५४९  ख्रीष्ट व्यावहारिक परमेश्‍वर हुनुहुन्छ

परमेश्‍वरका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। हामी उहाँका वचनहरूद्वारा आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोलाइको सुर र शैलीमा ध्यान केन्द्रित गर्न थाल्छौँ, र यस नगण्य व्यक्तिको हृदयको आवाजलाई अवचेतन रूपमा ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन।

उहाँ बाहेक अरू कसैले पनि हाम्रा सबै सोचहरू जान्न, वा आफ्नै हातको हत्केला जस्तै गरी हाम्रा प्रकृति र सारलाई जान्न, वा मानवजातिको विद्रोहीपन र भ्रष्टतालाई न्याय गर्न, वा स्वर्गका परमेश्‍वरका तर्फबाट यसरी हामीसँग बोल्न र हामीमा काम गर्न सक्दैन। उहाँबाहेक अरू कोहीसँग पनि परमेश्‍वरको अख्तियार , बुद्धि, र गरिमा छैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सम्पूर्ण रूपमा उहाँमा व्यक्त हुन्छन्। उहाँबाहेक अरू कसैले पनि हामीलाई मार्ग देखाउन र हामीकहाँ ज्योति ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले थाहा नदिनुभएका रहस्यलाई उहाँबाहेक अरू कसैले खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन।

उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँले परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिप्रति परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड खोलिदिनुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, र उहाँले हामीकहाँ आशा ल्याउनुभएको छ, र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनलाई अन्त्य गर्नुभएको छ, यसरी हाम्रो सम्पूर्ण सत्वलाई मुक्तिको मार्ग पूर्ण रूपमा देख्ने तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्वलाई विजय गर्नुभएको छ र हाम्रा हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण, नगण्य व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

अघिल्लो:  ५४८  परमेश्‍वरको आगमन कसैले देख्दैन

अर्को:  ५५०  परमेश्‍वरले मानिसबाट के प्राप्त गर्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger