अध्याय ११३

मैले गर्ने प्रत्येक कार्यमा मेरो बुद्धि छ, तर यो बुद्धिलाई ठम्याउन मानव आधारभूत रूपमा असमर्थ छ; मानिसले मेरो कार्य र वचनहरूलाई मात्रै देख्छ, मेरो महिमा वा देखा परेको व्यक्तित्वलाई देख्न सक्दैन, किनकी मानिससँग आधारभूत रूपमै यो क्षमताको अभाव हुन्छ। त्यसैले, मानिसमा मेरा परिवर्तनहरू नगरिकनै, मेरा ज्येष्ठ पुत्रहरू र म सियोन फर्किनेछौं र स्वरूप परिवर्तन गर्नेछौं, ताकि मानिसले मेरो बुद्धि तथा सर्वशक्ति देख्न सकोस्। मानिसले अहिले देख्ने, मेरो बुद्धि र सर्वशक्ति, उल्लेख गर्न पनि लायक नभएका, मेरो महिमाको एक सानो हिस्सा मात्रै हुन्। यसबाट, मेरो बुद्धि र मेरो महिमा असीमित—नाप्नै नसकिने गरी गहन—छ भन्‍ने देख्न सकिन्छ, र मानिसको मस्तिष्कले आधारभूत रूपमा यो कुरालाई विचार गर्न वा बुझ्न सक्दैन। राज्यको निर्माण गर्नु ज्येष्ठ पुत्रहरूको कर्तव्य हो, र यो मेरो पनि काम हो। यसो भन्नुको अर्थ, यो मेरो व्यवस्थापन योजनाको एउटा थोक हो। राज्यको निर्माण मण्डलीको निर्माण जस्तो होइन; मेरा ज्येष्ठ पुत्रहरू र म मेरो व्यक्ति र राज्य हौँ, त्यसकारण जब मेरा ज्येष्ठ पुत्रहरू र म सियोन डाँडामा प्रवेश गर्छौं, राज्यको निर्माण सम्पन्न भएको हुनेछ। अर्को शब्दमा भन्नुपर्दा, राज्यको निर्माण कार्यको एक चरण हो—आत्मिक क्षेत्रमा प्रवेश गर्ने चरण। (तर, यो संसारको सृष्टि गरेदेखि यता मैले गरेको सबै कुरा यो चरणका लागि नै हुन्। मैले यसलाई चरण भने पनि, वास्तवमा, यो चरण हुँदै होइन।) तसर्थ, म सबै सेवाकर्ताहरूलाई यो चरणको सेवामा प्रयोग गर्छु, र अन्ततः, आखिरी दिनहरूमा, ठूलो सङ्ख्यामा मानिसहरू पछि हट्नेछन्; तिनीहरू सबैले ज्येष्ठ पुत्रहरूलाई सेवा प्रदान गर्नेछन्। यी सेवाकर्ताप्रति दया गर्ने जो-कोहीको पनि मेरो श्रापबाट मृत्यु हुनेछ। (सेवाकर्ताहरूले ठूलो रातो अजिङ्गरको षड्यन्त्रलाई प्रतिनिधित्व गर्छन् र तिनीहरू सबै शैतानकै दास हुन्, त्यसैले तिनीहरूप्रति दया देखाउनेहरू ठूलो रातो अजिङ्गरका मतियारहरू हुन् र शैतानका हुन्।) मैले प्रेम गर्ने सबैलाई म प्रेम गर्छु, र मेरा श्राप र ज्वालाका पात्रहरू सबैलाई घृणा गर्छु। के तिमीहरू पनि यसो गर्न सक्छौ? मेरो विरुद्धमा खडा हुने कसैलाई पनि म निश्‍चय नै माफी दिनेछैन, न म तिनीहरूलाई छोड्ने नै छु! प्रत्येक कार्य गर्दा, मेरो सेवा गर्नका लागि म ठूलो सङ्ख्यामा सेवाकर्ताहरूको प्रबन्ध मिलाउँछु। तसर्थ, इतिहासभरि सबै अगमवक्ता र प्रेरितहरूले आजको चरणका लागि मात्र सेवा गर्दै आएको देख्न सकिन्; तिनीहरू मेरा अभिप्रायहरूअनुरूपका छैनन्,र ती मबाट आएका होइनन्। (तिनीहरूमध्ये धेरै जना मप्रति निष्ठावान् भए पनि, तिनीहरू मेरा होइनन्। तसर्थ, तिनीहरूको दौडधूप मेरो लागि यो अन्तिम चरणको आधारशिला निर्माण गर्नका लागि हो, तर तिनीहरू स्वयम्को सरोकारमा भने तिनीहरूका सबै प्रयासहरू व्यर्थ हुन्।) त्यसैले आखिरी दिनहरूमा पछि हट्नेको सङ्ख्या अझै ठूलो हुनेछ। (मैले “ठूलो सङ्ख्या” भन्नुको कारण के हो भने, मेरो व्यवस्थापन योजना अन्त्यमा पुगेको छ, मेरो राज्यको निर्माण सुसम्पन्न भएको छ, र ज्येष्ठ पुत्रहरू सिंहासनमा बसिसकेका छन्।) यो सबै ज्येष्ठ पुत्रहरू देखा परेको कारणले नै हो। ज्येष्ठ पुत्रहरू देखा परिसकेका हुनाले, ठूलो रातो अजिङ्गरले क्षति पुर्‍याउन र सबै मार्गहरू समाप्त गर्न हुनसक्ने सबै माध्यमहरूको प्रयोग गर्ने प्रयास गर्छ। मेरो सेवा गर्न आउनेहरूप्रति, अहिलेको अवधिमा साँचो रङ्ग देखाउनेहरूप्रति, र मेरो व्यवस्थापनमा अवरोध पुर्‍याउन प्रयास गर्नेहरूप्रति यसले सबै प्रकारका दुष्ट आत्माहरू पठाउनेछ। यसलाई नाङ्गो आँखाले देख्न सकिँदैन; यी सबै कुराहरू आत्मिक क्षेत्रका कुराहरू हुन्। तसर्थ, पछि हट्ने मानिसहरूको सङ्ख्या ठूलो हुनेछ भनेर मानिसहरूले विश्‍वास गर्दैनन्; तर पनि म के गर्छु भनेर मलाई थाहा छ, म मेरो व्यवस्थापनलाई बुझ्छु; हस्तक्षेप गर्न मानिसहरूलाई नदिनुको कारण यही हो। (प्रत्येक प्रकारका नीच दुष्ट आत्माहरूले आफ्नो सही स्वरूप देखाउने दिन आउनेछ, र सबै मानिसहरू साँचो रूपमा विश्‍वस्त हुनेछन्।)

म मेरा ज्येष्ठ पुत्रहरूलाई प्रेम गर्छु, तर मलाई ठूलो इमानदारीसाथ प्रेम गर्ने ठूलो रातो अजिङ्गरका सन्ततिहरूलाई, म प्रेम गर्दै गर्दिन; वास्तवमा, म तिनीहरूलाई झन् धेरै घृणा गर्छु। (यी मानिसहरू मेरा होइनन्, र तिनीहरूले असल अभिप्रायहरू देखाए र मधुर शब्‍दहरू बोले पनि, यो सबै ठूलो रातो अजिङ्गरको एउटा योजना हो, त्यसैले म तिनीहरूलाई मेरो अन्तस्करणदेखि नै घृणा गर्छु।) यो मेरो स्वभाव हो, र सम्पूर्णतामा यो मेरो धार्मिकता हो। यसलाई मानिसले अलिकति पनि ठम्याउन सक्दैन। मेरो धार्मिकताको सम्पूर्णता यहाँ किन खुलासा गरिन्छ? यसबाट, मेरो पवित्र स्वभाव बुझ्न सकिन्छ, जसले कुनै उल्‍लङ्घन सहँदैन। म मेरा ज्येष्ठ पुत्रहरूलाई प्रेम गर्नसक्छु र मेरा ज्येष्ठ पुत्रहरूबाहेक अरू सबैलाई (तिनीहरू निष्ठावान् मानिसहरू नै भए पनि) घृणा गर्छु। मेरो स्वभाव यही हो। के तिमीहरू देख्न सक्दैनौ? मानिसहरूको धारणामा, म सधैँ कृपालु परमेश्‍वर हुँ, र मलाई प्रेम गर्ने सबैलाई म प्रेम गर्छु; के यो विवेचना मेरो विरुद्धको ईश्‍वर निन्दा होइन र? के म जनावर र पशुहरूलाई प्रेम गर्न सक्छु? के म शैतानलाई आफ्नो ज्येष्ठ पुत्रको रूपमा लिन र आनन्द उठाउन सक्छु? वाहियात! मेरो कार्य मेरा ज्येष्ठ पुत्रहरूबाट अगाडि बढ्छ, र मेरा ज्येष्ठ पुत्रहरू बाहेक, मैले प्रेम गर्ने अरू केही छैन। (पुत्र र मानिसहरू थप हुन्, तर महत्त्वपूर्ण होइनन्)। मैले धेरै अर्थहीन काम गर्थे भनेर मानिसहरूले भन्‍ने गर्छन्, तर मेरो दृष्टिकोणमा, वास्तवमा, त्यो काम सबैभन्दा अमूल्य, र सबैभन्दा अर्थपूर्ण थियो। (यसले मैले दुई वटा देहधारणको दौरान गरेको कार्यलाई जनाउँछ; मैले मेरो शक्तिको खुलासा गर्न चाहने भएकाले, म मेरो काम पूरा गर्नका लागि देह बन्नुपर्छ।) काम गर्नका लागि मेरो आत्मा व्यक्तिगत रूपमा आउँछ भनेर मैले भन्नुको कारण मेरो काम देहमा पूरा हुन्छ। यसो भन्नुको अर्थ, म र मेरा ज्येष्ठ पुत्रहरू विश्राममा प्रवेश गर्न सुरु गर्छौं भन्‍ने हो। शैतानसँग देहमा हुने युद्ध आत्मिक क्षेत्रमा शैतानसँग हुने युद्धभन्दा भयानक हुन्छ; यसलाई सबै मानिसहरूले देख्न सक्छन्, त्यसकारण शैतानका सन्ततिहरूले समेत मेरो लागि सुन्दर गवाही दिनसक्छन्, र छोड्न मान्दैनन्; मैले देहमा काम गर्नुको अर्थ यही हो। यसको मुख्य उद्देश्य दियाबलसका सन्ततिले दियाबलसलाई नै अनादर गरुन् भन्‍ने हो; दियाबलस शैतानलाई सबैभन्दा ठूलो लाजमा पार्नु भनेको यही हो, यति शक्तिशाली कि शैतानलाई आफ्नो बेइज्जती लुकाउने कुनै ठाउँ हुँदैन, र मेरोअगाडि बारम्बार कृपाका लागि याचना गर्छ। मैले जितेको छु, सबै कुरा उपर म प्रबल भएको छु, मैले तेस्रो स्वर्ग भित्रबाट तोडेको छु र मेरा ज्येष्ठ पुत्रहरूसँग पारिवारिक आनन्द उठाउन, स्वर्गको राज्यको महान् उत्सवमा सधैँका लागि डुब्न म सियोन डाँडा पुगेको छु!

ज्येष्ठ पुत्रहरूका लागि, मैले प्रत्येक मूल्य चुकाएको छु र मेरा प्रयासहरूमा सबै पीडा लिएको छु। (मैले गरेको सबै कुरा, मैले बोलेका सबै कुरा, म प्रत्येक दुष्ट आत्मालाई छर्लङ्ग देख्न सक्छु भन्‍ने तथ्य, र मैले प्रत्येक प्रकारका सेवाकर्ताहरूलाई निकालिदिएको छु तथ्यको बारेमा मानिसलाई केही थाहा छैन—यो सबै ज्येष्ठ पुत्रहरूको खातिर भएको हो।) तर, मेरो धेरैजसो कामभित्र, मेरो प्रबन्ध विधिसम्मत छ; उक्त काम अन्धाधुन्ध पक्कै गरिँदैन। प्रत्येक दिन मेरा वचनहरूमा, तिमीहरूले मेरो कामको विधि र यसका चरणहरू देख्न सक्नु पर्छ; प्रत्येक दिन मेरा कार्यहरूमा, तिमीहरूले कुराहरूको निराकरण गर्ने मेरो बुद्धि र मेरा सिद्धान्तहरू देख्नु पर्छ। मैले भनेझैँ, शैतानले मेरो सेवा गर्ने ती मानिसहरूलाई मेरो व्यवस्थापनमा अवरोध पुऱ्याउने उद्देश्यले पठाएको छ। यी सेवा-कर्ताहरू सामा हुन्, तापनि “गहुँ” शब्दले ज्येष्ठ पुत्रहरूलाई जनाउँदैन, तर ती सबै छोरा र मानिसहरूलाई सङ्केत गर्छ जो ज्येष्ठ छोराहरू होइनन्। “गहुँ सधैँ गहुँ नै रहन्छ, सामाहरू सधैँ सामा नै रहन्छन्”; यसको अर्थ यही हो कि जो शैतानका हुन् तिनीहरूको स्वभाव कहिल्यै पनि परिवर्तन हुन सक्दैन। त्यसैले, सङ्क्षेपमा भन्नुपर्दा तिनीहरू शैतान नै रहन्छन्। “गहुँ” ले पुत्र तथा मानिसहरूलाई जनाउँछ, किनभने संसारको सृष्टिभन्दा पहिले नै मैले यी मानिसहरूमा मेरो क्षमता राखेको थिएँ। मानिसको स्वभाव परिवर्तन हुँदैन भनेर मैले पहिले नै भनिसकेको छु, त्यसैले गहुँ सधैँ गहुँ नै रहन्छ। त्यसोभए, ज्येष्ठ पुत्रहरू के हुन् त? ज्येष्ठ पुत्रहरू मबाट आउँछन्; तिनीहरू मबाट सृष्टि भएका होइनन्, त्यसैले तिनीहरूलाई गहुँ भन्न मिल्दैन (गहुँको विषयमा जे उल्लेख गरिँदा पनि त्यसमा “बीउ छर्ने” कार्य जोडिएर आउँछ, र “बीउ छर्नु” को अर्थ “सृष्टि गर्नु” हो; सबै सामाहरू सेवाकर्ताको रूपमा काम गर्नका लागि, शैतानले गोप्य रूपमा छरेका हुन्)। ज्येष्ठ पुत्रहरू मेरो व्यक्तित्वको सुन्दर र पूर्ण अभिव्यक्ति हुन् भनेर मात्रै भन्न सकिन्छ; तिनीहरूको प्रतिनिधित्व सुन र चाँदी र बहुमूल्य पत्थरबाट हुनुपर्छ। यसले मेरो आगमन चोरको रूपमा भएको, र म सुन र चाँदी र बहुमूल्य पत्थरहरू चोर्न आएको हुँ भन्‍ने तथ्यलाई यसले छुन्छ (किनकी यो सुन र चाँदी र बहुमूल्य पत्थरहरू मूल रूपमा मेरा हुन, र म तिनलाई मेरो घरमा फिर्ता लान चाहन्छु)। जब ज्येष्ठ पुत्रहरू र म सियोनमा सँगै फर्किन्छौं, तब म यो सुन, यो चाँदी, र यी बहुमूल्य पत्थरहरू चोर्नेछु। यो समयमा, शैतानको बाधा र अर्चनहरू आउनेछन्, र म सुन, चाँदी, र बहुमूल्य पत्थरहरू लिएर जानेछु र शैतान विरुद्ध निर्णायक युद्ध छेड्नेछु। (मैले यहाँ कुनै कथा पक्कै पनि भनिरहेको छैन; यो आत्मिक क्षेत्रमा हुने एक घटना हो, त्यसैले मानिसहरू यसका बारेमा अस्पष्ट छन्, र यसलाई एउटा कथाको रूपमा मात्रै सुन्न सक्छन्। तर मेरो छ हजार वर्षको व्यवस्थापन योजना के हो भनेर तिमीहरूले हेर्नका लागि हो, र तिमीहरूले यसलाई मजाकको रूपमा पटक्कै लिनु हुँदैन। अन्यथा, मेरो आत्मा सबै मानिसहरूबाट बाहिरिनेछ।) आज, यो लडाइँ पूर्ण रूपमा सम्पन्न भएको छ, र म मेरा ज्येष्ठ पुत्रहरूलाई (मेरा सुन, चाँदी, र बहुमूल्य पत्थरहरू ल्याउँदै) सियोन डाँडामा मसँगै फिर्ता ल्याउनेछु। सुन, चाँदी, र बहुमूल्य पत्थरहरूको अभावका कारण, र तिनीहरूको उच्च किम्मतका कारण, शैतानले तिनीहरूलाई खोसेर लान सबै माध्यमहरूको प्रयोग गर्छ, तर म बारम्बार भन्छु जे मेरो हो त्यो मसम्म फर्किनुपर्छ, जसको अर्थ माथि उल्लेख गरिएको छ। ज्येष्ठ पुत्रहरू मबाट आएका हुन र मेरा हुन् भन्‍ने मेरो भनाइ शैतानका लागि गरिएको घोषणा हो। यसलाई कसैले बुझ्न सक्दैन, र यो पूर्ण रूपमा आत्मिक क्षेत्रको घटना हो। तसर्थ, म बारम्बार ज्येष्ठ पुत्रहरू मेरा हुन् भनेर किन जोड दिइरहेको छु भनेर मानिसले बुझ्दैन; आज, तैँले यो कुरा बुझ्नुपर्छ! मेरा वचनहरूको उद्देश्य र बुद्धि छ भनेर मैले भनेको छु, तर तिमीहरूले यसलाई बाहिरी रूपमा मात्रै बुझ्छौ—यसलाई आत्मामा कसैले पनि स्पष्ट रूपमा देख्न सक्दैन।

म झन्-झन् बढी बोल्छु, र म जति धेरै बोल्छु, मेरा वचनहरू त्यति नै गम्भीर बन्छन्। जब यो एक निश्‍चित स्तरमा पुग्छ, म निश्‍चित स्तरसम्म मानिसहरूमा काम गर्न, मानिसहरूलाई हृदयमा र वचनमा मात्रै राजी बनाउन होइ, बरु त्यसभन्दा बढी, तिनीहरूलाई जीवन र मृत्युको बीचमा यता-उता गर्न लगाउनको लागि मेरा वचनहरूको प्रयोग गर्नेछु; यो मेरो कामको विधि र मेरो काम यसका चरणहरूमा कसरी अघि बढ्छ भन्‍ने कुरा हो। यो त्यसै हुनुपर्छ; अनि मात्र यसले शैतानलाई लाजमा पार्न सक्छ र ज्येष्ठ पुत्रहरूलाई पूर्ण बनाउँछ (यसरी ज्येष्ठ पुत्रहरूलाई सिद्ध बनाउन, उनीहरूलाई देहबाट छुटकारा दिन र आत्मिक क्षेत्रमा प्रवेश गराउन मेरो वचनहरूलाई अन्ततः प्रयोग गर्छु)। मानिसले मेरा वचनहरूको विधि र शैलीलाई बुझ्दैन। मेरो व्याख्याबाट तिमीहरू सबैमा केही विचारहरू आउनुपर्छ, र तिमीहरूले गर्नुपर्ने कामलाई पूरा गर्न तिमीहरूले मेरा वचनहरूलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई हस्तान्तरण गरेको यही हो। बाहिरी संसारबाट मात्रै नभई, अझ महत्त्वपूर्ण रूपमा, आत्मिक क्षेत्रबाट पनि तिमीहरू यसबारेमा सचेत हुनुपर्छ।

अघिल्लो:  अध्याय ११२

अर्को:  अध्याय ११४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger