४०९ परमेश्वरका निष्कपट अनुयायीहरू परीक्षाहरूमा दृढ रहन सक्छन्
१
मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्ने र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्वरको कामको अन्तिम घटना हो। परमेश्वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ।
२
सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू हुन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुनेछैन र तिनीहरूले आफ्नो गवाहीमा असफल नभइकन अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। परमेश्वरलाई साँच्चै पछ्याउनेहरू आफ्नो कामको जाँच खप्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्।
३
मानिसले परमेश्वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास