वरले मलाई अनुग्रह प्रदान गरेर मलजल गर्ने कर्तव्य निर्वाह गर्ने अवसर दिनुभएको थियो, म उहाँसँगको मेरो सहकार्यमा इमान्दार हुन सक्नेछु र परमेश्वरमा साँच्चै विश्वास गर्ने नयाँ विश्वासीहरूलाई उचित रूपमा मलजल गर्न सक्नेछु भन्ने आशा गर्नुभएको थियो। यो पनि परमेश्वरले मलाई सत्यता प्राप्तिका लागि अभ्यास गर्न प्रदान गर्नुभएको अवसर थियो तर म परमेश्वरको गम्भीर अभिप्राय पूरा गर्न असफल भएकी थिएँ। मैले आफ्नो कर्तव्यमा कुनै पनि भार बहन नगर्ने मात्र नभएर, समस्याहरूकों सामना गर्दा सत्यता अभ्यास गर्नुको सट्टा ढाँट्ने कार्य समेत रोजेँ। मैले परमेश्वरलाई वास्तवमै निराश पारेकी थिएँ। यसबारे मैले जति धेरै सोचेँ, म झनै निराश भएँ, र म यति कपटी भएकीमा आफूलाई घृणा गर्न थालेँ।

पछि, मैले परमेश्वरका वचनभित्रै आफ्नो झूट बोल्ने र छल गर्ने कारण पत्ता लगाउन खोजेँ। मैले परमेश्वरका वचनको एक खण्ड पढेँ: “जब ख्रीष्टविरोधीहरूको खुलासा र काटछाँट हुन्छ, तब तिनीहरूले सबैभन्दा पहिले गर्ने भनेकै आफ्‍नो प्रतिरक्षाको लागि विभिन्‍न कारणहरू खोजी गर्नु, पासोबाट आफूलाई मुक्त गर्ने प्रयास गर्न हरप्रकारका बहानाहरू बनाउनु, र यसरी आफ्‍ना जिम्‍मेवारीहरूलाई पन्छ्याउने र माफी पाउने आफ्‍नो उद्देश्य हासिल गर्नु हो। ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको चरित्र, तिनीहरूको कमजोरी र त्रुटिहरू, तिनीहरूको मुख्य कमजोरी, र तिनीहरूको साँच्चिकैको क्षमता र काम गर्ने सामर्थ्य छर्लङ्ग देख्लान् भन्‍ने सबैभन्दा बढी डर हुन्छ—त्यसकारण तिनीहरूले देखावटी व्यवहार गर्न र आफ्‍ना कमीकमजोरी, समस्या, र भ्रष्ट स्वभावहरू ढाकछोप गर्नेगरी आफूलाई प्रस्तुत गर्ने सक्दो प्रयास गर्छन्। जब तिनीहरूको दुष्कर्मको भेद खुल्छ, र त्यसको खुलासा हुन्छ, तिनीहरूले सबैभन्दा पहिले यो तथ्यलाई स्वीकार गर्ने वा मान्‍ने, वा आफ्ना गल्तीहरू सुधार्ने र त्यसलाई भराउने सक्दो प्रयास गर्ने गर्दैनन्, बरु तिनीहरू ती कुराहरू ढाकछोप गर्न, आफ्ना कार्यहरूबारे परिचित मानिसहरूलाई झुक्याउन र भ्रममा पार्न, विभिन्न विधिहरू सोच्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूलाई वास्तविक अवस्था नदेखाउन, र तिनीहरूका कार्यहरू परमेश्‍वरको घरको लागि कति हानिकारक छन्, तिनीहरूले मण्डलीको काममा कति धेरै बाधा र अवरोधहरू ल्याएका छन् भन्‍ने कुरा थाहा नदिन प्रयोग गर्ने विभिन्न विधिहरू सोच्छन्। अवश्‍य नै, तिनीहरूलाई माथिले थाहा पाउलान् भन्‍ने कुराको सबैभन्दा बढी डर हुन्छ, किनभने माथिले थाहा पाए भने, तिनीहरूलाई सिद्धान्तअनुसार निराकरण गरिनेछ र तिनीहरू सक्किनेछन्, र तिनीहरूलाई बर्खास्त गरेर हटाइने नै छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूको दुष्कर्म खुलासा हुन्छ, तब तिनीहरूले गर्ने पहिलो काम भनेको तिनीहरूले कहाँ गल्ती गरेका छन्, कहाँ सिद्धान्तहरू उल्‍लङ्घन गरेका छन्, तिनीहरूले किन त्यस्तो काम गरे, तिनीहरूलाई कस्तो स्वभावले नियन्त्रण गरेको थियो, तिनीहरूका आशयहरू के थिए, त्यो बेला तिनीहरूको स्थिति कस्तो थियो, यो मनपरी रूपमा गरिएको थियो कि दूषित आशयहरूका कारणले गरिएको थियो भन्‍ने विषयमा चिन्तन गर्नु होइन। यी कुराहरूका बारेमा चिन्तन गर्नु त कता हो कता, तिनलाई चिरफार समेत नगरी, तिनीहरू साँचो तथ्यहरूलाई ढाक्नको लागि दिमाग खियाउँछन्। यो सँगसँगै, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूसामु स्पष्टीकरण दिन र आफूलाई सत्य सावित गर्न, तिनीहरूलाई छल्‍न सक्दो प्रयास गर्छन्, ठूला समस्याहरूलाई सानो देखाउँछन्, साना समस्याहरूलाई समस्यारहित देखाउँछन्, र अरूलाई झुक्याएर त्यसबाट उम्कन्छन्, ताकि तिनीहरू परमेश्वरको घरमै रहेर लापरवाहीपूर्वक गलत कार्यहरू गर्न, आफ्नो शक्तिको दुरुपयोग गर्न र मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न जारी राख्न सकून्, र तिनीहरूलई आफ्नो आदर गर्न लगाउन, र आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि तिनीहरूलाई जे भन्यो त्यही गर्ने पार्न सक्षम होऊन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्वरका वचनहरूको खुलासाबाट मैले के देखेँ भने, जब ख्रीष्टविरोधीहरूको काममा कुनै विचलन वा कमी हुन्छ, तब तिनीहरू पाठ सिकेर छिटो समस्या र विचलनहरूलाई ठीक गर्नुको सट्टा, झूट बोल्न, सत्यतालाई लुकाउन, साथै अगुवालाई आफ्ना कामका समस्या र कमीहरू थाहा हुन नदिन हरसम्भव प्रयास गर्छन्, अनि अरूको विश्वास जित्नका लागि छलकपट प्रयोग गर्ने प्रयत्न गर्छन्। यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव हो। मैले जुन कुरा प्रकट गरेकी थिएँ, के त्यो ख्रीष्टविरोधीको स्वभाव थिएन र? जब अगुवा मेरो कामको निरीक्षण र अनुगमन गर्न आए, त्यहाँ थुप्रै कामहरू थिए जुन मैले गरेकी थिइनँ, तर मैले उनलाई वास्तविक अवस्था त रिपोर्ट गरिनँ नै, सत्यता लुकाएर उनलाई धोका पनि दिएँ, र आफूले वास्तविक काम नगरेको सत्यता छोप्ने सक्दो प्रयास समेत गरेँ। पछि, जब अगुवाले हरेक मलजलकर्ताले गरेको नयाँ विश्वासीहरूको सिञ्‍चनको काम जाँच गर्दै थिए, मैले वास्तविक काम नगरेकीले र विशेष विवरण थाहा नपाएकीले, फेरि झूट बोलेँ, र अगुवालाई धोका दिन पहिल्यै गरिएका मलजलको कामलाई हालै गरिएको जसरी रिपोर्ट गरेँ। मलाई यसो गर्नु छलपूर्ण र बेइमानीपूर्ण हो भनेर राम्ररी थाहा थियो, तर अगुवामा मप्रति रहेको राम्रो छाप जोगाउनका लागि, मैले उनलाई धोका दिन झूट बोलेँ। मैले आफूले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै दुष्ट, घृणित स्वभाव भएको देखेँ। अगुवाले मेरो काममाथि गरेको अनुसन्धानले उनी जिम्मेवार छन् भनेर देखायो र यसले उनलाई मेरो कामका विचलन र समस्याहरूलाई छिट्टै पत्ता लगाउन मद्दत पुर्‍याउँथ्यो। मैले कामका समस्याबारे मौन रहेर अगुवामा मैले वास्तविक काम गर्दैछु भन्ने गलत छाप छोड्नका लागि उनीसामु नाटक गरेँ। फलस्वरूप, अगुवा सत्यता पत्ता लगाउन असफल भए र मेरो कामका समस्याहरू समाधान नै भएनन्। यसरी, मैले मण्डलीको कामलाई अवरुद्ध गर्दै थिएँ। मैले अगुवालाई कामको निगरानी गर्नबाट रोक्नका लागि सत्यता लुकाउनु, वास्तविक काम नगर्नुभन्दा पनि धेरै खराब प्रकृतिको हुन्छ भन्ने देखेँ। यो बुझेपछि, मलाई आफू खतरामा भएको जस्तो लाग्यो। ममा परमेश्वरको डर मान्ने हृदय थिएन र म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। भित्रभित्रै, मैले परमेश्वरसँग प्रार्थना गरेँ र पश्चात्ताप गरेँ, “हे परमेश्वर, तपाईंका वचनहरूको खुलासाले गर्दा, म मेरो स्वभाव दुष्ट र घृणित छ र मेरो हृदय डरले भरिएको छ भन्ने बुझ्दछु। कृपया मलाई यो भ्रष्ट स्वभावलाई त्याग्न र अरुको निगरानी स्विकार्न मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्वरका वचनको एक खण्ड पढेँः “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्‍नुभएको कुराले प्रमाणित गर्छ कि उहाँले छली मानिसहरूलाई साँच्‍चै घृणा गर्नुहुन्छ, र तिनीहरूलाई मन पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूको स्वभाव, तिनीहरूको मनसाय, र तिनीहरूको छलकपटका विधिहरूप्रतिको घृणा हो; परमेश्‍वरले ती सबै कुरालाई घृणा गर्नुहुन्छ। यदि छली मानिसहरूले सत्यता स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न, र परमेश्‍वरको मुक्ति स्विकार्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ—परमेश्‍वरले सबै मानिसहरूलाई समान रूपमा लिनुहुन्छ, सत्यताले पनि त्यसै गर्छ। त्यसकारण, यदि हामी परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्‍न चाहन्छौँ भने, हामीले पहिले हाम्रो चालढालसम्बन्धी सिद्धान्तहरूलाई परिवर्तन गर्नुपर्छ। हामी अबउप्रान्त शैतानी दर्शनहरूअनुसार जिउनु हुँदैन, हामी झूट र छलकपटको आधारमा अघि बढ्नु हुँदैन। हामीले हाम्रा सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्‍नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, अरू मानिसहरूमाझ जिउन मानिसहरूले सधैँ झूट, बहाना, र छलकपटमा भर पर्दै आए, र शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो आचरणको जगका रूपमा लिए। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तैँले खुलस्त भई कुरा गर्छस्, सत्य बोल्छस्, र इमानदार व्यक्ति बन्छस् भने, तँलाई निन्दा, आलोचना, र त्याग गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झन्झन्‌ झूट बोल्‍न सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न र आफैलाई रक्षा गर्न धूर्त माध्यमहरूसमेत प्रयोग गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस्, र आफूलाई मुक्त गर्नै नसक्‍ने अवस्थामा पुग्छस्। परमेश्‍वरको घरमा, ठीक विपरीत अवस्था हुन्छ। तैँले जति झूट बोल्छस् र जति छली खेल खेल्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै दिक्‍क हुनेछन् र तिनीहरूले तँलाई त्याग्‍नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शन र तर्कहरूमा लागिरहिस् भने, यदि तैँले वास्तविक रूप लुकाउन र आफूलाई राम्रो देखाउन जालझेल र व्यापक युक्तिहरू प्रयोग गरिरहिस् भने, तँ खुलासा भएर हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरूलाई अन्त्यमा त्याग गरिनेछ र हटाइनेछ। यो सबै कुरा परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तैँले आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तैँले आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पनि पवित्र आत्माको कार्य वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूबाट, मैले के देखेँ भने परमेश्वरले इमान्दार मानिसहरूलाई मन पराउनुहुन्छ, इमान्दार मानिसहरूमा आफ्ना कमजोरी र कमीहरूको सामना गर्ने साहस हुन्छ, उनीहरू सत्यवादी हुन सक्षम हुन्छन्, मानिसहरू वा परमेश्वरलाई धोका दिँदैनन्, साथै समस्याहरूको सामना गर्दा, उनीहरू सत्यताको खोजी तथा अभ्यास गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरूलाई परमेश्वरले सधैँ जिउनका लागि आफ्ना राज्यमा ल्याउनुहुन्छ। झूट बोल्ने, धोका दिने र छल गर्नेहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ। यस्ता मानिसहरू कपटी र शैतानी हुन्छन्। बाइबलले भन्छ नि: “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो(यूहन्‍ना ८:४४)। मैले झुटो बोल्ने सबै दियाबलसहरू हुन् भन्ने देखेँ। दियाबलसहरू परमेश्वरका शत्रु हुन् र परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ। परमेश्वरले यस्ता मानिसहरूलाई बिल्कुलै मुक्ति दिनुहुन्न। यो परमेश्वरको धर्मी र निष्ठावान् सारद्वारा निर्धारित हुन्छ। मेरो कर्तव्यमा, मैले आफ्नो आडम्बर र हैसियत बचाउनका लागि, आफ्ना कामका कमीहरूलाई लुकाउने प्रयास गर्दै झुट बोलेकी थिएँ। यसो गर्नुको मतलब मैले सत्यतालाई धोका दिइरहेकी थिएँ, शैतानको पक्षमा उभिएर परमेश्वरको विरोध गर्दै थिएँ। यसबाहेक, मण्डलीमा कर्तव्यहरू निर्वाह गर्दा ढाकछोप र बहानाबाजीमा निर्भर हुँदा, म सत्यतालाई केही समयसम्म मात्र लुकाउन सक्छु, अन्ततः कामका धेरै विचलनहरू खुलासा हुनेछन्, अनि सबैलाई सत्यता थाहा भएपछि, तिनीहरूले मलाई खुट्याएर अस्वीकार गर्नेछन्, अर्थात, ममा भएको निष्ठा र गरिमाको कुनै पनि झलकलाई मैले चकनाचुर पार्नेछु, अनि पश्चात्ताप गर्ने मेरो मौका खेर जानेछ। ती ख्रीष्टविरोधीहरूका बारेमा सोच्दा, तिनीहरूले जति नै नराम्रो काम गरे पनि वा परमेश्वरका घरको काममा जति नै हानि पुर्‍याए पनि, तिनीहरूले कहिल्यै चिन्तन वा पश्चात्ताप गर्दैनन्, अनि कसैले तिनीहरूको कामको निरीक्षण वा छानबिन गर्छ भने, तिनीहरूले उनलाई धोका दिन र सत्यतालाई लुकाउन विभिन्न चालहरूको प्रयोग गर्छन्, जसले सत्यताप्रति उनीहरूको पूर्ण स्वीकृतिको अभाव देखाउँछ। अन्ततः तिनीहरूले गरेका सबै दुष्टताका कारण, तिनीहरूलाई मण्डलीबाट निष्कासन गरिन्छ। आफूसँग खुल्ने साहस भएका र सत्यताको अभ्यास गर्न सक्नेहरू नै उनीहरू परमेश्वरको नजरमा इमान्दार हुन्छन् र उनीहरूले नै मुक्ति पाउनेछन् र रहनेछन्। यसका विपरीत, व्यक्तिगत लाभका लागि परमेश्वरलाई धोका दिनेहरू अत्यन्तै मूर्ख र कपटी हुन्छन्, अन्ततः तिनीहरू परमेश्वरद्वारा हटाइन्छन्।

पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरसामु आफ्नो कर्तव्य वा कुनै काम गर्दा तिनीहरूको हृदय शुद्ध हुनैपर्छ: यो ताजा पानीजस्तै—सङ्लो, शुद्ध हुनैपर्छ। त्यसोभए कस्तो प्रकारको मनोवृत्ति सही हो त? सही मनोवृत्ति भनेको तैँले जेसुकै गरिरहेको भए तापनि, तँ अरूसँग आफ्नो हृदयमा भएका जस्तासुकै कुरा, आफ्ना जस्तासुकै विचारबारे सङ्गति गर्न सक्षम हुनु हो। यदि कसैले तेरो कार्यशैलीले काम गर्दैन भनेर अर्कै विचार राख्यो, र तँलाई त्यो विचार राम्रै लाग्यो भने, तँ आफ्ना तरिकाहरू छोडेर तिनीहरूले सोचेअनुसार कार्यहरू गर्छस्। त्यसो गर्दा, सबैले तँ अरूका सुझावहरू स्विकार्न, सही मार्ग रोज्न, सिद्धान्तअनुसार, अनि पारदर्शिता र स्पष्टसँग काम गर्न सक्छस् भन्‍ने देख्छन्। तेरो हृदय कालो छैन, तँ इमानदार मनोवृत्तिमा भरपर्दै, निष्कपट रूपमा काम गर्छस् र बोल्छस् भनी सबैले देख्‍नेछन्। तैँले कालोलाई कालो भन्छस्। होलाई हो र होइनलाई होइन भन्छस्। तँमा कुनै छलहरू, कुनै गोप्यता हुँदैन, तँ एक अति नै पारदर्शी व्यक्ति हुन्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वर हामी आफ्ना कर्तव्यहरू इमानदार हृदयले निर्वाह गरौँ, तथ्यअनुसार बोलौँ र सबै कुराहरूमा उहाँकै निरीक्षण स्वीकार गरौँ भन्ने आशा गर्नुहुन्छ। अगुवाले मेरा कामबारे फेरि सोधपुछ गर्दा, मैले आफूले वास्तविक काम नगरेकी भए सत्यता बोल्ने, आफ्ना समस्याहरूको सामना गर्न साहस गर्ने, आफ्नो प्रतिष्ठा र हैसियत रक्षाका लागि झूट बोल्न बन्द गर्ने अनि इमानदार व्यक्तिका रूपमा अभ्यास गर्ने सङ्कल्प गरेँ। पछि, मैले आफ्नो प्रतिष्ठा र हैसियत बचाउनका लागि झूट बोलेको बारेमा अगुवासमक्ष खुलस्त गर्ने पहल गरेँ। मैले अगुवासँग खुलेर कुरा गरेपछि, उनले मलाई मद्दत गर्नका लागि आफ्ना अनुभवहरूबारे मसँग सङ्गति गरे। यसरी अभ्यास गर्दा, मैले निकै मुक्त भएको महसुस गरेँ। अघि बढ्ने क्रममा, मैले आफ्ना काममा भएका विचलनहरू तुरुन्त सुधार्नका लागि अगुवाका सुझावहरू पालन गरेँ, जस्तै अनुपयुक्त मलजल गर्नेहरूलाई चाँडो हटाएँ, मलजल गर्नेहरूसँग उनीहरूका कर्तव्यहरूबारे विस्तृत रूपमा सङ्गति गरेँ, र त्यसपछि उनीहरूका कामको प्रगति अनुगमन र निरीक्षण गरेँ। मैले यसरी कामका विवरणमा आफूलाई संलग्न गर्दा, काममा स्पष्ट सुधार देखियो।

एक हप्तापछि, अगुवाले मलजल गर्नेहरूलाई गरिएको प्रशिक्षणबारे सोध्न पत्र पठाए। यो पत्र प्राप्त गरेपछि, मैले के बुझेँ भने म अरू कामहरूको अनुगमनमा अति व्यस्त भएकी थिएँ, र कर्मचारीहरूको प्रशिक्षणको कामलाई वेवास्ता गर्न पुगेकी थिएँ, अनि मैले कति व्यक्तिहरूलाई प्रशिक्षण गर्न सकिन्छ भन्ने थाहै पाइनँ। मैले कस्तो जवाफ दिने? यदि मैले यति महत्त्वपूर्ण कामलाई बेवास्ता गरिरहेकी थिएँ भनेर अगुवाले थाहा पाए भने उनले मेरा बारेमा के सोच्लान्? के उनले मैले वास्तविक काम गरिरहेकी छैन भन्थे होला? मैले सोचेँ, “उनलाई म यो कामको अनुगमनकै क्रममा छु भनेर किन जवाफ नदिने? यसरी, उनले सत्यता पत्ता लगाउने छैनन्।” यसो सोच्दै गर्दा, अचानक मैले के बुझेँ भने, “के म फेरि आफ्नो प्रतिष्ठा र हैसियत बचाउनका लागि झूटो बोल्न चाहँदै छैन र?” त्यसैले मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म अब झूट बोल्न वा धोका दिन चाहन्नँ। मैले यो काम गरिनँ, र यो मेरो गैरजिम्मेवारीका कारण थियो। म यो कुरा इमानदारीपूर्वक अगुवालाई रिपोर्ट गर्न इच्छुक छु।” प्रार्थना गरेपछि मलाई गहिरो शान्तिको अनुभूति भयो। मैले के सोचेँ भने परमेश्वरले यथार्थ कुरा गर्ने इमान्दार मानिसलाई मन पराउनुहुन्छ, मैले शान्त भएर परिस्थितिको सामना गर्नुपर्छ, र सत्यता लुकाउनु हुँदैन, अनि अगुवाले मबारे जे सोचे पनि, मैले इमान्दार व्यक्तिका रूपमा अभ्यास गर्नुपर्छ। त्यसैले, मैले अगुवालाई सत्यता भनेँ, “मैले प्रतिभावान् व्यक्तिहरूको प्रशिक्षणमा पर्याप्त ध्यान दिएकी छैन, तर म यसलाई आगामी दिनमा परिवर्तन गर्न तयार छु।” त्यसपछि, मैले वास्तवमै यो कार्य सुरु गरेँ, र केही दिनपछि मैले प्रशिक्षण गर्न सकिने दुई जना व्यक्तिहरू भेटेँ। त्यसपछि, जब अगुवाले मलाई फेरि पत्र लेखेर अन्य कामहरूको अनुगमन र निरीक्षण गर्न भने, केही कामहरूको राम्रो परिणाम नआउँदा पनि, म यसलाई शान्तिपूर्वक सामना गर्न र यी कुराहरू इमानदारीपूर्वक रिपोर्ट गर्न तयार भएँ। म अझै इमान्दार व्यक्ति हुनुको मापदण्ड पूरा गर्न असमर्थ भए तापनि, म सत्यता पछ्याउन, परमेश्वरको वचनअनुसार अभ्यास गर्न, र बिस्तारै आफ्नो कपटी स्वभावलाई त्याग्न चाहन्छु।

अघिल्लो:  ६४. धन र ख्यातिको दलदलबाट मुक्त हुँदा

अर्को:  ६६. के प्रिय बन्‍नु व्यवहारको सिद्धान्त हो?

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger