गन्तव्यको सम्‍बन्धमा

जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्‍वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्‍वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्‍ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्‍वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म एउटा साधारण व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूले कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू हो, न त मेरो मेहनती काम नै हो। बरु तिमीहरूलाई आवश्यक परेको ती हरेक थोक हुन् जुन तिमीहरूसँग देहमै छ: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि इत्यादि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको आस्थालाई सारांशमा एउटै शब्दमा भन्न सक्छु: लापरवाह। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले अर्पित हुन्छौ, ती कुराहरू प्राप्त गर्न जेसुकै गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास सम्बन्धी कुराहरूको खातिर त्यसो गर्दैनौ भन्‍ने मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले समर्पित छौ, अनि तुलनात्मक रूपले जोशिला छौ। त्यसैकारण, म भन्छु, जसमा पूर्ण रूपमा इमानदार हृदयको कमी छ, तिनीहरू परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?

मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरिन्छ भन्‍ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्‍नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्‍वास गर्छु कि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा बरु त्योभन्दा धेरै कठिन र कष्टदायी कुरा हासिल गर्न जे पनि गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई छल्न समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई समेत छल्ने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको बफादारी, साथै तिमीहरूको निष्कपटता अस्थायी मात्र हो भन्‍ने मलाई थाहा छ। के तिमीहरूको सङ्कल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यका खातिर नभई वर्तमान क्षणका खातिर मात्र होइन र? केवल एउटा सुन्दर गन्तव्यतर्फ लागिपर्नका निम्ति तिमीहरू एउटा अन्तिम प्रयास लगाउन मात्र चाहन्छौ; तिमीहरूको एकमात्र उद्देश्य लेनदेन गर्नु हो। तिमीहरू सत्यताप्रति ऋणी हुनबाट जोगिन यो प्रयास गर्दैनौ, मलाई मैले चुकाएको मूल्य चुक्ता गर्नका खातिर त झनै गर्दैनौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू प्रयोग गर्न मात्र इच्छुक छौ, तर त्यसका निम्ति खुला लडाइँ लड्दैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त दिनमा खान र पिउन मन नलाग्ने, र रातमा शान्तिपूर्वक सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यबारे दिमाग नै खियाउनुपर्छ। अन्तिममा तिमीहरूको परिणाम निर्धारित भइसकेको हुनेछ भन्‍ने कुरा के साँचो होइन र? तिमीहरू हरेकले खुला र इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र जस्तोसुकै आवश्यक मूल्य चुकाउन इच्छुक हुनुपर्छ। तिमीहरूले भने जस्तै, जब त्यो दिन आउँछ, परमेश्वरका निम्ति कष्ट भोगेका र मूल्य चुकाएका कसैलाई पनि परमेश्‍वरले अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। यस्तो प्रकारको दृढ निश्‍चय पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही हो। यसरी मात्रै तिमीहरूबारे मेरो मनलाई म ढुक्क बनाउन सक्छु। नत्र, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसका बारेमा म मेरो मनलाई ढुक्क बनाउन सक्दिनँ, अनि तिमीहरू सदा मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरा निम्ति आफ्नो सबै दिन सक्छौ, मेरो कामका निम्ति कुनै प्रयास बाँकी राख्दैनौ, अनि मेरो सुसमाचारको कामका निम्ति जीवनभरिको शक्ति अर्पण गर्छौ भने, के मेरो हृदय तिमीहरूका खातिर प्रायः हर्षले उफ्रिने छैन र? यसरी, म मेरो मनलाई तिमीहरूका सम्बन्धमा पूर्ण रूपले ढुक्क बनाउन सक्नेछु, सक्नेछैनँ र? यो लाजलाग्दो कुरा हो कि तिमीहरूले गर्नसक्ने कुरा भनेको मैले आशा गरेको कुराको ज्यादै सानो भाग मात्र हो। यसो भएको हुनाले तिमीहरूले आशा गरेको कुराको निम्ति मबाट खोजी गर्ने आँट कसरी तिमीहरू गर्नसक्छौ?

तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूका निम्ति धेरै महत्त्वपूर्ण छन्— ती तँसँग गम्भीर रूपमा सम्बन्धित कुरा हुन्। तिमीहरू के विश्‍वास गर्छौ भने, यदि तिमीहरूले ठूलो सावधानीका साथ कामकुराहरू गरेनौ भने, यसको अर्थ तिमीहरूसित उप्रान्त गन्तव्य हुनेछैन, तिमीहरूले आफ्नै भाग्यलाई नष्ट गरेका हुन्छौ भन्‍ने हुनेछ। तर आफ्नो गन्तव्यका खातिर मात्र मेहनत लगाउने मानिसहरूले व्यर्थमा परिश्रम गरिरहेका छन् भन्‍ने कुरा के तिमीहरूले कहिल्यै सोचेका छौ? त्यस्ता मेहनतहरू साँचो हुँदैनन्, ती झुटो आवरण र छल मात्र हुन्। यदि त्यसो हो भने, जसले केवल आफ्नो गन्तव्यका खातिर मेहनत लगाउँछन्, तिनीहरू आफ्नो अन्तिम पराजयको सँघारमा हुन्छन्, किनभने परमेश्‍वरप्रतिको विश्‍वासमा असफलताको कारण भनेको छल नै हो। मैले पहिले के भनेको छु भने, मलाई चापलुसी वा लोलोपोतो गरेको, वा उत्सुकतासाथ व्यवहार गरेको मन पर्दैन। मलाई इमानदार मानिसहरूले मेरो सत्यता र मेरा अपेक्षाहरूको सामना गरेको मन पर्छ। अझ त्योभन्दा बढी, जब मानिसहरूले मेरो हृदयका लागि सबैभन्दा बढी ख्याल देखाउन सक्छन्, अनि मेरा खातिर सबै कुरा समर्पित गर्न समेत सक्षम हुन्छन्, मलाई त्यो कुरा मन पर्छ। यसरी मात्रै मेरो हृदयले सान्त्वना पाउन सक्छ। अहिले तिमीहरूका विषयमा मैले मन नपराउने कति धेरै कुराहरू छन्? मैले तिमीहरूका बारेमा मन पराउने कुराहरू कति छन्? के तिमीहरूले आफ्‍नो गन्तव्यको लागि तिमीहरूले देखाएको कुरूपताका विभिन्न प्रकटीकरणहरूलाई तिमीहरूमध्ये कसैले महसुस गरेका छैनौ भन्‍ने हुन सक्ला र?

मेरो हृदयमा, म सकारात्मक र माथितिर उठ्ने आकाङ्क्षा राख्ने कुनै पनि हृदयलाई चोट पुर्‍याउन चाहन्न, र आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्ने कसैको हुटहुटीलाई निरुत्साहित गर्न त म झनै चाहन्न। तथापि, मैले तिमीहरूमध्ये हरेकलाई तिमीहरूका अपर्याप्तताहरू र हृदयका गहनतम कुनाहरूमा रहेका फोहोर प्राणबारे स्मरण गराउनैपर्छ। मेरा वचनहरूको सम्मुख आउँदा तिमीहरूले आफ्नो साँचो हृदय अर्पण गर्न सक्नेछौ भन्ने आशामा म यसो गर्छु, किनभने मैले सबैभन्दा बढी घृणा गर्ने भनेको मानिसहरूको मप्रतिको छल हो। म केवल के आशा गर्छु भने, मेरो कामको अन्तिम चरणमा, तिमीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गर्न सक्षम हुनेछौ, अनि तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले आफूलाई अर्पित गर्नेछौ, उप्रान्त आधा हृदयले होइन। अवश्य नै, म के पनि आशा गर्छु भने तिमीहरू सबैले एउटा असल गन्तव्य पाउन सक्नेछौ। तथापि, मसित अझै मेरो माग छ, जुन तिमीहरूले मलाई तिमीहरूको एउटै र अन्तिम बफादारी अर्पण गरेर सर्वोत्कृष्ट निर्णय गर भन्‍ने हो। यदि कसैसित यो एक मात्र भक्ति छैन भने, ऊ निश्चय नै शैतानको बहुमूल्य सम्पत्ति हो अनि म उसलाई मेरो प्रयोगको निम्ति राख्नेछैन तर उसको आमाबुबाद्वारा हेरचाह गरिनको निम्ति उसलाई घर पठाइदिनेछु। मेरो काम तिमीहरूको निम्ति एउटा ठूलो सहायता हो; तिमीहरूबाट मैले इमान्दार र माथि उठ्ने चाहना भएको हृदय चाहन्छु, तर अहिलेसम्म मेरो हातहरू खाली नै छन्। यस बारेमा सोच: यदि म एक दिन अझै पनि शब्दहरूले बयान नसक्‍ने गरी दुःखित छु भने, तब तिमीहरूप्रतिको मेरो मनोवृत्ति कस्तो हुनेछ? के म तिमीहरूप्रति अहिलेजस्तै मिलनसार हुनेछु र? के तिमीहरू कठोर मेहनत गरेर खेत जोतेपछि पनि एउटै अन्न कटनी गर्न नपाएको व्यक्तिको भावनाहरूलाई बुझ्‍न सक्छौ? कुनै मानिसलाई चोट पुर्याउँदा उसको हृदय कति धेरै घाइते हुन्छ, के तिमीहरू बुझ्न सक्छौ? के तिमीहरू एउटा व्यक्तिको तीतोपना चाख्न सक्छौ जो कुनै समय आशाले परिपूर्ण थियो तर नराम्रो सम्बन्धमा पुगेर ऊ अलग हुनु परेको छ? के तिमीहरूले एउटा क्रोधित तुल्याइएको मानिसबाट क्रोध उत्पन्न भएको देखेका छौ? के तिमीहरू शत्रुता र छलले व्यवहार गरिएको व्यक्तिको बदला लिने आतुरतालाई बुझ्न सक्छौ? यदि तिमीहरू यस्ता मानिसहरूको मानसिकतालाई बुझ्दछौ भने मलाई लाग्छ, परमेश्‍वरको प्रतिशोधको समयमा उहाँको मनोवृत्ति कस्तो हुनेछ भनेर कल्पना गर्न तिमीहरूलाई गाह्रो हुँदैन! अन्त्यमा, म आशा गर्छु कि तिमीहरू सबैले आफ्नै गन्तव्यको खातिर गम्भीर प्रयास लगाउँछौ, यद्यपि तिमीहरूले आफ्नो प्रयासमा छलपूर्ण तरिकाहरूको प्रयोग नगरेकै राम्रो हुन्छ, नत्र भने मेरो हृदयमा म तिमीहरूसित निरन्तर निराश हुनेछु। अनि त्यस्तो निराशाले केमा लैजान्छ? के तिमीहरू आफैलाई मूर्ख बनाइरहेका छैनौ? जसले आफ्नो गन्तव्यको निम्ति विचार राखेर पनि त्यसलाई नष्ट गर्छ तिनीहरू मुक्ति पाउन सक्नेहरूमा सबैभन्दा पछाडि पर्दछन्। यदि तिनीहरू चिढिए र क्रोधित भए भने पनि त्यस्तो व्यक्तिलाई कसले दया देखाउँथ्यो र? निष्कर्षमा, म अझै पनि चाहन्छु कि तिमीहरूले एउटा गन्तव्य पाऔ जुन सुहाउँदो र असल दुवै होस् अनि त्यसभन्दा बढी, तिमीहरूमध्ये कोही पनि महाविपत्तीमा पर्न नपरोस् भनी म आशा गर्छु।

अघिल्लो:  तँ कोप्रति निष्ठावान् छस्?

अर्को:  तीन अर्तीहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger