५०२  परमेश्‍वरको स्वभावको प्रतिक

परमेश्‍वरको स्वभावमा मानवजातिका निम्ति उहाँको प्रेम, मानवजातिप्रतिको सान्त्वना, मानवजातिप्रतिको घृणा, र त्योभन्दा बढी, मानवजातिबारे पूर्ण बुझाइ सबै नै समावेश छन्। परमेश्‍वरको स्वभाव यावत् थोक र यावत् जीवित प्राणीमा हुने कुराहरूमाथिको सार्वभौममा हुने स्वभाव हो; यो सृष्‍टिका प्रभुको स्वामित्वमा हुने कुरा हो। उहाँको स्वभावले सम्माननीयता, शक्ति, कुलीनता, महानता, र सबैभन्दा महत्त्वपूर्ण, सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको प्रतीक हो, सबै इन्साफको प्रतीक, सबै सुन्दर र असल कुराको प्रतीक हो। त्योभन्दा पनि बढी, उहाँको स्वभाव अन्धकार वा कुनै शत्रु शक्तिद्वारा पराजित हुनु वा त्यसको आक्रमणमा पर्नुविरुद्धको अभेद्यताको प्रतीक, साथै कुनै पनि सृजित प्राणीको उल्लङ्घन र उल्लङ्घनप्रतिको असहिष्णुता विरुद्धको अभेद्यताको प्रतीक हो। उहाँको स्वभाव सर्वोच्‍च शक्तिको प्रतीक हो। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा स्वभावलाई बाधा दिन सक्दैन वा त्यसो गर्न सम्भव छैन।

परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरयोग्य हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ, र सदैव मूल्यहीन छ। किनभने परमेश्‍वरले सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ केवल आफ्नो निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्‍वरले सधैँ मानवजातिको अस्तित्वका लागि धेरै मेहनत गर्नुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ तिनीहरूकै निम्ति मात्र हुन्छ, अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्‍वर सदासर्वदा स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर सबै इन्साफ, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्‍वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा इन्साफलाई धोका दिएर परमेश्‍वरदेखि टाढा जान सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्त्वपूर्ण हुन्छ

अघिल्लो:  ५००  परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

अर्को:  ५०४  के तिमीसँग ख्रीष्टप्रति साँचो विश्‍वास र प्रेम छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger