७६. कर्तव्य पुन:तोकिएपछिको आत्म-चिन्तन

सेप्टेम्बर २०२० मा, म भजन अडियो पोस्ट-प्रोडक्सन कार्यको समन्वय गर्ने जिम्मेवारीमा थिएँ। मैले टोलीका साना-ठूला सबै कुराहरूको रेखदेख गर्थेंँ, र टोली अगुवाले विभिन्न विषयहरूमा मसँग परामर्श गर्नुहुन्थ्यो। ब्रदर-सिस्टरहरू पनि आफ्ना अवस्था र कठिनाइहरू मसँग छलफल गर्न उत्सुक थिए। टोली अगुवाले भन्नुभयो, “वर्षौंदेखि, हाम्रो टोलीमा धेरै संयोजकहरू आए र गए, तर तपाईं यहाँ सबैभन्दा लामो समय सेवा गर्ने व्यक्ति हुनुहुन्छ। तपाईंले कामका सबै पक्षहरू स्पष्टसँग मिलाउन सक्नुहुन्छ, र समन्वय गर्न निकै सक्षम हुनुहुन्छ।” कहिलेकाहीँ, मैले ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्दा, म उनीहरूमध्ये कतिपयले भनेको सुन्थेंँ, “तपाईंसँग सङ्गति गर्दा मेरो मन धेरै नै स्पष्ट हुन्छ।” जब-जब म यस्ता कुराहरू सुन्थेंँ, म धेरै सन्तुष्ट महसुस गर्थेंँ। म यो कर्तव्यका लागि सबैभन्दा उपयुक्त व्यक्ति हुँ, र यसले मेरो अस्तित्वको मूल्यलाई उत्तम तवरले मूर्तरूप दिएको छ भन्‍ने मलाई लाग्थ्यो। त्यसैले, म यो कर्तव्यलाई धेरै माया गर्थेंँ।

अप्रत्याशित रूपमा, जनवरी २०२३ मा, कामको आवश्यकताका कारण, मलाई गीत रेकर्डिङ टोलीमा सरुवा गरियो। मैले चार वर्षभन्दा बढी समयदेखि कुनै गीत रेकर्ड गरेकी थिइनँ, त्यसैले मैले केही सीप र प्रविधिहरू सुरुदेखि नै सिक्नुपर्‍यो। म टोलीको सबैभन्दा कम दक्ष व्यक्ति भएँ। पहिले, संयोजक हुँदा, अरू टोली सदस्यहरू मकहाँ विभिन्न विषयहरूमा सल्लाह लिन आउँथे। अहिले, मैले सबै कुरा अरूलाई सोध्नुपर्थ्यो। टोलीको कुनै पनि व्यक्ति आएर मलाई मेरो काममा मार्गदर्शन गर्न र मेरा कमीकमजोरीहरू औँल्याउन सक्थ्यो, जसले मलाई धेरै असहज महसुस गरायो। मैले सोचेंँ, “पहिले म अरूलाई कामको प्रबन्ध गर्ने व्यक्ति थिएँ। तर अब, जो कोहीले पनि मलाई निर्देशन दिन सक्छ। म आफ्नो अनुहार कहाँ लुकाऊँ? ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्लान्? त्यसो होइन। मैले लगनशीलताका साथ गायन अभ्यास गर्नुपर्छ र जतिसक्दो चाँडो आफ्ना सीप सुधार्ने प्रयास गर्नुपर्छ, ताकि अरूले निरन्तर मेरा समस्याहरू नऔँल्याउन्।” मेरो प्रयासका बाबजुद, मेरो गाउने तरिकामा अझै धेरै समस्याहरू थिए। समूह-गायन भिडियो छायाङ्कनको समयमा पनि त्यस्तै भयो। मैले लामो समयदेखि छायाङ्कनमा भाग नलिएकीले, मेरो अभिव्यक्ति अप्राकृतिक देखियो। मैले कडा अभ्यास गरे तापनि, म केवल अन्तिम पङ्क्तिमा पृष्ठभूमिको हिस्साका रूपमा मात्र उभिन पाएँ, मलाई पूरा गीतभरि कुनै दृश्यले बिरलै कैद गरेको थियो। यसले मलाई झनै दुःखी बनायो। मैले सोचेंँ, “म राम्रोसँग गाउन सक्दिनँ; म राम्रोसँग अभिनय गर्न सक्दिनँ। म हरेक पक्षमा सबैभन्दा कमजोर छु। मैले जतिसुकै कडा प्रयास गरे पनि, म अरूलाई भेट्टाउन सक्दिनँ। के मेरो नियति सधैँभरि पृष्ठभूमिमै रहने हो? त्यसोभए यो कर्तव्य पूरा गर्नुको के अर्थ छ त? मैले अरूको सामना कसरी गरूँला?” मेरो विगतको “गौरव” र वर्तमान “पतन” को तुलना गर्दै, म पीडाले रोएँँ। यो परिस्थितिले मलाई निकै कष्टयुक्त र दबित महसुस गरायो। मैले सबै जाँगर गुमाएँँ र टोली छोड्ने समेत विचार गरेँ। ममा आफूले संयोजकका रूपमा काम गरेका दिनहरूको याद बढ्न थाल्यो, र सधैँ एकदिन त्यो भूमिकामा फर्कने कल्पना गरिरहेँ। यसो गर्दा, म यति धेरै पीडामा हुने थिइनँ। त्यसपछि म सजिलैसँग आफ्नो कर्तव्य पूरा गर्न सक्थेँ, अरूको काम शानले मिलाउन सक्थेँ, र ब्रदर-सिस्टरहरूबाट उच्च सम्मानको आनन्द लिईरहन पाउँथेँ। मेरो अवस्था ठीक छैन भन्‍ने मलाई थाहा भयो। पीडामा, म प्रार्थना गर्न परमेश्‍वरको सामु आएँँ, मलाई यो अवस्थाबाट बाहिर निक्लिन अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ।

मेरो भक्तिको समयमा, मै निरन्तर मनन गरिरहेँ: नयाँ कर्तव्यमा सीपहरूप्रति अनभिज्ञ हुनु सामान्य कुरा हो। ब्रदर-सिस्टरहरूले पनि मलाई चिन्ता नलिन प्रोत्साहन दिँदै मसँग सङ्गति गरे, र अभ्यास गर्दै जाँदा, समयसँगै म सुधारिनेछु भने। तर किन अरूलाई सामान्य लाग्ने कुरा मलाई प्रायः नकारात्मक लाग्थ्यो र भाग्न समेत मन लाग्थ्यो? मैले परमेश्‍वरका यी वचनहरू पढेंँ: “कुनै व्यक्तिले आफूलाई सिद्ध, वा विख्यात, कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग्ग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्‍ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्‍न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्‍नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्‍न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूले सच्चाइदिँदा त्यो स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र तँ लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेंँ र मनन गरेँ। आफ्नो स्वभाव अत्यन्तै अहङ्कारी रहेको मैले थाहा पाएँ। विगत दुई वर्षमा, मैले आफ्नो समन्वयको कर्तव्यमा केही अनुभव हासिल गरेकी थिएँ र केही परिणामहरू प्राप्त गरेकी थिएँ। यसले मलाई म चलाख र आफ्नो काममा दक्ष, जुनसुकै समूहमा सधैँ अगुवा भनेर सोच्ने बनायो। म मैले अरूका लागि कामको प्रबन्ध गर्ने हो, अरूले मलाई काम दिने होइन भन्‍ने विश्‍वास गर्थेँ। मलाई नयाँ सीपहरू सिक्नुपर्ने कर्तव्यमा सरुवा गरिएपछि पनि, मलाई मैले अरू सबैभन्दा छिटो सिक्नुपर्छ भन्‍ने लाग्यो। अरू टोली सदस्यहरूले आफ्नो गायनमा सङ्घर्ष गरेका थिए र बिस्तारै सबैसँग आफ्नो आवाज मिलाउन महिनौँ वा सोभन्दा लामो समय तालिम लिएका थिए। तर, मैले केही हप्ताभित्रै उनीहरूलाई भेट्टाउने अपेक्षा राखेँ। यो अपेक्षा पूरा गर्न नसकेपछि, म दुःखी र नकारात्मक भएँ। छायाङ्कनको समयमा, जब मैले अरू ब्रदर-सिस्टरहरूलाई मेरोभन्दा राम्रो अभिव्यक्ति र अवस्थामा देखेंँ, मलाई असहज समेत महसुस भयो। जब मलाई धेरै दृश्यहरूमा देखाइएन, म नकारात्मक भएँ र आफ्नो गायन कर्तव्य छोड्ने समेत विचार गरेँ। अरूलाई सामान्य लाग्ने वातावरणमा म अगाडि बढ्न सकिनँ। एउटा सानो बाधा वा कठिनाइले पनि मलाई आफ्नो जिम्मेवारी पन्छाउन र कर्तव्य त्याग्न मन लाग्ने बनाउँथ्यो। म साँच्चै अहङ्कारी र विवेकहीन रहेछु! जब ब्रदर-सिस्टरहरूले मार्गदर्शन र मद्दत गर्थे, म त्यसलाई सही रूपमा लिन सक्दिनथेंँ, यसले आफ्नो स्वाभिमानमा चोट पुर्‍याएको महसुस समेत गर्थेंँ। मैले मेरो पीडा र नकारात्मकता आफूले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरेकोले होइन कि, बरु आफू समूहमा सबैभन्दा कमजोर भएकी र ब्रदर-सिस्टरहरूको प्रशंसा र तारिफ पाउन नसकेकी हुनाले रहेछ भन्‍ने बुझेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेंँ: “मानिसहरूलाई उसको आदर गर्न लगाउनुको उसको मनसाय के हो? (यस्ता मानिसहरूका मनमा उसले हैसियत पाउन।) जब कसैका मनमा तैँले हैसियत पाउँछस्, तब ऊ तेरो सङ्गतमा हुँदा, उसले तेरो श्रद्धा गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तेरो मान गर्छ, उसले सधैँ सबै कुरामा तँलाई प्राथमिकता दिन्छ, ऊ तेरोसामु झुक्छ, अनि उसले तेरो चापलुसी गर्छ र आज्ञा मान्छ। सबै कुरामा, तिनीहरू तँलाई खोज्छन् र तँलाई निर्णयहरू गर्न दिन्छन्। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू जो कोहीभन्दा बलियो र राम्रो लाग्छ। यो अनुभूति सबैलाई मन पर्छ। यो कसैको हृदयमा हैसियत हुनुको अनुभूति हो; मानिसहरू यसमा लिप्त हुन चाहन्छन्। यही कारण मानिसहरु हैसियतका लागि होड गर्छन्, र सबैले अरूका हृदयमा हैसियत पाउन, अरूबाट सम्मान र आराधना प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरू तेरो समान स्तरमा रहने छन्, तँलाई आफू समान व्यवहार गर्ने छन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तिनीहरू तँप्रति शिष्ट हुने छैनन् वा तेरो सम्मान गर्ने छैनन्, र तैँले बोलीसक्नुअघि नै त्यहाँबाट हिँड्लान्। के तँलाई अप्ठ्यारो लाग्नेछ? मानिसहरूले यस्तो व्यवहार गर्दा तँलाई मन पर्दैन; तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक क्षण तेरो आराधना गरेको तँलाई मन पर्छ। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो राजाजस्तै शासन गर्ने, शक्ति प्राप्त गर्ने चाहना होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, खोसाखोस र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन र आराधना गर्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूको प्रशंसा, र त्यो पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरू पढेपछि, म गहिरो रूपमा प्रभावित भएँ र तुरुन्तै बुझेंँ कि मेरो अघिल्लो समन्वयको कर्तव्य छोड्न नचाहनुको कारण मानिसहरूले मलाई उच्च ठानून् भन्‍ने मेरो गहिरो इच्छा र पदवीका फाइदाहरूको लागि मेरो लालसा रहेछ। अघिल्लो टोलीमा बिताएको समयलाई फर्केर हेर्दा, जब मैले सबै कुरा राम्ररी मिलाउँथेँ, मैले सबैको प्रशंसा पाउँथेँ। थप रूपमा, भाइ-बहिनीहरूले मेरा विचारहरूको आदर गर्थे, टोली अगुवाले सबै कुराहरूमा मसँग छलफल गर्नुहुन्थ्यो, र सबैले मसँग धेरै नम्रतापूर्वक कुरा गर्थे। त्यस्तो वातावरणमा, म महत्त्वपूर्ण छु भन्‍ने मलाई दृढतापूर्वक महसुस हुन्थ्यो, सबैबाट ध्यान र प्रशंसा पाउँथेँ। मैले त्यो भावनाको धेरै आनन्द उठाएँ। गायनको कर्तव्य सुरु गरेपछि, मैले विभिन्न पक्षहरूमा अरू टोली सदस्यहरूको बराबरीमा पुग्न सकिनँ। कसैले पनि मेरा विचारहरू सोध्ने वा कामको मामिलामा मसँग परामर्श गर्ने गरेनन्, र बरु, सबैले बारम्बार मलाई सुझाव दिन्थे, त्यसैले म यो वातावरणबाट भाग्न चाहन्थेंँ। आफ्नो सीपको स्तर सुधार्न, म बिहान सबेरै उठ्थेँ र राति अबेरसम्म गीत गाउने अभ्यास गर्थेंँ, अरूभन्दा बढी प्रयास गर्दै, एक दिन मैले अरूको प्रशंसा र तारिफ फेरि प्राप्त गर्नेछु भन्‍ने आशा राख्दै। यदि म सबैभन्दा उत्कृष्ट हुन नसके पनि, कम्तिमा, म अहिले जस्तो कुनै पनि पक्षमा बेवास्ता गरिने थिइनँ। मलाई राम्ररी थाहा थियो कि मेरो गायन सुधार्नु एक क्रमिक प्रक्रिया हो, तर म अझै पनि छिटो परिणामको लागि उत्सुक थिएँ। केही समय प्रयास गरेपछि पनि उल्लेखनीय प्रगति नदेख्दा, म नकारात्मक भएँ र सबै उत्साह गुमाएँ। अब मैले बुझेंँ कि मेरो इच्छा केवल गीतहरू राम्रोसँग प्रस्तुत गर्ने मात्र थिएन बरु आफ्नो सीपको स्तर छिट्टै सुधार्ने थियो, ताकि म उपेक्षित र बेवास्ता गरिएको वर्तमान अवस्थाबाट उम्कन सकूँ, र समूहमा मूल्यवान् व्यक्ति बन्न सकूँ। परमेश्‍वरका वचनहरूले प्रकट गरेका कुराहरूसँग मैले आफ्ना विभिन्न प्रकटीकरणहरूलाई तुलना गरेंँ, र मैले बुझेंँ कि म अरूद्वारा निर्देशित हुन अनिच्छुक थिएँ, बेवास्ता गरिन अनिच्छुक थिएँ, र सधैँ समूहमा अन्तिम निर्णय गर्ने र निर्देशन दिने अधिकार लिन चाहन्थेंँ। म समर्थित हुन र उच्च रूपमा हेरिन खोज्थेंँ, सबैको हृदयमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्थेंँ। के यो ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु थिएन र? मलाई धेरै डर लाग्यो र हतारहतार परमेश्‍वरको सामु प्रार्थना गर्न आएँ, “हे परमेश्‍वर, म आजकाल हठी र विद्रोही भएकी छु। केवल भाइ-बहिनीहरूको प्रशंसा र ध्यान नपाएकोले, मैले आफ्नो जिम्मेवारी पन्छाएर कर्तव्य त्याग्न चाहेंँ, र तपाईंको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन सकिनँ। अब मैले बुझेंँ कि म हिँडिरहेको मार्ग गलत छ। म पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई आफ्नो बारेमा गहिरो समझ पाउन मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेंँ: “ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसहरूमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्‍ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्‍ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्‍वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्‍च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छआफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेंँ कि ख्रीष्टविरोधीहरूले जेसुकै गरे पनि सधैँ आफ्नो प्रतिष्ठा र पदवीलाई प्राथमिकता दिन्छन्। उनीहरू प्रतिष्ठा र पदवीलाई आफ्नो जीवनभरको लक्ष्य मान्छन्। के मेरो खोजी ख्रीष्टविरोधीहरूको जस्तो थिएन र? फर्केर हेर्दा, म सानो छँदादेखि नै, मेरा आमाबुबा र शिक्षकहरूले मलाई सिकाउनुभएको थियो कि जीवन महत्वाकांक्षाका साथ जिउनुपर्छ, कुनै पनि समूहमा, मैले सबैभन्दा राम्रो बन्न र अरूले पछ्याउने उदाहरण बन्न प्रयास गर्नुपर्छ, र यसरी मात्र मेरो जीवनको मूल्य हुन्छ। मलाई याद छ, सानो छँदा, विभिन्न प्रतियोगिताहरूमा भाग लिनुअघि, मैले पहिले आफ्नो जित्ने सम्भावनाको मूल्याङ्कन गर्थेंँ। यदि म जित्नेमा विश्‍वस्त छु भने, म भाग लिन्थेंँ; यदि मेरो सम्भावना कम छ भने, म इज्जत गुमाउनुभन्दा त बरु भाग नै नलिने सोच्थेंँ। मेरो दिमागमा, “सहभागिता नै महत्त्वपूर्ण कुरा हो” भन्‍ने कुनै अवधारणा थिएन, केवल “जित्नु नै सबैथोक हो” भन्‍ने थियो। यो दृष्टिकोण परमेश्‍वरको घरमा मेरा कर्तव्यहरूमा पनि सरेको थियो। म सधैँ आफू सिपालु भएको कर्तव्यहरू गर्न चाहन्थेंँ, किनकि यसले मेरो कार्य क्षमता देखाउँथ्यो र अरूको स्वीकृति दिलाउँथ्यो। म आफू राम्रो नभएको कामहरू लिन अनिच्छुक थिएँ, भाइ-बहिनीहरूले मेरो अज्ञानी र अनाडी पक्ष नदेखून् भन्‍ने चाहन्थेंँ। मैले देखेंँ कि मेरो हरेक प्रकाश र कार्य प्रतिष्ठा र पदवीको वरिपरि घुमेको थियो। मैले जे प्रकट गरेँ त्यो ठ्याक्कै ख्रीष्टविरोधीहरूको स्वभाव थियो। जब मसँग प्रतिष्ठा र पदवी हुन्थ्यो, म आफ्नो काममा ऊर्जावान् महसुस गर्थेंँ, र कर्तव्यलाई मूल्यवान् र अर्थपूर्ण पाउँथेँ। जब मैले त्यो प्रतिष्ठा र पदवी गुमाएँ, त्यसैगरी मैले आफ्नो कर्तव्य गर्ने इच्छा पनि गुमाएँ। आफ्नो प्रतिष्ठा र पदवीको लागि विचार र योजना बनाउनु मेरो लागि हरेक दिन खाने र सुत्ने जस्तै स्वाभाविक थियो। “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” जस्ता शैतानी दर्शनहरू मेरो हृदयमा गहिरोसँग गाडिएका थिए, र मैले आफूलाई कसरी सञ्चालन गर्ने भन्‍ने लक्ष्य र मापदण्ड बनेका थिए। यदि मैले पश्चात्ताप गरिनँ र परिवर्तन भइनँ भने, ढिलो चाँडो, प्रतिष्ठा र पदवीको खोजीमा ख्रीष्टविरोधीहरूको मार्ग पछ्याएकोले म परमेश्‍वरद्वारा प्रकट गरिने र हटाइने थिएँ।

एउटा भेलामा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सुनेंँ, जसले मलाई अभ्यासको स्पष्ट मार्ग दियो, र मानवताको लागि परमेश्‍वरका आवश्यकताहरूको समझ दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “अनि, तैँले परमेश्‍वरको घरमा यसको एक सदस्यको रूपमा शान्तिपूर्ण तरिकाले रहन चाहेकोले, सबभन्दा पहिले सृष्टि गरिएको असल प्राणी कसरी बन्‍ने र आफ्‍नो स्थानअनुसार कर्तव्य कसरी पूरा गर्ने भनेर सिक्‍नुपर्छ। त्यसपछि, परमेश्‍वरको घरमा तँ आफ्‍नो नामअनुसारको सृष्टि गरिएको प्राणीको रूपमा रहनेछस्। सृष्टि गरिएको प्राणी नै तेरो बाहिरी पहिचान र पदवीनाम हुनेछ, र त्यो निश्‍चित प्रकटीकरण र सारको साथमा देखा पर्नेछ। अनि, यो कुरा पदवीनाम हुनुमा मात्रै सीमित रहँदैन; तँ सृष्टि गरिएको एक प्राणी भएकोले, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पनि पूरा गर्नुपर्छ। तँ सृष्टि गरिएको प्राणी भएकोले, तैँले त्यस्ता जिम्‍मेवारीहरू पूरा गर्नैपर्छ। अनि, सृष्टि गरिएको प्राणीका कर्तव्य र जिम्‍मेवारीहरूचाहिँ के-के हुन् त? सृष्टि गरिएको प्राणीका कर्तव्य, दायित्व, र जिम्‍मेवारीहरू परमेश्‍वरको वचनले स्पष्ट रूपमै अघि सारेको छ, होइन र? आजदेखि, तँ परमेश्‍वरको घरको सच्चा सदस्य होस्, अर्थात् तैँले आफूलाई परमेश्‍वरको सृष्टि गरिएको एक प्राणीको रूपमा स्विकार्छस्। परिणामस्वरूप, आजदेखि तैँले आफ्‍ना जीवन योजनाहरूबारे पुनर्विचार गर्नुपर्छ। तैँले यसभन्दा पहिले आफ्‍नो जीवनको लागि तय गरेका आदर्श, इच्छा, र उद्देश्यहरू अबदेखि पछ्याउनु हुँदैन, बरु तिनलाई त्याग्‍नुपर्छ। यसको सट्टा, सृष्टि गरिएको प्राणीमा हुनुपर्ने जीवन उद्देश्य र दिशाबारे योजना बनाउनको लागि तैँले आफ्‍नो पहिचान र दृष्टिकोण बदल्‍नुपर्छ। सर्वप्रथम त, तेरो उद्देश्य र दिशा अगुवा बन्‍ने, वा कुनै पनि उद्यम-क्षेत्रको अगुवा बन्‍ने वा त्यसमा सफल बन्‍ने, वा निश्‍चित काम पूरा गर्ने चर्चित व्यक्ति वा कुनै खास सीपमा पोख्त व्यक्ति बन्‍ने हुनु हुँदैन। तेरो उद्देश्य त परमेश्‍वरबाट आफ्‍नो कर्तव्य ग्रहण गर्ने हुनुपर्छ, अर्थात् अहिले यो क्षणमा तैँले के काम गरिरहेको हुनुपर्ने हो त्यो थाहा पाउने र तैँले कुन कर्तव्य निर्वाह गर्नुपर्ने हो त्यो बुझ्‍ने हुनुपर्छ। परमेश्‍वरले तँलाई के गर्न लगाउनुहुन्छ र उहाँको घरमा तेरो लागि कुन कर्तव्य मिलाइएको छ त्यो कुरा तैँले सोध्‍नुपर्छ। तैँले त्यो कर्तव्यको सन्दर्भमा बुझ्‍नुपर्ने, जान्‍नुपर्ने र पालना गर्नुपर्ने सिद्धान्तहरूबारे बुझ्‍नुपर्छ र स्पष्टता हासिल गर्नुपर्छ। यदि तैँले ती सिद्धान्तहरू याद गर्न सक्दैनस् भने, कागजमा लेख् वा कम्प्युटरमा रेकर्ड गर्। ती सिद्धान्तहरू पुनरावलोकन र मनन गर्ने समय निकाल्। सृष्टि गरिएका प्राणीहरूको सदस्यको रूपमा, तेरो जीवनको प्राथमिक उद्देश्य भनेको योग्य सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नु र सृष्टि गरिएको योग्य प्राणी बन्‍नु हो। तँमा हुनुपर्ने सबैभन्दा आधारभूत जीवन उद्देश्य यही हो। दोस्रो र अझै निश्‍चित कुरा भनेको सृष्टि गरिएको प्राणीको रूपमा कसरी आफ्‍नो कर्तव्य पूरा गर्ने र सृष्टि गरिएको योग्य प्राणी बन्‍ने भन्‍ने हो। अनि अवश्य नै, तैँले तेरो प्रतिष्ठा, हैसियत, अभिमान, भविष्य, र आदि इत्यादि कुरासम्‍बन्धी कुनै पनि उद्देश्य वा दिशा त्याग्‍नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरले हरेक सृजित प्राणीले आ-आफ्नो स्थानअनुसार आफ्नो कर्तव्य पूरा गरोस् भन्‍ने चाहनुहुन्छ र उनीहरूको वर्तमान काम र कर्तव्य के हो भन्‍ने थाहा पाओस् भन्‍ने चाहनुहुन्छ। आफ्नो प्रतिष्ठा, पदवी, वा भविष्यसँग सम्बन्धित कुनै पनि लक्ष्यहरू त्यागिनुपर्छ। मेरो वर्तमान कर्तव्य गायन हो। मैले गर्नुपर्ने कुरा गायन सीप र प्रविधिहरूको अध्ययनमा बढी ध्यान केन्द्रित गर्नु हो, र सकेसम्म चाँडो आफ्नो गायन सुधार्न प्रयास गर्नु हो। मैले संयोजकको रूपमा मेरो अघिल्लो भूमिकाको महिमामा टाँसिरहनु हुँदैन, न त गायन अभ्यास गर्दा मेरो प्रतिष्ठा र पदवी कसरी प्रभावित हुन्छ भन्‍ने चिन्तामा डुबिरहनु हुँदैन। यी कर्तव्यहरू पूरा गर्दा व्यवहारिक हुनुका प्रकटीकरणहरू होइनन्। यो बुझेपछि, मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न सक्दो प्रयास गरेंँ, गायन अभ्यास गर्ने प्रक्रियामा आफ्नो भ्रष्ट स्वभाव र भ्रामक दृष्टिकोणहरूलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गर्दै। जबजब म आफ्नो अनुहार र पदवीको बारेमा चिन्तित हुन्थेंँ र खुलेर गाउन हिचकिचाउँथेँ, म चुपचाप परमेश्‍वरलाई प्रार्थना गर्थेंँ, उहाँलाई मेरो घमण्ड र पदवी त्याग्न मद्दत र मार्गदर्शन गर्न अनुरोध गर्दै। यद्यपि कहिलेकाहीँ राम्रोसँग गाउन नसक्दा म अझै पनि निराश र दुःखी हुन्थेंँ, तर परमेश्‍वरका वचनहरू खाएर र पिएर, म स्पष्ट रूपमा सचेत हुन सकेंँ कि मेरो खोजीको दृष्टिकोण गलत थियो। परमेश्‍वरले मानिसहरूलाई कुनै पनि उद्योगमा अगुवा वा उत्कृष्ट व्यक्ति बनून् भन्‍ने माग गर्नुहुन्न, बरु मानिसहरूलाई आफ्नो कर्तव्य र जिम्मेवारीहरूलाई कायम राखून् भन्नुहुन्छ। यो बुझेपछि, मैले तुरुन्तै आफ्ना नकारात्मक भावनाहरूलाई समायोजन गरेंँ, र मेरो गायनमा कम बाधा महसुस गर्न थालेंँ। केही समयपछि, हाम्रो निरीक्षकले भन्नुभयो कि मैले गायनमा केही प्रगति गरेकी छु र मलाई रेकर्डिङमा सामेल हुन अनुमति दिनुभयो। मेरो सीपमा यो सानो सुधार देखेर, म धेरै खुसी भएँ। र मैले महसुस गरेंँ कि सीपमा भएको प्रगति व्यक्तिगत जीवन प्रवेशसँग नजिकबाट जोडिएको छ। जब म आफ्नो प्रतिष्ठा र पदवीमा केन्द्रित थिएँ, म सबै कुरामा बाँधिएको र नियन्त्रित महसुस गर्थेंँ, र आफ्नो कर्तव्यमा परमेश्‍वरको मार्गदर्शन महसुस गर्न सकिनँ। तर जब म आफ्नो घमण्ड र पदवीलाई पन्छाएर इमानदारीपूर्वक आफ्नो सीप अभ्यास गर्न इच्छुक भएँ, मैले अनजानमै अभ्यासका केही मार्गहरू पत्ता लगाएँ।

यो अनुभवबाट, मैले साँच्चै महसुस गरेंँ कि सत्यताको सट्टा प्रतिष्ठा र पदवी पछ्याउँदा मलाई आफ्नो कर्तव्य राम्रोसँग गर्न मद्दत गरेन। बरु, यसले मण्डलीको काममा असर पारेको थियो। मैले यो पनि महसुस गरेंँ कि मेरो कर्तव्यमा भएको यो पुनःतोकाइ मेरो लागि परमेश्‍वरको ठूलो सुरक्षा थियो। यसले मलाई मेरो भ्रष्टता र कमीकमजोरीहरू देख्न, आफ्नो उचित स्थान पाउन, समर्पित हुन, र शान्त मनले आफ्नो कर्तव्य पूरा गर्न अनुमति दियो। मलाई बचाउनु भएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ७५. मैले खपेको यातना

अर्को:  ७७. के कुराहरू सोचेजस्तो नहुनु भनेको भाग्य खराब हुनु हो?

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger