२३३  परमेश्‍वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित हुन्

अन्धकारको प्रभावमा जिउने सबै मृत्युका बीचमा जिउनेहरू हुन्, र शैतानद्वारा स्वामित्वमा राखिएकाहरू हुन्। परमेश्‍वरद्वारा मुक्ति नदिइएमा, न्याय नगरिएमा र सजाय नदिइएमा, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन नै सक्छन्, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले मृतहरूले होइन, जीवितहरूले गवाही दिएको चाहनुहुन्छ, र उहाँ मृतहरूले होइन, जीवितहरूले उहाँका लागि काम गरून् भन्नुहुन्छ।

“मृतहरू” ती हुन् जसले परमेश्‍वरको प्रतिरोध गर्छन् र परमेश्‍वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू ती हुन् जो आत्मामा भावशून्य छन् र परमेश्‍वरका वचनहरू बुझ्दैनन्; तिनीहरू ती हुन् जो सत्यता अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारी छैन, तिनीहरू ती हुन् जो शैतानको सत्ताअन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। यदि मानिसहरू जीवित प्राणीहरू बन्न र परमेश्‍वरको गवाही दिन, अनि परमेश्‍वरद्वारा अनुमोदित हुन चाहेमा, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्‍वरको काटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र परमेश्‍वरले माग गर्नुभएका सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्।

जीवितहरू ती हुन् जसलाई परमेश्‍वरले मुक्ति दिनुभएको छ; तिनीहरू परमेश्‍वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र परमेश्‍वरका लागि आफ्नो जीवन त्याग्न खुसी हुन्छन् र तिनीहरूले खुसीसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा अर्पित गर्नेछन्। जब जीवितहरूले परमेश्‍वरको गवाही दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

अघिल्लो:  २३०  मानिसले के गर्नैपर्छ भन्ने कुरामा दृढ रह

अर्को:  २३६  यस्तो फोहोर भूमिमा बस्ने मानिसहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger