७५. मेरो रोग ममाथि परमेश्‍वरको आशिष्‌ थियो

ओउयाङ, चीन

म पन्ध्र वर्षको हुँदा, मलाई पल्मोनरी हाइपरटेन्सन भनिने एउटा दुर्लभ रोग लागेको पत्ता लाग्यो। सुरुमा, म केवल कडा व्यायाम गर्न सक्दिनथेँ, तर धेरै समय नबित्दै, हिँड्दा मात्र पनि मेरो सास फुल्थ्यो, अनि मेरो छाती असाध्यै कस्सिएको महसुस हुन्थ्यो। मैले आफ्नो पढाइ स्थगित गर्नुपर्‍यो र उपचार खोज्दै यताउति भौँतारिनुपर्‍यो, तर मेरो अवस्था दिनप्रतिदिन बिग्रँदै गयो। म आफ्नो हेरचाह समेत गर्न नसक्ने बिन्दुमा पुगेँ, र पल्टेर बस्दा पनि मलाई सास फेर्न गाह्रो हुन्थ्यो। अवस्था गम्भीर हुँदा, मैले अक्सिजन लिनुपर्थ्यो। डाक्टरले म बढीमा तीन महिना मात्र बाँच्छु भनेर भने। पन्ध्र वर्षमै मेरो जीवन सकिन लाग्यो भन्ने सोचले मलाई पूर्ण रूपमा निराश बनायो। मैले मनमनै सोचेँ, “मर्नु नै छ भने, मरुँला। मरेपछि छुटकारा त मिल्छ।” तर तीन महिनापछि, चमत्कारिक रूपमा, म अझै जीवित थिएँ। तर मेरो रोग अझै पनि निकै गम्भीर थियो। अलिकति बल गर्दा पनि मुटुको धड्कन बढ्थ्यो र सास फेर्न गाह्रो हुन्थ्यो। जब अवस्था खराब हुन्थ्यो, म सास फेर्न सक्दिनथेँ र मलाई निसास्सिएर बेहोस हुन लागेको जस्तो महसुस हुन्थ्यो। मेरो जीवन केही समयका लागि जोगिएको भए पनि, म सामान्य मानिसजस्तो जिउन सक्दिनथेँ, र कलेज जाने मेरो सपना अब असम्भव थियो। म अन्धकार र कष्टमा पूर्ण रूपमा हराएको महसुस गर्थेँ। सन् १९९९ मा, मेरी आमाले र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ। त्यसपछि, म अक्सर परमेश्‍वरका वचनहरू पढ्थेँ। उहाँका वचनहरूबाट, मैले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन तीन चरणको काम गर्नुभएको छ भन्ने बुझेँ। आखिरी दिनहरूमा, मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन, अनि अन्ततः तिनीहरूलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्ति दिन र सुन्दर गन्तव्यमा डोर्‍याउनका लागि सत्यता व्यक्त गर्न परमेश्‍वर देहधारी हुनुभएको छ। मेरो हृदय उज्यालो हुन थाल्यो, र जीवनमा फेरि आशा पलाएको महसुस भयो। मलाई आफूले परमेश्‍वरमा सच्चा मनले विश्वास गरेसम्म, मुक्ति पाउने र उहाँको राज्यमा प्रवेश गर्ने मौका पाउने, र सायद आफ्नो रोग पनि कुनै दिन निको हुने विश्वास थियो। मैले परमेश्‍वरका वचनहरू पढिरहेँ र भेलाहरूमा सहभागी भइरहेँ, र मेरो शरीर बिस्तारै बलियो हुँदै गयो। मैले मण्डलीमा एउटा कर्तव्य निर्वाह गर्न पनि सुरु गरेँ।

पछि, म सुसमाचार प्रचार गर्न अर्को क्षेत्रमा गएँ, र कहिलेकाहीँ मैले दर्जनौँ माइल साइकल चलाउनुपर्थ्यो। सुरुमा, म धेरै चिन्तित थिएँ, र सोच्थेँ, “के मेरो शरीरले यो धान्न सक्ला?” तर त्यसपछि मलाई आफू एक विश्वासी भएको याद आयो। मैले सोचेँ, जबसम्म म आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु, परमेश्‍वरले मेरो प्रयास र समर्पण देख्नुहुनेछ र मलाई सुरक्षा दिनुहुनेछ। मेरो रोग परमेश्‍वरको हातमा थियो, त्यसैले चिन्ता गर्नुपर्ने केही थिएन। केही समयपछि, मेरो अवस्था बिग्रिएन, र परमेश्‍वरको हेरचाह र सुरक्षाका लागि म धेरै कृतज्ञ थिएँ। त्यस समयमा, कठ्याङ्ग्रिने जाडो होस् वा प्रचण्ड गर्मी, अथवा सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले लखेट्दा होस् वा प्रहरीमा उजुरी गरेर पक्राउ गर्न खोज्दा, म कहिल्यै पछि हटिनँ र निरन्तर आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। सन् २००५ मा, एउटा सङ्गतिको दौरान, मैले एक जना सिस्टरलाई अस्पतालले निको पार्न नसकेको गम्भीर रगत बग्ने रोग लागेको थियो भन्ने सुनेँ। तर पछि, उनी आफ्नो कर्तव्यमा लागिरहिन्, र उनको रोग उनले थाहै नपाई निको भयो। मैले मनमनै सोचेँ, “परमेश्‍वरको आखिरी दिनहरूको काम मुख्यतया मानिसहरूका भ्रष्ट स्वभाव समाधान गर्न सत्यता व्यक्त गर्नु हो, बिरामी निको पार्नु र भूतहरू धपाउनु होइन। मैले परमेश्‍वरलाई मलाई निको पारिदिनुहोस् भनेर भन्नु हुँदैन, तर मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेसम्म, परमेश्‍वरले मेरो कार्यसम्पादनका आधारमा मलाई अनुग्रह र आशिष्‌हरू दिनुहुनेछ। ती सिस्टरको रोग त्यति गम्भीर थियो, तैपनि निको भयो। यदि मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेँ भने, सायद मेरो रोग पनि कुनै दिन निको हुनेछ। यदि म निको भएँ भने, त्यस उप्रान्त मैले रोगको सास्ती सहिरहनुपर्ने छैन।” यसरी, म आफ्नो कर्तव्यमा अझ बढी उत्प्रेरित भएँ।

पछि, सन् २००६ मा, मैले संयोगवश एक जना परम्परागत चिनियाँ डाक्टरलाई भेटेँ जसले मेरो रोग निको हुने आशा छ भनेर भन्नुभयो। यो सुन्दा म निकै उत्साहित भएँ, र परमेश्‍वरले मलाई निको पार्न यो डाक्टरलाई प्रयोग गर्न लाग्नुभएको हो कि भनी सोचेँ। त्यसैले, मैले उपचारमा सक्रियतापूर्वक सहकार्य गरेँ। तर करिब दुई महिनाको उपचारपछि पनि, मेरो अवस्थामा अलिकति पनि सुधार आएन। म असाध्यै निराश भएँ। मैले सोचेँ, “मेरो रोग किन निको हुन सक्दैन?” “वर्षौँदेखि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर छोडेको छु, रोग लाग्दा पनि सुसमाचार प्रचारमा निरन्तर लागिरहेको छु। के मैले पर्याप्त गरेको छैन र? के मैले यो राम्ररी गरेको छैन र? किन केही ब्रदर-सिस्टर निको भए, तर म भइनँ? यदि मेरो रोग निको भएको भए, के म आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्न सक्नेथिइनँ र?” मैले यसबारे जति सोचेँ, म त्यति नै दुःखी भएँ। ममा हिँड्ने तागत समेत थिएन। मैले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखे पनि, म लखतरान पर्थेँ र केही गर्न पनि जाँगर चल्दैनथ्यो। पछि, आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र मेरो स्थिति परिवर्तन हुन थाल्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तैँले मेरा लागि समर्पण गरेपछि मैले तेरा सानातिना माग पूरा गरिनँ भने, के तँ मदेखि निरुत्साहित र निराश हुनेछस्, वा अझ रिसले चुर भएर गाली समेत गर्नेछस्?” “यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ बफादार रहिआएको छस्, तैपनि तैँले बिमारी, आर्थिक दबाब, तेरा मित्र तथा आफन्तहरूद्वारा त्यागिएको सास्ती वा तैँले जीवनमा अन्य दुर्गतिहरूको कष्ट भोग्छस्, भने, के मप्रतिको तेरो बफादारी र प्रेम अझ पनि निरन्तर रहनेछ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२))। परमेश्‍वरका प्रश्नहरूको सामुन्ने, ममा एउटा अवर्णनीय भावना जाग्यो। परमेश्‍वर मानिसहरूले मोलतोल नगरी वा मागहरू नराखी आफ्नो कर्तव्य निर्वाह गरून्, र जेसुकै भए पनि उहाँप्रति बफादार र साँचो रूपमा समर्पित होऊन् भन्ने माग गर्नुहुन्छ। तर मेरो कर्तव्यमा मैले केही कष्ट भोगेको र केही प्रयास तथा समर्पण गरेको हुनाले, मलाई परमेश्‍वरले मेरो रोग हटाइदिनुपर्छ भन्ने लाग्थ्यो। जब मेरो माग पूरा भएन, मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ, र मैले आफ्नो कर्तव्यप्रतिको सबै उत्प्रेरणा गुमाएँ। मैले मलाई निको पारिदिनुहोस् भनेर परमेश्‍वरलाई कहिल्यै स्पष्ट रूपमा प्रार्थना नगरेको भए पनि, मैले हृदयमा यो अतिशयपूर्ण चाहना पालेको थिएँ। खासगरी, केही ब्रदर-सिस्टर रोगबाट निको भएको देखेपछि, म पनि निको हुने दिन टाढा छैन भन्ने कुरामा म विश्वस्त भएँ। मैले यही मनसाय लिएर आफ्नो कर्तव्य निर्वाह गरेँ, म आफू निकै अर्पित भइरहेको छु भन्ने समेत सोचेँ। तर वास्तवमा, मेरा सबै प्रयास र समर्पणहरू मेरो रोग निको पार्ने उद्देश्यमा केन्द्रित थिए। म परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गरिरहेको थिएँ। उहाँप्रति मेरो बफादारी वा प्रेम कहाँ थियो र? परमेश्‍वरले मलाई सुरक्षा दिनुभएको थियो र आजसम्म जीवित राख्नुभएको थियो, अनि मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने मौका समेत दिनुभएको थियो। परमेश्‍वरले मलाई जे दिनुभएको थियो, त्यो नै ज्यादै पर्याप्त थियो। मैले परमेश्‍वरको प्रेम चुक्ता गर्न सच्चा मनले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो; मैले परमेश्‍वरसँग मागहरू राख्नु हुँदैनथियो वा मोलतोल गर्ने प्रयास गर्नु हुँदैनथियो। यसपछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखेँ र मेरो रोगबारे पीर लिइनँ वा चिन्ता गरिनँ।

केही वर्षपछि, मेरो परिवारले मलाई अर्कै प्रकारको औषधी किनिदिए, जसले मेरो अवस्थामा सुधार गर्न सक्छ भनेर भने। उपचारको मेरो पछिल्लो अनुभव सम्झँदै, मैले आफैलाई सोधेँ, “यदि यो औषधी पनि प्रभावकारी भएन भने, मैले यो अवस्थालाई कसरी सम्हाल्नुपर्छ?” मलाई परमेश्‍वरका वचनहरू याद आयो: “आफू बिरामी हुँदा, त्यसको अनुभव तैँले कसरी गर्नुपर्छ? तँ परमेश्‍वरसामु आउनुपर्छ, र प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको अभिप्रायको खोजी गर्नुपर्छ र त्यसलाई बोध गर्नुपर्छ; तैँले आफैलाई जाँचेर सत्यताविरुद्ध हुने गरी के गरिस्, र तँभित्रका कुन भ्रष्ट स्वभावहरू समाधान भएका छैनन् भनी पत्ता लगाउनुपर्छ। कष्ट नभोगीकन तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सकिँदैन। कष्टद्वारा खारिएर मात्र मानिसहरू ऐयास नहुन सक्छन्, र सधैँ परमेश्‍वरसामु जिउन सक्षम हुन्छन्। व्यक्ति कष्टमा हुँदा, ऊ जहिले पनि प्रार्थनामै हुन्छ। उसको ध्यान खानपान, लत्ताकपडा, र अन्य सुखसयलमा केन्द्रित हुँदैन; उसले हृदयमा निरन्तर प्रार्थना गर्छ, र आफूले हालसालै कुनै गलत काम गरेँ कि वा कुनै हिसाबले सत्यताविरुद्ध गएँ कि भनेर आफैलाई जाँच्छ। सामान्यतया, जब तैँले कुनै गम्भीर बिमार वा अनौठो रोग सामना गर्छस् जसले तँलाई भयानक पीडा दिन्छ, त्यो संयोगवश हुँदैन। तँ बिरामी हुँदा र स्वस्थ हुँदा दुवैमा परमेश्‍वरको अभिप्राय हुन्छ। सामान्यतया, जब पवित्र आत्माले काम गर्दा र तँ शारीरिक रूपमा ठिक हुँदा, तैँले परमेश्‍वरको खोजी गर्न सक्छस्, तर जब तैँले बिरामी भएर कष्ट भोग्छस्, तब तैँले खोजी गर्नै छोडिदिन्छस्, र उहाँलाई कसरी खोज्ने भन्‍ने पनि तँलाई थाहा हुँदैन। तँ बिरामीपनमै जिउँछस्, र सधैँ आफूलाई कस्तो उपचारले चाँडो निको पार्ला भनेर सोचिरहन्छस्। यस्ता समयहरूमा तँ बिरामी नभएका मानिसहरूको ईर्ष्या गर्छस्, र तँ आफ्नो बिमारबाट सक्दो चाँडो मुक्त हुन चाहन्छस्। यी नकारात्मक र अवज्ञाकारी संवेगहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। “बिरामी पर्नु वास्तवमै तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। यदि तँ बिरामी भइस् र तँलाई निको पार्ने कुनै उपाय छैन भने, त्यो तैँले सहनैपर्ने कष्ट हो। त्यसबाट मुक्त हुने कोसिस नगर्; पहिला तँ समर्पित हुनुपर्छ, र परमेश्‍वरलाई प्रार्थना गर्दै परमेश्‍वरका चाहनाहरू खोज्नुपर्छ। … यदि तँ साँच्चिकै हृदयमा परमेश्‍वर भएको व्यक्ति होस् भने, तैँले जे सामना गरे पनि, त्यसलाई त्यतिकै जान नदे। तैँले हरेक मामिलामा प्रार्थना र खोजी गर्नुपर्छ, परमेश्‍वरको चाहना अनुभूत गर्नुपर्छ, र परमेश्‍वरमा समर्पित हुन सिक्नुपर्छ। जब परमेश्‍वरले तँ समर्पित हुन सक्छस् र तँसित उहाँप्रति समर्पणको हृदय छ भन्‍ने देख्नुहुन्छ, उहाँले तेरो दुःखलाई हल्का पारिदिनुहुन्छ। परमेश्‍वरले कष्ट र शोधनको माध्यमबाट त्यस्ता परिणामहरू हासिल गर्ने लक्ष्य राख्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, म सधैँ मेरो रोग कहिले निको हुन्छ र औषधीले मलाई निको पार्न सक्छ कि सक्दैन भन्ने कुरामा मात्र घोरिरहन्थेँ। म कसरी आफ्नो रोगबाट उम्कने भन्नेबारे मात्र सोच्थेँ। यो एउटा नकारात्मक भावना थियो। मैले आफ्नो रोगमा परमेश्‍वरका अभिप्राय खोज्नुपर्छ र उहाँमा समर्पित हुन सिक्नुपर्छ भन्ने महसुस गरेँ। त्यो नै सकारात्मक दृष्टिकोण हुनु हो। बिरामी हुनु पीडादायी कुरा भए पनि, मेरा लागि, यो एक प्रकारको सुरक्षा पनि थियो। मैले सानैदेखि कडा मिहिनेत गरेर पढाइ गरेको थिएँ, र बिरामी भएपछि पनि, ज्ञानमार्फत आफ्नो भाग्य बदल्ने आशामा मैले स्कुल जाने जिद्दी गरिरहेँ। म संसार पछ्याउने, अनि ख्याति, प्राप्ति र प्रतिष्ठा पछ्याउने मार्गमा थिएँ। यदि म बिरामी नभएको भए, मैले पक्कै पनि परमेश्‍वरमा विश्वास गर्न रोज्ने थिइनँ। म ख्याति, प्राप्ति र प्रतिष्ठा पछ्याइरहनेथिएँ, यो अन्धकारमय र दुष्ट संसारमा जिइरहनेथिएँ र शैतानको सास्ती भोगिरहनेथिएँ। मेरो रोगकै कारण मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। यो मलाई परमेश्‍वरद्वारा मुक्ति दिइनु थियो, र मप्रति उहाँको ठूलो सुरक्षा थियो। परमेश्‍वरले मलाई शुद्ध पार्न र रूपान्तरण गर्न यो रोग प्रयोग गरिरहनुभएको छ भन्ने कुरा पनि मैले बुझेँ। यदि यो रोग नभएको भए, म साँचो रूपमा परमेश्‍वरका लागि आफूलाई समर्पित गरिरहेको छु भन्ने सोच्ने थिएँ, कर्तव्य निर्वाह गर्नुका मेरा मनसायहरूमा भएका अशुद्धताहरू कहिल्यै पहिचान गर्ने थिइनँ, र मैले पश्चात्ताप गर्ने वा परिवर्तन हुन सुरु गर्ने थिइनँ। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ, यो रोग मेरा लागि एक प्रकारको सुरक्षा हो, जसको उद्देश्य मलाई शुद्ध पार्नु र रूपान्तरण गर्नु हो। म अबउप्रान्त तपाईँसँग मलाई निको पारिदिनुहोस् भनेर बिन्ती गर्ने छैन। यो रोग निको होस् वा नहोस्, म समर्पित हुन इच्छुक छु।” प्रार्थना गरेपछि, मेरो हृदयमा गहिरो शान्ति अनुभूति भयो, र मैले पहिले कहिल्यै अनुभव नगरेको राहत महसुस गरेँ।

त्यसपछि, सन् २०१७ मा, मेरा सहकर्मी ब्रदर सु लियाङले उनलाई पहिले भएको पेटको समस्याबारे कुरा गरेको सुनेँ। उनले लामो समयसम्म त्यसको उपचार गर्ने प्रयास गरेका थिए तर त्यसमा सफल भएका थिएनन्। अनि एक पटक, उनलाई चिसो लागेपछि उनको पेटको समस्या बल्झियो, तर त्यो बल्झाइपछि, त्यो समस्या आश्चर्यजनक रूपमा हरायो। उहाँको कथा सुनेर, मैले आफूलाई दिक्दारीको हल्का आभास महसुस गर्नबाट रोक्न सकिनँ। मैले आफ्नो पल्मोनरी हाइपरटेन्सनले गर्दा अक्सर मुटुमा असजिलो हुने गरेको, र यसलाई नियन्त्रण गर्न आफूले हरेक दिन औषधी खानुपरेको, जसले टाउको दुख्ने, धमिलो देखिने, खुट्टा सुन्निने, वाकवाकी लाग्ने, र थप सबै किसिमका साइड इफेक्टहरू हुने गरेको कुराबारे सोचेँ। अरू मानिसहरूका रोग निको भइरहेका थिए, तर मेरो चाहिँ कहिले निको हुने हो? मैले मेरो हृदयको गहिराइमा, म अझै पनि परमेश्‍वरसँग मागहरू राखिरहेको छु, उहाँले मेरो रोग हटाइदिनुहुनेछ भन्ने आशा अझै गरिरहेको छु भन्ने महसुस गरेँ। मलाई साह्रै नराम्रो लाग्यो, र मलाई समर्पित हुन सधैँ किन यति गाह्रो हुन्थ्यो, त्यो कुरा मलाई थाहा थिएन। पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र समस्याको जड फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई पछ्याउने धेरै जना कसरी आशिष्‌ पाउने वा प्रकोपलाई कसरी टार्ने भन्‍ने कुराबारे मात्रै चासो राख्छन्। … यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष्‌ पाउनुभन्दा परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसदेखि उदासीन रहन्छन्। आज परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्‍वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। … तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्‍वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्‍वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष्‌ पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। “‘परमेश्‍वरका शत्रुहरू’ भन्‍ने शब्दहरूको ठोस अर्थ छ: तिनको अर्थ परमेश्‍वरले मानिसलाई शत्रुको रूपमा हेर्नुहुन्छ भन्ने होइन, बरु मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भन्ने हो। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, मनसाय र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देखेको भए पनि, तिनीहरूले परमेश्‍वरमाथि गर्ने विश्‍वासमा अझै पनि ती प्रेरणाहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुमा तिनीहरूको अन्तिम उद्देश्य उहाँका आशिष्‌हरू र आफूले उहाँबाट चाहेको कुरा प्राप्त गर्नु हो। … यसो भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू रचिरहेको हुन्छ, उसको आफ्नै परिणामका लागि निरन्तर परमेश्‍वरसँग ‘बहस गरिरहेको’ हुन्छ, र परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्‍वरले दिनुहुनेछ कि दिनुहुनेछैन भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरलाई पछ्याउने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग केही माग्दै आएको छ, र औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब समेत दिने गरेको छ। परमेश्‍वरसँग सौदाबाजी गर्न खोज्दा खोज्दै, मानिसले उहाँसँग तर्क पनि गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आउँदा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा प्रायः कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्‍वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्‍वरमाथिको विश्‍वास’ भन्ने दुइटा शब्दबारे परमेश्‍वरमा विश्‍वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरले मेरो वास्तविक स्थिति नै खुलासा गर्नुभएको थियो। मैले आशिष्‌हरू पाउनका लागि परमेश्‍वरमा विश्वास गर्ने मेरो मानसिकताले गहिरोसँग जरा गाडेको थियो भन्ने देखेँ; यो केही प्रकटीकरण अनुभव गरेपछि मात्र परिवर्तन हुन सक्ने कुरा थिएन। जब म सुरुमा विश्वासी बनेँ, मलाई लाग्थ्यो, यदि मैले कामकुराहरू त्यागेँ र परमेश्‍वरका लागि आफूलाई समर्पित गरेँ भने, उहाँले मलाई अनुग्रह र आशिष्‌हरू दिनुहुनेछ, र मेरो रोग ढिलो-चाँडो निको हुनेछ। यही मनसाय लिएर, म आफ्नो कर्तव्यमा जस्तोसुकै कष्ट सहन इच्छुक थिएँ। तर जब मेरो रोग निको भएन, मैले परमेश्‍वर धर्मी हुनुहुन्न भनेर गुनासो गरेँ र आफ्नो कर्तव्यप्रतिको उत्प्रेरणा समेत गुमाएँ। अहिले, अरू कसैको रोग निको भएछ भन्ने सुन्नुले मेरो आस्थामा रहेका अशुद्धताहरूलाई फेरि एकपटक प्रकट गर्‍यो। मैले आफूले अझै पनि परमेश्‍वरसँग मागहरू राखिरहेको देखेँ। मेरो विश्वास केवल अनुग्रह पाउनुसँग, र परमेश्‍वरलाई मेरो रोग निको पार्न लगाउनुसँग सम्बन्धित थियो। म परमेश्‍वरलाई एउटा ठूलो डाक्टरका रूपमा, प्रयोग गरिने व्यक्तिका रूपमा व्यवहार गरिरहेको थिएँ, र परमेश्‍वरका रूपमा पटक्कै व्यवहार गरिरहेको थिइनँ। जब परमेश्‍वरले मेरा मागहरू पूरा गर्नुभएन, मैले उहाँसँग इनाम माग्ने कोसिस गरेँ। मसँग परमेश्‍वरको डर मान्‍ने हृदय रत्तिभर पनि थिएन। मजस्तो व्यक्तिलाई कसरी विश्वासी भन्न सकिन्थ्यो र? मलाई पावलको याद आयो। उसका सबै कष्ट, समर्पण र कडा परिश्रम धार्मिकताको मुकुट प्राप्त गर्नका लागि थिए। ऊ आफूले चुकाएको मूल्यलाई स्वर्गको राज्यका आशिष्‌हरूसँग साट्न चाहन्थ्यो। पावलमा परमेश्‍वरप्रति कत्ति पनि समर्पणता थिएन; ऊ हिँडेको मार्ग परमेश्‍वरको विरोध गर्ने मार्ग थियो। म पनि पावलकै मार्गमा हिँडिरहेको थिएँ। यदि म यसरी नै अघि बढिरहन्थेँ भने, मैले थप जतिसुकै वर्ष विश्वास गरे पनि वा जतिसुकै परिश्रम गरेर आफूलाई समर्पित गरे पनि, म कहिल्यै सत्यता प्राप्त गर्न वा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्ने थिइनँ। अन्त्यमा, मलाई परमेश्‍वरद्वारा हटाइने नै थियो। मैले सत्यता नपछ्याई परमेश्‍वरमा विश्वास गर्नु कति खतरनाक हुँदो रहेछ भन्ने देखेँ! मैले आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोण सच्याउनुपर्थ्यो, आफ्ना अतिशयपूर्ण चाहनाहरू त्याग्नुपर्थ्यो, र परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। त्यसपछि, जब म कसैले आफ्नो रोग निको भयो भनेर भनेको सुन्थेँ, म त्यसलाई सही रूपमा लिन सक्थेँ र परमेश्‍वरलाई मेरो रोग हटाइदिनुहोस् भनेर बिन्ती गर्दिनथेँ।

आँखा झिमिक्क नपार्दै, मलाई यो रोग लागेको बीस वर्षभन्दा बढी भइसकेको थियो। कहिलेकाहीँ, मलाई अझै मुटुमा असजिलो महसुस हुन्थ्यो र मेरो अवस्था बिग्रँदै गएको हो कि भनेर चिन्ता लाग्थ्यो। यदि यो गम्भीर भयो भने, यसको अर्थ मुटु चलन छोड्नु हो—त्यस्तो भयो भने के म मर्छु? त्यसपछि, मैले परमेश्‍वरका अझै धेरै वचन पढेँ: “सबैको आयु परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्। यदि तँलाई परमेश्‍वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्‍वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्‍वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “एक सामान्य व्यक्तिका रूपमा, यदि तँ बिरामी हुँदा परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुन सक्छस् र सबै प्रकारका पीडाहरू सहन सक्छस्, र अझै पनि आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र परमेश्‍वरद्वारा तँलाई दिइएका आज्ञाहरू पूरा गर्न सक्षम हुन्छस् भने, के यो असल कुरा हो कि खराब कुरा हो? यो असल कुरा हो। यो परमेश्‍वरमा समर्पित हुनु र अर्पणसाथ आफ्नो कर्तव्य पूरा गर्नुको गवाही हो—यो शैतानलाई लज्जित पार्ने र त्यसमाथि विजय प्राप्त गर्ने गवाही हो। त्यसकारण, तैँले जस्तोसुकै कष्ट भोगे पनि, हरेक सृजित प्राणी र परमेश्‍वरका हरेक चुनिएका मानिसहरूले स्वीकार गर्नुपर्ने र समर्पित हुनुपर्ने कुरा यही हो। तैँले यसलाई यसरी नै बुझ्नुपर्छ, र तैँले पाठ सिक्नुपर्छ र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्नुपर्छ—यो परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुनु हो, र परमेश्‍वरले सुरुमा अभिप्राय राख्‍नुभएको कुरा यही हो। परमेश्‍वरले हरेक सृजित प्राणीका लागि यसरी नै कामकुराहरू प्रबन्ध गर्नुहुन्छ। परमेश्‍वरले तँलाई यस्तो कष्टको वातावरणमा राख्‍नु र तँलाई यस्ता अवस्थाहरू दिनु भनेको तँलाई एउटा जिम्मेवारी, एउटा दायित्व, र एउटा आज्ञा दिनु बराबर हो—तैँले तिनलाई स्वीकार गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मेरो हृदय अचानक उज्यालो भयो। डाक्टरले धेरै अघि नै म बाँच्दिनँ भनेर भनिसकेको भए पनि, जबसम्म मेरो आयु सकिएको हुँदैन र मेरो मिसन पूरा भएको हुँदैन, तबसम्म मेरो रोग जतिसुकै गम्भीर भए पनि म मर्नेछैन। मानिस कहिले मर्छ भन्ने कुरा परमेश्‍वरको हातमा छ; उनीहरूको रोगको गम्भीरतासँग यसको कुनै सरोकार छैन। कुनै दिन म यो रोगले मरेँ नै भने, यसको अर्थ मेरो समय आयो र मेरो मिसन पूरा भयो भन्ने हुनेछ। म अझै पनि समर्पित हुनुपर्छ र मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने मौका दिनुभई अनुग्रह गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ। उहाँले मलाई धेरै सत्यता र रहस्यहरू बुझ्न अनि जीवनको अर्थ थाहा पाउन दिनुभएको छ। म मरेँ भने पनि, मेरो जीवन व्यर्थमा गएको हुनेछैन। यो कुरा बुझेपछि, मैले ठूलो राहत महसुस गरेँ। म सत्यता पछ्याउन र बिरामी हुँदा पनि आफ्नो कर्तव्यमा डटिरहन इच्छुक भएँ, र त्यसउप्रान्त मैले आफ्नै जीवन वा मृत्युको चिन्ता गरिनँ।

अक्टोबर २०२० मा, म जँचाउनका लागि प्रान्तीय अस्पताल गएँ। डाक्टरले भने, “तपाईँलाई पल्मोनरी हाइपरटेन्सन हुनु असम्भव छ। यो रोग लागेकाहरूको औसत आयु दुईदेखि तीन वर्ष मात्र हुन्छ, र तपाईँको अहिलेको अवस्था त्यस्तो पटक्कै देखिँदैन।” त्यसपछि उनले मलाई विभिन्न जाँच गर्न लगाए। जाँचको रिपोर्ट हेरेपछि, उनले मलाई साँच्चै पल्मोनरी हाइपरटेन्सन नै रहेछ भन्ने स्वीकार गरे, तर यो अपेक्षाकृत रूपमा हल्का थियो, र मेरो मुटुले अझै राम्रोसँग काम गरिरहेको थियो। मलाई यो परमेश्‍वरको सुरक्षा हो भन्ने थाहा थियो। यो रोग लागेका अरू धेरैले विभिन्न उपचारपद्धति प्रयोग गरी हेरेका छन्: केही वर्षमै कतिपयको मुटुले काम गर्न छोड्छ, जबकि अरू कतिपय अवस्था बिग्रँदै गएपछि मर्छन्। तर म आज जीवित छु र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छु। यो साँच्चै परमेश्‍वरको अनुग्रह र कृपा हो! अहिले, यो रोग सधैँ ममा भए पनि, म अब यसलाई साङ्लोका रूपमा लिन्नँ, न त यसबाट मलाई पीडा नै महसुस हुन्छ। बरु, म यसलाई स्वीकार गर्न र समर्पित हुन सक्छु। यो रोग मप्रति परमेश्‍वरको मुक्ति र सुरक्षा हो भन्ने कुरा पनि मैले बुझेको छु। म हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो:  ७४. पैसाको पछि लाग्ने भुमरीबाट बाहिर निस्किँदा

अर्को:  ७६. म बल्ल हीनताको छायाबाट बाहिर निस्किएँ

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger