छ प्रकारका भ्रष्ट स्वभाव थाहा हुनु भनेको मात्रै साँचो रूपमा आफूलाई चिन्नु हो
परमेश्वरमाथि मानिसले आस्था राख्नुको उद्देश्य के हो? (मुक्ति पाउनु।) मुक्ति भनेको परमेश्वरमाथिको आस्थाको एक चिरस्थायी विषय हो। त्यसोभए मुक्ति कसरी प्राप्त गर्न सकिन्छ? (सत्यता पछ्याएर अनि सधैँ परमेश्वरसामु जिएर।) त्यो एक प्रकारको अभ्यास हो। सधैँ परमेश्वरसामु जिएर के प्राप्त हुन्छ? यसको उद्देश्य के हो? (परमेश्वरसँग सामान्य सम्बन्ध निर्माण गर्नु।) (परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु, साथै सत्यता बुझ्नु र परमेश्वरबारे साँचो ज्ञान हासिल गर्नु।) अरू के हो? (सत्यता खोजी गर्नु, सत्यतालाई आफ्नो जीवन बनाउनु।) यी कुराहरू प्रायः प्रवचनको बेला भन्ने गरिन्छ, ती आत्मिक वाक्यांशहरू हुन्। अरू के हो? (आत्मचिन्तन गरेर आफूलाई चिन्न अनि यस क्रममा आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न, साथै परमेश्वरबारे साँचो ज्ञान प्राप्त गर्न, र अन्त्यमा सत्यता र मानवता भएको व्यक्ति बन्नका निम्ति परमेश्वरबाट काटछाँट, साथै उहाँको न्याय र सजाय, र उहाँको परीक्षा र शोधन अनुभव गर्नु।) तिमीहरूले विगत धेरै वर्षका प्रवचनहरूबाट धेरै कुरा बुझेका छौ जस्तो देखिन्छ। त्यसोभए, के तिमीहरूले बुझेका यी कुराहरू आफ्नो अनुभवमा प्रयोग गरेर निश्चित वास्तविक समस्या र कठिनाइहरू समाधान गर्न सकिन्छ? उदाहरणका लागि, गलत सोचविचारहरू, र बेलाबेलामा आउने नकारात्मकता र कमजोरी, साथै धारणा र कल्पनाहरूसँग सम्बन्धित निश्चित समस्याहरू: के यी कुराहरूलाई चाँडै समाधान गर्न सकिन्छ? कतिपय मानिसहरूले केही सानातिना समस्याहरू समाधान गर्न सक्लान्, तर तिनीहरूलाई ठूला र जरैबाट आएका प्रमुख समस्याहरू समाधान गर्न अझै पनि धौधौ पर्न सक्छ। आज तिमीहरूमा रहेको सत्यतासम्बन्धी बुझाइको स्तरका आधारमा, यदि तिमीहरूले पनि अय्यूबले जस्तै परीक्षा सामना गर्यौ भने, के तिमीहरू दह्रिलो गरी खडा हुन सक्थ्यौ? (हामी दह्रिलो गरी खडा हुने सङ्कल्प गर्नेथियौँ, तर यदि हामीलाई साँच्चै केही आइपर्यो भने हाम्रो वास्तविक कद कस्तो हुने हो हामीलाई थाहा छैन।) तर तिमीहरूलाई केही नहुँदा पनि, के तिमीहरूलाई आफ्नो वास्तविक कद थाहा हुनु पर्दैन र? यो थाहा नहुनु खतरनाक कुरा हो! बारम्बार दोहोर्याइने यी आत्मिक भनाइ र चल्तीका वाक्यांशहरूका व्यावहारिक पक्षहरू के-के हुन्, तिमीहरूलाई थाहा छ? के तिमीहरूले यी हरेक वाक्यांशको साँचो तात्पर्य बुझ्छौ? के तिमीहरूले तीभित्रको सत्यता के हो भनेर बुझ्छौ? यदि यी कुराहरू तँलाई थाहा छ र अनुभव गरेको छस् भने, यसबाट तैँले सत्यता बुझ्छस् भन्ने प्रमाणित हुन्छ। यदि तैँले केही आत्मिक भनाइ र वाक्यांशहरू दोहोर्याएर भन्न मात्र सक्छस्, तर तैँले वास्तवमै केही कुरा भोग्दा ती काम लाग्दैनन्, र ती कुराहरूले तेरा समस्याहरू समाधान गर्न सक्दैनन् भने, यसले प्रमाणित गर्छ कि यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि, तैँले अझै सत्यता बुझेकै रहेनछस्, र तैँले कुनै वास्तविक अनुभवहरू हासिल गरेकै रहेनछस्। मैले यसो भन्नुको अर्थ के हो? परमेश्वरमाथि विश्वास गरेर यहाँसम्म आइपुग्दा, मानिसहरूले धर्मका मानिसहरू वा गैरविश्वासीहरूले भन्दा अलिकति बढी सत्यता बुझेका हुन्छन्, तिनीहरूले परमेश्वरको कामका केही दर्शनहरू बुझेका हुन्छन्, तिनीहरू केही नियमका कुराहरू पालना गर्न सक्षम हुन्छन्, र यो पनि भन्न सकिन्छ कि तिनीहरूले परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ, केही समझ, र केही साँचो बोध पाएका हुन्छन्—तर के यी कुराहरूले तिनीहरूको जीवन स्वभावमा परिवर्तन ल्याएका छन् त? तिमीहरू हरेकले समग्रमा दर्शनहरूसँग सम्बन्धित प्रायजसो सुन्ने गरिएका सत्यताहरूबारे थोरै बताउन सक्छौ: परमेश्वरको कामका दर्शनहरू, परमेश्वरको कामको उद्देश्य, र मानवजातिका लागि परमेश्वरका अभिप्रायहरू; अनि तिमीहरूले बताउने ज्ञान धर्मका मानिसहरूको भन्दा निकै उच्च हुन्छ—तर के यो सबले तिमीहरूको स्वभावमा परिवर्तन ल्याउन सक्छ, वा तिमीहरूको स्वभावमा आंशिक परिवर्तन भए पनि ल्याउन सक्छ? के तिमीहरूले यसको मापन गर्न सक्छौ? यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।
हालसालै, पृथ्वीमा रहनुभएका परमेश्वरलाई ठ्याक्कै कसरी चिन्ने, उहाँसँग कसरी अन्तरक्रिया गर्ने, र उहाँसँग सामान्य सम्बन्ध कसरी स्थापित गर्ने भन्ने बारेमा सङ्गति दिइएको थियो। के यी सबैभन्दा व्यावहारिक प्रश्नहरू होइनन् र? यी सबै अभ्यासको पक्षसँग सम्बन्धित सत्यताहरू हुन्, र यी कुराहरूबारे सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई परमेश्वरमा कसरी विश्वास गर्ने, दैनिक जीवनमा परमेश्वरसँग कसरी अन्तरक्रिया गर्ने र कसरी उहाँसँग सामान्य सम्बन्ध निर्माण गर्ने भनेर सिकाउनु हो। अभ्याससँग सम्बन्धित सत्यताहरू, तिमीहरूले सुनेका, बुझेका, र अभ्यास गर्न सक्ने सबै सत्यताहरूका सम्बन्धमा भन्नुपर्दा, के तिनले तिमीहरूको स्वभाव परिवर्तन गर्न सक्छन्? यदि मानिसहरूले यसरी सत्यता अभ्यास गरे, र यो हासिल गर्न साँच्चै लागिपरे भने, के तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् भनेर भन्न सकिन्छ? अनि, यदि तिनीहरूले यी सत्यताहरूलाई आफ्नो वास्तविकता बनाएका छन् भने, के तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्न सक्छन् भनेर भन्न सकिन्छ? (सकिन्छ।) धेरै मानिसहरूलाई स्वभाव परिवर्तन भनेको के हो भन्ने नै थाहा हुँदैन। तिनीहरू धेरै आत्मिक धर्मसिद्धान्तहरू कण्ठ गर्न, र धेरै सत्यताहरू बुझ्न सक्नु नै स्वभाव परिवर्तन हो भन्ने सोच्छन्। यो गलत हो। एउटा सत्यता बुझ्ने बिन्दुदेखि सत्यता अभ्यास गर्ने बिन्दु, र त्यसपछि स्वभाव परिवर्तन हुने बिन्दु भनेको जीवन अनुभवको एउटा लामो प्रक्रिया हो। तिमीहरूले स्वभाव परिवर्तनलाई कसरी बुझ्छौ? तिमीहरूले यस बिन्दुसम्म जे-जति अनुभव गरेका छौ, के तिमीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छ? तिमीहरूले यी कुराहरू देख्न सक्दैनौ होला, र यो सबै समस्याजनक कुरा हो। “स्वभाव परिवर्तन” को “परिवर्तन” भन्ने शब्द बुझ्न त्यति गाह्रो छैन, तर यो “स्वभाव” भनेको चाहिँ के हो त? (मानव अस्तित्वको नियम, शैतानको विष।) अरू के हो? (मानिसमा प्राकृतिक रूपमा हुने कुरा, उसको जीवन सारमा रहेको कुरा।) तिमीहरू यी आत्मिक शब्दहरू अघि सारिरहन्छौ, तर यी त सबै धर्मसिद्धान्त र रूपरेखा मात्रै हुन्, र यिनमा कुनै विवरण छैनन्। यो सत्यताको सार बुझ्नु होइन। हामी प्रायजसो स्वभाव परिवर्तनबारे कुरा गरिरहन्छौँ, र मानिसहरूले परमेश्वरमा आस्था राख्न थालेदेखि नै यस्ता विषयहरूबारे सधैँ छलफल भइरहेको हुन्छ, चाहे तिनीहरू भेलामा सहभागी भइरहेका होऊन् वा प्रवचन सुनिरहेका होऊन्; मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि बुझ्न प्रयास गर्नुपर्ने कुराहरू यिनै हुन्। तर स्वभावमा आउने परिवर्तनहरू ठ्याक्कै के हुन्, तिनीहरूको आफ्नै स्वभावमा परिवर्तन आएको छ कि छैन, र परिवर्तन हासिल गर्न सम्भव छ कि छैन भन्ने विषयमा भन्नुपर्दा—धेरै मानिसहरूलाई यी कुराहरूबारे केही थाहा हुँदैन, यिनका बारेमा तिनीहरूले कहिल्यै सोचेका हुँदैनन्, न त तिनीहरूलाई यिनका बारेमा कहाँबाट सोच्न सुरु गर्ने भन्ने नै थाहा हुन्छ। स्वभाव भनेको के हो त? यो एउटा मुख्य विषय हो। यो कुरा बुझेपछि, तैँले तेरो स्वभावमा परिवर्तन आएको छ कि छैन, यो कति हदसम्म परिवर्तन भएको छ, कति वटा परिवर्तनहरू आएका छन्, र तैँले केही निश्चित कुराहरू अनुभव गरेपछि तेरो स्वभावमा परिवर्तन आएको छ कि छैन भन्नेजस्ता प्रश्नहरू केही हदसम्म बुझ्नेछस्। स्वभाव परिवर्तनबारे छलफल गर्नका लागि, तँलाई सुरुमा स्वभाव भनेको के हो भनेर थाहा हुनुपर्छ। “स्वभाव” भन्ने शब्द सबैलाई थाहा छ, र सबै जना यो शब्दसँग परिचित छन्। तर तिनीहरूलाई स्वभाव भनेको के हो भन्ने थाहा छैन। वास्तवमा स्वभाव भनेको के हो भनेर एक-दुई वटा शब्दमा मात्र स्पष्टसित व्याख्या गर्न सकिँदैन, र यसलाई नामपदका रूपमा पनि व्याख्या गर्न सकिँदैन, किनभने यो अत्यन्तै अमूर्त छ र सजिलै बुझ्न सकिँदैन। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु जसले तिमीहरूलाई यो कुरा बुझाउनेछ। भेडा र ब्वाँसो दुवै जनावर हुन्। भेडाले घाँस खान्छ, र ब्वाँसोले मासु खान्छ। यो तिनीहरूको प्रकृतिद्वारा निर्धारित हुन्छ। यदि कुनै दिन भेडाले मासु खायो र ब्वाँसोले घाँस खायो भने, के तिनीहरूको प्रकृति परिवर्तन भएको हुन्छ? (हुँदैन।) जब भेडासँग खानका लागि कुनै घाँस हुँदैन, र त्यसलाई अत्यधिक भोक लागिरहेको हुन्छ, तब यदि त्यसलाई केही मासु दिइयो भने त्यसले त्यो खानेछ, तर भेडा तँप्रति नम्र नै रहनेछ। यो स्वभाव हो, यो भेडाको प्रकृति सार हो। कुन हिसाबमा भेडाको नम्रता आफै देखिन्छ? (यसले मानिसहरूलाई आक्रमण गर्दैन।) ठीक भनिस्—यो नम्र स्वभाव हो। भेडामा देखिने स्वभाव लचकदार र आज्ञाकारी किसिमको हुन्छ। यो क्रूर हुँदैन, बरु नम्र र दयालु हुन्छ। ब्वाँसो फरक हुन्छ। त्यसको स्वभाव क्रूर हुन्छ र त्यसले हरकिसिमका साना जनावरहरू खान्छ। भोकाएको ब्वाँसोसित जम्काभेट भयो भने त्यो निकै खतरनाक हुन्छ, तैँले त्यसलाई रिस उठाइनस् भने पनि त्यसले तँलाई खाने प्रयास गर्नेछ। ब्वाँसोको स्वभाव नम्र वा दयालु हुँदैन, बरु निर्दयी र हिंस्रक हुन्छ, र त्यसमा एकरत्ती सहानुभूति वा दया हुँदैन। ब्वाँसोको स्वभाव त्यस्तो हुन्छ। ब्वाँसो र भेडाको स्वभावले तिनीहरूको आ-आफ्नो प्रकृति सारको प्रतिनिधित्व गर्छ। मैले किन यसो भनेँ? किनभने प्रसङ्ग जेसुकै भए पनि, तिनीहरूमा प्रकट हुने कुराहरू आफै देखिन्छन् र त्यसको लागि मानवले केही गर्नु वा उक्साउनु पर्दैन; ती प्राकृतिक रूपमै प्रकट हुन्छन्, र मानवले थप केही गर्नै पर्दैन। ब्वाँसोको क्रूरता र निर्दयता मान्छेद्वारा जबरजस्ती निकालिएको हुँदैन, न त भेडाको दयालुपन र नम्रता तिनमा मान्छेले हालिदिएको नै हुन्छ; तिनीहरू यी कुराहरू लिएरै जन्मेका हुन्छन्, यी प्राकृतिक रूपमै प्रकट हुने कुरा हुन्, र ती तिनीहरूको सार हो। स्वभाव भनेकै यही हो। के यो उदाहरणले तिमीहरूलाई स्वभाव के हो भन्नेबारे केही बुझाइ प्रदान गर्यो? (गर्यो।) यो अवधारणागत विषय होइन र हामी कुनै नामपदको व्याख्या गरिरहेका छैनौँ। यसमा सत्यता छ। अनि, यहाँ भएको सत्यता के हो? मानव स्वभाव मानव प्रकृतिसँग सम्बन्धित हुन्छ। मानव स्वभाव र मानव प्रकृति दुवै शैतानका कुरा हुन्, यी परमेश्वरप्रति विरोधी र शत्रुवत् हुन्छन्। यदि मानिसहरूले परमेश्वरको मुक्ति प्राप्त गरेनन् र तिनीहरू परिवर्तन भएनन् भने, तिनीहरूले जिउने र प्राकृतिक रूपमा प्रकट गर्ने कुरा दुष्ट, नकारात्मक, र सत्यता विपरीत मात्रै हुन्छ—यसमा कुनै शङ्का छैन।
हामीले भर्खरै भेडा र ब्वाँसोको स्वभावका बारेमा कुरा गर्यौँ। यी दुई पूर्ण रूपमा फरक जनावर हुन्: तिनीहरूका आ-आफ्नै स्वभाव र तिनीहरूमा प्रकट हुने आ-आफ्नै कुराहरू हुन्छन्। तर मानव स्वभावसँग यसको के सम्बन्ध छ? यो उदाहरणद्वारा मानव स्वभाव ठ्याक्कै के हो भनेर फेरि हेर्दा, के-कस्ता भ्रष्ट स्वभावहरू देखिन्छन्? (हामीले मानिसहरूसँग अन्तरक्रिया गरेर तिनीहरूसँग कस्तो स्वभाव छ भनेर सामान्यतया जान्न सक्छौँ। उदाहरणका लागि, कसैसँग कुरा गर्दा, हामीलाई तिनीहरूले घुमाउरो पारामा बोल्ने गरेको र सधैँ दुईअर्थी कुरा गर्ने गरेको, यस्तो कि तिनीहरूले ठ्याक्कै के भन्न खोजेका हुन् भनेर अरूले बुझ्न नसकेको महसुस हुन सक्छ, जसको अर्थ तिनीहरूमा छली स्वभाव छ भन्ने हुन्छ। तिनीहरूले सामान्यतया के भन्छन् र के गर्छन् त्यसबाट, र तिनीहरूका कार्यहरू र व्यवहारबाट हामीले मोटामोटी कुरा बुझ्न सक्छौँ।) तिमीहरूले मानिसहरूसँग अन्तरक्रिया गरेर स्वभावसम्बन्धी केही निश्चित समस्याहरू देख्न सक्छौ। यो उदाहरण सुनेपछि तिमीहरूले स्वभाव के हो भन्ने बारेमा मोटामोटी बुझाइ प्राप्त गरेका छौ जस्तो लाग्यो। सबै मानिसहरूमा कुन-कुन भ्रष्ट स्वभावहरू हुन्छन्? ती कुन स्वभावहरू हुन् जसका बारेमा मानिसहरूलाई पत्तै हुँदैन, र जुन तिनीहरूले महसुस गर्न सक्दैनन्, तैपनि ती निस्सन्देह भ्रष्ट स्वभाव हुन्? उदाहरणका लागि, मानौँ कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्, र परमेश्वरले भन्नुहुन्छ, “तँ साह्रै भावुक छस्। तँलाई मनपर्ने व्यक्ति वा तेरो परिवारसँग सम्बन्धित व्यक्तिको कुरा आउँदा, जसले तिनीहरूको अवस्था के छ वा वास्तवमा के भइरहेको छ भनेर बुझ्न प्रयास गरे पनि, तैँले तिनीहरूबारे केही पनि बताउँदैनस्, र तिनीहरूलाई ढाकछोप गरिरहन्छस्। यो भावुकता हो।” तिनीहरूले यो कुरा सुन्छन्, र बुझ्छन्, मान्छन्, र यसलाई तथ्यका रूपमा स्विकार्छन्। तिनीहरूले परमेश्वरका वचनहरू सही छन्, ती सत्यता हुन् भनेर स्विकार्छन्, र यो कुरा खुलासा गरिदिनुभएकोमा तिनीहरूले परमेश्वरलाई धन्यवाद दिन्छन्। के यसबाट तिनीहरूको स्वभाव देख्न सकिन्छ? के तिनीहरूले सत्यता स्विकार्छन्, तथ्यहरू स्विकार्छन्, प्रतिरोध गर्दैनन्, र तिनीहरू समर्पित हुन्छन् भन्ने कुरा प्रस्ट हुन्छ? (हुँदैन। यो कुरा तिनीहरूले समस्याहरू सामना गर्दा कसरी व्यवहार गर्छन्, र तिनीहरू गर्ने र भन्ने कुरा उस्तै हुन्छ कि हुँदैन त्यसमा निर्भर हुन्छ।) तिमीहरूले करिबकरिब ठीकै भन्यौ। तत्कालीन समयमा त तिनीहरूले स्विकार्छन्—तर पछि जब तिनीहरूलाई त्यस्तो कुरा आइपर्छ, तब तिनीहरूको व्यवहारमा कुनै परिवर्तन हुँदैन। यसले एक प्रकारको स्वभाव जनाउँछ। कस्तो स्वभाव? तिनीहरूले त्यो बेला सुनिरहेका थिए, त्यसपछि तिनीहरूले यसबारे सोचे र मनमनै भने, “यति धेरै प्रवचन सुनेर पनि म भावुक छु भनेर मलाई कसरी थाहा हुन सकेन? म भावुक छु, तर को चाहिँ हुँदैन र? यदि मैले मेरो परिवार र मेरा नजिकका मानिसहरूको ढाकछोप गरिनँ भने, कसले गर्छ त? सक्षम मान्छेलाई पनि अरू तीन जनाको साथ चाहिन्छ।” तिनीहरूले वास्तवमा यस्तै सोच्छन्। जब व्यवहारमा लागू गर्ने समय आउँछ, तिनीहरूले आफ्नो हृदयमा जे सोचिरहेका र योजना बनाइरहेका छन्, र परमेश्वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति सबै तिनीहरूको स्वभावले निर्धारित गर्छ। तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? “परमेश्वरले जे चाहनुहुन्छ त्यही भन्न र खुलासा गर्न सक्नुहुन्छ, र म उहाँसामु हुँदा जुन कुरा स्विकार्नुपर्ने हो त्यो स्विकार्छु, तर मैले सोचिसकेको छु, र मसँग आफ्ना भावनाहरूलाई फाल्ने कुनै अभिप्राय छैन।” के तिनीहरूको स्वभाव यही हो? तिनीहरूको स्वभाव आफै प्रकट भएको छ र तिनीहरूको साँचो मुहार खुलासा भएको छ, होइन र? के तिनीहरू सत्यतालाई स्विकार्ने मानिस हुन् त? (होइनन्।) त्यसो भए यो के हो त? यो हठी अवज्ञा हो। परमेश्वरको अघि, तिनीहरू आमेन भन्छन् र स्विकारेको नाटक गर्छन्। तर तिनीहरूको हृदयलाई छुँदैन। तिनीहरू परमेश्वरका वचनहरूलाई गम्भीर रूपमा लिँदैनन्, तिनलाई सत्यता मान्दैनन्, तिनलाई सत्यताको रूपमा अभ्यास गर्नु त झन् परको कुरा हो। यो एक प्रकारको स्वभाव हो, होइन र? अनि के यस्तो स्वभाव कुनै निश्चित प्रकारको प्रकृतिको प्रकटीकरण होइन र? (हो।) त्यसो भए यस्तो स्वभावको सार के हो? के त्यो हठीपन हो? (हो।) हठीपन: यो एक प्रकारको मानव स्वभाव हो, र यो सबै मानिसहरूमा हुन्छ। म किन यो एउटा स्वभाव हो भनेर भन्दै छु? यो मानिसहरूको प्रकृति सारबाट उत्पन्न हुने कुरा हो। तैँले यसबारे विचार गरिरहनु पर्दैन, अरूले तँलाई सिकाउनु वा तँभित्र विचारहरू भर्नु पर्दैन, न त शैतानले तँलाई बहकाइरहनु नै पर्छ; यो प्राकृतिक रूपमै तँमा प्रकट हुन्छ, र यो तेरो प्रकृतिबाट आउँछ। कतिपय मानिसहरू आफूले जति नै खराब काम गरे पनि सधैँ शैतानलाई दोष दिन्छन्। तिनीहरू सधैँ यसो भन्छन्, “शैतानले मेरो दिमागमा यो विचार हालिदियो र शैतानले मलाई यसो गर्न लगायो।” तिनीहरू खराब कुरा जति सबै शैतानको काँधमा हाल्छन्, तर आफ्नै प्रकृतिभित्रका समस्याहरू कहिल्यै स्विकार्दैनन्। के यो सही हो? के तँलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छैन र? यदि तैँले यो कुरा स्विकार्दैनस् भने, शैतानको स्वभाव तँमा कसरी प्रकट हुन्छ त? अवश्य नै, त्यस्ता समय पनि हुन्छन् जब शैतानले अवरोध पुर्याउँछ, जस्तै मानिसहरूलाई कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीले बहकाउँछ र उक्साउँछ, वा दुष्टात्माले काम गर्छ र विचार हालिदिन्छ—तर यी त अपवाद मात्रै हुन्; धेरैजसो समय मानिसहरू आफ्नै शैतानी प्रकृतिद्वारा निर्देशित हुन्छन् र हरकिसिमका भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। जब मानिसहरूले आफ्नै रुचि र झुकावअनुसार व्यवहार गर्छन्, जब तिनीहरूले आफ्नै उपायद्वारा र आफ्नै धारणा र कल्पनाहरू अनुसार कामकुरा गर्छन्, तब तिनीहरू आफ्नै भ्रष्ट स्वभावद्वारा जिइरहेका हुन्छन्, र जब तिनीहरू यी कुराहरू अनुसार जिउँछन्, तब तिनीहरू आफ्नै प्रकृतिअनुसार जिइरहेका हुन्छन्। यी अकाट्य तथ्यहरू हुन्। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिअनुसार चल्छन्, जब तिनीहरू आफ्नो शैतानी प्रकृति अनुसार जिउँछन्, तब तिनीहरूमा प्रकट हुने सबै कुरा तिनीहरूको आफ्नै भ्रष्ट स्वभाव हुन्छ; यसको दोष शैतानलाई दिन मिल्दैन, र यी विचारहरू शैतानले ल्याएको हो भनेर भन्न मिल्दैन। मानिसहरू गहन रूपमा भ्रष्ट तुल्याइएका हुने हुनाले, तिनीहरू शैतानका हुन्छन्, र मानिसहरू शैतानभन्दा फरक नहुने हुनाले, र तिनीहरू जिउँदा पिशाच, जिउँदा शैतान भएकाले, तैँले आफूमा प्रकट हुने सबै शैतानी कुराको दोष शैतानको काँधमा हाल्न मिल्दैन। तँ शैतानभन्दा असल छैनस्, र त्यो तेरो भ्रष्ट स्वभाव हो।
मानिसहरूमा हठी स्वभाव हुँदा तिनीहरूभित्र कस्तो स्थिति हुन्छ? मुख्य रूपमा तिनीहरू जिद्दी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफ्नै विचारहरूमा अडिग रहन्छन्, तिनीहरू सधैँ आफूले भनेको कुरा सही हो भन्ने सोच्छन्, तिनीहरू सधैँ आफ्नै रायहरूमा अडिग रहन्छन्, र तिनीहरू सधैँ आफूलाई सही ठान्छन्। यो हठीपनको मनोवृत्ति हो। तिनीहरू एउटै कार्यनीतिमा लीन हुन्छन्, र अरू कसैको कुरा सुन्दैनन्—दश वटा जङ्गली घोडाले ताने पनि तिनीहरूलाई विचलित गराउन सकिँदैन—चाहे त्यो सही होस् वा गलत, तिनीहरू त्यो काम गरेरै छाड्ने ढिपी गर्छन्। यसमा केही अपश्चात्ताप रहेको छ। भनाइ नै छ, “खरानी भइसकेको मानिसलाई आगोको डर हुँदैन।” मानिसहरूलाई के गर्दा सही हुन्छ भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले त्यो काम गर्दैनन्, बरु जिद्दी भई सत्यतालाई स्विकार्न मान्दैनन्। यो एक प्रकारको स्वभाव हो: हठीपन हो। तिमीहरूले कस्ता किसिमका अवस्थाहरूमा हठी स्वभाव प्रकट गर्छौ? के तिमीहरू प्रायजसो हठी भइरहन्छौ? (हो।) एकदमै धेरै! अनि हठीपन तेरो स्वभाव भएकोले, यो तेरो अस्तित्वको हरेक दिनको हरेक क्षण तँसँगै रहन्छ। हठीपनले मानिसहरूलाई परमेश्वरको अघि आउनबाट रोक्छ, यसले तिनीहरूलाई सत्यतालाई स्विकार्न सक्ने हुनबाट र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने हुनबाट रोक्छ। अनि, यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, के तेरो स्वभावको यो पक्षमा परिवर्तन देखा पर्न सक्छ त? यो निकै गाह्रो हुनेछ। के तिमीहरूको हठी स्वभावको यो पक्षमा अहिले कुनै परिवर्तन आएको छ? अनि कति परिवर्तन आएको छ? उदाहरणका लागि, मानौँ तँ दश वटा जङ्गली घोडाले तान्दा समेत विचलित नहुने हदसम्म हठी हुने गर्थिस्, तर तँमा अहिले अलिअलि परिवर्तन आएको छ: जब तैँले कुनै समस्या सामना गर्छस्, तब तेरो हृदयमा केही विवेकको बोध हुन्छ, र तैँले मनमनै भन्छस्, “यस विषयमा मैले केही सत्यता अभ्यास गर्नुपर्छ। परमेश्वरले यो हठी स्वभावको खुलासा गर्नुभएको छ—मैले उहाँका वचनहरू सुनेको छु र अब मलाई यसबारे थाहा भयो, त्यसैले म परिवर्तन हुनैपर्छ। विगतमा केही पटक यस्ता परिस्थितिहरू सामना गर्दा, म आफ्नो देहअनुसार चलेँ र असफल भएँ, र म यसमा सन्तुष्ट छैनँ। यसपटक मैले सत्यता अभ्यास गर्नैपर्छ।” यस्तो सङ्कल्प भएमा, तँ सत्यता अभ्यास गर्न सक्छस्, र यो परिवर्तन हो। जब तैँले यसरी केही समय अनुभव गरेको हुन्छस्, र अझै बढी सत्यता अभ्यास गर्न सक्छस्, अनि यसले अझै ठूला परिवर्तनहरू ल्याउँछ, र तेरा विद्रोही र हठी स्वभावहरू झन्झन् कम प्रकट हुँदै जान्छन्, तब के तेरो जीवन स्वभावमा परिवर्तन आएको हुँदैन र? यदि तेरो विद्रोही स्वभाव स्पष्ट रूपमै झन्झन् घट्दै गएको छ, र परमेश्वरप्रतिको तेरो समर्पण झन्झन् बढ्दै गएको छ भने, तँमा वास्तविक परिवर्तन आएको छ। त्यसोभए, साँचो समर्पण हासिल गर्नका लागि तँ कुन हदसम्म परिवर्तन हुनैपर्छ? यदि तँमा अलिअलि पनि हठीपन छैन, समर्पण मात्रै छ भने, तँ सफल भएको हुनेछस्। यो बिस्तारै हुने प्रक्रिया हो। स्वभाव परिवर्तन रातारात हुने कुरा होइन, त्यसका लागि धेरै समयको अनुभव चाहिन्छ, र सायद जीवनभर पनि लाग्न सक्छ। कहिलेकाहीँ धेरै ठूलाठूला कष्टहरू, मरेर फेरि जिउँदो हुनु सरहका कष्टहरू, हड्डी खुर्केर शरीरको विष फाल्नुभन्दा पनि पीडादायी र गाह्रो कष्टहरू भोग्नु अत्यावश्यक हुन्छ। त्यसोभए तिमीहरूको हठी स्वभाव कति परिवर्तित भएको छ? के तिमीहरूले यसको मापन गर्न सक्छौ? (पहिले, मलाई निश्चित कुराहरू निश्चित तरिकाले गर्नुपर्छ भन्ने लाग्थ्यो। मानिसहरूले फरक दृष्टिकोण सुनाउँदा, म सुन्दिनथेँ, र वास्तविक झट्काहरू सामना गर्नुपरेपछि मात्रै म परिवर्तन भएँ। अहिले म अलिक सुध्रिएको छु। मानिसहरूले फरक-फरक दृष्टिकोणहरू अघि सार्दा म प्रतिरोध महसुस गर्छु, तर पछि गएर तिनीहरूले भनेका कतिपय कुराहरू म स्विकार्न सक्छु।) मनोवृत्तिमा हुने बदलाव अर्को प्रकारको परिवर्तन हो; यसको अर्थ अलिअलि परिवर्तन आएको छ भन्ने हुन्छ। यो पहिलेजस्तो हुँदैन, जहाँ तिमीहरूलाई अर्को व्यक्तिको कुरा सही छ भन्ने थाहा हुन्थ्यो, तर तिमीहरूले यसलाई इन्कार गर्थ्यौ र स्विकार्न मान्दैनथियौ, तिमीहरू अझै आफ्नै झुकावहरूमा टाँसिरहन्थ्यौ; तर अहिले त्यस्तो अवस्था छैन। तिमीहरूको मनोवृत्ति सुल्टिसकेको छ। तिमीहरू यति बदलिँदा कति परिवर्तन भएका छौ? दश प्रतिशत पनि भएका छैनौ। दश प्रतिशत परिवर्तन हुनु भनेको कम्तीमा पनि अर्को व्यक्तिले आफ्नो फरक दृष्टिकोण व्यक्त गरेपछि, तँमा कुनै विरोधको भावना वा प्रतिरोध गर्ने सोच हुँदैन; तँमा सामान्य मनोवृत्ति हुन्छ। तँलाई हृदयमा यो कुरा अझै सहज नलागे पनि, तँमा हठी मनोवृत्ति हुँदैन, तैँले यसका बारेमा त्यस व्यक्तिसँग छलफल गर्न सक्छस्, तैँले अभ्यास गर्दा तँमा केही समर्पण हुन्छ, र तँ खालि आफ्नै विचारहरू अनुसार मात्रै काम गर्दैनस्। पछि गएर कति यस्ता समयहरू आउँछन्, जुन बेला तँ आफ्नै विचारहरूमा अडिग रहन्छस्, र त्यस्ता समयहरू आउँछन् जब तैँले अरूले भनेको कुरा स्विकार्न सक्छस्। स्वभाव परिवर्तनमा उतारचढावहरू भइरहन्छन्। तैँले थोरै परिवर्तन हासिल गर्नका लागि अनगिन्ती बाधाहरू र सफल हुनका लागि अनगिन्ती असफलताहरू अनुभव गर्नैपर्छ, त्यसकारण धेरै वर्षको परीक्षा र शोधन अनुभव नगरी तेरो स्वभाव परिवर्तन हुन सजिलो हुँदैन। कहिलेकाहीँ, मानिसहरू राम्रो मनस्थितिमा हुँदा, अरूले भनेका सही कुराहरू तिनीहरूले स्विकार्न सक्छन्, तर आफू निराश हुँदा, तिनीहरूले सत्यता खोजी गर्दैनन्। के यसले कामकुरामा ढिलाइ गराउँदैन र? कहिलेकाहीँ, आफ्नो सहकर्मीसँग कुरा नमिलिरहेको बेला, तैँले सत्यता सिद्धान्तहरू खोजी गर्दैनस्, र तँ शैतानका दर्शनहरू अनुसार जिउँछस्। कहिलेकाहीँ जब तँ अरूसँग सहकार्य गरिरहेको हुन्छस् र तिनीहरूको क्षमता तेरोभन्दा राम्रो हुन्छ र तिनीहरू तँभन्दा उत्तम हुन्छन्, तब तँलाई तिनीहरूद्वारा बन्धनमा पारिएको महसुस हुन्छ, र कुनै समस्या सामना आइपर्दा तँलाई सिद्धान्तहरू पालना गर्ने साहस हुँदैन। कहिलेकाहीँ तँ तेरो आफ्नो सहकर्मीभन्दा उत्तम हुन्छस्, र उसले मूर्ख काम गर्छ, अनि तैँले उसलाई हेयको नजरले हेर्छस् र तँ ऊसित सत्यता सङ्गति गर्न अनिच्छुक हुन्छस्। कहिलेकाहीँ तँ सत्यता अभ्यास गर्न चाहन्छस् तर देहका भावनाहरूद्वारा बाँधिएको हुन्छस्। कहिलेकाहीँ तँ देहसुखको लोभ गर्छस्, र तैँले चाहेर पनि देहविरुद्ध विद्रोह गर्न सक्दैनस्। कहिलेकाहीँ तैँले प्रवचन सुन्छस् र सत्यता बुझ्छस्, तैपनि तैँले सत्यता अभ्यास गर्न सक्दैनस्। के यी समस्याहरू समाधान गर्न सजिला हुन्छन्? ती तँ आफैले समाधान गर्न सजिला हुँदैनन्। परमेश्वरले मानिसहरूलाई केवल परीक्षा र शोधनमा पार्न सक्नुहुन्छ र तिनीहरूलाई धेरै कष्ट भोग्न र अन्तिममा सत्यताविना आफू खोक्रो भएको र सत्यताविना जिउन सकिँदैन भन्ने महसुस गराउनुहुन्छ। यसले मानिसहरूलाई शोधन गरेर आस्थाको विकास गराउँछ र तिनीहरूलाई सत्यताका लागि लागिपर्नैपर्छ, तिनीहरूले सत्यता अभ्यास नगरेसम्म तिनीहरूको हृदयलाई आराम हुनेछैन, र तिनीहरूले परमेश्वरप्रति समर्पित हुन नसके ठूलो सास्ती भोग्नेछन् भन्ने महसुस गराउँछ। परीक्षा र शोधनले हासिल गर्ने प्रभाव त्यस्तो हुन्छ। स्वभावमा परिवर्तनहरू आउन त्यति गाह्रो हुन्छ। ती सजिला छैनन् भनेर म किन तिमीहरूलाई भन्दै छु? के मलाई तिमीहरू नकारात्मक हुन्छौ भन्ने कुराको डर नलागेर हो? यो त तिमीहरूलाई स्वभावमा परिवर्तनहरू आउनु कति महत्त्वपूर्ण छ भनेर थाहा दिनका लागि हो। म के चाहन्छु भने, तिमीहरू सबैले यसमा ध्यान देओ, ती अवास्तविक, ढोँगी, र झूटा आत्मिक प्रतिरूपहरूको पछि लाग्न छोड, सधैँ ती मनगढन्ते आत्मिक धर्मसिद्धान्त, अभ्यास, र प्रावधानहरू पछ्याउन छोड; त्यसो गर्दा तिमीहरूलाई हानि हुन्छ र पटक्कै फाइदा हुँदैन।
हामीले भर्खरै स्वभावको एउटा पक्षका बारेमा कुरा गर्यौँ: त्यो हो, हठीपन। हठीपन प्रायजसो मानिसहरूको हृदयको गहिराइमा लुकेर बस्ने एक प्रकारको मनोवृत्ति हो। सामान्यतया, यो बाहिरबाट प्रस्ट देखिँदैन, तर जब यो देखिन्छ, तब यो पत्ता लगाउन सजिलो हुन्छ, र मानिसहरूले यसो भन्नेछन्, “तिनीहरू जिद्दी छन्! तिनीहरूले सत्यता पटक्कै स्विकार्दैनन्—तिनीहरू अत्यन्तै हठी छन्!” हठी स्वभाव भएका मानिसहरू एउटै विचार-पद्धतिमा एकोहोरो लागिरहन्छन्, र एउटै कुरामा मात्र टाँसिइरहन्छन्, त्यसलाई कहिल्यै छोड्दैनन्। के त्यसोभए मानिसहरूको स्वभावको एउटै पाटो यही मात्रै हो त? अवश्यै होइन—अरू धेरै पाटोहरू छन्। अब म कस्तो स्वभावबारे बताउन गइरहेको छु तिमीहरूले भन्न सक्छौ कि हेर। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्वरको घरमा, म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ, किनभने परमेश्वरसँग मात्रै सत्यता हुन्छ; मानिसहरूसँग सत्यता हुँदैन, तिनीहरूसँग भ्रष्ट स्वभावहरू हुन्छन्, तिनीहरूले बोल्ने कुनै कुरामा भर पर्न सकिँदैन, त्यसकारण म परमेश्वरमा मात्रै समर्पित हुन्छु।” के तिनीहरूले यसो भन्नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? यो कस्तो प्रकारको स्वभाव हो? (यो अहङ्कारी र अभिमानी स्वभाव हो।) (यो शैतानको स्वभाव र प्रधान स्वर्गदूतको स्वभाव हो।) यो अहङ्कारी स्वभाव हो। सधैँ यो शैतानको स्वभाव हो वा प्रधान स्वर्गदूतको स्वभाव हो भनेर नभन, यसरी बोल्दा त्यो निकै बृहत् र अस्पष्ट हुन्छ, र मानिसहरूका लागि यो बुझ्न गाह्रो हुन्छ। यो अहङ्कारी स्वभाव हो मात्र भन्; यो बढी प्रस्ट हुन्छ। अवश्य नै, तिनीहरूले प्रकट गर्ने स्वभाव यो मात्रै हुँदैन, यति मात्र हो कि, अहङ्कारी स्वभाव आफै एकदमै स्पष्ट रूपमा प्रकट हुन्छ। यो अहङ्कारी स्वभाव हो भनेर भन्दा, मानिसहरूले सजिलै बुझ्न सक्नेछन्। यसरी बोल्नु नै सबैभन्दा उपयुक्त हुन्छ। कतिपय मानिसमा केही सबल पक्ष, केही वरदान, केही अक्कल हुन्छन्, र तिनीहरूले मण्डलीका लागि धेरै कार्य गरेका हुन्छन्, त्यसैले तिनीहरू सोच्छन्, “परमेश्वरमाथि तिमीहरूको आस्था भनेको दिनभरि परमेश्वरको वचन पढ्ने र सार्ने, लेख्ने, र परमेश्वरको वचन कण्ठ गर्ने, अनि कुनै आत्मिक व्यक्तिले जस्तो व्यवहार गर्ने हो। यसको के अर्थ भयो र? के तिमीहरू कुनै वास्तविक काम गर्न सक्छौ? जब तिमीहरू केही गर्नै सक्दैनौ भने तिमीहरू कसरी आत्मिक हुन सक्छौ? तिमीहरूसँग जीवन छैन। मसँग जीवन छ र मैले गर्ने सबै कुरा वास्तविक हुन्।” यो कस्तो स्वभाव हो? तिनीहरूसँग केही सबल पक्ष, केही वरदान हुन्छन् र तिनीहरू केही सानातिना असल काम गर्न सक्छन्, र यी कुराहरूलाई जीवनका रूपमा लिन्छन्। फलस्वरूप, तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्, तिनीहरू अरू सबैलाई हेला गर्छन्, तिनीहरू कसैलाई पनि भाषण दिन डराउँदैनन्—के यो अहङ्कार होइन? (हो।) यो अहङ्कार हो। मानिसहरूले सामान्यतया के-कस्ता परिस्थितिहरूमा अहङ्कार प्रकट गर्छन्? (जब कसैले आफूसँग केही वरदान वा सबल पक्ष भएकै कारण, र आफूले केही व्यावहारिक कामकुरा गर्न सक्ने भएकै कारण आफूसँग पूँजी भएको ठान्छ, तब उसले एउटा अहङ्कार स्वभाव प्रकट गर्नेछ।) त्यो एक प्रकारको अवस्था हो। त्यसोभए, के वरदान नभएका वा कुनै सबल पक्ष नभएका मानिसहरू अहङ्कारी हुँदैनन्? (तिनीहरू पनि अहङ्कारी हुन्छन्।) हामीले भर्खरै उल्लेख गरेको व्यक्तिले प्रायजसो “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भन्छ, अनि यो सुनेर मानिसहरूले मनमनै सोच्छन्, “यो व्यक्ति सत्यताप्रति कति समर्पित रहेछ, ऊ सत्यता बाहेक अरू कसैमा समर्पित हुँदैन, उसले भनेको कुरा सही हो!” वास्तवमा, यी सही देखिने शब्दहरूभित्रै एउटा अहङ्कारी स्वभाव हुन्छ: “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भन्नुको अर्थ तिनीहरू कसैमा समर्पित हुँदैनन् भन्ने प्रस्ट हुन्छ। म तिमीहरूलाई सोध्छु, के त्यस्ता शब्दहरू बोल्ने मानिसहरू साँच्चै परमेश्वरप्रति समर्पित हुन सक्छन्? तिनीहरू कहिल्यै परमेश्वरप्रति समर्पित हुन सक्दैनन्। जो त्यस्ता शब्दहरू बोल्छन् तिनीहरू निस्सन्देह सबैभन्दा अहङ्कारी हुन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले भनेको कुरा सही लाग्छ—तर वास्तवमा, अहङ्कारी स्वभाव प्रकट हुने सबैभन्दा धूर्त तरिका नै यही हो। तिनीहरू आफूसँग समझ भएको प्रमाणित गर्ने प्रयास गर्न “परमेश्वरबाहेक” भन्ने शब्दावली प्रयोग गर्छन्, तर वास्तवमा, यो त सुन गाडेर त्यसमाथि “यहाँ सुन गाडिएको छैन” भन्ने लेखेर टाँस्नुजस्तै हो। के यो मूर्खता होइन र? तिमीहरूलाई के लाग्छ, कुन प्रकारको व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? सबैभन्दा अहङ्कारी मानिसहरूले भन्ने केही कुरा के-के हुन्? सायद तिमीहरूले पहिले पनि केही अहङ्कारी कुराहरू सुनेका छौ। के भन्नु चाहिँ सबैभन्दा अहङ्कारी हुन्छ, तिमीहरूलाई थाहा छ? के कसैले “म कसैमा पनि समर्पित हुँदिनँ—चाहे त्यो स्वर्ग वा पृथ्वी नै किन नहोस्, चाहे त्यो परमेश्वरको वचन नै किन नहोस्” भनेर भन्ने आँट गर्छ? ठूलो रातो अजिङ्गर अर्थात् यो दुष्ट दियाबलसले मात्र यसो भन्ने आँट गर्छ। परमेश्वरमा विश्वास गर्ने कसैले पनि यसो भन्दैन। तर, यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरूले, “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भनेर भन्छन् भने, तिनीहरू ठूलो रातो अजिङ्गरभन्दा खासै फरक हुँदैनन्, तिनीहरू दुवै संसारकै नम्बर एक हुन्छन्, र तिनीहरू सबैभन्दा अहङ्कारी हुन्छन्। तिमीहरू के भन्छौ, सबै मानिसहरू अहङ्कारी त हुन्छन्, तर के तिनीहरूको अहङ्कारमा कुनै भिन्नता हुन्छ? तिमीहरूले कहाँ भिन्नता छुट्ट्याउँछौ? भ्रष्ट मानिसहरू सबैमा अहङ्कारी स्वभावहरू हुन्छन्, तर तिनीहरूको अहङ्कारमा भिन्नता हुन्छ। जब व्यक्तिको अहङ्कार निश्चित हदसम्म पुगेको हुन्छ, तब उसले सबै समझ गुमाएको हुन्छ। भिन्नता भनेको उसले बोल्ने कुरामा समझ छ कि छैन भन्ने कुरामै हुन्छ। कतिपय मानिसहरू अहङ्कारी हुन्छन् तैपनि तिनीहरूमा थोरथोरै समझ हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूलाई अझै पनि मुक्ति पाउने आशा हुन्छ। कतिपय मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा समझ नै हुँदैन—बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरू अहङ्कारको सीमा नाघ्छन्—र त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्। यदि मानिसहरू अत्यन्तै अहङ्कारी भएको कारण तिनीहरूमा कुनै समझ नै छैन भने, तिनीहरू लाज-सरम सबै गुमाएर मूर्ख अहङ्कारी मात्रै हुन्छन्। यी सबै अहङ्कारी स्वभावका प्रस्फुटन र प्रकटीकरणहरू हुन्। यदि तिनीहरूमा अहङ्कारी स्वभाव छैन भने, तिनीहरूले कसरी “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भन्न सक्थे त? तिनीहरूले अवश्यै त्यसो भन्दैनथे। यदि कसैमा अहङ्कारी स्वभाव छ भने, उसमा अवश्यै अहङ्कारको प्रकटीकरण हुन्छ, र उसले अवश्यै अहङ्कारी कुराहरू बोल्नेछ र गर्नेछ, जसमा कुनै प्रकारको समझ हुँदैन। कतिपय मानिसहरू भन्छन्, “ममा अहङ्कारी स्वभाव छैन, तर त्यस्ता कुराहरू ममा प्रकट हुन्छन्।” के त्यस्ता शब्दहरू पत्याउन सकिन्छ? (सकिँदैन।) अरूले भन्छन्, “म आफूलाई रोक्नै सक्दिनँ। म होसियार हुन छोड्नेबित्तिकै, ममा अहङ्कारी कुरा प्रकट भइहाल्छ।” के यी शब्दहरू पत्याउन सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? यी शब्दहरूको मूल कारण के हो? (आफूलाई नचिन्नु।) होइन—तिनीहरूलाई आफू अहङ्कारी छु भन्ने थाहा हुन्छ, तर अरूले आफूलाई गिल्ला गर्दै “तिमी कसरी यति अहङ्कारी भयौ? भनेको सुन्दा, तिमीलाई केको अहङ्कार छ?” भनेर गिज्याएको सुन्दा, तिनीहरूलाई लाज लाग्छ, त्यसैले तिनीहरूले यस्तो कुरा बोल्छन्। तिनीहरूको अहम्ले त्यो सहन सक्दैन, तिनीहरू त्यसलाई ढाकछोप गर्ने, त्यसको भेष बदल्ने, देखावटी रूप देखाउने, र अप्ठ्यारोबाट बच्ने बहाना बनाउन खोजिरहेका हुन्छन्। त्यसैले तिनीहरूका शब्दहरू तर्कसङ्गत हुँदैनन्। जब तेरो अहङ्कारी स्वभाव समाधान हुन बाँकी हुन्छ, तैँले नबोल्दा पनि तँ अहङ्कारी नै हुन्छस्। अहङ्कार मानिसहरूको प्रकृतिमा हुन्छ, तिनीहरूको हृदयमा लुकेको हुन्छ, र कुनै पनि बेला त्यो प्रकाश हुन सक्छ। त्यसकारण, जबसम्म स्वभावमा कुनै परिवर्तन आएको हुँदैन, तबसम्म मानिसहरू अहङ्कारी र आत्मधर्मी नै रहन्छन्। म एउटा उदाहरण दिन्छु। भर्खरै निर्वाचित अगुवा एउटा मण्डलीमा आइपुग्छ र उसले त्यहाँका मानिसहरूको अनुहारको भाव र उसलाई हेर्ने शैली उत्साहप्रद छैन भन्ने पत्ता लगाउँछ। उसले मनमनै सोच्छ, “के म स्वागतयोग्य छैन? म भर्खरै चुनिएको अगुवा हुँ; तिमीहरूले कसरी मलाई त्यस्तो मनोवृत्तिले व्यवहार गर्न सक्छौ? तिमीहरू किन मबाट प्रभावित भएनौ? मलाई दाजुभाइ-दिदीबहिनीहरूले चयन गरेका हुन्, त्यसैले मेरो आत्मिक कद तिमीहरूको भन्दा ठूलो छ, होइन र?” अनि परिणामस्वरूप, उसले भन्छ, “म नवनिर्वाचित अगुवा हुँ। कतिपय मानिसहरूले मलाई नस्विकार्न सक्छन्, तर केही फरक पर्दैन। प्रतिस्पर्धा गरेर हेरौँ न, कसले परमेश्वरको वचनका धेरै खण्डहरू कण्ठ गरेको रहेछ, कसले दर्शनहरूसम्बन्धी सत्यताहरू सङ्गति गर्न सक्दो रहेछ। मैलेभन्दा स्पष्ट रूपमा सत्यता सङ्गति गर्न सक्ने जोकोहीलाई म अगुवाको पद दिनेछु। तिमीहरू के भन्छौ?” यो कस्तो चाल हो? जब मानिसहरू ऊप्रति उदासीन हुन्छन्, तब उसलाई असन्तुष्टि हुन्छ र ऊ तिनीहरूलाई कष्ट दिन र तिनीहरूमाथि जाइलाग्न चाहन्छ; अब ऊ अगुवा भएकोले, ऊ मानिसहरूमाथि हाबी हुन चाहन्छ—ऊ सबैभन्दा माथि हुन चाहन्छ। यो कस्तो स्वभाव हो? (अहङ्कार।) अनि के अहङ्कारी स्वभाव समाधान गर्न सजिलो हुन्छ? (हुँदैन।) मानिसहरूका अहङ्कारी स्वभावहरू बारम्बार आफै प्रकट हुन्छन्। कतिपय मानिसहरूलाई अरूले नयाँ अन्तर्दृष्टि र बुझाइबारे सङ्गति गर्दा झिजो लाग्छ: “मैले किन यसबारे केही भन्न सकिनँ? यसरी हुन्न, मैले सोचेर अझै राम्रो कुरा गर्नुपर्छ।” त्यसकारण तिनीहरूले अरूलाई जित्न धर्मसिद्धान्तका धेरै कुराहरू फलाक्छन्। यो कस्तो स्वभाव हो? यो ख्याति र प्राप्तिका लागि होड गर्नु हो; यो पनि अहङ्कार नै हो। स्वभावका मामलाहरूमा, तँ चुपचाप केही नबोली वा केही नगरी बसिरहेको हुन सक्छस्, तर त्यो स्वभाव तेरो हृदयमा अझै पनि हुन्छ, र यो अझै पनि तेरो विचार र भावभङ्गीमा प्रकट हुन सक्छ। मानिसहरूले यसलाई दबाउने वा नियन्त्रण गर्ने उपाय खोज्ने प्रयास गरे पनि, र यसलाई प्रकट हुन नदिन सधैँ होसियार भए पनि, के त्यो काम लाग्छ? (लाग्दैन।) कतिपय मानिसहरूले केही अहङ्कारी कुरा बोलेपछि तुरुन्तै महसुस गर्छन्: “मैले फेरि मेरो अहङ्कारी स्वभाव प्रकट गरेँ—कस्तो लाजमर्दो कुरा! मैले फेरि कहिल्यै कुनै अहङ्कारी कुरा भन्नु हुँदैन।” तर तैँले मुख बन्द गर्छु भनेर कसम खानुको कुनै काम छैन, किनभने यो तेरो वशको कुरा होइन, तेरो स्वभावको कुरा हो। त्यसैले, यदि तँ आफ्नो अहङ्कारी स्वभाव आफै प्रकट नहोस् भन्ने चाहन्छस् भने, तैँले त्यो स्वभावलाई नै ठिक पार्नुपर्छ। यो केही शब्दहरू सुधार्ने वा आफूले काम गर्ने तरिका सही पार्ने कुरा होइन, यो कुनै प्रावधान पालना गर्ने कुरा हुनु त झन् परै जाओस्। यो आफ्नो स्वभावको समस्या समाधान गर्ने कुरा हो। अब मैले स्वभाव खासमा के हो भन्ने विषयमा बताइसकेको छु, त्यसैले के तिमीहरूले आफ्ना बारेमा अझै गहन र स्पष्ट बुझाइ प्राप्त गरेका छैनौ र? (छौँ।) आफूलाई चिन्नु भनेको आफ्नो बाहिरी व्यक्तित्व, चित्तप्रकृति, खराब बानीहरू, र आफूले विगतमा गरेका अज्ञानी र मूर्ख कुराहरू थाहा पाउनु होइन—यो यीमध्ये कुनै पनि होइन। बरु, यो त आफ्नो भ्रष्ट स्वभाव चिन्नु र परमेश्वर विरुद्ध आफूले गर्न सक्ने दुष्टताहरू चिन्नु हो। मुख्य कुरा यही हो। कतिपय मानिसहरू यसो भन्छन्, “म झडङ्ग रिसाउँछु, र केही गरेर पनि यो कुरा परिवर्तन गर्न सक्दिनँ। मैले यो स्वभाव कहिले बदल्न सक्छु होला?” अरू पनि हुन्छन् जसले यसो भन्छन्, “म आफ्नो कुरा व्यक्त गर्न सक्दै-सक्दिनँ, र मलाई राम्ररी बोल्न आउँदैन। मैले जे बोले पनि मान्छेलाई ठेस लाग्ने वा तिनीहरूको भावनामा चोट पर्ने गर्छ। यो कुरा कहिले परिवर्तन हुने हो?” के तिनीहरूले यसो भन्नु सही हो? (होइन।) तिनीहरूको गल्ती कहाँ भएको छ? (यो आफ्नो प्रकृतिभित्र रहेका कुराहरू नचिन्नु हो।) ठीक भनिस्। व्यक्तित्वले प्रकृति निर्धारण गर्दैन। कसैको व्यक्तित्व जति राम्रो भए पनि, उसमा भ्रष्ट स्वभाव हुन सक्छ।
मैले भर्खरै स्वभावका दुईवटा पक्षहरूबारे कुरा गरेँ। पहिलो हठीपन थियो, र दोस्रो अहङ्कार। हामीले अहङ्कारको बारेमा धेरै बताउनुपर्दैन। हरेक व्यक्तिले एकदमै अहङ्कार व्यवहार प्रकट गर्छ, र तिमीहरूले अहङ्कार भनेको स्वभावको एउटा पक्ष हो भनेर मात्र जाने पुग्छ। अर्को प्रकारको स्वभाव पनि छ। कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरू मानिसहरूसँग बोल्नुभन्दा पहिले सबै कुरा राम्ररी सोचविचार गर्छन् र सबै कुरा मिलाएर भन्छन्। तिनीहरूले भन्ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्कोलाई अर्कै कुरा भन्छन्। तिनीहरूले भन्ने सबै कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूलाई कसरी विश्वास गर्न सकिन्छ? तथ्यहरूको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ, र तैँले तिनीहरूबाट भरपर्दो जवाफ पाउन सक्दैनस्। यो कस्तो स्वभाव हो? यो छल हो। के छली स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्बन्धित कुनै पनि कुरा व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छ, र व्यक्तिको प्रकृतिसँग सम्बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो गाह्रो अरू केही हुँदैन। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन” भन्ने भनाइ बिलकुलै सत्य हो! तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, छली मानिसहरूले सधैँ आफ्नै उद्देश्य र अभिप्रायहरू बोकेका हुन्छन्। तिनीहरूसँग कुनै अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर बुझ्ने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्। यदि तिनीहरूले झुक्किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने, तिनीहरू त्यो कुरालाई ढाकछोप गर्ने, तँलाई अलमल्याउने र सत्य कुरा थाहा पाउन नदिने उपाय सोच्नका लागि हदैसम्म जान्छन्। छली मानिसहरूले जे गरिरहेका भए पनि, साँच्चिकै के भइरहेको छ भनेर तिनीहरूले कसैलाई थाहा दिँदैनन्। मानिसहरूले तिनीहरूसँग जति लामो समय बिताए पनि, तिनीहरूको हृदयमा के छ भन्ने कुरा कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूको प्रकृति त्यस्तो हुन्छ। कुनै छली व्यक्तिले जति धेरै बोले पनि, उसका अभिप्रायहरू के हुन्, उसले के सोचिरहेको छ, वा उसले वास्तवमा के हासिल गर्ने प्रयास गरिरहेको छ भन्ने कुरा अरू मानिसहरूलाई कहिल्यै थाहा हुनेछैन। उसका आमाबाबुलाई समेत यो कुरा थाहा पाउन गाह्रो हुन्छ। छली मानिसहरूलाई बुझ्न खोज्नु एकदमै कठिन काम हो, तिनीहरूको मनमा के छ भनेर कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूले यसरी नै बोल्छन् र व्यवहार गर्छन्: तिनीहरूले कहिल्यै मनको कुरा भन्दैनन् वा साँच्चिकै के भइरहेको छ भनेर कहिल्यै भन्दैनन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? जब तँमा छली स्वभाव हुन्छ, तैँले के भन्छस् वा गर्छस् त्यसले केही फरक पार्दैन—यो स्वभाव सधैँ तँभित्रै हुन्छ, र यसले तँलाई नियन्त्रण गरिरहेको हुन्छ, तँलाई खेल खेल्न र छलकपटमा संलग्न हुन, मानिसहरूलाई खेलौना बनाउन, सत्यतालाई ढाकछोप गर्न, र देखावटी रूप धारण गर्न लगाइरहेको हुन्छ। छलीपन भनेको यही हो। छली मानिसहरू अरू के-कस्ता विशेष व्यवहारहरूमा संलग्न हुन्छन्? म एउटा उदाहरण दिन्छु। दुई जना मानिसहरू कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटाले आफ्नो आत्मज्ञानबारे बताइरहेको छ; यो व्यक्तिले आफू कति सुधार भएको छु भनेर भनिरहन्छ, र यो कुरामा अर्को व्यक्तिलाई विश्वस्त तुल्याउने प्रयास गर्छ, तर उसले अर्को व्यक्तिलाई वास्तविक तथ्यहरू बताउँदैन। यसमा, केही कुरा लुकाइँदै छ, र यसले एक निश्चित स्वभाव जनाउँछ—छलीपनको स्वभाव। तिमीहरूले यसलाई खुट्ट्याउन सक्छौ कि सक्दैनौ, हेरौँ है त। यो व्यक्तिले भन्छ, “हालै मैले केही कुराहरू अनुभव गरेँ, र मलाई लाग्छ मैले परमेश्वरमा यतिका वर्ष विश्वास गरेको व्यर्थ भएको छ। मैले केही हासिल गरेको छैन। म अत्यन्तै बिचरा र दयनीय छु! मेरो व्यवहार आजभोलि त्यति राम्रो छैन, तर म पश्चात्ताप गर्न तयार छु।” तर यसो भनेको केही समयपछि त्यस्ता व्यक्तिहरूमा पश्चात्तापको भाव कहीँ देखिँदैन। यहाँ समस्या के हो? त्यो के हो भने, तिनीहरूले अरूलाई ढाँट्छन् र छल्छन्। तिनीहरूले यसो भनेको सुन्दा, अरू मानिसहरूले यस्तो सोच्छन्, “यो व्यक्तिले पहिले सत्यता पछ्याउने गरेको रहेनछ, तर उसले अहिले यस्ता कुराहरू भन्न सकेको देख्दा उसले साँच्चै नै पश्चात्ताप गरेको छ भन्ने देखिन्छ। हामीले उसलाई शङ्का गर्नै हुँदैन, र हामीले उसलाई पहिले जसरी हेर्नै हुँदैन, नयाँ र राम्रो दृष्टिकोणले हेर्नुपर्छ।” ती शब्दहरू सुनेपछि मानिसहरूले यसरी नै मनन गर्ने र सोच्ने गर्छन्। तर के त्यो व्यक्तिको वर्तमान स्थिति उसले भनेको जस्तै हुन्छ त? वास्तवमा त्यस्तो हुँदैन। तिनीहरूले साँचो रूपमा पश्चात्ताप गरेकै हुँदैनन्, तर तिनीहरूका शब्दहरूले तिनीहरूले पश्चात्ताप गरेका छन्, र तिनीहरू सुध्रिएका छन्, र तिनीहरू पहिलेभन्दा फरक छन् भन्ने भ्रम छर्छन्। तिनीहरूले आफ्ना शब्दहरूबाट यही कुरा हासिल गर्न चाहन्छन्। मानिसहरूलाई छल्न यसरी बोलेर, तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? त्यो छलीपन हो—र यो अत्यन्तै कुटिल हुन्छ! वास्तवमा तिनीहरूलाई आफू परमेश्वरमाथिको विश्वासमा असफल भएको छु, र आफू कङ्गाल र दयनीय छु भन्ने पटक्कै थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई झुक्याउन, अरूलाई तिनीहरूका बारेमा राम्रो सोच्न र राम्रो विचार राख्न लगाउने आफ्नो उद्देश्य हासिल गर्न आत्मिक शब्दहरू र भाषा सापट लिइरहेका हुन्छन्। के यो छलीपन होइन र? हो, र जब व्यक्ति अत्यन्तै छली हुन्छ, उसलाई परिवर्तन हुन सजिलो हुँदैन।
अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो कहिल्यै पनि सरल वा खुलस्त तरिकाले बोल्दैन। तिनीहरू सधैँ भेष बदलिरहन्छन् र आफूलाई लुकाइरहन्छन्, हरेक मौकामा मानिसहरूबाट जानकारी बटुल्ने र तिनीहरूको मनसाय बुझ्ने गर्छन्। तिनीहरू सधैँ अरू मानिसहरूको जीवनमा वास्तवमा के चलिरहेको छ भन्ने कुरा जान्ने इच्छा गर्छन्, तर तिनीहरू आफ्नो हृदयको कुरा भन्दैनन्। तिनीहरूसँग अन्तरक्रिया गर्ने कसैले पनि तिनीहरूको जीवनमा वास्तवमा के चलिरहेको छ भन्ने कुरा पत्ता लगाउने आशा गर्न सक्दैन। त्यस्ता मानिसहरूले आफ्नो योजना अरूले थाहा पाऊन् भन्ने चाहँदैनन्, र ती कुरा कसैलाई पनि बताउँदैनन्। यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो। त्यस्ता मानिसहरू अत्यन्तै चतुर हुन्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। यदि व्यक्तिमा छली स्वभाव छ भने, ऊ अवश्य नै छली व्यक्ति हो, र ऊ प्रकृति सारमै छली हुन्छ। के त्यस्ता व्यक्तिहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याउँछन्? यदि तिनीहरूले अरू मानिसहरू सामु सत्य बोल्दैनन् भने, के तिनीहरूले परमेश्वरसामु सत्य बोल्न सक्छन्? अवश्यै सक्दैनन्। छली व्यक्तिले कहिल्यै सत्यता बताउँदैन। तिनीहरूले परमेश्वरमा विश्वास त गर्लान्, तर के तिनीहरूको विश्वास साँचो हुन्छ? तिनीहरूमा परमेश्वरप्रति कस्तो किसिमको मानसिकता हुन्छ? तिनीहरूको हृदयमा निश्चय नै धेरै शङ्काहरू हुन्छन्: “परमेश्वर कहाँ हुनुहुन्छ? म उहाँलाई देख्न सक्दिनँ। उहाँ वास्तविक हुनुहुन्छ भन्ने प्रमाण के छ?” “परमेश्वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ? हो र? शैतानको शासनले परमेश्वरमा विश्वास गर्नेहरूलाई उन्माद रूपमा सताइरहेको र पक्राउ गरिरहेको छ। परमेश्वरले किन यसलाई नष्ट गर्नुहुन्न?” “परमेश्वरले मानिसहरूलाई ठ्याक्कै कसरी मुक्ति दिनुहुन्छ? के उहाँको मुक्ति वास्तविक हो? यो त्यति स्पष्ट छैन।” “परमेश्वरको विश्वासी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ कि सक्दैन? हामी यो पुष्टि गर्न सक्दैनौँ; यसै हो भन्न गाह्रो छ।” हृदयमा परमेश्वरबारे यति धेरै शङ्का हुँदा, के तिनीहरूले साँचो रूपमा उहाँप्रति आफूलाई समर्पित गर्न सक्छन्? यो असम्भव छ। तिनीहरूले यी सबै मानिसहरूले परमेश्वरलाई पछ्याउन आफूसँग भएका सबै कुरा त्यागेको, परमेश्वरप्रति आफूलाई समर्पित गरेको र आफ्नो कर्तव्य निर्वाह गरेको देख्छन्, र सोच्छन्, “मैले केही त लुकाएर राख्नुपर्छ। म तिनीहरूजस्तो मूर्ख हुनु हुँदैन। यदि मैले परमेश्वरलाई सबै कुरा अर्पित गरेँ भने, म भविष्यमा कसरी बाँच्नेछु? मेरो कसले हेरचाह गर्छ? मैले आकस्मिकताको योजना बनाउनुपर्छ।” छली मानिसहरू कति “चतुर” हुन्छन्, तिनीहरूले कति टाढाको कुरा सोच्छन् भनेर तैँले देख्न सक्छस्। अरूले भेलाहरूमा आफ्नो भ्रष्टताबारे आफैले पाएको ज्ञान खुलस्त बताइरहेको, आफ्नो हृदयमा लुकेका कुराहरू सङ्गतिमा बताउँदै गरेको, र आफू कति पटक व्यभिचारमा संलग्न भएको भनेर सत्य तथ्य बताइरहेको देख्दा कतिपय मानिस यस्तो सोच्छन्, “ए मूर्ख! ती निजी कुराहरू हुन्; किन अरूलाई भनेको? मलाई कुटे पनि यस्ता कुराहरू त तिमीहरूले मबाट निकाल्नै सक्दैनौ!” छली मानिसहरू यस्तै हुन्छन्—तिनीहरू इमानदार कुरा गर्नुभन्दा बरु मर्न तयार हुन्छन्, र तिनीहरूले वास्तवमा के चलिरहेको छ भनेर कसैलाई बताउनेछैनन्। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अपराध र केही खराब कुराहरू गरेको छु, र मलाई ती कुरा मानिसहरूसामु भन्न अलिक लाज लाग्छ। आखिर ती निजी कुराहरू न हुन्, र ती लाजमर्दा छन्। तर म परमेश्वरबाट ती कुरा लुकाउन वा ढाकछोप गर्न सक्दिनँ। मैले परमेश्वरसामु आफूलाई उदाङ्गो पार्नुपर्छ। म मेरा विचार वा व्यक्तिगत मामलाहरू अरू मानिसहरूलाई बताउने साहस गर्दिनथेँ, तर मैले परमेश्वरलाई त भन्नैपर्छ। मैले अरू जोबाट मेरा गुप्त कुराहरू लुकाए पनि, परमेश्वरबाट लुकाउन सक्दिनँ।” परमेश्वरप्रति इमानदार व्यक्तिले राख्ने मनोवृत्ति यस्तो हुन्छ। तर छली मानिसहरू सबैप्रति सावधान हुन्छन्, तिनीहरूले कसैलाई पनि भरोसा गर्दैनन्, र कसैसँग पनि इमानदारीपूर्वक बोल्दैनन्। तिनीहरू वास्तवमा तिनीहरूको जीवनमा के चलिरहेको छ भनेर कसैलाई भन्दैनन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। यिनीहरू सबैभन्दा छली मानिस हुन्। हरेक व्यक्तिमा छली स्वभाव हुन्छ; तर एउटै भिन्नता यो कति गम्भीर छ भन्ने मात्रै हो। तैँले भेलाहरूमा हृदय खोलेर आफ्ना समस्याहरूबारे सङ्गति गरे पनि, के त्यसको अर्थ तँमा छली स्वभाव छैन भन्ने हुन्छ र? त्यस्तो हुँदैन, तँमा पनि छली स्वभाव हुन्छ। म किन यसो भन्छु त? एउटा उदाहरण छ: तैँले आफ्नो स्वाभिमान वा आडम्बरलाई नछुने, लाजमर्दो नरहेका, र तैँले अरू मानिसलाई बताइस् भने तँलाई काटछाँटमा नपार्ने कुराबारे सङ्गतिमा खुलस्त कुरा गर्न सक्छस् होला—तर यदि तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, सबैले घिनाउने र वाकवाक लाग्ने केही कुरा गरेको थिइस् भने, के तैँले यसबारेमा भेलाहरूमा खुलस्त सङ्गति गर्न सक्थिस् त? अनि यदि तैँले भन्न पनि नमिल्ने काम गरेको थिइस् भने, तँलाई खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न अझै गाह्रो हुनेथियो। यदि कसैले यसबारेमा खोजीनिधो गर्ने वा यसको दोष लगाउने प्रयास गर्थ्यो भने, तैँले यसलाई लुकाउन आफ्नो हातमा भएका सबै उपायहरू प्रयोग गर्नेथिइस्, र यो मामला खुलासा होला भनेर तँ अत्यन्तै भयभीत हुनेथिइस्। तँ सधैँ यसलाई ढाकछोप गर्ने र यसबाट पार पाउने प्रयास गरिरहेको हुनेथिइस्। के यो छली स्वभाव होइन र? तँलाई लाग्ला कि तैँले खुलस्त नभनेसम्म कसैले पनि यो कुरा थाहा पाउनेछैन, र परमेश्वरले समेत कसैगरी थाहा पाउनुहुनेछैन। त्यो गलत बुझाइ हो! परमेश्वरले मानिसहरूको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ। यदि तँ यो कुरा प्रस्ट रूपमा बुझ्न सक्दैनस् भने, तैँले परमेश्वरलाई पटक्कै चिनेको छैनस्। छली मानिसहरूले अरूलाई झुक्याउने काम मात्र गर्दैनन्—तिनीहरू परमेश्वरलाई झुक्याउन खोज्ने र छली उपायहरू प्रयोग गरेर उहाँको विरोध गर्ने दुस्साहससमेत गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्वरको मुक्ति पाउन सक्छन्? परमेश्वरको स्वभाव धर्मी र पवित्र छ, र छली मानिसहरूलाई नै उहाँले सबैभन्दा बढी तिरस्कार गर्नुहुन्छ। त्यसकारण, छली मानिसहरूलाई नै मुक्ति प्राप्त गर्न सबैभन्दा गाह्रो हुन्छ। छली प्रकृति भएका मानिसहरू सबैभन्दा बढी ढाँट्ने मानिसहरू हुन्। तिनीहरूले परमेश्वरलाई समेत ढाँट्छन् र झुक्याउने कोसिस गर्छन्, र तिनीहरू हठीपूर्वक अपश्चातापी रहन्छन्। यसको अर्थ तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। यदि कसैले बेलाबेलामा मात्रै भ्रष्ट स्वभाव प्रकट गर्छ, यदि उसले मानिसहरूलाई ढाँट्छ र झुक्याउँछ तर परमेश्वरसँग सरल र खुलस्त व्यवहार गर्छ र उहाँसामु पश्चात्ताप गर्छ भने, यस्तो व्यक्तिसँग मुक्ति पाउने आशा अझै बाँकी हुन्छ। यदि तँ साँच्चै नै समझ भएको व्यक्ति होस् भने, तैँले परमेश्वरसँग खुलस्त हुनुपर्छ, उहाँसँग हृदयबाट नै कुरा गर्नुपर्छ, र आत्मचिन्तन गर्दै आफूलाई चिन्नुपर्छ। तैँले परमेश्वरलाई ढाँट्न छोड्नुपर्छ, उहाँलाई झुक्याउने प्रयास कहिल्यै गर्नु हुँदैन, र उहाँबाट कुनै पनि कुरा लुकाउने प्रयास त झनै गर्नु हुँदैन। वास्तवमा कतिपय कुराहरूका बारेमा मानिसहरूले थाहा पाउनु आवश्यक हुँदैन। यदि तैँले ती कुराहरू परमेश्वरलाई खुलस्त बताइस् भने, त्यो नै पर्याप्त हुन्छ। जो कहिल्यै परमेश्वरको पिठ्युँपछाडि काम गर्दैनन्, र जो अरूलाई भन्न नमिल्ने सबै कुरा परमेश्वरलाई भन्छन् तिनीहरू अक्कली मानिस हुन्। कतिपय कुरा यस्ता हुन्छन् जसका बारेमा तँ अरूसामु खुलस्त हुनु आवश्यक हुँदैन; तैँले त्यस्ता कुराका बारेमा कुरा गरिनस् भने पनि, त्यो छली हुनु होइन। छली मानिसहरू फरक हुन्छन्: तिनीहरू आफूले सबै कुरा लुकाउनुपर्ने, विशेष गरी निजी मामलाहरूको कुरा आउँदा, अरू मानिसलाई केही पनि बताउन नहुने, र यदि कुनै कुरा भन्दा तिनीहरूलाई फाइदा हुँदैन भने, तिनीहरूले त्यो कुरा परमेश्वरलाई समेत भन्न नहुने विश्वास गर्छन्। के यो छली स्वभाव होइन? त्यस्तो व्यक्ति अत्यन्तै छली हुन्छ! यदि कुनै व्यक्ति यति छली छ कि उसले परमेश्वरलाई समेत सत्य कुरा भन्दैन, र परमेश्वरबाट सबै कुरा गोप्य राख्छ भने, के त्यो व्यक्ति परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? के उसमा परमेश्वरमाथि साँचो आस्था हुन्छ? ऊ परमेश्वरलाई शङ्का गर्ने व्यक्ति हो, र हृदयभित्र उसले उहाँमा विश्वास गर्दैन। त्यसकारण, के उसको आस्था झूटो होइन र? ऊ अविश्वासी हो, झूटो विश्वासी हो। के तिमीहरूले परमेश्वरलाई शङ्का गर्नुपरेको वा उहाँप्रति सावधान हुनुपरेको समय आएको छ? (आएको छ।) परमेश्वरलाई शङ्का गर्नु र उहाँप्रति सावधान हुनु, यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो। हरेक व्यक्तिमा छली स्वभाव हुन्छ, यो कति गम्भीर छ भन्ने कुरा मात्रै हो। तैँले सत्यता स्विकार्न सकुन्जेलसम्म पश्चात्ताप गरेर परिवर्तन हासिल गर्न सक्ने नै छस्।
कतिपय मानिसहरूले आफूलाई कुनै कुरा आइपर्दा भ्रष्ट स्वभाव प्रकट गर्छन्, तिनीहरूमा धारणा र विचारहरू हुन्छन्, तिनीहरूले अरू मानिसहरूका बारेमा पूर्वाग्रह राख्छन्, उनीहरूको आलोचना गर्छन् र उनीहरूलाई पिठ्यूँ पछाडिबाट कमजोर पार्ने काम गर्छन्। तिनीहरूले आत्मचिन्तन गर्न र यी कुराहरू पूर्ण रूपमा खुलेर बताउन सक्छन्, तर जब तिनीहरूले केही लाजमर्दा कुराहरू गर्छन्, तब तिनीहरू त्यो कुरा लुकाउन चाहन्छन्, र सधैँका लागि हृदयभित्र थुनेर राख्न चाहन्छन्। तिनीहरूले यी कुराहरूबारे अरूलाई मात्र होइन, प्रार्थना गर्दा परमेश्वरलाई समेत बताउँदैनन्। तिनीहरूले यी कुराहरू लुकाउन वा ढाकछोप गर्नका लागि झूट रच्न आफूले सक्ने भएभरको प्रयाससमेत लगाउँछन्। यो छली स्वभाव हो। जब तँमा यस्ता विचारहरू आउँछन्, जब तँ यस्तो स्थितिमा जिउँछस्, तब तैँले आत्मचिन्तन गर्नुपर्छ, र तैँले आफू इमानदार व्यक्ति नभएको, आफूमा परमेश्वरले इमानदार भनी व्याख्या गर्नुहुने कुनै पनि कुरा प्रकट नहुने, अनि आफू पूरै र साँच्चिकै छली व्यक्ति भएको, आफू मूर्ख, कमजोर क्षमताको, र सुस्त भए पनि, आफू छली व्यक्ति नै भएको भनेर स्पष्ट बुझ्नुपर्छ। आफूलाई चिन्नु भनेको यही हो। तैँले आफूलाई चिन्ने क्रममा कम्तीमा पनि हासिल गर्न सक्नुपर्ने कुरा भनेको आफूले प्रकट गर्ने प्रस्ट भ्रष्टतालाई स्पष्ट देख्न र खुट्ट्याउन सक्नु, र यसलाई सम्बोधन गर्नका निम्ति सत्यता खोजी गर्न सक्नु हो। यदि तँलाई आफ्नो छली स्वभाव साँच्चिकै थाहा छ भने, तैँले बारम्बार परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ, र परमेश्वरको वचनअनुसार आफ्नो छली स्वभावलाई खुट्ट्याउनु र चिरफार गर्नुपर्छ, र यसको सार बुझ्नुपर्छ; त्यसपछि तँसित आफ्नो छलीपनको भ्रष्ट स्वभाव फाल्ने आशा हुनेछ। कतिपय मानिसहरूले छली मानिसहरू र इमानदार मानिसहरूबीचको स्पष्ट भिन्नता छुट्याउन सक्दैनन्—जसको अर्थ तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्ने हुन्छ। कतिपय मानिसहरूले आफ्नो कमजोर क्षमता, मूर्खता, अज्ञानता, अन्तर्ज्ञानको कमी, ढङ्ग पुर्याएर बोल्न नसक्नु, सामाजिक सीपको कमी, र ठगिने बानीलाई इमानदारीको प्रमाणका रूपमा प्रयोग गर्छन्। तिनीहरू सधैँ अरूलाई यसो भनिरहेका हुन्छन्, “म साह्रै इमानदार छु, यसले गर्दा म प्रायजसो घाटा खान्छु, म अरूको फाइदा उठाउन जान्दिनँ—तैपनि म इमानदार व्यक्ति भएकोले परमेश्वरले मलाई मन पराउनुहुन्छ।” के यी शब्दहरू सही छन्? त्यस्ता शब्दहरू हास्यास्पद हुन्छन्, ती मानिसहरूलाई बहकाउनका लागि भनिएका हुन्, र ती नाङ्गा र लाजमर्दा शब्दहरू हुन्। मूर्ख र अबुझ मानिसहरू कसरी इमानदार हुन सक्छन्? यी त दुई भिन्नाभिन्नै कुरा हुन्। तैँले गरेका मूर्ख कुराहरूलाई इमानदारीका रूपमा लिनु ठूलो गल्ती हो। सबैले देख्न सक्छन् कि मूर्खहरूले पनि अहङ्कारी र अभिमानी हुने, र आफूलाई ठूलो ठान्ने सम्भावना हुन्छ। मानिसहरू जति अज्ञानी र जति कमजोर क्षमताका भए पनि, तिनीहरूले अरूलाई ढाँट्न र छल्न सक्छन्। के यो सबै तथ्य होइन र? के मूर्खहरू र कमजोर क्षमताका मानिसहरूले कहिल्यै कुनै खराब काम गर्दैनन् र? के तिनीहरूमा साँच्चै भ्रष्ट स्वभावहरू हुँदैनन् र? अवश्यै हुन्छन्। कतिपय मानिसहरूले आफू इमानदार छु पनि भन्छन् र अरूलाई आफ्ना झूटहरूबारे खुलेर बताउँछन्, तर तिनीहरू आफूले गरेका लाजमर्दा कामहरूबारे खुलस्त बताउने आँट गर्दैनन्। मण्डलीले तिनीहरूको समस्याका कारण तिनीहरूलाई निराकरण गर्दा, तिनीहरूले त्यो स्विकार्न सक्दैनन् र तिनीहरू बिलकुलै समर्पित हुँदैनन्, बरु पर्दापछाडि जासुसी गरेर सत्यतथ्य पत्ता लगाउन खोज्छन्। यस्तो छली व्यक्तिले सत्यतालाई पटक्कै स्विकार्दैन, र ऊ कहीँकतै समर्पित हुँदैन, तैपनि आफूलाई इमानदार नै ठान्छ। के यो तिनीहरूको बिलकुलै लाजमर्दो व्यवहार होइन र? यो त पूराको पूरा मूर्खता हो! यस्तो व्यक्ति पटक्कै इमानदार हुँदैन, न त ऊ निष्कपट नै हुन्छ। मूर्ख मानिसहरू मूर्ख नै हुन्छन्; अबुझ मानिसहरू अबुझ नै हुन्छन्। छल नगर्ने निष्कपट मानिसहरू मात्र इमानदार हुन्छन्।
छली मानिसहरूलाई कसरी खुट्ट्याउन सकिन्छ? छली मानिसहरूको व्यवहार के-कस्तो हुन्छ? तिनीहरूले जोसित सङ्गत वा उठबस गरे पनि, तिनीहरूलाई वास्तवमा के भइरहेको छ भन्ने कुरा कहिल्यै कसैलाई जाँच्न दिँदैनन्; तिनीहरू सधैँ अरूप्रति सावधान हुन्छन्, तिनीहरूले सधैँ मानिसहरूको पिठ्यूँपछाडि कामकुरा गरिरहेका हुन्छन्, र तिनीहरूले आफूले सोचिरहेको साँचो कुरा कहिल्यै भन्दैनन्। तिनीहरूले कहिलेकाहीँ आफूलाई चिनेको बारेमा थोरै बताउन सक्छन्, तर मुख्य बुँदाहरू वा मुख्य शब्दहरू कहिल्यै उल्लेख गर्दैनन्, र तिनीहरू कुनै कुरा मुखबाट खुस्केला कि भनेर डराउँछन्। तिनीहरू अरूले तिनीहरूका कमजोर पक्षहरू देख्लान् कि भनेर यी कुराहरूप्रति अत्यन्तै संवेदनशील हुन्छन्। यो एक प्रकारको छली स्वभाव हो। कतिपय मानिसहरूले जानीजानी देखावटी रूप पनि धारण गर्छन् ताकि अरूले तिनीहरू निष्कपट छन्, तिनीहरूले कष्ट सहन सक्छन् र गुनासो गर्दैनन्, वा तिनीहरू आत्मिक छन् र तिनीहरूले सत्यतालाई प्रेम गर्छन् र पछ्याउँछन् भन्ने सोचून्। तिनीहरू स्पष्ट रूपमा त्यस्ता व्यक्ति होइनन्, तर तिनीहरूले अरूलाई देखाउन जिद्दीपूर्वक त्यस्तो नाटक गर्छन्। यो पनि छली स्वभाव नै हो। छली मानिसहरूले भन्ने र गर्ने सबै कुराको पछाडि एउटा अभिप्राय हुन्छ। यदि तिनीहरूमा कुनै अभिप्राय नभएको भए, तिनीहरूले बोल्ने वा कार्य गर्नेथिएनन्। तिनीहरूभित्र एउटा स्वभाव हुन्छ जसले तिनीहरूलाई यसो गर्न लगाउँछ, र त्यो स्वभाव छलीपन हो। मानिसहरूमा छली स्वभाव हुँदा, के त्यसलाई परिवर्तन गर्न सजिलो हुन्छ? तिमीहरू कति परिवर्तन भएका छौ? के तिमीहरू इमानदारी पछ्याउने मार्गमा प्रवेश गरेका छौ? (हो, हामी यो दिशातर्फ मेहनत गरिरहेका छौँ।) तिमीहरूले कतिवटा कदम चालेका छौ? कि तिमीहरू त्यसो गर्ने चाहनाको चरणमै अल्झेका छौ? (यो अझै पनि हामीले गर्न चाहेको कुरा मात्र हो। कहिलेकाहीँ, हामीले कुनै कुरा गरिसकेपछि मात्रै यसमा छल भएको थियो, हामीले मानिसहरूलाई झूटो आभास दिने प्रयास गरिरहेका थियौँ भन्ने थाहा हुन्छ; त्यसपछि मात्रै हामीलाई आफूले छली व्यवहार गरेछौँ भन्ने महसुस हुन्छ।) तिमीहरूले यो छली हुनु हो भन्ने महसुस गर्छौ—तर के तिमीहरूले यो एक प्रकारको भ्रष्ट स्वभाव हो भनेर महसुस गर्न सक्यौ? अनि यी छली कुराहरू ठ्याक्कै कहाँबाट आउँछन्? (हाम्रो प्रकृतिबाट।) ठीक भन्यौ, तिमीहरूको प्रकृतिबाट। अनि के यी भ्रष्ट कुराहरूले तिमीहरूलाई बाधा दिन्छन्? तीबाट टाढा हुन, तीसँग जुध्न, र तीबाट मुक्त हुन गाह्रो हुन्छ—र धेरै कष्टदायी पनि हुन्छ। ती के कारणले कष्टदायी हुन्छन्? तिनको के कुराले तँलाई पीडा दिन्छ? (हामी परिवर्तन हुन चाहन्छौँ, तर त्यसो गर्न नसक्दा साह्रै पीडा हुन्छ।) त्यो एउटा पक्ष त हो, तर त्यो कष्टदायी कुरामा पर्दैन। जब कुनै व्यक्तिलाई छली स्वभावले नियन्त्रण गरेको हुन्छ, तब उसले कुनै पनि समय वा स्थानमा अरूलाई ढाँट्न र ठग्न सक्छ, र उसलाई चाहे जेसुकै होस्, उसले मानिसहरूलाई ठग्न र बहकाउन कसरी झूट बोल्ने भनेर सोचिरहेको हुन्छ। उसले आफूलाई नियन्त्रण गर्न चाहेर पनि सक्दैन, यो अनैच्छिक हुन्छ। समस्या यसैमा छ। यो स्वभावको समस्या हो। छली स्वभाव कतिवटा तरिकामा आफै प्रकट हुन सक्छ? जाँच, छल, सतर्कता, साथै शङ्का, बहाना, र पाखण्डमा। त्यस्ता व्यवहारहरूले खुलासा र प्रकट गर्ने स्वभाव छलीपन हो। यी विषयहरूमा सङ्गति गरेपछि, के तिमीहरूले छली स्वभावबारे अझ प्रस्ट ज्ञान पाएका छौ? के तिमीहरूमध्ये कतिपयले अझै पनि “ममा छली स्वभाव छैन, म छली व्यक्ति होइनँ, म त इमानदार व्यक्ति हुनै लागेको छु” भनेर भन्छौ? (भन्दैनौँ।) यस्ता धेरै मानिसहरू छन्, जो इमानदार व्यक्ति भनेको खासमा के हो भन्ने नै बुझ्दैनन्। कतिपयले भन्छन् कि इमानदार मानिसहरू तिनै हुन् जो सरल र निष्कपट हुन्छन्, जहाँ गए पनि हेपिन्छन् र बहिष्कृत हुन्छन्, वा जो सुस्त हुन्छन् र बोल्न र काम गर्नमा सधैँ अरू मानिसभन्दा अलि पछि पर्छन्। सधैँ मूर्ख कामकुरा मात्र गर्ने र अरूद्वारा हेला गरिने कतिपय मूर्ख र अज्ञानी मानिसहरू पनि आफूलाई इमानदार मानिसका रूपमा व्याख्या गर्छन्। अनि त्यसै गरी, आफूलाई सानो ठान्ने समाजको तल्लो तहका ती सबै अशिक्षित मानिसहरूले पनि आफू इमानदार मानिस भएको भन्छन्। तिनीहरूको गल्ती कहाँ छ? तिनीहरूलाई इमानदार व्यक्ति भनेको के हो भन्ने नै थाहा छैन। तिनीहरूको गलत बुझाइको स्रोत के हो? मुख्य कारण भनेको तिनीहरूले सत्यता नबुझ्नु हो। तिनीहरूले के विश्वास गर्छन् भने, परमेश्वरले भन्नुभएका “इमानदार मानिसहरू” मूर्ख र अबुझहरू हुन्, तिनीहरू अशिक्षित, ढिलो बोल्ने र लठ्याब्रो, हेपिएका र दमनमा परेका, र सजिलै फसाइने र छलमा पर्ने हुन्छन्। यसको तात्पर्य के हो भने, परमेश्वरको मुक्तिका लक्षित वर्गमा समाजको तल्लो स्तरका दिमाग नभएका मानिसहरू पर्छन्, जसलाई प्रायजसो अरूले पेलपाल गर्छन्। परमेश्वरले यी नीच र हीन मानिसहरूलाई मुक्ति नदिए कसलाई दिनुहुन्छ? के तिनीहरूले यस्तै विश्वास गर्दैनन् र? के परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू साँच्चै तिनीहरू नै हुन् त? यो परमेश्वरको उद्देश्यको गलत अर्थ्याइ हो। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू त सत्यतालाई प्रेम गर्ने, क्षमता र बुझ्ने क्षमता भएका व्यक्तिहरू हुन्, तिनीहरू विवेक र समझ भएका, परमेश्वरका आज्ञाहरू पूरा गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने सबै मानिसहरू हुन्। तिनीहरू सत्यता स्विकार्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्ने मानिसहरू हुन्, र तिनीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरप्रति समर्पित हुने र परमेश्वरलाई आराधना गर्ने मानिसहरू हुन्। यीमध्ये धेरैजसो मानिसहरू समाजको तल्लो तहबाट, मजदुर र किसान परिवारबाट आएका भए पनि, तिनीहरू अवश्य नै अन्योलमा परेका मानिस, बेकुफ, वा केही नकामका मानिस होइनन्। यसको विपरीत, तिनीहरू सत्यतालाई स्विकार्न, सत्यता अभ्यास गर्न र त्यसप्रति समर्पित हुन सक्ने अक्कली मानिस हुन्। तिनीहरू सबै इन्साफ बोकेका मानिस हुन्, जसले परमेश्वरलाई पछ्याउन र सत्यता र जीवन प्राप्त गर्नका लागि सांसारिक वैभव र सम्पत्ति त्याग गर्छन्—तिनीहरू सबैभन्दा बुद्धिमानी मानिसहरू हुन्। यी सबै नै परमेश्वरमा साँचो विश्वास गर्ने र साँचो रूपमा उहाँप्रति आफूलाई समर्पित गर्ने इमानदार मानिसहरू हुन्। तिनीहरूले परमेश्वरको अनुमोदन र आशिष् पाउन सक्छन्, र तिनीहरूलाई सिद्ध पारेर उहाँका मानिस बनाउन सकिन्छ, जो उहाँको मन्दिरका खम्बा बन्नेछन्। तिनीहरू सुन, चाँदी, र बहुमूल्य रत्नका मानिस हुन्। हटाइने त अन्योलमा परेका, मूर्ख, असङ्गत किसिमका, र केही नकामका मानिसहरूलाई हो। अविश्वासी र हास्यास्पद मानिसहरूले परमेश्वरको काम र व्यवस्थापन योजनालाई केका रूपमा हेर्छन्? कबाडखानाका रूपमा, होइन र? यी मानिसहरूको क्षमता कमजोर हुने मात्रै होइन, यिनीहरू हास्यास्पद पनि हुन्छन्। चाहे तिनीहरूले परमेश्वरका वचनहरू जति धेरै पढून्, तिनीहरूले सत्यता बुझ्न सक्दैनन्, र चाहे तिनीहरूले जति वटा प्रवचनहरू सुनून्, तिनीहरू वास्तविकतामा प्रवेश गर्न सक्दैनन्—यदि तिनीहरू यति मूर्ख छन् भने, के तिनीहरूले अझै पनि मुक्ति पाउन सक्छन् त? के परमेश्वरले यस्ता व्यक्तिहरूलाई चाहन सक्नुहुन्छ त? तिनीहरू विश्वासी बनेको जति वर्ष भए पनि, तिनीहरूले अझै पनि कुनै सत्यता बुझ्दैनन्, अझै पनि बकवास बोल्छन्, तैपनि तिनीहरू आफूलाई इमानदार ठान्छन्—के तिनीहरूमा कुनै लाज छैन? त्यस्ता मानिसहरूले सत्यता बुझ्दैनन्। तिनीहरू सधैँ परमेश्वरको उद्देश्यको गलत व्याख्या गरिरहेका हुन्छन्, तर जहाँ जाँदा पनि, तिनीहरू आफ्ना गलत व्याख्याहरू नै प्रसारण गर्छन्, र तिनलाई सत्यताका रूपमा प्रचार गर्दै मानिसहरूलाई भन्छन्, “अलिअलि हेपिनु राम्रै हो, मानिसहरूले अलिअलि गुमाउनुपर्छ, तिनीहरू अलिअलि मूर्ख हुनुपर्छ—परमेश्वरको मुक्तिका लक्षित वर्गहरू यिनै हुन् र परमेश्वरले तिनै मानिसहरूलाई मुक्ति दिनुहुन्छ।” यस्ता कुराहरू बोल्ने मानिसहरू घिनलाग्दा हुन्छन्; यसले परमेश्वरलाई धेरै बेइज्जत गर्छ! यो अत्यन्तै घिनलाग्दो कुरा हो! परमेश्वरको राज्यका खम्बाहरू र परमेश्वरद्वारा मुक्ति दिइएका विजेताहरू सबै त्यस्ता मानिस हुन् जो सत्यता बुझ्छन्, र जो बुद्धिमान् हुन्छन्। स्वर्गको राज्यमा तिनीहरूले एक हिस्सा पाउँछन्। जो मूर्ख र अज्ञानी छन्, जो लाज पचेका र समझहीन छन्, जो सत्यतालाई पटक्कै बुझ्दैनन्, र जो बुद्धू र बेकुफ छन्—के ती सबै केही नकामका मानिस होइनन् र? त्यस्ता मानिसहरूले कसरी स्वर्गको राज्यमा कुनै हिस्सा पाउन सक्छन्? परमेश्वरले भन्नुभएका इमानदार मानिसहरू ती हुन् जसले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्छन्, जो सरल र परमेश्वरसित खुलस्त हुन्छन्, जो सिद्धान्तअनुसार काम गर्छन्, जो बुद्धिमान् र अक्कली हुन्छन्, जो अर्पित भएर आफ्ना कर्तव्यहरू पूरा गर्छन्, र जो परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन्छन्। यी सबै मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ, तिनीहरू सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान दिन्छन्, र तिनीहरू परमेश्वरप्रति पूर्ण समर्पण पछ्याउँछन् र हृदयमा परमेश्वरलाई प्रेम गर्छन्। तिनीहरू मात्रै साँच्चिकै इमानदार मानिसहरू हुन्। यदि कसैलाई इमानदार व्यक्ति भनेको के हो भन्ने समेत थाहा छैन भने, यदि उसले इमानदार मानिसहरूको सार भन्नु नै परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुनु, परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु हो, वा इमानदार मानिसहरूले सत्यतालाई प्रेम गर्ने, परमेश्वरलाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने हुनाले नै तिनीहरू इमानदार भएका हुन् भन्ने देख्न सक्दैन भने—त्यस्तो व्यक्ति एकदमै मूर्ख हुन्छ, र उसमा साँच्चै नै समझशक्ति हुँदैन। इमानदार मानिसहरू भनेका मानिसहरूले कल्पना गर्ने निष्कपट, अन्योलमा परेका, अज्ञानी, र मूर्ख मानिस हुँदै होइनन्; तिनीहरू सामान्य मानवता भएका मानिसहरू हुन्, जोसँग विवेक र समझ हुन्छ। इमानदार मानिसहरूमा हुने चलाखी भनेकै तिनीहरू परमेश्वरका वचनहरू सुन्न र इमानदार बन्न सक्छन्, र त्यसैले तिनीहरू परमेश्वरद्वारा आशिषित् हुन्छन्।
मानिसहरू इमानदार बन्नुपर्छ भन्ने परमेश्वरको मागकोभन्दा ठूलो महत्त्व अरू कुनै कुराको छैन—मानिसहरू उहाँसामु जिउन, उहाँको छानबिन स्विकार्न र ज्योतिमा जिउन सकून् भन्नका लागि उहाँ यस्तो माग गर्नुहुन्छ। इमानदार मानिसहरू मात्र साँचो मानवजाति हुन्। जो मानिसहरू इमानदार छैनन्, तिनीहरू पशु हुन्, तिनीहरू मानव भेष धारण गरेका पशु हुन्, र तिनीहरू गैर-मानव हुन्। इमानदार व्यक्ति बन्ने खोजीमा लाग्नका लागि, तैँले परमेश्वरका मागहरू अनुसार आफूलाई आचरणमा ढाल्नैपर्छ; तैँले न्याय, सजाय र काटछाँट भोग्नैपर्छ। जब तेरो भ्रष्ट स्वभाव पखालिन्छ र जब तैँले सत्यता अभ्यास गर्न र परमेश्वरका वचनहरू अनुसार जिउन सक्छस्, तब मात्रै तँ इमानदार व्यक्ति बन्नेछस्। अज्ञानी मानिस, मूर्ख, र निष्कपट व्यक्तिहरू इमानदार मानिस हुँदै होइनन्। मानिसहरूलाई इमानदार बन्न माग गरेर, परमेश्वर तिनीहरूलाई सामान्य मानवता बोक्न, आफ्ना छलीपन र छद्मभेषहरू त्याग्न, झूट र छलबाट मुक्त हुन, अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्न, र उहाँलाई साँचो रूपमा प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्ने हुन भनिरहनुभएको छ। यिनीहरू मात्र परमेश्वरको राज्यका मानिस हुन्। परमेश्वरले मानिसहरूलाई ख्रीष्टका असल सिपाही हुन माग गर्नुहुन्छ। ख्रीष्टका असल सिपाहीहरू भनेका को हुन्? तिनीहरू सत्यता वास्तविकताले सुसज्जित भएका र ख्रीष्टसँग एउटै हृदय र मन भएका हुनुपर्छ। कुनै पनि समय र स्थानमा, तिनीहरूले परमेश्वरलाई उच्च पार्न र उहाँको गवाही दिन, र सत्यता प्रयोग गरेर शैतानसँग लडाइँ गर्न सक्नुपर्छ। सबै कुरामा, तिनीहरू परमेश्वरको पक्षमा उभिनुपर्छ, र तिनीहरूसँग सत्यता वास्तविकता जिएको गवाही हुनुपर्छ। तिनीहरूले शैतानलाई लज्जित पार्न र परमेश्वरका लागि अद्भुत विजयहरू प्राप्त गर्न सक्नुपर्छ। ख्रीष्टको असल सिपाही हुनु भनेको त्यही हो। ख्रीष्टका असल सिपाहीहरू विजेताहरू हुन्, तिनीहरू शैतानलाई जित्ने मानिसहरू हुन्। मानिसहरूलाई इमानदार बन्न र छली नबन्न माग गरेर, परमेश्वरले तिनीहरूलाई मूर्ख बन्न होइन, बरु आफ्ना छली स्वभावहरू फाल्न, उहाँप्रति समर्पण हासिल गर्न र उहाँलाई महिमित तुल्याउन भनिरहनुभएको छ। सत्यता अभ्यास गरेर हासिल गर्न सकिने कुरा यही हो। यो व्यक्तिको व्यवहारमा आउने परिवर्तन होइन, यो धेरै बोल्ने वा थोरै बोल्ने कुरा होइन, न त यो व्यक्तिको काम गराइको कुरा नै हो। बरु, यो त व्यक्तिको बोलीवचन र कार्यहरू, उसका सोचाइ र विचारहरू, र उसका महत्त्वाकाङ्क्षा र चाहनाहरूपछाडिको नियतमा आउने परिवर्तन हो। भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरूमा र गलत नकारात्मक कुराहरूमा पर्ने सबथोक जराबाटै परिवर्तन गरिनुपर्छ, ताकि यो सत्यताअनुरूप हुन सकोस्। यदि कसैले स्वभाव परिवर्तन हासिल गर्नु छ भने, उसले शैतानको स्वभावको सार छर्लङ्गै देख्न सक्नुपर्छ। यदि तैँले छली स्वभावको सार छर्लङ्गै देख्न सक्छस्, त्यो शैतानको स्वभाव र दियाबलसहरूको अनुहार हो भनेर बुझ्न सक्छस् भने, यदि तैँले शैतानलाई घृणा गर्न र दियाबलसहरूलाई त्याग्न सक्छस् भने, तँलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न सजिलो हुनेछ। यदि तँलाई तँभित्रै छली स्थिति छ भन्ने थाहा छैन भने, यदि तैँले छली स्वभावको प्रकटीकरण चिन्दैनस् भने, तैँले यसलाई समाधान गर्न कसरी सत्यता खोजी गर्ने भनेर जान्नेछैनस्, र तँलाई आफ्नो छली स्वभाव परिवर्तन गर्न गाह्रो हुनेछ। तैँले सुरुमा तँमा के कुरा प्रकट हुन्छ, र त्यो कुन प्रकारको भ्रष्ट स्वभाव हो भनेर चिन्नैपर्छ। यदि तैँले प्रकट गर्ने कुरा एउटा छली स्वभाव हो भने, के तैँले हृदयमा त्यसलाई घृणा गर्नेछस्? अनि यदि घृणा गर्छस् भने, तँ कसरी परिवर्तन हुनुपर्छ? तैँले तेरा छली नियतहरूलाई काटछाँट गर्नुपर्छ र तेरा गलत दृष्टिकोणहरू उल्टाउनुपर्छ। तैँले सुरुमा तेरा समस्याहरू समाधान गर्न यस मामिलाबारे सत्यता खोजी गर्नैपर्छ, इमानदार व्यक्ति बन्ने सत्यता वास्तविकतामा बिस्तारै प्रवेश गर्नुपर्छ, परमेश्वरले आज्ञा गर्नुभएको कुरा हासिल गर्न र उहाँलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ, र परमेश्वरलाई वा अरू मानिसहरूलाई, वा अलिक मूर्ख वा अज्ञानीहरूलाई समेत झुक्याउन प्रयास नगर्ने व्यक्ति बन्नुपर्छ। मूर्ख वा अज्ञानी व्यक्तिलाई झुक्याउन खोज्नु अत्यन्तै अनैतिक कार्य हो—यसले तँलाई दियाबलस बनाउँछ। इमानदार व्यक्ति बन्नका लागि, तैँले कसैलाई पनि झुक्याउनु वा ढाँट्नु हुँदैन। तर, दियाबलस र शैतानहरूका हकमा चाहिँ तैँले बुद्धि लगाउनैपर्छ; यदि त्यसो गरिनस् भने, तँलाई तिनीहरूले मूर्ख बनाउने र तैँले परमेश्वरलाई लज्जित पार्ने सम्भावना हुन्छ। बुद्धि लगाएर अनि सत्यता अभ्यास गरेर मात्रै तैँले शैतानलाई जित्न र लज्जित तुल्याउन सक्नेछस्। अज्ञानी, मूर्ख, बेकुफ, र जिद्दी मानिसहरूले कहिल्यै सत्यता बुझ्न सक्दैनन्; तिनीहरू त शैतानद्वारा बहकाइन, खेलाइन, र कुल्चीमिल्ची पारिन, र अन्त्यमा त्यसद्वारा निलिन मात्रै सक्छन्।
यसपछि, हामी चौथो प्रकारको स्वभावबारे कुरा गरौँ। भेलाहरूमा, कतिपय मानिसहरूले आफ्नो स्थितिबारे अलिअलि सङ्गति गर्न सक्छन्, तर जब समस्याहरूको सार अनि तिनीहरूका व्यक्तिगत मनसाय र विचारहरूको कुरा आउँछ, तब तिनीहरूले कुरा टार्छन्। जब मानिसहरूले तिनीहरूमा मनसाय र लक्ष्यहरू भएको खुलासा गर्छन्, तब तिनीहरूले शिर हल्लाएर सहमति जनाएजस्तो गर्छन्। तर जब मानिसहरूले कुनै पनि गहन कुराको खुलासा वा चिरफार गर्ने प्रयास गर्छन्, तब तिनीहरू त्यो सहन सक्दैनन्, र उठेर जान्छन्। महत्त्वपूर्ण क्षणमा तिनीहरू किन लुसुक्क भाग्छन्? (तिनीहरूले सत्यता स्विकार्दैनन् र तिनीहरू आफ्नै समस्याहरू सामना गर्न इच्छुक हुँदैनन्।) यो तिनीहरूको स्वभावको समस्या हो। तिनीहरू आफूभित्रका समस्याहरू समाधान गर्नका लागि सत्यता स्विकार्न अनिच्छुक हुन्छन्—के यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण छन् भन्ने हुँदैन र? कतिपय अगुवा र कामदारहरू कस्ता किसिमका प्रवचनहरू सुन्न सबैभन्दा कम इच्छुक हुन्छन्? (ख्रीष्टविरोधी र झूटा अगुवाहरूलाई खुट्ट्याउने सम्बन्धी प्रवचनहरू।) सही भन्यौ। तिनीहरू सोच्छन्, “ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूलाई खुट्ट्याउने सम्बन्धी, अनि फरिसीहरू सम्बन्धी यो सबै कुरा—तिमी किन यसबारेमा यति धेरै कुरा गर्छौ? तिमीले मलाई तनाव दिइरहेका छौ।” झूटा अगुवा र कामदारहरू खुट्ट्याउनेबारे कुरा हुनेछ भन्ने सुनेपछि, तिनीहरू बहाना बनाएर हिँडिहाल्छन्। यहाँ “हिँडिहाल्छन्” भन्नुको अर्थ के हो? यसले लुसुक्क भाग्नु, र लुक्नु जनाउँछ। तिनीहरू किन लुक्ने प्रयास गर्छन्? अरू मानिस तथ्य बोलिरहेका हुन्छन्, त्यसैले तिनीहरूले सुन्नुपर्छ। त्यसो गर्दा तिनीहरूलाई नै फाइदा हुन्छ। यदि तिनीहरूलाई कतिपय वचन कठोर लाग्छन् र तिनीहरू तिनलाई स्विकार्न सक्दैनन् भने, तिनीहरूले सुरुमा तिनलाई टिपोट गरे हुन्छ; पछि, तिनीहरूले ती कुराहरूमाथि बारम्बार विचार गर्नुपर्छ, तिनलाई बिस्तारै ग्रहण गर्नुपर्छ, र क्रमिक रूपमा परिवर्तन हुनुपर्छ। यसरी अभ्यास गर्नु धेरै राम्रो होइन र? त्यसोभए, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने बारेमा कुरा हुनेछ भन्ने सुन्दा, तिनीहरू किन लुक्छन् त? तिनीहरूलाई न्यायका यी वचनहरू अत्यन्तै कठोर र अप्रिय लाग्छन्, त्यसैले तिनीहरूभित्र प्रतिरोध र विरोधी भावना विकास हुन्छ। तिनीहरूले मनमनै भन्छन्, “म ख्रीष्टविरोधी वा झूटो अगुवा होइन—किन मेरो बारेमा बोलेको बोल्यै गरेको? किन अरू मानिसहरूका बारेमा कुरा नगरेको? दुष्ट मानिसहरूलाई खुट्ट्याउनेबारे केही भन, मेरो बारेमा कुरा नगर!” तिनीहरू तर्किन्छन् र विरोधी भावना राख्छन्। यो कस्तो स्वभाव हो? यदि तिनीहरू सत्यता स्विकार्न अनिच्छुक छन्, र सधैँ तर्क गरिरहेका र आफ्नै बचाउ गर्न खोजिरहेका हुन्छन् भने, के यहाँ भ्रष्ट स्वभावको समस्या छैन र? यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। अगुवा र कामदारहरूमा यस्तो स्थिति हुन्छ, त्यसोभए साधारण दाजुभाइ-दिदीबहिनीहरूमा चाहिँ यस्तो हुन्छ कि हुँदैन? (तिनीहरूमा पनि हुन्छ।) सुरुमा भेट्दा, सबै जना अत्यन्तै प्रेमिला हुन्छन् र केही शब्द र धर्मसिद्धान्तहरू भन्न पाउँदा अत्यन्तै खुसी हुन्छन्। तिनीहरू सबै जना सत्यतालाई प्रेम गर्नेजस्ता देखिन्छन्। तर व्यक्तिगत समस्या र वास्तविक कठिनाइहरूको कुरा आउँदा, विशेषगरी जब सत्यता सिद्धान्तहरू संलग्न हुन्छन्, तब धेरै मानिसहरूको मुखमा बुजो लाग्छ। उदाहरणका लागि, कतिपय मानिसहरू निरन्तर विवाहद्वारा बाधित हुन्छन्। तिनीहरू कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन अनिच्छुक बन्छन्, र विवाह नै तिनीहरूको सबैभन्दा ठूलो बाधा र बोझ बन्छ। भेलाहरूमा, जब सबैले यो स्थितिबारे सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरू अरूले सङ्गतिमा बोलेका वचनहरूलाई आफूसँग तुलना गर्छन् र आफ्नो बारेमा कुरा गरिँदै रहेछ भन्ने महसुस गर्छन्। तिनीहरू भन्छन्, “तपाईँहरूले सत्यताबारे सङ्गति गर्नुमा मलाई कुनै समस्या छैन, तर किन सधैँ मेरा समस्याहरूको कुरा उठाउनुहुन्छ? के तपाईँहरूसँग कुनै समस्या छैन?” यो कस्तो स्वभाव हो? जब तिमीहरू सत्यताबारे सङ्गति गर्न भेला हुन्छौ, तब तिमीहरूले वास्तविक समस्याहरूको चिरफार गर्नुपर्छ र सबैलाई यी समस्याहरूबारे आफ्नो बुझाइ बताउन दिनुपर्छ; त्यसपछि मात्रै तिमीहरूले आफूलाई चिन्न र आफ्ना समस्याहरू समाधान गर्न सक्नेछौ। मानिसहरूले किन यो कुरा स्विकार्न सक्दैनन्? मानिसहरूले काटछाँट स्विकार्न नसक्नु, र सत्यता स्विकार्न नसक्नु कस्तो स्वभाव हो? के तिमीहरूले यसलाई स्पष्ट रूपमा खुट्ट्याउनुपर्दैन र? यी सबै सत्यताप्रति वितृष्ण हुने स्वभावका प्रकटीकरणहरू हुन्—समस्याको सार नै यही हो। जब मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तब तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ—अनि यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, के तिनीहरूको भ्रष्ट स्वभावको समस्या समाधान गर्न सकिन्छ? (सकिँदैन।) त्यसोभए के सत्यता स्विकार्न नसक्ने यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ? के त्यस्ताहरूलाई परमेश्वरले मुक्ति दिन सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। के सत्यता नस्विकार्ने मानिसहरूले परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्न सक्छन्? अवश्य नै सक्दैनन्। परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सत्यता स्विकार्न सक्नु हो। सत्यता स्विकार्न नसक्ने मानिसहरूले परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्दै गर्दैनन्। के त्यस्ता मानिसहरू प्रवचनको बेला स्थिर भएर बस्न सक्छन्? के तिनीहरूले कुनै कुरा प्राप्त गर्न सक्छन्? सक्दैनन्। यस्तो किन हुन्छ भने प्रवचनहरूले मानिसहरूका विभिन्न भ्रष्ट स्थितिहरू खुलासा गर्छन्। परमेश्वरका वचनहरूले गरेको चिरफारमार्फत, मानिसहरूले ज्ञान प्राप्त गर्छन्, र त्यसपछि अभ्यासका सिद्धान्तहरूमाथि सङ्गति गरेर, तिनीहरूलाई अभ्यासको मार्ग प्रदान गरिन्छ, र यसरी प्रभाव हासिल हुन्छ। जब यस्ता मानिसहरूले खुलासा भइरहेको स्थिति तिनीहरूका आफ्नै समस्याहरूसँग सम्बन्धित छ भन्ने सुन्छन्, तब तिनीहरूको सरमले तिनीहरूलाई क्रोधित तुल्याउँछ, र तिनीहरू उठेर भेलाबाट हिँडिहाल्न पनि सक्छन्। तिनीहरू हिँडिहालेनन् भने पनि, तिनीहरू भित्रभित्रै सन्किन सक्छन्। तिनीहरूले यस्तो व्यवहार गर्ने भएपछि, तिनीहरू भेलामा सहभागी हुनु वा तिनीहरूले प्रवचन सुन्नुको कुनै अर्थ हुँदैन। के प्रवचनहरू सुन्नुको उद्देश्य सत्यता बुझ्नु र आफ्ना वास्तविक समस्याहरू समाधान गर्नु होइन र? यदि तँलाई सधैँ आफ्ना समस्याहरू खुलासा होलान् भन्ने डर लाग्छ भने, सधैँ आफ्नो बारेमा कुरा गरिएला भन्ने डर लाग्छ भने, परमेश्वरमा किन विश्वास गर्छस्? यदि तैँले आफ्नो आस्थामा सत्यता स्विकार्न सक्दैनस् भने, तैँले वास्तवमै परमेश्वरमा विश्वास गर्दैनस्। यदि तँ सधैँ खुलासा भइएला भनेर डराउँछस् भने, तैँले आफ्नो भ्रष्टताको समस्या कसरी समाधान गर्न सक्नेछस्? यदि तैँले आफ्नो भ्रष्टताको समस्या समाधान गर्न सक्दैनस् भने, परमेश्वरमा विश्वास गर्नुको के अर्थ? परमेश्वरमा आस्था राख्नुको उद्देश्य परमेश्वरको मुक्ति स्विकार्नु, तेरा भ्रष्ट स्वभावहरू फाल्नु, र साँचो मानवको रूपमा जिउनु हो, र यी सबै कुरा सत्यता स्विकारेर नै हासिल गर्न सकिन्छ। यदि तैँले सत्यता बिलकुलै स्विकार्न सक्दैनस्, वा काटछाँट र खुलासा हुन समेत मान्दैनस् भने, तैँले कुनै पनि हालतमा परमेश्वरको मुक्ति प्राप्त गर्दैनस्। त्यसकारण ल भन्: हरेक मण्डलीमा, सत्यता स्विकार्न सक्नेहरू कति जना हुन्छन्? सत्यता स्विकार्न नसक्नेहरू धेरै हुन्छन् कि थोरै? (धेरै।) के यो मण्डलीहरूमा रहेका परमेश्वरका चुनिएका मानिसहरूको साँचो अवस्था हो, के यो वास्तविक समस्या हो? जसले सत्यता स्विकार्न सक्दैनन् र काटछाँट हुन मान्दैनन् तिनीहरू सबै सत्यताप्रति वितृष्ण हुन्छन्। सत्यताप्रति वितृष्ण हुनु एक प्रकारको भ्रष्ट स्वभाव हो, र यदि यो स्वभाव परिवर्तन गर्न सकिएन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? अवश्यै सक्दैनन्। आज, धेरै मानिसहरूलाई सत्यता स्विकार्न गाह्रो परिरहेको छ। यो कुनै पनि हालतमा सजिलो छैन। केही मात्रामा परमेश्वरको न्याय, सजाय, परीक्षा र शोधन अनुभव गरेर मात्र मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरू चिन्न र तिनलाई समाधान गर्न सक्छन्। त्यसोभए तिमीहरू के भन्छौ: मानिसहरूले काटछाँट स्विकार्न नसक्नु, तिनीहरूले परमेश्वरको वचनसँग वा प्रवचनको बेला खुलासा गरिएका स्थितिहरूसँग आफूलाई तुलना गर्न नसक्नु कस्तो स्वभाव हो? (सत्यताप्रति वितृष्ण हुने स्वभाव।) यो चौथो भ्रष्ट स्वभाव हो: सत्यताप्रति वितृष्ण हुने स्वभाव। तिनीहरू कति वितृष्ण हुन्छन्? (तिनीहरू परमेश्वरका वचनहरू पढ्ने, वा प्रवचनहरू सुन्ने इच्छा गर्दैनन्, र सत्यता सङ्गति गर्ने इच्छा गर्दैनन्।) सबैभन्दा स्पष्ट प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, जब कसैले “तपाईँ साँच्चै परमेश्वरमा विश्वास गर्नुहुन्छ। तपाईँले कर्तव्य निर्वाह गर्न परिवार र करियर छोड्नुभएको छ, र विगत केही वर्षमा तपाईँले धेरै कष्ट भोग्नुभएको र धेरै मूल्य चुकाउनुभएको छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई आशिष् दिनुहुन्छ। परमेश्वरको वचनले भन्छ कि इमानदारीका साथ परमेश्वरप्रति आफूलाई समर्पित गर्नेहरूले धेरै आशिष् पाउँछन्” भनेर भन्छ, तब तैँले आमेन भनेर त्यस्ता सत्यताहरू स्विकार्छस्। तर, जब त्यो व्यक्तिले “तर तपाईँले सत्यताका लागि मेहनत गरिरहनुपर्छ! यदि मानिसहरूले आफूले गर्ने कार्यमा सधैँ मनसायहरू राखेका हुन्छन्, र सधैँ आफ्नै अभिप्रायहरू अनुसार अनियन्त्रित व्यवहार गर्छन् भने, तिनीहरूले ढिलोचाँडो परमेश्वरलाई चिढ्याउनेछन् र उहाँको घृणा पाउनेछन्” भनेर भन्छ, जब उसले यस्तै केही भन्छ, तब तैँले त्यसलाई स्विकार्न सक्दैनस्। सत्यता सङ्गति गरिएको सुनेपछि, तैँले त्यो स्विकार्न नसक्ने मात्रै होइन, तँ रिसाउँछस्, र तैँले मनमनै यस्तो प्रतिवादसमेत गर्छस्: “तिमीहरू सत्यता सङ्गति गरेरै दिन बिताउँछौ, तर मैले तिमीहरूमध्ये कोही पनि स्वर्ग गएको देखेको छैन।” यो कस्तो स्वभाव हो? (सत्यताप्रति वितृष्ण हुनु।) जब बोलेको कुरा व्यवहारमा उतार्ने बेला आउँछ, जब मानिसहरू तँसँग गम्भीर हुन्छन्, तब तँमा अत्यन्तै धेरै विकर्षण, अधैर्यता, र प्रतिरोध देखिन्छ। यो सत्यताप्रति वितृष्ण हुनु हो। अनि सत्यताप्रति वितृष्ण हुने यो स्वभाव मुख्य रूपमा कसरी प्रकट हुन्छ? काटछाँट स्विकार्न नमान्ने रूपमा। काटछाँट नस्विकार्नु भनेको सत्यताप्रति वितृष्ण स्वभावले देखाउने एक प्रकारको स्थिति हो। आफूलाई काटछाँट गरिँदा, यी मानिसहरूले हृदयभित्र विशेष प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “म यो सुन्न चाहन्नँ! म यो सुन्न चाहन्नँ!” वा, “अरू मानिसहरूलाई चाहिँ किन काटछाँट नगरेको? किन मलाई नै गरेको?” सत्यताप्रति वितृष्ण हुनुको अर्थ के हो? जब कुनै व्यक्ति सकारात्मक कुराहरूसँग, सत्यतासँग, परमेश्वरले अह्राउनुभएका कुराहरूसँग, वा परमेश्वरका अभिप्रायसँग जोडिएका कुनै पनि कुराप्रति अनिच्छुक हुन्छ त्यो नै सत्यताप्रति वितृष्ण हुनु हो। कहिलेकाहीँ तिनीहरू यी कुराहरूबाट विकर्षित हुन्छन्; कहिलेकाहीँ तिनीहरू यी कुरालाई बेवास्ता गर्छन्; कहिलेकाहीँ तिनीहरू अनादरपूर्ण र उदासीन मनोवृत्ति अपनाउँछन्, यी कुरालाई गम्भीर रूपमा लिँदैनन्, तिनलाई झाराटारुवा रूपमा लिन्छन् र वास्ता गर्दैनन्; वा तिनीहरूले पूर्ण रूपमा जिम्मेवारीविहीन मनोवृत्ति प्रयोग गरेर तिनलाई सम्हाल्छन्। सत्यताप्रति वितृष्ण हुनुको प्रमुख प्रकटीकरण भनेको मानिसहरूले सत्यता सुन्दा विकर्षित महसुस गर्नु मात्रै होइन। त्यस्ता मानिसहरू सकारात्मक कुराहरूबाट पनि विकर्षित महसुस गर्छन्। तिनीहरूले अलिकति सत्यता बुझे पनि, तिनीहरू त्यो अभ्यास गर्न अनिच्छुक हुन्छन्, र त्यो अभ्यास गर्नुपर्ने बेलामा भाग्न वा पछि हट्न रोज्छन्। यसरी, तिनीहरूले गर्ने हरेक कुराको सत्यतासँग सम्बन्ध हुँदैन। कतिपय मानिसले भेलाहरूमा सङ्गति गर्दा, तिनीहरू निकै जोसिला देखिन्छन्, तिनीहरू अरूलाई भ्रमित पार्न र आफ्नो पक्षमा तान्नका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्न र ठूला-ठूला अभिव्यक्ति दिन मन पराउँछन्। यसो गर्दा तिनीहरूको अनुहार रातो हुन्छ, तिनीहरू ऊर्जाले भरिपूर्ण हुन्छन्, र उच्च मनोबलमा हुन्छन्, अनि तिनीहरू अनन्त रूपमा बोलिरहन्छन्। यसैबीच, अरू चाहिँ बिहानदेखि बेलुकासम्म आस्थाका मामलाहरूमा व्यस्त रहन्छन्, प्रार्थना गर्छन्, परमेश्वरका वचनहरू पढ्छन्, भजनहरू सुन्छन्, टिपोटहरू लिन्छन्, हरेक दिन निकै व्यस्त देखिन्छन्, र तिनीहरू बिहानदेखि बेलुकासम्म कर्तव्यहरूमा पनि व्यस्त हुन्छन्। के यस्ता मानिसहरूले साँच्चै नै सत्यतालाई प्रेम गर्छन्? के तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुँदैन? तिनीहरूको साँचो स्थिति कहिले देख्न सकिन्छ? (सत्यता अभ्यास गर्ने समयमा, तिनीहरू भाग्छन्, र तिनीहरू काटछाँट स्वीकार गर्न इच्छुक हुँदैनन्।) के यो तिनीहरूले सुनेको कुरा नबुझेको कारणले हुन सक्छ कि तिनीहरूले सत्यता नबुझेको कारण तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छन्? उत्तर यीमध्ये कुनै पनि होइन। तिनीहरू आफ्नो प्रकृतिद्वारा चल्छन्। यो स्वभावको समस्या हो। यी मानिसहरूलाई आफ्नो हृदयमा परमेश्वरका वचनहरू सत्यता हुन्, ती सकारात्मक कुरा हुन्, अनि सत्यता अभ्यास गर्दा व्यक्तिको स्वभावमा परिवर्तनहरू आउन सक्छन् र यसले परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ—तर तिनीहरूले ती कुरा स्वीकार वा अभ्यास नै गर्दैनन्। यो सत्यताप्रति वितृष्ण हुनु हो। तिमीहरूले कसमा सत्यताप्रति वितृष्णा हुने स्वभाव देखेका छौ? (अविश्वासीहरूमा।) अविश्वासीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यो अत्यन्तै स्पष्ट छ। परमेश्वरसँग त्यस्ता मानिसहरूलाई मुक्ति दिने कुनै उपाय हुँदैन। त्यसकारण परमेश्वरका विश्वासीहरूमा, तिमीहरूले के-कस्ता कुराहरूमा मानिसहरू सत्यताप्रति वितृष्ण भएको देखेका छौ? सायद तैँले तिनीहरूसँग सत्यतामाथि सङ्गति गर्दा, तिनीहरू उठेर हिँडेनन् होला, र सङ्गतिले तिनीहरूका कठिनाइ र समस्याहरूलाई समेट्दा, तिनीहरूले सही रूपमा त्यसको सामना गरे होलान्—तैपनि तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। त्यो कहाँ देख्न सकिन्छ? (तिनीहरूले प्रायजसो प्रवचनहरू सुनिरहन्छन्, तर तिनीहरूले सत्यता अभ्यास गर्दैनन्।) सत्यता अभ्यास नगर्ने मानिसहरूमा अवश्यै सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। कतिपय मानिसहरूले कहिलेकाहीँ थोरै सत्यता अभ्यास गर्न सक्छन्, त्यसोभए के तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ? सत्यता अभ्यास गर्नेहरूमा पनि त्यस्तो स्वभाव हुन्छ, यति हो, त्यसको मात्रा फरक-फरक हुन्छ। तैँले सत्यता अभ्यास गर्न सक्नुको अर्थ तँमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भन्ने हुँदैन। सत्यता अभ्यास गर्दैमा तेरो जीवन स्वभाव तुरुन्तै बदलिसक्यो भन्ने हुँदैन—त्यस्तो हुँदैन। तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नैपर्छ, र तैँले जीवन स्वभावमा परिवर्तन हासिल गर्ने एउटै उपाय यही हो। एक पटक सत्यता अभ्यास गर्दैमा त्यसको अर्थ तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् भन्ने हुँदैन। तैँले एउटा क्षेत्रमा सत्यता अभ्यास गर्न सक्छस्, तर अरू क्षेत्रमा पनि सत्यता अभ्यास गर्न सक्छस् भन्ने हुँदैन। प्रसङ्ग र कारणहरू फरक-फरक हुन्छन्, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरा भ्रष्ट स्वभावहरू विद्यमान रहेका हुन्छन्, र त्यो नै समस्याको जड हो। त्यसैले, व्यक्तिको स्वभाव परिवर्तन भएपछि, सत्यता अभ्यास गर्ने कुरामा उसका सबै कठिनाइ, साथै त्यो अभ्यास नगर्नुमा उसका बहाना र कारणहरू—यी सबै समस्या समाधान हुन्छन्, साथै उसका सबै विद्रोहीपन, खोट, र त्रुटि पनि हल हुन्छन्। यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिनाइ हुनेछ, र तिनीहरूले सधैँ कारण र बहानाहरू पाइरहनेछन्। यदि तँ सबै कुरामा सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन सक्ने बन्न चाहन्छस् भने, पहिले तेरो स्वभावमा परिवर्तन आउनैपर्छ। त्यसपछि मात्रै तैँले जरैदेखि समस्याहरू समाधान गर्न सक्नेछस्।
सत्यताप्रति वितृष्ण हुने स्वभाव मुख्य रूपमा केसँग सम्बन्धित छ? सुरुमा हामी एक प्रकारको स्थितिबारे छलफल गरौँ। कतिपय मानिसहरूलाई प्रवचनहरू सुन्ने ठूलो रुचि हुन्छ, र तिनीहरूले सत्यताको सङ्गति जति धेरै सुन्छन्, तिनीहरूको हृदय त्यति नै उज्यालो हुन्छ र तिनीहरू त्यति नै हर्षित हुन्छन्। तिनीहरूमा सकारात्मकता र सक्रियताको मनोवृत्ति हुन्छ। के यसले तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भन्ने प्रमाणित गर्छ? (गर्दैन।) उदाहरणका लागि, कतिपय सात-आठ वर्षका बालबच्चाहरू परमेश्वरमाथिको आस्थाबारे सुन्दा उत्सुक हुन्छन्, र तिनीहरू सधैँ आमाबुबासँगै परमेश्वरको वचन पढ्ने र भेलाहरूमा जाने गर्छन्, र कतिपय मानिसहरूले भन्छन्, “यो बच्चामा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन, ऊ निकै चलाख छ, ऊ परमेश्वरमा विश्वास गर्नै जन्मेको हो, र उसलाई परमेश्वरले चुन्नुभएको हो।” तिनीहरूलाई परमेश्वरले नै चुन्नुभएको होला, तर यी शब्दहरू केही मात्रामा मात्र साँचो हुन्। किनभने तिनीहरू अझै सानै छन्, र तिनीहरूको पछ्याएको दिशा र जीवनका उद्देश्यहरूले आकार लिन बाँकी नै छ। जब जीवन र समाजप्रतिको तिनीहरूको दृष्टिकोणले आकार लिन बाँकी नै हुन्छ, तब तिनीहरूको कलिलो आत्माले सकारात्मक कुराहरूलाई प्रेम गर्छन् भनेर त भन्न सकिन्छ, तर तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भनेर भन्न सकिँदैन। म किन यसो भन्दै छु? तिनीहरू सानै उमेरका हुन्छन्। तिनीहरूको मानवता अझै अपरिपक्व नै हुन्छ, तिनीहरूमा अनुभवको कमी हुन्छ, तिनीहरूको ज्ञानको दायरा सीमित हुन्छ, र तिनीहरूले सत्यता भनेको के हो भनेर बिलकुलै बुझेका हुँदैनन्। तिनीहरूले सकारात्मक कुराहरू मन पराएका मात्र हुन्। तिनीहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्न मिल्दैन, तिनीहरूमा सत्यता वास्तविकता छ भनेर त झन् भन्नै मिल्दैन। यति मात्र होइन, बालबालिकाहरूसँग कुनै अनुभव हुँदैन त्यसकारण तिनीहरूको हृदयमा के लुकेको छ, र तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा कसैले देख्न सक्दैन। तिनीहरूले परमेश्वरमाथिको आस्थामा र प्रवचनहरू सुन्नमा रुचि देखाए भन्दैमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् भनेर मानिसहरूले निर्धारित गरिहाल्छन्—जुन अज्ञानता र मूर्खताको प्रकटीकरण हो, किनभने बालबालिकाहरूसँग सत्यता के हो भन्ने ज्ञान नै हुँदैन, त्यसकारण तिनीहरूलाई सत्यता मन पर्छ कि पर्दैन वा तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् कि हुँदैनन् भन्ने कुरा उल्लेख समेत गर्न सकिँदैन। सत्यताप्रति वितृष्ण हुनुले मुख्यतः सत्यता र सकारात्मक कुराहरूप्रति रुचि नहुनु र तीप्रति विरोधी भावना हुनुलाई जनाउँछ। सत्यताप्रति वितृष्ण हुने अवस्था तब हुन्छ, जब मानिसहरूले सत्यता बुझ्न सकेर पनि, सकारात्मक कुराहरू के हुन् भन्ने जानेर पनि, सत्यता र सकारात्मक कुराहरूलाई प्रतिरोधी, झाराटारुवा, अरुचिकर, जिम्मेवारी टार्न खोज्ने, र उदासीन मनोवृत्ति र स्थितिले हेर्छन्। यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। के यस्तो स्वभाव सबैमा हुन्छ? कतिपय मानिस भन्छन्, “मलाई परमेश्वरको वचन नै सत्यता हो भन्ने थाहा भए पनि, मलाई अझै यो मन पर्दैन। मलाई सत्यतामा रुचि लाग्दैन। मलाई सत्यता स्विकार्न लगाउनु भनेको साँच्चै मलाई अप्ठ्यारो परिस्थितिमा पार्नु हो।” यो कस्तो स्वभाव हो? यो सत्यताप्रति वितृष्ण स्वभाव हो। तिनीहरूभित्र एउटा शैतानी स्वभाव हुन्छ जसले तिनीहरूलाई सत्यता स्विकार्न दिँदैन। सत्यता स्वीकार नगर्नुका विशिष्ट प्रकटीकरणहरू के-के छन्? कतिले भन्छन्, “म सबै सत्यता बुझ्छु, तर यति हो कि म तिनलाई अभ्यास गर्नै सक्दिनँ।” यसले तिनीहरूलाई सत्यताप्रति वितृष्ण मानिसका रूपमा प्रकाश गर्छ। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, त्यसकारण तिनीहरू कुनै पनि सत्यता अभ्यास गर्न सक्दैनन्। कतिपय मानिसहरू भन्छन्, “मैले यति धेरै पैसा कमाउन सक्नुमाथि परमेश्वरकै सार्वभौमिकता छ। यो उहाँको आशिष् हो। परमेश्वरले मसँग अति राम्रो व्यवहार गर्नुभएको छ, परमेश्वरले मलाई धेरै धनसम्पत्ति दिनुभएको छ। मेरो पूरै परिवारले राम्रो लाउन र खान पाएका छन्, र हामीलाई न त लाउनको खाँचो छ न त खानको।” परमेश्वरले आशिष् दिनुभएको देखेर, यी मानिसहरू हृदयमा परमेश्वरलाई धन्यवाद दिन्छन्, किनकि तिनीहरूलाई यो सबै कुरामाथि परमेश्वरले सार्वभौमिकता राख्नुभएको छ, र यदि तिनीहरूलाई परमेश्वरले आशिष् नदिनुभएको भए—यदि तिनीहरू आफ्नै सीपमा भर परेका भए—तिनीहरूले अवश्यै यो सबै पैसा कमाएका हुँदैनथे भन्ने थाहा हुन्छ। तिनीहरूले हृदयमा साँच्चिकै सोच्ने, र तिनीहरूलाई साँच्चिकै थाहा भएको कुरा यही हो, अनि तिनीहरूले साँच्चै नै परमेश्वरलाई धन्यवाद दिन्छन्। तर एक दिन तिनीहरूको व्यापार असफल हुन्छ, तिनीहरू कठिन घडीमा पुग्छन्, र तिनीहरू गरिबीमा फस्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू सहजतामा लिप्त हुन्छन्, कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनेर सोच्दैनन्, अनि आफ्नो सारा समय सम्पत्तिको पछि लाग्नेबारे सोचेर, पैसाको दास बनेर बिताउँछन्, जसले तिनीहरूको कर्तव्य निर्वाहमा असर पार्छ, त्यसकारण परमेश्वरले तिनीहरूबाट यो कुरा खोस्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई धेरै आशिष् दिनुभएको, र धेरै थोक दिनुभएको कुरा तिनीहरूलाई हृदयमा थाहा हुन्छ, तैपनि तिनीहरूमा परमेश्वरको प्रेमको प्रतिदान गर्ने कुनै चाहना हुँदैन, तिनीहरू बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा राख्दैनन्, र तिनीहरू कायर बन्छन् र पक्राउ पर्छु भनेर निरन्तर डर मान्छन्, र तिनीहरूलाई यी सबै सम्पत्ति र चैन गुमाउँछु भन्ने डर हुन्छ, र परिणामस्वरूप, परमेश्वरले तिनीहरूबाट यी कुराहरू खोसेर लिनुहुन्छ। तिनीहरूको हृदय ऐनाझैँ स्पष्ट हुन्छ, तिनीहरूलाई परमेश्वरले तिनीहरूबाट यी कुराहरू लिनुभएको हो, र तिनीहरूलाई परमेश्वरले अनुशासित गरिरहनुभएको छ भन्ने थाहा हुन्छ, त्यसकारण, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्छन् र भन्छन्, “हे परमेश्वर! तपाईँले मलाई एक पटक आशिष् दिनुभयो, त्यसकारण तपाईँले मलाई दोस्रो पटक पनि आशिष् दिन सक्नुहुन्छ। तपाईँ सदाकालदेखि सदासर्वदा अस्तित्वमा रहनुहुन्छ, त्यसैले मानवजातिसँग तपाईँका आशिष्हरू पनि रहिरहेका छन्। म तपाईँलाई धन्यवाद दिन्छु! जेसुकै भए पनि, तपाईँका आशिष्हरू र प्रतिज्ञा परिवर्तन हुनेछैनन्। यदि तपाईँले मबाट लिनुभयो भने, म अझै पनि समर्पित नै रहनेछु।” तर तिनीहरूले “समर्पित” शब्द उच्चारण गर्दा त्यसमा अठोट हुँदैन। तिनीहरू समर्पित हुन सक्छु भनी दाबी गर्छन्, तर पछि तिनीहरू मनन गर्छन्, र निरन्तर हृदयमा एउटा अप्रियताको आभास महसुस गरिरहन्छन्: “पहिले सबै कुरा कति राम्रो थियो। परमेश्वरले किन यो सबै लिनुभयो? के घरमै बसेर कर्तव्य पूरा गर्नु पनि बाहिर गएर कर्तव्य पूरा गर्नुजस्तै होइन र? मैले के कुरामा ढिलाइ गराइरहेको थिएँ र?” तिनीहरू सधैँ विगतका सम्झनामा डुबिरहेका हुन्छन्। परमेश्वरप्रति तिनीहरूमा एक किसिमको गुनासो र असन्तुष्टि हुन्छ, र तिनीहरू निरन्तर अवसादी महसुस गर्छन्। के अझै पनि तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्छ? तिनीहरूको हृदयमा त पैसा, सुखसुविधा र चैन, र खुसीका ती पलहरू मात्र हुन्छन्। तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन, उहाँ अब तिनीहरूको परमेश्वर रहनुहुन्न। “परमेश्वरले दिनुहुन्छ, र परमेश्वरले नै लानुहुन्छ” भन्ने कुरा सत्यता हो भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू “परमेश्वरले दिनुहुन्छ” भन्ने शब्दहरू मन पराउँछन् र “परमेश्वरले नै लानुहुन्छ” भन्ने शब्दहरूप्रति वितृष्ण हुन्छन्। तिनीहरू छानी-छानी सत्यता स्विकार्छन् भन्ने कुरा प्रस्टै छ। जब परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुन्छ, तब तिनीहरूले यसलाई सत्यताको रूपमा स्विकार्छन्—तर परमेश्वरले तिनीहरूबाट लिने बित्तिकै, तिनीहरूले यो कुरा स्विकार्न सक्दैनन्। तिनीहरूले परमेश्वरबाट यस्तो सार्वभौमिकता स्विकार्न सक्दैनन्, बरु तिनीहरू परमेश्वरका विरुद्धमा लाग्छन्, र मुरमुरिँदै बस्छन्। आफ्नो कर्तव्य निर्वाह गर्न लगाइँदा, तिनीहरू भन्छन्, “परमेश्वरले मलाई आशिष् र अनुग्रह दिनुभयो भने म कर्तव्य निर्वाह गर्नेछु। परमेश्वरका आशिष्हरू पाइनँ र मेरो परिवार यस्तो गरिबीको स्थितिमा रहन्छ भने, मैले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने? म कर्तव्य निर्वाह गर्न चाहन्नँ!” यो कस्तो स्वभाव हो? तिनीहरू हृदयमा परमेश्वरका आशिष्हरू, र उहाँले तिनीहरूलाई धेरै कुरा दिनुभएको व्यक्तिगत रूपमा अनुभव गर्छन्, तर परमेश्वरले तिनीहरूबाट ती कुरा लिनुहुँदा तिनीहरू त्यो स्विकार्न मान्दैनन्। किन मान्दैनन्? किनभने तिनीहरू धन र आरामदायी जीवन त्याग्न सक्दैनन्। तिनीहरूले यसबारेमा धेरै हल्लीखल्ली नगरे पनि, परमेश्वरसामु हात पसारेर नमागे पनि, र आफ्नै प्रयासहरूमा भर पर्दै पहिलेका आफ्ना सम्पत्तिहरू खोसिलिने प्रयास नगरे पनि, परमेश्वरको कदमप्रति तिनीहरू पहिल्यै निराश भइसकेका हुन्छन्, तिनीहरू स्वीकार गर्न पूर्ण असमर्थ हुन्छन् र यसो भन्छन्, “परमेश्वरले यस्तो व्यवहार गर्नु एकदमै संवेदनहीन कुरा हो। यो त बुझ्नै नसकिने कुरा हो। म कसरी परमेश्वरलाई विश्वास गरिरहन सकूँ? म अब उहाँलाई परमेश्वर भनेर स्विकार्न चाहन्नँ। यदि मैले उहाँ परमेश्वर हुनुहुन्छ भनेर स्विकार्दिनँ भने, उहाँ परमेश्वर हुनुहुन्न।” के यो एक प्रकारको स्वभाव हो? (हो।) शैतानसँग यस्तो स्वभाव हुन्छ, र शैतानले परमेश्वरलाई यसरी इन्कार गर्छ। यस्तो स्वभाव सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने स्वभाव हो। जब मानिसहरू यस हदसम्म सत्यताप्रति वितृष्ण हुन्छन्, यसले तिनीहरूलाई कहाँ पुर्याउँछ? यसले गर्दा तिनीहरू परमेश्वरका विरुद्धमा लाग्छन्, र जिद्दीपूर्वक अन्त्यसम्मै त्यसो गरिरहन्छन्—यसको अर्थ तिनीहरूको काम तमाम भयो भन्ने हुन्छ।
सत्यताप्रति वितृष्ण हुने स्वभावको प्रकृति कस्तो हुन्छ? सत्यताप्रति वितृष्ण मानिसहरूले सकारात्मक कुराहरू वा परमेश्वरले गर्नुहुने कुनै पनि कुराहरूलाई प्रेम गर्दैनन्। उदाहरणका लागि, आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामलाई नै लिऊँ: कसैले पनि यो काम स्विकार्न चाहँदैनन्। परमेश्वरले मानिसहरूलाई खुलासा गर्ने, दोषी ठहराउने, सजाय दिने, जाँच्ने, शोधन गर्ने, ताडना दिने, र अनुशासित गर्नेबारे प्रवचनहरू सुन्न थोरै मानिसहरू मात्रै इच्छुक हुन्छन्, तर तिनीहरू परमेश्वरले मानिसहरूलाई आशिष्, अर्ती, र प्रतिज्ञाहरू दिनुभएको बारेमा सुन्दा भने खुसी हुन्छन्—यी कुराहरू कसैले पनि इन्कार गर्दैनन्। यो त अनुग्रहको युगको कुराजस्तै भयो, जुन बेला परमेश्वरले मानिसलाई क्षमा दिने, माफी दिने, आशिष् दिने र अनुग्रह दिने काम गर्नुभयो, अनि उहाँले बिरामीहरू निको पार्नुभयो र पिशाचहरू धपाउनुभयो, र मानिसहरूलाई प्रतिज्ञाहरू दिनुभयो—मानिसहरू ती सबै कुरा स्विकार्न तयार थिए, र येशूले मानिसहरूलाई गर्नुभएको महान् प्रेमका लागि सबैले उहाँको प्रशंसा गरे। तर अहिले राज्यको युग आइपुगेको छ र परमेश्वरले न्यायको काम गर्नुहुन्छ, र धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ, तैपनि कसैले वास्ता गर्दैनन्। परमेश्वरले मानिसहरूलाई जति खुलासा र न्याय गर्नुभए पनि, तिनीहरूले त्यो स्विकार्दैनन्, बरु मनमनै यसोसमेत भन्छन्, “के परमेश्वरले यस्तो गर्न सक्नुहुन्छ? के परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्न र?” यदि तिनीहरूलाई काटछाँट गरियो, ताडना दिइयो, वा अनुशासनमा राखियो भने, तिनीहरूमा अझै धेरै धारणाहरू पलाउँछन्, र तिनीहरू मनमनै भन्छन्, “यो कसरी परमेश्वरको प्रेम भयो? न्याय र निन्दाका यी वचनहरू पटक्कै प्रेमपूर्ण छैनन्, म तिनलाई स्विकार्दिनँ। म त्यति मूर्ख छैनँ!” यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। सत्यता सुनेपछि, कतिपय मानिसहरू भन्छन्, “कस्तो सत्यता? यो त सिद्धान्त मात्र हो। यो अत्यन्तै महान्, अत्यन्तै शक्तिशाली, अत्यन्तै पवित्र देखिन्छ—तर यी त राम्रा सुनिने वचनहरू मात्रै हुन्।” के यो सत्यताप्रति वितृष्ण हुने स्वभाव होइन र? यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। के तिमीहरूमा यस्तो स्वभाव छ? (छ।) तिमीहरू सिकार हुने सम्भावना बढी छ, तिमीहरूले सबैभन्दा आम रूपमा देखिरहन्छौ, र सबैभन्दा गहिरो रूपमा बुझेका छौ भनेर मैले भर्खरै उल्लेख गरेको स्थिति के हो? (आफ्नो कर्तव्य निभाउँदा कठिनाइ सामना गर्न नचाहनु, परमेश्वरको न्याय र सजायमा पर्न नचाहनु, र सबै कुरा सहजतापूर्वक अघि बढोस् भन्ने चाहनु।) परमेश्वरको सार्वभौमिकतालाई इन्कार गर्नु, परमेश्वरको अनुशासन र ताडनालाई इन्कार गर्नु, परमेश्वरले यसमा राम्रो गरिरहनुभएको छ भन्ने स्पष्ट थाहा हुँदा पनि हृदयमा प्रतिरोध गर्नु: यो एक प्रकारको प्रकटीकरण हो। अरू के छ? (हामी कर्तव्य निर्वाहमा प्रभावकारी भयौँ भने, खुसी हुनु, र प्रभावकारी भएनौँ भने, नकारात्मक र कमजोर बन्नु, र सक्रिय रूपमा सहकार्य गर्न नसक्नु।) यो कस्तो किसिमको प्रकटीकरण हो? (हठीपन।) तिमीहरूले यो प्रस्ट रूपमा थाहा पाउनुपर्छ। अन्योलमा परेर अन्धाधुन्ध नियमहरू लागु नगर। कहिलेकाहीँ, मानिसहरूको स्थिति अत्यन्तै जटिल हुन्छ; ती एक प्रकारका मात्रै हुँदैनन्, दुई-तीन वटा सँगै मिसिएका हुन्छन्। त्यसोभए तैँले यसलाई कसरी चित्रण गर्छस्? कहिलेकाहीँ, एउटा स्वभाव दुईवटा स्थितिमा, र कहिलेकाहीँ तीनवटा स्थितिमा प्रकट हुन्छ, तर यी स्थितिहरू फरक भए पनि, अन्ततः ती सबै एउटै स्वभावबाट आउँछन्। तिमीहरूले सत्यताप्रति वितृष्ण हुने यो स्वभाव बुझ्नैपर्छ, र सत्यताप्रति वितृष्ण हुने स्वभावका प्रकटीकरणहरू के-के हुन् भनेर जाँच्नुपर्छ। यसरी, तिमीहरूले सत्यताप्रति वितृष्ण हुने यो स्वभावलाई साँचो रूपमा बुझ्न सक्नेछौ। तँ सत्यताप्रति वितृष्ण छस्। कुनै कुरा सही हो भन्ने कुरा तँलाई राम्ररी थाहा छ—यो परमेश्वरका वचनहरू वा सत्यता सिद्धान्त नै हुनुपर्छ भन्ने छैन, र कहिलेकाहीँ यो सकारात्मक कुरा, सही कुरा, सही शब्द, र सही सुझाव पनि हुन सक्छ—तैपनि तँ अझै यसो भन्छस्, “यो सत्यता होइन, यी त केवल सही शब्दहरू हुन्। म सुन्न चाहन्नँ—म मानिसहरूका शब्दहरू सुन्दिनँ!” यो कस्तो स्वभाव हो? यसमा अहङ्कार, हठीपन, र सत्यताप्रति वितृष्ण हुने स्वभाव समावेश छ—यसमा यी सबै प्रकारका स्वभावहरू छन्। हरेक प्रकारको स्वभावले विभिन्न प्रकारका स्थितिहरू सिर्जना गर्न सक्छ। एउटा स्थिति विभिन्न प्रकारका फरक-फरक स्वभावहरूसँग सम्बन्धित हुन सक्छ। यी स्थितिहरू कस्तो स्वभावद्वारा सृजित हुन्छन् भन्नेबारे तँ स्पष्ट हुनुपर्छ। यसरी, तैँले विभिन्न प्रकारका भ्रष्ट स्वभावहरू खुट्ट्याउन सक्नेछस्।
हामीले भर्खरै सङ्गति गरेका चार प्रकारका भ्रष्ट स्वभावहरूमध्ये, मानिसहरूलाई मृत्युका लागि दोषी ठहर गर्न कुनै एक पनि पर्याप्त हुन्छ—के यसो भन्नु अत्योक्ति हुन्छ? (हुँदैन।) मानिसहरूका भ्रष्ट स्वभावहरू कसरी आउँछन्? ती सबै शैतानबाट आएका हुन्छन्। मानिसहरू शैतान, दियाबलसहरू, र चर्चित र प्रख्यात व्यक्तिहरूले छरेका हरकिसिमका झूटा शिक्षा र भ्रमहरूद्वारा भरिन्छन्, र यसरी यी विभिन्न भ्रष्ट स्वभावहरू देखा पर्छन्। यी स्वभावहरू सकारात्मक हुन्छन् कि नकारात्मक? (नकारात्मक।) यी नकारात्मक हुन्छन् भनेर तिमीहरूले कुन आधारमा भन्छौ? (सत्यताको आधारमा।) यी स्वभावहरूले सत्यता उल्लङ्घन गर्ने र परमेश्वरको प्रतिरोध गर्ने, अनि ती परमेश्वरको स्वभाव र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्योप्रति शत्रुवत् रूपमा विरोधी हुने भएकाले, यदि मानिसहरूमा यीमध्ये एउटा स्वभाव भेटियो भने, तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति बनिहाल्छन्। यदि कुनै व्यक्तिमा यी चारवटा स्वभावमध्ये सबै भेटियो भने, यो कष्टदायी हुन्छ र त्यो व्यक्ति परमेश्वरको शत्रु बनेको हुन्छ, र उसले निश्चित मृत्युको परिणाम भोग्छ। चाहे त्यो जुनसुकै स्वभाव होस्, यदि तैँले सत्यतालाई प्रयोग गरेर त्यसलाई जोखिस् भने, हरेक स्वभावले प्रकट गर्ने सार पूराको पूरा परमेश्वर विरुद्ध लक्षित, परमेश्वरको प्रतिरोधी, र परमेश्वरप्रति शत्रुवत् हुन्छ। त्यसकारण, यदि तेरो स्वभाव परिवर्तन भएन भने, तँ परमेश्वरसँग मिल्दो हुनेछैनस्, र तैँले सत्यतालाई घृणा गर्नेछस् र तँ परमेश्वरको शत्रु हुनेछस्।
यसपछि हामी पाँचौँ प्रकारको स्वभावबारे कुरा गरौँ। म तिमीहरूलाई एउटा उदाहरण दिन गइरहेको छु, र यो कस्तो प्रकारको स्वभाव हो भनेर तिमीहरूले पत्ता लगाउने कोसिस गर्न सक्छौ। मानौँ दुई जना मानिसहरू कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटा सिधा कुरा गर्ने खालको छ, र त्यसैले अर्को व्यक्ति चिढिन्छ। उसले मनमा “तिमी किन मेरो गौरवलाई यति धेरै चोट पुर्याइरहेका छौ? के म अरू मान्छेलाई मलाई हेप्ने अनुमति दिन्छु जस्तो लाग्यो?” भनेर सोचिरहेको हुन्छ, त्यसैले उसमा घृणा पैदा हुन्छ। वास्तवमा, यो समस्या समाधान गर्न सजिलो छ। यदि एउटा व्यक्तिले अर्को व्यक्तिलाई चोट पुर्याउने गरी केही कुरा भनेको छ भने, त्यस्तो बोल्ने व्यक्तिले माफी मागेमा, यो कुरै सकिन्छ। तर यदि चिढिएको पक्षले यो कुरालाई छोड्न सक्दैन र “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” भनेर सोच्छ भने, यो कस्तो स्वभाव हो? (दुर्भावना।) ठीक भन्यौ—यो दुर्भावना हो, र यो क्रूर स्वभाव भएको व्यक्ति हो। मण्डलीमा, कतिपय मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने हुनाले तिनीहरू काटछाँटमा पर्छन्। कुनै व्यक्तिलाई काटछाँट गर्दा, उसलाई प्रायजसो हप्काइन्छ र सम्भवतः गालीसमेत गरिन्छ। यसले निश्चय नै तिनीहरूलाई चिढ्याउँछ, र तिनीहरू बहाना खोज्न र मुख फर्काउन चाहन्छन्। तिनीहरू यस्ता कुराहरू बोल्छन्, “तपाईँले मलाई काटछाँट गर्दा भनेको कुरा सही भए पनि, तीमध्ये कतिपय कुरा अत्यन्तै आपत्तिजनक थिए, तपाईँले मलाई इज्जत गुमाउने तुल्याउनुभएको छ र मेरा भावनामा चोट पुर्याउनुभएको छ। मैले यतिका वर्ष परमेश्वरमा विश्वास गरेको छु। मैले केही पनि हासिल नगरेको भए पनि, मैले कष्ट सहेको छु। मलाई कसरी यस्तो व्यवहार गर्न मिल्छ? तपाईँले किन अरू कसैलाई काटछाँट गर्नुहुन्न? म यो स्विकार्न सक्दिनँ र म यो सहनेछैनँ!” यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यो भ्रष्ट स्वभाव गुनासो, अवज्ञा, र वैरभावमार्फत मात्रै प्रकट भइरहेको हुन्छ; यो चरम बिन्दुमा पुगिनसकेको भए पनि, यसले केही लक्षण देखाउन थालिसकेको छ, र यो प्रस्फुटन हुन लागेको बिन्दुमा पुग्न थालेको हुन्छ। यसलगत्तै तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू समर्पणकारी हुँदैनन्, तिनीहरू बेखुसी र अवज्ञाकारी महसुस गर्छन् र इबी साध्न थाल्छन्। तिनीहरूले विवाद गर्न र आफूलाई सही साबित गर्ने प्रयास गर्न थाल्छन्: “मानिसहरूलाई काटछाँट गर्दा, अगुवा र कामदारहरू सधैँ सही हुँदैनन्। तपाईँहरू सबैले यसलाई स्विकार्न सक्नुहुन्छ होला, तर म सक्दिनँ। तपाईँहरू मूर्ख र कायर भएकाले यसलाई स्विकार्न सक्नुभएको हो। म यो स्विकार्दिनँ। तर्क गरेर छिनोफानो गरौँ र को सही र को गलत रहेछ हेरौँ।” त्यसपछि मानिसहरूले तिनीहरूसित यसो भन्दै सङ्गति गर्छन्, “सही-गलत जे भए पनि, पहिलो कुरा तिमी समर्पित हुनैपर्छ। के तिमीले कर्तव्य निर्वाह गर्दा त्यसमा अलिकति पनि खोट नहुने सम्भावना हुन्छ र? के तिमीले सबै कुरा सही गर्छौ र? यदि तिमीले सबै कुरा सही नै गरे पनि, काटछाँटमा पर्नु तिम्रा लागि उपयोगी नै हुन्छ! हामीले सिद्धान्तहरूबारे तिमीसँग धेरै पटक सङ्गति गरेका छौँ, तर तिमीले कहिल्यै सुनेनौ र अन्धाधुन्ध आफूलाई जे मन लाग्यो त्यही गर्ने निर्णय गर्यौ, जसले गर्दा मण्डलीको काममा बाधा पुग्यो र ठूला घाटाहरू निम्तिए, त्यसकारण तिमीले कसरी काटछाँट सामना गर्न सक्दैनौ? शब्दहरू कठोर हुन सक्छन्, र सुन्दा गाह्रो लाग्न सक्छ, तर त्यो सामान्य हो, होइन र? त्यसकारण तिमीले केका बारेमा बहस गरिरहेका छौ? तिमी खराब कामकुरा गरिरहेका छौ, तर तिमी अरू मानिसलाई तिम्रो काटछाँट गर्न दिँदैनौ?” तर यो सुनेपछि, के तिनीहरूले यी शब्दहरू स्विकार्न सक्छन्? सक्दैनन्। तिनीहरू निरन्तर विवाद गर्ने र अवज्ञाकारी व्यवहार गर्ने कार्य मात्र गरिरहन्छन्। तिनीहरू कस्तो स्वभाव प्रकट गर्छन्? दानवीपन; यो क्रूर स्वभाव हो। तिनीहरूले वास्तवमा के भन्न खोजेका हुन्? “म अलिकति पनि चिढ्याइ सहँदिनँ। कसैले पनि मेरो टाउकोको एउटा केशसमेत छुने कोसिस गर्नु हुँदैन! मसित जोरी खोज्न सजिलो छैन भनेर यदि मैले तँलाई देखाएँ भने, तैँले भविष्यमा मलाई काटछाँट गर्ने आँट गर्नेछैनस्। त्यसपछि मैले जितेको हुनेछैन र?” यो कुरा कस्तो लाग्यो? तिनीहरूको स्वभाव खुलासा भएको छ, होइन र? यो एउटा क्रूर स्वभाव हो। क्रूर स्वभाव भएका मानिसहरू सत्यताप्रति वितृष्ण मात्रै हुँदैनन्—तिनीहरू सत्यतालाई घृणा गर्छन्। जब तिनीहरू काटछाँटमा पर्छन्, तब तिनीहरू कि त भाग्ने प्रयास गर्छन्, कि त त्यसलाई बेवास्ता गर्छन्, हृदयमा भयङ्कर घृणा महसुस गर्छन्। यो तिनीहरूले आफ्नो तर्क प्रस्तुत गर्ने कुरा मात्र होइन। त्यो तिनीहरूको मनोवृत्ति हुँदै होइन। तिनीहरू अवज्ञाकारी हुन्छन् र झगडा गर्छन्, र तिनीहरू कुनै चुडेलले जस्तो द्वन्द्व समेत सुरु गर्न खोज्छन्। तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “मलाई थाहा छ, तँ मलाई अपमान गर्न र जानीजानी लज्जित पार्न खोज्दै छस्, र मैले तेरो अगाडि विरोध गर्ने आँट नगरे पनि, म मौका खोजेर बदला लिने नै छु! के तँ मलाई काटछाँट गर्न र हेप्न चाहँदैनस् र? म सबैलाई मेरो पक्षमा ल्याउनेछु र तँ एक्लै हुनेछस्, त्यसपछि दुर्व्यवहारमा पर्नुको स्वाद चखाउनेछु!” तिनीहरूले हृदयमा यही कुरा सोचिरहेका हुन्छन्; तिनीहरूको क्रूर स्वभाव अन्ततः आफै प्रकट भएको हुन्छ। आफ्ना लक्ष्यहरू हासिल गर्न र द्वेष पोख्नका खातिर, तिनीहरू आफूलाई सही साबित गर्न र सबैलाई आफ्नो पक्षमा ल्याउनका लागि आफ्नो सारा शक्ति लगाएर विवाद गर्छन्। त्यसपछि मात्रै तिनीहरू खुसी हुन्छन् र आफूले बदला लिएरै छाडेको महसुस गर्छन्। यो दुर्भावपूर्ण कुरा हो, होइन र? यो क्रूर स्वभाव हो। काटछाँटमा पर्न बाँकी हुँदा, यस्ता मानिसहरू साना थुमाजस्तै हुन्छन्। जब तिनीहरू काटछाँटमा पर्छन्, वा जब तिनीहरूको वास्तविक सत्त्वको खुलासा हुन्छ, तब तिनीहरू तुरुन्तै थुमाबाट ब्वाँसोमा परिणत हुन्छन्, र तिनीहरूको ब्वाँसोको स्वभाव बाहिर निस्किन्छ। यो क्रूर स्वभाव हो, होइन र? (हो।) त्यसोभए धेरैजसो समय यो किन देखिँदैन त? (तिनीहरूको स्वार्थ खतरामा परेको हुँदैन।) ठीक भन्यौ, तिनीहरूलाई उक्साइएको हुँदैन र तिनीहरूको स्वार्थ खतरामा परेको हुँदैन। यो त नभोकाएको बेला ब्वाँसोले तँलाई नखाएजस्तै हो—के त्यस्तो बेला त्यो ब्वाँसो होइन भनेर भन्न सकिन्छ त? त्यसलाई ब्वाँसो भन्नका लागि त्यसले तँलाई खाने प्रयास नगरेसम्म पर्खन्छस् भने, धेरै ढिला भइसकेको हुनेछ, होइन र? यसले तँलाई खाने प्रयास नै गरेको छैन भने पनि, तँ सधैँ सतर्क हुनुपर्छ। ब्वाँसोले तँलाई खाएको छैन भन्दैमा त्यसले तँलाई खान चाहँदैन भन्ने हुँदैन, यति मात्र हो कि त्यो समय आएको छैन—अनि जब त्यो समय आउँछ, तब त्यसको ब्वाँसोको प्रकृतिले प्रहार गरिहाल्छ। काटछाँटमा परेपछि, हरप्रकारको व्यक्तिको खुलासा हुन्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “किन मलाई मात्रै काटछाँट गरिन्छ? किन सधैँ मलाई मात्रै ताकिन्छ? के तिनीहरू मलाई सजिलो निसाना ठान्छन्? म सजिलै जोरी खोज्न मिल्ने खालको व्यक्ति होइनँ!” यो कस्तो स्वभाव हो? काटछाँटमा पर्नेमा तिनीहरू मात्र कसरी हुन सक्छन्? वास्तवमा कुरा यस्तो हुँदैन। तिमीहरूमध्ये को चाहिँ काटछाँटमा परेका छैनौ र? तिमीहरू सबै परेका छौ। कहिलेकाहीँ अगुवा र कामदारहरू आफ्नो काममा स्वेच्छाचारी र लापरवाह हुन्छन्, अथवा तिनीहरू कार्य बन्दोबस्तअनुसार त्यो काम गर्दैनन्—तिनीहरूमध्ये धेरैजसो काटछाँटमा पर्छन्। मण्डलीको कामको रक्षा गर्न र मानिसहरूलाई आफ्नै मार्गमा लाग्नबाट रोक्न यसो गरिन्छ। यो कुनै विशेष व्यक्तिलाई निसाना बनाउन गरिएको होइन। तिनीहरूले भनेको कुरा स्पष्ट रूपमै तथ्यहरूलाई बङ्ग्याइएको हो, र यो क्रूर स्वभावको प्रकटीकरण पनि हो।
क्रूर स्वभाव अरू कुन-कुन तरिकाले प्रकट हुन्छ? यो कसरी सत्यताप्रति वितृष्ण हुनुसँग सम्बन्धित छ? वास्तवमा, जब सत्यताप्रतिको वितृष्णा गम्भीर रूपमा प्रकट हुन्छ, र यसमा विरोध र गलत ठहराउने विशेषताहरू हुन्छन्, तब यसले क्रूर स्वभाव प्रकाश गर्छ। सत्यताप्रति वितृष्ण हुनुमा धेरै वटा स्थितिहरू समावेश हुन्छन्, जसमा सत्यतामा रुचि नहुनुदेखि सत्यताप्रतिको वितृष्णासम्म पर्छ, जसले व्यक्ति परमेश्वरलाई गलत र दोषी ठहराउन सक्ने अवस्थामा पुगेको इङ्गित गर्छ। जब सत्यताप्रतिको वितृष्णा कुनै निश्चित बिन्दुमा पुगेको हुन्छ, तब मानिसहरूले परमेश्वरलाई इन्कार, घृणा गर्ने, र तिनीहरू परमेश्वरका विरुद्धमा खडा हुने सम्भावना हुन्छ। यी केही स्थिति क्रूर स्वभावका प्रकटीकरण हुन्, होइनन् र? (हुन्।) त्यसकारण, सत्यताप्रति वितृष्ण हुनेहरूको झनै गम्भीर स्थिति हुन्छ, र यसभित्र एक प्रकारको स्वभाव हुन्छ: क्रूर स्वभाव। उदाहरणका लागि, कतिपय मानिस परमेश्वरले सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरा स्विकार्छन्, तर जब परमेश्वरले तिनीहरूबाट लिनुहुन्छ, र तिनीहरूका हितहरूमा क्षति हुन्छ, तब तिनीहरू बाहिरी रूपमा त गुनासो वा अवज्ञाकारी व्यवहार गर्दैनन्, तर भित्री रूपमा तिनीहरूमा स्वीकार वा समर्पणता हुँदैन। यो नकारात्मक भएर प्रतिरोध गर्ने, यतिकै बस्ने र मृत्युलाई पर्खने मनोवृत्ति हो, र यो स्पष्ट रूपमा सत्यताप्रति वितृष्ण हुने स्थिति हो। अर्को अझै गम्भीर स्थिति पनि छ: तिनीहरू निष्क्रिय भएर बस्दैनन् र विनाश कुर्दैनन्, बरु परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरूका विरुद्धमा लाग्छन्, र तिनीहरूबाट परमेश्वरले वस्तुहरू लैजानुका विरुद्धमा लाग्छन्। तिनीहरू कसरी यसो गर्छन्? (मण्डलीको काममा बाधा र अवरोध गरेर, वा अन्तर्ध्वंस गरेर, आफ्नै राज्य स्थापना गर्ने प्रयास गरेर।) त्यो एउटा तरिका हो। केही झूटा अगुवा बर्खास्त भएपछि, तिनीहरूले आत्मचिन्तन नगर्ने मात्र नभई तिनीहरू हृदयमा प्रतिरोध पनि साँध्छन्। मण्डली जीवन जिउने क्रममा तिनीहरू सधैँ अवरोध र बाधाहरू पनि निम्त्याउँछन्, तिनीहरूले नवनिर्वाचित अगुवाले भनेको सबै कुराको प्रतिरोध र अवज्ञा गर्छन्, र पिठ्यूँपछाडि उनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्। यो कस्तो स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। तिनीहरूले वास्तवमा यस्तो सोचिरहेका हुन्छन्, “यदि म अगुवा हुन सक्दिनँ भने, अरू कसैले पनि यो पद लिन सक्दैन, म तिनीहरू सबैलाई लखेट्नेछु! यदि मैले तँलाई बाहिरिन बाध्य पारेँ भने, म पहिले जस्तै प्रभारी हुनेछु!” यो सत्यताप्रति वितृष्ण हुनु मात्रै होइन, यो क्रूर हुनु हो! तिनीहरू हैसियतका लागि, क्षेत्रका लागि, साथै आफ्नै हित र प्रतिष्ठाका लागि होडबाजी गर्छन्; तिनीहरू कुनै पनि कुरा गर्न पछि पर्दैनन् र बदला लिनका लागि आफूले सक्ने जे पनि गर्छन्। अर्को शब्दमा भन्दा, तिनीहरू आफ्ना उद्देश्यहरू हासिल गर्न, आफ्नो प्रतिष्ठा, गौरव, र हैसियत जोगाउन, र बदला लिने आफ्नो अभिप्राय पूरा गर्न आफूसँग भएका सबै सीप प्रयोग गर्छन् र सम्भव भएसम्म सबै कुरा गर्छन्। यी सबै क्रूरताका प्रकटीकरण हुन्। क्रूर स्वभावका केही व्यवहारमा धेरै कुरा भनेर बाधा र अवरोध निम्त्याउने कार्य पर्छ; केहीमा चाहिँ आफ्ना उद्देश्यहरू हासिल गर्न धेरै खराब कामकुरा गर्ने कार्य पर्छ। चाहे बोलीवचनमा होस् वा व्यवहारमा होस्, त्यस्ता मानिसहरूले गर्ने सबै कुरा सत्यताको विपरीत, र सत्यतालाई उल्लङ्घन गर्ने किसिमको हुन्छ, र यो सब क्रूर स्वभावको प्रकटीकरण हो। कतिपय मानिसहरू यी कुराहरू खुट्ट्याउन नसक्ने हुन्छन्। यदि कुनै गलत बोली वा व्यवहार सजिलै देखिने खाले छैन भने, तिनीहरूले त्यसको वास्तविकता देख्न सक्दैनन्। तर सत्यता बुझ्ने मानिसहरूका लागि भने दुष्ट मानिसहरूले भन्ने र गर्ने सबै कुरा दुष्ट नै हुन्छ, र तिनमा सही वा सत्यतासँग मिल्ने कुरा हुँदै हुँदैन; यी मानिसहरूले भन्ने र गर्ने यी कुराहरू शतप्रतिशत दुष्टता हुन् र यी पूर्णतया क्रूर स्वभावका प्रकटीकरण हुन् भनेर भन्न सकिन्छ। यस्तो क्रूर स्वभाव प्रकट गर्नुभन्दा पहिले दुष्ट मानिसहरूमा के-कस्ता उत्प्रेरणाहरू हुन्छन्? तिनीहरूले के-कस्ता लक्ष्यहरू हासिल गर्ने प्रयास गरिरहेका हुन्छन्? तिनीहरूले कसरी यस्ता कुराहरू गर्न सक्छन्? के तिमीहरूले यो कुरा खुट्ट्याउन सक्छौ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। केही मानिसहरूका घरमा कुनै घटना घट्छ। ती घरहरूलाई ठूलो रातो अजिङ्गरले निगरानीमा राख्छ र यी मानिसहरू फर्केर जान सक्दैनन्, जसले गर्दा तिनीहरूलाई ठूलो पीडा हुन्छ। केही दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आश्रय दिन्छन्, र ती अतिथि सत्कारक निवासमा सबै कुरा राम्रो देखेर, तिनीहरूले मनमनै सोच्छन्, “तिम्रो घरमा चाहिँ कसरी केही पनि भएन? मेरो घरमा चाहिँ कसरी भयो? यो त न्यायसङ्गत भएन। यसरी हुँदैन, मैले तिम्रो घरमा यस्तै घटना घटाउने उपाय सोच्नैपर्छ, ताकि तिमी पनि घर जान नसक। म तिमीलाई पनि मैले भोगेको कष्टको स्वाद चखाउँछु।” तिनीहरूले त्यसो गरे पनि वा नगरे पनि, अथवा यो कुरा वास्तविकता बने पनि वा नबने पनि, वा तिनीहरूले आफ्ना उद्देश्यहरू हासिल गरे पनि वा नगरे पनि, यदि तिनीहरूमा यस्तो नियत छ भने, यो एक प्रकारको स्वभाव हो, होइन र? (हो।) यदि तिनीहरूले राम्रो जीवन जिउन सकेनन् भने, अरूलाई पनि जिउन दिँदैनन्। यो कस्तो स्वभाव हो? (क्रूर स्वभाव।) यो एक क्रूर स्वभाव हो—यी मानिसहरू एकदमै खराब हुन्छन्! बोलीचालीको भाषामा भन्नुपर्दा, तिनीहरू भित्रैबाट कुहिएका हुन्छन्। यसले तिनीहरू कति क्रूर छन् भन्ने कुरा स्पष्ट पार्छ। यस्तो स्वभावको प्रकृति कस्तो हुन्छ? केही चिरफारको काम गर: तिनीहरूमा यो स्वभाव प्रकट हुँदा, तिनीहरूसँग के-कस्ता नियत र मनसायहरू हुन्छन्? तिनीहरूले यो स्वभाव प्रकट गर्दाको सुरुवाती बिन्दु के हुन्छ? तिनीहरूले के हासिल गर्न चाहन्छन्? तिनीहरूका घरमा कुनै घटना घट्यो, र तिनीहरूले यी अतिथि सत्कारक निवासहरूमा राम्रो हेरचाह पाइरहेका थिए—तैपनि तिनीहरूले यहाँ किन भाँडभैलो मच्चाउन चाहन्थे? के तिनीहरू आफ्नो अतिथि सत्कारकको कामकुरा बिगारेपछि र यी अतिथि सत्कारक निवासमा केही घटना घटेर तिनीहरूका अतिथि सत्कारकहरू पनि फर्केर जान नपाउने अवस्थामा पुगेपछि मात्रै खुसी हुन्छन्? तिनीहरूले आफ्नै लागि भए पनि यी ठाउँहरूको सुरक्षा गर्नुपर्छ, तिनलाई केही हुन दिनु हुँदैन, र अतिथि सत्कारकलाई हानि गर्नु हुँदैन, किनभने उनीहरूलाई हानि गर्नु भनेको आफैलाई हानि गर्नु जस्तै हो। त्यसोभए यसो गर्न चाहनु पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? (जब आफ्नो परिस्थिति खराब हुन्छ, तब तिनीहरूले अरू कसैको पनि परिस्थिति राम्रो नहोस् भन्ने चाहन्छन्।) क्रूरता भनेको यही हो। तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “ठूलो रातो अजिङ्गरले मेरो घर नष्ट गरेको छ र अब मसँग घर छैन। तर तिम्रो त अझै पनि फर्केर जानका लागि राम्रो र न्यानो घर छ। यो न्यायसङ्गत भएन। तिमी फर्केर घर जान सकेको देख्दा मलाई नमज्जा लाग्छ। म तिमीलाई कष्ट दिनेछु। म तिमी पनि फर्केर घर जान नसक्ने र मेरै जस्तो अवस्थामा पुग्ने तुल्याउनेछु। यसले न्यायसङ्गत महसुस गराउनेछ।” के यसो गर्नु भनेको दुष्ट विचारहरू पाल्नु र खराब अभिप्राय राख्नु होइन र? त्यसोभए यसरी काम गर्नु कस्तो प्रकृतिको कुरा हो? (क्रूर प्रकृति।) क्रूर स्वभाव भएका मानिसहरू आफ्ना चाहनाहरू पूरा गर्ने उद्देश्यले मात्रै केही भन्छन् र गर्छन्। तिनीहरू सामान्यतया कस्ता प्रकारका कामकुरा गर्छन्? (तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन्, अवरोध गर्छन्, र त्यसलाई तहसनहस पार्छन्।) (मानिसहरूसँग आमनेसामने हुँदा तिनीहरू चापलुसी गर्छन्, तर पिठ्यूँपछाडि तिनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्।) (तिनीहरू मानिसहरूलाई आक्रमण गर्छन्, प्रतिशोध लिन्छन् र दुर्भावपूर्ण तरिकाले मानिसहरूको खेदो गर्छन्।) (तिनीहरू आधारहीन अफवाह र बदनामी फैलाउँछन्।) (तिनीहरू बदनाम गर्छन्, आलोचना गर्छन्, र दोषी ठहराउँछन्।) यी कार्यहरूको प्रकृति भनेको मण्डलीको काममा बाधा दिनु र त्यसलाई तहसनहस पार्नु हो, र ती सबै नै परमेश्वरको विरोध गर्नु र उहाँलाई आक्रमण गर्नुका प्रकटीकरण हुन्, ती सबै क्रूर स्वभावका प्रकटीकरणहरू हुन्। यस्ता कुराहरू गर्न सक्ने मानिसहरू अवश्य नै दुष्ट मानिस हुन्, र क्रूर स्वभावका केही निश्चित प्रकटीकरणहरू भएका ती सबै मानिसहरूलाई दुष्ट मानिसका रूपमा चित्रण गर्न सकिन्छ। दुष्ट व्यक्तिको सार के हो? त्यो दियाबलसको र शैतानको सार हो। यो बढाइचढाइ गरिएको होइन। के तिमीहरूले यी कार्यहरू गर्न सक्छौ? तिमीहरू यीमध्ये कुन-कुन कार्यहरू गर्न सक्छौ? (आलोचना गर्ने।) त्यसोभए के तिमीहरू मानिसहरूलाई आक्रमण गर्ने वा तिनीहरूसँग बदला लिने आँट गर्छौ? (कहिलेकाहीँ ममा यस्ता विचारहरू आउँछन्, तर म तिनलाई व्यवहारमा उतार्ने आँट गर्दिनँ।) तिमीहरूमा यी विचारहरू मात्रै आउँछन्, तर तिमीहरू तिनलाई व्यवहारमा लागू गर्ने आँट गर्दैनौ। यदि तल्लो हैसियत भएको कुनै व्यक्तिले तँलाई चोट पुर्यायो भने, के तैँले प्रतिशोध लिने आँट गर्छस्? (कहिलेकाहीँ म आँट गर्छु, म त्यस्ता कामहरू गर्न सक्छु।) यदि त्यो व्यक्ति निकै शक्तिशाली छ—यदि ऊ बोल्न निकै सिपालु छ, र उसले तँलाई चोट पुर्यायो भने—के तैँले प्रतिशोध लिने आँट गर्छस्? सायद थोरै मानिसहरू मात्र यसो गर्न डराउँदैनन् होला। के कमजोरलाई हेप्ने र बलियोदेखि डराउने यस्ता मानिसहरूमा क्रूर स्वभाव हुन्छ? (हुन्छ।) यो व्यवहार जस्तोसुकै भए पनि, र जोप्रति लक्षित भए पनि, यदि तैँले अरू दाजुभाइ-दिदीबहिनीविरुद्ध प्रतिशोध लिने दुष्ट कार्य गर्न सक्छस् भने, यसले तँभित्र क्रूर स्वभाव छ भन्ने प्रमाणित गर्छ। यो क्रूर स्वभाव बाहिरबाट हेर्दा त्यति फरक देखिँदैन, तर तैँले यो कुरा छुट्याउन सक्नुपर्छ र तैँले कसलाई निसाना बनाइरहेको छस् भन्ने कुरा छुट्याउन सक्नुपर्छ। यदि तँ शैतानप्रति उग्र छस् र तैँले शैतानलाई वशमा पार्न र लज्जित पार्न सक्छस् भने, के यसलाई क्रूर स्वभाव मानिन्छ? मानिँदैन। यो त सही कुराको पक्षमा खडा हुनु र शत्रुको अगाडि निडर हुनु हो। यो त इन्साफको बोध हुनु हो। यसलाई के-कस्ता परिस्थितिहरूमा क्रूर स्वभाव मानिन्छ? यदि तैँले असल मानिसहरू, वा दाजुभाइ-दिदीबहिनीहरूलाई हेप्ने, कुल्चने, र अपमानित गर्ने गर्छस् भने, यो क्रूर स्वभाव हुनेछ। त्यसकारण, तँमा विवेक र समझ हुनुपर्छ, तैँले मानिस र मामलाहरूलाई सिद्धान्तहरूअनुसार लिनुपर्छ, दुष्ट मानिसहरू, र दियाबलसहरूलाई खुट्ट्याउन सक्नुपर्छ, तँमा इन्साफको बोध हुनुपर्छ, तँ परमेश्वरका चुनिएका मानिसहरू र दाजुभाइ-दिदीबहिनीहरूप्रति सहनशील र धैर्यवान् हुनैपर्छ, र तैँले सत्यताअनुसार अभ्यास गर्नैपर्छ। यो पूर्ण रूपमा सही, र परमेश्वरका अभिप्रायहरू अनुरूप हुन्छ। क्रूर स्वभाव भएका मानिसहरूले मानिसहरूलाई यसरी सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्। यदि कसैले तिनीहरूलाई चोट पुर्याउने केही काम गर्यो भने, त्यो व्यक्ति जोसुकै भए पनि तिनीहरूले बदला लिने प्रयास गर्छन्—यो क्रूरता हो। दुष्ट मानिसहरूले व्यवहार गर्ने तरिकामा कुनै सिद्धान्त हुँदैन। तिनीहरूले सत्यताको खोजी गर्दैनन्। चाहे त्यो व्यक्तिगत द्वेषका आधारमा व्यवहार गर्ने कुरा होस्, वा कमजोरलाई हेप्ने र बलियोदेखि डर मान्ने कुरा होस्, वा जोकोहीसँग प्रतिशोध लिने आँट गर्ने कुरा होस्, यी सबै क्रूर स्वभावसँग सम्बन्धित छन्, र यी सबै नै भ्रष्ट स्वभाव हुन्। यसमा कुनै शङ्का छैन।
क्रूर स्वभाव भएको व्यक्तिको सबैभन्दा स्पष्ट प्रकटीकरण के हो? त्यो तिनीहरूले कुनै निष्कपट व्यक्ति वा सजिलै हेप्न सकिने कुनै व्यक्तिलाई भेट्दा त्यो व्यक्तिलाई हेप्न र ऊसँग खेलबाड गर्न थाल्नु हो। यो आम रूपमा हुने कुरा हो। तुलनात्मक रूपमा अलिक दयालु हृदय भएको व्यक्तिले निष्कपट वा डरपोक व्यक्तिलाई देख्दा, उसले त्यो व्यक्तिप्रति करुणा बोध महसुस गर्छ, र उसलाई सहयोग गर्न नसके पनि, हेप्ने काम चाहिँ गर्दैन। जब तैँले तेरो एक जना दाजुभाइ वा दिदीबहिनी निष्कपट छ भन्ने देख्छस्, तब तैँले ऊसँग कस्तो व्यवहार गर्छस्? के तँ उसलाई हेप्ने वा गिज्याउने गर्छस्? (म तिनीहरूलाई हेयको दृष्टिले हेर्छु होला।) मानिसहरूलाई हेयको दृष्टिले हेर्नु भनेको त तिनीहरूलाई हेर्ने एउटा तरिका हो, तिनीहरूप्रतिको एउटा दृष्टिकोण, र एक प्रकारको मानसिकता हो, तर तैँले तिनीहरूलाई जे भन्छस् र गर्छस् त्यो तेरो स्वभावसँग सम्बन्धित हुन्छ। ल भन त, डरपोक र कायर मानिसहरूप्रति तिमीहरू कस्तो व्यवहार गर्छौ? (म तिनीहरूमाथि हुकुम चलाउँछु र तिनीहरूलाई हेप्छु।) (तिनीहरूले कमजोर रूपमा कर्तव्य निर्वाह गरिरहेको देख्दा, म तिनीहरूलाई विभेद र बहिष्कार गर्छु।) तिमीहरूले उल्लेख गरेका यी कुराहरू क्रूर स्वभावका प्रकटीकरणहरू हुन् र ती मानिसहरूको स्वभावसँग सम्बन्धित छन्। यस्ता कुराहरू अझै धेरै छन्, त्यसैले तिनका बारेमा विस्तारमा भन्न आवश्यक छैन। के तिमीहरूले कहिल्यै यस्तो व्यक्ति भेटेका छौ जो आफूलाई चिढ्याउने जोकोहीलाई सास्ती दिएर मार्न चाहन्छ, र परमेश्वरलाई प्रार्थना गरेर त्यसलाई श्राप दिनुहोस्, र पृथ्वीबाट मेटाइदिनुहोस् भनेर अनुरोधसमेत गर्छ? कुनै पनि व्यक्तिसँग त्यस्तो शक्ति नहुने भए पनि, हृदयमा ऊ त्यस्तो शक्ति भए कति राम्रो हुन्थ्यो भनेर सोच्छ, अथवा ऊ परमेश्वरलाई प्रार्थना गरेर यसो गर्न अनुरोध गर्छ। के तिमीहरूको हृदयमा त्यस्ता विचारहरू आउँछन्? (जब हामी सुसमाचार प्रचार गरिरहेका बेलामा दुष्ट मानिसहरू भेट्छौँ र तिनीहरू हामीलाई आक्रमण गर्छन् र प्रहरीलाई सम्पर्क गरेर हामीलाई गिरफ्तार गराउँछन्, तब मलाई तिनीहरूप्रति घृणा लाग्छ, र ममा “परमेश्वरले तिमीहरूलाई दण्ड दिने दिन आउनेछ” भन्ने जस्ता सोचहरू आउँछन्।) त्यो निकै वस्तुगत घटना हो। तँलाई आक्रमण गरियो, तँ कष्ट र पीडामा परिस्, र तेरो व्यक्तिगत निष्ठा र आत्मसम्मानलाई पूर्ण रूपमा कुल्चियो—त्यस्ता परिस्थितिहरूमा, धेरैजसो मानिसहरूलाई यसबाट पार पाउन गाह्रो हुन्छ। (कतिपय मानिसहरू हाम्रो मण्डलीबारे अनलाइनमा निराधार अफवाहहरू फैलाउँछन्, तिनीहरू धेरै दोष लगाउँछन्, र ती कुराहरू पढ्दा मलाई साह्रै रिस उठ्छ, र मेरो हृदयमा धेरै घृणा पैदा हुन्छ।) यो क्रूरता हो कि, आवेश हो कि, सामान्य मानवता हो? (यो सामान्य मानवता हो। पिशाचहरू र परमेश्वरका शत्रुहरूलाई घृणा नगर्नु चाहिँ सामान्य मानवता होइन।) ठीक भन्यौ। यो सामान्य मानवताको प्रकाश, प्रकटीकरण, र प्रतिक्रिया हो। यदि मानिसहरूले नकारात्मक कुराहरूलाई घृणा वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भने, यदि तिनीहरूमा विवेकका कुनै मानकहरू छैनन् भने, तिनीहरू मानव होइनन्। यस्ता परिस्थितिहरूमा, मानिसहरू के-कस्ता कामकुरा गर्छन् जुन पछि गएर क्रूर स्वभावका प्रकटीकरण बनेका छन्? यदि यो घृणा र तिरस्कार निश्चित प्रकारको व्यवहारमा परिणत भयो भने, यदि तैँले सबै समझ गुमाइस्, र विवेकका दायराहरू उल्लङ्घन गर्ने कामकुरा गरिस् भने, यदि तैँले तिनीहरूलाई मार्ने र कानुन उल्लङ्घन गर्ने सम्भावना समेत आयो भने, यो क्रूरता हो, र यो आवेशपूर्वक काम गर्नु हो। जब मानिसहरूले सत्यता बुझ्छन्, र दुष्ट मानिसहरूलाई खुट्ट्याउन सक्छन्, र दुष्टतालाई घृणा गर्छन्, त्यो सामान्य मानवता हो। तर यदि मानिसहरू आवेशपूर्वक कामकुरा सम्हाल्छन् भने, तिनीहरू सिद्धान्तहरूविना काम गरिरहेका हुन्छन्। के यो दुष्टता गर्नुभन्दा कुनै फरक कुरा हो? (हो।) एउटा भिन्नता छ। यदि कुनै व्यक्ति अत्यन्तै खराब, अत्यन्तै अनैतिक, अत्यन्तै क्रूर छ, र तँमा ऊप्रति ठूलो वैरभाव हुन्छ, र यो वैरभाव तैँले उसलाई श्राप दिनुहोस् भनी परमेश्वरलाई अनुरोध गर्ने बिन्दुमा पुग्छ भने, त्यो ठीकै हो। तर तैँले दुई-तीन पटक प्रार्थना गरेपछि पनि परमेश्वरले कदम चाल्नुभएन र तैँले यो मामला आफ्नै हातमा लिइस् भने, के यो ठीक हुन्छ त? (हुँदैन।) तैँले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना दृष्टिकोण र विचारहरू व्यक्त गर्न, र त्यसपछि सत्यता सिद्धान्तहरू खोज्न सक्छस्, त्यस अवस्थामा तैँले कामकुरालाई सही तरिकाले सम्हाल्न सक्छस्। तर तैँले परमेश्वरले तेरो तर्फबाट बदला लिनुपर्ने माग गर्न वा उहाँलाई जबरजस्ती गर्न मिल्दैन, तैँले आवेशमा आएर मूर्ख कामकुरा त झनै गर्नु हुँदैन। तैँले विवेकी भएर मामलालाई सम्हाल्नुपर्छ र धैर्य राख्नुपर्छ, परमेश्वरको समय पर्खि, र परमेश्वरलाई अझ बढी प्रार्थना गर्, अनि परमेश्वरले दियाबलस र शैतानलाई कस्तो व्यवहार गर्नुहुन्छ भनेर हेर्। यसो गरिस् भने, तँ धैर्यवान् हुन सक्छस्। विवेकी हुनु भनेको यो सबै कुरा परमेश्वरलाई सुम्पनु र परमेश्वरलाई नै काम गर्न दिनु हो। एक सृजित प्राणीमा हुनुपर्ने मानसिकता यही नै हो। आवेशमा आएर काम नगर्। आवेशमा आएर काम गर्नु परमेश्वरका लागि स्वीकार्य हुँदैन, र यसलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ। यस्तो बेला, मानिसहरूमा प्रकट हुने स्वभाव मानव कमजोरी वा क्षणिक रिस होइन, बरु क्रूर स्वभाव हो। यो क्रूर स्वभावका रूपमा चित्रण भएपछि, तँ समस्यामा पर्छस्, र तेरो मुक्ति पाउने सम्भावना कम हुन्छ। किनभने मानिसहरूमा क्रूर स्वभाव हुँदा, तिनीहरूले विवेक र समझ उल्लङ्घन गरेर काम गर्ने सम्भावना हुन्छ, र तिनीहरूले नियम-कानुन तोड्ने, र परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने उच्च सम्भावना हुन्छ। त्यसोभए, यसबाट कसरी बच्न सकिन्छ? कम्तीमा पनि, तीन वटा घेराहरू छन् जसलाई नाघ्नै हुँदैन: पहिलो भनेको विवेक र समझ उल्लङ्घन गर्ने कामकुरा नगर्नु हो, दोस्रो भनेको नियम-कानुन नतोड्नु हो, र तेस्रो भनेको परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन नगर्नु हो। यिनमा कुनै पनि चरम कुरा वा मण्डलीको काममा बाधा दिने कुनै पनि कुरा नगर्नु पर्छ। यदि तैँले यी सिद्धान्तहरू पालना गरिस् भने, कम्तीमा पनि तेरो सुरक्षा सुनिश्चित हुनेछ, र तँलाई हटाइनेछैन। तैँले यावत् किसिमका दुष्टताहरू गरेका कारण तँलाई काटछाँट गरिँदा, यदि तँ अत्यन्तै क्रूरताका साथ प्रतिवाद गर्छस् भने, त्यो झनै खतरनाक कुरा हो। तैँले सोझै परमेश्वरको स्वभाव चिढ्याउने र तँलाई मण्डलीबाट निकालिने वा निष्कासित गरिने सम्भावना हुन्छ। परमेश्वरको स्वभाव चिढ्याए बापत पाइने दण्ड नियम-कानुन तोडे बापत पाइने दण्डभन्दा निकै गम्भीर हुन्छ—त्यो मृत्युभन्दा खराब नियति हो। नियम-कानुन तोड्दा बढीमा जेल सजाय हुन्छ; केही वर्ष दुःख हुन्छ अनि तँ रिहा हुन्छस्, त्यति हो। तर यदि तैँले परमेश्वरको स्वभाव चिढ्याइस् भने, तैँले अनन्त दण्ड भोग्नेछस्। त्यसकारण, यदि क्रूर स्वभाव भएका मानिसहरूमा कुनै चेतना छैन भने, तिनीहरू चरम खतरामा हुन्छन्, तिनीहरूले दुष्टता गर्ने सम्भावना हुन्छ, र तिनीहरूले अवश्यै दण्ड पाउनेछन् र प्रतिशोध भोग्नेछन्। यदि कोहीसँग अलिकति चेतना र अलिकति परमेश्वरको डर मान्ने हृदय छ, र परिस्थितिहरू आइपरेको बेलामा सत्यताको खोजी गर्न र त्यसप्रति समर्पित हुन सक्छ भने, ऊ धेरै दुष्टता गर्नबाट जोगिन सक्नेछ। यदि चेतना भएको व्यक्तिले सत्यताको खोजी गर्न सक्छ भने, उसले मुक्ति पाउने आशा हुन्छ। व्यक्तिसँग चेतना र समझ हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो। समझ भएको व्यक्तिलाई सत्यता स्विकार्न र काटछाँट गरिनुलाई सही तरिकाले लिन सजिलो हुनेछ। समझ नभएको व्यक्तिलाई काटछाँट गरिँदा ऊ खतरामा पर्नेछ। उदाहरणका लागि, मानौँ कोही काटछाँटमा परेपछि उसलाई भित्री रूपमा ठूलो रिस उठ्छ। ऊ आफ्नो बचाउ गर्न चाहनेछ, साथै अगुवा र कामदारहरूलाई आक्रमण गर्न र दोषी ठहराउन समेत चाहनेछ, तर साथसाथै त्यसो गर्दा समस्या आउँछ कि भनेर ऊ डर पनि मान्नेछ। तर, ऊभित्र पहिले नै यस्तो क्रूर स्वभाव रहेको हुन्छ, र उसले कहिले त्यसबमोजिम कदम चाल्छ भन्ने थाहै हुँदैन। जबसम्म व्यक्तिभित्र क्रूर स्वभाव हुन्छ, जबसम्म उसमा दुर्भावपूर्ण सोचहरू हुन्छन्, तबसम्म उसले त्यसबमोजिम कदम नचाले पनि ऊ खतरामा परिसकेको हुन्छ। परिस्थितिहरूले साथ दिँदा—मौका पाउँदा—उसले कदम चाल्न सक्छ। उसको क्रूर स्वभाव विद्यमान रहेसम्म, यदि त्यसलाई सुल्झाइएन भने, ढिलोचाँडो यो व्यक्तिले दुष्टता गर्नेछ। त्यसोभए अरू कस्ता परिस्थितिहरूमा व्यक्तिले क्रूर स्वभाव प्रकट गर्छ? भन त। (म आफ्नो कर्तव्यमा झाराटारुवा थिएँ र मैले कुनै पनि नतिजा प्राप्त गरिनँ, त्यसपछि सिद्धान्तहरूबमोजिम मलाई अगुवाले बर्खास्त गरे, र ममा अलिक अवज्ञा जाग्यो। त्यसपछि जब मैले तिनी आफैले भ्रष्ट स्वभाव प्रकट गरेको देखेँ, तब मैले तिनको रिपोर्ट गर्न पत्र लेख्ने सोचेँ।) के यो विचार त्यतिकै हावाबाट आउँछ? अवश्यै आउँदैन। यो त तेरो प्रकृतिको उपज हो। मानिसहरूको प्रकृतिका तत्त्वहरू ढिलोचाँडो सबै प्रकट हुन्छन्। कस्तो अवस्था वा सन्दर्भमा ती प्रकट हुन्छन् र तीबमोजिम काम गरिन्छ भनेर कहिल्यै भन्न सकिँदैन। कहिलेकाहीँ मानिसहरूले केही पनि गर्दैनन्, तर त्यो परिस्थितिले साथ नदिएर हो। तर यदि तिनीहरू सत्यता पछ्याउने मानिस हुन् भने, तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यताको खोजी गर्न सक्नेछन्, र तीबमोजिम काम गर्नेछैनन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिस होइनन् भने, तिनीहरू आफ्नो खुसीले काम गर्छन्, र परिस्थितिले साथ दिनेबित्तिकै, तिनीहरू दुष्टता गरिहाल्छन्। त्यसकारण, यदि कुनै भ्रष्ट स्वभाव समाधान गरिएन भने, मानिसहरूले आफैलाई समस्यामा पार्ने सम्भावना धेरै हुन्छ, र त्यस अवस्थामा, तिनीहरूले आफ्नो कर्मको फल पाउनेछन्। कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन् र कर्तव्य निर्वाह गर्दा निरन्तर झारा टार्छन्। तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले त्यो स्विकार्दैनन्, तिनीहरूले कहिल्यै पश्चात्ताप गर्दैनन्, र अन्तिममा तिनीहरूलाई चिन्तन गरून् भन्ने उद्देश्यले एक्लो पारिन्छ। कतिपय मानिसहरूले मण्डली जीवनमा निरन्तर बाधा दिने हुनाले र तिनीहरू कुहिएका आलु बनेका हुनाले तिनीहरूलाई निकालिन्छ; अनि कतिपय मानिसहरूले हरकिसिमका दुष्टता गर्ने भएकाले तिनीहरूलाई निष्कासित गरिन्छ। त्यसकारण, कोही जस्तो प्रकारको व्यक्ति भए पनि, यदि ऊ निरन्तर भ्रष्ट स्वभावहरू प्रकट गर्छ र तिनलाई समाधान गर्न सत्यताको खोजी गर्दैन भने, उसले दुष्कर्म गर्ने सम्भावना हुन्छ। मानवजातिको भ्रष्ट स्वभावमा अहङ्कार मात्रै हुँदैन, त्यसमा दुष्टता र क्रूरता पनि हुन्छ। अहङ्कार भनेको सबैमा हुने कुरा हो, र क्रूरता पनि त्यही नै हो।
त्यसोभए यो क्रूर स्वभाव प्रकट गर्ने समस्यालाई कसरी समाधान गर्नुपर्छ? मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव के हो भन्ने कुरा चिन्नैपर्छ। कतिपय मानिसहरूको स्वभाव अत्यन्तै क्रूर, दुर्भावनापूर्ण, र अहङ्कारी हुन्छ, र तिनीहरू पूरै निर्लज्ज हुन्छन्। यो दुष्ट मानिसहरूको प्रकृति हो, र यस्ता मानिसहरू सबैभन्दा खतरनाक हुन्छन्। जब यस्ता मानिसहरू शक्तिमा हुन्छन्, तब दियाबलसहरू र शैतानहरूले शक्ति हातमा लिएका हुन्छन्। परमेश्वरको घरमा, यावत् किसिमका दुष्ट कार्यहरू गरेका कारण, सबै दुष्ट मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन्। जब तँ दुष्ट मानिसहरूलाई सत्यतामाथि सङ्गति गर्ने, वा तिनीहरूलाई काटछाँट गर्ने प्रयास गर्छस्, तब तिनीहरूले तँलाई आक्रमण गर्ने, वा तेरो निन्दा गर्ने, वा तँसँग बदलासमेत लिने उच्च सम्भावना हुन्छ, र त्यो सबै तिनीहरूको दुर्भावपूर्ण स्वभावका परिणामहरू हुन्। यो वास्तवमा अत्यन्तै आम कुरा हो। उदाहरणका लागि, एक-अर्कासँग राम्ररी मिल्ने, एकअर्काको निकै ख्याल गर्ने र एकअर्कालाई बुझ्ने दुईजना मानिसहरू हुन सक्छन्, तर अन्ततः तिनीहरूका हितहरूसँग सम्बन्धित एउटै कुराबारे तिनीहरूको राय मिल्दैन, र तिनीहरू एक-अर्कासँग सम्बन्ध टुटाउँछन्। कतिपय मानिसहरू त शत्रु नै बन्छन्, र एक-अर्कासित बदला लिन समेत खोज्छन्। तिनीहरू सबै अत्यन्तै क्रूर हुन्छन्। कर्तव्य निर्वाहको कुरामा, के तिमीहरूले क्रूर स्वभावअन्तर्गत कुन-कुन प्रकटीकरण र प्रकाश पर्छन् भनेर याद गरेका छौ? यस्ता कुराहरू निश्चय नै हुन्छन्, र तिमीहरूले तिनलाई उजागर गर्नैपर्छ। यसले तिमीहरूलाई यी कुराहरू खुट्ट्याउन र चिन्न मदत गर्नेछ। यदि तिमीहरू यी कुरा उजागर गर्न र खुट्ट्याउन जान्दैनौ भने, तिमीहरूले कहिल्यै दुष्ट मानिसहरू खुट्ट्याउन सक्नेछैनौ। ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा परेपछि, कतिपय मानिसहरूको जीवनमा हानि पुग्छ, र तब मात्रै तिनीहरूले ख्रीष्टविरोधी भनेको के हो, र क्रूर स्वभाव भनेको के हो भनेर थाहा पाउँछन्। सत्यतासम्बन्धी तिमीहरूको बुझाइ अत्यन्तै सतही छ। धेरैजसो सत्यतासम्बन्धी तिमीहरूको बुझाइ भनाइहरू र शाब्दिक अर्थहरूमा मात्रै सीमित हुन्छ, अथवा तिमीहरू शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छौ, र सत्यतालाई वास्तविकतासँग पटक्कै जोड्न सक्दैनौ। धेरै प्रवचन सुनेपछि, तिमीहरूको हृदयमा बुझाइ र चमक आएजस्तो देखिन्छ; तर वास्तविकताको सामना गर्दा, तिमीहरू अझै पनि कामकुराहरू वास्तवमा जे हुन् त्यही रूपमा खुट्ट्याउन सक्दैनौ। धर्मसिद्धान्तको हिसाबमा, ख्रीष्टविरोधीका प्रकटीकरणहरू के-के हुन् भन्ने तिमीहरू सबैलाई थाहा छ, तर कुनै साँचो ख्रीष्टविरोधीलाई देख्दा, तिमीहरू उसलाई खुट्ट्याउन सक्दैनौ। तिमीहरूको अनुभव अत्यन्तै सतही भएकोले, वा तिमीहरूमा ग्रहनशीलता नभएकोले यस्तो हुन्छ—ख्रीष्टविरोधीले तँलाई भयानक हदसम्म भ्रमित पारेर हानि नगरुञ्जेल तँ पर्खिनेबाहेक अरू केही गर्न सक्दैनस्, र त्यसपछि मात्रै तैँले उसको ख्रीष्टविरोधी सारलाई छर्लङ्गै देख्न, र त्यसपछि उसलाई पूर्ण रूपमा खुट्ट्याउन सक्नेछस्। आज, धेरैजसो मानिस भेलाहरूको दौरान ध्यानपूर्वक प्रवचनहरू सुन्ने गर्छन्, र सत्यतामा लागिपर्न चाहन्छन्, तर तिनीहरूले प्रवचन सुनिसकेपछि शाब्दिक अर्थ मात्रै बुझ्छन्, तिनीहरू सैद्धान्तिक स्तरभन्दा पर पुग्दैनन्, र तिनीहरू सत्यता वास्तविकताको पाटो अनुभव गर्न असक्षम हुन्छन्। त्यसकारण, सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश अत्यन्तै सतही हुन्छ, जसको परिणामस्वरूप दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने तिनीहरूको क्षमता निकै कमजोर हुन्छ। ख्रीष्टविरोधीहरूमा दुष्ट मानिसहरूको सार हुन्छ, तर ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूबाहेक, के अरू मानिसहरूमा क्रूर स्वभावहरू हुँदैनन् र? वास्तवमा, कुनै पनि व्यक्तिलाई हल्का रूपमा लिनु हुँदैन। केही नबिग्रेसम्म तिनीहरू मुसुमुसु हाँस्छन्, तर आफ्ना हितहरूलाई हानि गर्ने कुनै कुराको सामना गर्नेबित्तिकै, तिनीहरू अचानक शत्रुवत् बन्छन्। यो क्रूर स्वभाव हो। कहिलेकाहीँ नचाहँदा नचाहँदै क्रूर स्वभाव आफै प्रकट हुन्छ—यस्ता अवस्थाहरूमा ठ्याक्कै के भइरहेको हुन्छ? के यो दुष्ट आत्माहरूको वशमा पर्ने कुरा हो? के यो दुष्ट पिशाचबाट हुने पुनर्जन्मको कुरा हो? यदि यो यी दुईमध्ये कुनै एउटा हो भने, यो व्यक्तिमा दुष्ट व्यक्तिको सार छ र ऊ सुध्रिनै नसक्ने हुन्छ। यदि उसमा दुष्ट व्यक्तिको सार छैन, र यो क्रूरताको भ्रष्ट स्वभाव मात्रै छ भने, उसको अवस्था अन्तिम बिन्दुमा पुगेको छैन, र यदि उसले सत्यता स्विकार्न सक्छ भने, उसका लागि अझै पनि मुक्ति पाउने आशा हुन्छ। त्यसोभए, क्रूर, भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ? पहिलो कुरा, मामिलाहरू सामना गर्दा तैँले बारम्बार प्रार्थना गर्नैपर्छ र आफूमा के-कस्ता उत्प्रेरणा र चाहनाहरू छन् भनेर चिन्तन गर्नैपर्छ। तैँले परमेश्वरको छानबिनलाई स्विकार्न, र आफ्नो व्यवहारलाई नियन्त्रणमा राख्न जरुरी छ, र कुनै पनि दुष्ट शब्द वा व्यवहार त झनै प्रकट गर्नु हुँदैन। यदि कुनै व्यक्तिले आफूमा गलत नियतहरू र दुष्टता गर्ने चाहना भएको, उसले खराब कुराहरू गर्न चाहेको पाउँछ भने, उसले यसलाई समाधान गर्न सत्यताको खोजी गर्नैपर्छ; उसले यो मामला बुझ्न र यसलाई समाधान गर्न परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नैपर्छ, र उसले प्रार्थनामा परमेश्वरको सुरक्षा माग्न, परमेश्वरसामु कसम खान, र आफूले सत्यता नस्विकार्दा र दुष्टता गर्दा आफैलाई श्राप दिन जरुरी छ। यसरी परमेश्वरसँग सङ्गति गर्नाले सुरक्षा मिल्छ र व्यक्तिलाई दुष्टता गर्नबाट रोक्छ। यदि, कुनै परिस्थितिको सामना गर्दा, व्यक्तिलाई दुष्टता गर्ने चाहना हुन्छ, तैपनि उसलाई यसले पटक्कै पिरोल्दैन, र ऊ आफूलाई जस्तो मन लाग्छ त्यस्तै गर्छ भने, ऊ दुष्ट व्यक्ति हो, र ऊ साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। त्यस्तो व्यक्तिले अझै पनि परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन, अनि आशिष् पाएर स्वर्गीय राज्यमा प्रवेश गर्न चाहन्छ—के त्यो सम्भव छ? उसले सपना देखिरहेको छ। पाँचौँ प्रकारको स्वभाव क्रूरता हो। यो पनि भ्रष्ट स्वभावसँगै सम्बन्धित समस्या हो, र यो विषयसम्बन्धी कुरा करिबकरिब यति नै हो।
तिमीहरू छैटौँ प्रकारको भ्रष्ट स्वभावबारे पनि परिचित हुनुपर्छ: त्यो हो, दुष्टता। मानिसहरूले सुसमाचार प्रचार गर्ने कुराबाट सुरु गरौँ। केही मानिसहरूले सुसमाचार प्रचार गर्दा दुष्ट स्वभाव प्रकट गर्छन्। तिनीहरूले सिद्धान्तअनुसार प्रचार गर्दैनन्, न त तिनीहरूलाई कस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र कस्ता मानिसहरूमा मानवता हुन्छ भन्ने नै थाहा हुन्छ; तिनीहरू त कुरा मिल्ने, आफूलाई मन पर्ने र राम्रोसँग मिल्ने विपरीतलिङ्गी व्यक्ति मात्रै खोज्छन्। तिनीहरू आफूलाई मन नपर्ने वा आफूसँग नमिल्ने मानिसहरूलाई प्रचार गर्दैनन्। कुनै व्यक्ति सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ छैन त्यसले फरक पर्दैन—यदि त्यो तिनीहरूलाई रुचि लाग्ने व्यक्ति हो भने, तिनीहरूले उसलाई छोड्दैनन्। अरू मानिसहरूले तिनीहरूलाई त्यो व्यक्ति सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छैन भनेर भन्लान्, तर तिनीहरू अझै पनि त्यो व्यक्तिलाई प्रचार गर्न जिद्दी गर्छन्। तिनीहरूभित्र एउटा स्वभाव हुन्छ जसले तिनीहरूका कार्यहरूलाई नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई सुसमाचार प्रचार गर्ने नाममा आफ्नै कामुक इच्छा पूरा गर्न र आफ्नै उद्देश्यहरू हासिल गर्न लगाइरहेको हुन्छ। यो दुष्ट स्वभावभन्दा कमको हुँदैन। कतिपय त यस्ता पनि छन् जसलाई यसो गर्नु गलत हो, र यसो गर्दा यसले परमेश्वरलाई चिढ्याउँछ र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छ भन्ने राम्ररी थाहा हुन्छ—तैपनि तिनीहरू रोकिँदैनन्। यो एक प्रकारको स्वभाव हो, होइन र? (हो।) यो दुष्ट स्वभावको एउटा प्रकटीकरण हो, तर कामुक इच्छाहरूको प्रकटीकरणलाई दुष्ट भनेर मात्रै व्याख्या गरिनु हुँदैन; दुष्टताको दायरा देहको कामवासनाभन्दा पनि ठूलो छ। सोच त: दुष्ट स्वभावका अरू के-कस्ता प्रकटीकरणहरू छन्? यो एउटा स्वभाव भएकोले, यो काम गर्ने तरिका मात्रै होइन, यसमा त विभिन्न प्रकारका धेरैवटा स्थिति, प्रकटीकरण र प्रकाशहरू पर्छन्, त्यसले नै यसलाई एउटा स्वभावको रूपमा चित्रण गर्छ। (सांसारिक प्रचलनहरू पछ्याउनु, संसारका प्रचलनहरूसँग सम्बन्धित कुराहरू नछोड्नु।) दुष्ट प्रचलनहरू नछोड्नु यसको एउटा प्रकार हो। संसारका दुष्ट प्रचलनहरूमा टाँसिनु, तिनको पछि दौडिनु, तिनमा आसक्त हुनु, तिनलाई ठूलो जोसका साथ पछ्याउनु। कतिपय मानिसहरू यस्ता हुन्छन् जसले यी कुराहरू कहिल्यै छोड्दैनन्, चाहे तिनीहरूलाई जति नै सत्यता सङ्गति गरिएको र जति नै काटछाँट गरिएको किन नहोस्; यो मोहको बिन्दुमा समेत पुग्छ। यो दुष्टता हो। त्यसोभए, मानिसहरूले दुष्ट प्रचलनहरू पछ्याउँदा, के-कस्ता प्रकटीकरणहरूले तिनीहरूमा दुष्ट स्वभाव भएको इङ्गित गर्छन्? तिनीहरूले किन यी कुराहरूलाई प्रेम गर्छन्? तिनीहरूलाई मानसिक सन्तुष्टि दिने, तिनीहरूका आवश्यकताहरू पूरा गर्ने, र तिनीहरूका अभिरुचि र चाहनाहरू पूरा गर्ने यी दुष्ट सांसारिक प्रचलनहरूमा के हुन्छ? उदाहरणका लागि, मानौँ तिनीहरूलाई चलचित्रका प्रख्यात कलाकारहरू मन पर्छ रे: यी प्रख्यात कलाकारहरूमा त्यस्तो के हुन्छ जसले गर्दा तिनीहरूलाई यस्तो आसक्ति हुन्छ र यिनीहरूलाई पछ्याउने बनाउँछ? तिनीहरू यी मानिसहरूको ठाँटबाँट, शैली, रूप, र प्रसिद्धि, साथै भड्किलो जीवनको लालसा राख्छन्। तिनीहरूले यी सबै कुराहरू नै पछ्याउँछन्—के ती सबै दुष्ट हुन्? (हुन्।) तिनीहरू दुष्ट हुन् भनेर किन भनिएको हो? (किनभने तिनीहरू सत्यता र सकारात्मक कुराहरूको उल्टो हुन्छन्, र तिनीहरू परमेश्वरले माग गर्नुभएका कुराहरू अनुरूप हुँदैनन्।) यो धर्मसिद्धान्त हो। एक पटक यी सेलिब्रेटी र चलचित्रका प्रख्यात कलाकारहरूको विश्लेषण गरेर हेर त: तिनीहरूको जीवनशैली, तिनीहरूको चालढाल, यहाँसम्म कि सबैले अत्यन्तै पुज्ने सार्वजनिक व्यक्तित्व र वस्त्र शैली समेत। तिनीहरू किन त्यस्तो जीवन जिउँछन्? अनि तिनीहरू किन अरूलाई आफ्नो पछि लाग्न प्रेरित गर्छन्? तिनीहरूले यो सबै कुरामा धेरै मेहनत लगाउँछन्। तिनीहरूको यस्तो छवि बनाइदिन तिनीहरूसँग मेकअप आर्टिस्ट र व्यक्तिगत स्टाइलिस्टहरू हुन्छन्। अनि, तिनीहरूले आफ्नो यस्तो छवि बनाउनुको उद्देश्य के हो? मानिसहरूलाई आकर्षित गर्नु, तिनीहरूलाई बहकाउनु, तिनीहरूलाई आफ्नो पछि लगाउनु—अनि यसबाट फाइदा लिनु। त्यसकारण, मानिसहरूले यी चलचित्रका प्रख्यात कलाकारहरूको ख्याति, तिनीहरूको रूप वा जीवन, जे कुरालाई पुजे पनि, यी साँच्चै नै मूर्ख र हास्यास्पद कार्य हुन्। यदि कुनै व्यक्तिमा चेतना हुने हो भने, उसले कसरी दियाबलसको आराधना गर्ला? दियाबलसहरू त मानिसहरूलाई बहकाउने, झुक्याउने, र हानि गर्ने कुरा हुन्। दियाबलसहरू परमेश्वरमा विश्वास गर्दैनन् र तिनीहरूले सत्यता पटक्कै स्विकार्दैनन्। दियाबलसहरू सबैले शैतानलाई पछ्याउँछन्। अनि, दियाबलस र शैतानलाई पछ्याउने र पुज्नेहरूको उद्देश्यचाहिँ के हुन्छ? तिनीहरू आफू पनि एक दिन यी दियाबलस र सेलिब्रेटीहरूजस्तै सुन्दर र कामुक दियाबलस बन्न सकूँ भन्ने आशामा यी दियाबलसहरूको अनुकरण गर्न, र तिनीहरूजस्तै बन्न चाहन्छन्। तिनीहरू यस्तो अनुभूतिमा रमाउन मन पराउँछन्। कुनै व्यक्तिले जुनसुकै सेलिब्रेटी वा प्रख्यात व्यक्तिलाई पुजे पनि, तिनीहरूको अन्तिम लक्ष्य एउटै हुन्छ—मानिसहरूलाई बहकाउनु, आकर्षित गर्नु, र तिनीहरूको पूजा गर्ने र तिनीहरूलाई पछ्याउने बनाउनु। के यो दुष्ट स्वभाव होइन र? यो दुष्ट स्वभाव हो, र यो अत्यन्तै स्पष्ट छ।
दुष्ट स्वभाव अर्को तरिकाले पनि प्रकट हुन्छ। कतिपय मानिसहरूले परमेश्वरको घरका भेलाहरूमा सधैँ परमेश्वरको वचन पढ्ने, सत्यतामाथि सङ्गति गर्ने, र आत्मज्ञान, उचित कर्तव्य निर्वाह, सिद्धान्तहरूअनुसार काम गराइ, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने तरिका, सत्यता बुझ्ने र अभ्यास गर्ने तरिका, र सत्यताका अरू विभिन्न पक्षहरूमा छलफल गर्ने गरिएको देख्छन्। यतिका वर्ष सुन्ने क्रममा, तिनीहरू जति सुन्छन् त्यति नै वाक्क हुन्छन्, र तिनीहरू यसो भन्दै गुनासो गर्न थाल्छन्, “के परमेश्वरमा आस्था राख्नुको उद्देश्य आशिष्हरू प्राप्त गर्नु होइन र? हामी किन सधैँ सत्यताबारे बोलिरहेका र परमेश्वरको वचनबारे सङ्गति गरिरहेका हुन्छौँ? के यो कहिल्यै सकिन्छ? मलाई त दिक्क लागिसक्यो!” तर तिनीहरू बाहिरी संसारमा फर्कन अनिच्छुक महसुस गर्छन्, किनभने त्यहाँ फर्केपछि तिनीहरूले आशिष्हरू प्राप्त गर्न सक्नेछैनन् कि भनेर तिनीहरू डराउँछन्। तिनीहरू मनमनै यस्तो सोच्छन्, “परमेश्वरमा विश्वास गर्नु त अत्यन्तै नीरस हुँदोरहेछ, यो रोचक हुँदैन। मैले कसरी कुनै रोचक काम भेट्टाउने होला?” त्यसैले तिनीहरू यताउता सोध्दै हिँड्छन्, “परमेश्वरका विश्वासीहरू मण्डलीमा कति जना छन्? अगुवा र कामदारहरू कति जना छन्? कति जना बर्खास्त भएका छन्? कति जनाले विश्वविद्यालयको शिक्षा पाएका छन्?” तिनीहरू आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि यो जानकारी सङ्कलन गरिरहन्छन्। यो कस्तो स्वभाव हो? यो दुष्टता हो। यस्ता मानिसहरू सत्यतालाई रत्तिभर प्रेम गर्दैनन्। तिनीहरू आशिष् प्राप्त गर्नकै लागि मात्र परमेश्वरमा विश्वास गर्छन् र मण्डली जीवन जिउँछन्। तिनीहरूले सत्यताका जतिसुकै प्रवचन सुनेका भए पनि, तिनीहरूको रुचि तान्न सक्ने एउटा समेत सत्यता हुँदैन, र जसले सत्यतामाथि सङ्गति गरे पनि तिनीहरूको हृदय अविचलित नै रहन्छ। तर जब तिनीहरूले कसैले गफ गरिरहेको वा मण्डलीभित्रका गतिविधिहरूबारे कुरा गरिरहेको सुन्छन्, तब केही कुरा छुट्ला भन्ने चिन्ताले तिनीहरूको कान तुरुन्तै ठाडो हुन्छ। के यो अधमता होइन र? (हो।) अधम मानिसहरूको विशेषता के हो? तिनीहरूलाई सत्यतामा अलिकति पनि रुचि हुँदैन। तिनीहरू बाह्य मामलाहरूमा मात्रै रुचि राख्छन्, र गफ र तिनीहरूको जीवन प्रवेश वा सत्यतासँग कुनै सरोकार नभएका कुराहरू खोज्नका लागि अथक र नैतिकहीन रूपमा कान चनाखो पार्छन्। तिनीहरू यी कुरा, यो सबै जानकारी पत्ता लगाउनु र बुझ्नुले तिनीहरू परमेश्वरको घरका साँचो सदस्य हुन्, तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूसँग राम्ररी घुलमिल भएका छन्, र तिनीहरू अवश्यै परमेश्वरद्वारा अनुमोदित हुनेछन् र परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् भन्ने अर्थ दिने सोच्छन्। के तिमीहरूलाई साँच्चै त्यस्तै हो जस्तो लाग्छ? (लाग्दैन।) तिमीहरू यो कुरा छर्लङ्गै देख्न सक्छौ, तर परमेश्वरका नयाँ विश्वासीहरू धेरैले सक्दैनन्। तिनीहरू यो गफका बारेमा जान्न ध्यान केन्द्रित गर्छन्, र यदि तिनीहरूले यो गफलाई अझ बढी बुझे र फैलाए भने तिनीहरू परमेश्वरको घरका सदस्य बन्नेछन् भन्ने सोच्छन्—तर वास्तवमा, परमेश्वर त्यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू सबैभन्दा व्यर्थ र अज्ञानी मानिस हुन्। परमेश्वर मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न आखिरी दिनहरूमा देह बन्नुभएको छ, र यसको परिणाम भनेको मानिसहरूलाई जीवनको रूपमा सत्यता प्रदान गर्नु हो। तर यदि मानिसहरू परमेश्वरको वचन खान र पिउनमा ध्यान दिँदैनन्, बरु सधैँ गफको पछि लाग्न र मण्डलीको आन्तरिक मामलाबारे थप कुरा पत्ता लाउन मात्रै खोजिरहन्छन् भने, के तिनीहरूले सत्यता पछ्याइरहेका छन्? के तिनीहरू उचित काम गर्ने मानिस हुन् त? मेरो विचारमा त तिनीहरू दुष्ट मानिस हुन्। तिनीहरू अविश्वासी हुन्। यस्ता मानिसहरूलाई अधम पनि भन्न सकिन्छ। तिनीहरू सधैँ हल्लामा मात्रै ध्यान दिन्छन्। यसले तिनीहरूको कौतुहलता मेटिन्छ, तर परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुन्छ। यिनीहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिस होइनन्, सत्यता पछ्याउने मानिस त झनै होइनन्। यिनीहरू मूलतः मण्डलीको काममा बाधा दिन आएका शैतानका नोकर हुन्। विशेषगरी, सधैँ परमेश्वरको छानबिन र अनुसन्धान गरिरहने मानिसहरू ठूलो रातो अजिङ्गरका नोकर र अनुचर हुन्। परमेश्वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ र घिनाउनुहुन्छ। यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने, किन परमेश्वरमा भरोसा गर्दैनस्? जब तँ परमेश्वरको छानबिन र अनुसन्धान गर्छस्, के तँ सत्यता खोजिरहेको हुन्छस्? के ख्रीष्ट जन्मनुभएको परिवार वा उहाँ हुर्कनुभएको वातावरण थाहा हुनुले ख्रीष्ट नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भन्ने तथ्यसित कुनै सम्बन्ध राख्छ? सधैँ परमेश्वरको छानबिन गरिरहने मानिसहरू—के तिनीहरू घिनलाग्दा हुँदैनन् र? यदि तैँले ख्रीष्टको मानवताबारे सधैँ धारणाहरू बोकेको हुन्छस् भने, तैँले अझै बढी समय लिएर परमेश्वरका वचनहरूको ज्ञान पछ्याउनुपर्छ; सत्यता बुझेपछि मात्रै, तैँले आफ्ना धारणाहरूको समस्या समाधान गर्न सक्नेछस्। के ख्रीष्टको पारिवारिक पृष्ठभूमि वा उहाँ जन्मिने बेलाका परिस्थितिहरू पत्ता लगाउने कोसिस गर्दा त्यसले तँलाई परमेश्वरलाई चिन्न मद्दत गर्छ? के यसले तँलाई ख्रीष्टको ईश्वरीय सार पत्ता लगाउन सक्षम बनाउँछ? अवश्यै गर्दैन। जुन मानिसहरूले परमेश्वरमा साँचो विश्वास गर्छन् तिनीहरूले आफूलाई परमेश्वरका वचनहरू र सत्यताप्रति समर्पित गर्छन्, र यही कुराले मात्र ख्रीष्टको ईश्वरीय सार चिन्न मदत गर्छ। तर निरन्तर परमेश्वरको छानबिन गर्ने मानिसहरू किन सधैँ अधमतामा संलग्न हुन्छन्? आत्मिक बुझाइ नभएका यी रद्दी मानिसहरू चाँडोभन्दा चाँडो परमेश्वरको घरबाट निस्किहाल्नुपर्छ! धेरै सत्यता व्यक्त गरिएका छन्, भेला र प्रवचनहरूमा धेरै कुरा सङ्गति गरिएको छ—तँ किन यसबाट परमेश्वरलाई चिन्नुको साटो उहाँको छानबिन गर्छस्? तैँले सधैँ परमेश्वरको छानबिन गर्नुको अर्थ के हो? यसको अर्थ तँ अत्यन्तै दुष्ट छस् भन्ने हो! यति मात्र होइन, यी सबै तुच्छ कुरा जान्दा यसले पूँजी दिन्छ भनेर सोच्ने मानिसहरू पनि छन्, र तिनीहरू यताउता गएर मानिसहरूसामु यसको धाक लगाउँछन्। अनि अन्तिममा के हुन्छ? तिनीहरू परमेश्वरका तिरस्कारयोग्य र घिनलाग्दा हुन्छन्। के तिनीहरू मानव नै हुन् र? के तिनीहरू जीवित पिशाच होइनन् र? तिनीहरू कसरी परमेश्वरमा विश्वास गर्ने मानिस हुन्? तिनीहरूले आफ्नो सारा विचार दुष्टता र कुटिलपनमा लगाउँछन्। यस्तो लाग्छ, तिनीहरूलाई जति धेरै हल्ला थाहा भयो, त्यति नै धेरै तिनीहरू परमेश्वरको घरको सदस्य हुन्छन्, र त्यति नै धेरै तिनीहरूले सत्यता बुझ्छन्। यस्ता मानिसहरू पूर्णतया बेतुका हुन्छन्। परमेश्वरको घरमा, तिनीहरू जति घिनलाग्दा अरू कोही हुँदैनन्।
कतिपय मानिसहरू आफ्नो आस्थामा निरन्तर अवास्तविक कुराहरूमा ध्यान दिन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू सधैँ राज्य कस्तो छ, तेस्रो स्वर्ग कहाँ छ, पाताल लोक कस्तो छ, र नरक कहाँ छ भनेर जाँचिरहेका हुन्छन्। तिनीहरू जीवनमा प्रवेशमा ध्यान दिनुको सट्टा सधैँ रहस्यहरू जाँचिरहेका हुन्छन्। यो अधमता हो, यो दुष्टता हो। जतिसुकै प्रवचन र सङ्गति सुने पनि कतिपयले सत्यता के हो भनी अझै पनि बुझ्दैनन्, न त तिनीहरूलाई सत्यता कसरी अभ्यास गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूसँग समय हुनेबित्तिकै, तिनीहरू परमेश्वरको वचन जाँच गर्छन्, हरेक शब्द-शब्द केलाउँछन्, र कुनै न कुनै खालको अनुभूति खोज्छन्, साथै तिनीहरूले परमेश्वरका वचनहरू पूरा भएका छन् कि छैनन् भनेर सधैँ छानबिन पनि गरिरहेका हुन्छन्। यदि पूरा भएका रहेछन् भने, तिनीहरूले यो परमेश्वरको काम हो भन्ने विश्वास गर्छन्, र पूरा भएका रहेनछन् भने, यो परमेश्वरको काम हो भन्ने कुरा इन्कार गर्छन्। के तिनीहरू बेतुका होइनन् र? के यो अधमता होइन र? के मानिसहरूले परमेश्वरका वचनहरू पूरा भएको कुरा सधैँ देख्न सक्छन् र? परमेश्वरका केही वचनहरू पूरा हुँदा मानिसहरूले त्यो देख्न सक्छन् नै भन्ने हुँदैन। मानिसहरूका नजरमा उहाँका कतिपय वचनहरू पूरा भएजस्तो देखिँदैन, तर परमेश्वरको लागि ती पूरा भएका हुन्छन्। मानिसहरूले कसैगरी यी कुराहरू स्पष्ट देख्दैनन्; तिनीहरूले २० प्रतिशत मात्रै बुझ्न सके पनि तिनीहरू भाग्यमानी हुन्। कतिपय मानिसहरूले सारा समय परमेश्वरको वचन अध्ययन गर्दै बिताउँछन्, तर सत्यता अभ्यास गर्ने वा वास्तविकतामा प्रवेश गर्नेप्रति कुनै ध्यान दिँदैनन्। के यो आफ्नो उचित कर्तव्यलाई बेवास्ता गर्नु होइन र? तिनीहरूले धेरै सत्यताहरू सुनेका हुन्छन्, तैपनि ती बुझ्दैनन्, र तिनीहरू अगमवाणीहरू पूरा भएको प्रमाण निरन्तर खोजिरहन्छन्, र यसैलाई आफ्नो जीवन र उत्प्रेरणाका रूपमा लिन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले प्रार्थना गर्दा यसो भन्छन्, “हे परमेश्वर, यदि तपाईँ मैले यो गरेको चाहनुहुन्छ भने, मलाई भोलि बिहान छ बजे बिउँझाउनुहोस्; यदि चाहनुहुन्न भने, मलाई सात बजेसम्म सुत्न दिनुहोस्।” तिनीहरू प्रायजसो यसरी नै व्यवहार गर्छन्, यसैलाई आफ्नो सिद्धान्तको रूपमा प्रयोग गर्छन्, र यो सत्यता नै हो जसरी यसैलाई अभ्यास गर्छन्। यसलाई अधमता भनिन्छ। तिनीहरू कार्य गर्दा सधैँ आफ्ना भावनाहरूमा भर पर्छन्, अलौकिक कुरामा ध्यान केन्द्रित गर्छन्, अनि चलेको हल्ला र अरू अवास्तविक कुराहरूमा भर पर्छन्; तिनीहरू निरन्तर अधम कुराहरूमै आफ्नो ऊर्जा केन्द्रित गरिरहेका हुन्छन्। यो दुष्टता हो। तैँले तिनीहरूसँग सत्यताबारे जति सङ्गति गरे पनि, तिनीहरू सत्यताको कुनै काम छैन, र भावनाहरूमा भरोसा गर्नु वा तुलनामार्फत प्रमाणीकरण गर्नु जत्तिको सही हुँदैन भन्ने सोच्छन्। यो अधमता हो। तिनीहरू परमेश्वर मानिसहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ र उहाँले नै मानिसहरूको भाग्य मिलाउनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भनेर भने पनि, हृदयमा सत्यतालाई स्विकार्दैनन्, र कहिल्यै पनि परमेश्वरका वचनहरूमार्फत कामकुराहरू हेर्ने गर्दैनन्। यदि कुनै प्रसिद्ध व्यक्तिले केही भन्यो भने, तिनीहरूले त्यो नै सत्यता हो भनी विश्वास गर्छन्, र त्यहीअनुसार चल्छन्। यदि कुनै चिना हेर्ने व्यक्ति वा अनुहार पढ्ने व्यक्तिले तिनीहरूलाई अर्को वर्ष व्यवस्थापकको पदमा बढुवा हुनेछौ भनेर भन्यो भने, तिनीहरूले उसको कुरामा विश्वास गर्छन्। के यो अधमता होइन र? तिनीहरूले जोखाना हेर्ने, भाग्य हेर्ने, र अलौकिक कुराहरूमा, अनि यी अधम कुराहरूमा मात्रै विश्वास गर्छन्। जसरी कतिपय मानिसहरूले “म सबै सत्यता बुझ्छु, तर यति हो कि म तिनलाई अभ्यास गर्नै सक्दिनँ। समस्या के हो, मलाई थाहा छैन” भन्छन् नि, यो ठ्याक्कै त्यस्तै हो। अब हामीले यो प्रश्नको उत्तर भेट्टाएका छौँ: तिनीहरू अधम छन्। यस्ता मानिसहरूलाई तैँले सत्यताबारे जति सङ्गति गरे पनि, केही फरक पर्दैन, तिनीहरूको दिमागमा यो कुरा घुस्दैन, न त तैँले कुनै प्रभाव नै देख्नेछस्। यी मानिसहरू सत्यताप्रति वितृष्ण हुने मात्रै होइन, तिनीहरूमा त दुष्ट स्वभाव पनि हुन्छ। सत्यताप्रति वितृष्ण हुनुको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण के हो? यो के हो भने, त्यस्तो व्यक्तिले सत्यता बुझ्छ, तर त्यसलाई अभ्यास गर्दैन। तिनीहरूले त्यो सुन्न चाहँदैनन्, बरु प्रतिरोध गर्छन् र द्वेष राख्छन्। तिनीहरूलाई सत्यता सही र राम्रो हो भन्ने थाहा हुन्छ, तर तिनीहरूले त्यो अभ्यास गर्दैनन्, तिनीहरू यो मार्गमा हिँड्न इच्छुक हुँदैनन्, न त कष्ट भोग्न वा मूल्य चुकाउन नै इच्छुक हुन्छन्, कुनै घाटा बेहोर्न त झनै इच्छुक हुँदैनन्। दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। तिनीहरू दुष्ट कुराहरू नै सत्यता हो, त्यो सही मार्ग हो भन्ने सोच्छन्, यिनै कुराका पछाडि दौडिन्छन्, तिनको नक्कल गर्ने प्रयास गर्छन्, र निरन्तर तिनैमा ऊर्जा लगाउँछन्। परमेश्वरको घरले प्राय प्रार्थनाका सिद्धान्तहरू सङ्गति गरिरहन्छ: मानिसहरूले समयको कुनै बन्धनविना जहिले र जहाँसुकै प्रार्थना गर्न सक्छन्, तिनीहरूले केवल परमेश्वरसामु आएर आफ्नो हृदयका कुराहरू बोल्नुपर्छ, र सत्यता खोजी गर्नुपर्छ। यी वचनहरू बारम्बार सुन्नुपर्छ र यी वचनहरू बुझ्न पनि सजिलै हुनुपर्छ, तर दुष्ट मानिसहरूले यसलाई कसरी अभ्यास गर्छन्? हरेक बिहान झिसमिसेमा चरा चिर्बिराउँदा, तिनीहरू नबिराई दक्षिणतिर फर्कन्छन्, दुइटै घुँडा टेक्छन्, र दुवै हात भुइँमा तेर्साएर परमेश्वरसामु प्रार्थना गर्न आफूले सकेजति लम्पसार पर्छन्। तिनीहरू सोच्छन् कि परमेश्वरले यस्तो बेला मात्रै तिनीहरूको प्रार्थना सुन्न सक्नुहुन्छ, किनभने यति बेला परमेश्वर व्यस्त हुनुहुन्न, उहाँसँग समय हुन्छ, र उहाँले सुन्नुहुन्छ। के यो हास्यास्पद होइन र? के यो दुष्ट होइन र? अरू पनि छन् जसले भन्छन् प्रार्थना गर्ने सबैभन्दा प्रभावकारी समय रातको एक-दुई बजे हो, जुन बेला सबै शान्त हुन्छ। तिनीहरू किन यसो भन्छन्? तिनीहरूका पनि आफ्नै कारणहरू हुन्छन्। तिनीहरू भन्छन् कि त्यति बेला सबै जना सुतेका हुन्छन्; परमेश्वर व्यस्त नहुनुभएको बेला मात्रै उहाँसँग तिनीहरूका मामलाहरू सम्हाल्ने समय हुन्छ। के यो हास्यास्पद होइन र? के यो दुष्ट होइन र? तैँले तिनीहरूसित जति नै सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न मान्दैनन्। तिनीहरू सबैभन्दा हास्यास्पद मानिस हुन् र तिनीहरूले सत्यता बुझ्न सक्दैनन्। यसो भन्ने मानिसहरू पनि छन्, “मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले असल कामकुरा गर्नुपर्छ र दयालु बन्नुपर्छ, र तिनीहरूले काटमार गर्नु वा मासु खानु हुँदैन। मासु खानु भनेको हत्या गर्नु हो, पाप गर्नु हो, र यसो गर्ने मानिसहरूलाई परमेश्वरले चाहनुहुन्न।” के यी शब्दहरूको कुनै आधार छ? के परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छ? (छैन।) त्यसोभए यो कसले भनेको हो? यो एक बेतुका प्रकारको गैरविश्वासीले भनेको हो। वास्तवमा, यसो भन्ने मानिसहरूले मासु खाँदैनन् भन्ने हुँदैन—वा तिनीहरूले सायद अरूको अगाडि खाँदैनन् होला, तर एकलै हुँदाचाहिँ टन्नै खान्छन्। यी मानिसहरू नाटक गर्न निकै सिपालु हुन्छन्, र जहाँ गए पनि भ्रमहरू फैलाउँछन्। यो दुष्टता हो। यस्ता मानिसहरू अत्यन्तै अधम हुन्छन्। तिनीहरूले यी विधर्म र भ्रमहरूलाई आज्ञा र प्रावधानका रूपमा लिन्छन्, र तिनीहरूले यी कुराहरू सत्यता वा परमेश्वरका आदेशहरू नै हुन् जसरी अभ्यास गर्छन् र तिनैमा लागिपर्छन्, अनि जोसका साथ र कुनै लाज नमानी अरूलाई पनि त्यसै गर्न सिकाउँछन्। यी मानिसहरूको काम गराइ, कुराहरू भन्ने तरिका, र तिनीहरूले पछ्याउँदा प्रयोग गर्ने उपायहरू दुष्ट छन् भनेर म किन भन्छु? (किनभने सत्यतासँग यी कुराहरूको कुनै सम्बन्ध हुँदैन।) त्यसोभए, के सत्यतासँग सम्बन्धित नरहेको कुनै पनि कुरा दुष्ट हुन्छ? यस्तो बुझाइ निकै समस्याजनक हुन्छ। मानिसहरूका दैनिक जीवनमा सत्यतासँग सम्बन्धित नरहेका कुराहरू हुन्छन्। के ती कुराहरू दुष्ट हुन् भनेर भन्दा तथ्यहरू बाङ्गिदैनन् र? परमेश्वरले दोषी नठहर्याउनुभएको कुरालाई दुष्ट भन्न सकिँदैन, परमेश्वरले दोषी ठहर्याउनुभएका कुराहरूलाई मात्रै दुष्ट भनेर भन्न सकिन्छ। सत्यतासँग असम्बन्धित सबै कुरालाई दुष्ट भनी चित्रण गर्नु ठूलो गल्ती हुनेछ। उदाहरणका लागि, के खाने, सुत्ने, पिउने, आराम गर्नेजस्ता जीवनका आवश्यकताका कुराहरू सत्यतासँग जोडिएका हुन्छन् र? के यी कुराहरू दुष्ट हुन् र? यी सबै सामान्य आवश्यकताहरू हुन्, ती त मानिसहरूको दिनचर्याका भाग हुन्, ती दुष्ट होइनन्। त्यसोभए मैले भर्खरै उल्लेख गरेका कार्यहरूलाई किन दुष्टतामा वर्गीकृत गरिए? किनभने त्यस्तो काम गराइले मानिसहरूलाई गलत र हाँसउठ्दो मार्गमा लैजान्छ—यसले तिनीहरूलाई धर्मको मार्गमा लैजान्छ। तिनीहरूले यसरी अभ्यास गर्दा र अरूलाई यसरी व्यवहार गर्न सिकाउँदा, यसले मानिसहरूलाई दुष्टताको मार्गमा लैजान्छ। यो अपरिहार्य नतिजा हो। जब मानिसहरूले दुष्ट सांसारिक प्रचलनहरूको आराधना गर्छन् र दुष्टताको मार्ग हिँड्छन्, तब तिनीहरू कस्तो अवस्थामा पुग्छन्? तिनीहरू पथभ्रष्ट बन्छन्, तिनीहरूले समझ गुमाउँछन्, तिनीहरूमा लाज हुँदैन, र अन्ततः तिनीहरू संसारका प्रचलनहरूद्वारा पूरै बहकिन्छन्, तिनीहरू विनाशतर्फ हिँड्छन्, तिनीहरू गैरविश्वासीहरूभन्दा केही फरक हुँदैनन्। कति मानिसहरूले यी विधर्म र भ्रमहरूलाई पालना गर्नुपर्ने प्रावधान वा मान्नुपर्ने आज्ञाहरूका रूपमा लिने मात्र होइन, तिनीहरू त्यसलाई सत्यताका रूपमा लिएर त्यसैमा टाँसिरहन्छन्। यो आत्मिक बुझाइको पूर्ण कमी रहेको बेतुका व्यक्ति हो। अन्त्यमा, तिनीहरूलाई हटाउनुको विकल्प नै हुँदैन। के पवित्र आत्माले सत्यताबारे यस्तो विकृत बुझाइ भएको कुनै पनि व्यक्तिमा काम गर्न सक्नुहुन्छ? (सक्नुहुन्न।) पवित्र आत्माले यस्ता मानिसहरूमा काम गर्नुहुन्न, यस्तो अवस्थामा दुष्टात्माहरूले यिनीहरूमा काम गर्छन्, किनभने यी मानिसहरू दुष्टताको मार्ग हिँड्छन्, यिनीहरू दुष्टात्माहरूको मार्गमा हतारिँदै हिँडिरहेका हुन्छन्—यी दुष्टात्माहरूलाई चाहिएको पनि ठ्याक्कै त्यही हो। अनि नतिजा के हुन्छ? यी मानिसहरूलाई दुष्टात्माहरू लाग्छ। पहिले, मैले यसो भनेको थिएँ, “गर्जने सिंहजस्तै दियाबलसहरू र शैतान निल्नका लागि मानिसहरूको खोजी गर्दै चारैतिर ढुकेर हिँड्छन्।” जब मानिसहरू कुटिल र दुष्ट मार्गमा हिँड्छन्, तब तिनीहरूलाई अपरिहार्य रूपमै दुष्टात्माहरूले खोसेर लान्छन्। परमेश्वरले तँलाई दुष्टात्माहरूको हातमा दिनुपर्ने जरुरी नै हुँदैन। यदि तँ सत्यता पछ्याउँदैनस् भने, तँ सुरक्षित हुनेछैनस्, र परमेश्वर तेरो साथमा हुनुहुनेछैन। यदि परमेश्वरले तँलाई प्राप्त गर्न सक्नुहुन्न भने, उहाँले तेरो ख्याल राख्नुहुनेछैन, र यही अवसरमा दुष्टात्माहरू आउनेछन् र तँलाई अधीनमा लिनेछन्। परिणाम यही हो, होइन र? जो सत्यताप्रति वितृष्ण छन् र जसले परमेश्वरको देहधारणको कामलाई निरन्तर दोषी ठहर्याउँछन्, र जो सांसारिक प्रचलनहरू सँगसँगै हिँड्छन्, जसले परमेश्वरका वचनहरू र बाइबललाई खुलेआम रूपमा गलत अर्थ्याउँछन्, जसले विधर्म र भ्रमहरू फैलाउँछन्—ती सबैले गर्ने यी सबै कुरा दुष्ट स्वभावहरूबाट निस्कन्छन्। कतिपय मानिसहरूले आत्मिकता पछ्याउँछन्, र तिनीहरूको बुझाइ विकृत हुने हुनाले, मानिसहरूलाई बहकाउन तिनीहरूले धेरै भ्रमहरू रच्छन्, र तिनीहरू काल्पनिक आदर्शवादी र सिद्धान्तवादी बन्छन्, र त्यो पनि अधमता गर्नु नै हो। तिनीहरू दुष्ट मानिस हुन्। फरिसीहरूले गरेका जस्तै तिनीहरूले गरेका सबै कुरा पाखण्डी थिए, तिनीहरूले सत्यता अभ्यास गर्दैनथे, बरु मानिसहरूलाई बहकाएर तिनीहरूको आदर र आराधना गर्ने बनाउँथे। जब प्रभु येशू काम गर्न देखापर्नुभयो, तब तिनीहरूले उहाँलाई क्रूसमा टाँग्ने कामसमेत गरे। यो दुष्ट थियो र अन्त्यमा तिनीहरूलाई परमेश्वरले सराप्नुभयो। आज, धार्मिक संसारले परमेश्वरको देखापराइ र कामको आलोचना र दोषी ठहर मात्रै गर्दैन, सबैभन्दा घिनलाग्दो कुरा त यो ठूलो रातो अजिङ्गरको पक्षमा खडा हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरूलाई सताउनका लागि दुष्ट शक्तिहरूसँग हात मिलाउँछ र परमेश्वरको शत्रुको रूपमा तिनीहरूसँगै उभिन्छ। यो दुष्ट हो। धार्मिक संसारले शैतानका दुष्ट शक्तिहरूलाई कहिल्यै घृणा गरेको छैन, र यसले ठूलो रातो अजिङ्गरको देशको दुष्टतालाई घृणा गर्दैन, बरु तिनीहरूको लागि प्रार्थना गर्छ र तिनीहरूलाई आशिष् दिन्छ। यो दुष्ट हो। शैतान र दुष्टात्माहरूसँग जोडिएको वा त्यससँग सहकार्य गर्ने जुनसुकै व्यवहारलाई समग्रमा दुष्टता भन्न सकिन्छ। ती साँच्चै नै विचलित, दुष्ट, चरम, र अतिवादी अभ्यासका शैलीहरू पनि दुष्ट नै हुन्छन्। कति मानिसहरूले परमेश्वरलाई निरन्तर गलत रूपमा बुझ्छन्, र तिनीहरूलाई सत्यताबारे जति सङ्गति गर्दा पनि तिनीहरूका यी गलतफहमीहरू हट्न सक्दैनन्। तिनीहरू सधैँ आफ्नै तर्क प्रचार गरिरहेका, र आफ्नै भ्रमहरूमा जिद कसिरहेका हुन्छन्। अनि के यसमा पनि थोरै दुष्टता हुँदैन र? कति मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुन्छन्; तिनीहरूलाई धेरै पटक सत्यता सङ्गति गरिएपछि, तिनीहरूले अब बुझेँ, र आफ्ना धारणाहरू हटे भनेर भन्छन्, तर पछि गएर तिनीहरू फेरि पनि आफ्नै धारणाहरूमा लागिरहन्छन्, सधैँ नकारात्मक भइरहन्छन्, र आफ्नै बहानाहरूमा जोडले टाँस्सिइरहन्छन्। यो दुष्ट कुरा हो, होइन र? यो पनि एक प्रकारको दुष्टता नै हो। समग्रमा भन्नुपर्दा, जसले कुनै बेमनासिब काम गरेको छ तर उसलाई सत्यताबारे जति सङ्गति गर्दा पनि यसलाई स्विकार्न मान्दैन ऊ अधम नै हुन्छ, र केही हदसम्म दुष्ट पनि हुन्छ। दुष्ट स्वभाव भएका यी मानिसहरूलाई परमेश्वरबाट मुक्ति पाउन सजिलो हुँदैन, किनभने तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र आफ्ना दुष्ट भ्रमहरू छोड्न मान्दैनन्; वास्तवमा, तिनीहरूका लागि केही पनि सकिँदैन।
हामीले भर्खरै जम्मा छ वटा स्वभावबारे सङ्गति गर्यौँ: हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रति वितृष्ण हुनु, क्रूरता, र दुष्टता। के यी छ वटा स्वभावबारे विश्लेषण गरेपछि यसले तिमीहरूलाई स्वभाव परिवर्तनबारे नयाँ ज्ञान र बुझाइ दिएको छ? स्वभावमा आउने परिवर्तनहरू के-के हुन्? के यसको अर्थ कुनै निश्चित कमजोरी हटाउनु, कुनै निश्चित व्यवहार सुधार्नु, वा कुनै निश्चित व्यक्तित्व परिवर्तन गर्नु हो? अवश्यै होइन। के त्यसोभए तिमीहरू स्वभाव के हो भन्नेबारे अब अलिक स्पष्ट भयौ त? के यी छ वटा स्वभावलाई मान्छेका भ्रष्ट स्वभावहरू, र मान्छेको प्रकृति सारका रूपमा व्याख्या गर्न सकिन्छ? (सकिन्छ।) यी छ वटा स्वभावहरू सकारात्मक कुरा हुन् कि नकारात्मक? (नकारात्मक कुरा हुन्।) ती सरासर भ्रष्ट स्वभावहरू हुन्, र ती मान्छेका भ्रष्ट स्वभावका मुख्य पक्षहरू हुन्। यीमध्ये परमेश्वर र सत्यताप्रति शत्रुवत् नरहेको भ्रष्ट स्वभाव एउटा पनि छैन, र यीमध्ये एउटा पनि सकारात्मक कुरा होइन। त्यसकारण, यी छ वटा स्वभावहरू त्यस्ता छ वटा पक्षहरू हुन् जसलाई समग्रमा भ्रष्ट स्वभाव भनेर भनिन्छ। भ्रष्ट स्वभावहरू मान्छेका प्रकृति सार हुन्। यो “सार” लाई कसरी व्याख्या गर्न सकिन्छ? सारले मान्छेको प्रकृति जनाउँछ। मान्छेको प्रकृति भनेको उसले आफ्नो अस्तित्वका लागि भर पर्ने कुराहरू, र उसको जिउने शैलीलाई निर्देशित गर्ने कुराहरू हुन्। मानिसहरू आफ्नो प्रकृतिद्वारा जिउँछन्। तँ जसरी जिए पनि, तेरो उद्देश्य र दिशा जे भए पनि, र तँ जुन नियमअनुसार जिए पनि, तेरो प्रकृति सार परिवर्तन हुँदैन—यो निर्विवाद छ। त्यसकारण, जब तँमा सत्यता हुँदैन, र जब तँ यी भ्रष्ट स्वभावहरूमा भर परेर जिउँछस्, तब तैँले जिउने हरेक कुरा परमेश्वरको विरुद्धमा, सत्यताको विपरीत, र परमेश्वरका अभिप्रायसँग नमिल्ने हुन्छ। अब तैँले यो कुरा बुझ्नुपर्छ: यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) त्यो असम्भव हुनेछ। अनि, यदि मानिसहरूका स्वभावहरू परिवर्तन भएनन् भने, के तिनीहरू परमेश्वरसँग मिल्न सक्छन्? (सक्दैनन्।) त्यो अत्यन्तै गाह्रो हुनेछ। यी छ वटा स्वभावको कुरा गर्दा, चाहे त्यो जुनसुकै स्वभाव होस्, र यो तँमा जति नै हदसम्म प्रकट वा खुलासा भए पनि, यदि तैँले आफूलाई यी भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त गर्न सक्दैनस् भने, तेरा क्रियाकलापका मनसाय वा उद्देश्यहरू जे भए पनि, र तैँले जानीजानी व्यवहार गरिरहेको भए पनि नभए पनि, तैँले गर्ने सबै कुराको प्रकृति अवश्यै परमेश्वरको विरुद्धमै हुनेछ, र परमेश्वरले त्यसलाई अवश्यै दोषी ठहराउनुहुनेछ—जुन अत्यन्तै गम्भीर परिणाम हो। के परमेश्वरमा विश्वास गर्ने सबैले अन्तिममा परमेश्वरद्वारा दोषी ठहरिने इच्छा राखेका हुन्छन् त? (हुँदैनन्।) अनि यो मानिसहरूले इच्छाएको परिणाम होइन भने, तिनीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र भ्रष्ट सार थाहा पाउनुपर्छ, सत्यता बुझ्नुपर्छ, र त्यसपछि सत्यतालाई स्विकार्नुपर्छ—परमेश्वरले तिनीहरूका लागि खडा गर्नुभएका अवस्थाहरूमा तिनीहरूले क्रमिक रूपमा र अलिअलि गर्दै यी भ्रष्ट स्वभावहरू फाल्नुपर्छ र परमेश्वर र सत्यतासँग मिल्दो स्थिति हासिल गर्दै जानुपर्छ। आफ्नो स्वभावमा परिवर्तन ल्याउने मार्ग यही हो।
यसभन्दा पहिले, त्यस्ता मानिसहरू थिए जसले आफ्नो स्वभाव परिवर्तन गर्न निकै सजिलो र सिधा ठान्थे। तिनीहरूले विश्वास गर्थे कि “यदि मैले आफूलाई परमेश्वर विरुद्ध बोल्नबाट वा मण्डलीको काममा बाधा वा अवरोध गर्ने काम गर्नबाट रोक्न सकेँ, र यदि मसँग सही दृष्टिकोण छ, मेरो हृदय सही छ, र मैले अलिक बढी सत्यता बुझेँ, अझै बढी मेहनत लगाएँ, अझै बढी कष्ट भोगेँ, र अझै धेरै मूल्य चुकाएँ भने, मैले केही वर्षपछि अवश्यै आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्नेछु।” के यी शब्दहरू मान्य छन्? (छैनन्।) तिनीहरूको गल्ती कहाँनेर छ? (तिनीहरूमा आफ्नो भ्रष्ट स्वभावबारे कुनै ज्ञान छैन।) आफ्नो भ्रष्ट स्वभाव थाहा पाउनुको उद्देश्य के हो? (परिवर्तन हुनु।) अनि यो परिवर्तनको परिणाम के हुन्छ? तैँले सत्यता प्राप्त गर्छस्। तेरो स्वभावमा परिवर्तन आएको छ छैन भनेर मापन गर्नका लागि, तेरा कार्यहरू सत्यताअनुकूल छन् कि सत्यता उल्लङ्घन गर्ने खालका छन्, ती मानव इच्छाबाट आएका हुन् कि ती परमेश्वरका मागहरू पूरा गर्ने हिसाबले आएका हुन् भन्ने कुरा हेर्न आवश्यक हुन्छ। तेरो स्वभाव कुन हदसम्म परिवर्तन भएको छ भनेर हेर्नु भनेको तैँले आत्मचिन्तन गर्न सक्छस् कि सक्दैनस्, र तैँले भ्रष्ट स्वभाव प्रकट गर्दा आफ्नो देह, मनसाय, महत्त्वाकाङ्क्षा, र चाहनाहरूविरुद्ध विद्रोह गर्न सक्छस् कि सक्दैनस्, र यसो गर्दा तैँले सत्यताबमोजिम अभ्यास गर्न सक्छस् कि सक्दैनस् भनेर हेर्नु हो। तैँले सत्यता र परमेश्वरका वचनहरू अनुसार कति हदसम्म अभ्यास गर्न सक्छस् र तेरो अभ्यास पूर्ण रूपमा सत्यताका मानकहरू अनुरूप छन् छैनन् भन्ने कुराले तेरो स्वभावमा कति ठूलो परिवर्तन आएको छ भन्ने कुरा प्रमाणित गर्छ। यो समानुपातिक हुन्छ। उदाहरणका लागि, हठी स्वभावलाई लिऊँ: सुरुमा, जब तेरो स्वभावमा कुनै परिवर्तन आएको थिएन, त्यसबेला तैँले सत्यता बुझेको थिइनस्, न त तँलाई आफूमा हठी स्वभाव छ भन्ने नै थाहा थियो, अनि जब तैँले सत्यता सुनिस्, तब तैँले मनमनै सोच्थिस्, “सत्यताले कसरी सधैँ मानिसहरूका दागहरू उदाङ्गो पार्न सक्छ?” यो सुनेपछि, तँलाई परमेश्वरका वचनहरू सही छन् भन्ने लाग्यो, तर एक-दुई वर्षपछि, तैँले तीमध्ये कुनैलाई पनि हृदयमा राखेको छैनस्, र तैँले ती कुनैलाई पनि स्विकारेको छैनस्। यो हठीपन हो, होइन र? दुई-तीन वर्षपछि पनि तैँले अझै तिनलाई पटक्कै स्वीकार गरेको छैनस्, तँभित्रको स्थितिमा कुनै परिवर्तन आएको छैन, र तँ आफ्नो कर्तव्य निर्वाहमा पछि नपरेको भए पनि, र तैँले धेरै दुःख भोगेको र ठूलो मूल्य चुकाएको भए पनि, तेरो हठी स्थिति पटक्कै परिवर्तन भएको छैन वा त्यो कति पनि कम भएको छैन। त्यसोभए, के तेरो स्वभावको यो पक्षमा कुनै परिवर्तन आएको छ त? (छैन।) त्यसोभए तँ किन दौडधुप गर्दै काम गरिरहेको छस्? तैँले त्यसो गर्नुको कारण जे भए पनि, तँ अन्धाधुन्ध रूपमा दौडधुप गर्दै काम गरिरहेको छस्, किनभने तैँले यति दौडधुप र यति काम गरेको छस्, तैपनि तेरो स्वभावमा कति पनि परिवर्तन आएको छैन। एक दिन तँ अचानक मनमनै यस्तो सोच्छस्, “यतिका वर्ष परमेश्वरमा विश्वास गर्दा पनि मैले कसरी गवाहीको एक शब्द पनि बोल्न नसकेको? मेरो जीवन स्वभाव बिलकुलै परिवर्तन भएको छैन।” त्यो बेला यो समस्या कति गम्भीर रहेछ भन्ने कुरा तँलाई महसुस हुनेछ, र तैँले मनमनै यस्तो सोच्नेछस्, “म साँच्चै विद्रोही र हठी रहेछु! म सत्यता पछ्याउने व्यक्ति होइन रहेछु! मैले आफ्नो हृदयमा परमेश्वरका वचनहरू स्विकारेको रहेनछु! यसलाई कसरी परमेश्वरमा आस्था राखेको भनेर भन्न मिल्छ र? मैले वर्षौँदेखि परमेश्वरमा विश्वास गरेको छु र पनि म अझै मानव रूपमा जिउँदिन, न त मेरो हृदय नै परमेश्वरको नजिक छ! मैले परमेश्वरका वचनहरूलाई पनि हृदयमा राखेको छैनँ; न त मैले कुनै गलत काम गर्दा ममा आत्मधिक्कार बोध वा पश्चात्ताप गर्ने प्रवृत्ति नै हुन्छ—के यो हठीपन होइन र? के म विद्रोहको पुत्र होइन र?” तँ बेचैन हुन्छस्। अनि तँ बेचैन हुन्छस् भन्नुको अर्थ के हो? यसको अर्थ तँ पश्चात्ताप गर्न चाहन्छस्। तँलाई आफ्नो हठीपन र विद्रोहीपनबारे थाहा हुन्छ। अनि यो समयमा, तेरो स्वभाव परिवर्तन हुन थाल्छ। थाहै नपाई, तेरो चेतमा परिवर्तन हुने सोच र चाहना आएका हुन्छन्, र तँलाई परमेश्वरसँग गतिरोधमा रहने इच्छा हुँदैन। तैँले परमेश्वरसँगको आफ्नो सम्बन्ध सुधार्न, अबदेखि यति हठी हुन छोड्न, आफ्नो दैनिक जीवनमा परमेश्वरका वचनहरू अभ्यास गर्न सक्ने बन्न, तिनलाई सत्यता सिद्धान्तहरूका रूपमा अभ्यास गर्न चाहन्छस्—तँमा यो चेत हुन्छ। तँ यी कुराहरूबारे सचेत हुनु राम्रो हो, तर के यसको अर्थ तँ तुरुन्तै परिवर्तन हुन सक्नेछस् भन्ने हुन्छ त? (हुँदैन।) तैँले धेरै वर्षको अनुभव भोग्नुपर्छ, र त्यस अवधिमा तैँले हृदयमा झन्झन् स्पष्ट सचेतना प्राप्त गर्दै जानेछस् र तँसँग एउटा शक्तिशाली आवश्यकता हुनेछ, र तैँले हृदयमा यस्तो सोच्नेछस्, “यो ठीक होइन—मैले आफ्नो समय खेर फाल्न छोड्नुपर्छ। मैले सत्यता पछ्याउनैपर्छ, मैले केही उचित कुरा गर्नैपर्छ! विगतमा मैले आफ्ना उचित कर्तव्यहरूलाई बेवास्ता गर्दै आएँ, खानेकुरा र लुगाफाटा जस्ता भौतिक कुराबारे मात्रै सोचिरहेँ, र मैले ख्याति र प्राप्ति मात्र पछ्याइरहेँ। फलस्वरूप, मैले सत्यता बिलकुलै प्राप्त गरिनँ। मलाई यसमा पछुतो लागेको छ र मैले पश्चात्ताप गर्नैपर्छ!” यो बिन्दुमा, तँ परमेश्वरमाथिको आस्थाको सही मार्गमा हिँड्न सुरु गर्छस्। यदि मानिसहरू सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्न थाल्छन् भने, के यसले तिनीहरूलाई स्वभाव परिवर्तनको एक कदम नजिक पुर्याउँदैन र? तैँले जति लामो समय परमेश्वरमा विश्वास गरेको भए पनि, यदि तैँले आफूमा कति अन्योलता छ—आफू सधैँ भौँतारिएर हिँडिरहेको, र धेरै वर्ष यसरी भौँतारिएर हिँडेपछि पनि आफूले केही पनि प्राप्त नगरेको, र आफू अझै पनि खोक्रै रहेको महसुस गर्न सक्छस् भने—अनि यदि यसले तँलाई असहज महसुस गराउँछ, र तैँले आत्मचिन्तन गर्न थाल्छस्, र सत्यता नपछ्याउनु भनेको समय बरबाद गर्नु हो भन्ने महसुस गर्छस् भने, त्यस्तो बेला तँलाई परमेश्वरले दिनुहुने अर्तीका वचनहरू त मानिसप्रतिको उहाँको प्रेम रहेछ भन्ने महसुस हुनेछ, र तैँले परमेश्वरका वचनहरू नसुनेकोमा र आफूमा विवेक र समझको अत्यन्तै कमी भएकोमा आफैलाई घृणा गर्नेछस्। तँलाई पछुतो हुनेछ, र त्यसपछि तैँले नयाँ तरिकाले आफूलाई आचरणमा ढाल्न, र साँचो रूपमा परमेश्वरको अघि जिउन चाहनेछस्, अनि तैँले मनमनै यसो भन्नेछस्, “अबदेखि मैले परमेश्वरको चित्त दुखाउनु हुँदैन। परमेश्वरले अति धेरै बोल्नुभएको छ, र हरेक वचन मान्छेको फाइदाको लागि, र मान्छेलाई सही मार्ग देखाउनको लागि बोलिएको छ। परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र मान्छेको प्रेमको अत्यन्तै लायक हुनुहुन्छ! मैले परमेश्वरको प्रेमको ऋण तिर्नका लागि सत्यता पछ्याउन र अभ्यास गर्न जरुरी छ।” यो मानिसहरूको रूपान्तरणको सुरुवात हो। यसरी बुझ्नु एकदमै राम्रो कुरा हो! यदि तँ अत्यन्तै भावशून्य छस् कि तैँले यी कुराहरू समेत जान्दैनस् भने, तँ समस्यामा हुन्छस्, होइन र? आज मानिसहरूले के महसुस गर्छन् भने, परमेश्वरमा आस्था राख्दा मुख्य कुरा परमेश्वरका धेरै वचनहरू पढ्नु हो, र परमेश्वरका वचनहरूमार्फत सत्यता बुझ्नु र आफूलाई चिन्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र सत्यता अभ्यास गर्न र सत्यतालाई आफ्नो वास्तविकता बनाउन सक्नु मात्रै परमेश्वरमाथिको आस्थाको सही मार्गमा प्रवेश गर्नु हो। त्यसोभए हृदयमा यो ज्ञान र अनुभूति हासिल गर्नका लागि तिमीहरूलाई कति वर्षको अनुभव चाहिन्छ जस्तो लाग्छ? तीक्ष्ण, अन्तर्ज्ञानी, र परमेश्वरप्रति ठूलो चाहना भएका मानिसहरू एक-दुई वर्ष अनुभव गरेपछि आफूलाई परिवर्तन गर्न सक्ने, र त्यसपछि परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न थाल्ने हुन सक्छन्। तर अन्योलमा परेका, बोधो र मोटो बुद्धि भएका, र अन्तर्ज्ञानको कमी भएका मानिसहरूले केही पनि प्राप्त नगरी, र सत्यता पछ्याउनुको महत्त्वबारे पूर्ण रूपमा अनभिज्ञ भई चार-पाँच वर्ष अन्योलमा बिताउनेछन्। त्यसपछि तिनीहरू उत्साहको भरमा आफ्नो कर्तव्य निर्वाह गर्दै दश वर्षभन्दा बढी समय अन्योलमै बिताउँछन्, तैपनि कुनै स्पष्ट उपलब्धि हासिल गर्न असफल हुन्छन् र कुनै अनुभवात्मक गवाहीबारे बोल्न सक्दैनन्। तिनीहरूलाई धपाइएपछि वा हटाइएपछि मात्रै तिनीहरू बल्ल बिउँझन्छन् र मनमनै यस्तो सोच्छन्, “मसँग साँच्चै कुनै सत्यता वास्तविकता छैन रहेछ। म साँच्चै सत्यता पछ्याउने व्यक्ति रहेनछु!” के यस बेलासम्म तिनीहरूको बिउँझाइ अलिक ढिलो भइसकेको हुँदैन र? कतिपय मानिसहरू रन्थनिएर भौँतारिदै हिँड्छन्, निरन्तर परमेश्वर आउने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्, तर सत्यता भने बिलकुलै पछ्याइरहेका हुँदैनन्। परिणामस्वरूप, दश वर्षभन्दा बढी बितिसक्दा पनि तिनीहरूले कुनै उपलब्धि हासिल गरेका हुँदैनन् वा कुनै गवाही सुनाउन सकेका हुँदैनन्। तिनीहरूलाई एकपटक कठोर रूपमा काटछाँट गरिएपछि, र चेतावनी दिइसकेपछि मात्रै तिनीहरूलाई बल्ल परमेश्वरका वचनहरूले आफ्नो हृदयमा घोचेको महसुस हुन्छ। तिनीहरूको हृदय कति हठी हुन्छ! तिनीहरूलाई काटछाँट नगरिनु र दण्ड नदिइनु कसरी ठीक हुन्छ? तिनीहरूलाई गम्भीर रूपमा अनुशासनमा नराख्नु कसरी ठीक हुन्छ? तिनीहरूलाई सचेत र प्रतिक्रिया दिने बनाउन के गरिनुपर्छ? जसले सत्यता पछ्याउँदैनन् तिनीहरूले आफ्नै चिहान नदेखेसम्म एक थोपा आँसु झार्दैनन्। जब तिनीहरूले धेरै पैशाचिक र दुष्ट कुराहरू गरेका हुन्छन् तब मात्रै तिनीहरूमा चेत पलाउँछ, र तिनीहरूले मनमनै यसो भन्छन्, “विश्वासीका रूपमा मेरो जीवन अन्त्य भएको हो? के परमेश्वरले मलाई चाहन छोड्नुभएको हो? के मलाई दोषी ठहराइएको हो?” तिनीहरूले चिन्तन गर्न थाल्छन्। जब तिनीहरू नकारात्मक हुन्छन्, तब तिनीहरूलाई परमेश्वरमाथि यतिका वर्ष विश्वास गरेको व्यर्थ भएछ भन्ने महसुस हुन्छ, र तिनीहरू गुनासाले भरिएका हुन्छन्, र आशाहीन भएर हरेस खान प्रवृत्त हुन्छन्। तर जब तिनीहरूको होस खुल्छ, तब तिनीहरू महसुस गर्छन् “के म आफैलाई बर्बाद पारिरहेको छैन र? म फेरि आफ्नो खुट्टामा उभिनैपर्छ। मैले सत्यतालाई प्रेम गर्दिनँ भनेर मलाई भनिएको थियो। मलाई किन यसो भनियो? ओहो! तिनीहरू पूर्णतया सही थिए—म सत्यतालाई प्रेम नगर्ने मात्र होइन, आफूले बुझेका सत्यताहरू पनि अभ्यास गर्न सक्दिनँ! यो सत्यताप्रति वितृष्ण हुनुको प्रकटीकरण हो!” यो सोचेर, तिनीहरू अलिक पछुतो मान्छन्, र अलिक डराउँछन् पनि: “यदि मैले यस्तै गरिरहेँ भने, म पक्कै पनि दण्डित हुनेछु। हुँदैन, मैले तुरुन्तै पश्चात्ताप गर्नैपर्छ—परमेश्वरको स्वभावलाई चिढ्याउनु हुँदै हुँदैन।” यो बेला, के तिनीहरूको हठीपन घटेको हुन्छ? तिनीहरूको हृदयमा सियोले घोचेजस्तै हुन्छ; तिनीहरूले केही महसुस गर्छन्। अनि जब तँलाई यस्तो महसुस हुन्छ, तब तेरो हृदयमा हलचल मच्चिन्छ, र तँलाई सत्यतामा रुचि लाग्न थाल्छ। तँलाई किन यस्तो रुचि हुन्छ? किनभने तँलाई सत्यता चाहिन्छ। सत्यता नहुँदा, यदि तँलाई काटछाँट गरियो भने, तँ त्यसप्रति समर्पित हुन वा सत्यतालाई स्विकार्न सक्नेछैनस्, र परीक्षाहरू सामना गर्दा तँ दृढ रहन सक्नेछैनस्। यदि तँ अगुवा बनिस्, तैँले झूटो अगुवा नहुन र ख्रीष्टविरोधी मार्गमा नहिँड्न चाहिस् भने, के तैँले त्यसो गर्न सक्नेछस्? सक्नेछैनस्। यदि तँसित हैसियत थियो र त्यसले गर्दा अरूले तेरो प्रशंसा गरे भने, के तैँले यसलाई जित्न सक्नेछस्? तेरा लागि अवस्था वा परीक्षाहरू खडा गरिँदा, के तैँले तिनलाई जित्न सक्नेछस्? तैँले आफूलाई अत्यन्तै राम्ररी चिन्छस् र बुझ्छस्, र तैँले यसो भन्नेछस्, “यदि मैले सत्यता बुझिनँ भने, म यो सबै कुरालाई जित्न सक्दिनँ—म त लद्दु हुँ, म केही गर्न सक्दिनँ।” यो कस्तो किसिमको मानसिकता हो? यो सत्यताको खाँचो पर्नु हो। जब तँ खाँचोमा हुन्छस्, जब तँ सबैभन्दा लाचार हुन्छस्, तब तँ सत्यतामा मात्रै भर पर्न चाहन्छस्। तँलाई अरू कसैमाथि भर पर्न सकिँदैन, सत्यतामा भर परेर मात्रै आफ्ना समस्याहरू समाधान गर्न, काटछाँट, जाँच र परीक्षाहरू छिचोल्न, र कुनै पनि अवस्थाबाट पार पाउन सकिन्छ भन्ने महसुस हुनेछ। अनि तँ सत्यतामा जति धेरै भर पर्छस्, त्यति नै धेरै तँलाई सत्यता राम्रो, उपयोगी, र तेरो लागि सबैभन्दा मदतगार छ, र यसले तेरा सबै कठिनाइहरू समाधान गर्न सक्छ भन्ने महसुस हुनेछ। त्यस्ता समयमा, तैँले सत्यताको तृष्णा गर्न थाल्नेछस्। जब मानिसहरू यस बिन्दुमा पुग्छन्, तब के तिनीहरूका भ्रष्ट स्वभावहरू अलिअलि गर्दै घट्न वा परिवर्तन हुन थाल्दैनन् र? मानिसहरूले सत्यता बुझ्न र स्विकार्न थालेदेखि, कामकुराबारे तिनीहरूका हेर्ने तरिकाहरू परिवर्तन हुन थाल्छन्, र त्यसपछि तिनीहरूका भ्रष्ट स्वभावहरू पनि परिवर्तन हुन थाल्छन्। यो बिस्तारै हुने प्रक्रिया हो। प्रारम्भिक चरणमा, मानिसहरूले आफूमा यी साना परिवर्तनहरू देख्न सक्दैनन्; तर जब तिनीहरूले साँचो रूपमा सत्यता बुझ्छन् र त्यसलाई अभ्यास गर्न सक्छन्, तब आधारभूत परिवर्तनहरू आउन थाल्छन्, र तिनीहरूले त्यस्ता परिवर्तनहरू अनुभूत गर्न सक्छन्। मानिसहरूले सत्यताको तृष्णा गर्न अनि तिनीहरूलाई सत्यताको भोक लाग्न, र तिनीहरूले सत्यता खोजी गर्ने इच्छा गर्न थालेको बिन्दुदेखि, तिनीहरूलाई केही आइपर्ने, र सत्यतासम्बन्धी आफ्नो बुझाइका आधारमा तिनीहरू सत्यतालाई व्यवहारमा लागू गर्न र परमेश्वरका अभिप्राय पूरा गर्न, र आफ्नै इच्छाअनुसार काम नगर्न सक्ने अवस्थामा पुगेको, र आफ्ना मनसायहरू, र आफ्नो अहङ्कार, विद्रोहीपन, हठीपन, र धोकेबाज हृदयलाई जित्न सक्ने अवस्थामा पुगेको बिन्दुसम्म, के अलिअलि गर्दै सत्यता नै तिनीहरूको जीवन बन्दैन र? अनि जब सत्यता तेरो जीवन बन्छ, तब तँभित्रका अहङ्कारी, विद्रोही, हठी, र धोकेबाज स्वभावहरू तेरो जीवन हुन छोड्छन्, र अब उप्रान्त तिनले तँलाई नियन्त्रण गर्न सक्दैनन्। अनि यो बेला आफूलाई आचरणमा ढाल्नमा तँलाई के कुराले मार्गदर्शन गर्छ? परमेश्वरका वचनहरूले। जब परमेश्वरका वचनहरू तेरो जीवन बनेका हुन्छन्, तब के कुनै परिवर्तन आएको हुँदैन र? (हुन्छ।) अनि पछि, तँ निरन्तर परिवर्तन भएर झन्-झन् राम्रो मात्र बन्दै जान सक्छस्। यही प्रक्रियाद्वारा मानिसहरूको स्वभाव परिवर्तन हुन्छ, र यो नतिजा हासिल गर्न लामो समय लाग्छ।
स्वभावमा परिवर्तन आउन कति लामो समय लाग्छ भन्ने कुरा व्यक्तिमा नै भर पर्छ; यसको कुनै निश्चित समयअवधि हँदैन। यदि त्यो सत्यतालाई प्रेम गर्ने र पछ्याउँने व्यक्ति हो भने, उसको स्वभावमा सात, आठ वा दश वर्षमा परिवर्तनहरू देखिनेछन्। यदि ऊ औसत क्षमताको छ र सत्यता पछ्याउन इच्छुक पनि छ भने, उसको स्वभावमा परिवर्तन देखिन लगभग पन्ध्र-बीस वर्ष लाग्न सक्छ। मुख्य कुरा व्यक्तिको सत्यता पछ्याउने सङ्कल्प र ऊ कति अन्तर्ज्ञानी छ भन्ने हो, निर्धारक तत्वहरू यिनै हुन्। हरेक व्यक्तिमा हरप्रकारको भ्रष्ट स्वभाव फरक-फरक मात्रामा रहेको हुन्छ, ती सबै व्यक्तिका प्रकृति हुन्, र ती सबैले गहिरो जरा गाडेका हुन्छन्। तर, सत्यता पछ्याएर अनि अभ्यास गरेर, साथै परमेश्वरको न्याय, सजाय, काटछाँट, परीक्षा र शोधन स्विकारेर, हरेक स्वभावमा विभिन्न मात्रामा परिवर्तन हासिल गर्न सकिन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि त्यसो हो भने, के स्वभाव परिवर्तन समयको कुरा मात्र हो र? समय आएपछि, मलाई स्वभाव परिवर्तन के हो भन्ने थाहा हुनेछ, र म प्रवेश गर्न सक्ने हुनेछु।” के यस्तो हुन्छ त? (हुँदैन।) अवश्यै हुँदैन। यदि स्वभाव परिवर्तन गर्न समय मात्रै चाहिने हो भने, आफ्नो जीवनभर परमेश्वरमा विश्वास गरेका ती सबै मानिसहरूले स्वाभाविक रूपमा नै आफ्नो स्वभावमा परिवर्तन हासिल गरिसकेका हुनुपर्थ्यो। तर के वास्तवमा यस्तै हुन्छ त? के यी मानिसहरूले सत्यता प्राप्त गरेका छन्? के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गरेका छन्? छैनन्। परमेश्वरमा विश्वास गर्ने मानिसहरू गोरुको रौँ जतिकै छन्, तर स्वभाव परिवर्तन भएका मानिसहरू एकसिङ्गे घोडा जतिकै दुर्लभ छन्। मानिसहरूको स्वभाव साँचो रूपमा परिवर्तन हुनका लागि, तिनीहरूले त्यो हासिल गर्न सत्यता पछ्याउनमा भर पर्नुपर्छ; तिनीहरूलाई पवित्र आत्माको काममा भर परेर सिद्ध पारिन्छ। सत्यता पछ्याएर स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ। एकातर्फ, मानिसहरूले मूल्य चुकाउनैपर्छ, सत्यता पछ्याउँदा तिनीहरूले मूल्य चुकाउनैपर्छ, र सत्यता हासिल गर्न तिनीहरूले स्वेच्छापूर्वक जतिसुकै कष्ट सहनैपर्छ। साथै, पवित्र आत्माले तिनीहरूमा काम गर्न र तिनीहरूलाई सिद्ध पार्नका लागि, परमेश्वरले तिनीहरूलाई सच्चा मानिस, दयालु हृदय भएका, र परमेश्वरलाई साँचो प्रेम गर्ने मानिस भनेर प्रमाणित गर्नुभएको हुनैपर्छ। मानिसहरूको सहकार्य अपरिहार्य हुन्छ, तर पवित्र आत्माको काम प्राप्त गर्नु अझै महत्त्वपूर्ण हुन्छ। यदि मानिसहरूले सत्यतालाई पछ्याउँदैनन् वा प्रेम गर्दैनन् भने, यदि तिनीहरूले परमेश्वरलाई प्रेम गर्ने भन्ने त कुरै छोडौँ, परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न समेत कहिल्यै जान्दैनन् भने, यदि तिनीहरूमा मण्डलीको कामप्रति कुनै बोझको बोध छैन र अरूप्रति पनि कुनै प्रेम छैन भने—र विशेष गरी, यदि आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा कुनै बफादारी छैन भने—तिनीहरू परमेश्वरका प्रिय होइनन्, र परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि सिद्ध पार्न सक्नुहुन्न। त्यसकारण मानिसहरूले अन्धाधुन्ध नियमहरू लागु गर्नु हुँदैन, बरु परमेश्वरका अभिप्रायहरू बुझ्नुपर्छ। परमेश्वरले जे भन्नुभए पनि वा जे गर्नुभए पनि, तिनीहरू समर्पित हुन र मण्डलीको काम रक्षा गर्न सक्षम हुनुपर्छ, र तिनीहरूको हृदय ठीक हुनुपर्छ, त्यसपछि मात्रै पवित्र आत्माले काम गर्न सक्नुहुन्छ। यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्न चाहन्छन् भने, तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरप्रति समर्पित हुने, र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ, र कर्तव्य निभाउँदा तिनीहरू परमेश्वरप्रति बफादार हुनैपर्छ, र परमेश्वरलाई सन्तुष्टि दिलाउनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्नेछन्। जब मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ, तब तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा अन्तर्दृष्टि प्राप्त गर्छन्, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसँग सत्यता अभ्यास गर्ने मार्ग हुन्छ र तिनीहरूको कर्तव्य निर्वाहमा सिद्धान्तहरू हुन्छन्, तिनीहरू समस्यामा पर्दा परमेश्वरले तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूले जति धेरै कष्ट भोगे पनि तिनीहरूको हृदयमा हर्ष र शान्ति हुन्छ। यसरी दश-बीस वर्ष पवित्र आत्माको मार्गदर्शन अनुभव गरेपछि, थाहै नपाई तिनीहरू परिवर्तन हुनेछन्। जति चाँडो परिवर्तन आउँछ, त्यति नै चाँडो शान्ति छाउँछ, जति चाँडो परिवर्तन आउँछ, त्यति नै चाँडै तिनीहरू खुसी हुन सक्छन्। मानिसहरूको स्वभाव परिवर्तन भएपछि मात्रै तिनीहरूले साँचो शान्ति र हर्ष प्राप्त गर्न सक्छन्, त्यसपछि मात्रै तिनीहरूले साँच्चिकै खुसी जीवन जिउन सक्छन्। सत्यता नपछ्याउने मानिसहरूमा कुनै आत्मिक शान्ति वा हर्ष हुँदैन, तिनीहरूका दिनहरू झन्झन् खोक्रा, र झन्झन् सहन कठिन बन्दै जान्छन्। जसले परमेश्वरमा विश्वास गर्छन् तर सत्यता पछ्याउँदैनन् तिनीहरूका दिनहरू पीडा र कष्टले भरिएका हुन्छन्। त्यसकारण, मानिसहरूले परमेश्वरमा विश्वास गर्दा, सत्यता प्राप्त गर्नुभन्दा महत्त्वपूर्ण कुरा केही हुँदैन। सत्यता प्राप्त गर्नु भनेको जीवन प्राप्त गर्नु हो, र सत्यता जति चाँडै प्राप्त हुन्छ, त्यति नै राम्रो हो। सत्यताविना, मानिसहरूको जीवन खोक्रो हुन्छ। सत्यता प्राप्त गर्नु भनेको शान्ति र हर्ष प्राप्त गर्नु हो, परमेश्वरको अघि जिउन सक्नु हो, पवित्र आत्माको कामबाट अन्तर्दृष्टि, मार्गदर्शन र अगुवाइ पाउनु हो, तिनीहरूको हृदयमा झन्झन् बढी ज्योति हुनेछ, र परमेश्वरमाथिको तिनीहरूको आस्था झन्झन् ठूलो बन्छ। त्यसकारण, के अब स्वभाव परिवर्तन सम्बन्धी सत्यताबारे तिमीहरू अलि प्रस्ट भयौ? (हो, अब हामीले बुझ्यौँ।) यदि यो साँच्चै प्रस्ट भयो भने, तिमीहरूसँग एउटा मार्ग छ, र तिमीहरूले सत्यता पछ्याउनमा प्रभावकारी हुने तरिका जानेका छौ।
अप्रिल २८, २०१७