505  सत्यताको अभ्यास गर्नको निम्ति कष्ट भोग्दा परमेश्‍वरको स्वीकृति पाइन्छ

पद १

प्रत्येक पटक सत्यता अभ्यास गर्दा, शोधन गरिँदा,

परमेश्‍वरको काम आउँदा, मानिसले चरम पीडा सहन्छन्।

यो सब तिनको जाँच हो, तसर्थ भित्र लडाइँ हुन्छ।

यो तिनले तिर्नै पर्ने वास्तविक मूल्य हो।

वचन अझ पढ्दै, दौडधुप गर्दै, मूल्य तिर्छन्;

यो गर्नुपर्ने कुरा, तिनको कर्तव्य हो।

तर तिनले भित्रका कुरा: आफ्ना विचार, योजना

धारणा र अभिप्राय पन्छाउन सिक्नैपर्छ।


पूर्व कोरस

यसो नगरे, कति गर्छन्, पीडा भोग्छनले फरक

पार्नेछैन, कारण सब व्यर्थ हुनेछ।


कोरस

तिमीले तिरेको मूल्य स्वीकार्नुभएको छ-छैन

भनी तिमी बदलिएको छौ-छैनौ,

सत्यता अभ्यास गर्छौ-गर्दैनौ,

उहाँलाई सन्तुष्ट पार्न, चिन्न

र उहाँप्रति वफादार हुन, अभिप्राय र

धारणाको विरोध गर्छौ वा गर्दैनौमा भर पर्छ।


पद २

तिमीभित्र भइरहेका परिवर्तनले मात्र तिम्रो कष्ट

मूल्यवान छ कि छैन भनी निर्धारण गर्छ।

जब स्वभाव बदलिन्छ र सत्यता अभ्यास गर्छौ,

तब सब कष्टले उहाँको स्वीकृति पाउनेछन्।

तर यदि तिम्रो आन्तरिक स्वभाव परिवर्तन नभएमा,

बाहिर जति दौडिए पनि फरक पर्नेछैन;

जति सुकै पीडा सहेको भए पनि, उहाँद्वारा

स्वीकृत भएको छैन भने, त्यो व्यर्थ छ।


कोरस

तिमीले तिरेको मूल्य स्वीकार्नुभएको छ-छैन

भनी तिमी बदलिएको छौ-छैनौ,

सत्यता अभ्यास गर्छौ-गर्दैनौ,

उहाँलाई सन्तुष्ट पार्न, चिन्न

र उहाँप्रति वफादार हुन, अभिप्राय र

धारणाको विरोध गर्छौ वा गर्दैनौमा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो:  502  देहलाई त्याग्नुको महत्व

अर्को:  507  वास्तविकता जिएर मात्र तिमीले साक्षी दिन सक्छौ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger