३६२  विजयी हुनुभई फर्कनुभएकोमा परमेश्‍वरको प्रशंसा गर

परमेश्‍वरले वर्तमान दिनसम्म आफ्नो छ हजार वर्षे काम गर्नुभएको छ, र मुख्यतः शैतानलाई हराउन र सारा मानवजातिलाई मुक्ति दिनका लागि उहाँका धेरै कार्यहरू प्रकाश गर्नुभएको छ। यस अवसरको माध्यमबाट, परमेश्‍वरले स्वर्गका यावत् थोक, पृथ्वीका र समुद्रभित्रका यावत् थोक र पृथ्वीमा भएका प्रत्येक प्राणीलाई समेत, उहाँको सर्वशक्तिमान्‌ता र सबै कार्य देख्ने तुल्याउनुहुन्छ। उहाँले शैतानलाई हराउने यस अवसरको माध्यममार्फत मानिसहरूलाई उहाँका सबै कार्य प्रकाश गर्नुहुन्छ, ताकि तिनीहरू सबले उहाँको प्रशंसा गरून् र शैतानलाई हराउने कार्यमा उहाँको बुद्धिको गुणगान गाऊन्।

पृथ्वीमा, स्वर्गमा, अनि समुद्रभित्र भएका यावत् थोकले परमेश्‍वरलाई महिमा दिन्छन्, उहाँको सर्वशक्तिमान्‌ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँ पुकार्छन्। उहाँले शैतानलाई हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई विजय गर्नुभएको छ भन्‍ने कुराको प्रमाण यही हो। अझै बढी, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्‍वरको सम्पूर्ण सृष्टिले उहाँलाई महिमा दिन्छ, उहाँले आफ्नो शत्रुलाई हराउनुभएकोमा र विजय भई फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, र महान् विजयी राजाका रूपमा उहाँको गुणगान गाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

अघिल्लो:  ३५९  युवाहरूले के पछ्याउनै पर्छ

अर्को:  ३६३  परमेश्‍वरको सबै काम सबैभन्दा व्यावहारिक छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger