३५. वास्तविक काम नगरेकोमा गरिएको चिन्तन
सन् २०२३ को मे महिनामा, म लेखन-पठनको कामकी इन्चार्ज थिएँ। अक्टोबरको मध्यतिर, समूह अगुवाहरू मध्ये एकजनालाई वास्तविक काम नगरेकोले बर्खास्त गरियो, र पछि, लि झी ब्रदरलाई समूह अगुवाको रूपमा छानियो। त्यतिबेला, अगुवाले विशेष गरी मलाई सम्झाउन एउटा पत्र पठाए, जसमा लि झीको क्षमता सामान्य भएको र उनमा कार्य सामर्थ्यको कमी रहेको कुरा बताए, र उनलाई धेरै सहयोग र समर्थन गर्न आग्रह गरे। त्यसैले त्यही दिन, मैले लि झीलाई पत्र लेखेँ, र समूहका सदस्यहरूको विशेष अवस्था, समूहमा तत्काल समाधान गर्नुपर्ने समस्याहरू आदिको बारेमा बताएँ, अनि त्यसैअनुसार कामलाई प्राथमिकता दिन उनलाई आग्रह गरेँ। लि झीले के भन्दै जवाफ दिए भने सुरुमा उनलाई आफ्नो क्षमता अपर्याप्त छ अनि आफूमा धेरै कमीकमजोरीहरू छन्, र आफू समूह अगुवाको कर्तव्य पूरा गर्न सक्दिनँ भन्ने लागेको थियो, तर परमेश्वरका वचन पढेपछि उनले आफ्नो गलत स्थिति सुधारेका छन्, र आउँदो कामका लागि योजना बनाएका छन्। मैले मनमनै सोचेँ: “लि झीमा केही जीवन प्रवेश रहेछ। उनको कार्य सामर्थ्यमा कमी भए पनि, उनी सच्चा व्यक्ति रहेसम्म कमीकमजोरीहरूसँग डराउनु पर्दैन, र म उनलाई धेरै समर्थन र सहयोग गर्न सक्छु।” उनले केही सिद्धान्तहरू बुझेपछि र केही कार्य अनुभव पाएपछि, कामकुराहरू ठीकठाक हुनेछन् भन्ने मलाई लाग्यो। त्यसपछि, मैले लि झीको कामलाई नजिकबाट अनुगमन गरेँ। उनी मैले दिएका सुझावहरू स्वीकार गर्न सक्षम भए, र कामका विवरणहरूबारे समयमै प्रतिक्रिया दिए।
एक महिनाभन्दा अलि बढी समयमा, लि झीले बिस्तारै लेखन-पठनको काम गर्ने तीन जना टोली सदस्यहरू भेट्टाए, र यी सबैमा केही क्षमता थियो। म यस्तो सोच्दै निकै खुसी भएँ, “मैले उपयुक्त व्यक्तिहरू भेट्टाउन सधैँ सङ्घर्ष गरेँ, तर लि झीले भर्खरै आएर पनि उपयुक्त व्यक्तिहरू भेट्टाइसके। लि झीको कार्य सामर्थ्य त्यति नराम्रो छैन जस्तो देखिन्छ।” मैले आफूले तीनवटा समूहको कामको जिम्मेवारी लिएको र मानिसहरूलाई संवर्धन गरेको समयबारे सोचेँ। त्यतिबेला, म हरेक दिन धेरै व्यस्त हुन्थेँ, तर अहिले लि झीले प्रायः आफ्नो काम राम्ररी बुझिसकेकाले, म अलि आराम गर्न पाउँछु। त्यसपछि, मैले उनको कामलाई त्यति नजिकबाट अनुगमन गरिनँ। आधा महिनापछि, मैले लि झीले जिम्मेवारी लिएको समूहले कुनै पनि अनुभवात्मक गवाही लेखहरू बुझाएको रहेनछ भन्ने देखेँ। म अलि अलमल्ल भएँ: “लि झी भर्खरै समूहमा सामेल भएका तीन जना सिस्टरहरूमा केही क्षमता छ भन्थे, त्यसोभए तिनीहरूको कर्तव्यबाट किन कुनै परिणामहरू आएका छैनन्? के तिनीहरूले भर्खरै तालिम सुरु गरेकाले सिद्धान्तहरू नबुझेका होलान् त?” यस्तो सोचेर, म समूह अनुभवात्मक गवाही लेखहरू छनौटमा कस्तो प्रगति गर्दै रहेछ भनेर जाँच्न गएँ। मैले देखेँ लि झी अनुभवात्मक गवाही लेखहरूमा भएका कतिपय समस्याहरू पहिचान गर्न सक्थे, र काममा कुनै स्पष्ट विचलनहरू थिएनन्। मैले सोचेँ: “लि झी जिम्मेवार रहेको कामका परिणामहरू सधैँ कमजोर नै थिए। तत्कालै परिणामहरूमा सुधार हुने अपेक्षा गर्न सम्भव छैन। सायद ती समयसँगै सुधार होलान्।” त्यतिबेला, मैले यस्तो पनि सोचेँ, “के मैले थप अनुसन्धान गर्नुपर्ला?” तर जब मैले यदि साँच्चै कुनै समस्याहरू रहेछन् भने, तिनलाई समाधान गर्न धेरै समय खर्च गर्नुपर्छ, र मैले अरू दुईवटा टोलीको काम अनुगमन गर्न बाँकी छ भन्ने सोचेँ, तब मलाई यदि मैले यी सबैमा संलग्न हुनुपर्यो भने, म एकदम थकित हुनेछु! भन्ने लाग्यो। धेरै सोचविचारपछि, मैले अन्तमा लि झीलाई नै यसको अनुसन्धान र समाधान गर्न लगाउनु उचित हुन्छ भन्ने निर्णय गरेँ। एक पटक, मैले भर्खरै सरुवा भएर आएकी सिस्टर लु युआन, लि झीका अनुगमन र सुपरिवेक्षणप्रति प्रतिरोध महसुस गर्दिरहिछन्, कामको प्रगतिबारे लगातार सोधपुछ गर्दा आफ्नो समय बर्बाद हुन्छ भन्ने उनलाई लाग्दो रहेछ, र उनले यो धारणा अरूको अगाडि पनि व्यक्त गरेकी रहिछन् भन्ने थाहा पाएँ। मलाई उनको यो मनोवृत्ति गलत छ र यसले लि झीलाई कामको अनुगमन गर्न असम्भव बनाउनेछ भन्ने थाहा थियो, तर मैले थप अनुसन्धान गरेर त्यसलाई समाधान गर्ने प्रयास गरिनँ; मैले केवल लि झीलाई लु युआनसित सङ्गति गर्न आग्रह गरेँ। पछि, लि झीले लु युआनले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गरिरहेकी भन्ने रिपोर्ट गरे, त्यसैले मैले यस विषयबारे थप अनुगमन गरिनँ।
मैले थाहा नपाउँदै, डिसेम्बरको मध्य भइसकेछ, र मैले लि झी जिम्मेवार रहेको टोलीले अझै पनि धेरै अनुभवात्मक गवाही लेखहरू नबुझाएको पाएँ। मैले केही गडबड भएको महसुस गरेँ, त्यसैले मैले अवस्थाबारे सोध्न तुरुन्तै लि झीलाई पत्र लेखेँ। उनले आफ्नो स्थिति राम्रो नभएको, केही ब्रदर-सिस्टरहरूले उनी वास्तविक काम गर्न वा उनीहरूले कर्तव्यमा सामना गरिरहेका कठिनाइहरू समाधान गर्न नसकेको भनेका, र उनीहरूले उनको रिपोर्ट गर्ने विचार गरिरहेका बताए। त्यतिबेला, म स्तब्ध भएँ। के उनले पहिले केही काम गर्न सकेका थिएनन् र? कसरी अचानक उनको रिपोर्ट गर्ने अवस्था आयो? मलाई अलि डर लाग्यो। यो समूहको काम यस्तो नतिजामा पुग्ने कुरा मैले यस अवधिमा वास्तविक काम नगरिरहेको तथ्यसँग सम्बन्धित थियो। म अवस्था बुझ्न तुरुन्तै समूहमा गएँ। अचम्म त के भने, लि झीले आफ्नो क्षमता कमजोर रहेको र आफू समूह अगुवा हुन नसक्ने महसुस गरेर, जिम्मेवारी लिँदै राजीनामा दिए। अगुवाले जति नै सङ्गति र सहयोग गर्ने प्रयास गरे पनि, केही सीप लागेन। लि झी गएपछि, मैले उनी जिम्मेवार रहेको टोलीमा धेरै समस्याहरू रहेछन् भन्ने थाहा पाएँ। लु युआन सधैँ नकारात्मकता पोखिरहेकी थिइन्। उनलाई लि झीको सुपरिवेक्षण र कामको जाँचले आफ्नो समय बर्बाद गरिरहेको छ भन्ने लाग्थ्यो, जसले गर्दा लि झीले कामको अनुगमन गर्न सकेनन्, र यसले लेखन-पठनको कामलाई गम्भीर रूपमा ढिलाइ र अवरोध गर्यो। भर्खरै तालिम सुरु गरेका नयाँ सिस्टरहरू आफ्नो कर्तव्यमा अनियन्त्रित, अनुशासनहीन र अव्यवस्थित थिए, अनि कठिनाइहरू आइपर्दा, तिनीहरूले सीधै लि झीलाई सुम्पिदिन्थे। तर लि झीले तिनीहरूको कर्तव्यप्रतिको मनोवृत्तिको समस्यालाई कहिल्यै औँल्याएनन्, न त उनले माथिकालाई रिपोर्ट नै गरे। उनले तिनीहरूलाई टोलीमा त्यसै अलमलिएर बस्न र हेलचेक्याईं गर्न छोडिदिए। यो सब थाहा पाएपछि, म तिनछक परेँ। यी तीन महिनामा कामको अनुगमनमा लि झीको कुनै प्रभाव नै परेको रहेनछ। समूहका सदस्यहरू आफ्नो कर्तव्यमा गम्भीर रूपमा झारा टारिरहेका थिए र मलाई यसबारे कुनै जानकारी थिएन। यसले लेखन-पठनको कामको यो हिस्सालाई नै ठप्प पारेको थियो। अझ बढी लगनशील नभएकोमा मलाई साँच्चै पछुतो लाग्यो! पछि, मैले समूहमा रहेका अनुपयुक्त सदस्यहरूलाई बर्खास्त गरेँ र केही नयाँ व्यक्तिहरूलाई सरुवा गरेँ, त्यसपछि मात्र काममा बिस्तारै सुधार हुन थाल्यो।
यो घटनापछि, मलाई धेरै दोषी महसुस भयो। मैले लि झीको क्षमता सामान्य थियो र उनको कार्य सामर्थ्य राम्रो थिएन भन्ने राम्ररी थाहा पाएकी थिएँ, त्यसोभए मैले कसरी लगाम छोडेर यो समूहको कामलाई बेवास्ता गर्न सकेँ? यदि मैले कामको अनुगमन र जाँचमा बढी ध्यान दिएकी भए, मैले लि झीका समस्याहरू पहिले नै पत्ता लगाउन सक्थेँ र यी परिणामहरूबाट बच्न सक्थेँ। काम यस्तो अवस्थामा पुग्नुमा मेरो अपरिहार्य जिम्मेवारी थियो। त्यस अवधिमा, म अक्सर झूटा अगुवाहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू खोजेर पढ्थेँ। तीमध्ये, एउटा खण्ड मेरो स्थितिसँग विशेष रूपमा सम्बन्धित थियो। परमेश्वर भन्नुहुन्छ: “झूटा अगुवाहरूले कहिल्यै विभिन्न टोली-सुपरिवेक्षकहरूको कार्य परिस्थितिहरूबारे सोध्दैनन् वा त्यसको अनुगमन गर्दैनन्। तिनीहरूले विभिन्न टोलीका सुपरिवेक्षकहरू, र विभिन्न महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूको जीवन प्रवेश, साथै मण्डलीको काम र तिनीहरूका कर्तव्यहरूप्रति, र परमेश्वरमाथिको आस्था, सत्यता, र परमेश्वर स्वयम्प्रति तिनीहरूका मनोवृत्तिहरूबारे पनि सोध्ने, अनुगमन गर्ने, वा बुझ्ने गर्दैनन्। तिनीहरूलाई यी व्यक्तिहरूमा कुनै रूपान्तरण वा वृद्धि भएको छ कि छैन भनेर थाहा हुँदैन, न त तिनीहरूलाई तिनीहरूको काममा हुन सक्ने विभिन्न समस्याहरूबारे नै थाहा हुन्छ; खासगरी, तिनीहरूलाई कामका विभिन्न चरणहरूमा आइपर्ने त्रुटि र विचलनहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमाथि पार्ने प्रभावबारे थाहा हुँदैन, साथै यी त्रुटि र विचलनहरू कहिल्यै सच्याइएका छन् कि छैनन् भन्ने पनि थाहा हुँदैन। तिनीहरू यी सबै थोकबारे पूर्णतया अनजान हुन्छन्। यदि तिनीहरूलाई यी विस्तृत अवस्थाहरूबारे केही पनि थाहा छैन भने, समस्याहरू उत्पन्न हुनेबित्तिकै तिनीहरू निष्क्रिय बन्छन्। तर, झूटा अगुवाहरूले आफ्नो काम गर्ने क्रममा यी विस्तृत समस्याहरूबारे बिलकुलै मतलब गर्दैनन्। तिनीहरूले के विश्वास गर्छन् भने, विभिन्न टोली सुपरिवेक्षकहरूको बन्दोबस्त गरेर कामहरू तोकेपछि तिनीहरूको काम सकियो—यसलाई राम्रोसँग काम गरेको मानिन्छ, र यदि अरू समस्याहरू उत्पन्न भएमा त्यो तिनीहरूको चासोको विषय होइन। झूटा अगुवाहरूले विभिन्न टोली सुपरिवेक्षकहरूलाई निरीक्षण, निर्देशन, र अनुगमन नगर्ने, र यी क्षेत्रहरूमा आफ्ना जिम्मेवारीहरू पूरा नगर्ने हुनाले, मण्डलीको काम लथालिङ्ग हुन्छ। यो अगुवा र कामदारहरू कर्तव्यच्युत हुनु हो। परमेश्वरले मानव हृदयको गहिराइको छानबिन गर्न सक्नुहुन्छ; यो त्यस्तो क्षमता हो, जुन मानवसँग हुँदैन। त्यसकारण, काम गर्दा मानिसहरू बढी लगनशील र सचेत हुनुपर्छ, तिनीहरूले मण्डलीको सामान्य कार्यप्रगति सुनिश्चित गर्नका निम्ति नियमित रूपमा कार्यस्थलमा गएर कामको अनुगमन, सुपरिवेक्षण र निर्देशन गर्नुपर्छ। स्पष्ट छ, झूटा अगुवाहरू आफ्ना काममा पूर्णतया गैरजिम्मेवार हुन्छन्, र तिनीहरू कहिल्यै विभिन्न कार्यहरूको सुपरिवेक्षण, अनुगमन, र निर्देशन गर्दैनन्। फलस्वरूप, कतिपय सुपरिवेक्षकहरू काममा उत्पन्न हुने विभिन्न समस्याहरू समाधान गर्न जान्दैनन्, र त्यो काम गर्न अलिकति पनि योग्य नहुँदा पनि सुपरिवेक्षकको भूमिकामै रहन्छन्। अन्ततः काममा बारम्बार ढिलाइ हुन्छ र तिनीहरूले त्यसलाई पूर्णतया लथालिङ्ग पार्छन्। यो झूटा अगुवाहरूले सुपरिवेक्षकहरूका परिस्थितिहरूबारे नसोध्नु, त्यसको सुपरिवेक्षण र अनुगमन नगर्नुको परिणाम हो, जुन पूर्णतया झूटा अगुवाहरू जिम्मेवारीबाट विमुख हुनुले निम्त्याएको परिणाम हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। परमेश्वर भन्नुहुन्छ झूटा अगुवाहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुन्छन् र वास्तविक काम गर्दैनन्। तिनीहरू आफूले सुपरिवेक्षक छनोट गरेपछि, सबै ठीकठाक छ र अब आफू जिम्मेवारीबाट पन्छिए हुन्छ भन्ने सोच्छन्। त्यसैले तिनीहरू विभिन्न कामका विवरणहरूबारे अनुसन्धान गर्ने वा बुझ्ने गर्दैनन्। सुपरिवेक्षक वा कर्तव्य निर्वाह गर्नेहरू योग्य छन् कि छैनन्, वा काम ठप्प भएको छ कि छैन भन्ने कुरा पनि तिनीहरूलाई थाहा हुँदैन, जसले गर्दा काममा गम्भीर हानि पुग्छ। यो एक असली झूटो अगुवा हो। म ठ्याक्कै परमेश्वरले भन्नुभए जस्तै किसिमको झूटो अगुवा थिएँ। लि झीलाई समूह अगुवाको रूपमा छानिएपछि, मैले उनले तीन जना लेखन-पठनको काम गर्ने टोली सदस्यहरू भेट्टाएको देखेँ, र जब म उनीसँग कामको बारेमा कुराकानी गर्थेँ, उनको मनोवृत्ति सधैँ निकै राम्रो हुन्थ्यो। त्यसैले मैले लि झी ठोस काम गर्छन्, र उनलाई काम सुम्पेर म ढुक्क हुन सक्छु भन्ने सोचेँ। त्यसपछि म एक नोकरशाह बनेँ, उनको कामको न त सुपरिवेक्षण गरेँ न त अनुगमन नै। परिणामस्वरूप, लि झी आफ्नो कर्तव्यमा सङ्घर्ष गरिरहेका छन् भन्ने मलाई थाहा भएन, र समूहका सदस्यहरूले उचित कामलाई बेवास्ता गरिरहेका र झारा टारिरहेका छन् भन्ने कुरामा पनि म पूर्ण रूपमा अनभिज्ञ थिएँ। वास्तवमा, तिनीहरूको समूहमा कामले निरन्तर परिणामहरू दिइरहेको छैन भन्ने मलाई थाहा थियो, तर मलाई डर थियो यदि मैले विवरणहरूमा अनुसन्धान गरेँ भने, मैले समस्याहरू समाधान गर्नमा समय र प्रयास खर्च गर्नुपर्नेछ, त्यसैले मैले त्यो काम लि झीले नै सम्हालुन् भनेर छोडिदिएँ। यसबाहेक, लु युआनले आफ्नो कर्तव्यमा अरूलाई सुपरिवेक्षण गर्न दिइनन्। उनले समूहमा निरन्तर नकारात्मकता पनि पोखिरहिन्, जसले लेखन-पठनको काममा बाधा पुर्यायो। मैले उनका समस्याहरू खुलासा गरिनँ बरु लि झीलाई नै तिनको समाधान गर्न लगाएँ, र पछि, मैले परिणामहरूमा थप अनुगमन गरिनँ। यसले गर्दा समस्याहरू समाधान हुन सकेनन्, जसले कामको प्रगतिमा ढिलाइ गर्यो। यो देखेर, मैले आफू साँच्चै झूटो अगुवा बनिरहेकी रहेछु भन्ने महसुस गरेँ। मैले आफ्नो कर्तव्यमा अपराधबाहेक केही पनि छोडिनँ।
पछि, मैले चिन्तन गरेँ, “मैले लि झीलाई किन यति धेरै भरोसा गरेँ?” मैले परमेश्वरका वचन पढेँ: “झूटा अगुवाहरूले वास्तविक काम नगर्ने वा आफ्ना उचित कामहरूमा ध्यान नदिने सुपरिवेक्षकहरूका बारेमा सोधपुछ गर्दैनन्। तिनीहरूलाई आफूले सुपरिवेक्षक छनौट गरे पुग्छ, अनि त्यो मामलाको अन्त्य हुन्छ, र पछि सुपरिवेक्षकले कामका सबै मामलाहरू आफै सम्हाल्न सक्नेछ भन्ने लाग्छ। त्यसकारण झूटा अगुवाहरूले कहिलेकाहीँ भेला आयोजना मात्रै गर्छन्, र कामको सुपरिवेक्षण गर्ने वा त्यो कसरी अघि बढिरहेको छ भनेर सोध्ने गर्दैनन्, अनि आफू चाहिँ काम नगरी अरूलाई अह्राउने हाकिमको जस्तो व्यवहार गर्छन्। … तिनीहरू आफैले वास्तविक काम गर्न सक्दैनन्, र तिनीहरूले टोली अगुवा र सुपरिवेक्षकको कामप्रति पनि मिहिन रूपमा ध्यान दिँदैनन्—तिनीहरूले यसबारे अनुगमन गर्ने वा सोधपुछ गर्ने गर्दैनन्। मानिसहरूसम्बन्धी तिनीहरूको दृष्टिकोण तिनीहरूको आफ्नै विचार र कल्पनामा आधारित हुन्छ। जब तिनीहरूले कसैले केही समयसम्म राम्ररी काम गरिरहेको देख्छन्, तब तिनीहरूलाई यो व्यक्ति सधैँ असल रहनेछ, र परिवर्तन हुनेछैन भन्ने लाग्छ; यो व्यक्तिमा समस्या छ भनेर भन्ने कसैको कुरा पनि तिनीहरूले पत्याउँदैनन्, र यो व्यक्तिका बारेमा कसैले चेतावनी दिँदा, तिनीहरूले बेवास्ता गर्छन्। के तिमीहरूलाई झूटा अगुवाहरू मूर्ख हुन्छन् भन्ने लाग्छ? तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। कुन कुराले तिनीहरूलाई मूर्ख बनाउँछ? तिनीहरू कुनै व्यक्ति छनौट हुँदा, उसले शपथ खाएको र सङ्कल्प गरेको अनि आफ्नो अनुहारभरि आँसु झार्दै प्रार्थना गरेको कारणले ऊ भरपर्दो छ, र उसले कामको अभिभारा लिँदा कुनै समस्याहरू हुनेछैनन् भन्दै ऊमाथि लापरवाहीपूर्वक भरोसा गर्छन्। झूटा अगुवाहरूसित मानिसहरूको प्रकृतिका बारेमा कुनै बुझाइ हुँदैन; तिनीहरू भ्रष्ट मानवजातिको साँचो परिस्थितिका बारेमा अनजान हुन्छन्। तिनीहरू भन्छन्, ‘कुनै व्यक्तिलाई सुपरिवेक्षकका रूपमा छनौट गरिसकेपछि ऊ कसरी खराब रूपमा परिवर्तन हुन सक्छ? अत्यन्तै सख् र भरपर्दो देखिने व्यक्ति कसरी कामदेखि भाग्न सक्छ? तिनीहरूले त्यसो गर्दैनन्, गर्छन् र? तिनीहरूमा धेरै निष्ठा हुन्छ।’ झूटा अगुवाहरूले आफ्नो कल्पना र भावनाहरूमा धेरै आस्था राख्ने हुनाले, यसले तिनीहरूलाई मण्डलीको काममा उत्पन्न हुने धेरै समस्याहरू समयमै हल गर्न असक्षम तुल्याउँछ, र सम्बन्धित सुपरिवेक्षकलाई तुरुन्तै बर्खास्त गर्न र उसलाई तोकिएको कर्तव्यलाई समायोजन गर्नबाट रोक्छ। तिनीहरू खाँटी झूटा अगुवाहरू हुन्। … झूटा अगुवाहरूमा एउटा घातक खोट हुन्छ: तिनीहरू आफ्नै कल्पनामा आधारित भएर मानिसहरूलाई भरोसा गरिहाल्छन्। अनि यो सत्यतालाई नबुझेको कारणले हुने हो, होइन र? परमेश्वरका वचनहरूले भ्रष्ट मानवजातिको सारलाई कसरी खुलासा गर्छन्? परमेश्वरले मानिसहरूलाई भरोसा गर्नुहुन्न भने तिनीहरूले चाहिँ किन भरोसा गर्नुपर्यो? झूटा अगुवाहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्, होइन र? तिनीहरूले के सोच्छन् भने, ‘मैले यो व्यक्तिलाई गलत रूपमा मूल्याङ्कन गरेको हुन सक्दैन, मैले उपयुक्त भनी मूल्याङ्कन गरेको यो व्यक्तिमा कुनै पनि समस्याहरू नहुनुपर्ने हो; ऊ अवश्य नै खाने, पिउने, र मनोरञ्जन गर्ने काममा लिप्त हुने, वा ऐसआराम मन पराउने र कठिन परिश्रम गर्न मन नपराउने व्यक्ति होइन। ऊ अवश्य नै भरपर्दो र भरोसायोग्य छ। ऊ परिवर्तन हुनेछैन; यदि ऊ परिवर्तन भयो भने, म नै ऊबारे गलत थिएँ भन्ने अर्थ लाग्छ, होइन र?’ यो कस्तो प्रकारको तर्क हो? के तँ कुनै विशेषज्ञ होस्? के तँसँग एक्स-रे दृष्टि छ? के तँसँग त्यो विशेष सीप छ? तँ कुनै व्यक्तिसित एक-दुई वर्ष बस्न सक्छस् तर उसको प्रकृति सारलाई उदाङ्गो पार्ने उपयुक्त वातावरणविना तैँले ऊ साँच्चै को हो भनी देख्न सक्छस् र? यदि ऊ परमेश्वरद्वारा प्रकाश नगरिएको भए, तँ ऊसित तीनदेखि पाँच वर्षसम्म पनि सँगसँगै जिउन सक्थिस् र पनि तिनीहरूको प्रकृति सार कस्तो चाहिँ छ भन्ने कुरा देख्न तैँले अझै सङ्घर्ष गर्नुपर्थ्यो। अनि तैँले तिनीहरूलाई बिरलै देख्ने, तिनीहरूसित बिरलै रहने अवस्थामा त यो झन् कति साँचो हुन्छ? झूटा अगुवाहरूले व्यक्तिको अस्थायी छवि वा अरू कसैले तिनीहरूबारे गरेको सकारात्मक मूल्याङ्कनका आधारमा उसलाई लापरवाहीपूर्वक विश्वास गर्छन्, र त्यस्तो व्यक्तिलाई मण्डलीको कामको जिम्मेवारी सुम्पने आँट गर्छन्। यसमा, के तिनीहरू अत्यन्तै अन्धो बनिरहेका हुँदैनन् र? के तिनीहरूले लापरवाह व्यवहार गरिरहेका हुँदैनन् र? अनि झूटा अगुवाहरूले यसरी काम गर्दा, के तिनीहरू अत्यन्तै गैरजिम्मेवार भइरहेका हुँदैनन् र?” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (३))। परमेश्वरका वचनहरू पढिसकेपछि मैले आफूले मानिसहरूलाई किन सजिलै भरोसा गर्ने रहेछु भन्ने कुरा बुझेँ। यसको मूल कारण के थियो भने मैले सत्यता बुझेकी थिइनँ र म धेरै अहङ्कारी थिएँ, र म मानिसहरूलाई आफ्नै धारणा र कल्पनाअनुसार मापन गर्थेँ। म कुनै व्यक्तिले एकछिनको लागि अलिकति राम्रो कार्यसम्पादन गर्दैमा उसले वास्तविक काम गर्न सक्छ भन्ने ठान्थेँ। यसले गर्दा मैले मानिसहरूलाई अत्यधिक भरोसा गरेँ र कामको सुपरिवेक्षण र अनुगमन गर्न बेवास्ता गरेँ। वास्तवमा, अगुवाले लि झीको क्षमता र कार्य सामर्थ्य त्यति राम्रो छैन भनेर मलाई सम्झाउनुभएको थियो, र उहाँले मलाई कामको अझ विस्तृत रूपमा अनुगमन गर्न र काम गर्नमा उनलाई थप मार्गदर्शन र सहयोग गर्न भन्नुभएको थियो। तर लि झीले तीन जना लेखन-पठनको काम गर्ने टोली सदस्यहरू भेट्टाएका र अनुभवात्मक गवाही लेखहरूमा केही समस्याहरू देखेका कारणले, मैले उनको बारेमा आफ्नो दृष्टिकोण परिवर्तन गर्दै, उनीसँग केही कार्य सामर्थ्य छ र उनको क्षमता त्यति नराम्रो छैन भन्ने सोचेँ। त्यसपछि, मैले उनको कामप्रतिको जिम्मेवारीबाट पन्छिने दृष्टिकोण अपनाएँ र विरलै मात्र त्यसको अनुगमन वा सोधपुछ गरेँ। परिणामस्वरूप, मैले धेरै समस्याहरू पत्ता लगाउने वा समाधान गर्ने गरिनँ, जसले गर्दा काममा ढिलाइ भयो। वास्तवमा, ध्यानपूर्वक फर्केर सोच्दा, मैले के महसुस गरेँ भने ती तीन जना सदस्यहरूमध्ये दुई जना त अगुवाले नै उपलब्ध गराउनुभएको थियो, र लि झी केवल तिनीहरूको कर्तव्यको व्यवस्थापन गर्न मात्र जिम्मेवार थिए। साथै, उनले लेखहरूमा केही समस्याहरू पत्ता लगाउन सक्नुको कारण के थियो भने उनले पहिले लेखहरू लेख्ने अभ्यास गरेका थिए, र उनी केही सिद्धान्तहरू बुझ्न सक्थे। तर जब वास्तविक काम गर्ने र समूहका सदस्यहरू गलत स्थितिमा जिउने अनि आफ्नो कर्तव्यप्रति नराम्रो मनोवृत्ति राख्ने जस्ता समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्ने कुरा आयो, तब उनले त्यो गर्न सकेनन्। म मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार मापन गरिरहेकी थिइनँ, र त्यसमाथि, म सुख-सुविधामा लिप्त भइरहेकी थिएँ र कष्ट भोग्न वा मूल्य चुकाउन तयार थिइनँ, अनि लि झीको कामलाई विस्तृत रूपमा अनुगमन वा मार्गदर्शन गरिरहेकी थिइनँ, जसले कामलाई हानि पुर्यायो। यसमा चिन्तन गर्दा, मैले हृदयमा अपराधबोध र पछुतो दुवै महसुस गरेँ। मैले आफू साँच्चै आफ्ना आँखा र हृदय दुवैमा अन्धी भएकी रहेछु भन्ने महसुस गरेँ!
त्यसपछि, मैले वास्तविक काम कसरी गर्ने भन्ने बारेमा पढ्नको लागि परमेश्वरका वचनहरू खोजेँ। परमेश्वर भन्नुहुन्छ: “एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्नहरू सोध्न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुराबारे पूर्ण सुझबुझ राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ। तिनीहरूले विशेष गरी को राम्रो क्षमतायुक्त र संवर्धनको लायक छ भन्ने कुरा स्पष्ट र सही रूपले बुझेको हुनुपर्छ, किनभने यसले मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई संवर्धन र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वर भन्नुहुन्छ वास्तविक काम राम्रोसँग गर्नको लागि, मुख्य कुरा भनेको देहको ख्याल नगर्नु र अरूको रिपोर्ट मात्र नसुन्नु हो। हामी व्यक्तिगत रूपमा सहभागी हुनुपर्छ, काम भइरहेको ठाउँमा गहिरिएर जानुपर्छ, र कामका विवरणहरू बुझ्नुपर्छ। जब हामी समस्याहरू पत्ता लगाउँछौँ, हामी तिनलाई समाधान गर्न व्यक्तिगत रूपमा सहभागी हुनैपर्छ। हामीले केही समयपछि कामका परिणामहरूको अनुगमन गर्नुपर्छ, अनुगमन नै नगरी खालि कार्यान्वयन मात्र गर्नु हुँदैन। त्यसैले मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र अबदेखि म नोकरशाही बन्ने छैनँ भनेँ, र त्यसपछि, मैले विस्तृत काम गर्नमा ध्यान केन्द्रित गर्न थालेँ, केही मुद्दाहरूको बारेमा व्यक्तिगत रूपमा सोधपुछ गरेँ र तिनलाई समाधान गर्न काम गरेँ। त्यतिबेला, सिस्टर सु जिङ जिम्मेवार रहेको समूहको काममा कुनै परिणामहरू आइरहेका थिएनन्, र जब म कामको बारेमा बुझ्न गएँ, उनले कसरी आफूले वास्तविक काम गरिन् र कसरी कष्ट भोगिन् र मूल्य चुकाइन् भन्ने बारेमा रिपोर्ट गरिन्। उनको रिपोर्ट सुन्दा, सु जिङले धेरै कामहरू गरेकी जस्तो देखिन्थ्यो, तर यो कामको परिणामसँग मेल खाँदैनथ्यो, त्यसैले मैले कामको बारेमा विस्तृत रूपमा बुझ्न थालेँ। मैले के पत्ता लगाएँ भने सु जिङ आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा धेरै चिन्तित थिइन्, र कामको रिपोर्ट गर्दा, उनी राम्रो खबर मात्र सुनाउँथिन् तर नराम्रो सुनाउँदिनथिन्। जब म कामका विवरणहरूबारे सोधपुछ गर्थेँ, उनी सधैँ मुख्य मुद्दाहरूलाई टार्थिन्, र अनुसन्धान र सोधपुछपछि, मैले सु जिङमा कुनै कार्य सामर्थ्य छैन भन्ने कुरा पक्का गरेँ, र त्यसपछि मैले उनलाई बर्खास्त गरेँ। मैले त्यस क्षणमा समूह अगुवा बन्नको लागि उपयुक्त व्यक्ति भेट्टाउन नसकेकीले, केही विस्तृत कामहरू म आफैँले गरेँ। दुई महिनासम्म वास्तविक रूपमा सहभागी भएर र कामको अनुगमन गरेर, लेखसम्बन्धी कामको परिणाममा सुधार भयो र मैले वास्तविक काम गर्नुको मिठास चाख्न पाएँ।
मैले थाहै नपाई, अप्रिल महिना आइसकेछ। म जिम्मेवार रहेका तीनवटा समूहहरूको काममा बिस्तारै प्रगति देखिन थाल्यो, र हामीले टोली अगुवा उम्मेदवारहरू पनि पहिचान गरिसकेका थियौँ। म मनमनै योजना बनाउँदै थिएँ, “अब भने काम सही बाटोमा आयो, र जबसम्म म नियमित रूपमा अनुगमन गर्छु, कामकुराहरू ठीकठाक हुनेछन्, र अन्ततः मैले आराम गर्न पाउँछु।” बिस्तारै, मैले हरेक दिन बुझाइने अनुभवात्मक गवाही लेखहरूमा मात्र ध्यान दिएँ, र मैले कामका विवरणहरूमा सक्रियतापूर्वक बुझ्ने पहल गर्न छोडेँ। जुन महिनाको एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडिओ हेरेँ, जसमा ती ब्रदर मण्डली अगुवा थिए, र सुसमाचारको कामका लागि जिम्मेवार थिए। उनी निकै विस्तृत रूपमा काम गर्थे र सुसमाचार स्विकार्ने सम्भावना भएका हरेक व्यक्तिको अवस्था राम्ररी जान्दथे। मैले आफूलाई उनीसँग तुलना गरेँ र आफू धेरै पछाडि परेको महसुस गरेँ। विशेष गरी पछिल्लो आधा महिनामा, म केवल अनुभवात्मक गवाही लेखहरू बुझाएकोमा मात्र सन्तुष्ट भएकी थिएँ, र मैले हरेक समूहको कामका विवरणहरूमा अनुसन्धान गरेकी थिइनँ। मैले आफू आफ्नो काममा केही लापरबाह भएकी रहेछु भन्ने महसुस गरेँ र तुरुन्तै आफूलाई सुधारेँ। मैले केही समूहहरूको काम जाँच्न थालेँ, र त्यसपछि मात्र के पत्ता लगाएँ भने एउटा समूहमा जाँच नगरिएका अनुभवात्मक गवाही लेखहरूको ठूलो थुप्रो लागेको रहेछ, र अर्को समूह आफ्नो कर्तव्य पूरा गर्नमा अत्यन्तै अकुशल रहेछ, र तिनीहरूको कामका परिणामहरू उल्लेखनीय रूपमा घटेका रहेछन्…। मैले जति जाँच गरेँ, त्यति नै धेरै समस्याहरू भेट्टाएँ। मलाई आफैप्रति धेरै रिस उठ्यो: “मैले यी समस्याहरू किन पहिले पत्ता लगाइनँ? कसरी म आफूले नचाहँदा-नचाहँदै फेरि झूटो अगुवाको बाटोमा हिँड्न पुगेकी रहिछु?” मैले त्यसपछि खोजी गर्न प्रार्थना गरेँ।
आफ्नो खोजीमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “अर्को प्रकारको झुटो अगुवा हुन्छ, जसबारे हामीले ‘अगुवा र कामदारहरूका जिम्मेवारीहरू’ भन्ने विषयबारे सङ्गति गर्दा बारम्बार कुरा गरेका छौँ। त्यस्ताहरूसँग केही क्षमता हुन्छ, तिनीहरू बुद्धिहीन हुँदैनन्, आफ्नो काममा तिनीहरूसँग तरिका र विधिहरू, साथै समस्याहरू समाधान गर्ने योजनाहरू हुन्छन्, र जब तिनीहरूलाई कुनै काम दिइन्छ, तिनीहरूले लगभग अपेक्षित मानकहरूअनुसार नै त्यसलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले काममा उत्पन्न हुने कुनै पनि समस्या पत्ता लगाउन सक्छन् र तीमध्ये केहीलाई समाधान गर्न पनि सक्छन्; जब तिनीहरूले केही मानिसहरूले रिपोर्ट गरेका समस्याहरू सुन्छन्, वा केही मानिसहरूका व्यवहार, प्रकटीकरण, बोली र कार्यहरू अवलोकन गर्छन्, तब तिनीहरूले हृदयमा प्रतिक्रिया जनाउँछन्, र तिनीहरूको आफ्नै राय र मनोवृत्ति हुन्छ। अवश्य नै, यदि यी मानिसहरूले सत्यता पछ्याउँछन् र तिनीहरूमा बोझको बोध हुन्छ भने, यी सबै समस्याहरू समाधान गर्न सकिन्छ। तर, हामीले आज सङ्गति गरिरहेका प्रकारको व्यक्तिको जिम्मेवारीमा पर्ने काममा समस्याहरू अप्रत्याशित रूपमा सुल्झिँदैनन्। त्यस्तो किन हुन्छ? किनभने यी मानिसहरू वास्तविक काम गर्दैनन्। तिनीहरू सहजता मन पराउँछन् र कडा परिश्रमलाई घृणा गर्छन्, तिनीहरू केवल सतही रूपमा झाराटारूवा मेहनत लगाइरहेका हुन्छन्, तिनीहरूलाई निष्क्रिय हुन र हैसियतका लाभहरू उपभोग गर्न मन पर्छ, तिनीहरूलाई मानिसहरूमाथि हैकम चलाउन मन पर्छ, र तिनीहरू अलिअलि मुख चलाएर केही सुझाव मात्रै दिन्छन् र आफ्नो काम सकियो भन्ठान्छन्। तिनीहरू मण्डलीको कुनै पनि वास्तविक काम वा परमेश्वरले तिनीहरूलाई सुम्पने महत्त्वपूर्ण कामलाई हृदयमा लिँदैनन्—तिनीहरूसँग यो बोझको बोध हुँदैन, र परमेश्वरको घरले यी कुराहरूमा बारम्बार जोड दिए पनि, तिनीहरूले अझै पनि तिनलाई हृदयमा लिँदैनन्। … यस प्रकारको व्यक्तिको समस्या के हो? (ऊ अत्यन्तै अल्छे हुन्छ।) ल भन्, कसको समस्या गम्भीर हुन्छ: अल्छी मानिसहरूको कि कमजोर क्षमता भएका मानिसहरूको? (अल्छी मानिसहरूको।) किन अल्छी मानिसहरूको समस्या गम्भीर हुन्छ? (कमजोर क्षमता भएका मानिसहरू अगुवा वा कामदार बन्न सक्दैनन्, तर आफ्नो क्षमताभित्रको कर्तव्य निर्वाह गर्दा तिनीहरू अलिक प्रभावकारी हुन सक्छन्। तर, अल्छी मानिसहरूले केही पनि गर्न सक्दैनन्; तिनीहरूसँग क्षमता नै भए पनि, त्यसको कुनै प्रभाव हुँदैन।) अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको अशक्तता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (८))। क्षमता भएर पनि आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने त्यस्ता झूटा अगुवाहरूलाई परमेश्वरले गर्नुभएको खुलासा पढ्दा, मेरो हृदयमा झट्का लाग्यो। विगतमा, मैले आफू त्यति अल्छी छैनँ भन्ने सोचेकी थिएँ, र मैले आफूलाई परमेश्वरले खुलासा गर्नुभएको निकम्मा व्यक्तिसँग कहिल्यै तुलना गरिनँ, तर यस पटक, तथ्यहरूसामु मैले के स्वीकार गर्नैपर्यो भने मैले वास्तविक काम गर्न नसक्नुको जड त सुख-सुविधालाई प्रेम गर्नु, कडा परिश्रमलाई घृणा गर्नु, आरामको लालसा गर्नु, र धेरै अल्छी हुनु पो रहेछ। आफूले कामको सुपरिवेक्षण गरेको समयलाई फर्केर हेर्दा, सुरुमा, मैले केही जिम्मेवारी लिन सकेँ, केही कठिनाइ सहन सकेँ, र केही मूल्य चुकाउन सकेँ, र काममा केही प्रगति देखियो। तर जब मैले काममा केही परिणामहरू देखेँ, तब मेरो आराम गर्ने इच्छा जाग्यो, र मैले कामलाई समूह अगुवाहरूमाथि थोपर्दै गोप्य रूपमा आफ्नो फुर्सदको आनन्द लिन थालेँ। म हरेक दिन केवल लेखहरू जाँच गर्नमै सन्तुष्ट थिएँ, र मैले हरेक समूहका समस्याहरूका बारेमा सक्रिय रूपमा सोच्न मानसिक प्रयत्न लगाउन चाहिनँ। म आफ्नो कर्तव्यपालन जोसिलो भएर सुरू गर्थेँ, तर अन्त्यसम्म त्यसलाई कायम राख्न सक्दैनथेँ, र म सधैँ सबैभन्दा सजिलो बाटो रोज्थेँ। यसको मतलब के थियो भने काममा भएका समस्याहरू समयमै पत्ता लगाउन र समाधान गर्न सकिँदैनथ्यो। परमेश्वरले उचित विषयहरूमा मनन गर्नको लागि मानिसहरूलाई दिमाग दिनुभएको छ, तर मैले सधैँ आफ्नो देहको ख्याल गरेँ, र कहिल्यै आफ्नो दिमाग प्रयोग गर्न वा समस्याहरूबारे सोच्न चाहिनँ। मण्डलीले मलाई यति महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने प्रबन्ध गरेको थियो, तर म कामलाई प्रभावकारी बनाउन कसरी मूल्य चुकाउने भनेर सोचिरहेकी थिइनँ। बरु, म आराममा लिप्त भइरहेकी र आफ्नो कर्तव्यप्रति गैरजिम्मेवार बन्दै थिएँ। मसँग साँच्चै विवेक र मानवता थिएन। के म ठ्याक्कै परमेश्वरले भन्नुभए जस्तै किसिमको निकम्मा व्यक्ति थिइनँ र? मैले त्यसपछि आफ्नो देहविरुद्ध विद्रोह गर्न, परमेश्वरसमक्ष पश्चात्ताप गर्न, र वास्तविक काम गर्न तत्पर हुँदै परमेश्वरलाई प्रार्थना गरेँ।
एक दिन, भक्तिभावको अवधिमा, मैले परमेश्वरका वचनका दुई ओटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। परमेश्वर भन्नुहुन्छ: “हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै तिकडम पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै काम राम्रोसँग पूरा गर्नेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। “यदि तँमा साँच्चै केही निश्चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्रको व्यावसायिक सीपलाई साँच्चिकै बुझेको छस्, र तँ तेरो पेसाभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्नो कर्तव्यप्रति बफादार हुन सक्नेछस्। कुन वाक्यांश? ‘त्यसमा आफ्नो हृदय लगाउनु।’ यदि तैँले कामकुरामा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्नो कर्तव्यमा बफादार र जिम्मेवार हुन सक्नेछस्। के यो वाक्यांश अभ्यास गर्न सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्नका लागि कान प्रयोग गर्नु होइन, र सोच्नका लागि दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्चै आफ्नो हृदय प्रयोग गर्न सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरेको, कुनै तरिकाले कार्य गरेको, वा कुनै कुराप्रति कुनै न कुनै प्रतिक्रिया दिएको देख्छ, वा जब उसको कानले केही मानिसहरूका राय वा तर्कहरू सुन्छ, तब उसले आफ्नो हृदय प्रयोग गरेर यी कुराहरूका बारेमा मनन र विचार गर्दा उसका मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्तिहरू उत्पन्न हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिहरूले गर्दा उसले उक्त व्यक्ति वा वस्तुका बारेमा गहन, निश्चित र सही बुझाइ प्राप्त गर्छ, र त्यो सँगसँगै तिनले उचित र सही निर्क्योल र सिद्धान्तहरू पनि उत्पन्न गराउँछन्। कुनै व्यक्तिमा आफ्नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको मानिन्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (७))। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने, आफ्नो कर्तव्य पूरा गर्न र वास्तविक काम गर्नको लागि, मैले पहिले सचेत रूपमा आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्नुपर्छ र आफ्नो कर्तव्यमा मन लगाउनुपर्छ। जबसम्म म मन लगाउँछु, म समस्याहरू पत्ता लगाउन र वास्तवमा तिनलाई समाधान गर्न सक्षम हुनेछु। यसरी काम गर्दा मात्र मैले आफ्नो कर्तव्य समर्पित भएर पूरा गर्न सक्छु, र तब मात्र त्यसलाई वास्तविक काम गरेको मानिन्छ। यदि म मन लगाउँदिनँ र प्रयास गर्न वा मूल्य चुकाउन चाहन्नँ भने, मैले समस्याहरू देख्दा सत्यता खोज्ने प्रयास गर्नेछैनँ, र मैले समस्याहरू पत्ता लगाउन पनि नसकूँला, समाधान गर्ने कुरा त परै जाओस्, र अन्तमा, म आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनेछैनँ। पछि, मैले सँगै काम गर्ने सिस्टरसँग समूहमा भएका समस्याहरूका बारेमा एक-एक गरेर सङ्गति गरेँ। हामीले समूहको कामलाई ध्यानपूर्वक जाँच गर्यौँ र केही विचलन तथा कमीकमजोरीहरू भेट्टायौँ, र त्यसपछि मैले व्यावहारिक रूपमा संवाद गर्न पत्र लेखेँ, र बिस्तारै समूहमा कर्तव्य पूरा गर्दा हुने न्यून कार्यकुशलताको समस्या समाधान भयो। तर मलाई के थाहा थियो भने मैले यी कामहरूलाई एक पटक मात्र जाँच र अनुगमन गरेर छोड्न सक्दिनँ, नियमित अनुगमन र सुपरिवेक्षण आवश्यक हुनेछ, र यो लामो समयसम्म गर्नुपर्ने काम हो। कहिलेकाहीँ, जब कामको चाप बढ्थ्यो, म अझै पनि अल्छी गर्न चाहेको स्थिति प्रकट गर्थेँ, तर म तुरुन्तै आफूलाई सुधार्न र आफ्नो देहविरुद्ध विद्रोह गर्न, अनि परमेश्वरका वचनहरूका आधारमा वास्तविक काम गर्न सक्थेँ। थाहा नपाउँदै, म जिम्मेवार रहेका समूहहरूको लेखसम्बन्धी कामले स्पष्ट परिणामहरू देखाउन थाल्यो, र मलाई साँच्चै खुसी लाग्यो। यसरी आफ्नो कर्तव्य पूरा गर्दा मेरो हृदयमा शान्ति महसुस भयो।
यो अनुभव गरेपछि, मैले के महसुस गरेँ भने वास्तविक काम गर्नु गाह्रो छैन। यो त केवल यसमा मन लगाउने कुरा हो। जब तपाईंले आफ्नो अभिप्रायलाई दैहिक सुख-सुविधा र आरामबाट हटाएर सही बनाउनुहुन्छ, र वास्तविक काम कसरी राम्रोसँग गर्ने भन्नेबारे सोच्नतिर लगाउनुहुन्छ—तब तपाईंको हृदय उचित कुराहरूमा बढी केन्द्रित हुन्छ, र आफ्नो कर्तव्यमा, तपाईंले परमेश्वरको मार्गदर्शन र आशिष् अनुभव गर्न सक्नुहुन्छ, र समस्याहरूलाई अझ स्पष्ट र सही रूपमा देख्न सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, वास्तविक काम गरेर, तपाईंले अझ धेरै समस्याहरू पत्ता लगाउन सक्नुहुन्छ, र तपाईंले सत्यताद्वारा समस्याहरू समाधान गर्ने अभ्यास गर्न सक्नुहुन्छ, अनि अझ धेरै सत्यता सिद्धान्तहरू बुझ्न सक्नुहुन्छ। मैले के महसुस गरेकी छु भने वास्तविक काम गरेर मात्र तपाईंले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नुहुन्छ र आफ्नो हृदयमा शान्ति र चैन पाउन सक्नुहुन्छ। परमेश्वरलाई धन्यवाद!