492  मानिसलाई परमेश्‍वरको सल्लाह

पद १

परमेश्‍वर तिमीलाई सिद्धान्तबारे होइन,

वास्तविक, ठोस कुराबारे बोल्न भन्नुहुन्छ।

केही “आधुनिक कला” पढ, समर्पित होऊ।

वास्तविक कुरा बोल र योगदान देऊ।

बोल्दा वास्तविकता सामना गर।

अरूलाई खुसी पार्न, अरूबाट भिन्न रूपमा

हेरिन, अवास्तविक कुरामा नलाग।

त्यसको के मूल्य, आफूप्रतिको रुचि नबढाऊ।


ब्रिज १

हरेक कार्यमा उहाँको घरको हित गर्न खोज।

कलात्मक रूपमा बोल, निष्पक्ष व्यवहार गर।

अन्तस्करणले भावनालाई अगुवाइ गर्न देऊ।

तर्कसङ्‍गत काम र वास्तविक कुरा गर।

दयाको साटो घृणा नफर्काऊ।

दया देख्दा अकृतज्ञ नहोऊ।

कपटी बन्ने प्रयास नगर,

नत्र खराब प्रभाव बन्न सक्नेछौ।


पद २

उहाँका वचन खाँदा, पिउँदा, तिनलाई

वास्तविकतासँग जोड्न खोज।

वास्तविक कुरा बारे बोल, आफूलाई उच्च नठान।

धैर्य, सहनशील होऊ, स्वीकार अभ्यास गर।

अरूसँग उदार होऊ।

उदार र दयालु हुन सिक।

विचारहरू राम्रो नहुँदा देहलाई त्याग।

पहुँच बाहिरका होइन, साँचो मार्ग बारे बोल।


ब्रिज २

आनन्द कम लेऊ, धेरै देऊ, सधैँ उहाँको

इच्छाको ख्याल गर, अन्तस्करणलाई सुन।

याद राख उहाँ तिम्रो चिन्ता गर्नुहुन्छ।

अझ बढी प्रार्थना, सङ्‍गति गर्ने प्रयास गर।

समझ देखाऊ, केही अन्तर्दृष्टि पाऊ।

पापी हात फिर्ता तान, त्यसलाई टाढा जान नदेऊ,

नत्र उहाँबाट श्राप बाहेक केही पाउनेछैनौ।

त्यसैले जीवनमा के गर्छौ त्यसमा होसियार होऊ।


पद ३

दयालु बन, अरूलाई “हतियार”ले प्रहार नगर।

सत्यता, जीवनबारे बढी बोल, अरूलाई मद्दत गर।

अभ्यास धेरै गर, कुरा र अनुसन्धान कम गर।

उहाँबाट उत्प्रेरित र सिद्ध पारिन प्रयास गर।

कार्य गर्ने मानव तरिका अझ हटाऊ।

तिम्रो सतही व्यवहार, आचरण

घृणित छ र हटाइनु पर्छ।

घृणित मानसिक अवस्था सुधार्न खोज।


ब्रिज ३

मानिसले तिम्रो हृदय धेरै ओगट्छन्,

अव्यावहारिक नहोऊ, उहाँलाई अझ बढी मान देऊ।

त्यो “मन्दिर” परमेश्‍वरको हो, र मानिसले त्यसलाई ओगट्नुहुन्न।

संक्षेपमा, भावनामा भन्दा धार्मिकतामा ध्यान देऊ।

ज्ञान भन्दा वास्तविकताबारे कुरा गर।

शेखीपूर्ण कुरा भन्दा अभ्यासको मार्ग बारे बोल।

चुप लागी अहिले नै अभ्यास गर्नु नै सर्वोत्तम हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविकतामा अझ बढी ध्यान देऊ” बाट परिमार्जित

अघिल्लो:  491  ज्ञान हुनु भनेको वास्तविकता हुनु होइन

अर्को:  493  के तिमी परमेश्‍वरको आनन्दको लागि फल बन्न चाहन्छौ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger