२१६  परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्

परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका गवाहीहरू हुन्‌, तिनीहरू मात्र परमेश्‍वरद्वारा आशिषित हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌।

परमेश्‍वर मानिसहरूले प्रेम गर्नुपर्ने परमेश्‍वर हुनुहुन्छ र उहाँ सबै मानिसको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिस परमेश्‍वरलाई प्रेम गर्न सक्दैनन्, र परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शासन गर्न सक्दैनन्। परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्ने र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाउन सक्ने भएकाले तिनीहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूको विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शासन गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसमाथि शासन गर्न सक्छन्‌।

यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरू विभिन्न भाषा बोल्ने र फरक-फरक वर्णका सारा संसारभरिबाट आएका मानिस हुन्, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै छ; तिनीहरू सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तिनीहरू सबै एउटै गवाही दिन्छन्, तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै चाहना छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको गवाही दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अघिल्लो:  २१५  शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ

अर्को:  २१८  परमेश्‍वरलाई चिन्नेहरूले मात्र उहाँको साक्षी दिन सक्छन्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger