५६६ परमेश्वरप्रति मानिसहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्छ
१
परमेश्वरप्रति मानिसहरूको मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ! यसले तिमीहरू अन्ततः विनाशतर्फ हिँड्नेछौ कि परमेश्वरले तिमीहरूका लागि तयार गर्नुभएको सुन्दर गन्तव्यभित्र पस्नेछौ भन्ने कुरा निर्धारण गर्छ। हरेक व्यक्तिले परमेश्वरलाई पछ्याउन, र त्यसको जगमा क्रमिक रूपमा झन्-झन् बढी सत्यता बुझ्न सुरु गरेको समयदेखि, हरेक व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्ने समयसम्म, परमेश्वरले हरेक व्यक्तिको यो समयका विभिन्न प्रकटीकरणहरूको अभिलेख राख्नुहुन्छ। मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दै गर्दा, र तिनीहरूले हरप्रकारका वातावरण र परीक्षाहरू सामना गर्दा, परमेश्वरले उनीहरूका मनोवृत्तिहरू, विभिन्न प्रकटीकरणहरू के-के हुन्छन्, र उनीहरूले हृदयमा परमेश्वरबारे कस्तो महसुस गर्छन्, इत्यादि भन्ने कुराको हिसाब-किताब, एउटा अभिलेख राख्नुहुन्छ।
२
सायद, तिमीहरू यी मामलाबारे अस्पष्ट छौ होला। तथापि, परमेश्वरका लागि, ती कुराहरू सङ्लो पानीझैँ छर्लङ्ग छन्, र तिनमा लापरबाहीको अलिकति झल्को समेत छैन। यो यस्तो मामला हो जसमा हर व्यक्तिको परिणाम समावेश हुन्छ र जुन हर व्यक्तिको नियति र भावी सम्भाव्यतासँग सम्बन्धित हुन्छ, र त्यो भन्दा बढी, यो त्यही कुरा हो जहाँ परमेश्वरले उहाँको सम्पूर्ण रगत-पसिना बगाउनुहुन्छ; त्यसैले परमेश्वरले अलिकति पनि ध्यान नदिने आँट गर्नुहुन्न, न त उहाँले कुनै लापरवाही नै सहनुहुन्छ। परमेश्वरले सुरुदेखि अन्त्यसम्म मानिसहरूले उहाँलाई पछ्याएको सारा सिलसिला टिपोट गर्दै, मानवजातिको यो हिसाबकिताबको अभिलेख राख्दै हुनुहुन्छ। यस दौरान उहाँप्रतिको तेरो मनोवृत्तिले तेरो नियति निर्धारण गर्छ। के यो साँचो होइन र? के परमेश्वर धर्मी हुनुहुन्न र?
३
परमेश्वरको मुक्तिको कामका सिलसिलामा, उहाँले मानिसहरूका लागि एउटा मानक तय गर्नुभएको छ। यो मानक के हो भने, तिनीहरूले परमेश्वरको वचन सुन्नैपर्छ र उहाँको मार्ग पछ्याउनैपर्छ। मानिसहरूका परिणामहरूलाई मापन गर्न प्रयोग गरिने मानक यही नै हो। यदि तैँले परमेश्वरको यो मानकअनुरूप अभ्यास गर्छस् भने, तैँले असल परिणाम प्राप्त गर्न सक्छस्; यदि तैँले यसअनुरूप अभ्यास गर्दैनस् भने तैँले असल परिणाम प्राप्त गर्न सक्दैनस्। परिणाम निर्धारण गर्ने परमेश्वर मात्रै हुनुहुन्न, बरु यो त परमेश्वर र मानिस दुवैले साथसाथ गर्छन्। किनभने मानवजातिको मुक्तिको काम गर्न र मानवजातिका लागि सुन्दर गन्तव्य तयार गर्न सक्रिय रूपमा चाहनुहुने परमेश्वर नै हुनुहुन्छ; मानिसहरू परमेश्वरको कामका पात्रहरू हुन् र यो परिणाम, यो गन्तव्य, तिनीहरूका लागि परमेश्वरले तयार गर्नुहुन्छ।
४
यदि परमेश्वरले काम गर्नका लागि कुनै पात्र नै नभएका भए, उहाँले यो काम गर्नैपर्थेन; उहाँले यो काम नगरिरहनुभएको भए, मानिससँग मुक्ति पाउने मौका नै हुनेथिएन। मुक्ति पाउनु पर्ने मानिसले नै हो, र मुक्ति पाउनेहरू निष्क्रिय पक्षमा भए पनि, परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुनेछ कि छैन भन्ने कुरा यो पक्षका मानिसहरूको मनोवृत्तिले नै निर्धारण गर्छ। यदि परमेश्वरले तँलाई दिने मार्गदर्शन नभएको भए, तँलाई उहाँको मानक थाहा हुन्थेन, तँसँग कुनै उद्देश्य नि हुन्थेन। यदि तँसँग यो मानक, यो उद्देश्य छ, तैपनि तँ सहकार्य गर्दैनस् भने, यसलाई अभ्यास गर्दैनस् भने, वा मूल्य तिर्दैनस् भने, तैँले यो परिणाम हासिल गर्नेछैनस्। त्यसैले व्यक्तिको परिणामलाई परमेश्वरबाट अलग गर्न सकिँदैन, र यसलाई उक्त व्यक्तिबाट पनि अलग गर्न सकिँदैन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने