अध्याय ७३

मैले मेरा वचनहरू बोल्नेबित्तिकै ती पूरा हुन्छन्; ती कहिल्यै परिवर्तन हुँदैनन् अनि ती पूर्ण रूपले सत्य छन्। यसलाई याद राख। तैँले मेरो मुखबाट बाहिर निस्कने हरेक वचन र वाक्यांशलाई होशियारपूर्वक विचार गर्नुपर्छ। थप होशियार बन्, नत्रभने तैँले हानि भोग्‍नेछस् र मेरो न्याय, मेरो क्रोध अनि मेरो भष्मीकरण मात्रै पाउनेछस्। मेरो काम अहिले द्रुत गतिमा अघि बढिरहेको छ, यद्यपि यो सतही भने छैन; यो यति सूक्ष्म रूपले प्रशोधित गरिएको छ कि, यो नाङ्गो आँखाको लागि लगभग अदृश्य छ, अनि मानिसको हातद्वारा यसलाई पक्रन सकिँदैन। यो विशेष रूपमा सविस्तारपूर्ण छ। म कहिल्यै रित्ता शब्दहरू उच्चारण गर्दिनँ; मैले भन्‍ने सबै कुरा साँचो हुन्छ। मेरो हरेक शब्द विशुद्ध र ठीक छ भनी तैँले विश्‍वास गर्नुपर्छ। लापरवाह नबन्; यो निर्णायक क्षण हो! तैँले आशिषहरू पाउनेछस् कि दुर्भाग्य पाउनेछस्, त्यो कुराको निर्णय अहिले नै गरिनेछ, अनि भिन्नता स्वर्ग र पृथ्वी बीचको जतिको हुन्छ। तँ स्वर्ग जानेछस् वा अधोलोकमा जानेछस्, त्यो पूर्ण रूपमा मेरो नियन्त्रणमा छ। अधोलोकतिर अघि बढ्नेहरू आफ्नो मृत्युको अन्तिम संघर्षमा सामेल भइरहेका छन्, जब कि स्वर्गमा जानेहरू तिनीहरूको कष्टको अन्तिम भागमा सामेल भएका छन् अनि अन्तिम पटक मेरो निम्ति अर्पित हुँदैछन्। भविष्यमा, तिनीहरूले गर्ने सबै कुरामा आनन्द र प्रशंसा संलग्न हुनेछन्, जसमा मानिसहरूलाई कष्ट दिने मामुली कुराहरू हुनेछैनन् (विवाह, काम, कष्टदायक धनसम्पत्ति, ओहोदा, आदि इत्यादि)। तथापि, अधोलोकतिर जानेहरूका निम्ति, तिनीहरूको कष्ट अनन्त छ (यसले तिनीहरूको आत्मा, प्राण र शरीरलाई जनाउँछ); तिनीहरू कहिल्यै मेरो दण्ड दिने हातबाट उम्कनेछैनन्। यी दुई पक्षहरू आगो र पानी जतिकै मेल नखाने किसिमका छन्: जसले दुर्भाग्य भोग्छन्, तिनीहरूले दुर्भाग्य नै भोगिरहनेछन्, जबकि आशिषित हुनेहरूले तिनीहरूको हृदय सन्तुष्ट हुने गरी आनन्द भेट्टाउनेछन्।

सबै घटनाहरू र कुराहरू मद्वारा नियन्त्रित छन्, तिमीहरू—मेरा पुत्रहरू, मेरा प्रियहरू मेरा हुन् भनी उल्लेख गरिरहनु पर्दैन। तिमीहरू नै मेरो छ हजार वर्षीय व्यवस्थापनको योजनाको चरम रूप हौ; तिमीहरू नै मेरो धन हौ। मैले प्रेम गर्ने मानिसहरू सबै, तिनीहरू मेरो आँखाको निम्ति मनोहर छन्, किनकि तिनीहरूले मलाई प्रकट गर्छन्; मैले घृणा गर्नेहरूलाई म हेर्दै नहेरी घृणा गर्छु, किनकि तिनीहरू शैतानका सन्तान हुन् अनि शैतानकै हुन्। आज सबै मानिसहरूले आफैलाई जाँचपडताल गर्नुपर्छ: यदि तेरा अभिप्रायहरू ठीक छन्, अनि तैँले मलाई साँचो प्रकारले प्रेम गर्छस् भने तँलाई म अवश्य नै प्रेम गर्नेछु। तिमीहरूले मलाई साँचो रूपले प्रेम गर्नुपर्छ, अनि मलाई धोका दिनु हुँदैन! म मानिसहरूको अन्तस्करणलाई जाँच्‍ने परमेश्‍वर हुँ! यदि तेरा अभिप्रायहरू गलत छन्, अनि यदि तँ मप्रति कठोर र अवफादार छस् भने, तँलाई म अवश्य नै घृणा गर्नेछु; मैले तँलाई न त चुनेँ, न त पूर्वनियुक्त गरेँ। तँ नर्क नगएसम्मको लागि पर्खिराख्! अरू मानिसहरूले यी कुराहरू देख्न नसक्लान्, तर केवल तैँले अनि मैले, अर्थात् परमेश्‍वर जसले मानिसहरूको हृदयभित्र गहिरो गरी हेर्नुहुन्छ, त्यसलाई जान्दछौं। एउटा निश्चित समयमा ती सबै प्रकट गरिनेछन्। इमानदारहरू चिन्तित हुनुपर्दैन, अनि कपटीहरू डराउन खाँचो छैन। यो सबै मेरो बुद्धिमानी बन्दोबस्तहरूको भाग हुन्।

अहिलेको कार्य जरुरी र कष्टदायक छ, र यो आखिरी कामलाई पूरा गर्न तिमीहरूले अन्तिम पल्ट आफैलाई समर्पित गर्नुपर्छ। मेरा मापदण्डहरू वास्तवमा धेरै कठोर छैनन्: म केवल तिमीहरूले मसित राम्ररी सहकार्य गर्न सक, सबै कुरामा मलाई सन्तुष्ट गर, अनि मैले भित्रबाट तँलाई गर्ने अगुवाइलाई पछ्याऊ भन्‍ने चाहन्छु। अन्धो नहोओ; लक्ष्य राख्, अनि सबै पक्षहरूमा र सबै कुरामा मेरा अभिप्रायहरूलाई अनुभूति गर। किनकि म तिमीहरूको निम्ति अब लुकेको परमेश्‍वर होइन, अनि मेरा अभिप्रायहरूलाई बुझ्नको निम्ति तँ यसको बारेमा धेरै स्पष्ट हुनुपर्छ। अति छोटो समयावधिमा, तिमीहरूले सत्य बाटो खोजी गर्ने विदेशीहरूलाई मात्रै भेट्नेछैनौ, तर अझ महत्वपूर्ण कुरा, तिमीहरूसित तिनीहरूलाई मार्गदर्शन गर्ने क्षमता हुनुपर्छ। त्यो नै मेरो अत्यावश्यक अभिप्राय हो; यदि तैँले यो देख्न सक्दैनस् भने यो स्वीकारयोग्य हुनेछैन। तथापि, तैँले मेरो सर्वशक्तिलाई विश्‍वास गर्नुपर्छ। जहिलेसम्म मानिसहरू ठीक छन्, म निश्चय नै तिनीहरूलाई असल सिपाहीहरू हुन तालीम दिनेछु। सबै कुरा मद्वारा नै उचित रूपले व्यवस्थित गरिएको छ। यो निर्णायक घडी हो। यसलाई हातबाट जान नदेऊ! तिमीहरूले विगतमा गरेका कुराहरूलाई म धेरै सोच्नेछैनँ। तैँले सधैँ मेरो सामु प्रार्थना गर्नुपर्छ र बिन्ती चढाउनुपर्छ; म तेरो आनन्द र प्रयोगको निम्ति तँमाथि पर्‍याप्त अनुग्रह खन्याउनेछु। अनुग्रह र आशिषहरू उही होइनन्। तैँले अहिले आनन्द लिइरहेको कुरा मेरो अनुग्रह हो, अनि मेरो नजरमा, यो उल्लेख गर्न योग्य छैन, जबकि आशिषहरू चाहिँ तैँले भविष्यमा अनन्तसम्म आनन्द लिने कुरा हुन्। ती मानिसहरूको मनमा आइ नसकेका आशिषहरू हुन्, अनि जसलाई तिनीहरूले कल्पना गर्न सक्दैनन्। त्यसैकारण, म तिमीहरू आशिषित छौ, अनि यी आशिषहरू सृष्टि भएदेखि कहिल्यै पनि मानिसहरूले अनुभव गरेका छैनन् भनेर भन्छु।

मैले तिमीहरूलाई मेरो सबै कुरा प्रकट गरेको छु। म केवल यो आशा गर्छु, कि तिमीहरूले मेरो हृदयलाई बुझ्‍न सक, तिमीहरूले गर्ने सबै कुरामा मप्रति तिमीहरूका विचारहरू समर्पित गर्न सक, अनि हर प्रकारले मप्रति विचारशील हुन सक, अनि मैले सधैँ तिमीहरूको मुस्काइरहेको मुहारहरू देख्‍न सकूँ। अबदेखि, ज्येष्ठ पुत्रहरूको हैसियत प्राप्त गर्नेहरू म सँगसँगै राजाहरूको रूपमा राज्य गर्नेहरू नै हुन्। तिनीहरूलाई अर्को भाइद्वारा धम्काइनेछैन, न त मद्वारा ताडना दिइने वा काटछाँट गरिनेछ, किनकि म यही सिद्धान्त अनुसार काम गर्छु: ज्येष्ठ पुत्रहरूको समूहमा हुनेहरू ती मानिसहरू हुन् जो अरूद्वारा तुच्छ ठानिएका छन् अनि हेपिएका छन्, र जसले जीवनको सबै प्रकारका उतार-चढाउहरू भोगेका छन्। (तिनीहरूलाई मैले अग्रिम रूपमा नै काटछाँट गरेको र तोडेको छु, अनि अग्रिम रूपमा मैले पूर्ण तुल्याएको छु)। यी मानिसहरूले पहिल्यै मसित आशिषहरूको आनन्द लिइसकेका छन्, जुन तिनीहरूको अधिकार हो। म धर्मी छु, अनि कसैप्रति पक्षपाती छैन।

अघिल्लो:  अध्याय ७२

अर्को:  अध्याय ७४

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger