371  परमेश्‍वरको इच्छाको कसले वास्ता गर्न सक्छ?

पद १

मानिसले परमेश्‍वरको न्यानोपन पायो,

कुनै समय उहाँको सेवा गर्यो,

साँच्चै आज्ञाकारी थिए,

उहाँकै लागि सबथोक गर्थे।

तर अहिले त्यो गर्न सक्तैनन्;

आत्माभित्र बिलौना गर्छन्।

उहाँलाई हेर्छन्, मद्दतलाई पुकार्छन्;

दुर्दशाबाट उम्कन सक्तैनन्।


पूर्व कोरस १

विगतका मानिसले आफ्नो हृदयका

स्नेहले, उहाँको दया चुक्ता गर्ने

पृथ्वी र स्वर्गको शपथ खाएका थिए।

शोकले उहाँ सामु रोए;

रुवाइ दुःखद, सहन गाह्रो थियो।

तिनको संकल्पको कारण उहाँ

तिनलाई मद्दत गर्नुहुन्थ्यो।


कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ;

मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ।

मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ;

मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ।

तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ?

र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?


पद २

मानिसले उहाँको पालन गरेका पल यादगार थिए।

प्रेममा उहाँप्रति वफादार थिए,

साँचो भावना सराहनीय थिए।

कैयौँ पटक उहाँलाई प्रेम गरे,

जीवन बलिदान गर्थे।

यो इमानदारीताको कारण,

तिनको प्रेमले स्वीकृति पायो।


पूर्व कोरस २

कैयौँ पटक आफूलाई अर्पण गर्दै,

उहाँको खातिर मृत्युको सामना गरे।

तिनको निधारबाट चिन्ता पुछ्दै,

तिनको मुहार हेर्नुभयो।

कैयोँ पटक, तिनलाई आफ्नो

खजाना झैँ प्रेम गर्नुभयो।

कैयौँ पटक शत्रु झैँ घृणा गर्नुभयो।

अझै पनि मानिस उहाँको मनको कुरा बुझ्दैन।


कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ;

मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ।

मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ;

मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ।

तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ?

र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?


ब्रिज

उहाँ दुःखी हुनुहुँदा,

उहाँको हृदयका घाउ कसले भर्छ?

उहाँलाई खाँचो पर्दा को

उहाँसँग सहकार्य गर्न सक्छ?

के उहाँप्रतिको मानिसको

पहिलेको मनोवृत्ति, कहिल्यै नफर्किने गरी हरायो?

किन तिनको स्मरणमा

केही बाँकी छैन?

शत्रुद्वारा भ्रष्ट तुल्याइएका कारण

मानिसले यी कुरा बिर्सेका छन्।


कोरस

मानिस दुःखी हुँदा, उहाँ सान्त्वना दिन आउनुहुन्छ;

मानिस कमजोर हुँदा, सहयोग गर्नुहुन्छ।

मानिस हराउँदा, दिशा-निर्देश गर्नुहुन्छ;

मानिस रुँदा, आँसु पुछिदिनुहुन्छ।

तर उहाँ दुःखी हुँदा कसले उहाँलाई सान्त्वना दिन्छ?

र चिन्तित हुँदा, कसले उहाँको वास्ता गर्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २७” बाट परिमार्जित

अघिल्लो:  370  कुन कुराले परमेश्‍वरलाई सबैभन्दा दुःखी बनाउँछ?

अर्को:  372  कसैले कहिल्यै परमेश्‍वरको हृदय बुझेको छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger