९. फरक कर्तव्यमा खटाइएपछि सिकेका पाठहरू
सन् २०१८ को अन्त्यतिर, मण्डलीले मलाई ग्राफिक डिजाइनको कामको जिम्मेवारी दियो। जब-जब म ब्रदर-सिस्टरहरूले बनाएका तस्बिरहरू जाँचेर सुधारका लागि सुझाव दिन्थेँ, उहाँहरू धैर्यपूर्वक सुन्नुहुन्थ्यो, र समय-समयमा कोही-कोहीले यसो भन्नुहुन्थ्यो, “मेरो सौन्दर्यबोध त साँच्चै कमजोर रहेछ। म यी समस्याहरू पनि देख्न सक्दिनँ। अहिले तपाईंले भनेपछि पो मैले बुझेँ।” कहिलेकाहीँ, फरक-फरक विचारका कारण गतिरोधहरू हुन्थे, तर जब म आफ्नो विचार राख्थेँ, उहाँहरू सबैले सहमत जनाउनुहुन्थ्यो। यो सब देखेर, म मनमनै मख्ख पर्थें, “मेरो क्षमता राम्रै छ जस्तो छ, नत्रभने मैले कसरी यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न र ब्रदर-सिस्टरहरूलाई आफूसँग यसरी सहमत गराउन सक्थेँ?” कहिलेकाहीँ विशेष कारणहरूले गर्दा म कामको छलफलमा सहभागी हुन सक्दिनथेँ, र टोली अगुवाले म पनि सहभागी हुन सकूँ भनेर समय नै परिवर्तन गर्नुहुन्थ्यो। उहाँहरूले मलाई यति धेरै महत्त्व दिएको देखेर, म आफैमा झनै खुसी हुन्थेँ र सोच्थेँ, “यो कर्तव्यले त साँच्चिकै मलाई प्रभावशाली देखाउँछ। यदि मैले अध्ययन गर्न र आफ्नो सीप सुधार्न अझ मिहिनेत गरेँ भने, के मैले अझ धेरै ब्रदर-सिस्टरहरूको प्रशंसा पाउन सक्ने छैनँ र?” त्यसपछि, म आफ्नो कर्तव्य निर्वाह गर्न अझै उत्प्रेरित भएँ। कर्तव्य तनावपूर्ण थियो तर आफूले जतिसुकै कष्ट भोगे पनि वा जतिसुकै कठिनाइ आए पनि म पछि हटिनँ।
सन् २०२२ मा, फिलिपिन्समा साँचो मार्ग स्वीकार गर्ने नयाँ विश्वासीहरूको सङ्ख्या बढेकाले, मलजल गर्ने धेरै व्यक्तिहरूको तत्काल आवश्यकता पर्यो, र अगुवाहरूले कला टोलीमा कामको बोझ घटेकाले त्यहाँ दुई जना सुपरिवेक्षकको आवश्यकता छैन भन्ने निर्णय गर्नुभयो, त्यसैले उहाँहरूले मलाई अनलाइनमार्फत नयाँ विश्वासीहरूलाई मलजल गर्ने प्रबन्ध मिलाउनुभयो। यो प्रबन्ध उचित छ भन्ने मलाई थाहा थियो, तर मेरो मनमा केही चिन्ता थिए। मैले सोचेँ, “मैले केही वर्षदेखि कुनै पनि नयाँ विश्वासीलाई मलजल गरेकी छैन। यदि मलजलको कामले राम्रो नतिजा ल्याएन भने, के ब्रदर-सिस्टरहरूले अझै पनि मलाई उच्च सम्मान गर्नुहोला त?” यी विचारहरूले मलाई अलि दिक्दार बनाए। तर त्यसपछि मैले मनमनै सोचेँ, “मेरो क्षमता त्यति नराम्रो छैन। मैले सत्यताद्वारा आफूलाई सुसज्जित पार्न प्रयास गरेँ भने, पक्कै पनि म यो कर्तव्यमा पनि उत्कृष्ट बन्नेछु।” यस्तो सोचेपछि, मलाई अलि राम्रो महसुस भयो। मैले मलजलको कर्तव्य सुरु गरेको केही समयमै, मलजलको कामको सुपरिवेक्षकले मसँग मेरो कामको बारेमा कुरा गर्दै के भन्नुभयो भने मैले नयाँ विश्वासीहरूका समस्याहरू समयमै पत्ता लगाएर समाधान गरेकी छैनँ, र नयाँ विश्वासीहरूसँग कुराकानी गर्न र उनीहरूका कठिनाइहरूमा सहयोग गर्न म चुकिरहेकी छु। त्यसपछि, सुपरिवेक्षकले केही सान्दर्भिक सिद्धान्तहरू पढेर मलाई सुनाउनुभयो, र मलाई सुपरिवेक्षकले औँल्याएका समस्याहरू वास्तवमै रहेछन् भन्ने महसुस भयो। सुरुमा, मैले त्यसलाई स्वीकार गर्न सकेँ, तर जब बढीभन्दा बढी समस्याहरू औँल्याइए, मलाई भित्रभित्रै अलि-अलि पीडा हुन थाल्यो। सुपरिवेक्षकको सङ्गति र सुझावहरू सुन्दै गर्दा, मैले कला सुपरिवेक्षक हुँदाको आफ्नो विगतका बारेमा सोचेँ। पहिले, सधैँ अरूको कामलाई मार्गदर्शन गर्ने र उनीहरूका कर्तव्यमा भएका समस्याहरू औँल्याउने म नै हुन्थेँ, र ब्रदर-सिस्टरहरूले सधैँ मलाई उच्च सम्मान र समर्थन गर्नुहुन्थ्यो। तर अहिले मेरो कर्तव्यमा मेरा यति धेरै समस्याहरू खुलासा भएका थिए, र मलाई अरूले सङ्गति दिनुपर्ने र मार्गदर्शन गर्नुपर्ने आवश्यकता समेत परेको थियो। मलाई साह्रै लाज लाग्यो! मेरो कर्तव्यमा यति धेरै समस्या छन् भन्ने थाहा पाएपछि सुपरिवेक्षकले मेरा बारेमा के सोच्नुहोला? मेरा ब्रदर-सिस्टरहरूले मेरा बारेमा के सोच्नुहोला? के उहाँहरूले मेरो क्षमता कमजोर छ र मैले आफ्नो कर्तव्यमा हृदय लगाएकी छैन भन्ने सोच्नुहोला? मैले त्यो ठूलो अन्तर एकदमै गहिरोसँग महसुस गरेँ। तर पछि, मैले आफ्नो स्थितिको जाँच गरिनँ। बरु, मैले यस्तो सोच्दै आफैलाई सान्त्वना दिएँ, “यो त केवल अस्थायी असफलता हो। जबसम्म म मिहिनेत गर्न तयार छु, यी समस्याहरू समाधान हुन सक्छन्।”
केही दिनपछि, हामीले एउटा भेला गऱ्यौँ, र सुपरिवेक्षकले मलाई काममा धेरै व्यस्त भएर भेलामा उपस्थित हुन नसक्ने नयाँ विश्वासीहरूको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो धारणा बताउन भन्नुभयो। मैले बताइसकेपछि, केही ब्रदर-सिस्टरहरूले मैले नयाँ विश्वासीहरूले जीवनमा वास्तविक कठिनाइ भोगेका वा गलत दृष्टिकोणहरू राखेका छन् कि भनेर बुझ्न उनीहरूका समस्याबारे गम्भीरतापूर्वक सोधेकी थिइनँ भने। कतिपयले मैले स्पष्ट रूपमा सोधपुछ नगरी सीधै उनीहरूसँग सङ्गति गर्न थालेकी, र यसले नयाँ विश्वासीहरूका समस्याहरूलाई साँच्चै समाधान नगर्ने बताए। ब्रदर-सिस्टरहरूका सुझावहरू सुनेपछि, लाजले मेरो अनुहार तातो भयो, र मलाई जमिनमा खाल्डो खोजेर त्यहीँ भित्र पस्न मन लाग्यो। मलाई यो कर्तव्य निर्वाह गर्नु साँच्चै लज्जास्पद छ भन्ने लाग्यो। पहिले म कला टोलीको कामको जिम्मेवारीमा थिएँ, र ब्रदर-सिस्टरहरू बारम्बार मेरो प्रशंसा गर्दै वरिपरि झुम्मिने गर्नुहुन्थ्यो। तर अब मैले नयाँ विश्वासीहरूलाई मलजल गरिरहँदा, मलाई बारम्बार सच्याउने र आलोचना गर्ने गरिन्थ्यो। यो एकदम निराशाजनक थियो! मैले अगुवासँग कुरा गरी मेरो ग्राफिक डिजाइनकै पुरानो कर्तव्य जारी राख्न दिन अनुरोध गर्नेबारे सोचेँ। मलाई लाग्यो नयाँ विश्वासीहरूलाई मलजल गर्नु मेरो मजबुत पक्ष होइन, र यदि मैले यो कर्तव्य जारी राखेँ भने, मेरो बेइज्जत मात्र हुनेछ। यदि म आफ्नो पुरानो कर्तव्यमा फर्कन सकेँ भने, मैले मेरा ब्रदर-सिस्टरहरूको प्रशंसा र समर्थन पाइरहन सक्ने थिएँ। तर मलाई के पनि चिन्ता थियो भने यदि मैले कर्तव्य परिवर्तनको अनुरोध गरेँ भने, ब्रदर-सिस्टरहरूले मलाई धेरै कमजोर ठान्नेछन्, केही समस्याहरू औँल्याइएकै कारण मैले कर्तव्य फेर्न चाहेकी छु, र यसकारण म साँच्चै कदमा सानो छु भन्नेछन्। त्यसैले मैले यो कुरा सहन आफैलाई बाध्य पारेँ। मैले मनमनै आफैलाई यसरी सान्त्वना दिएँ, “यदि मैले अझ कडा प्रयास गरेँ र मेरो तालिमलाई तीव्र बनाएँ भने, सायद केही समयपछि परिस्थितिमा सुधार आउनेछ।”
पछि, मैले आफ्नो कर्तव्यमा अझ मिहिनेत गरेँ, नयाँ विश्वासीहरूका समस्याका आधारमा, कहिलेकाहीँ बिहान ३ बजेसम्म पनि बसेर, दिनहुँ आफूलाई सत्यताद्वारा सुसज्जित पारेँ। मैले सोचेको एउटै कुरा यो अवस्थालाई जतिसक्दो चाँडो बदल्नुपर्छ भन्ने थियो। तर एक महिनापछि, मेरो कर्तव्यका परिणामहरू टोलीमा सबैभन्दा खराब नै रहे। त्यो रात, म निदाउन नसकेर ओछ्यानमा यताउता पल्टिरहेँ। मेरो मन आफू कला सुपरिवेक्षक भएको समय कति गौरवशाली थियो भन्ने सोच्दै त्यतातिरै फर्किरह्यो। तर अब, नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा, म टोलीको सबैभन्दा तल पुगेकी थिएँ। मलाई यो कर्तव्य निर्वाह गर्नु साँच्चै लाजमर्दो छ भन्ने लाग्यो! जति मैले यसबारे सोचेँ, मलाई त्यति नै अन्याय भएको महसुस भयो, र म नरोई बस्न सकिनँ। मैले भोलिपल्ट अगुवासँग मेरो कर्तव्य परिवर्तन गर्नेबारे कुरा गर्ने विचार गरेँ। तर जब मैले कर्तव्य परिवर्तन गर्नेबारे सोचेँ, तब मलाई हृदयमा अवर्णनीय ग्लानि र पीडाको बोध भयो। मैले पहिले आफ्नो कर्तव्यमा लागिरहने प्रतिज्ञा गर्दै परमेश्वरलाई प्रार्थना गरेकी थिएँ। यदि मैले कर्तव्य परिवर्तन गरेँ भने—के त्यो आफ्नो जिम्मेवारी त्याग्नु होइन र? के म साँच्चै यसरी नै हार मान्न लागेकी थिएँ? तर यदि मैले यो कर्तव्य निर्वाह गरिरहेँ भने, यसको सामना कसरी गर्ने भन्ने मलाई थाहा थिएन। आफ्नो पीडामा, मैले परमेश्वरलाई बारम्बार पुकारेँ, “हे परमेश्वर, म साह्रै कमजोर महसुस गर्दैछु, म कसरी अगाडि बढ्ने मलाई थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ र पढ्नका लागि त्यो खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले निर्वाह गर्ने कर्तव्य तँलाई मन पर्छ र त्यसमा सिपालु छस् भने, तैँले यो आफ्नो जिम्मेवारी र दायित्व हो, अनि यसो गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो भन्ने महसुस गर्नेछस्। तँ हर्षित, खुसी र सहज महसुस गर्नेछस्। यो तैँले गर्न चाहेको कुरा हो, र तँ त्यसप्रति अर्पित हुन सक्छस्, र त्यसो गरेर, तैँले आफूले परमेश्वरलाई सन्तुष्ट बनाइरहेको महसुस गर्नेछस्। तर कुनै दिन तैँले आफूलाई मन नपर्ने वा पहिले कहिल्यै नगरेको कर्तव्य सामना गर्दा, के तँ अर्पित हुन सक्नेछस्? यसले तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर परीक्षण गर्नेछ। उदाहरणका लागि, मानौँ तँ भजन समूहमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। तँ गाउन सक्छस्; यो तँलाई रमाइलो लाग्ने कुरा हो, र तँ यो कर्तव्य निर्वाह गर्न इच्छुक छस्। यदि तँलाई अर्को कर्तव्य दिइयो, मानौँ सुसमाचार प्रचार गर्न लगाइयो, र यो काम अलिक कठिन थियो भने, के तँ समर्पित हुन सक्नेथिइस्? तँ सुसमाचार प्रचार गर्न चाहँदैनस्, त्यसैले तँ ‘मलाई गाउन मन पर्छ’ मात्र भनिरहन्छस्। यदि कुनै अगुवा वा कामदारले ‘सुसमाचार प्रचार गर्ने तालिम लिनू र आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्नू, अनि तिम्रो जीवन वृद्धिका लागि अझ बढी फाइदाजनक हुनेछ’ भनेर तँलाई हौसला दिन्छ भने, तँ अझै पनि जिद्दी गर्दै यसो भन्छस्, ‘मलाई गीत गाउन मन पर्छ, मलाई नाच्न मन पर्छ।’ चाहे तिनीहरूले जेसुकै सङ्गति गरून्, तँ सुसमाचार प्रचार गर्न जान चाहँदैनस्। तँ किन जान चाहँदैनस्? (रुचिको कमीका कारण।) तँलाई रुचि छैन, त्यसैले तँ जान चाहँदैनस्—यहाँ रहेको समस्या के हो? समस्या के हो भने तँ आफ्नो कर्तव्य आफ्ना प्राथमिकता र व्यक्तिगत रुचिअनुसार छनोट गर्छस् र समर्पित गर्दैनस्। समर्पण नहुनु नै समस्या हो। यदि तँ यस समस्याको हल गर्न सत्यता खोज्दैनस् भने, तँसँग साँचो समर्पण हुनेछैन। तैँले यस अवस्थामा साँचो समर्पण राख्नका लागि के गर्नुपर्छ? परमेश्वरका अभिप्रायहरू पूरा गर्नका लागि तैँले के गर्न सक्छस्? तैँले यही बेला सत्यताको यो पक्ष खोज्नु र चिन्तन गर्नुपर्छ। यदि तँ सबै कुरामा अर्पित हुन र परमेश्वरका अभिप्रायहरू पूरा गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निर्वाह गरेर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्वरले तँलाई दिने कुनै पनि आज्ञा स्वीकार गर्नैपर्छ। चाहे त्यो तँलाई चाख लाग्ने र तेरा रुचिहरूसित मेल खाने कुरा होस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने, वा तैँले पहिले कहिल्यै नगरेको र तँलाई गाह्रो लाग्ने कुरा होस्, तैँले त्यो स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यो केवल स्वीकार गर्नुपर्ने मात्रै होइन, बरु सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, पेसागत सीपहरू सिक्नैपर्छ, अनि अनुभवहरू र प्रवेश पनि प्राप्त गर्नैपर्छ। तैँले कष्ट, थकान, अपमान, वा बहिष्करण भोगिस् भने पनि, तैँले अर्पणका साथ त्यसो गर्नैपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबै कुरामा अर्पित हुन र परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्नेछस्। तैँले यसलाई आफ्नै उद्यमका रूपमा नभई आफूले पूरा गर्नुपर्ने कर्तव्यका रूपमा निर्वाह गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मण्डलीले मेरा लागि जुनसुकै कर्तव्यको प्रबन्ध गरे पनि, चाहे त्यो मैले राम्रोसँग गर्न सक्ने र मलाई उत्कृष्ट देखाउने काम होस् वा मैले राम्रोसँग गर्न नसक्ने र म चम्किन नसक्ने काम होस्, त्यो सबै परमेश्वरको सार्वभौमिकता र नियोजनको भाग हो। मैले आफ्नो कर्तव्य निर्वाह गर्न सधैँ सक्दो प्रयास गर्नुपर्छ, किनकि यही मात्र परमेश्वरप्रति साँचो समर्पण हो। जब म कला टोलीको कामको जिम्मेवारीमा थिएँ र ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्नुहुन्थ्यो, तब मसँग आफ्नो कर्तव्यका निम्ति अनन्त प्रेरणा थियो, र जतिसुकै कष्ट वा कठिनाइ आउँदा पनि मैले कहिल्यै हार मानिनँ। अहिले जब मैले मलजलको कर्तव्य निर्वाह गर्नुपर्यो, तब मेरो कर्तव्यमा धेरै समस्या आए, जसले मेरा धेरै कमीकमजोरी र अपर्याप्तताहरूलाई प्रकट गर्यो, त्यसैले ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्न छाड्नुभयो। यसका कारण म प्रायः दुःखी हुन्थेँ, र यो मण्डलीको कामको आवश्यकता भए तापनि, मैले कयौँ पटक मलजलको काम त्यागेर आफ्नो पुरानो कर्तव्यमा फर्कनेबारे सोचेँ। मसँग परमेश्वरप्रति साँचो समर्पण कहाँ थियो र?
आफ्नो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आफूलाई धेरै सिद्ध, धेरै विशिष्ट, धेरै कुलीन, वा अरूभन्दा धेरै फरक सोच्नु हुँदैन; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफूलाई अलग ठान्नु—यो अहङ्कारी स्वभावले गराउँछ; आफ्ना कमीकमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्नु, र कहिल्यै आफ्ना गल्ती र असफलताहरू सामना गर्न नसक्नु—यो अहङ्कारी स्वभावले गराउँछ; अरूलाई कहिल्यै आफूभन्दा श्रेष्ठ, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूको शक्तिलाई आफ्नोभन्दा बढी हुन नदिनु—यो अहङ्कारी स्वभावले गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा राम्रा विचार, सुझाव, र दृष्टिकोण राख्न नदिनु, र आफूभन्दा अरू राम्रो भएको थाहा पाउँदा नकारात्मक बन्नु, बोल्न नचाहनु, दुःखी र उदास बन्नु, र खिन्न हुनु—यी सबै अहङ्कारी स्वभावले गराउँछ। अहङ्कारी स्वभावले तँलाई आफ्नो घमण्ड जोगाउन खोज्नुका कारण अरूले दिएको सच्याइ स्वीकार गर्न नसक्ने, आफ्ना कमीकमजोरीहरू सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरू स्वीकार गर्न नसक्ने बनाउन सक्छ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तँलाई बन्धनमा परेको महसुस हुन सक्छ, र तैँले आफ्नो कर्तव्य समेत पूरा गर्ने इच्छा गर्दैनस् र कर्तव्य पूरा गर्दा झारा टार्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहार र अभ्यासहरू उत्पन्न गराउन सक्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। जब मैले परमेश्वरका वचनहरूमा मनन गरेँ, मलाई साँच्चै लज्जित महसुस भयो। यी वर्षहरूलाई फर्केर हेर्दा, म कलाको कामका लागि जिम्मेवार थिएँ, केही अनुभव बटुलेकी थिएँ, र आफ्नो कर्तव्यमा केही नतिजाहरू देखेकी थिएँ, त्यसैले मैले आफूलाई उच्च स्थानमा राख्न थालेँ, र आफ्नो हृदयमा, मैले आफू साधारण मानिसहरूभन्दा फरक छु भन्ने महसुस गरेँ। मैले मेरो क्षमता अरूको भन्दा राम्रो छ भन्ने सोचेँ, त्यसैले जहाँ गए पनि, म शीर्षमा हुन चाहन्थेँ, अरूले मलाई घेरेर मेरो स्तुतिगान गर्नुहोस् भन्ने चाहन्थेँ, र मैले अरूको उच्च सम्मान पाउनु मेरो हक नै हो भन्ने महसुस गर्थेँ। मैले पहिलो पटक नयाँ विश्वासीहरूलाई मलजल गर्दा, नतिजाहरू अरूहरूका जस्ता राम्रा थिएनन्, र सुपरिवेक्षकले प्रायः मेरा समस्याहरू औँल्याउनुहुन्थ्यो। यो एकदमै सामान्य कुरा थियो, र साँच्चिकै समझदार व्यक्तिले यसलाई सही रूपमा सम्हाल्न सक्थ्यो। उसले यसलाई शान्तपूर्वक स्वीकार मात्र गरेको हुँदैनथ्यो व्यवहारिक तरिकाले आफ्ना कमीकमजोरीहरूको परिपूर्ति गर्न र आफ्नो कर्तव्यका नतिजाहरू सुधार्न सत्यताद्वारा आफूलाई सुसज्जित पनि गरेको हुन्थ्यो। तर म भने, अरूका सुझाव सामना गर्न तयार थिइनँ, आफ्ना कमीकमजोरीलाई केलाउने कुरा त परै जाओस्, बरु, म हृदयभित्रै गोप्य रूपमा प्रतिस्पर्धा गर्थेँ, आफ्नै प्रयासबाट छिटो नतिजा हासिल गर्न चाहन्थेँ, ताकि ब्रदर-सिस्टरहरूले ममा राम्रो क्षमता छ भनेर देख्नुहोस्। मेरो पछ्याइपछाडिको मार्ग र दृष्टिकोणहरू गलत भएकाले, परमेश्वरले मबाट आफ्नो मुहार लुकाउनुभएको थियो। मैले लामो समयसम्म आफ्नो कर्तव्यमा प्रगति गरिनँ, र मेरा नतिजाहरूमा सुधार आएन। तर, मैले आत्मचिन्तन नगरेकी मात्र होइन, म नकारात्मक र काममा सुस्त पनि भएँ, र उप्रान्त नयाँ विश्वासीहरूलाई मलजल गर्न चाहिनँ, बरु कर्तव्य परिवर्तन गर्न चाहेँ। म साँच्चै अहङ्कारी र अभिमानी थिएँ र ममा साँच्चै समझको कमी थियो!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र आफू किन यति धेरै हैसियत पछ्याउन मन पराउँदो रहेछु भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। … उसले मानिसहरूलाई आफूलाई उच्च ठान्न लगाउनुको उद्देश्य के हो? (मानिसहरूका मनमा हैसियत बनाउनु।) जब अरू कसैको मनमा तेरो हैसियत हुन्छ, तब ऊसँग अन्तरक्रिया गर्दा, उसले तेरो आदर गर्छ, र विशेष गरी तँसित बोल्दा ऊ शिष्ट बन्छ। उसले सधैँ तँलाई आदरभावले हेर्छ, र सबै कुरामा, उसले तँलाई पहिले जान दिन्छ, बाटो छोडिदिन्छ, अनि फुर्काउँछ र तेरो आज्ञा पालन गर्छ। सबै कुरामा, ऊ तँलाई खोज्छ र तँलाई निर्णयहरू गर्न दिन्छ। र तँलाई यसबाट आनन्द अनुभूति हुन्छ—तँलाई आफू अरू कोहीभन्दा श्रेष्ठ र राम्रो हुँ भन्ने लाग्छ। यो कसैको मनमा हैसियत हुनुको अनुभूति हो; सबै मानिसहरू यस्तो अनुभूतिमा रमाउन चाहन्छन्। यही कारण मानिसहरू हैसियतका लागि होड गर्छन्, र सबैजना अरूका मनमा हैसियत राख्न, अरूबाट सम्मानित हुन र पुजिन चाहन्छन्। यदि तिनीहरूले यसबाट त्यस्तो आनन्द पाउन सकेनन् भने, तिनीहरू हैसियतको पछि लाग्दैनन्। उदाहरणका लागि, यदि कसैका मनमा तेरो हैसियत छैन भने, तिनीहरूले तँसँग कुरा गर्दा तँलाई आफ्नो बराबरीका रूपमा व्यवहार गर्नेछन्, तँलाई आफूसँग समान स्तरमा राख्नेछन्। तिनीहरूले आवश्यक पर्दा तेरो खण्डन गर्ने छन्, तँप्रति शिष्ट वा सम्मानजनक व्यवहार गर्नेछैनन्, र तिनीहरू तैँले बोलिसक्नुअघि नै निस्केर जान पनि सक्छन्। के यसले तँलाई असहज महसुस गराउनेछैन र? तँलाई मानिसहरूले यस्तो व्यवहार गरेको मन पर्दैन; तँ तिनीहरूले तँलाई चापलुसी गरेको, तेरो मान गरेको, र हरेक पटक पुजेको मन पराउँछस्। तँ सबै कुराको केन्द्र बनेको, सबथोक तेरो वरिपरि घुमेको, र सबैले तेरो कुरा सुनेको, तेरो मान गरेको, र तेरो निर्देशन पालन गरेको तँलाई मन पर्छ। के यो तैँले राजा भएर शासन गर्न चाहनु होइन र? तेरो बोली र काम हैसियतको पछ्याइ र प्राप्तिद्वारा प्रेरित हुन्छन्, र तँ यसका लागि अरूसँग लडाइँ, ठेलमठेल र प्रतिस्पर्धा गर्छस्। तेरो लक्ष्य पद कब्जा गर्नु, र परमेश्वरका चुनिएका मानिसहरूलाई तेरो कुरा सुन्न, तेरो समर्थन गर्न र तँलाई पुज्न लगाउनु हो। तैँले त्यो ओहोदा लिइसकेपछि, शक्ति प्राप्त गरेको हुन्छस् अनि हैसियत, अरूले गर्ने पुजाइ, र त्यस पदसँगै आउने अन्य सबै सुविधाहरूको लाभ उठाउन सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचन पढेपछि, मैले आफू सधैँ मलजलको कर्तव्यप्रति प्रतिरोधी हुनु र आफ्नो अघिल्लो कर्तव्यको तृष्णा गर्नुको कारण आफ्नो प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिनु, र हैसियतका फाइदाहरूको लालसा गर्नु रहेछ भन्ने थाहा पाएँ। म प्रायः आफू सुपरिवेक्षक हुँदाको समय सम्झन्थेँ। त्यतिबेला, ब्रदर-सिस्टरहरूले मलाई उच्च सम्मान गर्नुहुन्थ्यो, र उहाँहरूलाई कठिनाइ आइपर्दा प्रायः मसँग सल्लाह माग्नुहुन्थ्यो, र म अरूलाई मार्गदर्शन गर्न सक्थेँ। म यो अनुभूतिमा साह्रै आनन्द मान्थेँ। तर मलजलको कर्तव्यमा सरुवा भएपछि, म अरूको तुलनामा आफूलाई हरेक कुरामा पछि परिरहेकी पाउँथेँ। कसैले पनि मेरो विचार सोध्नुहुन्नथ्यो, र अरूले प्रायः मेरा समस्याहरू औँल्याउनुहुन्थ्यो। मलाई हीनताबोध भयो र लाज लाग्यो। आफ्नो गौरव र हैसियत बचाउन, म राति अबेरसम्म परिश्रम गर्थेँ, गोप्य रूपमा प्रयास गर्थेँ, एक दिन म समूहमा उत्कृष्ट देखिनेछु भन्ने आशा गर्थेँ। तर केही समयको प्रयासपछि पनि, मैले मेरो कर्तव्यका परिणामहरू अझै पनि सबैभन्दा खराब रहेका देखेँ, र मलाई म यो कर्तव्यमा उत्कृष्ट देखिन गाह्रो छ भन्ने लाग्यो। मैले आफ्नो हृदयमा असहजता र प्रतिरोध महसुस गरेँ, र कयौँ पटक अगुवासँग कर्तव्य परिवर्तन गरिदिन अनुरोध गर्ने विचार गरेँ, किनकि म आफ्नो पुरानो कर्तव्यमा फर्कन र हैसियतका फाइदाहरूको आनन्दलाई निरन्तरता दिन चाहन्थेँ। त्यतिबेला मात्र मलाई आफ्नो कर्तव्यमा मेरा अभिप्रायहरू परमेश्वरलाई सन्तुष्ट पार्ने नभई, बरू मेरा आफ्नै प्रतिष्ठा र हैसियतका लागि रहेछन् भन्ने महसुस भयो। यो अरूको आदर जित्नका लागि थियो, ताकि मैले उहाँहरूको हृदयमा स्थान पाउन सकूँ र उहाँहरू मेरो वरिपरि घुम्नुहोस्। के मैले लिइरहेको मार्ग ठ्याक्कै ख्रीष्टविरोधीको जस्तो थिएन र? पहिले, मैले मलजलको कर्तव्य निर्वाह गरेकी थिइनँ, र मैले दर्शनसम्बन्धी धेरै सत्यता बुझेकी थिइनँ, तर अब मण्डलीले मलाई यो कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाएको थियो, आफूलाई सत्यताद्वारा सुसज्जित पार्ने र आफ्ना कमीकमजोरी परिपूर्ति गर्ने अवसर दिएको थियो। यो त परमेश्वरको प्रेम थियो! तर मैले परमेश्वरको प्रेम चुकाउने कुरा सोचिनँ, र नयाँ विश्वासीहरूलाई मलजल आवश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि, मैले आफ्नो कर्तव्य छाड्न चाहेँ। मैले आफ्नो प्रतिष्ठा र हैसियतमा असर परेको देख्नुभन्दा बरु काममा क्षति हुन दिन रुचाएँ। ममा साँच्चै विवेक र समझको कमी थियो, र म परमेश्वरको सामु जिउन अयोग्य थिएँ!
ती दिनहरूमा, म प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ, र मैले प्रतिष्ठा र हैसियत पछ्याउनुको जड बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस् भन्ने अनुरोध गर्थेँ। एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले ‘उच्च शिक्षालयहरूको’ शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो)। “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्नका लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने म निरन्तर प्रतिष्ठा र हैसियत पछ्याइरहेकी थिएँ किनकि म शैतानको विषद्वारा नियन्त्रित भइरहेकी थिएँ। बाल्यकालदेखि नै, मेरा आमाबुबा र शिक्षकहरूले मलाई “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ,” “सानो पोखरीको ठूलै माछा हुनु बेस,” र “मानिसहरूले सधैँ आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ” भनेर सिकाउनुभएको थियो। मैले यी शैतानी दर्शन र नियमहरू आफूलाई आचरणमा ढाल्ने मापदण्डको रूपमा लिएँ। म ठान्थेँ प्रतिष्ठा र हैसियत प्राप्त गरेर, अनि अरूको प्रशंसा र स्तुतिगान पाएर मात्र म सम्मान र मूल्यका साथ जिउन सक्छु, र यदि म कसैको प्रशंसा वा स्तुतिगानविना एक साधारण व्यक्ति भएँ भने, जीवन अपमानजनक, दयनीय र अर्थहीन हुनेछ। मैले आफ्नो विद्यालयका दिनहरू सम्झेँ। म आफू उत्कृष्ट र आफ्नो श्रेणी उच्च रहेका, अनि आफूलाई शिक्षक र सहपाठीहरूको उच्च सम्मान दिलाउने विषयहरूको पढाइमा मेहनत गर्न इच्छुक हुन्थेँ। तर जुन विषयहरूमा म निपुण थिइनँ र जसका लागि कसैले पनि मेरो प्रशंसा गर्दैनथे, म तिनको अध्ययनमा मेहनत गर्न इच्छुक थिइनँ। मैले गर्ने हरेक कुरा मेरो गौरव र हैसियतलाई फाइदा पुग्छ कि पुग्दैन भन्नेमा आधारित थियो। परमेश्वरलाई पाएपछि पनि, मैले यस दृष्टिकोणलाई कायमै राखेँ। मैले कला टोलीको सुपरिवेक्षकका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा, मसँग ग्राफिक डिजाइनका केही आधारभूत सीप रहेकाले र मैले ब्रदर-सिस्टरहरूलाई उहाँहरूको कर्तव्यमा मार्गदर्शन गर्न सक्ने भएकाले, उहाँहरू सबैले मेरो प्रशंसा गर्नुहुन्थ्यो, र यो अनुभूतिमा म एकदमै आनन्द मान्थेँ। म आफ्नो कर्तव्यमा प्रेरणाले भरिपूर्ण थिएँ, र जतिसुकै कष्ट र कठिनाइ आए पनि, म कहिल्यै पछि हटिनँ। तर नयाँ विश्वासीहरूलाई मलजल गर्ने कर्तव्य सुरु गरेपछि, मेरा धेरै समस्या र कमीकमजोरी खुलासा भए, र मेरा ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा गर्न छाड्नुभयो, बरु मेरा समस्याहरू औँल्याइरहनुभयो। मेरो कर्तव्यका नतिजा टोलीमै सबैभन्दा खराब भए, र इज्जतमा भएको यो ठूलो पतनले मलाई लाजमर्दो बनायो, र मेरो हृदय पीडा र दुःखले भरिदियो। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रेरणा गुमाएँ र मैले यसलाई त्याग्ने विचार समेत गरेँ। मैले प्रतिष्ठा र हैसियतलाई जीवन जत्तिकै महत्त्वपूर्ण ठानेँ, र तिनलाई गुमाउँछु भनेर निरन्तर चिन्ता गरिरहन्थेँ, मानौँ प्रशंसाविना जिउनु अर्थहीन हुन्छ। म साँच्चै शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएकी थिएँ! परमेश्वरले म आफ्नो कर्तव्यमा स्वभाव परिवर्तन पछ्याउँदै सत्यता वास्तविकतामा प्रवेश गरूँला, अनि समस्या समाधान गर्न र सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सत्यता खोज्न सक्षम हूँला भन्ने आशा गर्दै, मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिएर अनुग्रह प्रदान गर्नुभएको थियो। तर म निरन्तर प्रतिष्ठा र हैसियतको पछि लागिरहेँ, र लामो समयसम्म नयाँ विश्वासीहरूलाई मलजल गरेपछि पनि, उनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न कसरी सत्यताको सङ्गति गर्ने भन्ने मैले अझै जानिनँ, र मैले दर्शनका सत्यताहरूमा स्पष्ट रूपमा सङ्गति समेत गर्न सकिनँ। यदि म निरन्तर प्रतिष्ठा र हैसियतको पछि लागिरहेर आफ्नो गल्तीमा हठी भइरहेँ भने, म आफ्नो कर्तव्य पूरा गर्न मात्र असफल हुने थिइनँ, कुनै पनि सत्यता प्राप्त गर्न पनि असफल हुने थिएँ, र मैले अन्ततः मुक्तिको मौकालाई बर्बाद पार्ने थिएँ। मैले एकताका चिनेका लेस्टरलाई सम्झेँ, जो एकोहोरो प्रतिष्ठा र हैसियतको पछि लागे। अगुवा वा कामदार बन्न नसकेकाले, उनले गुनासो र प्रतिरोध गरे, र आफ्नो कर्तव्य ठीकसँग निर्वाह गर्न सकेनन्। उनी प्रायः ब्रदर-सिस्टरहरूको अगाडि अगुवा र कामदारहरूलाई गलत ठहराउने गर्थे, र मण्डलीमा गुटबन्दी गर्न खोज्थे, जसले मण्डली जीवनमा गम्भीर अवरोध र बाधा उत्पन्न गरायो। ब्रदर-सिस्टरहरूले बारम्बार सङ्गति र मद्दत गर्दा पनि, उनले आफूलाई कहिल्यै सुधारेनन्, र अन्ततः, उनलाई मण्डलीबाट निकालियो। मैले उनको जस्तो दुष्ट कार्यहरू नगरे तापनि, म अझै पनि उनीजस्तै थिएँ, एकोहोरो भएर प्रतिष्ठा र हैसियतको पछि लाग्ने। यदि म पश्चात्ताप नगरी बसिरहेँ भने, म अन्ततः उनी जस्तै गरी परमेश्वरद्वारा प्रकटित भई हटाइने थिएँ! विगतमा, म सोच्थेँ अरूको प्रशंसा पछ्याउनुले अभिलाषा र महत्त्वाकाङ्क्षा दर्शाउँछ, यसको अर्थ व्यक्ति अगाडि बढ्न उत्सुक छ भन्ने हो, र यस्तो पछ्याइ सकारात्मक हुन्छ, तर अब मैले प्रतिष्ठा र हैसियतको पछ्याइ सही मार्ग होइन भन्ने बुझेँ। प्रतिष्ठा र हैसियतको पछ्याइले मलाई धेरै नाजुक, र सानोभन्दा सानो असफलता वा बाधा पनि सहन नसक्ने बनायो। यसले मलाई परमेश्वरबाट झन्-झन् टाढा लग्यो, परमेश्वरलाई धोका दिन लगायो, र मेरो विवेक र समझ गुमाउने बनायो, र अन्ततः म परमेश्वरद्वारा तिरस्कृत भई हटाइने थिएँ। धन्य, परमेश्वरका वचनहरूले मलाई जगाए, र तब उप्रान्त मैले म प्रतिष्ठा र हैसियतका लागि जिउन मिल्दैन, र मैले जिउने तरिका बदल्नुपर्छ भन्ने निर्णय गरेँ।
केही दिनपछि, सुपरिवेक्षकले हामीलाई एउटा भिडियो देखाउनुभयो जसमा फिलिपिन्सका नयाँ विश्वासीहरूले चिनियाँ ब्रदर-सिस्टरहरूलाई अभिवादन गरेका थिए। धेरै नयाँ विश्वासीहरूले चीनका ब्रदर-सिस्टरहरूप्रति कृतज्ञता व्यक्त गरे, र उनीहरूले सर्वशक्तिमान् परमेश्वरको राज्यको सुसमाचार फिलिपिन्समा प्रचार गरेकामा धन्यवाद दिए। धेरै नयाँ विश्वासीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्यप्रति अर्पित हुन कडा मिहिनेत गर्ने सङ्कल्प गरेका थिए। विशेष गरी जब मैले एक नयाँ विश्वासीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू उसको जीवनको ज्योति हो भनेको सुनेँ, म भावुक भएर रोएँ। मैले सोचेँ अझै पनि धेरै मानिसहरू छन् जो मुक्तिदाताको पुनरागमनको उत्कट तृष्णा गरिरहेका छन्, उनीहरू ज्योति पाउन चाहन्छन्, परमेश्वरलाई पाउन चाहन्छन्, तर विभिन्न कारणहरूले गर्दा, उनीहरू अझै परमेश्वरसामु आएका छैनन्। नयाँ विश्वासीहरूलाई मलजल गर्ने र उनीहरूलाई साँचो मार्गमा जग बसाल्न मद्दत गर्ने कर्तव्य निर्वाह गर्न पाउनु मेरा लागि निकै सम्मानको कुरा थियो! तर यो कर्तव्य मेरो बलियो पक्ष नभएकाले, र यसले मलाई उत्कृष्ट नदेखाउने भएकाले, मैले यसबाट पन्छिन मात्र चाहेँ। ममा मानवता नै कहाँ रहेछ र? म परमेश्वरको प्रेमको आनन्द लिन पूर्ण रूपमा अयोग्य रहेछु! मैले यीमध्ये केही नयाँ विश्वासीहरूले कसरी एक वर्ष मात्र परमेश्वरमा विश्वास गरेका थिए, र कोहीले केही महिना मात्र भन्नेबारे सोचेँ। उनीहरूले सुसमाचार प्रचार गर्ने क्रममा धेरै कठिनाइ सामना गरे, तर उनीहरूको हृदय शुद्ध थियो र जस्तोसुकै अवस्थामा पनि आफ्नो कर्तव्य त्याग्न अस्वीकार गरे। तर मैले दस वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, र परमेश्वरबाट यति धेरै प्राप्त गरेकी थिएँ, तर म अझै पनि परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न असमर्थ थिएँ। म साँच्चै मानिस कहलाउन लायक थिइनँ! त्यस क्षणमा, ग्लानि र अपराधबोधले मलाई छोप्यो। आफ्नो हृदयमा, मैले परमेश्वरलाई भनेँ, “हे परमेश्वर, म धेरै विद्रोही भएकी छु! अबदेखि, म तपाईंका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन तयार छु, र अरूले मलाई जसरी हेरे पनि, म आफ्नो कर्तव्य सारा हृदय लगाएर राम्रोसँग निर्वाह गर्न तयार छु।” त्यस क्षणदेखि, सुपरिवेक्षक र ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू फेरि औँल्याउँदा, मैले पहिले जस्तो त्यति दुःखी महसुस गरिनँ, न त म भाग्न चाहेँ। बरु, मैले यी कुराहरूलाई हृदयदेखि नै स्वीकार गर्न र मान्न सकेँ, र पछि, मैले आफ्ना कमीकमजोरीहरू सम्बोधन गर्न सत्यता सिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्न सकेँ। केही समयपछि, मैले मलजल गरेका नयाँ विश्वासीहरूमध्ये धेरैभन्दा धेरै नियमित रूपमा भेलामा उपस्थित हुन थाले, र कोहीले त सक्रिय रूपमा सुसमाचार प्रचार गर्न पनि थाले। सुपरिवेक्षकले पनि मैले ठूलो प्रगति गरेकी बताउनुभयो। म परमेश्वरको मार्गदर्शनका लागि हृदयदेखि नै आभारी थिएँ।
सन् २०२४ मा, कामको आवश्यकताअनुसार, मण्डलीले मलाई कला टोलीमा फर्कन आग्रह गऱ्यो। समूह अगुवाले मलाई तस्बिरहरू बनाउँदै भिडियो कसरी बनाउने भनेर सिक्न भन्नुभयो। मैले पहिले कहिल्यै भिडियो नबनाएकीले, मेरो भिडियो बनाउने गति धेरै सुस्त थियो। अरूले तीनवटा भिडियो बनाइसक्दा, म एउटा मात्र बनाउन सक्थेँ। मैले यो कसरी गर्ने भनेर सिक्न एक महिनाभन्दा बढी मिहिनेत गरेँ, तर मेरो गति अझै पनि अरू ब्रदर-सिस्टरहरूको बराबरीमा पुग्न सकेको थिएन। र अन्तिम सम्पादनहरूमा सौन्दर्यको कमी थियो र आवश्यक मापदण्डहरू पूरा भएनन्। टोली अगुवाले मलाई अरू ब्रदर-सिस्टरहरूले बनाएका भिडियोहरू देखाउनुभयो र उहाँहरूबाट सिक्न आग्रह गर्नुभयो। मलाई साँच्चै दुःख लाग्यो। मैले यति मिहिनेत गरेकी थिएँ, तर म अझै पनि यो कर्तव्यमा सबैभन्दा तल थिएँ। मलाई लाग्यो यसरी आफूलाई लज्जित पार्नुभन्दा बरु अगुवासँग कुरा गरेर मलजलको कर्तव्यमा फर्कन अनुरोध गर्नु राम्रो हुन्छ। म मलजल टोलीमा एक वर्षभन्दा बढी बसेकी थिएँ, र बिस्तारै त्यससँग परिचित भएकी थिएँ। मलाई लाग्यो यदि म नयाँ विश्वासीहरूलाई मलजल गर्न फर्किएँ भने, म यति धेरै लज्जित हुनु नपर्ला। त्यस क्षणमा, मलाई अचानक आफ्नो स्थिति गलत छ भन्ने महसूस भयो। “मैले यस्तो कसरी सोच्न सक्छु र? मसँग ग्राफिक डिजाइनका केही आधारभूत सीपहरू छन्, त्यसैले जबसम्म म व्यवहारिक तरिकाले अध्ययन गर्छु, म बिस्तारै यसमा अभ्यस्त हुन सक्छु। यदि मैले यस समयमा आफ्नो प्रतिष्ठा र हैसियतका लागि कला टोली छोडेँ भने, के मैले आफ्नो कर्तव्य त्यागिरहेकी हुन्न र? यसमा, मैले परमेश्वरप्रति साँचो समर्पण गरिरहेकी हुने थिइनँ!”
पछि, मैले आफ्नो स्थिति सम्बोधन गर्न सत्यता खोजेँ। आफ्नो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ: “तँ शान्त हृदयका साथ परमेश्वरको घरमा सदस्यको रूपमा रहन चाहने भएकाले, तैँले पहिले सबै कुरामा सत्यताको खोजी गर्न सिक्नुपर्छ, आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ, र सत्यतालाई बुझ्न र अभ्यास गर्न सक्षम हुनुपर्छ—यसरी, परमेश्वरको घरभित्र, तँ नाम र वास्तविकता दुवैमा एक सृजित प्राणी बन्नेछस्। मानवजातिको पहिचान भनेको सृजित प्राणी हो; परमेश्वरको नजरमा, मानिसहरू त्यही हुन्। त्यसोभए, तँ एक सृजित प्राणीको रूपमा कसरी मानकअनुरूप हुन सक्छस्? त्यसका लागि तैँले परमेश्वरका वचनहरू सुन्न सिक्नैपर्छ, र परमेश्वरका मागहरूअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ। परमेश्वरले तँलाई यो उपाधि दिनुभएपछि, कुरा त्यतिमै सकियो भन्ने होइन; बरु, तँ एक सृजित प्राणी भएकोले, तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ, र तँ एक सृजित प्राणी भएकोले, तैँले सृजित प्राणीको जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसोभए, एक सृजित प्राणीका कर्तव्यहरू के हुन्? एक सृजित प्राणीका जिम्मेवारीहरू के हुन्? परमेश्वरको वचनले सृजित प्राणीहरूका कर्तव्य, दायित्व, र जिम्मेवारीहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ, होइन र? मानौँ तैँले एक सृजित प्राणीको कर्तव्य लिएको छस्। त्यसोभए, आजको दिनदेखि, तँ परमेश्वरको घरको एक साँचो सदस्य होस्; अर्थात्, तैँले आफूलाई परमेश्वरको एउटा सृजित प्राणीका रूपमा स्वीकार गर्छस्। आजको दिनदेखि, तैँले आफ्नो जीवनका योजनाहरूलाई पुनःनिर्माण गर्नुपर्छ—तैँले आफ्नो जीवनका लागि तय गरेका पहिलेका आकाङ्क्षा, चाहना, र लक्ष्यहरूलाई अबदेखि पछ्याउनु हुँदैन। बरु, तैँले एक सृजित प्राणीका रूपमा तँसँग हुनुपर्ने जीवनका लक्ष्य र दिशाको योजना बनाउन एउटा नयाँ पहिचान र दृष्टिकोण अपनाउनुपर्छ। पहिला, तेरा लक्ष्य र दिशा अगुवाइको भूमिका लिने, वा कुनै उद्योगमा अगुवाइ गर्ने वा उत्कृष्ट हुने, वा कुनै निश्चित काममा संलग्न हुने वा कुनै विशेष पेसागत सीपमा निपुण हुने एक प्रसिद्ध व्यक्ति बन्ने हुनु हुँदैन। बरु, तैँले आफ्नो कर्तव्यलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ—अर्थात्, तैँले कुन काम गर्नुपर्छ र अहिले, यस क्षणमा, तैँले कुन कर्तव्य पूरा गर्न आवश्यक छ भनी जान्नुपर्छ, र तैँले परमेश्वरका अभिप्रायहरू खोजी गर्नैपर्छ। परमेश्वरले तैँले जे गर्न माग गर्नुभए पनि र परमेश्वरको घरले तेरा लागि जुनसुकै कर्तव्य प्रबन्ध गरेको भए पनि, तैँले त्यो कर्तव्य पूरा गर्नका लागि बुझ्नुपर्ने सत्यताहरू र तैँले पछ्याउनुपर्ने र बोध गर्नुपर्ने सिद्धान्तहरू पत्ता लगाउनैपर्छ र तँ तिनका बारेमा स्पष्ट हुनैपर्छ। यदि तैँले तिनलाई याद गर्न सक्दैनस् भने, तैँले तिनलाई लेखेर राख्न सक्छस् र, जब तँसँग समय हुन्छ, तब तिनलाई अझ बढी हेर्न र तिनलाई अझ बढी मनन गर्न सक्छस्। परमेश्वरका सृजित प्राणीहरूमध्ये एक भएको नाताले, तेरो प्राथमिक जीवन लक्ष्य एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र मानकअनुरूपको एक सृजित प्राणी बन्ने हुनुपर्छ। तँसँग हुनुपर्ने सबैभन्दा आधारभूत जीवन लक्ष्य यही हो। दोस्रो र अझ विशेष कुरा भनेको एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने र मानकअनुरूपको सृजित प्राणी कसरी बन्ने भन्ने हो। यो सबैभन्दा महत्त्वपूर्ण छ। भ्रष्ट मानवजातिले पछ्याउने यी दिशा र लक्ष्यहरू—जस्तै प्रतिष्ठा, हैसियत, आडम्बर, र व्यक्तिगत भविष्य—ती सबै तैँले त्याग्नुपर्ने कुरा हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए र पछ्याइको सही लक्ष्य पत्ता लगाउन मद्दत गरे। विगतमा, जब म मलजलको कर्तव्य निर्वाह गर्दै थिएँ, त्यो परमेश्वरको अनुमति र सार्वभौमिकताअन्तर्गत थियो, र अब, कला टोलीमा फर्कनु र यो कर्तव्य निर्वाह गर्नु पनि परमेश्वरको योजनाबद्ध कार्य र प्रबन्ध नै थियो, र यो परमेश्वरको घरको कामका आवश्यकताका लागि थियो। परमेश्वरले मेरा उपलब्धिहरू कति ठूला छन्, वा कति मानिसले मेरो प्रशंसा र स्तुतिगान गर्छन् भन्ने कुरालाई महत्त्व दिनुहुन्न। बरु, परमेश्वरले महत्त्व दिनुहुने कुरा मेरो हृदय, आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति, म साँच्चै लगनशील र जिम्मेवार छु कि छैन, के मैले साँच्चै बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्छु, र के म उहाँमा समर्पित हुन्छु भन्ने हो। मैले आफूले राम्रो गर्न सक्ने कुरा मात्र खोज्न मिल्दैन, न त मैले अरूको प्रशंसा खोज्नका लागि जिउन मिल्छ। मैले सृजित प्राणीको कर्तव्य पूरा गर्न र परमेश्वरलाई सन्तुष्ट पारी उहाँको प्रेम चुकाउन जिउनुपर्छ। मैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिलाई सच्याउनु थियो। यस समयमा, मेरो भिडियो निर्माणको गुणस्तर र कुशलता अरूको जस्तो राम्रो थिएन, त्यसैले मैले अझ बढी गर्नुपर्ने कुरा चाहिँ आफ्ना विचलन र समस्याहरूलाई केलाउनु, आफ्ना कमीहरू परिपूर्तिका लागि सिकाइमा ध्यान केन्द्रित गर्नु, र आफ्नो वर्तमान कर्तव्यलाई व्यवहारिक तरिकाले पूरा गर्नुपर्ने थियो। यही कुरा परमेश्वरको अभिप्रायअनुरूप हुने थियो। यी कुराहरू बुझेपछि, मैले आफ्नो वर्तमान कर्तव्यबाट कसरी भाग्ने भनेर सोच्न छोडिदिएँ। बरु, मैले व्यवहारिक तरिकाले सीपहरू सिक्नमा ध्यान केन्द्रित गरेँ, र म आफूले नबुझेका कुराहरू सामना गर्दा, सक्रिय रूपमा मेरा ब्रदर-सिस्टरहरूसँग मद्दत माग्थेँ। थाहै नपाई, आधा वर्ष बित्यो; म बिस्तारै आफ्नो कर्तव्यका लागि चाहिने प्राविधिक सीपहरूसँग परिचित भएकी थिएँ, र मेरो कर्तव्यका नतिजाहरू पहिलेभन्दा उत्तम भए।
यो यात्रालाई फर्केर हेर्दा, मलाई विभिन्न कर्तव्यहरूमा खटाइँदाको मामिलामा मैले धेरै भ्रष्टता प्रकट गरे तापनि, विभिन्न कर्तव्यहरू निर्वाह गरेर मैले आफ्ना धेरै कमीकमजोरी परिपूर्ति गरेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले आफ्नो पछ्याइपछाडिका गलत दृष्टिकोणहरूलाई स्पष्ट रूपमा देख्न सकेँ। अब, म कुन कुरा पछ्याउनु सबैभन्दा मूल्यवान छ, र कसरी परमेश्वरमा समर्पित हुने र सृजित प्राणीको कर्तव्य पूरा गर्ने भन्ने जान्दछु र मलाई परमेश्वरले जे गर्नुहुन्छ, त्यो मलाई मुक्ति दिनका लागि हो भन्ने अनुभूति पनि भएको छ। परमेश्वरलाई धन्यवाद!