256  परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ

पद १

यस संसारमा रुँदै आएको क्षणदेखि नै,

तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्।

परमेश्‍वरको योजना र पूर्वनिर्धारणमा

तैँले आफ्नो भूमिका खेल्दै जीवन यात्राको शुरुवात गर्छस्।

तेरो पृष्‍ठभूमि वा अगाडिको यात्रा जस्तोसुकै भए पनि,

स्वर्गको योजनाबद्ध कार्य

र प्रबन्धबाट कोही उम्कन सक्दैन,

नियन्त्रण गर्न सक्दैन कसैले आफ्‍नो गन्तव्यलाई

किनकि सबै थोकमाथि शासन गर्नुहुने

उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ।


पद २

मानिस अस्तित्वमा आएको दिनदेखि नै,

परमेश्‍वर आफ्‍नो काममा स्थिर रहनुभएको छ,

यसरी ब्रह्माण्डलाई व्यवस्थापन गर्दै,

र सबै थोकको परिवर्तन र गतिविधि निर्देशन गर्नुहुन्छ।

सबै थोकहरूले जस्तै, मानिसले पनि

परमेश्‍वरबाट मीठासपनको पोषण

र वर्षा र शित चुपचाप र अनजानमा प्राप्त गर्छ।

सबै थोकहरू जस्तै, मानिस अन्जानमै

परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यमा जिउँछ।


पद ३

मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ,

मानिसको सारा जीवन परमेश्‍वरकै नजरमा हुन्छ।

तैँले विश्‍वास गरे पनि या नगरे पनि,

जीवित होस् वा मृतक, सबै थोक

परमेश्‍वरको विचारअनुसार

सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्।

परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट परिमार्जित

अघिल्लो:  254  तिमीले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?

अर्को:  257  सृष्टिका सबै प्राणीहरूको जीवन परमेश्‍वरबाट आउँछ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger