९०. मैले इमानदार व्यक्ति बन्दाको मिठास चाखेकी छु
सन् २०२३ को मार्च महिनामा, म एउटा मण्डलीको सुसमाचारको कामको जिम्मेवार थिएँ। त्यो मण्डलीमा कामको नतिजा एकदमै खराब थियो। मैले केही समय कडा परिश्रम गरेँ, तर पनि कुनै सुधार भएन, र मलाई साह्रै चिन्ता लाग्यो। एक दिन, अगुवाहरू कामको बारेमा बुझ्न भेलामा आउँदै हुनुहुन्छ भन्ने सुनेँ र मलाई निकै बेचैनी भयो, अनि मैले मनमनै सोचेँ, “अघिल्लो पटक अगुवाहरू आउनुहुँदा, उहाँहरूले हामीसँग मानिसहरूलाई संवर्धन गर्ने विषयमा सङ्गति गर्नुभएको थियो, तर मैले अझै पनि उपयुक्त व्यक्ति भेट्टाएकी छैन। अगुवाहरूले यति लामो समयसम्म अभ्यास गर्दा पनि मैले अझै राम्ररी काम गर्न सकेकी छैन भनेर देख्नुभयो भने, के उहाँहरूले ममा कार्य सामर्थ्यको कमी छ भनी सोच्नुहोला? त्यसो भयो भने त, उहाँहरूको नजरमा मेरो राम्रो छवि पूरै गुम्नेछ!” त्यो रात सुत्न खोज्दा, अगुवाहरू कामको बारेमा बुझ्न आउँदै हुनुहुन्छ भनी सोच्ने बित्तिकै, मैले मन शान्त राख्न सकिनँ र मलाई निकै चिन्ता लाग्यो।
भोलिपल्ट, जब अगुवाहरू कामको बारेमा बुझ्न आउनुभयो, तब कामको खराब नतिजा देखेर उहाँहरूले मैले वास्तविक काम गर्न सक्दिनँ भनी सोच्नुहोला कि भन्ने डरले, उहाँहरूले कुनै प्रश्न सोध्नुअघि नै मैले हतार-हतार सुसमाचार कामदारहरूलाई कसरी नयाँ काममा खटाएकी र सुसमाचारको कामलाई कसरी फलो-अप गरेँ भनेर व्याख्या गरेँ। उहाँहरूले मेरो सहकर्मी बहिनी सियाओ लिनलाई केही प्रश्नहरू सोध्नुभयो, र सियाओ लिनले केही कुराहरू छुटाएको सुन्नेबित्तिकै, उनले छुटाएका जुनसुकै कुरालाई पूर्ति गर्न म तुरुन्तै बीचमा बोल्थेँ, अगुवाहरूलाई ममा केही कार्य सामर्थ्य छ र मैले केही वास्तविक काम गर्न सक्छु भनी देखाउने चाहनाले, यो कुराकानीपछि, अगुवाहरूले केही भन्नुभएन, र मैले लामो सास फेरेँ। केही समयपछि, अगुवाहरूले हामीलाई हालै सुसमाचार प्रचार गर्दा के-कस्ता विचलन र कठिनाइहरू सामना गर्नुपर्यो भनेर सोध्नुभयो। मैले सोचेँ, “हालै, मैले जिम्मा लिएको काम फलदायी भएको छैन, त्यसैले उहाँहरूलाई अवस्थाबारे जानकारी दिएर कारण पत्ता लगाउन मदत माग्नु राम्रो होला कि?” तर फेरि मैले सोचेँ, “यदि मैले यी समस्याहरू उठाएँ, र उहाँहरूले मेरो कर्तव्यमा भएका अन्य समस्याहरू पत्ता लगाउनुभयो भने, के यसले ममा कार्य सामर्थ्यको कमी छ भन्ने कुरा अझ स्पष्ट पार्दैन र? त्यसो भनेर के म आफैलाई अपमानित मात्र गर्ने थिइनँ र?” यस्तो सोचेर, मेरो जिब्रोमा आइसकेका शब्दहरू मैले निलेँ। दिउँसो, अगुवाहरूले मलाई सच्याउनुभयो र मेरो काटछाँट गर्नुभयो, अनि भन्नुभयो, “तपाईं यो काम पनि गरेँ र त्यो काम पनि गरेँ भन्नुहुन्छ, जसले कुनै समस्या वा कमीहरू छैनन् जस्तो देखिन्छ, तर कामले अझै कुनै नतिजा दिएको छैन। तपाईंले यसको कारणबारे मनन गर्नुपर्छ।” अगुवाहरू गइसकेपछि, मलाई साह्रै बेचैनी भयो, र कामको वास्तविक अवस्था नबताएकोमा मलाई निकै दोषी महसुस भयो। मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यजनक कुरा होइन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। मेरो कर्तव्यमा स्पष्ट रूपमा कठिनाइहरू थिए, तर जब अगुवाहरू भेलामा आउनुभयो, तब मैले आफ्नो कार्य सामर्थ्यको कमी प्रकट हुने र इज्जत जाने डरले मुख खोलिनँ। यसले गर्दा कठिनाइहरू समाधान भएनन् र काममा असर पर्यो। मैले यो प्रकृति निकै गम्भीर भएको महसुस गरेँ। म अरू मानिसहरू र परमेश्वर दुवैलाई धोका दिइरहेकी थिएँ। मेरो हृदय असहजताले जलेझैँ भयो।
त्यसपछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू अन्तर्निहित रूपमै दुष्ट हुन्छन्; तिनीहरूसँग इमानदारी, सत्यप्रतिको प्रेम वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने हृदय हुँदैन। तिनीहरू प्रायः अँध्यारो कुनाहरूमा जिइरहेका हुन्छन्—तिनीहरू इमानदार मनोवृत्तिका साथ काम गर्दैनन्, तिनीहरू सत्य बोल्दैनन्, र तिनीहरूले अन्य मानिसहरू र परमेश्वर दुवैप्रति दुष्ट र छली हृदय बोकेका हुन्छन्। तिनीहरू अरूलाई धोका दिन चाहन्छन् र परमेश्वरलाई पनि धोका दिन चाहन्छन्। तिनीहरूले अरूको सुपरिवेक्षण स्वीकार गर्नेछैनन्, परमेश्वरको छानबिन स्वीकार गर्ने कुरा त परै जाओस्। जब तिनीहरू अन्य मानिसहरूका बिचमा हुन्छन्, तिनीहरूले भित्र के सोचिरहेका छन् र योजना बनाइरहेका छन्, तिनीहरू कस्ता व्यक्ति हुन् र तिनीहरूले सत्यताप्रति कस्तो मनोवृत्ति राख्छन्, आदि जस्ता कुराहरू अरूले जानेको कहिल्यै चाहँदैनन्; तिनीहरू अरूलाई यीमध्ये कुनै कुरा थाहा होस् भन्ने चाहँदैनन् र तिनीहरू परमेश्वरलाई पनि अन्धकारमा राख्नका लागि उहाँलाई छल गर्न चाहन्छन्। त्यसकारण, जब ख्रीष्टविरोधीसँग हैसियत हुँदैन, जब ऊसँग मानिसहरूको समूहमा परिस्थितिलाई हेरफेर गर्ने अवसर हुँदैन, तब वास्तवमा कसैले पनि उसको वचन र कार्यहरूको पछाडि के छ भनेर पत्ता लगाउन सक्दैन। मानिसहरूमा कौतूहलता हुनेछ: ‘उसले हरेक दिन केका बारेमा सोचिरहेको हुन्छ? के उसले कर्तव्य निर्वाह गर्नु पछाडि उसको कुनै अभिप्राय छ? के उसले भ्रष्टता प्रकट गरिरहेको छ? के उसले अरूप्रति कुनै ईर्ष्या वा घृणा महसुस गर्छ? के तिनीहरूमा अन्य मानिसहरूविरुद्ध कुनै पूर्वाग्रहहरू छन्? अरूले भनेका कुरामा तिनीहरूको धारणा के छ? कुनै कुराहरूको सामना गर्दा तिनीहरू के सोच्छन्?’ ख्रीष्टविरोधीहरूले आफूलाई के भइरहेको छ भनेर अरूलाई कहिल्यै बताउँदैनन्। यदि तिनीहरूले कुनै विषयमा आफ्नो रायका बारेमा कुनै शब्दहरू व्यक्त नै गरे पनि, तिनीहरू अस्पष्ट र सन्दिग्ध हुने छन्, तिनीहरूले घुमाएर कुरा गर्नेछन् ताकि अरूले तिनीहरूले व्यक्त गर्न खोजिरहेको कुरा थाहा पाउन नसकून् र तिनीहरूले के भन्न चाहेका हुन् वा के व्यक्त गर्न खोजिरहेका छन् भन्ने थाहा नपाऊन्, अनि सबैजना आफ्नो टाउको कन्याउनुपर्ने अवस्थामा पुग्छन्। त्यस्तो व्यक्तिले हैसियत प्राप्त गरेपछि, ऊ अन्य मानिसहरू वरपर आफ्नो व्यवहारमा अझ बढी गोपनीय बन्छ। उसले आफ्ना महत्त्वाकाङ्क्षा, प्रतिष्ठा, छवि र आफ्नो नाम, आफ्नो हैसियत र मर्यादा आदिको सुरक्षा गर्न चाहन्छ। त्यसकारण ऊ कसरी काम गर्छ वा काम गर्ने उसको मनसाय के हो भन्ने बारेमा खुलस्त हुन चाहँदैन। उसले गल्ती गर्दासमेत, भ्रष्ट स्वभाव प्रकट गर्छ वा जब उसको कार्यको पछाडि मनसाय र अभिप्रायहरू गलत हुन्छन्, ऊ खुलस्त भएर अरूलाई यसका बारेमा थाहा दिन चाहँदैन र उसले प्रायः दाजुभाइ र दिदीबहिनीहरूलाई छल गर्न निर्दोषता र सिद्धताको स्वरूप धारण गर्छ। अनि माथि र परमेश्वरसँग, ऊ केवल कर्णप्रिय कुराहरू मात्र बोल्छ र प्रायः माथिसँगको सम्बन्ध कायम राख्न छली रणनीति र झूटहरूको प्रयोग गर्छ। उसले आफ्नो कामका बारेमा माथिलाई रिपोर्ट गर्दा र माथिसँग कुरा गर्दा, कहिल्यै अप्रिय कुरा बोल्दैन, ताकि कसैले पनि उसको कुनै पनि कमजोर पक्षहरू पत्ता लगाउन नसकोस्। उसले तल के गरेको छ, मण्डलीमा उत्पन्न भएका कुनै पनि समस्याहरू, उसको काममा भएका समस्या वा त्रुटिहरू वा उसले बुझ्न वा छर्लङ्ग देख्न नसक्ने कुराहरूलाई कहिल्यै उल्लेख गर्नेछैन। उसले यी कुराहरूका बारेमा माथिसँग कहिल्यै सोध्ने वा खोजी गर्नेछैन, बरु आफ्नो काममा पूर्ण रूपमा सक्षम भएको, कामको बोझ वहन गर्न सक्षमता भएको छवि र स्वरूप प्रस्तुत गर्छ। उसले मण्डलीमा अवस्थित कुनै पनि समस्याहरूका बारेमा माथि रिपोर्ट गर्दैन र मण्डलीमा कुराहरू चाहे जति नै अव्यवस्थित किन नहून्, उसको काममा देखा परेका त्रुटिहरूको परिमाण वा उसले तल ठ्याक्कै के गरिरहेको छ भन्ने कुराहरूलाई बारम्बार ढाक्छ, यी कुराहरूका बारेमा माथिलाई थाहा नदिने वा यसको समाचार सुन्न नदिन प्रयास गर्छ, उसले के सम्म पनि गर्छ भने, वास्तविक रूपमा भइरहेका कुराहरूलाई लुकाउने प्रयासमा यी मामलाहरूसँग जोडिएका मानिसहरू वा उसको बारे सत्य थाहा पाएका मानिसहरूलाई टाढाका स्थानहरूमा सरुवा गरिदिन्छ। यी कस्ता प्रकारका अभ्यासहरू हुन्? यो कस्तो प्रकारको व्यवहार हो? के सत्यता पछ्याउने व्यक्तिमा हुनुपर्ने प्रकटीकरण यस्तो हो र? एकदम स्पष्ट रूपमा, होइन। यो पिशाचको व्यवहार हो। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत वा प्रतिष्ठालाई असर गर्न सक्ने कुनै पनि कुरालाई लुकाउन, ढाकछोप गर्न, यी कुराहरू अन्य मानिसहरू र परमेश्वरबाट लुकाउन सक्दो प्रयास गर्नेछन्। यो तिनीहरूभन्दा माथि र तलकालाई धोका दिनु हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्वरका वचनहरूबाट, मैले ख्रीष्टविरोधीहरू स्वाभाविक रूपमै दुष्ट र छली हुन्छन् भनी देखेँ। आफ्नो इज्जत र हैसियत जोगाउनका लागि, तिनीहरूका कर्तव्यमा समस्या वा कठिनाइहरू आए पनि, वा तिनीहरूले आफ्ना कर्तव्यमा जतिसुकै नोक्सान पुऱ्याए पनि, तिनीहरू यी कुराहरू लुकाउन अरूलाई धोका दिन्छन् र आफ्नो काममा सक्षम भएको बहाना गर्छन्। यस्तो व्यवहार आफूभन्दा वरिष्ठ र कनिष्ठ दुवै थरीलाई धोका दिने पैशाचिक कार्य हो। आत्मचिन्तन गर्दा, मलाई आफूले जिम्मा लिएको कामको प्रभावकारिता कमजोर छ, र मानिसलाई संवर्धन गर्ने कुरामा कठिनाइ झेलिरहेकी छु भन्ने थाहा थियो, र अगुवाहरू भेलामा आएका बेला मैले यो कुरा बताएर समाधानका लागि मदत माग्नुपर्थ्यो। तर मलाई डर थियो कि उहाँहरूले ममा कार्य सामर्थ्यको कमी छ भनी सोच्नुहोला र उहाँहरूको नजरमा मेरो राम्रो छवि गुम्नेछ। उहाँहरूले कामका बारेमा सोधखोज गर्न पर्खिनुको सट्टा, आफूमा कार्य सामर्थ्य छ र वास्तविक समस्याहरू समाधान गर्न सक्छु भनी देखाउन, उहाँहरूले ममा कार्य सामर्थ्य छ र मैले वास्तविक समस्याहरू समाधान गर्न सक्छु भनी देखून् भन्ने चाहनाले, यसो गर्दा खराब नतिजाहरू मेरो जिम्मेवारी होइन जस्तो देखिन्थ्यो। जब अगुवाहरू सुसमाचारको काम कसरी भइरहेको छ भनेर बुझ्न आउनुभयो, तब मैले कठिनाइहरू उल्लेख गरेर जतिसक्दो चाँडो समाधान खोज्नुपर्छ भन्ने मलाई राम्ररी थाहा थियो, तर मेरो कर्तव्यमा भएका विचलन र त्रुटिहरू प्रकट हुने र मेरो इज्जत र हैसियत गुम्ने डरले, मैले आफ्नो मुख बन्द राखेँ। मेरो कार्य सामर्थ्य कमजोर थियो, र मेरो कर्तव्यमा धेरै समस्याहरू थिए, र मण्डलीको कामले पहिल्यै नोक्सान बेहोरिसकेको थियो, तर आफ्नो इज्जत र हैसियत जोगाउन, मैले अरूलाई म आफ्नो काममा सक्षम छु भन्ने छाप पार्न खोजेँ। ख्रीष्टविरोधीहरूले, जस्तोसुकै गल्ती वा दुष्ट काम गरे पनि, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनका लागि लुकाउन र धोका दिन कुनै पनि हदसम्म जान्छन्, परमेश्वरको घरको हितको कुनै वास्ता नगरी, मैले वास्तविक काम गर्न सक्दिनँ भन्ने सत्यलाई लुकाउन म झूट बोल्दै र धोका दिँदै थिएँ, त्यसोभए म र एक ख्रीष्टविरोधीबीच के फरक थियो र? यसबारे सोच्दा मलाई निकै पछुतो लाग्यो, त्यसैले मैले तुरुन्तै अगुवाहरूलाई मेरो हालको अवस्था र मेरो कर्तव्यमा नतिजाको कमीबारे पत्र लेखेँ। अगुवाहरूले यो बुझ्नुभएपछि, मेरा छलका लागि मेरो काटछाँट गर्नुभए तापनि, उहाँहरूले मलाई आफैबारे मनन गर्न मार्गदर्शन पनि दिनुभयो र मेरो काममा प्रभावकारिताको कमी हुनुका कारणहरू पत्ता लगाउन मदत गर्नुभयो। उहाँहरूले के पत्ता लगाउनुभयो भने, म आफ्नो काममा नारा मात्र लगाउँदै थिएँ, मैले मेरा भाइ-बहिनीहरूको वास्तविक कठिनाइहरूलाई सम्बोधन गर्ने समाधानहरूको सङ्गति गरेकी थिइनँ, र मैले अगाडि बढ्ने व्यावहारिक मार्ग प्रदान गर्न सकेकी थिइनँ। जब मैले आफ्ना समस्याहरू पहिचान गरेँ, तब मेरो हृदय निकै उज्यालो भयो।
त्यसपछि, मैले सचेत भई इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ, तर कहिलेकाहीँ म अझै पनि आफूलाई आफ्नो भ्रष्ट स्वभावले बाँधिएको पाउँथेँ। एक पटक, जब अगुवाहरू भेलामा आउनुभयो, मलाई याद आयो, एक जना राम्रो क्षमता भएका सुसमाचार कामदार थिए, तर उसले आफ्नै विचारअनुसार काम गर्थ्यो र सिद्धान्तहरूमा प्रवेश गर्न ध्यान दिँदैनथ्यो। मैले ऊसँग केही पटक सङ्गति गरिसकेकी थिएँ तर कुनै सुधार देखेकी थिइनँ, त्यसैले मैले यो कुरा अगुवाहरूसमक्ष राखेर कसरी समाधान गर्ने भनेर खोज्नुपर्छ भनी सोचेँ। तर फेरि मैले सोचेँ, “यदि अगुवाहरूले मेरा कमीकमजोरी पत्ता लगाउनुभयो भने, के उहाँहरूले मेरो कार्य सामर्थ्य कमजोर छ भन्नुहोला? त्यो त अपमानजनक हुनेछ! सायद मैले चुपचाप बस्नुपर्छ।” तर फेरि मैले आफ्नो पछिल्लो असफलताबाट सिकेको पाठ सम्झेँ, र मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि तिमीहरू अगुवा वा कामदार हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामबारे सोधपुछ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका त्रुटि र विचलनहरू पत्ता लगाएर तिमीहरूलाई काटछाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई बढुवा गर्नेबारे विचार गर्नेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तँ मण्डलीको कामका निम्ति होइन, ख्याति र हैसियतका लागि काम गर्न प्रेरित भइरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र तैँले ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले आफ्नो इज्जत र हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु, र यसले गर्दा मैले छली व्यवहार गरेकी रहेछु र परमेश्वरको घरको हितलाई हानि पुऱ्याउने कामहरू गरेकी रहेछु भन्ने महसुस गरेँ। यसमा, म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। त्यसपछि मैले जुन समस्याहरूका लागि मदत खोज्न चाहेकी थिएँ, ती कुराहरू बोलेँ। अगुवाहरूले के पत्ता लगाउनुभयो भने, म समस्याहरू समाधान गर्न सत्यताको सङ्गति गरिरहेकी थिइनँ, बरु आफ्नो पदको फाइदा उठाएर अरूलाई शिक्षा दिइरहेकी थिएँ। यसले मानिसहरूलाई बन्धनमा पारिरहेको थियो, र उनीहरूलाई आफ्नो कर्तव्यमा कुनै मार्गविहीन बनाइरहेको थियो। जब अगुवाहरूले यी समस्याहरू औँल्याउनुभयो, तब मेरो अनुहार तातो भयो, र मैले मनमनै सोचेँ, “अब उहाँहरूले मेरो बारेमा के सोच्नुहोला? के उहाँहरूले ममा मानवताको कमी छ भनी सोच्नुहोला? यो त साह्रै अपमानजनक हुन्छ!” मलाई साँचो कुरा भनेकामा पछुतो लाग्न थाल्यो। तर फेरि मैले सोचेँ, “बोल्नुको उद्देश्य नै यी कारणहरू पहिचान गरेर समस्याहरू समाधान गर्नु होइन र? यदि म आफ्नो इज्जतले बाँधिएर यी कुराहरू स्वीकार गर्न अनिच्छुक भएँ भने, समस्याहरू कसरी समाधान हुन सक्छन् र?” त्यसैले मैले आफैविरुद्ध विद्रोह गर्न, स्वीकार गरी समर्पित हुन मदत पाऊँ भनी परमेश्वरलाई प्रार्थना गरेँ। मलाई के पनि याद आयो भने मैले यस्तो व्यवहार यी एक जना सुसमाचार कामदारप्रति मात्र होइन, तर अरूप्रति पनि देखाएकी थिएँ। जब मैले उनीहरूको कर्तव्यमा प्रभावकारिता कमजोर भएको देखेँ, तब मैले आफ्नै कुन काम राम्ररी भएन भनेर मनन गरिनँ वा उनीहरूका कठिनाइहरू के छन् भनेर बुझिनँ, बरु, मैले आफ्नो इज्जत र हैसियतमा चोट पुगेको महसुस गर्थेँ र उनीहरूलाई हप्काउँथेँ। यसले उनीहरूलाई मदत नगरेको मात्र होइन, झन् उनीहरूलाई बन्धनमा समेत पार्यो। पछि, मैले तुरुन्तै मेरा भाइ-बहिनीहरूसँग माफी मागेँ, र हृदय खोलेर आफ्नो स्थितिबारे सङ्गति गरेँ। सुसमाचार कामदारहरूको स्थितिमा केही सुधार भयो, र उनीहरूले आफ्ना कमीकमजोरीहरू चिन्न थाले, र सुधारका लागि प्रयास गर्न इच्छुक भए। पछि कामको फलो-अप गर्दा, मैले सिद्धान्तहरूको सङ्गति गर्न धेरै ध्यान दिएँ, र अभ्यासका अझ राम्रा मार्गहरू प्रदान गर्न धेरै ध्यान दिएँ। त्यस समय, इमानदार व्यक्ति बन्ने अभ्यास गर्न र अगुवाहरूसामु खुल्न अलि लाजमर्दो भए तापनि, यसले मलाई मेरा समस्याहरू चिन्न र समयमै समायोजन गर्न मदत गर्यो, र यो मेरो जीवन प्रवेश र मेरा कर्तव्यहरूका लागि लाभदायक थियो।
पछि, मैले यो पनि सोचेँ, “इमानदार व्यक्ति बन्ने अभ्यास गर्नु परमेश्वरको माग हो भन्ने मलाई स्पष्ट थाहा छ, तर म किन सधैँ अरूले हेला गर्लान् कि भनेर डराउँछु र इमानदार व्यक्ति बन्ने अभ्यास गर्न अनिच्छुक हुन्छु?” मैले मार्गदर्शनका लागि परमेश्वरलाई प्रार्थना गरेँ, र हाम्रो परिवारले हामीमा बैठाएको एउटा भनाइ, “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” लाई परमेश्वरले सङ्गतिमा कसरी चिरफार गर्नुभएको थियो सो सम्झेँ। त्यसैले मैले त्यो पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्बार बताउँदा, यसको उद्देश्य तँलाई राम्रो प्रतिष्ठा पाउने, गर्वपूर्ण जीवन बिताउने, र आफूलाई अपमानित पार्ने काम नगर्ने कुरामा महत्त्व दिन लगाउनु हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) तैँले पूर्ण निश्चयसाथ ‘अहँ, सक्दैन’ भन्न सक्छस्! यसबारे सोच् त, मानिसहरूले इमान्दार मानिसहरूको व्यवहार गर्नुपर्छ भनेर परमेश्वर भन्नुहुन्छ। जब तैँले कुनै अपराध, वा कुनै गलत काम गरेको, वा परमेश्वरविरुद्ध विद्रोह गर्ने र सत्यताविरुद्ध जाने काम गरेको हुन्छस्, तब तैँले आफ्नो गल्ती स्विकार्न, आफैलाई बुझ्न, र साँचो पश्चात्ताप हासिल गर्नहेतु आफैलाई निरन्तर चिरफार गरिरहन, र त्यसपछि परमेश्वरको वचनअनुसार काम गर्न आवश्यक हुन्छ। त्यसकारण, यदि मानिसहरूले इमान्दार मानिसहरूको रूपमा व्यवहार गर्ने भने, के त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइसँग बाझिन्छ? (हो।) यो कसरी बाझिन्छ? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइको उद्देश्य खराब वा बेइज्जतपूर्ण कुराहरू गर्नुको सट्टा वा आफ्नो कुरूप पक्ष खुलासा गर्नुको सट्टा मानिसहरूलाई आफ्नो उज्यालो र रङ्गिन पक्षमा बाँच्न र आफूलाई राम्रो देखाउने धेरै कामहरू गर्नमा महत्त्व दिन लगाउनु हो, र तिनीहरूलाई अभिमान वा मर्यादाबिना बाँच्नबाट रोक्नु हो। आफ्नो प्रतिष्ठाको खातिर, आफ्नो अभिमान र सम्मानको खातिर, कसैले पनि आफ्नो बारेमा सबै कुरा बकवास बनाउनु हुँदैन, अरूलाई आफ्नो कालो र लाजमर्दो पक्षहरूबारे बताउने त झन् कुरै नगरौँ, किनभने व्यक्ति अभिमान र मर्यादासाथ बाँच्नुपर्छ। मर्यादा प्राप्त गर्नको लागि व्यक्तिलाई राम्रो प्रतिष्ठा चाहिन्छ, र राम्रो प्रतिष्ठा प्राप्त गर्नको लागि व्यक्तिले नाटक गर्नुपर्छ र आफ्नो रूपरङ्ग राम्रो पार्नुपर्छ। के यो आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्ने कार्यसँग बाझिन्छ? (हो।) जब तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्छस्, तब तैँले गरिरहेको त्यो कार्य ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइको पूर्ण विपरीत हुन्छ। यदि तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्न चाहन्छस् भने, घमण्डलाई महत्त्व नदे; व्यक्तिको घमण्डको मोल एक सुक्को नि हुँदैन। सत्यता सामना गर्दा, व्यक्तिले आफूलाई खुलासा गर्नुपर्छ, नाटक गर्ने वा झूटो छवि सिर्जना गर्ने गर्नु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचा विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, र यस्तै अन्य कुराहरू खुलासा गर्नुपर्छ, र यी कुराहरू आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु पनि खुलासा गर्नुपर्छ। यो आफ्नो प्रतिष्ठाको खातिर बाँच्नुसँग सम्बन्धित कुरा होइन, बरु यो त इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्नको खातिर, सत्यता पछ्याउनको खातिर, सृष्टि गरिएको साँचो प्राणीको रूपमा जिउनको खातिर, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनको खातिर बाँच्नुसँग सम्बन्धित कुरा हो। तर तैँले जब यो सत्यता बुझ्दैनस्, र जब परमेश्वरका अभिप्राय बुझ्दैनस्, तब तेरो परिवारले तँलाई अभ्यस्त पारी तँमाथि घुसाइदिएका कुराहरू नै हाबी हुन्छन्। त्यसकारण, जब तैँले कुनै गलत काम गर्छस्, तब यसलाई ढाकछोप गर्छस् र नाटक गर्दै यस्तो सोच्छस्, ‘मैले यसबारे केही भन्नु हुँदैन, र यसबारे थाहा पाउने अरू कसैलाई पनि मैले केही भन्न दिनेछैनँ। यदि तिमीहरूमध्ये कसैले केही भन्यौ भने, म तिमीहरूलाई त्यतिकै छोड्नेवाला छैनँ। मेरो प्रतिष्ठा नै पहिलो स्थानमा आउँछ। प्रतिष्ठाको खातिर बाँचिँदैन भने त्यसरी बाँच्नु व्यर्थ हो, किनभने यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिले आफ्नो प्रतिष्ठा गुमायो भने, उसले आफ्नो सबै मर्यादा गुमाउँछ। त्यसकारण, जस्तो छ त्यस्तै भन्नु हुँदैन, नाटक गर्नुपर्छ, कुराहरू ढाकछोप गर्नुपर्छ, नत्र आफ्नो प्रतिष्ठा र मर्यादा गुम्नेछ, र जीवन बेकार हुनेछ। यदि तिमीलाई कसैले पनि आदर गर्दैन भने, तिमी बेकार हौ, मूल्यहीन फोहोर हौ।’ के यस तरिकाले अभ्यास गरेर इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्न सम्भव हुन्छ र? के पूर्ण रूपमा खुलस्त भएर आफैलाई चिरफार गर्नु सम्भव हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरो काम गर्ने सिद्धान्त बन्न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने यो भनाइको पूर्णविपरीत हुनेछ। अनि, तँ आफ्नो प्रतिष्ठाको खातिर बाँच्नेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै बाँच्नेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउनको खातिर र इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्दै अनि परमेश्वरलाई सन्तुष्ट पार्ने र सृष्टि गरिएको साँचो प्राणीको रूपमा बाँच्ने प्रयास गर्दै जिउनेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तैँले आफूमाथि परिवारले पारेका सिकाइने कुराका प्रभावहरू त्यागिसकेको हुनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरूबाट, म किन सधैँ आफ्नो इज्जतको चिन्ताले बाँधिएकी थिएँ र इमानदार व्यक्ति बन्न सकेकी थिइनँ भन्ने कारण मैले फेला पारेँ। यो सबै बाल्यकालदेखि नै “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विषबाट प्रभावित हुनुको परिणाम थियो। मैले आफ्नो इज्जत र हैसियतलाई सबैभन्दा माथि राखेकी थिएँ, र अरूको बीचमा इज्जत र हैसियत हुनुले नै गरिमा र निष्ठाको गौरवशाली जीवन ल्याउँछ भन्ने विश्वास गर्थेँ। यदि मैले आफ्ना कमीकमजोरी प्रकट गरेँ भने, मलाई मूल्यहीन महसुस हुनेथियो र अरूले हेला गर्नेछन्, जसले मलाई आफ्नो ज्यानै गएजस्तो महसुस गराउँथ्यो, र यो अत्यन्तै पीडादायी थियो। तर वास्तवमा, मार्गदर्शन खोज्न आफ्नो कर्तव्यमा भएका समस्याहरूबारे बोल्दा नै मैले आफ्ना कमीकमजोरीहरू चिन्न र तिनलाई समाधान गर्ने उपायहरू फेला पार्न सक्थेँ, जसले गर्दा मैले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्थेँ। तर जब मेरो कर्तव्यमा समस्याहरू उत्पन्न भए, तब मैले तिनलाई समाधान गर्न खोजिनँ, बरु आफ्नो इज्जत र हैसियत जोगाउन छली व्यवहार गरेँ। मेरा कार्यहरूले कामलाई हानि पुऱ्याउँदा समेत, मैले आफ्नो कर्तव्यमा यी समस्याहरू लुकाएँ, र हर समय, मैले पूरा गरेका कामहरूबारे निरन्तर कुरा गरिरहेँ, जसले गर्दा अगुवाहरूलाई मेरो कर्तव्यमा कुनै कठिनाइ छैन भन्ने लाग्यो र समस्याहरूको समयमै समाधान हुन पाएन। मैले इज्जत जोगाउन झूट बोलेँ, र मैले अगुवाहरू र परमेश्वर दुवैलाई धोका दिने प्रयास गरेँ, मण्डलीको हितलाई समेत हानि पुऱ्याउन खोजेँ। त्यसमा मेरो गरिमा र निष्ठा कहाँ थियो र? म दियाबलसको स्वरूपमा जिइरहेकी थिएँ। गरिमा र निष्ठा आफूलाई ढाकछोप गरेर वा आफ्नो इज्जत जोगाएर कायम रहने होइनन्। जब एक व्यक्ति इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्षम हुन्छ, कुनै पनि कमीकमजोरी वा गल्तीहरू स्वीकार गर्ने साहस राख्छ, र परमेश्वरको घरको हितलाई आफ्नो मनमा सबैभन्दा अगाडि राखेर सत्यतालाई स्वीकार गर्छ र अभ्यास गर्छ, तब मात्र उसलाई निष्ठा र गरिमा भएको व्यक्ति मान्न सकिन्छ। शैतानी विषअनुसार जिउँदा मानिसहरू झन्-झन् दुष्ट र छली मात्र बन्छन्, र झन्-झन् धेरै दुष्ट कामहरू गर्छन्, र अन्ततः परमेश्वरद्वारा घृणित र हटाइन्छन्।
तब मैले परमेश्वरका वचनहरूको यो खण्ड सम्झेँ: “अनि, त्यो स्वार्थको खोजीको केन्द्रमा के लुकेको हुन्छ? यसको कारण के हो भने मानिसहरूले तिनीहरूका आफ्नै हितहरूलाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरू आफूलाई फाइदा पुर्याउनको निम्ति छलमा संलग्न हुन्छन्, र त्यसरी तिनीहरूको छली स्वभाव प्रकट हुन्छ। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? सुरुमा तैँले हितहरू के हुन्, तिनले मानिसहरूलाई ठ्याक्कै के दिन्छन्, र तिनको पछि लाग्दा के-कस्ता परिणामहरू आउँछन्, त्यो खुट्ट्याउनु र जान्नुपर्छ। यदि तैँले त्यस्तो गर्न सक्दैनस् भने, तिनलाई त्याग्ने काम भन्न सजिलो तर गर्न गाह्रो हुन्छ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूको लागि आफ्ना हितहरू त्याग्नुजत्तिको गाह्रो अरू केही हुँदैन। किनभने तिनीहरूको जीवनदर्शन नै ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ र ‘पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो’ भन्ने हुन्छ। स्पष्टै छ, तिनीहरू आफ्नै हितहरूका लागि जिउँछन्। मानिसहरूले के सोच्छन् भने तिनीहरूका हितहरूविना—यदि तिनीहरूले आफ्ना हितहरू गुमाउने हो भने—तिनीहरू बाँच्न सक्ने थिएनन्। मानौँ तिनीहरूको अस्तित्वलाई तिनीहरूका हितहरूबाट अलग गर्न सकिँदैन, त्यसकारण धेरैजसो मानिसहरू आफ्नै हितहरूबाहेक अरू केही देख्दैनन्। तिनीहरू आफ्नै हितहरूलाई अरू कुनै पनि कुराभन्दा उच्च ठान्छन्, तिनीहरू आफ्नै हितका लागि जिउँछन्, र तिनीहरूलाई तिनीहरूका हितहरू त्याग्न लगाउनु भनेको ज्यान दिन लगाउनुजत्तिकै हुन्छ। त्यसो भए त्यस्तो परिस्थितिमा के गर्नुपर्छ? मानिसहरूले सत्यता स्वीकार गर्नैपर्छ। तिनीहरूले सत्यता बुझेपछि मात्रै आफ्ना हितहरूको सारलाई देख्न सक्छन्; त्यसपछि मात्रै तिनीहरूले आफूले औधी प्रेम गरेको कुरालाई त्याग्न, त्यसको विरुद्धमा विद्रोह गर्न, र त्यसरी त्याग्दाको पीडालाई सहन सक्छन्। अनि, जब तैँले यसो गर्न सक्छस्, र आफ्नै हितहरूलाई त्याग्न सक्छस्, तब तैँले हृदयमा त्यति नै ढुक्क र त्यति नै शान्ति प्राप्त गर्छस्, र त्यसो गरेर तैँले देहलाई जितेको हुनेछस्। यदि तँ आफ्ना हितहरूमै अल्झिरहन्छस् र तिनीहरूलाई त्याग्न अस्वीकार गर्छस्, अनि तैँले थोरै सत्यता पनि स्वीकार गर्दैनस् भने—तैँले मनमा यसो भन्न सक्छस्, ‘आफूलाई लाभ पुर्याउन कोसिस गर्नु र कुनै पनि घाटा बेहोर्न नमान्नुमा के गलत छ र? परमेश्वरले त मलाई दण्ड दिनुभएको छैन, मानिसहरूले मलाई के नै गर्न सक्छन् र?’—कसैले पनि तँलाई केही गर्न सक्दैन, तर परमेश्वरमा विश्वास राखेर, तँ अन्त्यमा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछस्। यो तेरो लागि ठूलो घाटा हुनेछ—तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। योभन्दा ठूलो पछुतो अरू कुनै छ र? आफ्नै हितहरूको पछि लाग्दा अन्त्यमा प्राप्त हुने कुरा यही हो। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वरका वचनहरूले मलाई सम्झाउनुभयो कि आफ्नो हित त्यागेर र इमानदार व्यक्ति बन्ने अभ्यास गरेर मात्र मैले सत्यता प्राप्त गर्न र परमेश्वरको मुक्ति पाउन सक्थेँ। इज्जत र हैसियत प्राप्त गर्दा क्षणिक घमन्ड पूरा हुन सक्छ, तर यसले मुक्तिमा डोऱ्याउन सक्दैन। मैले ती दुई अवसरहरूमा कसरी सत्य बोलेँ भनेर फर्केर सोचेँ। त्यस समयमा अलि लाजमर्दो महसुस भए तापनि, अगुवाहरूको मार्गदर्शन र मदतद्वारा मैले आफ्नो इज्जत र हैसियतका लागि काम गरेर गलत मार्ग लिएकी रहेछु भन्ने कुरा चिनेँ, र मैले आफ्नो कर्तव्यमा भएका विचलनहरू देखेँ र यी समस्याहरू समाधान गर्ने सिद्धान्तहरू र मार्गहरू फेला पारेँ। तुलनात्मक रूपमा, थोरै इज्जत गुमाउनु के नै थियो र? अगुवाहरूलाई मेरो कमजोर कार्य सामर्थ्यबारे थाहा थियो, र मैले यसलाई साहसपूर्वक सामना गर्नुपर्छ र सही तरिकाले व्यवहार गर्नुपर्छ, कुनै पनि समस्या वा कठिनाइहरूलाई साँचो रूपमा व्यक्त गर्नुपर्छ र समाधान ल्याउन सत्यता खोज्नुपर्छ। यसरी आफ्नो कर्तव्य गरेर मात्र मैले प्रगति गर्न सक्थेँ। यसको विपरीत, यदि मैले छली व्यवहार गरेर आफूलाई जोगाउन खोजेँ भने, मैले आफ्नै समस्याहरू बुझ्न असफल मात्र हुने थिइनँ, तर यसले मेरो कर्तव्यको प्रभावकारितामा पनि असर पार्ने थियो र मेरा पछाडि अपराधहरू रहने थिए। के यो मेरो मूर्खता हुने थिएन र? यो कुरा चिनेर, मैले इमानदार व्यक्ति बन्ने अभ्यास गर्ने र मुक्तिको मार्गमा हिँड्ने संकल्प गरेँ।
त्यसपछि, मैले खोजी गरिरहेँ, र मैले के महसुस गरेँ भने, अगुवाहरूले मेरो कामको सुपरिवेक्षण र जाँचबुझ गर्नुहोला भनेर म सधैँ डराउँथेँ, मुख्यतया किनभने मैले अगुवाहरूको सुपरिवेक्षणको महत्त्व बुझेकी थिइनँ। म शैतानद्वारा गहिरो रूपमा भ्रष्ट भएकी थिएँ, र म कुनै पनि बेला आफ्नो कर्तव्यमा आफ्नो भ्रष्ट स्वभावको आधारमा काम गर्न सक्थेँ। त्यसैले, अगुवा र कामदारहरूले बारम्बार मेरो कामको सुपरिवेक्षण र सोधखोज गर्नु आवश्यक थियो, ताकि जब समस्याहरू फेला पर्छन्, उहाँहरूले तुरुन्तै सङ्गति गरेर तिनलाई सच्याउन मदत गर्न सकून्। यसले मलाई मण्डलीको काममा अवरोध गर्ने र बाधा दिने कुनै पनि दुष्ट काम गर्नबाट जोगिन पनि मदत गर्ने थियो। यो मेरो लागि सुरक्षा थियो! यसबाहेक, मैले आफ्नो इज्जत र हैसियतलाई धेरै महत्त्व दिन्थेँ, अक्सर तत्काल परिणामहरू खोज्थेँ र आफ्नो कर्तव्यमा सिद्धान्तहरू उल्लङ्घन गर्थेँ, जबकि मलाई आफ्नो कर्तव्यका लागि ठूलो बोझ छ जस्तो लाग्थ्यो। कामको नतिजा कमजोर हुँदा समेत, म आफैलाई मनन गर्न र चिन्न र कारणहरू पहिचान गर्न असफल भएँ। अगुवाहरूले यसबारे बुझ्नुभएपछि, उहाँहरूले मलाई खुलासा गर्नुभयो र मेरो काटछाँट गर्नुभए तापनि, उहाँहरूको मार्गदर्शन र सङ्गतिद्वारा, मैले आफ्ना समस्याहरू चिन्न सकेँ, र अगुवाहरूको सुपरिवेक्षण स्वीकार गर्नु आवश्यक रहेछ भन्ने मैले महसुस गरेँ। त्यसपछि, मैले सचेत भई इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ, र अगुवाहरू वा मेरा भाइ-बहिनीहरूसँग कुराकानी गर्दा, मैले इमानदारीपूर्वक बोल्ने अभ्यास गरेँ। कहिलेकाहीँ, जब मेरो कर्तव्यमा समस्याहरू थिए र कसरी समाधान गर्ने भनेर थाहा हुँदैनथ्यो, तब म खुल्न चाहे तापनि, म अझै पनि अरूले हेला गर्लान् कि भनेर डराउँथेँ, त्यसैले म तुरुन्तै आफैविरुद्ध विद्रोह गर्थेँ, र खुलेर सङ्गति खोज्दै, मैले थाहै नपाई हातमा भएका समस्याहरू समाधान गर्ने उपाय भेट्टाउँथेँ। मैले के महसुस गरेकी छु भने, इमानदार व्यक्ति बन्नु मेरो कर्तव्य र मेरो जीवन प्रवेशका लागि धेरै सहयोगी हुन्छ। यो अनुभवमार्फत, मैले इमानदार व्यक्ति हुनुको महत्त्व बुझेकी छु, र मैले आफ्नो छली स्वभावको केही ज्ञान प्राप्त गरेकी छु। म यी उपलब्धिहरूको श्रेय परमेश्वरका वचनहरूको मार्गदर्शनलाई दिन सक्छु। परमेश्वरलाई धन्यवाद!