अध्याय ११४

मैले ब्रह्माण्ड संसार सृष्टि गरेँ; मैले पहाड-पर्वत, खोला-नाला र सबै थोकहरू बनाएँ; मैले ब्रह्माण्ड र पृथ्वीको अन्तलाई आकार दिएँ; मैले मेरा छोराहरू र मेरा मानिसहरूलाई अगुवाइ गरेँ; मैले सबै थोक र पदार्थहरूमाथि हुकुम चलाएँ। अब, मेरा ज्येष्ठ पुत्रहरूलाई मेरो सियोन पर्वतमा फिर्ता लैजान, म बस्‍ने ठाउँमा फर्काउनलाई अगुवाइ गर्नेछु, र यो मेरो कामको अन्तिम चरण हुनेछ। मैले गरेको सबै कुरा (सृष्टिदेखि अहिलेसम्म गरेका कुराहरू) आजको मेरो कामको चरणको निम्ति थियो, अझ बढी, यो भोलिको शासन, भोलिको राज्य, र म र मेरा पुत्रहरूको अनन्त आनन्दको निम्ति हो। सबै थोक सृष्टि गर्नुको मेरो उद्देश्य यही हो, र मेरो सृष्टिद्वारा अन्तमा मैले हासिल गर्ने कुरा यही हो। मैले भन्‍ने र गर्ने कुरामा उद्देश्य र योजना हुन्छ; कुनै पनि कुरा जथाभाबी तरिकाले गरिँदैन। ममा सबै स्वतन्त्र र स्वाधीन छ भनेर मैले भने तापनि, मैले गर्ने हरेक कुरा सैद्धान्तिक हुन्छ र मैले गर्ने सबै कुरा मेरो बुद्धि र स्वभावमा आधारित हुन्छन्। के तिमीहरूसँग यसको बारेमा कुनै अन्तर्दृष्टि छ? सृष्टिको समयदेखि अहिलेसम्म, मेरा ज्येष्ठ पुत्रहरू बाहेक, कसैले पनि मलाई चिनेको छैन, र कसैले पनि मेरो साँचो मुहार देखेको छैन। मेरा ज्येष्ठ पुत्रहरू मेरो व्यक्तित्वको भाग भएका हुनाले मैले तिनीहरूका निम्ति अपवाद बनाएको हुँ।

जब मैले संसारको सृष्टि गरेँ, मैले मानिसहरूलाई मेरो आवश्यकताअनुसार चार तहमा वर्गीकरण गरेँ, ती हुन्: मेरा पुत्रहरू, मेरा मानिसहरू, सेवा प्रदान गर्नेहरू र नष्ट गरिनेहरू। मेरा ज्येष्ठ पुत्रहरूलाई किन यस सूचीमा समावेश गरिएन? यो मेरा ज्येष्ठ पुत्रहरू सृष्टि गरिएका प्राणीहरू नभएको कारणले हो; तिनीहरू मबाट आएका हुन् र मानवजातिबाट होइन। म देह हुनुभन्दा अगाडि मैले मेरा ज्येष्ठ पुत्रहरूको निम्ति बन्दोबस्त गरेँ; तिनीहरू कुन घरानामा जन्मनेछन् र तिनीहरूको निम्ति सेवा पुर्‍याउनेहरू को हुनेछन्—यी सबै थोकहरू मद्वारा योजना गरिएका हुन्। मैले तिनीहरूमध्ये कसलाई म कुन समयमा प्राप्त गर्नेछु भन्‍ने कुराको पनि योजना गरेँ। अन्तमा, हामी सियोनमा सँगै फर्कनेछौं। यो सबै सृष्टिभन्दा अगाडि योजना गरियो, कुनै पनि मानिसले यसको बारेमा जान्दैन र यो कुनै पनि पुस्तकमा अभिलिखित छैन किनकि यी सियोनका कुराहरू हुन्। यसको अतिरिक्त, म जब देह बनेँ, मैले मानिसलाई यो पक्ष दिइनँ, यसैले कसैले पनि ती कुराहरू थाहा पाएनन्। जब तिमीहरू सियोनमा फर्कन्छौ, तिमीहरू विगतमा कस्ता थियौ, अहिले कस्ता छौ र यस जीवनमा तिमीहरूले के गरेका छौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ। अहिले म तिमीहरूलाई सामान्य रूपमा यी कुराहरू स्पष्ट र अलिअलि गरेर भनिरहेको छु, नत्रता तिमीहरूले जति धेरै प्रयास गरे पनि बुझ्‍नेथिएनौ, र तिमीहरूले मेरो व्यवस्थापनमा अवरोध पुऱ्याउनेथियौ। आज मेरा धेरैजसो ज्येष्ठ पुत्रहरूबाट देहमा अलग भए तापनि, हामी एउटै आत्माका हौं, र हाम्रो भौतिक स्वरूप अलग भए तापनि, हामी सुरुदेखि अन्तसम्म एउटै आत्माका हौँ। तैपनि, शैतानका सन्तानहरूले यसलाई शोषण गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्‍न। तिमीहरूले आफ्नो भेष जति नै बदले पनि, यो सतही रूपमा मात्रै रहन्छ, र म यसलाई अनुमोदन गर्दिनँ। यसैले यसबाट के देख्‍न सकिन्छ भने, सतही कुरामा ध्यान दिने र बाहिरी रूपले मेरो नक्कल गर्नेहरू शतप्रतिशत शैतान हुन् भन्‍ने निश्‍चित छ। तिनीहरूको आत्मा फरक भएको र तिनीहरू मेरा प्रियहरू नभएका हुनाले, तिनीहरूले जसरी मेरो नक्कल गरे पनि, तिनीहरू मजस्ता छैनन्। यसको साथै, मेरा ज्येष्ठ पुत्रहरू वास्तवमा मसँग एउटै आत्माका भएको कारण, तिनीहरूले मेरो नक्कल नगरे तापनि, तिनीहरूले म जस्तै बोल्छन् र व्यवहार गर्छन्, अनि तिनीहरू सबै इमान्दार, शुद्ध र खुला हुन्छन् (यी मानिसहरूमा बुद्धिको अभाव छ किनकि तिनीहरूसँग संसारको सीमित अनुभव छ, यसैले बुद्धिको अभाव हुनु मेरा ज्येष्ठ पुत्रहरूको कमजोरी होइन; जब तिनीहरू शरीरमा फर्कन्छन्, सबै कुरा ठीक हुनेछ)। यसैले माथि वर्णन गरिएको कारणले, मैले तिनीहरूलाई जसरी निराकरण गरे पनि धेरैजसो मानिसहरूले अझ पनि आफ्नो पुरानो प्रकृतिलाई परिवर्तन गर्दैनन्। तैपनि मैले मेरा ज्येष्ठ पुत्रहरूलाई काटछाँट नै नगरे पनि तिनीहरू मेरा अभिप्रायहरूअनुरूपका हुन्छन्। यो हामी एउटै आत्माको भएको कारणले हो। तिनीहरूले आफ्ना आत्मामा मेरो निम्ति पूर्ण रूपमा समर्पित हुने तत्परताको महसुस गर्छन्। यसैले मेरा ज्येष्ठ पुत्रहरूबाहेक, मेरा अभिप्रायहरूको बारेमा साँचो तवरले र इमान्दारीपूर्वक बुझ्‍ने कोही पनि छैन; मैले शैतानमाथि विजय प्राप्त गरेपछि मात्र तिनीहरू मेरो सेवा गर्न राजी हुन्छन्।

मेरो बुद्धि र मेरा ज्येष्ठ पुत्रहरू सबैभन्दा माथि हुन्छन् र सबैमाथि प्रबल हुन्छन्, र कुनै पनि थोक वा व्यक्ति वा पदार्थ बाटोमा खडा हुने हिम्मत गर्दैन। यसको साथै, कुनै पनि व्यक्ति, पदार्थ वा थोक तिनीहरूमाथि प्रबल हुन सक्दैन, बरु सबै मेरो व्यक्तित्वको अगाडि आज्ञाकारी भएर झुक्छन्। यो कुनै पनि व्यक्तिको आँखा अगाडि हुने र मैले पहिले नै हासिल गरिसकेको तथ्य हो। अनाज्ञाकारितामा लागिरहने जोसुकैलाई (अनाज्ञाकारीहरूले अझ पनि शैतानलाई जनाउँछ र शैतानद्वारा ओगटिएकाहरू शैतानभन्दा अरू कोही होइनन् भन्‍नेमा कुनै शङ्का छैन), निश्‍चय नै म तिनीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु, ताकि भविष्यमा कुनै पनि समस्या नहोस्; तिनीहरू मेरो सजायबाट तत्कालै मर्नेछन्। यस किसिमका शैतानहरू नै मेरो निम्ति सेवा प्रदान गर्न नचाहनेहरू हुन्। यी कुराहरू सृष्टिदेखि नै मेरो विरुद्धमा सधैँ हठी भएर खडा भएका छन्, र आज तिनीहरू मेरो अनाज्ञाकारितामा लागिरहन्छन्। (मानिसहरूले यसलाई देख्‍न सक्दैनन् किनकि यो आत्मासँग सम्बन्धित कुरा हो। यस किसिमको व्यक्तिले यस किसिमको शैतानको प्रतिनिधित्व गर्दछ।) अरू सबै कुरा तयार हुनु अगाडि तिनीहरूलाई सदाको निम्ति कडा दण्ड प्राप्त गर्ने गरी तिनीहरूलाई नष्ट गर्नेछु। (यहाँ प्रयोग गरिएको “नष्ट गर्नु” ले “तिनीहरूलाई अस्तित्व नरहने बनाउनु” भन्‍ने अर्थ दिँदैन, बरु यसले तिनीहरूमाथि ल्याइने कठोरताको हदलाई जनाउँछ। यहाँ प्रयोग गरिएको “नष्ट गर्नु” शब्द नष्ट गरिनेहरूको निम्ति प्रयोग गरिने “नष्ट गर्नु” भन्‍ने शब्‍दभन्दा फरक छ।) तिनीहरू सदासर्वदा नरोकी रुनेछन् र दाह्रा किट्नेछन्। मानिसको कल्पनाले त्यो दृश्यलाई परिकल्पना गर्न सक्दैन। मानवजातिको मरणशील सोचमा, तिनीहरूले आत्मिक कुराहरूको कल्पना गर्न सक्दैनन्, यसैले तिमीहरूले थप कुराहरू सियोनमा फर्केपछि मात्र बुझ्‍नेछौ।

मेरो भविष्यको घरमा, मेरा ज्येष्ठ पुत्रहरू र मबाहेक कोही पनि हुनेछैनन्, र त्यस बेला मात्र मेरो लक्ष्य पूरा हुनेछ र मेरो योजनाले पूर्ण फलदायी हुनेछ, किनकि सबै आफ्नो मूल अवस्थामा फर्कनेछन् र सबै कुरालाई त्यसको प्रकारअनुसार वर्गीकरण गरिनेछ। मेरा ज्येष्ठ पुत्रहरू मेरा हुनेछन्, मेरा छोरा र मानिसहरू सृष्टि गरिएका प्राणीहरूमध्येका हुनेछन्, र सेवाकर्ताहरू र नष्ट गरिएकाहरू शैतानका हुनेछन्। संसारको न्याय गरेपछि, म र मेरा ज्येष्ठ पुत्रहरूले फेरि ईश्‍वरीय जीवन सुरु गर्नेछन्, र तिनीहरूले मलाई कहिले पनि छोड्नेछैनन् र सधैँ मेरो साथमा हुनेछन्। मानवीय दिमागले बुझ्‍न सकिने रहस्यहरू अलिअलि गरेर तिमीहरूलाई प्रकट गरिनेछन्। इतिहासभरि, मेरो कारणले शहीद भई आफैलाई पूर्ण रूपमा ममा चढाउने अनगिन्ती मानिसहरू छन्, तर मानिसहरू जे भए पनि सृष्टि गरिएका प्राणीहरू न हुन् अनि तिनीहरू जति नै असल भए तापनि तिनीहरूलाई परमेश्‍वरको रूपमा वर्गीकरण गर्न सकिँदैन; यो घटनाहरूको अपरिहार्य क्रम हो, र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। जे भए पनि, सबै थोकको सृष्टि परमेश्‍वरले गर्नुभएको हो, जब कि मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, अनि शैतानचाहिँ मेरो विनाशको निशाना र मैले घृणा गर्ने शत्रु हो—“पहाड-पर्वत र नदी-नाला सर्लान् र रूपान्तरण होलान्, तर कुनै व्यक्तिको प्रकृति परिवर्तन हुँदैन” भन्‍ने शब्दहरूको सबैभन्दा साँचो अर्थ यही हो। यो अवस्थामा र अहिलेको यो चरणमा हुनु भनेको म र मेरा ज्येष्ठ पुत्रहरू विश्राममा प्रवेश गर्नेछौं भन्‍ने कुराको निशान हो। किनभने संसारको मेरो काम पूर्ण रूपमा सम्पन्‍न भएको छ, र मेरो कामको अर्को चरण सम्पन्‍न गर्नको निम्ति म देहमा फर्कनु आवश्यक छ। यी मेरो कामका चरणहरू हुन्, जसको योजना मैले धेरै अगाडि गरेको हुँ। यो कुरालाई स्पष्ट रूपमा देखिनुपर्छ, नत्र धेरैजसो मानिसहरूले मेरो प्रशासनिक आदेशहरूलाई उल्लङ्‍घन गर्नेछन्।

अघिल्लो:  अध्याय ११३

अर्को:  अध्याय ११५

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger