१२  सर्वशक्तिमान् परमेश्‍वर मानिसको आड हुनुहुन्छ

तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहनुपर्छ, ताकि मेरो इच्छा विना रोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्‍न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्?

नडरा; मेरो आड हुँदा, यस बाटोलाई कसले कहिल्यै छेक्न सक्छ र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छन्। तैँले बोल्ने र गर्ने सबै थोकमा के तँ मेरो वचन पछ्याउन सक्छस्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?

ख्रीष्टको लोकातीत जीवन देखा परिसकेको छ; तँ डराउनुपर्ने कुरा केही छैन। शैतानहरू हाम्रा पाउमुनि छन्, र तिनीहरूको समय धेरै टिक्नेछैन। झट्ट बिउँझी! व्यभिचारको यस स्थानबाट उम्की; आफूलाई मृत्युको रसातलबाट आजाद गर्! जेसुकै भए तापनि मप्रति बफादार बन्, र साहसी भएर अघि बढ्; म तेरो अटल चट्टान हुँ, त्यसैले ममाथि भर पर्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०

अघिल्लो:  ९  रोग लाग्नु परमेश्‍वरको प्रेम हो

अर्को:  १३  सर्वशक्तिमान् परमेश्‍वरको पवित्र आत्मिक शरीर देखा परेको छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger