९७. म किन आफ्नो कर्तव्यमा जिम्मेवारी बहन गर्न डराउँछु?

म पहिले हाम्रो मण्डलीको मलजल कामको प्रभारी थिएँ। एक दिन, हाम्रो अगुवा मकहाँ आए र मलाई फिल्म निर्माणको कामको प्रभारी बनाउने तयारी गर्दै गरेको बताए। म छक्क परेँ: एक वर्षअघि म फिल्म निर्माणको कामको जिम्मेवार थिएँ, तर चाँडै नतिजा ल्याउने मेरो उत्साहले बाधा सिर्जना गरेको थियो, र अन्तमा मलाई बर्खास्त गरिएको थियो। अहिले मलाई यो कामको प्रभारी बनाए भने, के मैले साँच्चै सम्हाल्न सकूँला? फिल्म निर्माणको प्रभारी बन्नु भनेको यो काम गर्न सक्नु मात्र थिएन—यसमा सबै सम्बन्धित कुराहरूको ज्ञान चाहिन्थ्यो। मेरो विज्ञतामा धेरै कमी थियो; मेरो दक्षता र क्षमता औसत मात्र थियो। यदि म गएर यो काम गरेँ तर नतिजा ल्याउन सकिनँ भने, के गर्ने होला? मलाई थाहा थियो, म यो कर्तव्य स्वीकार गर्न सक्दिनँ। मैले अगुवालाई किन र कसरी पहिले म यस्तै कर्तव्यबाट बर्खास्त भएकी थिएँ भन्‍नेबारे बताएँ, र मेरो क्षमता र कार्यदक्षता त्यति राम्रो छैन भनेर जोड दिएँ। मैले यो जिम्मेवारी लिन नचाहेको आशय व्यक्त गरेँ। मेरो कुरा सुनेर उनले यो पदका लागि अरू कसैबारे विचार गर्लान् भन्‍ने मलाई लागेको थियो। तर अगुवाले मैले नसोचेको कुरा गरे: उनले मसँग सङ्गति गरे, मलाई अघिल्लो असफलताबाट सिकेका पाठ समीक्षा गर्न भने, र परमेश्‍वरमा भरोसा गरेर यो कर्तव्य राम्रोसँग निर्वाह गर्न सुझाए। म दोधारमा परेँ। मलाई थाहा थियो परमेश्‍वरको अनुमतिले मलाई यो कर्तव्य दिइएको छ; मैले यसलाई स्विकारेर समर्पण गर्नुपर्छ। तर म भने यदि मैले स्वीकार गरेँ र राम्रो गर्न सकिनँ भने, म खुलासा भई बर्खास्त हुनेछु भनेर डराएँ। यसबारे केही विचार गरेपछि, मैले हिम्मत गरेर कर्तव्य स्वीकार गर्ने निर्णय गरेँ। तर फिल्म निर्माणको कामको प्रभारी बन्नुपर्ने सोचले मलाई डर लाग्यो। मभन्दा पहिले प्रभारी रहेकी सिस्टर दक्षता र क्षमतामा मभन्दा कम थिइनन्—उनले त राम्रो गर्न सकिनन् भने, म झन् कसरी सक्थेँ र? मैले आफूले अहिले गरिरहेको मलजलको कामबारे विचार गरेँ: यो खासै गाह्रो थिएन, र मैले पाइरहेका नतिजाहरू पनि ठिकै थिए। त्यही कर्तव्य निर्वाह गरिरहनु धेरै कम जोखिमपूर्ण हुन्थ्यो। फिल्म निर्माणको काम गर्नु धेरै फरक कुरा थियो: यो मेरा लागि निक्कै कठिन थियो, र पहिले यो काम गरेका बेला मैले केही अपराधहरू गरिसकेकी थिएँ। यदि मैले यो पटक राम्रो गर्न सकिनँ र कुनै बाधा वा अवरोध पुर्‍याएँ भने, मलाई हटाइएला कि भनेर म डराएँ। म दोधारमा परेँ। म जति यसबारे सोच्थेँ, त्यति नै दबिएको महसुस गर्थेँ। म यो काम गर्न सहमत भएकी भए पनि, मलजलको काम अझैसम्म कसैलाई हस्तान्तरण नगरिएको बहाना बनाउँदै मैले ढिलाइ गरिरहेँ। मलाई थाहा थियो, यो स्थिति ठिक होइन, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, म आफूलाई बुझ्न मार्गदर्शन र यो स्थिति बदल्न मद्दत गर्नुहोस् भनेँ।

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो, र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्य नै त्यो विश्वास थियो, जसले उसका कार्यलाई टेवा दिन्थ्यो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। … उसले त समर्पण गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। नोआको परमेश्‍वरको आज्ञाप्रतिको मनोवृत्तिले मलाई छोयो। जब नोआलाई परमेश्‍वरले कार्यभार सुम्पनुभयो, उनलाई परमेश्‍वरको अभिप्राय थाहा थिएन। तर उनले परमेश्‍वरको अनुरोधमा शङ्का, अस्वीकार वा अनुमान गरेनन्, र यो काम नगर्ने बहाना पनि बनाएनन्। उनले सामान्य आज्ञापालन र समर्पण देखाए, र परमेश्‍वरले जे भन्नुभयो, त्यही गरे। उनले आफ्नो व्यक्तिगत फाइदा वा नोक्सानबारे सोचेनन्, बरु परमेश्‍वरको अनुरोध पूरा गर्न सक्दो प्रयास गरे र उहाँको आज्ञा पूरा गरे। मैले मेरो कर्तव्यप्रतिको आफ्नै मनोवृत्तिबारे सोच्दा, मलाई एकदम लाज लाग्यो। जब अगुवाले मलाई फिल्म निर्माणको प्रभारी बनाउने योजना सुनाए, मैले हृदयमा अनुमान गर्न र सावधान हुन सुरु गरेकी थिएँ। मैले सोचेँ फिल्म निर्माणको काम धेरै गाह्रो छ, र सानो लापरबाहीले पनि म खुलासा हुन्छु, त्यसैले म आफ्नो कर्तव्यबाट पन्छिन चाहेँ। पहिले यो कर्तव्य निर्वाह गर्दा, मैले राम्रोसँग गर्न सकेकी थिइनँ—यही नै यस पटक मैले यसलाई कृतज्ञ हृदयले स्वीकार गर्दै, यसलाई निर्वाह गर्दा परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्ने र पहिलेको ऋण चुकाउनुपर्ने एकदमै महत्त्वपूर्ण कारण थियो। तर मैले आफ्नै स्वार्थ मात्र सोचेँ। मैले परमेश्‍वरमाथि शङ्का गरेँ र उहाँ विरुद्ध प्रतिरोधी भएँ, यो कर्तव्य दिएर परमेश्‍वरले मेरो भावी सम्भावना र गन्तव्य खोस्न चाहनुभएको छ भन्‍ने ठानेँ। मैले आफूमा विवेक र समझ नरहेको देखेँ। जब सबै कुरा सामान्य थियो, र जीवनमा कुनै समस्या थिएन, म परमेश्‍वरप्रति समर्पण हुन र उहाँलाई सन्तुष्ट पार्न तयार रहेको भन्दै चिच्याएकी थिएँ। तर जब उहाँले मैले जिम्मेवारी लिनुपर्छ भन्‍ने चाहनुभयो, तब मैले समर्पणको कुनै सङ्केत नदेखाई आफ्नै बारेमा सोच्न थालेकी थिएँ। मैले यसबारे जति सोचेँ, मलाई त्यति नै लाज लाग्यो, र मैले अब कर्तव्यबाट नभाग्ने सङ्कल्प गरेँ। तैपनि, मेरो हृदयमा चिन्ताका बोझहरू थिए जुन पूर्ण रूपमा हटेका थिएनन्, त्यसैले मैले यो समस्या समाधानमा मद्दत गर्ने जवाफ खोज्दै परमेश्‍वरलाई प्रार्थना गरिरहेँ।

एक दिन, भक्तिको समयमा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ जसले मेरो स्थितिबारे बुझाइ प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निभाउनको लागि तिनीहरूका सर्त यस्तो हुन्छः पहिलो, यो साधारण काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने अवस्था हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरूको काम के हुन्छ र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले झन् धेरै जिम्‍मेवारी लिनु पर्दैन र? तैँले सुसमाचार फैलाए पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निभाउने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य पूरा गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्‍नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्‍न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्‍वासघाती हुन्छन्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीताको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्‍न डराउँदैन। त्यो परमेश्‍वरप्रति निष्ठावान्‌ व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्‍वरमा साँचो हृदयले विश्‍वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनद्वारा मेरो हृदय एकदम जागा भयो। पहिले, मलाई जिम्मेवारी स्विकार्ने मेरो अनिच्छा यति गम्भीर समस्या हो भन्‍ने लाग्दैनथ्यो। तर अब, परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले के बुझेँ भने जिम्मेवारी लिन डराउने मानिस सबैभन्दा स्वार्थी र धूर्त खालका हुन्छन्। यस्ता मानिसमा परमेश्‍वरप्रति कुनै इमानदारी हुँदैन, र यदि उनीहरू लामो समयसम्म यही स्थितिमा जिए र परिवर्तित भएनन् भने, अन्तमा परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन्। परमेश्‍वरका वचनहरूको आधारमा आफ्नो कार्य सम्पादन हेर्दा, मैले आफू ठ्याक्कै यस्तै स्वार्थी, घृणास्पद, चिप्ले र छली व्यक्ति रहेको देखेँ। फिल्म निर्माण कामको प्रभारीलाई भर्खरै सरुवा गरिएको, र अर्को कोही आएर तुरुन्तै यो भूमिका लिन जरुरी भएको कुरा मलाई राम्ररी थाहा थियो। म यो काम र कर्मचारीहरूसँग परिचित थिएँ, र यो समयमा यस भूमिकाका लागि सबैभन्दा उपयुक्त व्यक्ति थिएँ। तर आफूलाई जोगाउने चाहनाले, म यो कर्तव्य लिन अनिच्छुक थिएँ। मैले आफ्नो क्षमता कमजोर र आफूमा कार्यदक्षताको कमी रहेको आभास दिलाएँ, तर खासमा म खालि आफ्नो कर्तव्यबाट पन्छिन चाहन्थेँ। यस्तो महत्त्वपूर्ण क्षणमा, मैले भगौडा जस्तो व्यवहार गरेँ र मण्डलीका कामको बिलकुलै रक्षा गरिनँ। म स्वार्थी र घृणित थिएँ, ममा मानवता थिएन। साँच्चिकै राम्रो मानवता भएको व्यक्तिले मण्डलीको काममा कठिन अवस्था देख्दा, सक्रिय रूपमा खडा भएर काम जोगाउन शीघ्र अघि सर्छ। उसले आफ्नो व्यक्तिगत फाइदा र नोक्सान सोच्दैन। उसका आफ्नै कठिनाइ वा कमजोरीहरू भए पनि, ऊ कर्तव्यबाट पछि हट्दैन। उसले परमेश्‍वरमा भरोसा गरेर के गर्ने भन्‍ने सिक्छ, अनुभवबाट अभ्यास गर्छ, र सुधार गर्न सक्दो प्रयास गर्छ। त्यस्ता व्यक्तिमा मात्र विवेक र समझ हुन्छ। यो सबै कुरा विचार गर्दा, मलाई दुःख र आत्मग्लानि भयो। मैले आत्मचिन्तन गरेँ र आफैँलाई सोधेँ: मलाई यो कर्तव्य स्विकार्न केले रोकिरहेको छ?

पछि, मैले परमेश्‍वरका थप वचन पढेँ: “कर्तव्य समायोजित गरिँदा, यदि यो मण्डलीले निर्णय गरेको हो भने, मानिसहरूले त्यो स्विकार्नुपर्छ र पालना गर्नुपर्छ, तिनीहरूले आत्मचिन्तन गर्नैपर्छ, अनि समस्याको सार र आफ्ना कमीकमजोरीहरू बुझ्नैपर्छ। यो मानिसहरूको लागि एकदमै लाभदायी हुन्छ, अनि त्यो अभ्यास गर्नुपर्ने कुरा हो। यस्तो सरल कुरालाई साधारण मानिसहरूले अति धेरै कठिनाइ वा अत्यधिक ठूला बाधाहरू सामना नगरी सही तरिकाले बुझ्न र सम्हाल्न सक्छन्। … आफ्‍नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउन्जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउन्जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्य हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूको हृदयमा वास्तवमा के हुन्छ? अविश्‍वास र शङ्‍का, अनि तिनीहरूले अनेक तरिकाहरू अपनाएर अरूलाई जाँच गर्छन्। तिनीहरूले आफ्‍नो बोलीवचन र व्यावहारद्वारा परिस्थिति जाँच्छन्, र मानिसहरूलाई सत्यता खोल्‍न र इमान्दारीपूर्वक बोल्न लगाउन बेइमान शैलीहरू अपनाउँदै तिनीहरूलाई बाध्य र प्रलोभनमा पार्नेसमेत गर्छन्। … किन तिनीहरू सामान्य कुरालाई यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। … तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनले ख्रीष्टविरोधीहरू अत्यन्त दुष्ट र छली हुन्छन् भनेर खुलासा गर्छन्। उनीहरू साधारण र सीधा कुरालाई पनि असाध्यै जटिल बनाउँछन्। ख्रीष्टविरोधीले कर्तव्यमा पुन:जिम्मेवारी तोक्ने कुरालाई आफ्नो आशिष् र गन्तव्यसँग जोड्छ। ख्रीष्टविरोधीहरू कर्तव्य निर्वाह आफ्नै आशिषका लागि मात्र गर्छन्, र यसलाई अरू कुनैपनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। उनीहरूले सधैँ आफ्नो परिणाम र गन्तव्यको योजना बनाइरहेका हुन्छन्, उनीहरू परमेश्‍वरको अभिप्राय वा मण्डलीका कामको कुनै परवाह गर्दैनन्। मैले आफ्नो व्यवहारबाट जे प्रकट गरेकी थिएँ, त्यो ख्रीष्टविरोधीको स्वभाव थियो। मेरो कर्तव्यमा सामान्य परिवर्तन हुँदा, मैले बारम्बार मनमनै सोचेकी हुन्थेँ: मैले अहिले गरिरहेको मलजलको काममा कठिनाइहरू निकै कम छन्, काम सजिलोसँग चल्छ, मबाट गल्तीहरू थोरै मात्र हुन्छन्, र खुलासा हुने सम्भावना पनि कम छ। यो कर्तव्य गर्नु सुरक्षित थियो, र यसले मैले आशिष् पाउने ग्यारेन्टी दिन्थ्यो। तुलनात्मक रूपमा, फिल्म निर्माणको काम भने निकै गाह्रो थियो, र यसमा धेरै व्यावसायिक सीप र सिद्धान्तको बलियो बुझाइ चाहिन्थ्यो। यदि मैले राम्रो गर्न सकिनँ भने, म खुलासा भई बर्खास्त हुन्थेँ। त्यति मात्र होइन, म पहिले पनि असफल भइसकेकी थिएँ—यस पटक मैले कुनै समस्या उत्पन्न गरेँ र म हटाइएँ भने, आशिष् पाउने कुनै आशा नै रहनेछैन भन्‍ने मलाई डर थियो। मैले के देखेँ भने मैले आफ्नो कर्तव्य निर्वाह आफ्नै लागि आशिष् पाउने आधारमा गरिरहेकी थिएँ; त्यसले मलाई फाइदा गर्ने भएमा म त्यो गर्न तयार हुन्थेँ, तर फाइदा नहुने भएमा, म प्रतिरोध गर्थेँ र स्वीकार गर्न मान्दिनथेँ। म आफ्ना लागि उम्कने बाटो छोडिरहेकी थिएँ, अनि आफूलाई सावधानीपूर्वक आफूलाई जोगाउँदै, आशिष् पाउने आफ्नो लक्ष्य हासिल गर्न कर्तव्यलाई प्रयोग गर्न खोज्दै थिएँ। म धेरै छली र दुष्ट भइरहेकी थिएँ! मैले परमेश्‍वरका वचन सम्झेँ: “सृष्टि गरिएको प्राणीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टिकर्तालाई सन्तुष्ट पार्न सक्‍नु नै मानवजातिमाझको सबैभन्दा सुन्दर कुरा हो, र सबै मानिसहरूले प्रशंसा गर्ने एउटा कथाको रूपमा फैलाउनुपर्ने कुरा हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई सुम्पनुहुने कुनै पनि कुरालाई तिनीहरूले निसर्त स्वीकार गर्नुपर्छ; मानवजातिको लागि, यो खुसी र सौभाग्यको कुरा हो, अनि सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने सबैको लागि, योभन्दा सुन्दर वा सम्झनलायक कुरा अरू केही छैन—यो सकारात्मक कुरा हो। … यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्‍ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायोचित चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरूले यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नु सबैभन्दा सुन्दर र उचित कुरा हो। तर ख्रीष्टविरोधीहरूले यो सुन्दर कुरालाई लेनदेनमा बदल्छन्: उनीहरू परमेश्‍वरमा इमानदारी बिना विश्‍वास गर्छन्, र आफ्ना लागि आशिष् पाउन कर्तव्य निर्वाह गर्छन्। उनीहरूमा एक अविश्‍वासीको सार हुन्छ। मैले सोचेँ, मैले परमेश्‍वरमा कति लामो समयदेखि विश्‍वास गरिरहेकी छु, र परमेश्‍वरका वचनहरू कति खाएकी र पिएकी छु, तर पछ्याइप्रतिको मेरो दृष्टिकोण अलिकति पनि परिवर्तन भएको छैन। कर्तव्यप्रतिको मेरो मनोवृत्ति ख्रीष्टविरोधीको जस्तै थियो। यदि मैले परिवर्तन गरिनँ भने, परमेश्‍वरबाट म तिरस्कृत हुन्थेँ।

आफूलाई बुझ्नका लागि मैले यो कुरामा चिन्तन गरिरहेँ, र परमेश्‍वरका वचनको एउटा खण्ड भेटेँ: “ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर पनि विश्‍वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्‍वरको स्वभाव, पहिचान र सारलाई व्याख्या गर्न शैतानको तर्क र सोच प्रयोग गर्दै, तिनीहरूले परमेश्‍वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्‍ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्‍वरप्रतिका धारणा, विरोध, र विद्रोहले भरिएका समेत हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको प्रेमसम्‍बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्‍नवाचक चिन्‍ह, अर्थात् सन्देह मात्रै हुन्छ र तिनीहरू यसप्रति शङ्‍काले ग्रस्त र अस्वीकार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसो भए, उहाँको पहिचान के हो त? परमेश्‍वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्‍वरको स्वभावबारे तिनीहरूको यस्तो सोच भएको हुँदा, परमेश्‍वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। यो ख्रीष्टविरोधीहरूको सार हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। ख्रीष्टविरोधीहरू परमेश्‍वरको धार्मिकतामा विश्‍वास गर्दैनन् भनेर परमेश्‍वरले खुलासा गर्नुहुन्छ। उनीहरू परमेश्‍वरको घर सत्यताबाट शासित हुन्छ भनी विश्‍वास गर्दैनन्, र उनीहरू परमेश्‍वरका वचन सत्यता हुन् भनेर पनि स्वीकार गर्न मान्दैनन्। ख्रीष्टविरोधीहरू सधैँ परमेश्‍वरको कार्यलाई आफ्नै धारणा र कल्पनाका आधारमा हेर्छन्। उनीहरू परमेश्‍वरको धार्मिकताप्रति शङ्का र इन्कारले भरिएका हुन्छन्, र परमेश्‍वर निष्पक्ष र धार्मिक हुनुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्—यो परमेश्‍वरको बदनामी र निन्दा हो। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई डर लाग्यो। मैले पनि आफूले कसरी ख्रीष्टविरोधी जस्तै व्यवहार गरेकी थिएँ भनेर सोचेँ: मैले कामकुरालाई हेर्ने मेरो दृष्टिकोण परमेश्‍वरका वचनमा आधारित बनाएकी थिइनँ, र परमेश्‍वरको धार्मिकतामा विश्‍वास गरेकी थिइनँ। बरु, मैले जति ठुलो जिम्मेवारी लिन्छु र काम जति गाह्रो हुन्छ, त्यति चाँडै खुलासा हुन्छु भन्‍ने गलत विश्‍वास गरेँ। मैले सोचेँ, यदि मैले काम राम्रोसँग गर्न सकिनँ वा कुनै विचलन देखियो भने, म बर्खास्त भई हटाइनेछु, त्यसैले म सधैँ त्यो जिम्मेवारीबाट लुक्न चाहन्थेँ। म आफ्नो काम गाह्रो वा महत्त्वपूर्ण होस् भन्‍ने चाहन्नथेँ, यसो भए म चाँडै खुलासा हुन्नँ जस्तो लाग्थ्यो। अब, परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने परमेश्‍वर धार्मिक हुनुहुन्छ, र मण्डलीले मानिसको कर्तव्य पुन: तोक्ने काम सिद्धान्तमा आधारित भएर गर्छ। मण्डलीले अस्थायी गल्ती र अपराधका लागि मनपरी ढङ्गले मानिसलाई हटाउँदैन—यसले मानिसको लगातारको कार्यसम्पादन हेर्छ र समग्र निर्णय गर्छ। यदि कोही व्यक्तिको मानवता राम्रो छ र सत्यता पछ्याउँछ भने, उसको काममा केही त्रुटि देखिए पनि वा केही समय राम्रो नतिजा हासिल गर्न नसके पनि, मण्डलीले उसलाई साथ सहयोग दिन्छ। त्यस्तै, यदि कोही क्षमताको कमीले वास्तविक काम गर्न असफल हुन्छ भने, मण्डलीले उसको अवस्था हेरेर उपयुक्त कर्तव्य तोक्छ। र यदि कोही लगातार वास्तविक काम गर्न असफल हुन्छ, वा मण्डलीको काममा बाधा अवरोध पुर्‍याउँछ, र बारम्बार सहायता र सङ्गति पाएर पनि पश्चात्ताप गर्न असफल भइरहन्छ भने, अन्तमा उसलाई बर्खास्त गरिनेछ। अघिल्लो पटक म फिल्म निर्माणको कामको प्रभारी हुँदा, चाँडै नतिजा ल्याउने मेरो चाहनाले कसरी बाधा पुर्‍याएको थियो भन्‍ने कुरा स्मरण गरेँ। त्यो बेला, अरूले मसँग सङ्गति गरेर सहयोग गर्न खोजे, तर मैले आफ्नो तरिका बदलिनँ, र अन्तमा म बर्खास्त भएँ। तैपनि, मण्डलीले मलाई पश्चात्तापको अर्को मौका दियो, र मलाई कर्तव्य निर्वाह गर्न दिइरह्यो। म मेरो वरपरका केही ब्रदर-सिस्टरहरूको काममा प्रायः समस्या र कठिनाइहरू आउने गरेको पनि देख्थेँ—तर उनीहरू सरल र इमानदार थिए, र सत्यता पछ्याए। उनीहरूले समस्या भोग्ने वा गल्ती गर्ने गरे पनि, निरन्तरको समीक्षा र चिन्तनबाट उनीहरूले बिस्तारै सिद्धान्त बुझ्न र आफ्ना कर्तव्य झन्–झन् राम्रोसँग गर्न सके। यसबाट, मैले परमेश्‍वर धार्मिक हुनुहुन्छ, र परमेश्‍वरको घर सत्यताद्वारा शासित हुन्छ भन्‍ने देखेँ। सत्यता पछ्याउने र इमानदारीसाथ प्रयास गर्नेहरूले कहिलेकाहीँ अपराध गर्न सक्छन्। तर जबसम्म उनीहरू पश्चात्ताप गर्न राजी हुन्छन्, परमेश्‍वरका घरले उनीहरूलाई सकेसम्म धेरै मौका दिनेछ। अनि, यदि उनीहरू परिवर्तन हुन सके भने, परमेश्‍वरका घरले उनीहरूलाई निरन्तर अगाडि बढाउने र जगेर्ना गर्नेछ। तर जसले सत्यता स्वीकार गर्दैनन्, सत्यतालाई घृणा गर्छन् र सबै खालका दुष्ट काम गर्छन् र पश्चात्ताप गर्दैनन्—यस्ता मानिसलाई परमेश्‍वरको घरबाट निकालिनेछ। मण्डलीले मलाई फिल्म निर्माणको कामको प्रभारी बनायो, र यसो गरेर मलाई अभ्यास गर्ने र मेरो कमजोरी परिपूर्ति गर्ने मौका दियो। म यस कुराप्रति कृतज्ञ नभएकी मात्र होइन, मैले यो निर्णयलाई गलत बुझेँ र यस विरुद्ध आफूलाई प्रतिरोधी समेत बनाएँ, सोचेँ, परमेश्‍वरको घर पनि समाज जस्तै अन्यायी र अधार्मिक छ। के यो एक प्रकारले परमेश्‍वरको निन्दा थिएन र? यो बुझेपछि, मेरा आँखाबाट आँसु खस्न थाले। मैले आफ्नो विद्रोहीपन, अनि विवेक र समझको कमीका लागि आफैँलाई घृणा गरेँ! मलाई पछुतो र आत्मग्लानि भयो, र म प्रार्थना र पश्चात्ताप गर्न परमेश्‍वरसामु आएँ। भविष्यमा, म अब परमेश्‍वरलाई गलत बुझ्ने र उहाँ विरुद्ध प्रतिरोधी हुनेछैन।

त्यसपछि, मैले परमेश्‍वरका वचनका दुई खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्‌हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्‌हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्‌हरू पाऊन्‌ वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। तैँले आशिष्‌हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा बफादार भएर लाग्‍नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। कर्तव्य भनेको व्यक्तिको स्वर्गबाट आएको कार्य हो, यो उसले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यसको आशिष् पाउने वा दुर्भाग्य भोग्नेसँग कुनै सम्बन्ध छैन। मैले चाहे आशिष् पाऊँ वा दुर्भाग्य भोगूँ, मैले यो कर्तव्य इमानदार हृदयले स्वीकार गरी आफ्नो फाइदाका लागि योजना वा षड्यन्त्र नगरी सक्दो राम्रो गर्नुपर्ने थियो। मैले कर्तव्यमा जस्तोसुकै कठिनाइ भोगे पनि, जबसम्म म इमानदारीसाथ परमेश्‍वरमा भरोसा गर्थेँ, तबसम्म उहाँले मलाई मार्गदर्शन गर्नुहुने थियो। म खुला हृदयले यो काम गर्नका लागि सक्दो प्रयास गर्न तयार थिएँ। यदि मेरो क्षमतामा साँच्चै कमी रह्यो, वा मेरो दक्षता पर्याप्त भएन र म यो कामका लागि योग्य भइनँ भने, म मण्डलीले गर्ने सरुवा स्विकार्ने थिएँ।

यसपछि, मैले फिल्म निर्माणको कामको कार्यभार लिन थालेँ। कामको क्रममा, मैले कहिलेकाहीँ कठिनाइ वा असफलताको सामना गरेँ, तर म अब यी कुरामा शङ्काले भरिन छाडेँ। ब्रदर-सिस्टरहरूसँग हृदय र मन मिलाएर सहकार्य गर्दै, र सत्यता सिद्धान्त सँगै खोज्दै, हामीले बिस्तारै यी कठिनाइहरू समाधान गर्न सक्षम भयौँ। मैले आफ्ना असफलताबाट सिकेँ, र धेरै समय नहुँदै काममा सुधार आयो। यो सबै देखेर, म भावुक भएँ। मैले यस्तो परिवर्तन अनुभव गर्न पाउनु पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको नतिजा थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ९६. ईर्ष्यामुक्त हुँदा

अर्को:  ९८. सधैँ अरूलाई खुसी पार्दा के हुन्छ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger