५३६  परमेश्‍वरको स्वभावलाई उक्साउनेहरू दण्डित हुनैपर्छ

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ। मानवजातिको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, र कुनै पनि व्यक्ति, देश वा जाति परमेश्‍वरको सार्वभौमिकताबाटउम्कन सक्दैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरसामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई प्रतिरोध र इन्कार गर्नेहरूमाथि उहाँले पतन र विलुप्ति निम्त्याउनुहुनेछ।

परमेश्‍वरले सदोममाथि विनाश ल्याउनुहुँदाको बाइबलको दृश्य स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् भन्ने कुरा पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरू पश्चात्ताप र स्वीकार गरे भनेर सम्झ। २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा टाँगे पश्चात् तिनीहरूले कस्तो परिणाम भोगे भनी स्मरण गर—तिनीहरूलाई इस्राएलबाट निष्कासित गरियो र तिनीहरू संसारभरिका देशहरूमा भागे, धेरै जना मारिए, र पूरै यहूदी जाति त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्‍यो।

तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँगेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई उक्साए। तिनीहरूको कार्यका लागि तिनीहरूले मूल्य तिर्नै पऱ्यो र तिनीहरूले आफ्ना कार्यहरूका सबै नतिजाहरू भोग्नै पऱ्यो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्‍वरद्वारा दण्डित हुनु। यो तिनीहरूका देश र जातिमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ

अघिल्लो:  ५३५  मानवजातिको नियतिमा ध्यान देउ

अर्को:  ५३७  परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुराको मार्गमा कुनै शक्ति खडा हुन सक्तैन

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger