अध्याय ९६

म आफ्नो सम्पूर्ण क्रोध, मेरो महान् शक्ति र मेरो सम्पूर्ण बुद्धि प्रकट गर्न तिनीहरू प्रत्येकलाई सजाय दिन्छु, जो मद्वारा जन्मेर पनि मलाई चिन्दैनन्। ममा, सबै धर्मी छ, र कुनै अधर्म, कुनै छल र कुनै कुटिलपन हुँदैन; जो कुटिल र छली छ त्यो पातालबाट जन्मेको नरकको छोरो हुनुपर्छ। ममा सबै कुरा खुल्ला छ; म जे-जे भन्छु ती पूरा हुनेछन्, साँच्चै पूरा हुनेछन्; मैले जे-जे स्थापित हुनेछन् भनी भन्छु ती स्थापित हुनेछन्, र कसैले पनि यी कुराहरू बदल्न वा अनुकरण गर्न सक्दैनन्, किनकि म एक मात्र परमेश्‍वर स्वयम्‌ हुँ। जे आउन लागेको छ त्यसमा, मेरो पूर्वनियुक्ति गरिएका र चुनिएका ज्येष्ठ पुत्रहरूको समूहमा हुने हरेकलाई एक-एक गरी प्रकट गरिनेछ, र ज्येष्ठ पुत्रहरूको समूहमा नभएकाहरूलाई म यसबाट हटाउनेछु। म मेरो काम यसरी गर्छु र पूरा गर्छु। अहिले, मेरा ज्येष्ठ पुत्रहरूले मेरा अद्भुत कामहरू देख्‍न सकून् भनेर मात्रै म कतिपय मानिसहरूलाई खुलासा गर्छु, तर पछि म यसरी काम गर्नेछैन। बरु, तिनीहरूलाई एक-एक गरी तिनीहरूको साँचो प्रकृति देखाउनुभन्दा म सामान्य अवस्थाबाट अघि बढ्छु (किनभने भूतहरू सबै आधारभूत रूपमा उही हुन्छन्, थोरैलाई मात्रै उदाहरणको लागि लिनु पर्‍याप्त हुन्छ)। मेरा सबै ज्येष्ठ पुत्रहरू तिनीहरूको हृदयमा स्पष्ट छन्, र मैले विस्तृत व्याख्या गर्नुपर्ने कुनै आवश्यकता पर्दैन (किनभने तोकिएको समयमा, तिनीहरूलाई अवश्य नै एकपछि अर्को गरी प्रकट गरिनेछ)।

मेरा प्रतिज्ञाहरू पूरा गर्नु मेरो स्वभाव हो, र ममा कुनै पनि कुरा लुकाइएको वा ढाकिएको छैन। म तिमीहरूलाई तिमीहरूले बुझ्‍नुपर्ने हरेक कुराहरूका बारेमा बताउनेछु, र म तिमीहरूलाई तिमीहरूले जान्न नहुने कुराहरूको बारेमा केही पनि बताउनेछैन, नत्र भने तिमीहरू दह्रिलो गरी खडा हुन सक्‍नेछैनौ। सानातिना कुराहरूमा अल्‍मलिएर त्यसद्वारा महत्त्वपूर्ण कुराहरूलाई नगुमाओ—यसो गर्नु साँच्‍चै नै योग्य हुँदैन। म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ भनेर विश्‍वास गर, र त्यसपछि सबै कुरा पूरा हुनेछ र सबै कुरा सहज र रोचक हुनेछ। म कामकुरा यसरी नै गर्छु। ज-जसले विश्‍वास गर्छ, म उसलाई देख्ने अनुमति दिन्छु, र ज-जसले विश्‍वास गर्दैन, म उसलाई जान्ने अनुमति दिन्‍नँ, र म उसलाई कहिल्यै पनि बुझ्‍न दिँदिन। ममा कुनै अनुभूति वा कृपा छैन, र मेरो सजायलाई जसले उल्‍लङ्घन गर्छ, म त्यसलाई मेरो हात नराखी मार्नेछु, र म तिनीहरू सबैलाई उही किसिमले व्यवहार गर्नेछु। म सबैप्रति उस्तै छु—मसँग कुनै व्यक्तिगत अनुभूतिहरू छैनन् र म कुनै पनि हिसाबमा शारीरिक भावनात्मक रूपमा काम गर्दिनँ। मानिसहरूले कसरी यसद्वारा मेरो धार्मिकता र प्रतापलाई देख्‍न सक्दैनन्? मेरो बुद्धि र मेरो स्वभाव यही हो, जसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन र कसैले पनि पूर्ण रूपमा जान्‍न सक्दैन। मेरा हातहरूले सधैँ सारा समय सबै कुरामाथि हुकुम चलाउँछ, र मैले इसारा गर्दा मेरो सेवा गर्ने गरी सधैँ सबै कुरालाई बन्दोबस्त गर्छु। मेरो व्यवस्थापन योजनालाई पूरा गर्नको लागि अनगिन्ती मानिसहरूले मेरो खातिर सेवा दिइरहेका छन्, तर अन्त्यमा तिनीहरूले आशिषहरू त देख्छन् तर तिनको उपभोग गर्न सक्दैनन्—कस्तो दयनीय! तर कसैले पनि मेरो हृदय परिवर्तन गर्न सक्दैन। यो मेरो प्रशासनिक आदेश हो (जब-जब प्रशासनिक आदेशहरूको बारेमा उल्‍लेख गरिन्छ, यसले कसैले पनि परिवर्तन गर्न नसक्‍ने कुरालाई जनाउँछ, त्यसकारण जब म भविष्यमा बोल्छु, यदि मैले कुनै कुरा गर्नेतिर मेरो मन लगाएको छु भने, त्यो निश्‍चित रूपमा नै मेरो प्रशासनिक आदेश हुन्छ। यो कुरा याद गर! यसको विरुद्धमा उल्‍लङ्घन नगर्, नत्र तैँले नोक्‍सानी बेहोर्नुपर्छ), र यो मेरो व्यवस्थापन योजनाको भाग पनि हो। यो मेरो आफ्‍नै काम हो, कुनै पनि मानिसले गर्न सक्‍ने कुरा होइन। मैले यो गर्नैपर्छ—मैले यसको बन्दोबस्त गर्नैपर्छ, जुन मेरो सर्वशक्ति देखाउन र मेरो क्रोध प्रकट गर्नको लागि पर्‍याप्त छ।

धेरैजसो मानिसहरूलाई अझै पनि मेरो मानवताको बारेमा थाहा छैन र यसबारे स्पष्ट छैनन्। मैले यो कुरा धेरै पटक भनिसकेको छु, तर तिमीहरू अझै पनि अस्पष्ट छौ र यसबारे तिमीहरूले त्यति धेरै बुझेका छैनौ। तर यो मेरो काम हो, र अब, यस पटक, ज-जसले जान्दछन्, जान्दछन्, र ज-जसले जानेका छैनन्, म बाध्य गर्दिनँ। म यसरी मात्रै व्यवहार गर्न सक्छु। मैले यसको बारेमा स्पष्टसाथ बोलेको छु, र म यसको बारेमा पछि फेरि कुरा गर्नेछैन (किनभने मैले धेरै कुरा बताइसकेको छु, अनि मैले अत्यन्तै स्पष्‍ट रूपमा बोलिसकेको छु। मलाई चिन्‍ने व्यक्तिसँग अवश्य नै पवित्र आत्‍माको काम हुन्छ, र ऊ मेरो ज्येष्ठ पुत्रहरू मध्येको एक हो भन्‍नेमा कुनै शङ्का हुँदैन। मलाई नचिन्‍नेसँग निश्‍चित रूपमा नै पवित्र आत्माको काम हुँदैन, र यसले ऊबाट मेरो आत्मा हटाइसकिएको छ भन्‍ने प्रमाणित गर्छ)। तर अन्त्यमा, म सबैलाई मलाई चिन्‍ने—मेरो मानवतामा र मेरो ईश्‍वरीयतामा दुवैमा मलाई पूर्ण रूपमा चिन्‍ने तुल्याउनेछु। मेरा कामका चरणहरू यिनै हुन्, र मैले यसरी नै काम गर्नुपर्छ। यो मेरो प्रशासनिक आदेश पनि हो। हरेकले मलाई एक मात्र साँचो परमेश्‍वर भनी पुकार्नुपर्छ, र नरोकिकन मलाई प्रशंसा र आनन्दको साथ जयजयकार गर्नुपर्छ।

मेरो व्यवस्थापन योजना पूर्ण रूपमा पूरा भइसकेको छ, र धेरै समय अघि नै सबै कुरा पूरा गरिएको छ। मानव आँखाको लागि, मेरो धेरै काम अझै जारी छ जस्तो देखिन्छ, तर मैले पहिले नै यसलाई उचित रूपमा मिलाइसकेको छु, र मेरा चरणहरू अनुसार एक-एक गरी पूरा हुन मात्र बाँकी छ (किनभने संसारको सृष्टिभन्दा पहिले नै परीक्षामा को अडिग रहन सक्छ, को मद्वारा चुनिन र पूर्वनियुक्ति हुन सक्दैन, र को मेरो कष्टमा सहभागी हुन सक्दैन भनेर मैले पूर्वनिर्धारित गरिसकेको छु। मेरो कष्टमा सहभागी हुन सक्‍नेहरू—अर्थात्, मैले पूर्वनियुक्ति गरेका र चुनेकाहरूलाई म अवश्य नै सुरक्षित राख्‍नेछु र तिनीहरूलाई सबै कुरालाई उछिन्‍ने तुल्याउनेछु)। हरेक भूमिकामा को हुनेछ भन्‍ने बारेमा म मेरो हृदयमा स्पष्ट छु। कसले मलाई सेवा गर्छ, को ज्येष्ठ पुत्र हो, र को मेरा पुत्रहरू र मेरा मानिसहरूमध्येका हुन् भन्‍ने बारेमा मलाई राम्ररी थाहा छ। मेरो लागि यो कुरा मेरो हतकेला जत्तिकै परिचित छ। मैले विगतमा ज-जसलाई मेरो ज्येष्ठ पुत्र भनी भनेको छु तिनीहरू अहिले पनि मेरा ज्येष्ठ पुत्र हुन्, र मैले विगतमा ज-जसलाई मेरा ज्येष्ठ पुत्र होइनन् भनी भने अहिले पनि तिनीहरू मेरा ज्येष्ठ पुत्र होइनन्। म जे गर्छु, म पछुताउँदिन, र म यसलाई सहजै परिवर्तन गर्दिनँ। म जे भन्छु मेरो आसय त्यही हुन्छ (ममा कुनै पनि व्यर्थता छैन), र यो कुरा कहिल्यै पनि परिवर्तन हुँदैन! मलाई सेवा गर्नेहरूले सधैँ नै मेरो सेवा गर्नेछन्: तिनीहरू मेरा चौपाया हुन्; तिनीहरू मेरा घोडा हुन् (तर यी मानिसहरूमा आत्मिक बुझाइ कहिल्यै हुँदैन; जब म तिनीहरूलाई प्रयोग गर्छु, तिनीहरू उपयोगी हुन्छन्, तर जब म तिनीहरूलाई प्रयोग गर्दिनँ, म तिनीहरूलाई मार्छु। जब म चौपाया र घोडाहरूको कुरा गर्छु, तब मैले आत्मिक बुझाइ नभएका, मलाइ नचिन्‍ने, र ममा समर्पित नहुने मानिसहरूका बारेमा कुरा गरिरहेको हुन्छु, र तिनीहरू आज्ञाकारी र समर्पित अनि सरल र इमानदार भए पनि, तिनीहरू अझै पनि वास्तविक चौपाया र घोडाहरू नै हुन्)। अब, उपद्रवी रूपमा कुराकानी गर्दै र हाँस्दै, तिरस्कारी ढङ्गले व्यवहार गर्दै धेरैजसो मानिसहरू मेरो अघि निर्दयी र छाडा हुन्छन्—तिनीहरूले मेरो मानवता मात्रै देख्छन्, मेरो ईश्‍वरीयतालाई देख्दैनन्। मेरो मानवतामा यी बानीबेहोराहरूलाई त्यतिकै छाडिदिन सकिन्छ र म तिनीहरूलाई माफी दिन बाध्य हुन्छु, तर मेरो ईश्‍वरीयतामा त्यसो गर्नु सजिलो छैन। भविष्यमा, म तिमीहरूले ईश्‍वर-निन्दाको पाप गरेका छौ भन्‍ने निर्णय गर्नेछु। अर्को शब्‍दमा भन्दा, मेरो मानवतालाई उल्‍लङ्घन गर्न सकिन्छ, तर मेरो ईश्‍वरीयतालाई होइन, र मसँग अलिकति पनि द्वन्द्व गर्ने जोकोहीलाई म कुनै ढिलाइ नगरिकन तुरुन्तै न्याय गर्नेछु। तैँले मसँग धेरै वर्षसम्‍म सङ्गत गरेको र तँ मसँग परिचित बनेको छस् भन्दैमा, तैँले निर्दयीपूर्वक बोल्‍न र काम गर्न सक्छस् भन्‍ने नसोच्। मलाई साँच्‍चै यो कुराको मतलब छैन! यो व्यक्ति जो भए पनि, म त्यससँग धार्मिकताको साथ व्यवहार गर्नेछु। यो मेरो धार्मिकता हो।

मेरा रहस्यहरू मानिसहरूका निम्ति दिन-प्रतिदिन प्रकट गरिन्छ, र तिनीहरू प्रकाशका चरणहरूलाई पछ्याउँदै दिन-प्रतिदिन झन्-झन् स्पष्ट हुँदै जान्छन्, जुन मेरो कामको गति देखाउनको लागि पर्‍याप्त छ। यो मेरो बुद्धि हो (म यो कुरा सीधै बताउँदिन। म मेरा ज्येष्ठ पुत्रहरूलाई अन्तर्दृष्टि दिन्छु र ठूलो रातो अजिङ्गरका सन्तानलाई अन्धो तुल्याउँछु)। यसको साथै, मेरो पुत्रद्वारा म तिमीहरूलाई आज मेरो रहस्य प्रकट गर्नेछु। मानिसहरूका निम्ति अकल्‍पनीय कुराहरू म तिमीहरूलाई आज प्रकट गर्नेछु, म तिमीहरूलाई पूर्ण रूपमा जान्‍न र स्पष्ट रूपमा बुझ्‍न लगाउनेछु। यसको साथै, मेरा ज्येष्ठ पुत्रहरूभन्दा बाहिरका हरेकमा यो रहस्य अस्तित्वमा हुन्छ, तर कसैले पनि यसलाई बुझ्‍न सक्दैन। यो कुरा हरेक व्यक्तिभित्र हुने भए पनि, कसैले पनि यसलाई पहिचान गर्न सक्दैन। मैले के भनिरहेको छु? यस अवधिको मेरो काम र मेरा वाणीहरूमा, म बारम्‍बार ठूलो रातो अजिङ्गर, शैतान, दियाबलसहरू, र प्रधान स्‍वर्गदूतको बारेमा उल्‍लेख गर्छु। तिनीहरू के हुन्? तिनीहरूको सम्‍बन्ध के हो? यी कुराहरूमा के प्रकट हुन्छन्? ठूलो रातो अजिङ्गरका प्रकटीकरणहरू मप्रतिको विरोध हुन्, मेरा वचनहरूको अर्थको ज्ञान र समझको कमी हुन्, मलाई गरिएको बारम्बारको सतावट र मेरो व्यवस्थापनमा अवरोध पुर्‍याउने योजनाहरू प्रयोग गर्ने प्रयास हुन्। शैतान यसरी प्रकट हुन्छ: शक्तिको लागि मसँग सङ्घर्ष गर्ने, मेरा चुनिएका मानिसहरूलाई लिन चाहने, र मेरा मानिसहरूलाई बहकाउन नकरात्मक वचनहरू जारी गर्ने। दियाबलसहरूका प्रकटीकरणहरू (मेरो नामलाई स्वीकार नगर्ने, विश्‍वास नगर्ने सबै दियाबलसहरू हुन्) यसप्रकार छन्: देहको सुख-चैनको लालच गर्ने, दुष्ट अभिलाषाहरूमा लिप्त हुने, शैतानको बन्धनमा जिउने, केहीले मलाई विरोध गर्छन् र केहीले मलाई समर्थन गर्छन् (तर तिनीहरू मेरा प्रिय पुत्रहरू हुन् भन्‍ने प्रमाणित हुँदैन)। प्रधान स्‍वर्गदूतका प्रकटीकरणहरू यसप्रकार छन्: अटेरी भई बोल्‍ने, अधर्मी बन्‍ने, मानिसहरूलाई भाषण दिन प्रायजसो मेरो स्वरशैलीको अनुकरण गर्ने, मेरो अनुकरण गर्दा बाहिरी कुरामा मात्रै ध्यान दिने, मैले जे खान्छु त्यही खाने र मैले जे प्रयोग गर्छु त्यही प्रयोग गर्ने; छोटकरीमा भन्दा, मेरै स्तरको बन्‍न चाहना गर्ने, महत्त्वाकांक्षी बन्‍ने तर मेरो क्षमताको कमी भएको र मेरो जीवन नभएको, र खेर गएको कुरा बन्‍ने। शैतान, दियाबलसहरू, र प्रधान स्‍वर्गदूत सबै ठूलो रातो अजिङ्गरलाई प्रतिनिधित्व गर्ने प्रदर्शनहरू हुन्, त्यसकारण मैले पूर्वनियुक्ति नगरेका र नचुनेका मानिसहरू सबै ठूलो रातो अजिङ्गरका सन्तान हुन्: यो पूर्णतया यस्तै हो! यी सबै मेरा शत्रुहरू हुन्। (तैपनि, शैतानका बाधाहरूलाई यसमा समावेश गरिएको छैन। यदि तेरो प्रकृति मेरो क्षमता जस्तो छ भने, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। अहिले तँ अझै पनि देहमा जिउने भएको हुनाले, तैँले बेला-बेलामा शैतानका परीक्षाहरूको सामना गर्नेछस्—त्यो अपरिहार्य छ—तर तँ सधैँ होशियार रहनुपर्छ।) त्यसकारण, म ठूलो रातो अजिङ्गरका सबै सन्तानलाई मेरा ज्येष्ठ पुत्रहरूको समूहभन्दा बाहिर निकालेर त्याग्‍नेछु। तिनीहरूको प्रकृति कहिल्यै परिवर्तन हुन सक्दैन—यो शैतानको क्षमता हो। तिनीहरूले प्रकट गर्ने दियाबलसहरूलाई नै हो, र तिनीहरूले जिउने प्रधान स्‍वर्गदूतको जीवन हो। यो पूर्ण रूपमा साँचो कुरा हो। मैले कुरा गरेको त्यो ठूलो रातो अजिङ्गर एउटा ठूलो रातो अजिङ्गर होइन; बरु यो मेरो विरुद्धको दुष्टात्मा हो, जसको लागि “ठूलो रातो अजिङ्गर” एक पर्यायवाची शब्‍द हो। यसैले, पवित्र आत्मा बाहेकका अरू सबै आत्माहरू दुष्टात्माहरू हुन्, र तिनलाई ठूलो रातो अजिङ्गरको सन्तान पनि भन्न सकिन्छ। यो कुरा सबैले स्पष्ट रूपमा बुझ्नुपर्दछ।

अघिल्लो:  अध्याय ९५

अर्को:  अध्याय ९७

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger