5  मानिसको पुत्र महिमाका साथ देखा पर्नुभएको छ

पद १

परमेश्‍वर देखा पर्नुहुने कुरा मण्डलीमा उठिसकेको छ।

आत्मा बोल्नुहुन्छ,

उहाँ बल्दो आगो, प्रतापी हुनुहुन्छ

र न्याय गर्दै हुनुहुन्छ।

यो साँचो हो उहाँ मानिसको पुत्र हुनुहुन्छ,

पाउसम्म लुगा लगाउनुभएको,

सुनौलो पेटी छातीमा बेरिएको,

उहाँको सेतो शिर र केश ऊन झैँ सेता छन्।

आँखा ज्वाला झैँ,

पाउ भट्टीमा पित्तल झैँ जल्छन्।

उहाँको स्वर धेरै पानीका आवाज झैँ छन्।

हातमा सात तारा,

मुखमा दुईधारे तरवार,

उहाँको मुहार चर्को सूर्य झैँ चम्किन्छ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वर आत्मिक शरीरमा,

देह बिना, शिर र पाउ जोड्ने

रगतको थोपा बिना, प्रकट हुनुभएको छ।

ब्रह्माण्डको संसार पार,

महिमित सिंहासनमा विराजमान,

तेस्रो स्वर्गमा उहाँको आसनबाट सबैथोक माथि शासन गर्नुहुन्छ।


पद २

मानिसकाे पुत्र साक्षी हनुभएको छ,

परमेश्‍वर सबैमाझ प्रकट हुनुहुन्छ।

उहाँको महिमा चर्को घाम झैं चम्किन्छ!

उहाँको महिमित मुहार चम्किन्छ, सबैका आँखा तिरमिराउँछन्।

कुनै आँखाले त्यसलाई अवज्ञा गर्न सक्तैन।

विरोध गर्ने पक्कै मर्नेछन्।

कसैले सोच वा वचनमा विरोध गरेपनि, त्यो काममा देखिएपनि,

केही फरक पर्दैन, त्यहाँ कुनै कृपा छैन

र तिमीहरूले देख्नेछौ कि

न्याय बाहेक तिमीले केही पाउँदैनौ।


पद ३

ब्रह्माण्डका सबै कुरा उहाँका हातमा छन्।

उहाँ बोल्नुहुन्छ, त्यसैले त्यो हुनेछ।

आदेश दिनुहुन्छ, त्यसैले त्यो हुनेछ।

शैतान उहाँको पाउमुनि,

अतल कुण्डमा छ!

उहाँले सबै दुष्टलाई जित्नुभएको छ।

जब उहाँको आवाज उठ्छ, केही रहने छैन;

स्वर्ग र पृथ्वी बितेर जानेछन्;

सबै थोक नयाँ हुनेछन्।

यो सत्यता बदल्नै सकिँदैन।

उहाँले संसार जित्नुभएको छ।

अब यहाँ सबैसँग कुरा गर्दै बस्नुभएको छ।

कान हुने सबैले सुन्नुपर्छ।

जीवित सबैले उहाँका वचन स्वीकार्नु पर्छ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वर आत्मिक शरीरमा,

देह बिना, शिर र पाउ जोड्ने

रगतको थोपा बिना, प्रकट हुनुभएको छ।

ब्रह्माण्डको संसार पार,

महिमित सिंहासनमा विराजमान,

तेस्रो स्वर्गमा उहाँको आसनबाट सबैथोक माथि शासन गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५” बाट परिमार्जित

अघिल्लो:  प्रस्तावना

अर्को:  6  सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger