213  के तिमीहरूले पवित्र आत्मा बोल्नुभएको सुनेका छौ?

पद १

परमेश्‍वर आखिरी दिनहरूमा वचनको काम गर्नुहुन्छ,

यी वचन पवित्र आत्माका हुन्,

जुन विगतमा अक्सर बोलिन्थ्यो, कारण उहाँ

देहधारण गर्ने पवित्र आत्मा हुनुहुन्छ।

बेतुक्का मानिसले पवित्र आत्माका वचन

स्वर्गबाट मानिसका कानमा

आउनुपर्छ भनी विश्‍वास गर्छन्।

यसरी सोच्नेहरू उहाँको काम जान्दैनन्।


पूर्व कोरस १

वास्तवमा, देहधारी परमेश्‍वर पवित्र आत्माका वचन बोल्नुहुन्छ।


कोरस

आत्मा मण्डलीलाई के भन्नुहुन्छ,

कान हुनेले सुनोस्।

के पवित्र आत्माका वचन सुनेका छौ?

परमेश्‍वरका वचन आएका छन्,

के तिमीले सुन्यौ? सुन्यौ?


पद २

देहधारी परमेश्‍वर इन्कार गर्नेले परमेश्‍वरका

आत्मा वा कामका सिद्धान्त जान्दैनन्।

यो पवित्र आत्माको युग हो भन्ने तर

उहाँको नयाँ काम नमान्ने अस्पष्ट विश्‍वासमा जिउँछन्।

तिनले पवित्र आत्माको वास्तविक

काम कहिल्यै पाउनेछैनन्।

आत्माको काम र वचनको चाह गर्ने तर

देहधारी परमेश्‍वरको काम र वचन नमान्ने


पूर्व कोरस २

नयाँ युगमा पस्नेछैनन्, पूर्णतः मुक्ति पाउने छैनन्।


कोरस

आत्मा मण्डलीलाई के भन्नुहुन्छ,

कान हुनेले सुनोस्।

के पवित्र आत्माका वचन सुनेका छौ?

परमेश्‍वरका वचन आएका छन्,

के तिमीले सुन्यौ? सुन्यौ?


ब्रिज

पवित्र आत्मा सिधै मानिससँग बोल्नुहुन्न,

व्यवस्थाको युगमा पनि,

यहोवा सिधै मानिससँग बोल्नुभएन।

आज उहाँले यो गर्ने सम्भावना झन् कम छ।

उहाँ बोल्न र काम गर्न देहधारी हुनैपर्छ,

नत्र उहाँ लक्ष्यमा पुग्न सक्नुहुन्न।


कोरस

आत्मा मण्डलीलाई के भन्नुहुन्छ,

कान हुनेले सुनोस्।

के पवित्र आत्माका वचन सुनेका छौ?

परमेश्‍वरका वचन आएका छन्,

के तिमीले सुन्यौ? सुन्यौ?

के तिमीले सुन्यौ? सुन्यौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट परिमार्जित

अघिल्लो:  212  सत्यता स्वीकार गर्नेले मात्र परमेश्‍वरको आवाज सुन्न सक्छन्

अर्को:  214  परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger