१४  परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्

दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक बिलाई जानेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! याद राख्! तँ यसबारे लापरवाह हुन मिल्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! फर्क, अनि किनारा हातैमा छ। म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज देखा परेको छ।

मेरो आवाज तिमीहरूको अघि देखा परेको छ; प्रत्येक दिन यसले आमने-सामने तेरो सामना गर्छ, र प्रत्येक दिन यो ताजा र नयाँ हुन्छ। तैँले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, मलाई इन्कार्छस् र मलाई चिन्दैनस्। मेरा भेडाले मेरो आवाज सुन्न सक्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखालाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित मुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ!

कस्तो दयनीय! मेरो सिंहासन सामुका सातवटा आत्माहरूलाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनेछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका गहनतम भागहरू छानबिन गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, जसको कान छ तिनीहरू सबैले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्विकार्नुपर्छ। केवल तिनलाई खा र पिई, र शङ्का नगर्। समर्पित हुने र मेरा वचनहरू सुन्ने सबैले ठूला आशिष्‌हरू पाउनेछन्!

गम्भीरतासाथ मेरो मुहारको खोजी गर्ने सबैले निश्चय नै नयाँ ज्योति, नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञान पाउनेछन्; सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, ताकि तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्। राज्य मानिसहरूमाझ नै छ। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारी तँ नजिक आउन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस् र हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

अघिल्लो:  १३  सर्वशक्तिमान् परमेश्‍वरको पवित्र आत्मिक शरीर देखा परेको छ

अर्को:  १८  सारा पृथ्वी रमाउँछ र परमेश्‍वरको प्रशंसा गर्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger