९४. म अब उप्रान्त बढ्दो उमेरका बारेमा चिन्ता गर्ने छैन

लिआङ्ग झी, चीन

प्रिय सिउजुआन:

तिम्रो पत्र पाएँ। पत्रबाट मैले थाहा पाएँ कि पछिल्लो समय तिमीले तन्नेरी दाजुभाइ-दिदीबहिनीहरूसँग आफ्नो कर्तव्यमा सहकार्य गरिरहेकी छौ, र आफ्नो शक्ति र स्फूर्तिको हिसाबले आफूलाई पछि परेको महसुस गरिरहेकी छौ, त्यसैले तिम्रो मन केही खिन्न भएको छ। तिमीलाई चिन्ता छ कि उमेर बढ्दै जाँदा, तिमीले गर्न सक्ने कर्तव्यहरू घट्दै जानेछन्, अनि मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्ने तिम्रो आशा फिका हुँदै जानेछ। पछिल्लो समय मलाई पनि यस्तै चिन्ताहरू थिए, त्यसैले आज, म मेरा केही अनुभवहरू तिमीसँग बाँड्न चाहन्छु।

गत अगस्टमा, ब्रदर याङ सुन र म दुवै कम्प्युटर प्रविधिको क्षेत्रमा आफ्नो कर्तव्य पूरा गर्दै थियौँ। आफ्नो फुर्सदको समयमा, मैले सुसमाचारसम्बन्धी प्रवचनहरू र मेरो जीवनका अनुभवहरूबारे लेखहरू पनि लेखेँ। म साँच्चै खुसी थिएँ र मलाई यो कर्तव्य निकै रमाइलो लाग्यो। ब्रदर याङ सुन तन्नेरी थिए, तन्नेरी जोस र जीवन्तताले भरिएका थिए, र उनको दिमाग पनि तेज र फुर्तिलो थियो, अनि प्राविधिक सीपहरू सिक्नमा उनले मलाई ठूलो मद्दत गरे। यद्यपि मेरो मानसिक क्षमता र ऊर्जाले तन्नेरीको जस्तो भेट्टाउन सक्दैनथ्यो, केही समयपछि, याङ सुनलाई पछ्याएर मैले धेरै प्राविधिक ज्ञान सिकिसकेको थिएँ। म धेरै खुसी थिएँ र मैले मनमनै सङ्कल्प गरेँ कि म आफ्नो कर्तव्य पूरा गर्ने यो अवसरको पूरापूर सदुपयोग गर्नेछु। त्यसपछि, याङ सुन र मैले सँगै प्राविधिक सीपहरू अध्ययन गर्न जारी राख्यौँ, र मेरो फुर्सदको समयमा, मैले प्रवचनहरू लेख्ने अभ्यास गरेँ र सुसमाचार प्रचारसम्बन्धी सत्यताहरूको बारेमा थप समझ प्राप्त गरेँ। यसरी आफ्नो कर्तव्य पूरा गर्दा मैले धेरै सन्तुष्टि महसुस गरेँ, र मैले सोचेँ कि यी दुई कर्तव्यहरूलाई सन्तुलनमा राख्दा मुक्ति पाएर परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मेरो आशा बढ्यो। तर केही समयपछि, मैले मेरो र याङ सुनको बीचको खाडल झन्-झन् फराकिलो हुँदै गइरहेको थियो भनी याद गरेँ। याङ सुन तन्नेरी थिए र उनको बुझ्ने क्षमता राम्रो थियो, अनि उनी छिटो प्रतिक्रिया जनाउँथे र छिट्टै सिक्थे। जब दाजुभाइ-दिदीबहिनीहरूले प्राविधिक समस्याहरूको सामना गर्थे, उनले आफूले सिकेको ज्ञान प्रयोग गरेर तुरुन्तै जवाफ दिन र समाधान गर्न सक्थे। तर मेरो कुरा गर्दा, मैले आधारभूत समस्याहरू सम्हाल्न सक्ने भए तापनि, अलि कठिन समस्याहरूमा, मेरो प्रतिक्रिया सुस्त हुन्थ्यो र म भुलक्कड पनि थिएँ, अनि भर्खरै सिकेको कुरा केही बेरमै मेरो दिमागबाट फुत्किन्थे। मैले निरन्तर रूपमा सन्दर्भ सामग्रीहरू र ट्युटोरियलहरू हेर्नुपर्थ्यो, र केही प्रक्रियाहरूमा दख्खल पाउन बारम्बार अभ्यास गर्नुपर्थ्यो। जब मैले कुनै कुरा पत्ता लगाउन सक्दिनथेँ, याङ सुनले त्यसलाई सम्हाल्थे, र म केही सहयोगी काम मात्र गर्न सक्थेँ। जब हामी दुवैले प्रवचनहरू लेख्न थाल्यौँ, मैले आफ्नो लेख सिध्याउनुभन्दा धेरै दिन अघि नै याङ सुनले आफ्नो लेख बुझाइसकेका हुन्थे। म उनको गतिसँग चल्नै सकिनँ, र हाम्रो बीचको खाडल एकदमै स्पष्ट थियो। मैले मनमनै सोचेँ, “यदि समयलाई २० वर्ष पछाडि फर्काउन सकेको भए, मैले पनि याङ सुनले जस्तै नयाँ कुराहरू छिट्टै सिक्न सक्ने थिएँ र म यो कर्तव्यमा सक्षम हुने थिएँ। त्यसो भए कति राम्रो हुन्थ्यो होला!” तर उमेर बढ्दै जाँदा, मेरो शक्ति, स्फूर्ति, दृष्टि, स्मरणशक्ति, र प्रतिक्रियाको गतिले अब साथ दिन छोड्यो। साथै, मेरो उच्च रक्तचाप र रक्त शर्करालाई नियन्त्रणमा राख्न मैले औषधि खानुपर्थ्यो। दिनमा धेरै बेर कम्प्युटरको स्क्रिनमा हेर्दा मेरो दृष्टि धमिलो हुन्थ्यो, र राति, मैले शान्त भएर केही प्रवचनहरू लेख्न चाहे तापनि, म धेरै बेर बस्न सक्दिनथेँ, अनि थकित, निद्रालु, र पिँडौला सुन्निएको महसुस गर्थेँ, र मुस्किलले केही बेर बसेपछि, म झुल्न थाल्थेँ। याङ सुनले मलाई आराम गर्न आग्रह गर्थे, तर मलाई अनिच्छा लाग्थ्यो, किनकि म मेरो उमेर वा यी स-साना स्वास्थ्य समस्याहरूलाई मेरो कर्तव्यको बाटोमा आउन दिन चाहन्नथेँ। यदि मैले यो कर्तव्य पूरा गर्न सकिनँ भने, मैले गर्न सक्ने कर्तव्यहरू अझ घट्दै जानेछन्, र म मुक्ति पाएर परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छु कि सक्दिनँ भन्ने अनिश्चित हुनेछ भन्ने मलाई लाग्थ्यो। याङ सुन भर्खरै तीस वर्षका थिए, जोस र ऊर्जाले भरिपूर्ण थिए, जबकि म साठी वर्ष नाघिसकेको थिएँ, र मेरो स्वास्थ्य, स्मरणशक्ति, र प्रतिक्रियाको गति तन्नेरीहरूको जस्तो कहीँकतै थिएन, त्यसैले म आफैसँग झन्-झन् असन्तुष्ट महसुस गर्थेँ। म सोच्थेँ कि तन्नेरी हुनु कति राम्रो हो, किनकि तन्नेरीहरूसँग अझै पनि आफ्नो कर्तव्य पूरा गर्ने धेरै अवसरहरू र उज्ज्वल भविष्य हुन्छ। मलाई लाग्थ्यो कि उनीहरूको बाटो फराकिलो हुँदै जाँदा, मेरो बाटो भने साँघुरो र झन् साँघुरो हुँदै गइरहेको थियो। म चिन्ता र शोकमा बाँचिरहेको थिएँ, मसँग अब लेख वा प्रवचनहरू लेख्ने ऊर्जा थिएन, र मैले “एक पटकमा एक दिन कटाउने” मनोवृत्तिका साथ आफ्नो कर्तव्य गर्न थालेँ। सिउजुआन, के तिमीलाई मेरो अवस्था एकदमै भयानक थियो जस्तो लाग्दैन र?

एक दिन, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ … खास गरी, कतिपय पाका मानिसहरू यस्ता छन्, जो आफ्‍नो सारा समय आफूलाई परमेश्‍वरको लागि अर्पित गरेर अनि आफ्‍नो कर्तव्य पूरा गरेर नै बिताउन चाहन्छन्, तर शारीरिक रूपमा तिनीहरू ठीक हुँदैनन्। कतिलाई उच्‍च रक्तचापको समस्या हुन्छ, कतिलाई उच्च मधुमेह हुन्छ, कतिको ग्यास्ट्रिक समस्या हुन्छ, र तिनीहरूको शारीरिक क्षमताले कर्तव्यको माग पूरा गर्न सक्दैन, र त्यसकारण तिनीहरू फिक्री गर्छन्। तिनीहरूले भक्खरकाहरूले खान-पिउन, दौडन र उफ्रन सकेको देख्छन् र तिनीहरूलाई डाहा लाग्छ। तिनीहरूले भक्खरकाहरूले यस्ता कुराहरू गरेको जति देख्छन्, त्यति नै तिनीहरूलाई हैरानी हुन्छ, र तिनीहरूले सोच्छन्, ‘म आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सत्यता पछ्याउन र बुझ्‍न चाहन्छु, र म सत्यता अभ्यास गर्न पनि चाहन्छु, तैपनि किन गाह्रो हुन्छ? म अत्यन्तै वृद्ध र काम नलाग्‍ने भएको छु! के परमेश्‍वर पाका मानिसहरूलाई चाहनुहुन्‍न? के पाकाहरू साँच्‍चै काम नलाग्‍ने हुन्छन्? के हामीले मुक्ति प्राप्त गर्न सक्दैनौँ?’ यसबारे जसरी विचार गरे पनि तिनीहरू दुःखित हुन्छन् र खुसी हुन सक्दैनन्। तिनीहरू त्यस्तो सुन्दर समय र त्यस्तो ठूलो अवसर गुमाउन चाहँदैनन्, तर तिनीहरू भक्खरकाहरूले जसरी आफूलाई काममा अर्पित गर्न र आफ्‍नो सारा हृदय र प्राणले कर्तव्य पूरा गर्न सक्दैनन्। यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्‍न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्‍न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के तिनीहरूको यो कुरा सही हो त? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्‍मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन। कुनै भिन्‍नता हुँदैन भनेर मैले भन्‍नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र विचार उस्तै हुन्छ। त्यसकारण, पाकाहरूले तिनीहरू वृद्ध भएकोले, भक्खरकाहरूको भन्दा कम अभिलाषा भएकोले, र तिनीहरू स्थिर हुन सक्‍ने भएकोले, तिनीहरूसँग कुनै बेकाबु अभिलाषा वा इच्छा हुँदैन, र तिनीहरूमा कम भ्रष्ट स्वभाव हुन्छ भनेर सोच्‍नु हुँदैन—यो एउटा भ्रम हो। भक्खरकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्छन्, त्यसोभए के पाकाहरूले पदको लागि सङ्घर्ष गर्न सक्दैनन् र? भक्खरकाहरूले सिद्धान्तहरूविरुद्ध काम गर्न र स्वेच्‍छाचारी व्यवहार गर्न सक्छन्, त्यसोभए के पाकाहरूले त्यसो गर्न सक्दैनन् र? (तिनीहरूले सक्छन्।) भक्खरकाहरू अहङ्कारी हुन सक्छन्, त्यसोभए के पाकाहरू पनि अहङ्कारी हुन सक्दैनन् र? तैपनि, जब पाकाहरू अहङ्कारी हुन्छन्, तब वृद्धावस्थाको कारण तिनीहरू त्यति आक्रामक हुँदैनन्, र त्यो त्यति उच्‍च अहङ्कार हुँदैन। भक्खरकाहरूले तिनीहरूको लचकदार हातखुट्टा र मस्तिष्कको कारण अहङ्कारको अझै स्पष्ट प्रकटीकरण देखाउन सक्छन्, जबकि पाकाहरूले तिनीहरूको कडा हातखुट्टा र अलचक मस्तिष्कको कारण अहङ्कारको त्यति स्पष्ट प्रकटीकरण देखाउँदैनन्। तैपनि, तिनीहरूको अहङ्कार र भ्रष्ट स्वभावको सार एउटै हुन्छ। कुनै पाको व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, वा उसले आफ्‍नो कर्तव्य पूरा गर्दै आएको जति वर्ष भए पनि, यदि ऊ सत्यता पछ्याउनमा लागेको छैन भने, उसको भ्रष्ट स्वभाव उस्तै रहनेछ। … त्यसकारण, पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्‍ने भन्‍ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्‍नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्‍न परम्‍परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्‍परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्‍न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्‍ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्‍मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्‍न, मैले बोलेका वचनहरू बुझ्‍न, र सत्यता बुझ्‍न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्‍ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्‍न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्‍ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्‍बन्ध हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरको सङ्गतिले हामी वृद्ध मानिसहरूले सामना गर्ने अवस्थालाई नै सम्बोधन गर्छ। उमेर बढ्दै जाँदा, हाम्रो शरीर कमजोर हुँदै जान्छ, र आफ्नो कर्तव्य पूरा गर्दा केही चुनौतीहरू आउन सक्छन्। हामी अक्सर शक्तिहीन महसुस गर्छौं र तन्नेरीहरूको ईर्ष्या गर्छौं। मेरो जस्तै, जब मैले याङ सुन तन्नेरी, राम्रो स्मरणशक्ति र स्वस्थ शरीर भएको देखेँ, मैले सोचेँ कि उनले धेरै कर्तव्यहरू गर्न सक्छन्, त्यसैले उनको मुक्तिको आशा ठूलो थियो। यसैबीच, मलाई लाग्थ्यो कि म बुढो हुँदै जाँदा, खराब स्वास्थ्य र घट्दो स्मरणशक्तिका साथ, म केवल सहयोगी कामहरू मात्र गर्न सक्छु, र मलाई चिन्ता थियो कि यदि मैले यो कर्तव्य राम्रोसँग गर्न सकिनँ भने, मैले गर्न सक्ने धेरै अन्य कर्तव्यहरू हुनेछैनन्, र मलाई मुक्ति पाउने आशा गुमाउने डर थियो। यसले मलाई दिक्दार बनायो। तर परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ कि परमेश्‍वरले मानिसहरूलाई उनीहरूको उमेर वा उनीहरूले कति कर्तव्य पूरा गर्छन् भन्ने आधारमा मुक्ति दिनुहुन्न, बरु उनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने आधारमा दिनुहुन्छ। वृद्ध मानिसहरूले शारीरिक ह्रास वा बिमारी अनुभव गर्न सक्छन्, तर त्यसले उनीहरूलाई सत्यता पछ्याउनबाट रोक्दैन। म वृद्ध भएको भए तापनि, मैले सांसारिक व्यवहारका लागि धेरै शैतानी दर्शनहरूका साथै विभिन्न परम्परागत विचार र धारणाहरू जम्मा गरेको छु, र मेरो शैतानी भ्रष्ट स्वभाव तन्नेरीहरूको भन्दा कम छैन। उदाहरणका लागि, गत वसन्तमा म सुसमाचार प्रचार गरिरहेको बेलाको कुरा गरौँ। परमेश्‍वरमा धेरै वर्ष विश्वास गरेपछि मसँग सुसमाचार प्रचारको केही अनुभव थियो, त्यसैले मैले आफ्नो अनुभव दाजुभाइ-दिदीबहिनीहरूको अगाडि प्रदर्शन गर्न प्रयोग गरेँ, आफूलाई प्रदर्शन गर्न र उनीहरूको प्रशंसा पाउन घमन्डसाथ बोल्दै थिएँ। मैले महसुस गरेँ कि मैले समाधान गर्नुपर्ने धेरै भ्रष्ट स्वभावहरू र प्रवेश गर्नुपर्ने धेरै सत्यताहरू अझै बाँकी छन्, र मैले ती समस्याहरू परमेश्‍वरका वचनहरू खाएर-पिएर र सत्यता अभ्यास गरेर समाधान गर्न आवश्यक थियो। साथसाथै, मैले सकेसम्म आफ्नो कर्तव्य पूरा गर्न आवश्यक थियो। निराशाको अवस्थामा जिउनु र सत्यताको खोजी त्याग्नुको सट्टा मैले गर्न सक्ने कुराहरू यिनै थिए। जब मैले यसबारे सोचेँ, मलाई अगुवाले मेरो लागि मिलाइदिनुभएको कर्तव्य निकै उपयुक्त थियो भन्ने लाग्यो। जब याङ सुन आफ्नो कर्तव्यमा व्यस्त हुन्थे, मैले केही सहयोगी कामहरूमा सघाउँथेँ, र जब उनी व्यस्त हुँदैनथे, म लेख र प्रवचनहरू लेख्थेँ। म सामान्यतया मेरो कर्तव्यमा प्रकट हुने विभिन्न भ्रष्ट स्वभावहरूमा पनि ध्यान दिन्थेँ र तिनलाई समाधान गर्न सत्यता खोज्थेँ। यसरी अभ्यास गर्दा, मसँग अझै पनि मुक्ति पाउने मौका थियो। परमेश्‍वरले कहिल्यै भन्नुभएको छैन कि वृद्ध मानिसहरूले सत्यता पछ्याउन वा बुझ्न सक्दैनन्, र मानिसहरूबाट परमेश्‍वरका मागहरू उच्च छैनन्: जबसम्म हामी आफ्नो क्षमताभित्र रहेर आफ्नो कर्तव्य पूरा गर्छौं र सत्यता पछ्याउन छोड्दैनौं, तब हाम्रो उमेर जतिसुकै भए पनि, हामी सबैसँग मुक्ति पाउने मौका हुन्छ। यो बोधले मेरो हृदयलाई उज्यालो बनायो, र मलाई पहिले जस्तो चिन्ता लागेन।

एक दिन, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “कर्तव्य निर्वाह गर्नु हरेक व्यक्तिले गर्नुपर्ने काम हो, कर्तव्य निर्वाह गर्नुका आफ्नै सिद्धान्तहरू हुन्छन्, सबैले सत्यता सिद्धान्तअनुरूप कर्तव्य निर्वाह गर्नुपर्छ, र सृजित प्राणीहरूले गर्नुपर्ने यही हो। के यहाँ कहीँकतै पारिश्रमिक उल्लेख गरिएको छ? कहीँकतै इनाम उल्लेख गरिएको छ? (छैन।) यहाँ कहीँकतै पारिश्रमिक वा इनाम उल्लेख गरिएको छैन—यो एउटा दायित्व हो। ‘दायित्व’ को अर्थ के हो? दायित्व भनेको मानिसहरूले गर्नुपर्ने कुरा हो, जसमा आफ्नो श्रमअनुसार इनाम पाउने कुरा लागु हुँदैन। परमेश्‍वरले आफ्नो कर्तव्य धेरै निर्वाह गर्नेले ठूलो इनाम पाउनुपर्छ, र आफ्नो कर्तव्य थोरै वा काम नलाग्ने तरिकाले निर्वाह गर्नेले सानो इनाम पाउनुपर्छ भनेर कहिल्यै तोक्नुभएन—परमेश्‍वरले कहिल्यै यस्तो कुरा भन्नुभएन। त्यसोभए परमेश्‍वरका वचनले के भन्छन्? परमेश्‍वर भन्नुहुन्छ, कर्तव्य निर्वाह गर्नु भनेको हरेक व्यक्तिले गर्नुपर्ने काम र सृजित प्राणीहरूले गर्नुपर्ने कुरा हो—यही नै सत्यता हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूबाट, मैले बुझेँ कि कर्तव्यहरू हरेक सृजित प्राणीको दायित्व र काम हो, र जति धेरै कर्तव्य पूरा गर्‍यो, इनाम त्यति नै ठूलो हुन्छ, वा जति कम गर्‍यो, परमेश्‍वरबाट आशिष् त्यति नै सानो हुन्छ भन्ने जस्तो कुनै कुरा छैन। यी विचारहरू मेरा धारणा र कल्पनाहरू बाहेक केही थिएनन्। परमेश्‍वरले कुनै व्यक्तिको परिणाम र गन्तव्य निर्धारण गर्नु ऊसँग सत्यता छ कि छैन भन्ने कुरामा निर्भर गर्दछ। कुनै व्यक्ति वृद्ध होस् वा जवान, जबसम्म उसले सत्यता खोज्छ र सत्यता पछ्याउने मार्गमा हिँड्छ, ऊ परमेश्‍वरले मुक्ति दिन चाहनुभएको व्यक्ति हो, र परमेश्‍वरले कुनै पनि व्यक्तिलाई अन्याय गर्नुहुन्न। यो परमेश्‍वरको धर्मी स्वभावद्वारा निर्धारित हुन्छ। म सत्यता सिद्धान्तहरूका आधारमा कुराहरू हेरिरहेको थिइनँ, र त्यसको सट्टा, मैले कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर उसको योगदानको आकारको आधारमा न्याय गरेँ। यसले परमेश्‍वरको धर्मी स्वभावको समझको कमी देखायो र यो परमेश्‍वर विरुद्धको ईश्वर-निन्दा थियो! मैले सोचेँ कि कसरी पावलले युरोपको अधिकांश भागमा सुसमाचार फैलाए र धेरै मण्डलीहरू स्थापना गरे। यस्तो देखिन्थ्यो कि उनले ठूलो योगदान गरे, तर उनले सत्यता पछ्याएनन्। उनले आफ्नो काम र खर्चलाई लेनदेन गर्ने माध्यमको रूपमा व्यवहार गरे र परमेश्‍वरसँग मुकुट माग गरे। उनले अक्सर आफैलाई उच्च पार्थे र आफ्नो गवाही दिन्थे, र कहिल्यै परमेश्‍वरको गवाही दिएनन्। उनले आफू जिउनु नै ख्रीष्ट हुनु हो भनी दाबीसमेत गरे, जसले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा चिढ्यायो। अन्तमा, उनले मुक्ति पाएनन् र त्यसको सट्टा नरकमा दण्डित भए। कुनै व्यक्तिको कर्तव्यमा उसको योगदानको आकारले ऊ मुक्ति पाउनेछ कि छैन भनेर निर्धारण गर्न सक्दैन। व्यक्तिको मुक्ति ऊ सत्यता पछ्याउँछ कि पछ्यादैन र आफ्नो सम्पूर्ण हृदय र मनले आफ्नो कर्तव्य पूरा गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर गर्दछ। सिउजुआन, जब हामी सत्यता बुझ्दैनौं, हामी आफ्ना धारणा र कल्पनाहरूमा भर परेर समस्याहरू हेर्ने गर्छौं। यसले हामीलाई परमेश्‍वरका अभिप्रायहरूलाई गलत बुझ्ने सम्भावना हुन्छ!

त्यसपछि मैले मनन गर्न थालेँ, आफैलाई सोध्दै, “मेरो चिन्ता र दुःखको पछाडि के छ, केले मलाई त्यसो गर्न लगाइरहेको छ?” मेरो खोजीमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने निर्णय गर्नुअघि, हृदयभित्र आफ्ना सम्भावनाताहरू, आशिष्‌हरू, असल गन्तव्य, र मुकुटसमेत प्राप्त गर्ने अपेक्षाहरूले भरिन्छन्, र यी कुराहरू हासिल गर्ने कुरामा तिनीहरू पूर्ण विश्‍वस्त हुन्छन्। तिनीहरू त्यस्ता अभिप्राय र आकाङ्क्षाहरू लिएर कर्तव्य निर्वाह गर्न परमेश्‍वरको घर आउँछन्। त्यसोभए, के तिनीहरूले कर्तव्य निर्वाह गर्दा त्यसमा परमेश्‍वरले अपेक्षा गर्नुहुने इमानदारी, साँचो विश्‍वास र बफादारी हुन्छ त? यस बिन्दुमा, अझै पनि तिनीहरूको साँचो बफादारी, विश्‍वास, वा इमानदारी देख्‍न सकिँदैन, किनभने हरेकले आफ्नो कर्तव्य निर्वाह गर्नुअघि पूर्ण रूपमा लेनदेनको मानसिकता बोकेको हुन्छ; हरेकले हितहरूद्वारा उत्प्रेरित भएर, अनि आफ्ना छचल्किरहेका महत्त्वाकाङ्क्षा र इच्छाहरूको पूर्वसर्तका आधारमा नै कर्तव्य निर्वाह गर्ने निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुमा तिनीहरूको अभिप्राय के हुन्छ? सम्झौता गर्नु, विनिमय गर्नु हुन्छ। के भन्‍न सकिन्छ भने तिनीहरूले कर्तव्य निर्वाह गर्नका लागि तय गर्ने सर्तहरू यिनै हुन्: ‘यदि मैले आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले आशिष्‌हरू प्राप्त गर्नैपर्छ र असल गन्तव्य पाउनैपर्छ। मैले परमेश्‍वरले मानवजातिका लागि तयार गरिएको छ भनेर भनेका सबै आशिष्‌ र फाइदाहरू प्राप्त गर्नैपर्छ। यदि मैले ती कुराहरू प्राप्त गर्न सकिनँ भने, म यो कर्तव्य निर्वाह गर्नेछैनँ।’ तिनीहरू त्यस्ता अभिप्राय, महत्त्वाकाङ्क्षा र इच्छाहरू लिएर परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न आउँछन्। तिनीहरूसँग केही इमानदारिता भएजस्तो देखिन्छ, अनि अवश्य नै नयाँ विश्‍वासीहरू र भर्खरै आफ्नो कर्तव्य निर्वाह गर्न थालेकाहरूको हकमा भन्दा, यसलाई उत्साह भनेर पनि भन्‍न सकिन्छ। तर यसमा कुनै साँचो विश्‍वास वा बफादारी हुँदैन; त्यसमा त्यस हदको उत्साह मात्र हुन्छ। यसलाई इमानदारी भन्‍न सकिँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति ख्रीष्टविरोधीहरूको यो मनोवृत्ति हेर्दा, यो पूर्ण रूपमा लेनदेनमा आधारित हुन्छ र यो आशिष्‌हरू प्राप्त गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने, मुकुट प्राप्त गर्ने, र इनामहरू प्राप्त गर्नेजस्ता फाइदाहरूप्रतितिनीहरूका इच्छाहरूले भरिएको हुन्छ। त्यसकारण, बाहिरबाट हेर्दा के देखिन्छ भने, धेरै ख्रीष्टविरोधीले निष्कासित हुनुभन्दा पहिले, आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र तिनीहरूले औसत व्यक्तिले भन्दा बढी त्याग गरेका र कष्ट भोगेका हुन्छन्। तिनीहरूले समर्पित गर्ने कुरा र चुकाउने मूल्य पावलको जस्तै हुन्छ, र तिनीहरू पावलले भन्दा कम दौडधूप गर्दैनन्। यो कुरा सबैले देख्‍न सक्‍ने कुरा हो। तिनीहरूको व्यवहार अनि कष्ट भोग्‍ने र मूल्य चुकाउने तिनीहरूको सङ्कल्पका हिसाबमा हेर्दा त, तिनीहरूले केही पनि प्राप्त नगर्ने भन्‍ने त नहुनुपर्ने हो। तर परमेश्‍वर कुनै व्यक्तिलाई उसको बाहिरी व्यवहारका आधारमा होइन, उसको सार, उसको स्वभाव, उसले प्रकट गर्ने कुरा, र उसले गर्ने हरेक कुराको प्रकृति र सारका आधारमा हेर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि जब ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्छन्, उनीहरूले जतिसुकै त्यागेको, आफूलाई समर्पित गरेको, वा दुःख भोगेको र मूल्य चुकाएको देखिए तापनि, उनीहरू यी सबै कुराहरू आशिष् पाउनका लागि गरिरहेका हुन्छन्, र उनीहरू परमेश्‍वरसँग मोलतोल गर्न आफ्नो कर्तव्यलाई माध्यमको रूपमा प्रयोग गरिरहेका हुन्छन्। परमेश्‍वरका वचनहरूको प्रकाशमा, मैले महसुस गरेँ कि मेरो आफ्नै पछ्याइको दृष्टिकोण ख्रीष्टविरोधीको जस्तै थियो। मैले परमेश्‍वरलाई पाएदेखि, यस्तो देखिन्थ्यो कि म मण्डलीका व्यवस्थाहरू पालन गर्न र मेरा कर्तव्यहरू पूरा गर्न सक्षम थिएँ, तर यो सबै आशिष् पाउने अभिप्रायले थियो। आशिष्‌को खातिर, मैले स्वेच्छाले अतिथि-सत्कारको कर्तव्य गर्न दुईवटा अपार्टमेन्टहरू भाडामा लिएँ। स्वर्गको राज्यको आशिषको बदलामा, म सक्रिय रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न उच्च तलबको जागिर छोड्न समेत तयार थिएँ। राम्रो गन्तव्यको खातिर, मैले मेरो बिमारीलाई पनि मेरो कर्तव्यमा बाधा बन्न दिइनँ, किनकि मैले सोचेको थिएँ कि मैले जति धेरै कर्तव्य पूरा गरेँ, त्यति नै धेरै आशिष् परमेश्‍वरबाट पाउनेछु। तर उमेर बढ्दै जाँदा, जब मैले देखेँ कि मेरो कर्तव्यमा मेरो दक्षता र प्रभावकारिता तन्नेरीहरूको जस्तो छैन, मलाई पदबाट हटाइनेछु वा अन्य काममा खटाइनेछु भन्ने चिन्ता लाग्न थाल्यो, र त्यसपछि मैले गर्न सक्ने कर्तव्यहरू अझ घट्नेछन् र आशिष् पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मेरो आशा टाढा हुनेछ। म चिन्ता, बेचैनी र दुःखको अवस्थामा बाँचिरहेको थिएँ, “एक पटकमा एक दिन कटाउने” मनोवृत्तिका साथ आफ्नो कर्तव्य पूरा गर्दै थिएँ। कर्तव्यहरू सृजित प्राणीको जिम्मेवारी हो, र ती न्यायोचित र स्वाभाविक हुन्, तर मैले मेरो कर्तव्यलाई आशिष् कमाउने प्रमाणको रूपमा लिएँ, र जबसम्म मैले आशिष् पाउन सक्थेँ, म जतिसुकै आवश्यक भए पनि त्याग्न, समर्पित हुन, सहन र मूल्य चुकाउन तयार थिएँ, तर यदि आशिष् पाउने आशा थिएन भने, मसँग आफ्नो कर्तव्य पूरा गर्ने कुनै प्रेरणा नै हुँदैनथ्यो। मसँग अलिकति पनि विवेक कहाँ थियो र? पछाडि फर्केर हेर्दा, मैले देखेँ कि उहाँमा विश्वास गर्न थालेदेखि नै मैले उहाँका वचनहरूद्वारा परमेश्‍वरको धेरै गोठालापन र मलजलको आनन्द उठाएको छु, र मैले परमेश्‍वरसँग कुनै माग गर्नु हुँदैन। परमेश्‍वरले मलाई जीवन दिनुभएको छ र मलाई परमेश्‍वरको घरमा आएर मेरो कर्तव्य पूरा गर्न दिनुभएको छ, र यो पहिले नै परमेश्‍वरको अनुग्रह हो। मेरो लागि राम्रो गन्तव्य नभए पनि, मैले कुनै गुनासो गर्नु हुँदैन, र मैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ। मैले जति धेरै यसबारे सोचेँ, त्यति नै धेरै म परमेश्‍वरप्रति ऋणी महसुस गरेँ, र मैले उहाँलाई प्रार्थना गरेँ, आशिष् पाउने मेरो इच्छालाई त्याग्न र पछ्याइ सम्बन्धी यी गलत दृष्टिकोणहरूबाट बाहिर निस्कन तयार भएँ।

मेरो भक्ति-पाठको समयमा, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग सांसारिक कुराहरूसँग सम्‍बन्धित दर्शन र धार्मिक धारणा बढी हुन्छन्। आफ्‍ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू बुझ्‍नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्‍वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्‍वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्‍वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा)। “तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू नकारात्मक छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एकअर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सद्भावपूर्ण सहकार्य होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा)। परमेश्‍वरका वचनहरूले मलाई प्रेरित गरे र ठूलो विश्वास दिए। यद्यपि हामी वृद्धहरूको स्वास्थ्य अलि कमजोर छ, जबसम्म हामी परमेश्‍वरका वचनहरू सुन्छौं, उहाँमा समर्पित हुन्छौं, र उहाँका वचनहरू अभ्यास गर्नमा ध्यान केन्द्रित गर्छौं, हामी सबैसँग मुक्ति पाउने मौका हुन्छ। वृद्ध मानिसहरूले आफूलाई तन्नेरीहरूसँग तुलना गर्न आवश्यक छैन, र उनीहरूले आफ्नो शक्ति र कमजोरीहरूलाई सही रूपमा हेर्नुपर्छ। तन्नेरीहरू तेज दिमागका र छिटो सिक्ने हुन्छन्, र तन्नेरीहरूको आफ्नो शक्ति भए तापनि, उनीहरूमा गहिरो सोचविचारको कमी पनि हुन सक्छ। वृद्ध मानिसहरू आफ्नो काममा शान्त र स्थिर हुन्छन्, र यसरी सँगै सहकार्य गर्दा हामीलाई आफ्नो कर्तव्यमा एक-अर्काको कमी-कमजोरी पूर्ति गर्न मद्दत पुग्छ। जब मैले प्राविधिक समस्याहरूको सामना गर्छु, म याङ सुनसँग मद्दत माग्छु, र जब याङ सुनले कठिन प्रश्नहरूको सामना गर्छन्, उनी मसँग छलफल गर्छन्, जसले हामीलाई छिट्टै एउटा साझा सहमतिमा पुग्न मद्दत गर्छ। यदि हामी दुवैले बुझ्दैनौं भने, हामी हाम्रो अगुवाबाट मार्गदर्शन खोज्छौं, र अन्ततः, हामीले अभ्यासको मार्ग भेट्टाउँछौं। यसका साथै, याङ सुन र मेरो लागि, कसले अर्कोको भ्रष्टताको प्रकाश वा सत्यता सिद्धान्तहरूसँग मेल नखाने कार्यहरू याद गर्छ भन्ने कुराले फरक पार्दैन, हामी अहंकारले बाधा महसुस नगरीकन एक-अर्कालाई यी कुराहरू औंल्याउन सक्षम छौं, र खुला सङ्गतिद्वारा, हामी दुवैले एक-अर्काबाट लाभ पाउँछौं। अब मलाई मेरो उमेरको कारणले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने चिन्ता लाग्दैन र म परमेश्‍वरको प्रेमको बदला चुकाउन आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने भन्नेमा ध्यान केन्द्रित गर्छु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

सिउजुआन, म आशा गर्छु कि मेरो यो अनुभवले तिमीलाई मद्दत गर्नेछ। मेरो वास्तविक अनुभवमा, म देख्छु कि परमेश्‍वरले वृद्धहरूलाई पक्षपात गर्नुहुन्न, र यदि मलाई प्रकट गर्न परमेश्‍वरले यस्तो परिस्थितिको बन्दोबस्त नगरिदिनुभएको भए, मैले मेरा धेरै दृष्टिकोणहरू सत्यतासँग मेल खाँदैनन् भन्ने महसुस गर्ने थिइनँ। यो प्रकाशले मलाई लाभ हासिल गर्न दिएको छ। यदि तिमीसँग कुनै नयाँ ज्योति वा अन्तर्दृष्टि छ भने, कृपया मलाई पत्र लेखेर बाँड्नु। म तिम्रो जवाफको प्रतीक्षामा रहनेछु!

लिआङ्ग झी

नोभेम्बर १८, २०२३

अघिल्लो:  ९१. हीनताबोधलाई बिदाइ

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger