९३. मैले श्रीमतीको रोगबारे चिन्ता गर्न छाडेँ
सन् २००५ को वसन्तमा, श्रीमती ह्वेजुआन र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गर्ने सौभाग्य पायौँ, र पछि हामी दुवैले मण्डलीमा आ-आफ्नो कर्तव्य निर्वाह गर्न थाल्यौँ। हाम्रा कर्तव्यहरूमा कठिनाइ र चुनौतीहरू आउँदा, हामी सँगै प्रार्थना गर्थ्यौँ, खोजी गर्थ्यौँ, र परमेश्वरका वचनहरू पढ्थ्यौँ, अनि हामी एकअर्कालाई मदत गर्थ्यौँ र आपसमा सङ्गति गर्थ्यौँ। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, हामीले केही सत्यताहरू बुझ्न सक्यौँ। हामीले पत्तै नपाई दश वर्षभन्दा बढी समय बितिसकेछ, र हामी दुवै ६० वर्ष नाघिसकेका थियौँ। हाम्रो स्वास्थ्य कमजोर हुँदै गयो, विशेष गरी श्रीमतीको। उनलाई उच्च रक्तचाप भयो र बारम्बार औषधि खानुपर्थ्यो। कहिलेकाहीँ, उनको अवस्था एकदमै गम्भीर हुँदा, उनलाई रिङ्गटा लाग्थ्यो र चल्न पनि सक्दिनथिन्। उनको मुटु र पेटको अवस्था पनि निकै खराब थियो। हाम्रो दैनिक जीवनमा, हामी एकअर्काको ख्याल राख्थ्यौँ, आपसमा सङ्गति गर्थ्यौँ र एकअर्कालाई सहारा दिन्थ्यौँ, अनि म शान्ति र सन्तुष्टि महसुस गर्थेँ।
सन् २०२३ को सेप्टेम्बरको एक दिन, मैले माथिल्लो अगुवाहरूबाट एउटा पत्र प्राप्त गरेँ, जसमा मलाई अर्को क्षेत्रमा सुसमाचारको कामको प्रभारी बन्न भनिएको थियो। यो देखेर म धेरै खुसी भएँ, र मलाई थाहा थियो यो परमेश्वरले मलाई अनुग्रह र उन्नयन गर्नुभएको हो। यद्यपि मैले केही सिद्धान्तहरू बुझेको र सुसमाचार प्रचार गर्ने केही अनुभव बटुलेको थिएँ, तर सत्यता सङ्गति गर्ने कुरामा म अझै धेरै पछाडि थिएँ। यदि मैले अन्यत्र गएर आफ्नो कर्तव्य निर्वाह गरेँ भने, मैले प्रशिक्षित हुने धेरै अवसर पाउनेथिएँ, म प्रायः ब्रदर-सिस्टरहरूसँग कुराकानी गर्न सक्थेँ, र मैले साँच्चै छिटो प्रगति गर्नेथिएँ। त्यसमाथि, सुसमाचारको काम परमेश्वरको घरको मुख्य काम हो, अनि परमेश्वरको सबैभन्दा जरुरी अभिप्राय धेरैभन्दा धेरै मानिस उहाँसामु आऊन् र उहाँको मुक्तिलाई स्वीकार गरून् भन्ने हो, त्यसैले मैले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नु थियो र सुसमाचारको काममा सहकार्य गर्नु थियो। यति सोचेर, मैले टाउको घुमाएर श्रीमतीलाई हेरेँ, र मनमनै सोचेँ, “म गएँ भने उनको हालत के होला? उनी यहाँ घरमा एक्लै हुनेछिन्। उनलाई पहिल्यैदेखि उच्च रक्तचाप छ, उनको प्रेसर माथि करिब १६० देखि १८० mmHg र तल करिब १२० देखि १३० mmHg को हाराहारीमा हुन्छ। जब उनको प्रेसर बढ्छ, उनलाई ओछ्यान पल्टिरहेको र कोठा भत्किरहेको जस्तो हुन्छ, अनि उनी ओछ्यानमै पल्टिरहन्छिन्, र डरले चल्न पनि सक्दिनन्। उनको हेरचाह गर्न म साथमा नहुँदा उनले सम्हाल्न सक्लिन् त?” म यी चिन्ताहरूमा नडुबी रहन सकिनँ। मैले श्रीमतीको आँखामा आँसु देखेँ, र उनलाई सोधेँ, “के भयो?” उनी एकछिन रोकिइन् र त्यसपछि भनिन्, “तपाईं जानुभयो भने, मसँग मनको कुरा पोख्ने कोही हुनेछैन। म बुढी हुँदै छु, र मेरो शरीर रोगी छ। तपाईं साथमा हुनुभयो भने मसँग भर पर्ने र मेरो ख्याल राख्ने कोही हुन्छ।” श्रीमतीले मेरो मनमा चलिरहेको कुरा नै व्यक्त गरिन्: “म गएँ भने के उनको चित्त दुख्ला र उनी दुःखी होलिन्? अनि यदि उनको अवस्था बिग्रियो र रक्तचाप अचानक ह्वात्तै बढ्यो भने, उनले के गर्लिन्? हाम्रो छोराले मण्डलीमा कर्तव्य निर्वाह गरिरहेको छ र ऊ हामीसँग हुन सक्दैन, तर म साथमा हुँदा उनको हेरचाह त गर्न सक्छु। मानिसहरू प्रायः भन्छन्, ‘जवानीका साथी, बुढेसकालका सहारा,’ अनि हामी बुढो हुँदै जाँदा, हामी सँगै हुनुपर्छ र एकअर्काको हेरचाह गर्नुपर्छ भन्ने नै हो।” यसबारे सोच्दा, मलाई के गर्ने थाहा भएन। मेरो दिमागमा यही कुरा खेलिरह्यो, तर मैले कुनै निर्णय गर्न सकिनँ। वरिपरि बस्ने सिस्टरहरू उनलाई भेट्न आए, तर मलाई फिक्री भइरह्यो, र सोचेँ, “यदि उनी बिरामी परिन् र केही नराम्रो भयो भने के गर्ने? के उनी मविना चल्न सक्लिन्? उनको हेरचाह कसले गर्ला? सायद मैले अगुवाहरूलाई चिठी लेखेर हाम्रा वास्तविक कठिनाइहरू बताउनुपर्छ र अरू कसैलाई खोज्न भन्नुपर्छ।” तर फेरि मैले सोचेँ, “सुसमाचारको कामको सुपरिवेक्षण गर्नु ठूलो जिम्मेवारी हो, अनि यो कर्तव्य मेरो काँधमा आएको हुनाले, यो परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त हो। मैले गएर यो कर्तव्य निर्वाह गरिनँ भने, त्यो समर्पित नहुनु हुनेछ, तर म गएँ भने श्रीमतीको हालत के होला? म उनलाई त्यसै बेवास्ता पनि त गर्न सक्दिनँ।” त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यो कर्तव्य निर्वाह गर्न चाहन्छु, तर श्रीमतीको रोग वास्तविक कठिनाइ बनेको छ। हे परमेश्वर, म के गरौँ थाहा छैन। मलाई मार्गदर्शन गर्नुहोस्।” त्यो क्षण, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले जे गर्दा पनि परमेश्वरको घरका हितहरूलाई प्राथमिकता दिनु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?)। मैले के बुझेँ भने म एउटा सृजित प्राणी हुँ, र मैले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ अनि मण्डलीको कामलाई प्राथमिकता दिनुपर्छ। सुसमाचार प्रचार गर्नु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नु पन्छिन नमिल्ने जिम्मेवारी हो, र म समर्पित हुनुपर्छ।
भोलिपल्ट बिहान, मैले श्रीमतीलाई ओछ्यानमा पल्टिरहेको देखेँ। उनको रक्तचाप फेरि ह्वात्तै बढेको थियो, उनलाई यति रिङ्गटा लागेको थियो कि उठ्न पनि सकेकी थिइनन्, र उनको अनुहार पहेँलो र निन्याउरो देखिन्थ्यो। मेरो मन फेरि अशान्त भयो, र मैले सोचेँ, “उनको रोगले जतिबेला पनि च्याप्न सक्छ—यदि उनी पानी खान उठ्दा बेहोस भइन् र त्यसले गर्दा अरू रोगहरू निम्तियो वा पक्षाघात नै भयो भने के गर्ने? उनको यस्तो हालतमा, उनलाई छोडेर जाँदा मलाई पटक्कै ढुक्क हुनेछैन! विशेष गरी उनी बुढी हुँदै जाँदा, उनको रोग अचानक बढ्ने सम्भावना झन् बढी हुन्छ, र उनलाई मेरो हेरचाहको झन् बढी खाँचो पर्नेछ। श्रीमती मसँगै गएर कर्तव्य निर्वाह गर्न मिल्छ कि भनेर म अगुवाहरूलाई पत्र लेख्न सक्छु, र उनले त्यहाँ अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न सक्छिन्। यस्तो भयो भने, मैले उनको फिक्री गर्नुपर्दैन।” पछि, मैले एउटा पत्र लेखेँ, तर आफूले लेखेको पत्र हेर्दै गर्दा, मलाई एकदमै असहज महसुस भयो। मैले आफैलाई सोधेँ, “यो पत्र लेखेर म के गर्दै छु? के म सर्तहरू राखिरहेको छैन र? म विश्वासी हुँ, तैपनि मेरो चाहनासँग नमिल्ने कर्तव्य आइपर्दा, म इन्कार गर्न बहाना बनाउँदै छु। यसो गरेर म कुन तरिकाले समर्पित भइरहेको छु र? के म परमेश्वरलाई मेरो इच्छाअनुसार काम गर्न मात्र भनिरहेको छैन र? के ममा अलिकति पनि समझको बोध छ त?” मैले फेरि श्रीमतीलाई कति बेचैनी भइरहेको छ भनेर हेरेँ, र मेरो दिमाग उथलपुथल मच्चियो। एकातिर सुसमाचार प्रचार गर्ने मेरो कर्तव्य थियो, अर्कोतिर श्रीमतीको रोग। मलाई उनको फिक्री थियो, तर म आफ्नो कर्तव्य पनि त्याग्न चाहन्नथेँ। त्यही बेला, श्रीमतीको रिङ्गटा अलि कम भयो, र हामी दुवैले घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गर्यौँ। मैले भनेँ, “हे परमेश्वर, म मेरो कर्तव्य स्वीकार गर्न तयार छु, तर मेरो कद यति सानो छ कि श्रीमतीलाई पन्छाउन सक्दिनँ। मलाई मार्गदर्शन गर्नुहोस्।”
मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ र अभ्यासका केही मार्गहरू फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले कहिल्यै मानिसहरूलाई जबरजस्ती गर्ने, बाँध्ने, वा चालबाजी गर्ने अभिप्राय राख्नुभएको छैन। परमेश्वरले कहिल्यै मानिसहरूलाई बन्धनमा पार्नुहुन्न वा कर गर्नुहुन्न, र उहाँले मानिसहरूलाई जबरजस्ती गर्नु त परको कुरा हो। परमेश्वरले मानिसहरूलाई प्रशस्त स्वतन्त्रता दिनुहुन्छ—उहाँले मानिसहरूलाई तिनीहरूले हिँड्नुपर्ने मार्ग छनौट गर्न दिनुहुन्छ। तँ परमेश्वरको घरमा भए पनि, र तँलाई परमेश्वरले पूर्वनिर्धारण गर्नुभएको र चुन्नुभएको भए पनि, तँ स्वतन्त्र नै छस्। तैँले परमेश्वरका विभिन्न माग र बन्दोबस्तहरूलाई इन्कार गर्ने छनौट गर्न सक्छस्, वा तैँले तिनलाई स्वीकार गर्ने छनौट गर्न सक्छस्; परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने मौका दिनुहुन्छ। तर तैँले जे छनौट गरे पनि, वा तैँले जसरी व्यवहार गरे पनि, वा तैँले सामना गरेको मामलालाई सम्हाल्ने तेरो दृष्टिकोण जे भए पनि, वा तैँले त्यसलाई समाधान गर्न अन्तिममा जे-जस्ता माध्यम र विधिहरू प्रयोग गरे पनि, तैँले आफ्ना कार्यहरूका लागि जिम्मेवारी लिनैपर्छ। तेरो अन्तिम परिणाम तेरो व्यक्तिगत मूल्याङ्कन र परिभाषाहरूमा आधारित हुँदैन, बरु परमेश्वरले तेरो अभिलेख राखिरहनुभएको हुन्छ। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएपछि, र मानिसहरूले यति धेरै सत्यता सुनेपछि, परमेश्वरले आफूले भन्नुभएको कुरा, उहाँले माग गर्नुहुने कुरा, र मानिसहरूका लागि उहाँले बनाउनुभएका सिद्धान्तहरूका आधारमा हरेक व्यक्तिका सही र गलत कुराहरूलाई कडाइका साथ मापन गर्नुहुनेछ र हरेक व्यक्तिको अन्तिम परिणाम निर्धारण गर्नुहुनेछ। यस मामलामा, परमेश्वरको छानबिन, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू परमेश्वरले मानिसहरूलाई चालबाजी गर्नु, वा बन्धनमा पार्नु होइन—तँ स्वतन्त्र छस्। तँ परमेश्वरका विरुद्धमा सतर्क हुनु पर्दैन, न त तैँले डर वा असहज महसुस नै गर्नुपर्छ। तँ सुरुदेखि अन्त्यसम्मै स्वतन्त्र व्यक्ति होस्। परमेश्वरले तँलाई स्वतन्त्र वातावरण, स्वतन्त्र छनौट गर्ने इच्छा, र स्वतन्त्र रूपमा छनौट गर्ने ठाउँ दिनुहुन्छ, जसले गर्दा तैँले आफै छनौट गर्न सक्छस्, र तैँले जुनसुकै परिणाम प्राप्त गरे पनि त्यो तैँले लिने मार्गद्वारा नै पूर्ण रूपमा निर्धारित हुन्छ। यो उचित कुरा हो, होइन र? (हो।) यदि, अन्तिममा, तैँले मुक्ति पाइस्, र तँ परमेश्वरमा समर्पित हुने र परमेश्वरसँग मिल्ने व्यक्ति होस्, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होस् भने, तैँले आफ्ना सही छनौटहरूका कारण प्राप्त गर्ने कुरा यही नै हो; यदि, अन्तिममा, तैँले मुक्ति पाउँदैनस्, र तँ परमेश्वरसँग मिल्ने हुन सक्दैनस्, र तँलाई परमेश्वरले प्राप्त गर्नुहुन्न, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होइनस् भने, त्यो पनि तेरो आफ्नै छनौटमा निर्भर हुन्छ। त्यसकारण, आफ्नो काममा, परमेश्वरले मानिसहरूलाई छनौट गर्ने धेरै ठाउँ दिनुहुन्छ, र उहाँले मानिसहरूलाई पूर्ण स्वतन्त्रता पनि दिनुहुन्छ” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, अन्ततः मलाई एउटा बोध भयो: “परमेश्वरले मलाई स्वतन्त्र रूपमा छनौट गर्ने इच्छाशक्ति दिनुभएको छ, र जब मेरो काँधमा कर्तव्य आइपर्छ, परमेश्वरले मेरो छनौट र मैले लिने मार्गलाई हेरिरहनुभएको हुन्छ—कि म परमेश्वरप्रति समर्पित भएर एउटा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बाटो रोज्छु, वा आफ्नो कर्तव्य पन्छाएर श्रीमतीको हेरचाह गर्न घरमै बस्ने बाटो रोज्छु। अगुवाहरूले मलाई सुसमाचारको कामको प्रभारी बन्न भन्नुभएको छ। यसले मलाई मेरो कर्तव्यमा प्रशिक्षित हुने अवसर दिनेछ, र यसको पछाडि परमेश्वरको अभिप्राय छ। प्रकोपहरू झन्-झन् गम्भीर हुँदै गइरहेका छन्, अनि धेरै मानिसहरूले अझै पनि परमेश्वरको आवाज सुनेका छैनन्, र अझै पनि शैतानको सास्ती र हानिमुनि कष्ट भोगिरहेका छन्। परमेश्वर तिनीहरू प्रकोपमा परेको देख्न चाहनुहुन्न, र उहाँले अझ धेरै मानिसहरूले सुसमाचार प्रचार गरून् र उहाँको आखिरी दिनहरूको कामको गवाही दिऊन् भन्ने आशा गर्नुहुन्छ।” तर सुसमाचारको काममा सहकार्य गर्न मानिसहरूको तत्काल खाँचो छ भन्ने मलाई थाहा भए तापनि, श्रीमती बिरामी पर्लिन् कि भनेर फिक्री थियो, त्यसैले म घरमै बसेर उनको हेरचाह गर्न चाहन्थेँ; म मेरो कर्तव्य इन्कार गर्न र टाल्न चाहन्थेँ। मैले उनलाई मसँगै लैजानसमेत चाहेँ ताकि उनले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न सकून्, यद्यपि मलाई थाहा थियो कि उनको अवस्थाले गर्दा उनले यो कर्तव्य निर्वाह गर्न सक्दिनथिन्। मेरो व्यवहारले साँच्चै के देखायो भने ममा परमेश्वरप्रति अलिकति पनि समर्पण थिएन। श्रीमतीको हेरचाह गर्ने चाहनाले मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, परमेश्वरले ममा लगानी गर्नुभएको रगत-पसिनाको मूल्य चुकाउन म असफल मात्र हुने थिइनँ, मैले कर्तव्य गरेर प्रशिक्षित हुने र सत्यता प्राप्त गर्ने अवसर पनि गुमाउने थिएँ, अनि मेरो जीवन प्रवेशमा हानि पुग्ने थियो। मैले मण्डलीको कामलाई प्राथमिकता दिनुपर्थ्यो र सक्रियतापूर्वक मेरो कर्तव्य स्वीकार गर्नुपर्थ्यो, किनकि एउटा सृजित प्राणीले गर्नुपर्ने यही हो।
पछि, मैले सोचेँ, “म किन मेरो हृदयबाट श्रीमतीलाई त्याग्न सकिरहेको छैन? मैले उनको हेरचाह गर्नकै लागि आफ्नो कर्तव्यबाट पन्छिने विचारसमेत गरेँ।” चिन्तन गर्दा, मैले के महसुस गरेँ भने म दैहिक भावनामा जिएकाले यस्तो भएको हो। मैले परमेश्वरका वचनहरू पढेँ: “म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म दैहिक भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका नजरमा ‘तेस्रो पक्ष’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘विवेक’ उठाउने मौका प्रयोग गर्छ; मानिसहरूका भावनाहरूका कारण नै ऊ सधैँ मेरो सजायदेखि वितृष्ण हुन्छ; मानिसहरूका स्नेहहरूको कारणले नै ऊ मलाई सधैँ पक्षपातपूर्ण र अन्यायपूर्ण भन्छ, र कामकुराहरूलाई सम्हाल्दा म मानिसहरूका भावनाहरूलाई ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्वरसित मिल्न सक्छ? सृष्टि गर्नुहुने परमेश्वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग जिउन र चल्न सक्छु? मेरो हृदयको वास्ता कसले गर्न सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८)। “कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, र आफूलाई आचरणमा ढाल्ने र मामलाहरू सम्हाल्ने तिनीहरूको तरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति भावनाहरू अनुभूत गर्छन्, र तिनीहरूले सम्बन्ध र भावनासम्बन्धी मामलाहरूमा ध्यान दिँदै दिन बिताउँछन्। आफूले सामना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। … ऊ अत्यन्तै भावुक हुन्छ। यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरू प्रायः परमेश्वरविरुद्ध विद्रोह गरिरहन्छन्। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। यस्ता बलिया भावनाहरूका साथ, तिनीहरूले गर्न सक्ने भनेको देहको ख्याल गर्नु मात्रै हो; तिनीहरू मूर्ख र अन्योलग्रस्त मानिस हुन्। यस्ता मानिसहरूको प्रकृति धेरै भावुक हुनु हो। तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि, मानिसहरूबीच हुने भावनाहरूलाई परमेश्वरले किन घृणा गर्नुहुन्छ भन्ने कुरा मैले बुझेँ। किनभने जब मानिसहरू भावनामा जिउँछन्, तिनीहरूले आफ्नो कर्तव्यलाई रत्तिभर वास्ता गर्दैनन् र परमेश्वरलाई धोका दिनसमेत पछि पर्दैनन्। अहिले, परमेश्वरको सुसमाचारको काम सबै राष्ट्रहरूमा फैलिँदै छ, अनि ब्रदर-सिस्टरहरू सक्रियतापूर्वक सुसमाचार प्रचार गर्दै छन् र परमेश्वरको गवाही दिँदै छन्। मसँग सुसमाचार प्रचार गर्नेसम्बन्धी सत्यता र सिद्धान्तहरूको केही बुझाइ थियो, र मैले आफ्नो सुसमाचारको काममा केही नतिजा पनि पाएको थिएँ, त्यसैले मैले मेरो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। तर म परमेश्वरको अभिप्रायलाई ख्याल गरिरहेको थिइनँ, र यसको साटो श्रीमतीको स्वास्थ्यको फिक्री गरिरहेको थिएँ। म उनलाई घरमा एक्लोपनले सताउला र बिरामी परिन् भने उनको हेरचाह गर्ने कोही हुनेछैन भनेर चिन्तित थिएँ। म मेरा भावनाहरूद्वारा नियन्त्रित भइरहेको थिएँ र सुसमाचारको कामलाई पटक्कै वास्ता गरिरहेको थिइनँ। घरमा श्रीमतीको हेरचाह गर्नकै लागि, म अगुवाहरूलाई पत्र लेखेर म अब कर्तव्य निर्वाह गर्न बाहिर जान्न भन्न चाहन्थेँ, वा श्रीमती पनि अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्न मसँगै आउन मिल्छ कि भनेर सोध्न चाहन्थेँ, ताकि मैले उनको हेरचाह गर्न सकूँ। यसो विचार गर्दा, श्रीमती यस्तो कमजोर स्वास्थ्य अवस्थामा हुँदा, उनले अतिथिसत्कार गर्ने कर्तव्य निर्वाह गर्नु सिद्धान्तको पूर्णतया विरुद्ध थियो, तर मेरो वैवाहिक सम्बन्धको भावनाको कारण, मैले परमेश्वरको घरमा मानिसहरू प्रयोग गरिने सिद्धान्तहरूलाई विचारै गरिनँ। मैले के मात्र विचार गरेँ भने यदि हामी सँगै हुन र मैले उनको हेरचाह गर्न सकेँ भने, त्यति नै काफी हुन्छ। मलाई श्रीमतीप्रतिको मेरो भावना निकै आशक्त रहेछ भन्ने महसुस भयो। मेरो हृदयमा, परमेश्वरको घरको हित र मेरो कर्तव्यभन्दा श्रीमतीप्रतिको भावना बढी थियो। त्यसो हुँदा कसरी मेरो हृदयमा परमेश्वरको स्थान थियो र? म मेरा भावनाहरूअनुसार जिउँथेँ, र म हरेक तरिकाले मेरा भावनाहरूको बन्धनमा परेको थिएँ। सत्यता अभ्यास गर्ने र परमेश्वरप्रति समर्पित हुने कुरा त परै जाओस्, म मेरा कर्तव्यहरू निर्वाह गर्न सक्दिनथेँ। यस्तो व्यवहारलाई परमेश्वरले अत्यन्तै घृणा गर्नुहुन्छ। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरा भावनाहरूका कारण, म तपाईंप्रति साँचो रूपमा समर्पित हुन सकेको छैन, र म आफ्नो कर्तव्यबाट पन्छिनसमेत खोजेको छु। म विवेकहीन छु! हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु, र मलाई मेरा भावनाहरूको बन्धनबाट मुक्त भएर आफ्ना कर्तव्यहरू पूरा गर्न अगुवाइ गर्नुहोस् भनी बिन्ती गर्दछु।”
पछि, मैले परमेश्वरका अरू वचनहरू पढेँ, र मेरो हृदय उज्यालो भयो। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तेरा लागि विवाह नियोजन गर्नुभएको छ र तँलाई जोडी दिनुभएको छ। तँ विवाहमा प्रवेश गर्छस् तर परमेश्वरसामु तेरो पहिचान र हैसियत परिवर्तन हुँदैन। चाहे तँ पुरुष होस् वा महिला होस्, तिमीहरू दुवैको मिल्ने एउटा कुरा छ, त्यो हो, सृष्टिकर्तासामु तिमीहरू दुइटै सृजित प्राणी हौ। विवाहको संरचनाभित्र, तिमीहरू एकअर्कालाई सहन्छौ, प्रिय ठान्छौ र सुरक्षा दिन्छौ, एकअर्कालाई सहयोग र साथ दिन्छौ, र यो तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो। तर परमेश्वरसामु, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र मिसनलाई तैँले जोडीप्रति पूरा गर्ने जिम्मेवारीले प्रतिस्थापित गर्न मिल्दैन। त्यसकारण, जब तैँले जोडीप्रति निभाउनुपर्ने जिम्मेवारी र सृजित प्राणीले परमेश्वरसामु निर्वाह गर्नुपर्ने कर्तव्य बाझिन्छ, तब तैँले आफ्नो जोडीप्रतिका जिम्मेवारीहरू पूरा गर्नभन्दा पनि सृजित प्राणीको कर्तव्य पूरा गर्न रोज्नुपर्छ। तैँले रोज्नुपर्ने दिशा र लक्ष्य यही हो साथै, पक्कै पनि, तैँले पूरा गर्नुपर्ने मिसन पनि यही हो। यद्यपि, कतिपय मानिस गल्तीले वैवाहिक सुख पछ्याउनुलाई, वा आफ्नो जोडीप्रति जिम्मेवारीहरू पूरा गर्नु, र उसलाई चासो दिनु, हेरचाह गर्नु, कदर गर्नु र सुरक्षा दिनुलाई आफ्नो जीवनको मिसन बनाउँछन्, अनि आफ्नो जोडीलाई पूरै संसार, आफ्नो जीवन ठान्छन्—यो गलत हो। … त्यसकारण, यदि वैवाहिक संरचनाभित्रको कुनै पनि व्यक्ति वैवाहिक सुखको पछ्याइमा सम्पूर्ण रूपमा लागिपर्छ वा उसले कुनै त्याग गर्छ भने, परमेश्वरले त्यसलाई सम्झनुहुन्न। तैँले आफ्नो जोडीप्रति जति नै राम्ररी वा सिद्ध तरिकाले आफ्ना दायित्व र जिम्मेवारीहरू पूरा गरे पनि, वा तैँले आफ्नो जोडीलाई जतिसुकै राम्रो व्यवहार गरे पनि—अर्को शब्दमा भन्नुपर्दा, तैँले आफ्नो वैवाहिक सुखलाई जति नै राम्ररी वा सिद्ध तरिकाले कायम राखे पनि, वा त्यो जति नै डाहलाग्दो भए पनि—त्यसको अर्थ तैँले सृजित प्राणीको मिसन पूरा गरेको छस् भन्ने होइन, न त त्यसले तँ मानकअनुरूपको सृजित प्राणी होस् भन्ने नै प्रमाणित गर्छ। सायद तँ सिद्ध श्रीमती वा सिद्ध श्रीमान् होस्, तर त्यो विवाहको संरचनाभित्रै सीमित रहन्छ। सृष्टिकर्ताले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा तैँले उहाँसामु सृजित प्राणीको कर्तव्य कसरी निर्वाह गर्छस्, कस्तो मार्ग पछ्याउँछस्, जीवनबारे तेरो कस्तो दृष्टिकोण छ, तैँले जीवनमा के पछ्याउँछस्, र सृजित प्राणीको मिसन कति राम्रोसँग पूरा गर्छस् भन्ने आधारमा मापन गर्नुहुन्छ। तैँले सृजित प्राणीको रूपमा पछ्याउने मार्ग र तेरो भावी गन्तव्य परमेश्वरले यी कुराहरूद्वारा नै मापन गर्नुहुन्छ, तैँले श्रीमती वा श्रीमान्का रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरू कति राम्रोसँग पूरा गर्छस् भन्ने आधारमा होइन, न त तेरो जोडीप्रतिको तेरो प्रेमले उसलाई सन्तुष्ट पार्छ कि पार्दैन भन्ने आधारमा नै मापन गर्नुहुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्वरका वचनहरूले श्रीमान्-श्रीमतीले एकअर्काप्रति पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे स्पष्ट रूपमा सङ्गति गरेका छन्। कर्तव्यमा ढिलाइ हुन नदिन सकिने खण्डमा, श्रीमान्-श्रीमतीले एकअर्काको विचार गर्नुपर्छ, ख्याल राख्नुपर्छ, मदत गर्नुपर्छ र सहारा दिनुपर्छ। विगतमा मैले आफ्ना कर्तव्यहरूमा ढिलाइ नगरिरहेको समयमा, श्रीमतीको स्वास्थ्य कमजोर हुँदा, म उनको साथमा बस्थेँ र हेरचाह गर्थेँ, र यसो गर्दा मैले एउटा श्रीमान्को रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहेको हुन्थेँ। तथापि, यसको मतलब यो थिएन कि म एउटा सृजित प्राणीको कर्तव्य र जिम्मेवारीहरू पूरा गरिरहेको थिएँ। जब मण्डलीले मलाई यसको काम गर्न माग गर्छ, तब मण्डलीको कामलाई प्राथमिकता दिनु र सृजित प्राणीको जिम्मेवारी पूरा गर्नु मेरो परम कर्तव्य हुन्छ। अर्थात्, जब श्रीमतीको हेरचाह गर्ने कुरा र मेरा कर्तव्यहरू बाझिन्छन्, तब मैले मेरा कर्तव्यहरू पूरा गर्ने छनौट गर्नुपर्छ। यो सही छनौट हो र मैले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पनि यही हो। अहिले, सुसमाचारको काममा सहकार्य गर्न मानिसहरूको तत्काल खाँचो छ, अनि सुसमाचार प्रचार गर्नु र परमेश्वरको गवाही दिनु मेरो जिम्मेवारी र मिसन हो। मैले दृढतापूर्वक मेरा कर्तव्यहरू गर्ने छनौट गर्नुपर्छ। तर म “श्रीमान्-श्रीमतीले एकअर्कालाई गहिरो प्रेम गर्नुपर्छ” र “जवानीका साथी, बुढेसकालका सहारा” भन्ने शैतानी विचारहरूमा डुबिरहेको थिएँ, र मैले श्रीमान्-श्रीमतीबीचको भावनात्मक बन्धनलाई सबै कुराभन्दा माथि राखेँ, किनभने म सोच्थेँ, हामी बुढो हुँदै जाँदा, हामी सँगै बस्नुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ, ख्याल राख्नुपर्छ, मदत गर्नुपर्छ र सहारा दिनुपर्छ, अनि हामी सधैँ सँगै हुनुपर्छ। खास गरी श्रीमतीको स्वास्थ्य कमजोर भएकाले, मलाई लाग्थ्यो उनको हेरचाह गरेर, मैले एउटा श्रीमान्को रूपमा मेरो जिम्मेवारी पूरा गरिरहेको छु, र म साथमा हुँदा मात्र उनले सान्त्वना महसुस गर्नेछिन्, र हामीले हाम्रो बुढेसकालमा खुसी देख्न पाउनेछौँ। मेरो दिमाग श्रीमतीको रोग र भविष्यको जीवनबारेका सोचाइहरूले भरिएको थियो, र मैले मण्डलीको सुसमाचारको कामलाई रत्तिभर विचार गरिनँ, न त सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिने मिसन कसरी पूरा गर्ने भनेर नै विचार गरेँ। म मेरा कर्तव्यहरू इन्कार गर्न समेत चाहेँ। मैले श्रीमान्-श्रीमतीबीचको जिम्मेवारीहरू पूरा गर्ने कुरालाई सत्यताको अभ्यास सम्झेँ, र श्रीमतीलाई हेरचाह गर्ने र साथ दिने कुरालाई जीवनको एकमात्र उद्देश्यको रूपमा हेरेँ। यद्यपि परमेश्वरका वचनहरूले मलाई उहाँको अभिप्राय बुझ्न अन्तर्दृष्टि दिनुभएको थियो, तर पनि मैले घरमा उनीसँगै बसेर उनको हेरचाह गर्ने छनौट गरेँ। मेरो हृदयमा, मैले श्रीमतीलाई सबै कुराभन्दा माथि राखेँ, परमेश्वरभन्दा पनि माथि। म साँच्चै विद्रोही थिएँ! मैले “जवानीका साथी, बुढेसकालका सहारा” भन्ने शैतानी दृष्टिकोणअनुसार कामकुरालाई हेरेँ। मलाई घरमै बसेर श्रीमतीको हेरचाह गर्न आफ्ना कर्तव्यहरूबाट पन्छिनसमेत स्वीकार्य थियो। म कति स्वार्थी थिएँ! मैले श्रीमतीको जतिसुकै राम्रो हेरचाह गरे पनि, यो केवल एउटा जीवनसाथीको जिम्मेवारी र दायित्व पूरा गर्नु मात्र थियो, सत्यताको अभ्यास थिएन। तर, एउटा सृजित प्राणीको रूपमा मेरा कर्तव्यहरू पूरा गर्नु, सुसमाचारको काममा मेरा जिम्मेवारीहरू पूरा गर्नु र मेरो मिसन पूरा गर्नुले नै मेरो जीवनलाई मूल्य र अर्थ दिन्छ, र मैले पछ्याउनुपर्ने लक्ष्यहरू यिनै हुन्। परमेश्वरले मलाई उहाँमा विश्वास गर्ने र मुक्ति पाउने अवसर, अनि मेरा कर्तव्यहरूमा प्रशिक्षित हुने र सत्यता प्राप्त गर्ने अवसर दिनुभयो, तैपनि परमेश्वरको प्रेम चुकाउन मैले आफ्ना कर्तव्यहरू राम्ररी गर्न सकिनँ। मैले शैतानी दृष्टिकोणहरूलाई समेत पक्रिराखेँ, र ममा परमेश्वरप्रति कुनै बफादारी वा समर्पण थिएन। म साँच्चै विवेकहीन र मानवताहीन थिएँ। यसले परमेश्वरलाई मप्रति घृणा जगाउने मात्र होइन, अन्ततः मलाई विनाशतिर डोर्याउने थियो।
पछि, मलाई के बोध भयो भने मैले श्रीमतीलाई छोड्न नसक्नु, र म उनको साथमा हुँदा मात्र उनको राम्रो हेरचाह गर्न सक्छु भनेर सोच्नुले परमेश्वरको सार्वभौमिकतामा विश्वास नभएको देखाउँथ्यो। मैले परमेश्वरका वचनहरू सम्झेँ: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनहरूले मलाई के बोध गराए भने मेरो भाग्य परमेश्वरको हातमा छ, मेरी श्रीमतीको भाग्य पनि परमेश्वरकै हातमा छ, र म उनको भाग्यलाई नियन्त्रण गर्न सक्दिनँ। उनको शारीरिक अवस्था, उनी बिरामी पर्छिन् कि पर्दिनन्, वा उनको रोग बिग्रन्छ कि बिग्रँदैन भन्ने सबै कुरा परमेश्वरको सार्वभौमिकताअन्तर्गत छ, र म उनको साथमा बसेर हेरचाह गर्दैमा उनी रोगमुक्त हुन्छिन् भन्ने पनि होइन। यतिबेला, म हरेक दिन उनको साथमा बसेर उनको हेरचाह गरिरहेको थिएँ, तर पनि उनमा उच्च रक्तचाप थियो र रिङ्गटा लागेर उनी चल्नै नसक्ने हुन्थिन् भन्ने कुरा साँचो होइन र? मलाई के महसुस भयो भने मैले परमेश्वरको सार्वभौमिकतालाई बुझेकै रहेनछु, न त साँचो रूपमा विश्वास वा समर्पण नै गरेको थिएँ, र जब श्रीमतीको रोगको कुरा आउँथ्यो, म सधैँ आफैले कोसिस गरेर यसलाई नियन्त्रण गर्न र परमेश्वरको सार्वभौमिकताबाट मुक्त हुन चाहन्थेँ। म वास्तवमा समझहीन थिएँ! सामान्यतया, म ‘सबै कुरामाथि परमेश्वर सार्वभौम हुनुहुन्छ’ भन्दै नारा मात्र लगाउँथेँ, तर मेरो हृदयमा परमेश्वरको कुनै स्थान थिएन, र मैले परमेश्वरको सार्वभौमिकता वा अख्तियारलाई बुझेकै थिइनँ, अनि जब परमेश्वरले मलाई वास्तवमै जाँच्नुभयो, मैले गवाही नै दिन सकिनँ। मैले उनलाई परमेश्वरलाई सुम्पन आँट गरिनँ। कुन तरिकाले ममा परमेश्वरप्रति साँचो आस्था थियो र? परमेश्वरले सबै कुरा नियन्त्रण गर्नुहुन्छ र सबैमाथि सार्वभौम हुनुहुन्छ, अनि श्रीमतीले कति कष्ट भोग्नेछिन्, उनले के अनुभव गर्नेछिन्, उनले कति रोकावटहरूको सामना गर्नेछिन्, उनको रोग बिग्रनेछ कि छैन, वा उनी पक्षाघात हुनेछिन् कि छैनन् भन्ने कुरा सबै परमेश्वरको हातमा छ। यदि परमेश्वरले उनको रोग बिग्रनेछ वा उनलाई पक्षाघात हुनेछ भनेर पूर्वनियोजन गर्नुभएको छ भने, म उनको साथमै बसे पनि, मेरो केही लाग्नेछैन। यदि उनलाई पक्षाघात हुन पूर्वनियोजित छ भने, उनलाई पक्षाघात हुनेछ। यदि परमेश्वरले उनको रोग बिग्रनेछ वा पक्षाघात गराउनेछ भनेर पूर्वनियोजन गर्नुभएको छैन भने, उनको हेरचाह गर्न म त्यहाँ नभए पनि, उनको अवस्था बिग्रनेछैन। मैले एक जना अस्पताल निर्देशकलाई सम्झेँ जसलाई म चिन्थेँ। उनकी श्रीमती अघिल्लो दिनसम्म एकदम ठीक थिइन्, तर भोलिपल्ट उनलाई सन्चो भएन र अस्पताल भर्ना भइन्, अनि जाँचपछि उनलाई क्यान्सरको अन्तिम चरण भएको पत्ता लाग्यो। ती निर्देशक चिकित्सा विशेषज्ञ थिए, र उनी आफ्नी श्रीमतीको साथमै बसे तापनि, उनको केही लागेन, र अन्ततः उपचारले काम नगरेपछि उनको मृत्यु भयो। मसँग काम गर्ने एक जना ब्रदर पनि थिए। उनी ७० वर्षका थिए। उनले आफ्नी श्रीमती गुमाएका थिए, र उनका छोराछोरी अन्यत्र काम गर्थे। कहिलेकाहीँ उनी बिरामी हुँदा, उनको साथमा कोही हुँदैनथे, तर उनले पाठ सिक्न परमेश्वरमा भर परे, सामान्य रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गरे, र उनको स्वास्थ्य राम्रै रह्यो। यसबाट मैले के देखेँ भने मानिसहरूले न त आफ्नै भाग्य नियन्त्रण गर्न सक्छन्, न त अरूको भाग्य नै नियन्त्रण गर्न सक्छन्। सबैको भाग्य परमेश्वरको हातमा छ। मैले फेरि श्रीमतीले पनि परमेश्वरमा विश्वास गरेकी छिन् भन्ने कुरा सोचेँ, जसको मतलब जब उनको स्थिति खराब हुन्थ्यो वा उनी बिरामी हुन्थिन्, तब उनले परमेश्वरलाई प्रार्थना गर्न र सत्यताको खोजी गर्न सक्थिन्, अनि परमेश्वरका वचनहरूको मार्गदर्शन र अन्तर्दृष्टिले मात्र उनको हृदयले शान्ति र स्थिरता पाउन सक्थ्यो, र मैले उनको जतिसुकै राम्रो हेरचाह गरे पनि, उनी बिरामी हुँदा म कसै गरी मदत गर्न सक्ने थिइनँ। मैले उनलाई परमेश्वरको हातमा सुम्पनुपर्थ्यो। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, मैले श्रीमतीको रोगबारे चिन्ता र फिक्री गर्न छोडेँ, र मेरो हृदय हल्का र स्वतन्त्र भयो। त्यसैले मैले अगुवाहरूलाई पत्र लेखेँ, र गएर आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा व्यक्त गरेँ।
पछि, श्रीमतीको स्वास्थ्यमा केही सुधार भयो, र उनलाई के महसुस भयो भने उनको हृदयमा परमेश्वरका लागि कुनै स्थान थिएन र उनले परमेश्वरको सार्वभौमिकतामा विश्वास गरेकी थिइनन्। उनी म गएको चाहन्नथिन् किनभने म सहाराको रूपमा हुँदा मात्र उनले सुरक्षित महसुस गर्थिन्। उनले आत्मचिन्तन पनि गरिन्, र उनी परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार भइन्। म कर्तव्य निर्वाह गर्न जहाँ गए पनि, उनले मलाई साथ दिनेथिइन्, र उनले मलाई उनका बारेमा फिक्री नगर्न भनिन्। उनले भनिन् कि उनी परमेश्वरलाई प्रार्थना गर्नेछिन्, उहाँका वचनहरू अनुभव गर्न उहाँमा भरोसा गर्नेछिन्, र आफ्नो जीवन प्रवेशमा ध्यान केन्द्रित गर्नेछिन्। पछि, म सुसमाचारको कामको कार्यभार सम्हाल्न टाढा गएँ, र त्यसको केही समयपछि नै, मैले मेरी श्रीमतीका रोगहरूमा धेरै सुधार आएको, र उनले सक्दो राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छिन् भन्ने सुनेँ।
यस अनुभवमार्फत, मलाई के महसुस भयो भने मैले मेरा भावनाहरूलाई धेरै महत्त्व दिइरहेको थिएँ, र मेरा भावनाहरूका कारण, म मेरो कर्तव्य इन्कार गर्न र परमेश्वरलाई धोका दिन समेत सक्थेँ, जसले ममा परमेश्वरप्रति कुनै बफादारी वा समर्पण नभएको देखाउँथ्यो। मैले श्रीमतीको रोगलाई कसरी हेर्ने भन्ने कुरा पनि बुझेँ, र म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन अनि मेरो कर्तव्यलाई प्राथमिकता दिन तयार भएँ। मप्रतिको प्रेम र मुक्तिका लागि परमेश्वरलाई धन्यवाद!