266  मानवजातिलाई जीवनमा परमेश्‍वरको आपूर्ति चाहिन्छ

पद १

मानव हृदयमा परमेश्‍वर नहुनुहुँदा,

उसको भित्री संसार अँध्यारो रहन्छ;

रित्तो जीवनमा कुनै आशा रहन्न।

धेरैले मानव सभ्यता जोगाउन खोज्छन्,

तर उहाँको मार्गदर्शन बिना, मानिस भित्रैबाट अझै रित्तो छ।

कोही पनि मानिसको जीवन हुन सक्तैन,

न कुनै ज्ञान, विज्ञान वा

प्रजातन्त्रले उसलाई सान्त्वना दिन्छ।

ऊ अझै पाप र अन्यायबारे विलाप गर्नेछ।

यिनले उसको खोज गर्ने लालसा र इच्छालाई रोक्न सक्तैन।


कोरस

मानिसलाई निष्पक्ष समाजभन्दा धेरै चाहिन्छ

जहाँ सब भरपेट, समान र स्वतन्त्र हुन्छन्।

परमेश्‍वरको मुक्ति र जीवनको आपूर्ति,

यही हुन् मानिसका खाँचो।

मानिसले उहाँबाट यी कुरा पाएपछि मात्र

उसका खाँचो पूरा हुन सक्छन्;

उसको खोज गर्ने इच्छा, आत्मिक रित्तोपन,

यी समाधान गर्न सकिन्छ।


पद २

मानिस उहाँद्वारा बनाइएकोले यो सब छ।

अर्थहीन बलिदान र मानिसले गर्ने खोजले

ल्याउँछन् मात्र कष्ट, निरन्तर भयको अवस्था।

ज्ञान र रित्तोपनसँग डराउँदै, थाहा हुन्न

कसरी भविष्यको सामना गर्ने।

चाहे स्वतन्त्र देशमा होस्-नहोस्,

कोही मानव नियतिबाट बच्न सक्तैन, अहँ।

शासक हुन् वा शासित, यी गन्तव्यको

खोज गर्ने इच्छा, मानिसका रहस्य

र गहन शून्यताबाट भाग्न सक्तैनन्।


ब्रिज

कुनै महामानवले यी सामाजिक

घटना समाधान गर्न सक्तैन।

कारण मानिस मानिस नै हो र परमेश्‍वरको

स्थान लिन सक्तैन।

कुनै जाति वा राज्यले उहाँको मुक्ति पाएन भने,

अन्धकारतर्फ हिँडछन्,

र उहाँले तिनलाई नष्ट गर्नुहुनेछ।


कोरस

मानिसलाई निष्पक्ष समाजभन्दा धेरै चाहिन्छ

जहाँ सब भरपेट, समान र स्वतन्त्र हुन्छन्।

परमेश्‍वरको मुक्ति र जीवनको आपूर्ति,

यही हुन् मानिसका खाँचो।

मानिसले उहाँबाट यी कुरा पाएपछि मात्र

उसका खाँचो पूरा हुन सक्छन्;

उसको खोज गर्ने इच्छा, आत्मिक रित्तोपन,

यी समाधान गर्न सकिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो:  265  मानवजातिले परमेश्‍वरको मार्गदर्शन गुमाउँदाको परिणाम

अर्को:  269  परमेश्‍वरले तिम्रो हृदय र आत्मा खोजिरहनुभएको छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger