३७. के परमेश्वरका निम्ति त्याग र समर्पण गरेको बदलामा आशिष् पाउनुपर्छ?
सन् २०२२ मा, मैले मण्डलीमा गुओ ली सिस्टरलाई भेटेँ। हाम्रो कुराकानीको क्रममा, मैले थाहा पाएँ कि उनले आफ्नो कर्तव्य पूरा गर्न दश वर्ष पहिले नै घर छाडेकी रहेछिन् र यतिका वर्ष अगुवा वा कामदारका रूपमा सेवा गर्दै आएकी रहेछिन्। जब कुनै मण्डलीलाई मलजल र सहयोगको खाँचो पर्थ्यो, उनले सधैँ सक्रिय रूपमा सहकार्य गर्थिन्, र उनी कष्ट सहन र मूल्य चुकाउन सक्षम थिइन्। तर हालैका वर्षमा, उनको पाखुरामा एउटा घातक ट्युमर पलाएको रहेछ, र उनले तीन वर्षमा चार पटक शल्यक्रिया गराएकी रहेछिन्। यो सुनेर मलाई साह्रै असहज महसुस भयो। मैले सोचेँ, “यी सिस्टरले साँचो रूपमा परमेश्वरमा विश्वास गर्छिन्, र उनले आफ्नो कर्तव्यमा त्याग गर्न, आफूलाई समर्पित गर्न, कष्ट सहन, र मूल्य चुकाउन सक्छिन्। परमेश्वरले कसरी उनको रेखदेख र सुरक्षा नगर्नुभएको र उल्टै उनलाई यस्तो भयानक रोग लाग्न दिनुभएको होला? मैले पनि वर्षौँदेखि त्याग गरेकी छु र आफूलाई समर्पित गरेकी छु। मेरो श्रीमानले सताउँदा पनि मैले आफ्नो कर्तव्यमा हार मानिनँ। अहिले म लगभग ५० वर्षकी भएँ, र मेरो घाँटीको समस्या र काँधको दुखाइ झन्-झन् बढ्दै गइरहेको छ। मलाई त भविष्यमा परमेश्वरले मलाई सुरक्षित राख्नुहुन्छ कि हुन्न भन्नेसमेत थाहा छैन! कुनै दिन मलाई पनि उनको जस्तै गम्भीर रोग लाग्यो भने के गर्ने?” मैले यसबारे थप सोच्ने आँट गरिनँ, र आफूलाई अलि हताश हुनबाट रोक्न सकिनँ। त्यस समयमा, म गुओ लीको अवस्थाबारे निरन्तर चिन्तित थिएँ। आफ्नो पीडाको बीचमा पनि उनले सत्यता खोजिरहेकी थिइन्, आफ्नो भ्रष्ट स्वभावबारे चिन्तन गरिरहेकी र त्यसलाई बुझिरहेकी थिइन्, अनि कुनै गुनासो नगरी परमेश्वरमा समर्पित हुन सकिरहेकी थिइन् र अझै पनि सक्दो आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइन् भनेर जब मैले थाहा पाएँ, तब मैले उनको सच्चा विश्वास र उनले परमेश्वरका निम्ति गरेका सबै समर्पणका कारण उहाँले उनलाई सुरक्षा दिनुहुनेछ र उनको रोग निको पार्नुहुनेछ भनी आशा गर्न थालेँ। त्यसपछि, हरेक पटक भेट्दा, मैले सबैभन्दा पहिले उनको अवस्थाबारे सोध्थेँ। एक पटक, गुओ लीले मलाई उनको डाक्टरले अब चिन्ता गर्नुपर्ने कुनै गम्भीर कुरा छैन भनेको बताइन्। यो खबर सुनेर म असाध्यै खुसी भएँ, र मैले सोचेँ, “जसले सच्चा रूपमा आफूलाई परमेश्वरका निम्ति समर्पित गर्छन् उनीहरूलाई उहाँले साँच्चै सुरक्षा दिनुहुन्छ भन्ने देखिन्छ। हुन त यस चरणमा परमेश्वरको काम अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको कामजस्तो छैन, जहाँ उहाँले बिरामीलाई निको पार्नुहुन्थ्यो र पिशाचहरूलाई धपाउनुहुन्थ्यो, तर परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधनको कामसँगै उहाँका आशिष्हरू पनि आउँछन्। जबसम्म मानिसहरूले आफ्नो बिमारबाट पाठ सिक्छन्, परमेश्वरबारे गुनासो गर्दैनन्, र उहाँका निम्ति आफ्नो गवाहीमा दृढ रहन्छन्, तबसम्म उहाँले तिनीहरूलाई सुरक्षित नै राख्नुहुनेछ। यो अय्यूबले परमेश्वरको परीक्षा भोगेको जस्तै हो। उनले आफ्नो ठूलो धनमाल र सबै छोराछोरी गुमाए, र उनको शरीरभरि खटिराहरू निस्किए, तैपनि उनले गुनासो नगरी परमेश्वरको नामको प्रशंसा गरिरहे र उनी परमेश्वरका निम्ति आफ्नो गवाहीमा दृढ रहे। अन्तमा, उनको रोग निको भयो, र परमेश्वरले उनलाई पहिलेभन्दा पनि धेरै धनसम्पत्ति दिएर आशिषित् तुल्याउनुभयो। उनका छोराछोरीहरू अझ सुन्दर भए, र उनको आयु दोब्बर भयो। परमेश्वर कति धर्मी हुनुहुन्छ!” यसरी सोच्दा, मेरो दिक्दारी तुरुन्तै हरायो, र मैले आफ्नो कर्तव्यमा फेरि ऊर्जा महसुस गरेँ।
तर अचम्मको कुरा, केही महिनापछि मैले गुओ लीको क्यान्सर फेरि बल्झिएको र उनको हात काट्नुपर्ने भएको सुनेँ। म छानाबाट खसेजस्तै भएँ। “कसरी यस्तो परिणाम हुन सक्छ? गुओ लीले साँचो रूपमा परमेश्वरमा विश्वास गर्छिन्, उनले वर्षौँदेखि त्याग गरेकी छिन् र आफूलाई समर्पित गरेकी छिन्, र गम्भीर बिरामी हुँदा पनि उनले परमेश्वरलाई धोका दिइनन् र सक्दो आफ्नो कर्तव्य पूरा गरिन्। परमेश्वरले उनलाई किन पूर्ण रूपमा निको पार्नुभएन? उनको हात किन काटिनुपर्यो?” मैले यो कुरा बुझ्नै सकिनँ। “उनी आफ्नो गवाहीमा दृढ रहिन्, तर परमेश्वरले उनलाई किन सुरक्षा दिनुभएन? यस्तो देखिन्छ कि कामकुरा त्याग्दैमा र आफूलाई समर्पित गर्दैमा परमेश्वरको रेखदेख र सुरक्षाको प्रत्याभूति नहुने रहेछ! परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने साथै कामकुरा त्याग्ने र आफूलाई समर्पित गर्नेहरूलाई उहाँले कुनै विशेष इनाम वा आशिष् पनि दिनुहुन्न रहेछ। यदि परमेश्वरमा विश्वास गर्दा गुओ लीको जस्तै परिणाम भोग्नुपर्छ भने, यो सार्थक हुँदैन!” त्यसबखत मैले यस्तो परिणाम स्विकार्न सकिनँ। परमेश्वरबारे मेरा धारणा, गलतफहमी, र मूल्याङ्कनहरू सबै अनियन्त्रित रूपमा बाहिर निस्कन थाले। मलाई त भेलाहरूमा के विषयमा सङ्गति गर्ने भन्नेसमेत थाहा थिएन। मेरो हृदय खोक्रो भएको, बरफझैँ चिसो भएको महसुस भयो, र पीडा वर्णन गर्नै सकिँदैनथ्यो। म अत्यन्तै दिक्दार भएँ। मैले सोचेँ कि मैले पनि धेरै वर्षदेखि आफ्नो परिवार र काम छोडेर कर्तव्य पूरा गरेकी छु। अब त मेरो श्रीमान्ले अर्कै महिला भेट्टाएको थियो, र फर्केर जानलाई मसँग घरसमेत थिएन। कुनै दिन म गम्भीर बिरामी परेँ र परमेश्वरले मलाई निको पार्नुभएन भने मैले के गर्ने? म आफ्नो भविष्य र मेरो के हुन्छ भन्नेबारे चिन्ता र फिक्री नगरी बस्नै सकिनँ। त्यस दिन, मैले बेलुकाको खानासमेत खान सकिनँ, र टोलीका सदस्यहरूले रिपोर्ट गरेका समस्याहरू समाधान गर्ने मलाई कुनै चाहना भएन। म त्यो रात धेरै चाँडो सुत्न गएँ। त्यस अवधिमा, जब-जब म गुओ लीको रोगबारे सोच्थेँ, म धेरै दिक्दार हुन्थेँ र आफ्नो कर्तव्य पूरा गर्ने सबै उत्प्रेरणा हराउँथ्यो। मैले नयाँ विश्वासीहरूका कठिनाइ र समस्याहरूलाई समयमै अनुगमन र समाधान गर्न सकिनँ, जसले गर्दा तिनीहरूमध्ये धेरै जना नियमित रूपमा भेलामा उपस्थित हुन छाडे। मलाई हृदयमा ग्लानि महसुस भए पनि मैले आफ्नो कर्तव्य पूरा गर्ने शक्ति जुटाउनै सकिनँ। जब मौसम अलि चिसो हुन्थ्यो र मलाई कतै टाढा जानुपर्थ्यो, म जान चाहन्नथेँ। मैले सोचेँ कि मेरो सबै त्याग र समर्पणले परमेश्वरको रेखदेख र सुरक्षा पाउँछ भन्ने निश्चित छैन भने, मैले किन यति धेरै मिहिनेत गर्ने? मैले त सबै कुरा त्यागेर आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर निस्केकोमा पछुतोसमेत गरेँ, किनकि मलाई यदि मलाई पनि अन्त्यमा गुओ लीलाई जस्तै गम्भीर रोग लाग्यो र परमेश्वरले निको पार्नुभएन भने, त्यतिका वर्षको सबै मिहिनेत व्यर्थ हुनेछ भन्ने डर थियो। त्यस समयमा मेरो हृदय अन्धकारले ढाकिएको थियो, र प्रार्थना गर्दा के भन्ने भनेर मलाई थाहै थिएन। गुओ लीको रोग बल्झिएको थाहा पाएपछि म किन यति धेरै दिक्दार भएँ भनेर मैले मनन गर्न थालेँ।
एकदिन मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू के सोच्छन् भने, परमेश्वरमाथिको विश्वासले शान्ति र हर्ष ल्याउनुपर्छ, र यदि तिनीहरूलाई परिस्थितिहरू आइपरे भने, तिनीहरूले परमेश्वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्वरले तिनीहरूको पुकार सुन्नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूका लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्हरू प्राप्त गर्नु, र शान्ति र खुसीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूका कारण तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्वास गर्छन् भने, जबसम्म तिनीहरूले कुराहरू त्याग्छन्, परमेश्वरप्रति आफूलाई समर्पित गर्छन्, कठिनाइ सहन्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्म तिनीहरूले परमेश्वरका आशिष्हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूलाई जस्तोसुकै कठिनाइहरू आइपरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना गरेसम्म, उहाँले ती कठिनाइहरू समाधान गरिदिनुहुनेछ र सबै कुरामा तिनीहरूका लागि मार्ग खोलिदिनुहुनेछ। परमेश्वरमा विश्वास गर्ने अधिकांश मानिसहरूले बोक्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्ने लाग्छ। वर्षौँसम्म आस्था नत्यागी परमेश्वरमाथिको आफ्नो आस्था कायम राखिराख्ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरू सोच्छन्, ‘मैले परमेश्वरप्रति निकै समर्पित गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो रहेको छ, र मैले कुनै दुष्ट कार्यहरू गरेको छैनँ; परमेश्वरले पक्कै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कार्यका लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्वरका वचनहरू र मागहरूअनुसार गरेको छु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र हर्ष हुने, र मैले परमेश्वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्चित गर्नुपर्छ।’ के यो मानव धारणा र कल्पना होइन र? … जब परमेश्वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासा र गलतफहमीहरू विकास गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुस समेत गर्छन् र त्यसपछि परमेश्वरसँग बहस गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। मानिसहरूले जस्तोसुकै धारणा र गलतफहमीहरू विकास गरे पनि, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले मानव धारणा वा कामनाहरूअनुसार कहिल्यै कार्य गर्ने वा कसैसँग व्यवहार गर्ने गर्नुहुन्न। परमेश्वरले सधैँ उहाँले गर्न चाहेको कुरा, उहाँकै तरिकाअनुसार र उहाँकै स्वभाव सारका आधारमा गर्नुहुन्छ। परमेश्वरले हरेक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे उहाँसित सिद्धान्तहरू हुन्छन्; उहाँले हरेक व्यक्तिमाथि गर्ने कुनै पनि कुरा मानव धारणा, कल्पना, वा रुचिहरूमा आधारित हुँदैन—मानव धारणाहरूसँग सबैभन्दा नमिल्ने परमेश्वरको कामको पक्ष यही हो। … जब मानिसहरूले आफ्नै धारणाहरू पक्रिरहने जिद कस्छन्, तब तिनीहरूले परमेश्वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड कहाँ हुन्छ? यो सामान्यतया मानिसहरूका हृदयमा हुने कुरा भनेको निस्सन्देह आफ्नै धारणा र कल्पनाहरू हुन्, र सत्यता होइन भन्ने तथ्यमा निहित हुन्छ। त्यसैले, परमेश्वरको काम मानव धारणाहरूसँग नमिलेको देख्दा, मानिसहरूले परमेश्वरको अवज्ञा गर्न र उहाँविरुद्ध आलोचना गर्न सक्छन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा आधारभूत रूपमा परमेश्वरप्रति समर्पित हुने हृदय हुँदैन, तिनीहरूको भ्रष्ट स्वभाव पखालिएको हुँदै हुँदैन, र तिनीहरू मूलतः आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू मुक्ति प्राप्त गर्नबाट अझै निकै टाढा छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६))। परमेश्वरका वचनहरू पढेपछि मात्र मैले थाहा पाएँ कि गुओ लीको क्यान्सर फेरि बल्झिएको र उनको हात काटिएको खबर सुनेर मेरो प्रतिक्रिया यति बलियो हुनुको कारण मेरो परमेश्वरमाथिको विश्वास सधैँ मेरा आफ्नै धारणा र कल्पनाहरूमा आधारित रहेछ। मलाई लाग्थ्यो कि जबसम्म कसैले इमानदारीका साथ परमेश्वरमा विश्वास गर्छ र आफ्नो कर्तव्यमा त्याग गर्न, आफूलाई समर्पित गर्न, दुःख भोग्न र मूल्य चुकाउन सक्छ, तबसम्म परमेश्वरले उसलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र उसलाई रोग र विपत्तिबाट मुक्त राखेर सुरक्षित र सकुशल राख्नुहुनेछ। यदि उसलाई कुनै विपत्ति आइपरे पनि, जबसम्म ऊ इमानदारीका साथ प्रार्थना गर्छ, परमेश्वरमा भर पर्छ र आफ्नो कर्तव्यमा लागिरहन्छ, तबसम्म उहाँले उसलाई सुरक्षित राख्नुहुनेछ। गुओ लीले वर्षौँदेखि त्याग गरेको, आफूलाई समर्पित गरेको, धेरै कष्ट सहेको र ठूलो मूल्य चुकाएको, र विशेष गरी बिमारी हुँदा पनि उनले परमेश्वरलाई प्रार्थना गर्न, पाठ सिक्न र आफ्नो कर्तव्यमा लागिरहन सकेको देखेर, मलाई परमेश्वरले उनलाई आशिष् र सुरक्षा दिनुपर्थ्यो भन्ने लाग्यो। उनको रोग बल्झिएला र उनको हात काटिनु पर्ला भनेर मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। यसले मेरा धारणाहरूमा ठूलो धक्का दियो र परमेश्वरमा विश्वास गरेर आशिष् पाउने मेरो आशालाई चकनाचुर पारिदियो। मैले तुरुन्तै सोचेँ कि यदि म कुनै दिन गुओ लीजस्तै गम्भीर बिरामी परेँ र मेरो प्रार्थनाको बाबजुद परमेश्वरले मलाई निको पार्नुभएन भने, तब परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ हुनेछैन। मैले परमेश्वरप्रति धारणाहरू र प्रतिरोध विकास गरेँ, अनि हृदयमा उहाँलाई अधर्मी भनी आलोचना गरेँ। म यति नकारात्मक भएँ कि मैले आफ्नो कर्तव्य पूरा गर्ने सबै चाहना गुमाएँ, आफ्नै भविष्यबारे चिन्ता गर्न थालेँ, र सुरुमा सबै कुरा त्यागेर आफ्नो कर्तव्य पूरा गर्न आएकोमा पछुतोसमेत मानेँ। परमेश्वरले मलाई प्रकट गर्नुभएपछि मात्र मैले देखेँ कि उहाँमाथिको मेरो विश्वास त उहाँसँग सौदाबाजी गर्ने प्रयास मात्र रहेछ। मैले आफ्नो त्याग र समर्पणलाई उहाँको अनुग्रह र आशिष् माग्न प्रयोग गर्न चाहेकी रहेछु; म बिलकुलै सृजित प्राणीको कर्तव्य पूरा गरिरहेकी रहिनछु। यो त ठ्याक्कै पावलजस्तै भयो, जसले विश्वास गर्थे, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनले आफ्नो दौडधूप र समर्पणलाई परमेश्वरबाट धार्मिकताको मुकुट माग्नका लागि सौदा गर्ने साधनका रूपमा प्रयोग गरे, उनले यो आफूले पाउनैपर्ने कुरा हो जस्तैगरी उहाँसँग सौदा गर्न खोजे र आशिष् र लाभहरू प्राप्त गर्ने आफ्नै घृणित लक्ष्य हासिल गर्न उहाँलाई प्रयोग गर्न खोजे। मानिसहरू केवल दौडधूप र समर्पण गरेर स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् भनेर परमेश्वरले कहिल्यै भन्नुभएन। पावलले मनोमानी रूपमा आफ्नै धारणा र कल्पनाहरूलाई पछ्याउनुपर्ने सत्यताको रूपमा लिए। उनले बिलकुलै परमेश्वरमा विश्वास गरिरहेका थिएनन्, बरु आफैमा विश्वास गरिरहेका थिए। उनी परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँडेका थिए, र अन्त्यमा, उनले परमेश्वरको दण्ड भोगे। मैले आफ्नो त्याग, दुःख, र आफूले चुकाएको मूल्यलाई परमेश्वरका आशिष्हरूसँग साट्ने सौदाबाजीको साधन बनाएकी थिएँ। मैले परमेश्वरलाई बिलकुलै सृष्टिकर्ताका रूपमा व्यवहार गरिरहेकी थिइनँ; मैले उहाँलाई निरन्तर धोका दिइरहेकी र प्रयोग गरिरहेकी थिएँ। यो परमेश्वरको स्वभावलाई चिढ्याउनु हो, र यदि मैले पश्चात्ताप गरिनँ भने, अन्त्यमा मलाई पनि हटाइनेथियो। सत्यता नखोजी परमेश्वरमा विश्वास गर्नु र अन्धाधुन्ध आशिष् र अनुग्रह खोज्नु धेरै खतरनाक रहेछ भनेर मैले त्यसपछि मात्र थाहा पाएँ। कुनै दिन, ठूलो परीक्षा आउन सक्छ, र मैले परमेश्वरलाई धोका दिन सक्छु र म प्रकट भएर हटाइन सक्छु।
पछि, मैले अझै चिन्तन गरेँ। मैले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ र धर्मसिद्धान्तको हिसाबले मैले परमेश्वरसँग सौदा गर्नु हुँदैन भन्ने मलाई थाहा थियो, तर आशिष्प्रति मेरो चाहना अझै पनि किन यति गहिरो जरा गाडेर बसेको थियो? मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूका नजरमा, र तिनीहरूका सोचविचारमा, परमेश्वरलाई पछ्याउनुका केही फाइदा हुनैपर्छ; फाइदा नहुने भए तिनीहरूले औँला पनि उठाउनेछैनन्। यदि प्रसिद्धि, प्राप्ति, वा हैसियतको आनन्द उठाउन सकिँदैन भने, यदि तिनीहरूले गर्ने कुनै पनि काम वा निर्वाह गर्ने कुनै पनि कर्तव्यले अरूको प्रशंसा दिलाउँदैन भने, परमेश्वरमा विश्वास गर्नु र कर्तव्यहरू पूरा गर्नुको कुनै अर्थ रहँदैन। … ख्रीष्टविरोधीहरू, आफ्नो विश्वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्वरले गर्नुभएको हो भनी विश्वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्हरू प्राप्त गरेनन् भने, यो परमेश्वरको काम नै होइन भन्ने विश्वास गर्छन्। यसको आशय हो: ‘यदि तिमी साँच्चिकै परमेश्वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्वास गर्नुको के अर्थ?’ तिनीहरू यावत् थोक र घटनाहरू परमेश्वरका हातमा हुन्छन्, र यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ))। “भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले खुलासा गर्नुहुन्छ कि ख्रीष्टविरोधीहरू उहाँबाट आशिष् र लाभहरू प्राप्त गर्न र दुर्भाग्यबाट जोगिनका लागि मात्र उहाँमा विश्वास गर्छन्। यदि तिनीहरूले आशिष् प्राप्त गर्न सकेनन् भने, तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु अर्थहीन लाग्छ र तिनीहरूले उहाँलाई त्याग्नेछन्। यो पूर्ण रूपमा ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद प्रकृतिद्वारा निर्धारित हुन्छ। आत्मचिन्तन गर्दा, मैले देखेँ कि म पनि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानका विषहरूद्वारा बाँचिरहेकी रहेछु। मैले जे गरेँ, त्यो सबै स्वार्थबाट प्रेरित थियो, र त्यसले मलाई फाइदा पुऱ्याउनुपर्थ्यो। परमेश्वरमा विश्वास गर्नुअघि, म सधैँ कमजोर र बिरामी हुन्थेँ। तर मैले विश्वास गर्न र आफ्नो कर्तव्य पूरा गर्न थालेपछि, मेरा सबै रोगहरू निको भए। परमेश्वरबाट यस्तो ठूलो अनुग्रह पाएपछि, मैले गम्भीरतापूर्वक विश्वास गर्ने सङ्कल्प गरेँ, र सोचेँ कि जबसम्म मैले त्यसो गर्छु र परमेश्वरको निम्ति त्याग र समर्पण गर्छु, मैले उहाँका अझ धेरै आशिष्हरू र सुरक्षा पाउने थिएँ। त्यसैले मेरो श्रीमान्ले जतिसुकै सताए वा रोक्न खोजे पनि मैले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरेँ, र म कुनै पनि कष्ट सहन तयार थिएँ। तर जब गुओ लीले यति धेरै वर्ष आफ्नो कर्तव्य पूरा गरेपछि पनि उनलाई यस्तो गम्भीर रोग लागेको मैले देखेँ, मैले अचानक महसुस गरेँ कि त्याग र समर्पणले परमेश्वरको आशिष् र सुरक्षा ल्याउँछ भन्ने निश्चित रहेनछ, त्यसोभए मैले आफ्नो कर्तव्य पूरा गर्नुको के अर्थ भयो र? यसरी, म नकारात्मकतामा बाँचिरहेँ र मैले परमेश्वरको विरोध गरेँ, आफ्नो कर्तव्य पूरा गर्ने सबै चाहना गुमाएँ, र त्यसो गर्न घर छोडेकोमा पछुतोसमेत मानेँ। मैले मेरो प्रकृति अत्यन्तै स्वार्थी र छली भएको देखेँ; म त केवल स्वार्थलाई पहिलो स्थानमा राख्ने व्यक्ति रहेछु! मैले परमेश्वरको घरमा आएर कर्तव्य निर्वाह गर्न सक्नु उहाँको अनुग्रह थियो। परमेश्वरले आशा गर्नुभएको थियो कि मैले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सत्यताको खोजी गरूँ, म शैतानको बन्धनबाट पूर्णतया मुक्त होऊँ, र मैले सामान्य मानवता जिऊँ। तर मैले सत्यता अलिकति पनि पछ्याइनँ; मैले त आशिष् र लाभहरू प्राप्त गर्नेबारे मात्र सोचेँ। जब मैले परमेश्वरको सुरक्षा र अनुग्रह पाएँ, म त्याग गर्न, आफूलाई समर्पित गर्न, र दुःख भोग्नसमेत तयार थिएँ। तर जब परमेश्वरको काम मेरा धारणाहरूसँग मिलेन र आशिष् पाउने मेरो चाहना चकनाचुर भयो, तब मेरो कर्तव्यप्रतिको दृष्टिकोण तुरुन्तै बदलियो। म नकारात्मक, प्रतिरोधी, र झाराटारुवा भएँ, र आफ्नो कर्तव्य पूरा गरेकोमा मलाई पछुतोसमेत भयो। म पूर्ण रूपमा फरक व्यक्ति भएँ। मैले शैतानका नियमहरूद्वारा बाँच्दा म अत्यन्तै स्वार्थी, घृणास्पद, र मानवताविहीन भएछु भन्ने देखेँ। मेरो विश्वास एउटा धोका थियो, परमेश्वरलाई प्रयोग गर्ने प्रयास थियो, र म उहाँको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेकी थिएँ। यदि म पछाडि फर्किनँ भने, म केवल हटाइने थिएँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “उसले आशिष् पाउनुलाई पछ्याउनुपर्ने वैध लक्ष्यका रूपमा लियो। यो कसरी गलत हो? यो पूर्ण रूपमा सत्यताको विरुद्धमा जान्छ, र मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्रायसँग मेल खाँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। परमेश्वरले मानिसहरूलाई तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध गर्न र अन्ततः तिनीहरूलाई आफ्नो राज्यमा ल्याउन मुक्ति दिनुहुन्छ। तर, म भने तत्कालको अनुग्रह र आशिष्हरूमा मात्र ध्यान केन्द्रित गरिरहेकी थिएँ र सत्यता पछ्याइरहेकी थिइनँ। के यो परमेश्वरका मागहरूबाट विचलित हुनु थिएन र? अन्त्यमा, मैले पक्कै पनि केही प्राप्त गर्ने थिइनँ।
पछि, मैले परमेश्वरका वचनका थप दुइटा खण्ड पढेँ र परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरको गवाही दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्वरको नजरमा, भ्रष्ट र परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्वरले तिनीहरूलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। … परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्वरले गर्ने कुनै पनि कुरा गलत हुन्न, र तैँले उहाँको धार्मिकताको प्रशंसा गर्नैपर्छ। परमेश्वरले जे गर्नुभए पनि, त्यो सधैँ सही हुन्छ, र तैँले परमेश्वरले गर्ने कुरा मानव भावनाप्रति विचारशील हुँदैन, त्यो तँलाई मन पर्दैन भन्ने ठानेर उहाँले गर्ने कुराहरूबारे धारणाहरू पाले पनि, तैँले अझै परमेश्वरलाई प्रशंसा गर्नैपर्छ। तिमीहरूले यो किन गर्नुपर्छ? तिमीहरूलाई त्यसको किन भन्ने कारण थाहा छैन, होइन त? यो कुरा बुझाउन वास्तवमा एकदमै सजिलो छ: किनभने परमेश्वर परमेश्वर हुनुहुन्छ र तँ मानव होस्; उहाँ सृष्टिकर्ता हुनुहुन्छ, र तँ सृजित प्राणी होस्। तँ परमेश्वरले कुनै निश्चित तरिकामा कार्य गर्नुपर्छ वा उहाँले तँलाई निश्चित तरिकामा व्यवहार गर्नुपर्छ भनेर माग गर्न योग्य छैनस्, जबकि परमेश्वर तँलाई मागहरू राख्न योग्य हुनुहुन्छ। आशिष्, अनुग्रह, इनाम, मुकुट—यी सबै कुरा कसरी र कसलाई दिइन्छ, त्यो परमेश्वरमै निर्भर हुन्छ। … परमेश्वरको पहिचान, हैसियत र सार कहिल्यै पनि मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्वर सदैव परमेश्वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—कामकुरा अघि बढाउने यो नै सबैभन्दा विवेकी तरिका हो, र यसबाहेक अर्को मार्ग रोज्न सकिँदैन। यदि तँ समर्पित हुँदैनस् भने, तँ विद्रोही होस्, अनि यदि तँ अवज्ञा र तर्क गर्छस् भने, तँ घोर विद्रोही बनिरहेको हुन्छस्, र तँलाई नष्ट पार्नुपर्ने हुन्छ। परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुले तँमा समझ छ भन्ने देखाउँछ; मानिसहरूमा हुनैपर्ने मनोवृत्ति यही हो, अनि सृजित प्राणीहरूमा हुनुपर्ने मनोवृत्ति यही मात्र हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनहरू पढेपछि, मैले ती वचनले मेरो हृदय छेडेको महसुस गरेँ, र मैले परमेश्वरको धर्मी स्वभावबारे मसँग कुनै बुझाइ नभएको देखेँ। मेरा धारणाहरूमा, परमेश्वरको धार्मिकताको अर्थ निष्पक्ष र मनासिब हुनु थियो; कि यदि तपाईँले प्रयास गर्नुभयो भने तपाईँलाई प्रतिफल मिल्छ। म परमेश्वरले उहाँका निम्ति दुःख भोग्ने र आफूलाई समर्पित गर्नेहरूलाई अनुग्रह र आशिष् प्रदान गर्नुपर्छ, र विशेष गरी जब तिनीहरू परीक्षाहरूको समयमा आफ्नो गवाहीमा अडिग रहन्छन्, उहाँले तिनीहरूलाई अझ धेरै आशिष् र सुरक्षा दिनुपर्छ, र तिनीहरूका रोगहरू निको पार्नुपर्छ भन्ने विश्वास गर्थेँ। उदाहरणका लागि, गुओ लीले आफ्नो परिवार र काम छोडेर धेरै वर्षदेखि आफ्नो कर्तव्य पूरा गर्दै आएकी र अब उनलाई गम्भीर रोग लागेको हुनाले, मलाई लाग्यो कि उनले यति वर्षसम्म परमेश्वरका निम्ति गरेको त्याग र समर्पणलाई ख्याल गरेर उहाँले उनलाई सुरक्षा दिनुपर्छ र उनको रोग निको पार्नुपर्छ। तर अन्त्यमा, उनी निको हुने त कुरै छाडौँ, उनको हातसमेत काट्नुपर्यो। त्यसैले मैले परमेश्वर विचारशील हुनुहुन्न भनी गुनासो गरेँ र उहाँलाई अधर्मी भनी गलत ठहराएँ। परमेश्वरको धार्मिकता मापन गर्ने मेरो मानक यो थियो कि यदि कसैले प्रयास गर्यो भने, उसले प्रतिफल पाउनुपर्छ, र उसले जति धेरै प्रयास वा समर्पण गर्यो, परमेश्वरले सोसरह इनाम दिनुपर्छ। यो दृष्टिकोण अत्यन्तै विकृत छ! परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र म एक सृजित प्राणी हुँ। मैले उपभोग गर्ने सबै कुरा, साथै मेरो जीवनसमेत, परमेश्वरले दिनुभएको हो। मैले परमेश्वरलाई पछ्याउनु र आफ्नो कर्तव्य पूरा गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। परमेश्वरले मलाई अनुग्रह र आशिष् प्रदान गर्नु वा नगर्नु उहाँको आफ्नै मामिला हो। मलाई परमेश्वरसँग मागहरू राख्ने कुनै अधिकार छैन; मैले समर्पित हृदयले उहाँको सार्वभौमिकता र प्रबन्धहरूलाई निसर्त रूपमा स्विकार्नुपर्छ। यसबाहेक, परमेश्वरले मानिसहरूमा गर्नुहुने हरेक कामको अर्थ हुन्छ र त्यसमा उहाँको बुद्धि प्रयोग भएको हुन्छ। मैले बाहिरी रूपको आधारमा कुराहरूलाई हेर्नु हुँदैन, परमेश्वरले गर्नुहुने सबै कामकुरालाई मेरा आफ्नै धारणा र कल्पनाहरूका आधारमा गलत ठहराउनु त झनै हुँदैन। यो अय्यूबको जस्तै हो। उनी परमेश्वरको डर मान्थे र दुष्टताबाट अलग बस्थे, तैपनि उनले आफ्नो सम्पत्ति गुमाउनुपर्यो, उनका सन्तानको मृत्यु भयो, र उनको आफ्नै शरीर पनि खटिराले ढाकियो। मानिसको नजरमा, उनले दुर्भाग्य भोगिरहेका थिए, तर परमेश्वरले यो परीक्षालाई उहाँमाथिको उनको साँचो विश्वासलाई सिद्ध पार्न प्रयोग गर्नुभयो। अय्यूब परमेश्वरको नजरमा एक सिद्ध मानिस बने, र शैतानसँग अब उनलाई आरोप लगाउने वा परीक्षा गर्ने कुनै अधिकार रहेन। गुओ लीलाई आइलागेको रोगमा परमेश्वरका असल अभिप्रायहरू पनि छन्। हुन त उनी बिरामी भइन् र उनको देहलाई दुःख भयो, तर यदि उनले सत्यता खोज्न र पाठ सिक्न, र परमेश्वरमा साँचो विश्वास र समर्पण प्राप्त गर्न सकेकी भए, त्यो दुःख सार्थक हुनेथियो। मैले अब आफ्नै धारणा र कल्पनाहरूका आधारमा कुराहरूलाई हेर्न सक्दिनथेँ। परमेश्वर सधैँ धर्मी हुनुहुन्छ, र उहाँले जे गर्नुभए पनि, त्यसमा उहाँको असल अभिप्राय र बुद्धि समावेश हुन्छ। यो बुझेपछि, मेरो हृदय धेरै उज्यालो भयो।
मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ र परमेश्वरमा विश्वास गर्दा व्यक्तिमा हुनुपर्ने सही दृष्टिकोण बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहको आनन्द लिनु होइन, बरु त्योभन्दा बढी यो परमेश्वरलाई प्रेम गर्नका खातिर दुःख भोग्नु हो। तँ परमेश्वरको अनुग्रहमा रमाउने भएकाले, तँ उहाँको सजायमा पनि रमाउनैपर्छ; तैँले यो सबै अनुभव गर्नैपर्छ। यदि तैँले परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुभएको अनुभव गर्न सक्छस्, र तैँले उहाँले तँलाई काटछाँट र न्याय गर्नुभएको पनि अनुभव गर्न सक्छस् भने, तेरो अनुभव व्यापक हुनेछ। परमेश्वरले तँमाथि उहाँको न्यायको काम गर्नुभएको छ र उहाँले तँमाथि उहाँको सजायको काम पनि गर्नुभएको छ। परमेश्वरको वचनले तँलाई काटछाँट गरेको छ, तर त्यसले तँलाई अन्तर्दृष्टि र ज्योति पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर हुन्छस्, परमेश्वरले अझै पनि तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यो सबै कामले तँलाई मानिस सम्बन्धी सबै कुरा परमेश्वरका योजनाबद्ध कार्यहरूभित्र पर्छ भन्ने कुरा सिकाउँछ। तँलाई परमेश्वरमा विश्वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्ने लाग्न सक्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्वरका कार्यहरू, परमेश्वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझाइमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत माग, आशा, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्वरमा विश्वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो। परमेश्वरमा विश्वास गर्नेबारे तेरो दृष्टिकोणलाई सही पार्नैपर्छ, र तैँले परमेश्वरका वचनहरू प्राप्त गर्न खोज्नुपर्छ। तैँले परमेश्वरका वचन खानु र पिउनु आवश्यक छ र तँ सत्यतामा जिउन सक्नैपर्छ, अनि विशेष गरी तैँले उहाँका व्यावहारिक कार्यहरू, सम्पूर्ण ब्रह्माण्डभरि भएका उहाँका अद्भुत कार्यहरू, साथै उहाँले देहमा गर्ने व्यावहारिक काम देख्न सक्नुपर्छ। मानिसहरूले आफ्ना वास्तविक अनुभवहरूमार्फत परमेश्वरले उनीहरूमा कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के-के हुन् भन्ने कुरा बोध गर्न सक्छन्। यो सबैको उद्देश्य मानिसहरूले आफ्ना भ्रष्ट शैतानी स्वभावहरू फाल्न सकून् भन्ने हो। तँभित्रका सबै अशुद्धता र अधार्मिकता, अनि तेरा गलत अभिप्रायहरू फालेपछि, र परमेश्वरप्रति साँचो आस्था विकास गरेपछि—साँचो आस्थामार्फत मात्र तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरूबाट मैले देखेँ कि परमेश्वरमा विश्वास गर्नु उहाँबाट आशिष् पाउनका लागि होइन। मुख्य कुरा त आफ्नो भ्रष्ट स्वभाव त्याग्न र उहाँको मुक्ति प्राप्त गर्नका लागि परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधनको अनुभव गर्नु हो। मैले विश्वास गरेका वर्षहरूबारे फर्केर सोच्दा, मैले परमेश्वरका वचनहरूको यति धेरै मलजल र आपूर्तिको आनन्द लिएकी थिएँ तर सत्यता पछ्याएकी थिइनँ। म परमेश्वरका अनुग्रह र आशिष्हरू प्राप्त गर्नमा पूरै केन्द्रित थिएँ, र मेरो जीवन स्वभाव अलिकति पनि परिवर्तन भएको थिएन। गुओ लीको रोगले साँच्चै मेरो आफ्नै स्थितिको प्रकटीकरणका रूपमा काम गर्यो। अबदेखि, मैले ममाथि आइपर्ने कुराहरूमा परमेश्वरको कामको अनुभव गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। विशेष गरी मेरा आफ्नै धारणाहरूसँग नमिल्ने मामिलाहरूमा, मैले सत्यता खोज्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, र मेरा भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ। जब मैले यी कुराहरू बुझेँ, म भविष्यमा आशिष् पाउँछु कि पाउँदिनँ भनेर चिन्तित हुन छाडेँ। नयाँ विश्वासीहरूलाई कसरी राम्रोसँग मलजल गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्न कसरी आफ्नो कर्तव्य पूरा गर्नेबारे सोचेर मैले आफ्नो हृदयलाई पनि आफ्नो कर्तव्यमा अर्पित गर्न सकेँ। भविष्यमा मलाई जस्तोसुकै रोग वा प्रतिकूलता आइपरे पनि, म परमेश्वरप्रति समर्पणको हृदयले त्यसको अनुभव गर्न, र त्यस क्रममा सत्यता खोज्न र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नमा ध्यान केन्द्रित गर्न तयार छु।
सन् २०२३ को जुलाईमा, मैले गुओ लीलाई फेरि भेटेँ। उनको एउटा हात काटिएको भए पनि, उनी अझै आफ्नो अतिथिसत्कार गर्ने कर्तव्यमा लागिरहेकी थिइन्। हात काट्नुपर्दा उनलाई कस्तो अनुभूति भयो भनेर हामीले कुरा गर्दा, उनले शान्त र संयमित भएर मलाई भनिन्, “परमेश्वरलाई धन्यवाद! म सत्तरी वर्ष कटिसकेँ। मसँगै बिरामी परेका अरू सबै बितिसके, तर म अझै जीवित छु। यो परमेश्वरको सबैभन्दा ठूलो सुरक्षा हो। हुन त मलाई यो गम्भीर रोग लाग्यो, तर मैले यसबाट धेरै कुरा पाएकी छु। यो जीवनकालमा, परमेश्वरका यति धेरै वचनहरू सुन्न पाउनु र आफ्नो कर्तव्य पूरा गर्न पाउनु—त्यो नै पर्याप्त हो। यो परमेश्वरको अनुग्रह हो! म अरू केही माग्दिनँ। म यति मात्र माग्छु कि म जति दिन बाँच्छु, मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न सकूँ!” गुओ लीका कुरा सुनेर, मलाई लाज पनि लाग्यो र म गहिरो रूपमा प्रेरित पनि भएँ, र मैले परमेश्वरको कामको अनुभव गर्ने विश्वास पनि प्राप्त गरेँ। परमेश्वरलाई धन्यवाद होस्!