६६. के प्रिय बन्‍नु व्यवहारको सिद्धान्त हो?

जिया यि, चीन

मलाई सम्झना छ, म पहिलो कक्षामा हुँदा, हाम्रो कक्षाकोठाकी शिक्षक मायालु र मिलनसार थिइन् र सधैँ उनको अनुहारमा दयाभाव देखिन्थ्यो। उनी हामीसँग कहिल्यै रिसाउने वा हामीलाई कठोर आलोचना गर्ने गर्दिनथिइन्। कहिलेकहीँ उनी हामीसँग हाम्री शिक्षिका नै होइनन् कि जसरी कुरा गर्थिन्। हामी सबै उनको नजिक बस्‍न रुचाउँथ्यौँ र हाम्रा आमाबुबाले असल शिक्षक भएकोमा उनको प्रशंसा गर्थे। म उनलाई निकै सम्‍मानले हेर्थेँ र आदर गर्थेँ र म पनि उनी जस्तै व्यक्ति बन्‍न चाहन्थेँ। पछि जीवनमा, मैले जोसँग अन्तरक्रिया गरे पनि, लगभग कसैसँग कहिल्यै तर्क गरिनँ। कसैले मलाई चोट पुर्‍याए पनि र म तिनीहरूसँग रिसाए पनि वा मलाई तिनीहरूप्रति घृणा लागे पनि, म तिनीहरूसँग शान्तिपूर्ण रूपमा मिलेर बस्‍नका लागि रिस दबाउँदै मुस्कुराएर अभिवादन गर्थेँ। यसले गर्दा, मेरा सहपाठीहरू मेरो नजिक आउन मन पराउँथे अनि मेरा आफन्तहरू सबैले मलाई असल आचरण भएकी र समझदार भन्थे। परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, म नम्रतापूर्वक बोल्दै र कसैको स्वाभिमानमा चोट नपुर्‍याउन सक्दो प्रयास गर्दै, आफ्ना ब्रदर-सिस्टरहरूसँग यसरी नै मिलेर बसेँ। अरूमा समस्याहरू छन् भन्‍ने देखे पनि म सधैँ कामकुराहरूलाई सामान्य रूपमा लिन्थेँ, जसले गर्दा अरूले मलाई सकारात्मक रूपमा हेर्थे र यसरी, यस्तो व्यवहार गर्नु राम्रो कुरा हो भन्‍ने मेरो विश्‍वासलाई यसले अझै बलियो बनायो। पछि मात्रै, कतिपय कुराहरू भोगेपछि, र परमेश्‍वरका वचनको खुलासामार्फत्, मैले के बुझेँ भने मिलनसार हुनु व्यवहारसिद्धान्त होइन, र मैले वास्तविक व्यक्तिका रूपमा कसरी व्यवहार गर्ने भन्‍ने कुरा बुझेँ।

सन् २०२२ को जनवरीमा, म मण्डलीका केही सफाइका कामको सुपरिवेक्षण गरिरहेकी थिएँ। ली युआन र लिन सिले भर्खरै यो काम थालेका थिए, र तिनीहरूले सिद्धान्तहरू बुझेका थिएनन्, त्यसकारण मैले तिनीहरूका कामको बारेमा अलिक बढी खोजिनीति गरेँ। त्यो बेला, मैले तिनीहरू आफ्नो कर्तव्यमा निकै झाराटारूवा छन् र केही स्पष्ट समस्याहरू देखा परेका छन् भन्‍ने फेला पारेँ। एक पटक, तिनीहरूले संयोजन गरेका सामग्रीहरूमा, कतिपय मानिसहरूको व्यवहारलाई सारांशित मात्रै गरिएको थियो र तिनमा विवरणहरूको कमी थियो, कतिपय मामलाहरूमा प्रमाणको कमी थियो र ती मानिसहरूलाई हटाउनुपर्छ कि पर्दैन भनेर पुष्टि गर्ने थप उदाहरणहरू आवश्यक थिए। स्पष्ट रूपमा अनुसन्धान र पुष्टि नगर्ने हो भने, कुनै व्यक्ति सजिलै अन्यायपूर्ण रूपमा निष्कासित हुन सक्थ्यो। यो अत्यन्तै गम्भीर समस्या थियो। मैले मानिसहरूलाई सफाइ गर्ने सामग्रीहरू मिलाउने काममा तिनीहरूमध्ये दुई जना कति लापरवाह छन् भन्‍ने देखेँ र मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै रिस उठ्यो। त्यसकारण मैले मेरी सहकर्मी, सिस्टर लिउ जिङ्गलाई भनेँ, “ली युआन र लिन सिले भर्खरै यसमा काम गर्न थालेका छन् र उनीहरू आफूले नबुझेका धेरै कुराहरूका बारेमा सल्लाह नै लिँदैनन्। तिनीहरू आफ्नो कर्तव्यमा अत्यन्तै झाराटारूवा छन्। यस पटक, मैले उनीहरूको आफ्नो कर्तव्यप्रतिको समस्याग्रस्त मनोवृत्तिलाई औँल्याइदिनुपर्छ।” लिउ जिङ्ग मसँग सहमत भइन्। तर तिनीहरू दुई जनालाई पत्र लेख्दा, म हिचकिचाएँ, “केही दिन पहिले म तिनीहरूसँग हुँदा, तिनीहरूको स्थिति अलिक नकारात्मक देखिन्थ्यो, मैले तिनीहरूलाई काँटछाँट गरेँ र कर्तव्यप्रतिको तिनीहरूको झाराटारूवा प्रकृतिको विश्लेषण गरेँ भने, के तिनीहरू अत्यन्तै नकारात्मक बन्दै काम छोड्लान्? के तिनीहरूले म उनीहरूका कठिनाइहरू बुझ्दिनँ र अत्यन्तै कठोर र रुखो बन्दैछु भनेर भन्‍लान्? उनीहरूले मप्रति रहेको राम्रो धारणा गुमाउलान् कि!” मेरो आफ्नो छवि बचाउन, मैले तिनीहरूले पैदा गरेका विचलनहरूलाई मात्रै औँल्याएँ तर तिनीहरूको भ्रष्ट स्वभावलाई खुलासा गर्ने केही कुरा भनिनँ। मैले यो कुरालाई सान्त्वना र अर्तीहरूका रूपमा समेत प्रस्तुत गरेँ, जस्तै तिनीहरूलाई आफ्ना कमीकमजोरी र त्रुटीहरूलाई सही रूपमा हेर्न प्रोत्साहन दिएँ, र नकारात्मकता र गलतफहमीमा नजिउनु भनेँ। लिउ जिङ्गले मेरो पत्र पढेर भनिन्, “तपाईं त उनीहरूका कर्तव्यमा देखा पर्ने झाराटारूवा स्वभावका बारेमा कुरा गर्नेवाला हुनुहुन्थ्यो, होइन र? तपाईंले किन यति घुमाएर कुरा गर्नुभएको? के तपाईंले तिनीहरूसँग यसरी कुरा गर्नुभयो भने तिनीहरूले आफ्नो समस्या पहिचान गर्लान् भन्‍ने तपाईंलाई लाग्छ?” लिउ जिङ्गले यसो भनेको सुन्दा, यसरी कुरा लुकाउँदा त्यसले कुनै परिणाम ल्याउँदैन भन्‍ने मलाई महसुस भयो, तर मैले तिनीहरूमा खराब छाप छोड्छु कि भन्‍ने डरले, यस कुरालाई बेवास्ता गर्ने बहाना खोजेँ।

फेब्रवरीमा, म कामको बारेमा छलफल गर्न तिनीहरूको समूहमा गएँ। तिनीहरूबाट टाढा नबनूँ भनेर, मैले आफैँलाई म तिनीहरूप्रति नरम बन्नुपर्छ र आफूले बोल्ने कुराहरूमा होशियार हुनुपर्छ, अत्यन्तै अभिमानी वा कठोर तरिकाले बोल्नु हुँदैन भनेँ। उनीहरूले ठट्टा गरेको देख्दा म पनि उनीहरूलाई साथ दिन्थेँ ताकि तिनीहरूले मलाई सहज, मिलनसार, तथा ढोँग नगर्ने, र सबैसँग मिलेर बस्‍न सक्‍ने व्यक्तिको रूपमा देखून्। तिनीहरूले कुनै प्रगति गरेका छैनन् र तिनीहरू अलिक निराश छन् भन्‍ने सुनेपछि, मैले तिनीहरूलाई विगतमा ममा पनि धेरै कुराको कमी थियो, र मलाई कतिपय सिद्धान्तहरू बिस्तारै बुझ्न धेरै समय लागेको थियो भनेँ। मैले तिनीहरूलाई सान्त्वना र प्रोत्साहन दिन यसो भनेँ। केही समयमै, हाम्रो सम्बन्ध निकै राम्रो भएको थियो, र एक जना सिस्टरले मलाई कुनै तनावविना यसरी अन्तरक्रिया गर्दा राम्रो लाग्छ भनेर भनिन्। उनले यसो भनेको सुन्दा, म यसरी व्यवहार गर्नु सही कुरा हो भन्‍ने कुरामा अझै निश्‍चित भएँ। एक पटक, समूह सदस्य, चेन सिनले मलाई यो काममा धेरै समयदेखि संलग्‍न भएको भए पनि, उसले अझै पनि सधैँ गल्तीहरू गरिरहेकी छिन्, कुनै प्रगति नै गरेकी छैन भन्‍ने सोचेकी, अनि निकै नकारात्मक महसुस गरेको कुरा बताइन्। चेन सिन परिणामहरू प्राप्त गर्न अधीर भएकीले र आफूलाई अरूसँग तुलना गर्ने गरेकीले र उनले सिद्धान्तहरूमा ध्यान नदिने हुनाले नै उनमा प्रगतिको कमी भएको भन्‍ने मलाई थाहा थियो, तर मैले उनको समस्यालाई सीधै औँल्याइदिएँ भने, उनले यसलाई राम्ररी नलेलिन् र मप्रति केही प्रकारको पूर्वाग्रह वा नकारात्मक दृष्टिकोण राख्लिन् भनेर म डराएँ। त्यसैले, मैले उनलाई प्रोत्साहन दिँदै यति भनेँ, “तिमीले भर्खरै सुरु गरेकी हौ, र तिम्रो काममा केही समस्या वा गडबडीहरू हुनु सामान्य कुरा हो। यो त खालि अभ्यासको कुरा मात्रै हो। तिमीले आफूलाई सही रूपमा हेर्ने, देखा पर्ने समस्या र विचलनहरूलाई सारांशित गर्ने अनि त्यसपछि लक्षित तरिकाले उपयुक्त सिद्धान्तहरू सिक्ने गर्नुपर्छ। तिमीले यसरी नै प्रगति गर्ने हो।” मैले चेन सिनको समस्यालाई नऔँल्याइदिएकीले, उनले आफ्नो भ्रष्ट स्वभावलाई पहिचान गरिनन् अनि आफूलाई अरूसँग तुलना गरिरहने र आफूलाई उनीहरूसरह नपाउँदा नकारात्मक महसुस गर्ने गरिरहिन्। लिन सि आफ्नो कर्तव्यपालनमा झाराटारूवा पनि बन्दै थिइन्, र धेरै समस्याहरू बाँकी नै थिए, जसले गर्दा कामको प्रगतिमा असर पर्‍यो। लिन सि आफ्नो कर्तव्यमा निकै लापरवाह छिन् र मैले उनलाई काँटछाँट गरेर खुलासा गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर मलाई उनले मेरो बारेमा नराम्रो धारणा बनाउलिन् र मलाई साथ नदेलिन् वा अनुमोदन नगर्लिन् भन्‍ने डर थियो। त्यसकारण, मैले उनको कर्तव्यप्रतिको गलत अभिप्रायका कारणले नै प्रगति कम भएको हो भन्‍ने सुझाव दिँदै, उनका समस्याहरू सरसरती मात्रै उल्लेख गरेँ। मैले कुराहरूलाई सामान्य रूपमा लिएकीले, लिन सिले मैले भनेका कुनै कुरालाई पनि मनमा लिइनन्, आफ्नो झाराटारूवा मनोवृत्तिको समस्या सुधारिनन्, र उनको काम प्रायःजसो दोहोऱ्याएर गर्नुपर्थ्यो। मैले आफ्ना सम्बन्धहरूलाई कसरी रक्षा गर्ने भनेर मात्रै सोचिरहेकी हुनाले, म जहिल्यै पनि आफूले देखेका समस्याहरूका बारेमा सतही तरिकाले मात्रै कुरा गर्थेँ, जसले गर्दा कुनै परिणामहरू आउँदैनथे र यसले काममा ढिलाइ हुन्थ्यो। तर मैले आत्मचिन्तन गरेकी वा आफूलाई चिनेकी थिइनँ।

एउटा भेलामा, हामीले ख्रीष्ट-विरोधीहरूले कसरी मानिसहरूको हृदय जित्छन् भन्‍ने कुरालाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूमा सङ्गति गर्‍यौँ। मैले मेरो स्थितिमा सीधै लागू हुने एउटा खण्ड पढेँ। मैले बल्ल आफ्नो व्यवहारको बारेमा केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मण्डली अगुवाले दाजुभाइ-दिदीबहिनीहरूले लापरवाह रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको देख्छ, तब उसले तिनीहरूलाई हप्काउनुपर्ने भए पनि, नहप्काउन सक्छ। उसले परमेश्‍वरको घरका हितहरूमा समस्या भइरहेको स्पष्ट रूपमा देख्दा, यसमा कुनै चासो राख्ने वा सोधपुछ गर्ने गर्दैन, र अरूलाई अलिकति पनि चिढ्याउँदैन। वास्तवमा, उसले मानिसहरूको कमजोरीलाई साँच्‍चै ख्याल गरिरहेको हुँदैन; बरु, उसको अभिप्राय र उद्देश्य त मानिसहरूको हृदय जित्नु हुन्छ। ऊ यस कुराबारे पूर्णत: सचेत हुन्छ: ‘यदि मैले यसो गरेँ र कसैलाई चिढ्याइनँ भने, तिनीहरूले मलाई असल अगुवा ठान्‍नेछन्। तिनीहरूले राम्रो ठान्नेछन्, सम्मान गर्नेछन्। तिनीहरूले मलाई अनुमोदन गर्नेछन् र मन पराउनेछन्।’ परमेश्‍वरको घरका हितहरूमा कति क्षति भयो, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा कति ठूलो घाटा भयो, वा तिनीहरूको मण्डली जीवनमा कति धेरै बाधा पुग्यो भन्‍ने कुरालाई ऊ वास्ता गर्दैन, केवल आफ्नो शैतानी दर्शनमा अडिग रहन्छ र कसैलाई चिढ्याउँदैन। उसलाई हृदयमा कहिल्यै आत्मग्लानि हुँदैन। उसले कसैले अवरोध र बाधा पुऱ्याएको देख्दा, बढीमा त्यसबारे तिनीहरूसँग केही शब्द बोल्न सक्छ, समस्यालाई सानो पार्छ, त्यसपछि यसलाई यतिमा नै सकाउँछ। उसले सत्यताबारे सङ्गति गर्नेछैन, वा त्यस व्यक्तिलाई समस्याको सार औँल्याएर देखाउनेछैन, झन् उसले आफ्नो स्थिति विश्लेषण गर्नु त परको कुरा हो, र उसले परमेश्‍वरका अभिप्रायहरू के हुन् भनेर कहिल्यै सङ्गति गर्नेछैन। झूटो अगुवाले मानिसहरूले बारम्बार गर्ने गल्तीहरू, वा मानिसहरूले प्रायजसो प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई कहिल्यै खुलासा वा विश्लेषण गर्दैन। ऊ कुनै वास्तविक समस्या समाधान गर्दैन, बरु सधैँ मानिसहरूको गलत अभ्यास र भ्रष्टताका प्रकटीकरणहरूमा लिप्त हुन्छन्, र मानिसहरू जति नै नकारात्मक वा कमजोर भए पनि, यस कुरालाई गम्भीरतापूर्वक लिँदैन। ऊ झारा टार्दै परिस्थिति सम्हाल्न सद्भाव कायम राख्‍ने प्रयास गर्दै केही शब्द र धर्मसिद्धान्त प्रचार गर्छ र केही अर्तीका शब्‍दहरू बोल्छ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफूबारे कसरी मनन गर्ने र आफूलाई कसरी चिन्‍ने भन्‍ने थाहा हुँदैन, तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि त्यसको कुनै समाधान हुँदैन, र तिनीहरू शब्द र धर्मसिद्धान्त, धारणा र कल्पनाहरूमा, कुनै जीवन प्रवेशविना जिउँछन्। तिनीहरू हृदयमा यस्तोसमेत विश्‍वास गर्छन्, ‘हाम्रो अगुवाले हाम्रा कमजोरीहरूबारे परमेश्‍वरले भन्दा बढी बुझेको छ। परमेश्‍वरका मापदण्डहरू अनुसार जिउन हाम्रो कद अत्यन्तै सानो छ। हामीले हाम्रो अगुवाका मापदण्डहरू पूरा गरे मात्र पुग्छ; हामी आफ्ना अगुवामा समर्पित भएर परमेश्‍वरमा समर्पित भइरहेका हुन्छौं। यदि कुनै दिन माथिले हाम्रो अगुवालाई बर्खास्त गर्नुभयो भने, हामी आवाज उठाउनेछौँ; हामी हाम्रो अगुवालाई राख्‍न अनि बर्खास्त हुनबाट रोक्नका लागि माथिसँग कुरा गर्नेछौँ र उहाँलाई हाम्रा मागहरूमा सहमत हुन बाध्य पार्नेछौँ। यसरी हामी हाम्रो अगुवालाई उचित व्यवहार गर्नेछौँ।’ जब मानिसहरूका हृदयमा त्यस्ता विचारहरू हुन्छन्, जब तिनीहरूले आफ्नो अगुवासँग यस्तो सम्बन्ध स्थापित गरेका हुन्छन्, र तिनीहरूका हृदयमा आफ्नो अगुवाप्रति यस्तो निर्भरता, ईर्ष्या, र आराधना पैदा भएको हुन्छ, तब तिनीहरू यस अगुवामा झन्-झन् बढी आस्था राख्छन्, र परमेश्‍वरका वचनहरूमा सत्यता खोज्नुको सट्टा सधैँ त्यस अगुवाका शब्‍दहरू सुन्न चाहन्छन्। त्यस्तो अगुवाले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान लगभग लिएको हुन्छ। यदि कुनै अगुवा परमेश्‍वरका चुनिएका मानिसहरूसँग यस्तो सम्बन्ध कायम राख्‍न इच्छुक हुन्छ भने, यदि उसले यसबाट हृदयमा आनन्द अनुभूति गर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छ भने, यो अगुवा र पावलबीच कुनै भिन्‍नता छैन, उसले ख्रीष्टविरोधीका बाटामा पाइला चालिसकेको हुन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू यस ख्रीष्टविरोधीको बहकाउमा परिसकेका हुन्छन्, अनि तिनीहरूमा समझको पूर्ण कमी हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरले ख्रीष्ट-विरोधीहरू सधैँ मानिसहरूको देहको ख्याल राख्छन् भन्‍ने खुलासा गर्नुहुन्छ। तिनीहरू ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यमा झाराटारूवा हुँदै मण्डलीको काममा ढिलाइ गरेको देख्छन्, तर तिनीहरू न त यसलाई औँल्याउँछन् न त तिनीहरूलाई काँटछाँट नै गर्छन्। बरु, तिनीहरू मानिसहरूमाथि तात्त्विक रूपमा विजय प्राप्त गरी उनीहरूका हृदयमा आफ्नो राम्रो छवि छोड्न सकियोस् भनेर मानिसहरूसँगै लिप्त हुँदै उनीहरूलाई आडभरोसा दिन्छन्। मलाई परमेश्‍वरले मेरो आफ्नै व्यवहारको खुलासा गरिरहनुभएको जस्तो लाग्यो। आफ्नो कर्तव्यमा, म सधैँ मानिसहरूका हृदयमा रहेको मेरो छवि र हैसियत जोगाउने प्रयास गरिरहेकी हुन्थेँ। म समूहका सदस्यहरूले मेरा बारेमा राम्रो महसुस गरून् भनेर, बोल्दा आफ्नो आवाजको लबज र रबैयाप्रति समेत विशेष ध्यान दिँदै प्राय: नम्र व्यवहार गर्थेँ। कुनै पनि गलत कदमले गर्दा मानिसहरूले मेरा बारेमा नराम्रो धारणा राख्‍लान् भन्‍ने मलाई डर थियो। मैले चेन सिनको सुस्त प्रगति र उनको कमजोर स्थिति देखेँ, अनि उनले सधैँ प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने, आफूलाई अरूसँग तुलना गर्ने गरेकी हुनाले, र आफ्नो पेसागत सीपमा ध्यान नदिने हुनाले यस्तो भएको हो भन्‍ने मलाई थाहा थियो, र उनले यसैलाई नै निरन्तरता दिइन् भने, यसले उनको आफ्नै जीवन प्रवेशमा मात्र असर गर्ने होइन, काममा समेत ढिलाइ गर्नेछ भन्‍ने मलाई स्पष्ट थियो। मैले उनीसँग सङ्गति गरेर यी कुराहरू औँल्याइदिनुपर्थ्यो, तर मैले उनको चित्त दुखाउँछु कि भनेर म डराउँथेँ, त्यसकारण मैले उनलाई जहिल्यै सान्त्वना, प्रोत्साहन, र सल्लाह दिने मात्रै गर्थेँ। चेन सिनले आफ्ना समस्याहरूको पहिचान गर्न सकिनन् र उनी नकारात्मक स्थितिमा जिइन्, उनको जीवन प्रवेशमा बाधा पुगिरहेको थियो र उनले पेसागत रूपमा अति थोरै मात्र प्रगति गरिरहेकी थिइन्। त्यसै गरी, लिन सि आफ्नो कर्तव्यमा झाराटारूवा बनिरहेकी छिन् र मैले स्पष्ट रूपमै उनका समस्याहरूलाई औँल्याइदिनुपर्छ र उनलाई परिस्थितिहरूका बारेमा मनन गर्न र बुझ्न सहयोग गर्नका लागि उनको सारका बारेमा सङ्गति गर्नुपर्छ भन्‍ने पनि मलाई राम्ररी थाहा थियो, तर मैले उनका समस्याहरूलाई सीधै औँल्याइदिँदा उनले मलाई नकारात्मक रूपमा हेर्लिन् भन्‍ने मलाई डर थियो, त्यसकारण मैले ती कुरालाई हल्का मात्र उल्लेख गरेँ, जसले गर्दा ती समस्याको समाधानमा हुन सकेन। यो महसुस गरेपछि, मैले बल्ल के बुझेँ भने मेरो आचरण मानिसहरूको हृदय जित्न प्रयास गर्ने ख्रीष्टविरोधीको जस्तै छ। समूह सदस्यहरूको अनुमोदन र साथ प्राप्त गर्नका लागि, म सधैँ तिनीहरूप्रति सहज बन्थेँ, र म समस्याहरू औँल्याउन वा तिनको समाधानका लागि सङ्गति गर्नबाट पन्छिन्थेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा मात्र ढिलाइ गरेकी होइन, मण्डलीको काममा समेत ढिलाइ गरेकी थिएँ। म कति स्वार्थी र घृणित भएकी थिएँ!

पछि, मैले मानिसहरूलाई कसरी आकर्षित गर्ने प्रयास गरिरहेकी थिएँ भन्‍ने बारेमा समूहका सदस्यहरूलाई खुलस्त बताएँ। तिनीहरूमध्ये एक जनाले भने, “पछिल्लो पटक, हाम्रो काममा केही गडबडी हुँदा, तपाईंले हामीलाई काँटछाँट गर्नुभएन, र हामीलाई प्रोत्साहन र सुझाव पत्र मात्रै पठाउनुभयो। एक जना सिस्टरले त, ‘हेर्नुहोस्, उहाँ हामीलाई फेरि सान्त्वना दिने प्रयास गर्दै हुनुहुन्छ’” समेत भनिन्। उनले यसो भनेको सुन्दा मलाई झनै दोषी भयो। मण्डलीले कुनै व्यक्तिलाई निकाल्दा, सत्यता सिद्धान्तहरू अनुसार गम्भीरतापूर्व उसको मूल्याङ्कन गरिनुपर्छ। त्यहाँ लापरवाही वा झाराटारूवा व्यवहारका लागि कुनै स्थान हुँदैन। यदि हामीले यसलाई गम्भीरतापूर्वक लिँदैनौँ वा सिद्धान्तहरू अनुसार मामलाहरूको मूल्याङ्कन गर्दैनौँ भने, यसले सजिलै झूटा आरोपहरू ल्याउन र ब्रदर-सिस्टरहरूलाई हानि गर्न सक्छ। तिनीहरू आफ्नो कर्तव्यमा झाराटारूवा बनिरहेका, र मण्डलीको काममा प्राय: बाधा पुऱ्याइरहेकै छन् भन्‍ने मलाई स्पष्ट थाहा थियो, तर तिनीहरूको चित्त दुखाउँछु कि भन्‍ने डरले, मैले मार्गदर्शन वा सहयोग प्रदान नै गरिनँ, र मण्डलीको काममा असर पुगिरहेको छ-छैन भन्‍ने कुरालाई पूर्ण रूपमा बेवास्ता गरेँ। मेरो व्यवहार परमेश्‍वरको प्रतिरोधमा थियो! यस्तो महसुस भएपछि मलाई डर लाग्यो, र म जति सक्दो चाँडो सुधारिन चाहेँ।

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र निष्कपटता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि निष्कपट हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौँ, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले निष्कपट रूपमा तँलाई भन्छ: ‘मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!’ अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: ‘यो केही पनि होइन। तपाईँ नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।’ त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति निष्कपट हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: ‘मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईँलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईँ नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईँले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईँले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईँलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईँले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईँलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईँ आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईँलाई सबैले तुच्छ ठान्छन्, तपाईँलाई आक्रमण गरिँदैछ र तपाईँमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईँ त्यो स्विकार्न सक्नुहुन्‍न र नकारात्मक बन्नुहुन्छ। तपाईँलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?’ अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्‍ने छैनस्। तैँले यसो भन्‍ने छस्, ‘म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,’ र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्‍ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्‍वरका वचन पढ्दा मलाई अभ्यासको मार्ग मिल्यो। एक-अर्कासँग अन्तरक्रिया गर्दा, हामी खुलस्त र इमानदार हुनुपर्छ। अरूका समस्याहरू देख्दा हामीले इमानदारीका साथ बोल्न सक्‍नुपर्छ, ताकि तिनीहरूले आफ्ना यी समस्याहरूलाई पहिचान गर्न सकून्। मानिसहरूलाई यस प्रकारले व्यवहार गर्दा उनीहरूको जीवन प्रवेशमा फाइदा पुग्छ। मैले लिन सी आफ्नो कर्तव्यमा झाराटारूवा बनिरहेकी छिन् भन्‍ने देख्थेँ, तैपनि म उनको समर्थन पाउन उनलाई सान्त्वना र सुझावका बेइमान शब्दहरू दिइरहन्थेँ। यसले उनलाई हानि पुऱ्याइरहेको थियो र यो एउटा छली काम थियो। उनको समस्यालाई सीधै औँल्याइदिँदा सायद उनलाई केही समयसम्म लज्जित पार्ने थियो होला, तर यसले उसलाई चिन्तन गर्न सहयोग गर्ने थियो र यसले मण्डलीको कामको हिफाजत पनि गर्ने थियो। यो महसुस गरेपछि, म लिन सिकहाँ गएँ र मानिसहरू झाराटारूवा बन्नुको सार र परिणामहरूलाई खुलासा गर्ने परमेश्‍वरका केही वचनहरू प्रयोग गरेर उनीसँग सङ्गति गरेँ। लिन सिले आफ्नो कर्तव्यमा लापरवाह हुने र कर्तव्यनिष्ठ नबन्ने आफू कति घटिया रहेछु भनेर स्वीकार गरिन्। पछि, मैले लिन सिले सचेत रूपमा परिस्थितिलाई परिवर्तन गर्ने प्रयास गरेको देखेँ। उनी आफ्नो कर्तव्यमा पहिले भन्दा बढी कर्तव्यनिष्ठ र जिम्मेवार भएकी थिइन् र उनले स्पष्ट प्रगति गरिरहेकी थिइन्। यो परिणाम देख्दा मलाई अत्यन्तै लाज लाग्यो। मैले मानिसहरूलाई जहिल्यै आधा मनले व्यर्थका कुराहरू मात्रै बताउँदै, उनीहरूका नजरमा सधैँ मिलनसार छवि कायम राखेकी थिएँ, तर उनीहरूलाई फाइदा पुग्ने केही गर्दिनथेँ। मैले पहिले नै लिन सीका समस्याहरूलाई औँल्याइदिएकी भए, उनले कामकुराहरूलाई चाँडै परिवर्तन गर्न सक्थिन्, र यसले कामको प्रगतिमा मद्दत पुग्ने थियो। पछि मलाई चेन सिन खराब स्थितिमा छिन् भन्‍ने थाहा भयो, उनी आफूमा योग्यता र कार्यक्षमताको कमी भएको साथै आफ्नो समूहका साथीहरूभन्दा कमजोर रहेकी ठान्दिरहिछन्। मैले उनलाई हेलाँ गरिरहेकी छु भन्‍ने पनि उनलाई लागेको रहेछ, त्यसैले उनी नकारात्मकतामा जिइरहेकी थिइन् र राजीनामा दिन चाहन्थिन्। म उनको नजिक आएर सङ्गतिमा खुलस्त कुरा गरेँ। मैले उनलाई उनले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिने कुरा बताएँ, र परमेश्‍वरका वचन प्रयोग गरेर प्रतिष्ठा र हैसियत पछ्याउनु र आफ्नो कर्तव्य त्याग्‍नुको सार र परिणामहरूका बारेमा तिनीसँग सङ्गति गरेँ। हाम्रो सङ्गतिपछि, चेन सिनले आफ्ना बारेमा केही बुझाइ प्राप्त गरिन्, र उनको स्थितिमा अलिक सुधार आयो। मलाई अत्यन्तै खुशी लाग्यो, र कुनै व्यक्तिले परमेश्‍वरका वचन अनुसारको काम र आनीबानी प्रस्तुत गर्छ भने, उसको हृदय शान्त रहनेछ, र उसले अरूसँग सामान्य सम्बन्ध कायम राख्‍न सक्छ।

पछि, मैले परमेश्‍वरका थप वचन पढेँ र मिलनसारिता र विनम्रताका परम्परागत सांस्कृतिक अभ्यासमा रहेको साँचो सारलाई बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “व्यवहार गर्न सजिलो र मिलनसारजस्ता असल व्यवहारपछाडि रहेको सारलाई एउटै शब्‍दमा व्याख्या गर्न सकिन्छ: बहाना। त्यस्तो असल व्यवहार परमेश्‍वरको वचनबाट उत्पन्न हुँदैन, न त त्यो सत्यता अभ्यास वा सिद्धान्तअनुसार कार्य गर्नुको परिणाम नै हो। यसलाई केले पैदा गर्छ? यो मानिसहरूको मनसाय, युक्ति, बहाना, देखावटी व्यवहार, र छलबाट आउँछ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। “समूहको रूपमा, असल व्यवहारसम्‍बन्धी सबै कथन मानिसको बाहिरी व्यवहार र छविलाई पूर्ण रूप दिने तरिका मात्रै हुन्। ‘पूर्ण रूप दिनु’ यसका लागि राम्रो वाक्यांश हो; अझै यसलाई ठ्याक्कै भन्नुपर्दा, यो वास्तवमा छद्मवेशको प्रकार, अरूलाई आफूबारे राम्रो ठान्न लगाउन, तिनीहरूलाई आफ्नो सकारात्मक मूल्याङ्कन गर्न, आदर गर्न लगाउनका लागि चाल चल्न झूटो रूप देखाउने तरिका हो, तर व्यक्तिको हृदयको कालो पक्ष, उसका भ्रष्ट स्वभाव, र उसको साँचो रूप सबैलाई लुकाइएको हुन्छ र राम्ररी ढाकिएको हुन्छ। सायद हामी यो कुरालाई यसरी पनि बताउन सक्छौँ: यी असल व्यवहारहरूको ज्योतिभित्र भ्रष्ट मानवजातिको हरेक सदस्यको वास्तविक भ्रष्ट अनुहार लुकेको हुन्छ। यसभित्र अहङ्कारी स्वभाव, छली स्वभाव, उग्र स्वभाव, र सत्यता मन नपराउने स्वभावसहितको दुष्ट मानवजातिको हरेक सदस्य लुकेको हुन्छ। चाहे व्यक्तिको बाहिरी व्यवहार सुशिक्षित र समझदार, वा भद्र र परिष्कृत होस्, या ऊ मिलनसार र व्यवहार गर्न सजिलो, ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने, वा यस्तै कुनै कुरा होस्, त्यसले केही फरक पार्दैन—उसले यीमध्ये जुनसुकै कुरा प्रकट गरे पनि, यो अरूले देख्‍न सक्‍ने बाहिरी व्यवहारबाहेक केही होइन। यसले उसलाई असल व्यवहारमार्फत आफ्‍नो प्रकृति सारतर्फ डोऱ्याउँदैन। मानिस सुशिक्षित र समझदार हुने, भद्र र परिष्कृत बन्ने, व्यवहार गर्न सजिलो र मिलनसार बन्ने व्यवहारबारे राम्रो देखिए पनि, यहाँसम्म कि सारा मानव संसारले नै उसलाई रुचाए पनि, यी असल व्यवहारहरूपछाडि मानिसको भ्रष्ट स्वभाव साँच्चै लुकेको हुन्छ भन्‍ने तथ्यलाई नकार्न सकिँदैन। मानिसले सत्यता मन नपराउनु, परमेश्‍वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गर्नु, सृष्टिकर्ताद्वारा व्यक्ति वचनहरू मन नपराउने, र सृष्टिकर्ताको प्रतिरोध गर्ने उसको प्रकृति सार—यी साँच्‍चै हुन्छन्। त्यो झूटो होइन। कुनै व्यक्तिले जति राम्ररी नाटक गरे पनि, उसको व्यवहारहरू जति उचित वा राम्रो देखिए पनि, उसले जति राम्ररी वा सुन्दर रूपमा देखावटी व्यवहार गरे पनि, वा ऊ जति नै छली भए पनि, हरेक भ्रष्ट व्यक्ति शैतानी स्वभावले भरिएको हुन्छ भन्‍ने तथ्य इन्कार गर्न सकिँदैन। यी बाहिरी व्यवहारहरूको मकुन्डोपछाडि, तिनीहरूले अझै पनि परमेश्‍वरविरुद्ध विरोध र विद्रोह गर्छन्, सृष्टिकर्ताविरुद्ध विरोध र विद्रोह गर्छन्। अवश्य नै, मानवजातिले यी असल व्यवहारहरूलाई वस्‍त्र र आवरण बनाएर हरदिन, हरघडी र हरक्षण, हरमिनेट र सेकेन्ड, हरेक मामलामा भ्रष्ट स्वभाव देखाउँछ, जुन अवधिमा तिनीहरू भ्रष्ट स्वभाव र पापमा जिउँछन्। यो निर्विवाद तथ्य हो। मानिसको राम्रो व्यवहार, मनपर्दा शब्‍दहरू, र झूटो बाहिरी रूपको बाबजुद, उसका बाहिरी व्यवहारहरूले गर्दा उसको भ्रष्ट स्वभाव अलिकति पनि कम भएको हुँदैन, न त कुनै परिवर्तन नै भएको हुन्छ। यसको विपरीत, उसले यी बाहिरी असल व्यवहारहरूको खोल ओडेको हुनाले, उसको भ्रष्ट स्वभाव निरन्तर प्रकट हुन्छ, र उसले दुष्ट काम गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने आफ्‍ना कदमहरू कहिल्यै रोक्दैन—अनि अवश्य नै, ऊ आफ्नो उग्र र दुष्ट स्वभावद्वारा नियन्त्रित भएर, उसको महत्त्वाकाङ्क्षा, चाहना, र अत्यधिक मागहरू निरन्तर बढिरहेका र विकास भइरहेका हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। विगतमा, म सधैँ के ठान्थेँ भने प्रिय र मिलनसार व्यक्ति बन्‍नु सामान्य मानव आचरण अनुरूप हुन्छ, धेरैजसो मानिसहरूले यस्तै व्यवहार मन पराउँछन् र स्वीकार्य ठान्छन्, तसर्थ यी सकारात्मक कुराहरू हुन्। सानै छँदा, मैले मेरी शिक्षिकालाई उनको शालीनताका लागि प्रशंसित भएकी देखेकी थिएँ र मैले सधैँ यस्तो व्यक्ति बन्‍ने प्रयास गरेँ। जब मैले त्यस्तै नम्र बनेर आफ्नो वरिपरिका मानिसहरूको स्वीकार र समर्थन प्राप्त गरेँ, यसले मेरो मायालु व्यवहार गर्नुपर्छ भन्‍ने सोचलाई झन् बलियो मात्रै बनायो। यसले मेरो आफ्नै व्यवहारसिद्धान्तको रूपमा काम गर्‍यो जसलाई परमेश्‍वरले मात्र अनुमोदन गर्नुभएको होइन कि अरू मानिसले समेत मन पराएका थिए। अहिले, परमेश्‍वरका वचनको खुलासामार्फत्, मैले के बुझेँ भने प्रिय र मिलनसार व्यक्ति बन्‍नुको सार वास्तवमा एक किसिमको देखावटी व्यवहार हो, र यो साँच्‍चै नै मानिसहरूको आदर र अनुमोदन प्राप्त गर्ने चलाकी हो। यो छली कार्य हो। म सानो हुँदाको कुरालाई फर्केर हेर्दा, मैले मानिसहरूले एक-अर्काको प्रिय र मिलनसार हुनुपर्छ भन्‍ने सोचेको थिएँ, र यो विचारको प्रभावमा परेकी हुनाले, मैले अरूसँग कहिल्यै तर्क गरिनँ। तिनीहरूले मलाई चोट पुर्‍याए पनि, र म तिनीहरूसँग भित्री रूपमा रिसाए पनि र घृणा गरे पनि, म यसलाई कहिल्यै देखाउँदिनथेँ र सधैँ मुस्कुराउँदै मानिसहरूलाई अभिवादन गर्थेँ। वास्तवमा, मैले मानिसहरूको अनुमोदन पाउनका लागि मात्रै यी सम्झौताहरू गर्थेँ। म ढोँगी थिएँ र झूटमा जिइरहेकी थिएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि यसरी नै मानिसहरूसँग अन्तरक्रिया गरेँ। आफूले भन्‍ने र गर्ने हरेक कुरामा, म सधैँ अरूका भावनाहरूका बारेमा सोचिरहेकी हुन्थेँ र उनीहरूको चित्त दुखाउँछु कि भनेर डराउँथेँ। मलाई आफूले इमानदारीपूर्वक बोलेमा तिनीहरूले मेरो बारेमा राम्रो धारणा नराख्लान् भन्‍ने डर थियो, त्यसकारण कसैका समस्या देखे पनि, म सत्यता बोल्ने वा त्यसलाई औँल्याउने आँट गर्दिनथेँ। मण्डलीले यो समूहको कामको निरीक्षण मैले गर्नुपर्ने प्रबन्ध गर्‍यो, तर मैले कुनै वास्तविक भूमिका निभाइनँ। म सधैँ अरूको नजरमा आफ्नो छवि र हैसियत जोगाउन चाहन्थेँ र मण्डलीको कामको कुनै मतलब गर्दैनथेँ। मलाई कसरी असल व्यक्ति भनेर मान्न सकिएला? यस विन्दुमा, मैले के देखेँ भने म मिलनसार, मायालु, र विवेकी देखिए पनि, भित्री रूपमा भने, म वास्तवमा षड्यन्त्र गरिरहेकी थिएँ। मैले अरूको आदर पाउनका लागि यो चलाकी प्रयोग गर्न चाहेको थिएँ। म कति धूर्त र छली व्यक्ति थिएँ। म मिलनसार मानिसहरू असल हुन्छन्, अरूसँग तिनीहरूको सम्बन्ध राम्रो हुन्छ, तिनीहरूलाई मन पराइन्छ, र परमेश्‍वरले तिनीहरूलाई अनुमोदन गर्नुहुन्छ भन्‍ने सोच्थेँ। तर अहिले मैले के देखेँ भने मिलनसार मानिसहरू आफूलाई ढाकछोप गर्न मात्रै सिपालु हुन्छन् र मिलनसार बन्‍नु व्यवहारसिद्धान्त होइन। यो परम्परागत सांस्कृतिक सोच अनुसार जिउने कार्यले मानिसहरूलाई बढी स्वार्थी, घृणित, धूर्त र छली मात्रै बनाउँछ, र त्यसो गर्नु सत्यता विपरीत हुन्छ, यो दुष्टताको कार्य हो, र यसले परमेश्‍वरको विरोध गर्छ!

पछि, मैले परमेश्‍वरको वचनका थप दुई खण्डहरू पढेँ, र मैले असल मानवता के हो बुझेँ र व्यवहारसिद्धान्तहरू सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “असल मानवत्व हुनको लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरू नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गर्ने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? त्यो, परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। त्यो, आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। त्यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै त्यो कुराबारे हृदयमा स्पष्ट हुन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “मानिसहरूले सबैभन्दा बढी हासिल गर्न प्रयास गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको वचनलाई आफ्‍नो आधार बनाउनु, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाउनु हो; तब मात्रै तिनीहरू ज्योतिमा जिउन र सामान्य व्यक्तिको रूपमा जिउन सक्छन्। यदि तिमीहरू ज्योतिमा जिउन चाहन्छौ भने, तिमीहरूले सत्यताअनुसार व्यवहार गर्नुपर्छ; तिमीहरू इमानदार शब्‍दहरू बोल्‍ने र गर्ने इमानदार मानिसहरू बन्‍नुपर्छ। आधारभूत कुरा भनेको आफ्‍नो आनीबानीमा सत्यता सिद्धान्तहरू पालना गर्नु हो; मानिसहरूले सत्यता सिद्धान्तहरू गुमाएपछि, र असल व्यवहारमा मात्रै ध्यान केन्द्रित गर्न थालेपछि, यसले अपरिहार्य रूपमै नाटक र बहानाबाजी पैदा गर्छ। मानिसहरूको आनीबानीमा कुनै सिद्धान्त छैन भने, तिनीहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू ढोँगी हुन्छन्; तिनीहरूले अरूलाई केही क्षणको लागि बहकाउन सक्लान्, तर तिनीहरू कहिल्यै पनि विश्‍वासयोग्य हुनेछैनन्। परमेश्‍वरका वचनहरूअनुसार आनीबानी र काम प्रस्तुत गरेमा मात्रै मानिसहरूले साँचो जग प्राप्त गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार आनीबानी प्रस्तुत गर्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्‍न सक्छन्? अवश्य सक्दैनन्। असल धर्मसिद्धान्त र व्यवहारले मानिसहरूको भ्रष्ट स्वभाव र सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूको भ्रष्ट स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्‍न सक्छन्। … त्यसो भए, परमेश्‍वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गरेका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठिक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्‍नुपर्छ, इमानदारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्‌गुण हो। के परमेश्‍वरले तँलाई कति चर्को आवाजमा बोल्ने भनेर बताउनुभएको छ? के उहाँले तैँले स्तरीय भाषा प्रयोग गर्नुपर्छ भनेर माग गर्नुभएको छ? के उहाँले तँबाट अलङ्कृत, वा भव्य, परिष्कृत भाषाशैली प्रयोग गर्नुपर्छ भन्‍ने माग गर्नुभएको छ? (छैन।) उहाँले त्यस्ता कुनै सतही, ढोँगी, झूटा, र देख्‍न नसकिने फाइदाजनक एउटै पनि माग गर्नुभएको छैन। परमेश्‍वरका सबै मापदण्ड सामान्य मानवतामा हुनुपर्ने कुरा, मानिसको भाषा र कार्यका स्तर र सिद्धान्त हुन्। कुनै व्यक्तिको जन्‍मस्थल वा उसले बोल्ने भाषाले केही फरक पार्दैन। जे भए पनि, तैँले बोल्‍ने शब्‍दहरू—तिनलाई भन्‍ने शैली र तिनको विषयवस्तु—अरूलाई सुधार गर्ने हुनैपर्छ। ती सुधार गर्ने हुनुपर्छ भन्‍नुको अर्थ के हो? यसको अर्थ अरूलाई ती शब्‍दहरू सुनेपछि ती साँचो लाग्छ, र तीबाट संवर्धन र सहयोग पाउँछन्, र तिनीहरू सत्यता बुझ्‍न सक्छन्, र अन्योलमा पर्न छोड्छन, अनि अरूको बहकाउमा परिहाल्दैनन्। त्यसकारण, मानिसहरूले सत्य बोलून्, आफूले सोचेको कुरा बताऊन्, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। के यी बोलीवचनका सिद्धान्तहरू होइनन् र? मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्‍वरका वचनले मलाई व्यक्तिको मानवता असल छ कि खराब भनेर नाप्ने मापदण्डबारे बुझाइदिए। साँचो अर्थमा असल मानवता भनेको कसैको पक्ष नलिनु, मानिसहरूको चित्त दुखाउनबाट जोगिनु, सद्भावपूर्ण सम्बन्ध कायम राख्‍नु, वा सबैसँग मिलेर बस्नु होइन, न त यो मानिसहरूप्रति प्रिय वा मिलनसार व्यक्ति बन्‍नु नै हो। यी त बाहिरी व्यवहारहरू मात्रै हुन्, र तिनलाई जति नै राम्ररी प्रदर्शन गरिए पनि, परमेश्‍वरले तिनलाई अनुमोदन गर्नुहुन्‍न। परमेश्‍वरका वचनहरू अनुसार मानिसहरूसँग अन्तरक्रिया गरेर मात्रै सिद्धान्तहरूको पालना गरिन्छ। अरू मानिसहरू तथा आफ्नो कर्तव्यलाई इमानदारीपूर्वक लिने, जिम्मेवार बन्‍ने, सत्यताको अभ्यास गर्ने, अनि इमानदार बन्‍ने व्यक्तिलाई मात्रै साँचो रूपमा असल मानवता भएको व्यक्ति मान्न सकिन्छ। म सधैँ मैले मानिसका समस्याहरूलाई औँल्याएँ र खुलासा गरेँ भने, उनीहरूको चित्त दुखाउँला र मेरा ब्रदर-सिस्टरहरूले मलाई नकारात्मक रूपमा हेर्लान् भन्‍ने सोच्थेँ, त्यसकारण म बोल्दा सधैँ, आफूले भनेका कुरालाई कसरी सजिलै स्वीकार्य बनाउने र मानिसका भावनामा कसरी चोट नपुर्‍याउने भन्‍ने विचार गर्थेँ। यसो गर्नु प्रभावकारी हुन्छ कि हुँदैन भन्‍ने बारेमा म पटक्‍कै विचार गर्दिनथेँ। वास्तवमा, यसरी मानिसहरूसँग विनम्रतापूर्वक अन्तरक्रिया गर्दा मानिसहरूको चित्त दुख्दैन र तपाईंको राम्रो छविलाई जोगाउन सहयोग गर्छ, तर यसले अरू मानिसहरूलाई वा मण्डलीको कामलाई पटक्‍कै फाइदा गर्दैन। कसैलाई सहयोग गर्दा, तपाईंले कम्तीमा पनि उसलाई फाइदा दिनुपर्छ र आफूले पहिचान गरेका उसका समस्याहरूलाई स्पष्ट रूपमा औँल्याउन सक्नुपर्छ। यस्तो व्यवहार कहिलेकाहीँ, सुरुमा अर्को व्यक्तिले स्वीकार्न गाह्रो हुने आलोचनात्मक शैलीको भए पनि, यसले उसलाई आत्मचिन्तन गर्न र आफूलाई सुधार्न उत्प्रेरित गर्छ। मैले परमेश्‍वरले गर्ने मुक्तिको काममा एउटै तरिका मात्रै छैन भन्‍ने कुरा सोचेँ। परमेश्‍वरले मानिसहरूलाई सान्त्वना र सल्लाह मात्र दिनुहुन्‍न, उहाँले मानिसहरूलाई न्याय गर्नुहुन्छ, सजाय दिनुहुन्छ, र काँटछाँट पनि गर्नुहुन्छ। यो मानिसहरूलाई मुक्ति दिने अझै असल विधि हो। मैले कोही भ्रष्ट स्वभावमा जिइरहेको देखेँ र उसलाई खालि सान्त्वना र सुझाव मात्रै दिने गरेँ भने, यसले उसलाई कुनै फाइदा गर्दैन, र आफ्नो भ्रष्ट स्वभाव पहिचान गर्न उसलाई गाह्रो हुनेछ। मानिसहरूलाई सहयोग गर्नका लागि पनि सिद्धान्तहरू चाहिन्छ, र ती सिद्धान्त व्यक्तिको कद र अद्वितीय पृष्ठभूमि अनि परिस्थितिमा आधारित हुनुपर्छ भन्‍ने मैले महसुस गरेँ। कुनै ब्रदर-सिस्टरले भर्खरै अभ्यास गर्न थालेका छन् र तिनीहरूमा पेसागत सीपहरूको कमी छ भने, तिनीहरूलाई बढी सहयोग गर्नुपर्छ, तर उनीहरू आफ्नो कर्तव्य पूरा गर्न भ्रष्ट स्वभावमाथि निर्भर भइरहेका र मण्डलीको कामलाई पहिले नै प्रभावित पारिसकेका छन् भने, तिनीहरूलाई सुधार, खुलासा, र काँटछाँट गरिनुपर्छ। यो जिम्मेवारीनिर्वाह हो र यो उनीहरूका लागि फाइदाजनक हुन्छ। यी कुराहरू बुझेपछि, मैले मनमनै भनेँ, मैले अबदेखि परम्परागत संस्कृति अनुसार अरूसँग अन्तरक्रिया गर्नु हुँदैन, र मैले परमेश्‍वरका वचन र मापदण्डहरू अनुसार अभ्यास गर्नुपर्छ।

एक दिन, म अरू दुई जना सिस्टरहरूले भेला गरेका सामग्रीहरू जाँच गरिरहेकी थिएँ र उदाहरणहरूमा विस्तृत विवरणको कमी छ र तिनलाई थपेर सुधार गरिनुपर्छ भन्‍ने मैले देखेँ। यी दुई जना सिस्टरहरू यो काम निकै लामो समयदेखि गरिरहेका थिए, र निरीक्षणका बेला तिनीहरू अलि बढी विवेकशील भइदिएका भए, यी विचलनहरू आउँने थिएनन्। आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिमा समस्या छ भन्‍ने कुरा स्पष्ट थियो। मैले म कसरी मानिसहरूको चित्त दुखाउँछु कि भनेर डराएकी थिएँ र अरूसँगको आफ्नो सम्बन्धलाई जोगाउन चाहन्थेँ, त्यसैले मानिसहरूका समस्याहरू औँल्याउने आँट गर्दिनथेँ भन्‍ने बारे सोचेँ। यसले मानिसहरूलाई कुनै फाइदा नपुऱ्याउने मात्र होइन, यसले त मण्डलीको काममा हानि समेत गर्‍यो। यस पटक मैले पाठ सिक्‍नुपर्ने, सत्यताको अभ्यास गर्नुपर्ने, र सिद्धान्तहरू अनुसार काम गर्नुपर्ने थियो, त्यसकारण मैले उनीहरूको कर्तव्यप्रतिको मनोवृत्ति र यस्तो तरिकाले तिनीहरूले कर्तव्य पूरा गर्नुको सार र परिणामहरूको खुलासा गरेँ। पछि एक जना सिस्टरले मलाई सुरुमा आफूले काँटछाँट स्वीकार्न नसके पनि, र म अत्यन्तै कठोर बने जस्तो लागे पनि, परमेश्‍वरका वचन अनुसार आत्मचिन्तन गर्दा आफ्ना समस्याहरू बारे केही बुझाइ प्राप्त गरेकी, र सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्नुको महत्त्व पनि बुझेको कुरा बताइन्। उनले काँटछाँटको यो अनुभवबाट आफूले केही कुरा सिकेकी बताइन्। यी तथ्यहरूले मलाई के देखाएका छन् भने सत्यता पछ्याउनेहरूका लागि, काँटछाँटमा पर्नुले उनीहरूलाई आफ्ना समस्याहरू पहिचान गर्न, आफ्नो कर्तव्य अझै ध्यान दिएर पूरा गर्न, र आफ्नो काममा हुने विचननहरूको सङ्ख्या कम गर्न मद्दत गर्न सक्छ। मैले के महसुस गरेँ भने परमेश्‍वरको वचन र सत्यता अनुसार काम र व्यवहार गरेमा मात्रै व्यक्ति सामान्य मानवतामा जिउन सक्छ, र यो अरूका लागि, आफ्नै लागि, र मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। परमेश्‍वरका वचनहरू मात्रै काम गर्ने र आफ्नो व्यवहार प्रस्तुत गर्ने सिद्धान्तहरू हुन्!

अघिल्लो:  ६५. ढाँट्ने समस्या समाधानको उपाय खोज्दा

अर्को:  ६७. मलाई क्यान्सर भएको पत्ता लागेपछि

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger