१७८  विश्‍वासीहरूले अनुसरण गर्नुपर्ने पछ्याइ

अहिले तैँले के पछ्याउनुपर्छ? तैँले परमेश्‍वरको कामको गवाही दिन सक्छस् कि सक्दैनस्, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सक्छस् कि सक्दैनस्, अनि तँ उहाँद्वारा प्रयोग गरिन योग्य छस् कि छैनस्—तैँले पछ्याउनुपर्ने कुरा यिनै हुन्। चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको, काटछाँट गर्नुभएको, वा ताडना दिनुभएको होस्, उहाँका कार्य र उहाँको काम तँमा गरिएका छन्। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध पारिने पछ्याइ गर्न इच्छुक व्यक्तिका रूपमा, के तँ व्यावहारिक अनुभवका आधारमा उहाँको कामको गवाही दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवमार्फत परमेश्‍वरको वचन जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवमार्फत अरूलाई आपूर्ति गर्न सक्छस्, र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको गवाही दिन समर्पित गर्न सक्छस्?

परमेश्‍वरको कामको गवाही दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नैपर्छ। यसरी मात्र तँ उहाँका अभिप्रायहरू पूरा गर्न सक्छस्। यदि तँ उहाँको नाउँको, र अझ बढी, उहाँको कामको गवाही दिन सक्छस् भने, अनि उहाँले माग गर्नुहुने उहाँका मानिसको स्वरूपमा जिउन सक्छस् भने, तँ परमेश्‍वरको गवाही दिने व्यक्ति होस्। तँ कसरीचाहिँ परमेश्‍वरको गवाही दिन्छस् त? यदि तँ परमेश्‍वरको वचन जिउन, र मानिसहरूले उहाँको काम चिन्न र उहाँका कार्यहरू देख्न सकून् भनेर आफ्नै मुखले गवाही दिन खोज्छस् र तृष्णा गर्छस् भने—यदि तँ साँच्‍चै यो पछ्याउँछस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। तँ उहाँबाट सिद्ध पारिन र अन्ततः आशिषित हुन मात्रै पछ्याउँछस् भने, उहाँप्रतिको तेरो आस्थाको दृष्टिकोण शुद्ध छैन।

तैँले वास्तविक जीवनमा परमेश्‍वरका कार्यहरू कसरी देख्ने, उहाँले तँलाई आफ्ना अभिप्राय प्रकट गर्नुहुँदा उहाँलाई कसरी सन्तुष्ट पार्ने भनी पछ्याइरहेको हुनुपर्छ, र उहाँको अद्भुतता र बुद्धिको गवाही कसरी दिने, अनि उहाँले तँलाई जसरी ताडना दिनुहुन्छ र काटछाँट गर्नुहुन्छ त्यसको गवाही कसरी दिने भनी पछ्याइरहेको हुनुपर्छ। यी सब तैँले अहिले मनन गरिरहेको हुनुपर्छ। परमेश्‍वरले तँलाई सिद्ध पार्नुभएपछि तैँले उहाँसँगै महिमा पाउन सक्छस् भनेर मात्रै तँमा उहाँलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र त्यसले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैन। तैँले व्यावहारिक रूपमा परमेश्‍वरको कामको गवाही दिन, उहाँका मागहरू पूरा गर्न, र उहाँले मानिसहरूमा गर्नुभएको काम अनुभव गर्न सक्नुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, तैँले यी सबै कुराहरू व्यावहारिक रूपमा अनुभव गर्नैपर्छ। ती तँलाई परमेश्‍वरको गवाहीका रूपमा सिद्ध पार्नका लागि हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

अघिल्लो:  १७७  तिमीले आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्न प्रयास गर्नुपर्छ

अर्को:  १७९  जाँचहरूले विश्‍वास माग गर्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger